~सदानन्द अभागी~
मेरी प्रिया रिसाउँछिन् आँखा नानी तरीतरी
आँसु तिनले वगाउँछिन् म त हाँस्छु मरीमरी
हाँसो रोदन संसारमा प्रकृतिको नियम हो
दार्शनिकले अध्ययन गरेका छन् थरीथरी
जीवनसङ्गम उमङ्गता हँसिलो छ मुहार त
पर्छन् त्यहाँ कोर्केआँखा मैले हेर्छु चरीसरी
मानव हूँ मेरा पनि अभिलाषा छन् धेरैधेरै
पिठ्युँ तिनले फर्काउँछिन् कोट्याउँछु घरीघरी
आवश्यकता दुबैको हो चाहनाको माग पूरा
मद–अन्धा देखेपछि सबै हाँस्छन् वरिपरि
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )