लघुकथा : डिनोसौर

~होमर श्रेष्ठ~

२०६२ सालको कुरो हो–प्रहरी प्रधान कार्यालय, नक्शालभित्र ‘चेरीको बगैँचा’ (चेखभको अनूदित नाटक) को कम्प्युटर कार्य अन्तिम चरणमा हुँदै थियो I सुनिल नामको युवक प्रहरीअधिकृतले निकै चाख लिएर कम्प्युटर गर्दै थिए I अनुवादक सधैं विहान बस बजेतिर पास लिएर कार्यालयभित्र पस्थ्यो र पाँच बजेसम्म काम गराएर फर्कन्थ्यो !

एक दिन कम्प्युटर गर्दागर्दै सुनिलले अनुवादकलाई सोध्यो—”यो नाटकमा डिनोसौरको भूमिका कस्तो छ ? तपाइंले यसबारे आफ्नो भूमिकामा के लेख्नुभएको छ ?”

सुनिल डिनोसौरसंग अलिअलि डराएको थियो I उसका दुवै गाला राता भएका थिए I

अनुवादकले हाँस्दै जवाफ दियो : “डिनोसौर निरङ्कुश राजाको प्रतीक हो, जो आफसेआफ लोप हुँदै गइरहेको छ !”

(स्रोत : फेसबुकको ‘लघुकथा कुनो’ समूहबाट )

This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.