कविता : फगत म टुक्रिएं, निचोरिएं…

~ऋचा तिवारी शिवाकोटी~

‘मैले वर्षात् महिनामा
तिम्रा यौवनमा निथ्रुक्क भई
लाएको चोखो माया
आज किन चैतको खडेरी र बतासले उडायो ?

हामी बीच एउटै हृदय भनी
अनेक बाचा, कसम गरी
यो हृदयको सिहांसनमा सजाएको
एकअर्काका पीरतीको सपनाहरु, बुनेका रहरहरु
आज किन चैतको खडेरी र बतासले उडायो ?

तिमीले रोजाइको मार्ग
मेरो रोजाइको मार्ग
सम्भवत बेग्लै थियो ।

त्यै पनि
म तिम्रो मार्गमा हिडंन चाहान्थें
अन्तत तिमीले मलाई साथ दिन चाहेनौ
मलाई सधै लत्याई रहयौ,
मबाट टाढा रह्यौ
फगत म टुक्रिएं, निचोरिएं
आफैंबाट आफू विलाउदै गएं
क्रमश: यो जीवन रित्ताउदै गएं ‘।

Reecha Shiwakoti Tiwari
Siphal, Paneku Tole,
Kathmandu, Nepal
March 18th, 2006

(स्रोत: अनेसास हङकङ साहित्य विविध – HKNepal dot com)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.