~राकेश कार्की~
सीमाना हराएको मेरो देश
तीनतिर खुल्ला छैन बन्धन
त्यसैले सन्तुलन हराएको छ
तानी रहेछ तीनतिर
हुंदाहुंदा बुद्धिजिवी नेताहरु प्नि
उतै तानिन्छन
प्रफुल्ल हुन्छन् त्याहांका
ठूलाठालुसंग भेट्न पाउंदा
लज्जावती पूmलझैं चाउरीन्छन्
उनीहरुको पाउ मोल्दा
विर्सन्छन् भुसुक्क
आफ्नो स्वाभिमानलाई,
राष्ट्यि पोशाकलाई,
राष्ट्यि झण्डालाई,
अनि जन्मिएको हुर्किएका,े
आफ्नो नशानशा गांसीएको
मुटुभन्दा पनि प्यारो राष्ट्लाई ।
दक्षिणले सधैं सताउंछ
बलजफ्ती हड्प्छ
कहिले कोशी व्यारेजलाई
कहिले टनकपुरलाई
कहिले सानो गाउंको
स्कूलको कम्पाउण्डलाई ।
सीमाना घेर्नलाई
बंधीलो बनाउनलाई
आवश्यक छ लडाकु योद्धाहरुको
टीष्टा कांगडा हाक्ने
वीर गोर्खालीका सपुतहरुको ।
त्यसैले आउ
नमारौं आपूmले आफैलाई
बांचौं, सीमाना कोरौं
शुभारम्भ गरौं
सीमाना बेर्नलाई ।
ओम् श्री गणेशाय नमः ।।
विन्डसर विश्वविद्यालय, क्यानाडा
(स्रोत: तन्नेरी डट कम)