~कल्पना पौडेल जिज्ञाशु~
भ्रष्टाचारीले सम्मान पाउँछन् हाम्रो देशमा
उनकै मात्र गुणगान गाउँछन् हाम्रो देशमा
जनतालाई जातजातिका विरुद्धमा उतारेर
भाईभाईको बीचमा लडाउँछन् हाम्रो देशमा
कठै बरै सहिदको त्यो बलिदान बेर्थै गयो
उनकै लासले महल छाउछन् हाम्रो देशमा
गरिबको खुन पसिना बजेट सबै रित्याउन
नेताहरु देश विदेश धाउँछन् हाम्रो देशमा
गणतन्त्र आएर केही राहत मिल्ला भन्दा
झन सामन्ती सत्ता ल्याउँछन् हाम्रो देशमा
गैडाकोट–४, नवलपरासी, (हाल इजरायल)
(स्रोत : हाँक विक्ली – वर्ष ३०, अंक २ – Nov. 21, 2012 – २०६९ मंसिर ६ गते, बुधबार)