गजल : पाइन र रोएँ

~राजेश राई~

साथ खोजें पाइन र रोएँ
हात खोजें पाइन र रोएँ

युगलाई परिवर्तन गर्न
जमात खोजें पाइन र रोएँ

भोकाहरुको गाँउवस्तीमा उदाउने
प्रभात खोजें पाइन र रोएँ

शिशिरका हुरीहरुमा नउड्ने
पात खोजें पाइन र रोएँ

बचाएर बाँचौ भन्ने !
बात खोजें पाइन र रोएँ

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.