कविता : क्रान्तिवीर !

~शरद पाैडेल~

निष्ठा बाेकि हिंडेकालाइ बाँधहरूले कहाँ थुन्छ ?
अघि बढ्छ दृढताले कुना पसि किन रून्छ ?

हत्केलामा अाँधि उस्काे, अाँखाभित्र तुफान हुन्छ
भरभराऊँदाे तेजमा बल्छ पाईलाले शिखर छुन्छ ।
नम्रतामा उ झैं नम्र काेहि पनि हुन्न् भन्छन
क्राेध भरिए ज्वालामुखि बन्दै उ त लाभा बग्छ ।

अास्था नहल्लेकाे मान्छे कमजाेर भै कहाँ ढल्छ ?
नडगेर कसै सामु शिर ठाडाे पारी जीऊँछ ।

परि अाए हुरी बन्दै मैला सबै बढार्दिन्छ
डढेलाे भै खरवारीकाे सबै भस्म पारिदिन्छ ।
काेमलमा ऊ झै काेमल केही पनि छैन भन्छन
परि अाऊँदा धर्तीलाइ उसले नै कम्पन भर्छ ।

शिरमा क्रान्ति बाेक्ने मान्छे निम्छरो भै कहाँ ढल्छ ?
उ त जीऊँछ अाँधि बीचमा तर दीयाे भई बल्छ ।

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.