गजल : मिसाएर लेखें गजल

~निर्मला अवस्थी~Nirmala Awasthi_1

तिम्रो मेरो माया संगै मिसाएर लेखें गजल
ह्रदयका पीडाहरु बिसाएर लेखें गजल।।

धेरै भयो तिमीलाई नदेख्दा म आँत्तेकी छु
तिमी साथ नहुनाले रिसाएर लेखें गजल।।

कैलेकांही यो मनले नचाहेको गर्नु पर्छ
मनका सारा इच्छाहरू पिसाएर लेखें गजल।।

तिमीसित गर्नु पर्ने मनै भित्र रह्यो कुरा
त्यसैले त फेरी मन चिस्याएर लेखें गजल।।

June 3, 2011

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.