~जीवराज बुढाथोकी~
रमिते सधैं कसरी बनौं, अब जीन्दगी रहरै भयो ।
दिनरात बर्ष सबै गनी, अब जे छ त्यो कहरै भयो ।
अब वीरगञ्ज खुल्यो भनी, किन मख्ख पर्नु रमाउँदै,
अनुमान त्यो सहजै गरौं, जसरी हिंजो जहरै भयो ।
सरकार मार्ग खुलाउ उ’त्तर तर्फ होस पुर्याउ लौ,
नभए त्यसो जनजीवनै, सबको सदा ठहरै भयो ।
नत ग्याँस तेल न खाद्य ब’स्तु कुनै छ प्राप्त जताततै,
बरु हेर मानव जाँतही, कमिला सरी लहरै भयो ।
न भयाे कुनै उपलब्धि वा, न भयाे कुनै परिवर्तनै,
मुलुकै भयाे पथहीन त्याे, गुजरा सबै पहरै भयाे ।
न भयो विकाश कुनै बरु, ब्यबधान ती सब ठाउँमा,
न नयाँ कुरा सुखभोगको, दुख कष्टको छहरै भयाे ।
सबतर्फ “राज”भयो सबै, ठग तस्करै हरुकाे हरे,
अझ हेर हालत काठमा’ण्डु त ब्यर्थको सहरै भयो ।
बहरः कामील
सुत्रः ११२१२, ११२१२, ११२१२ ११२१२
जीवराज बुढाथोकी
खलंगा ९, सल्यान
हालः घट्टेकुलो, काठमाडौं
२०७२।०३।२४