~प्रेम लिम्बु नुगो~
मलाई पनि आकाशका तारा गन्न मन लागेकोछ।
8/10 गुण्डा पालेर सधै मन्त्री बन्न मन लागेकॅछ।
केहि गर्नु पर्ने रहेनछ बोले मात्र पुग्दो रहेछ ।
त्यसैले त मलाई पनि मन्त्री बन्न मन लागेकोछ।
ईमान जमान केहि हुन्न झुटको खेती गरे पुग्छ।
2/4 खरब बिदेशी बैँकमा राख्न मन्त्री बन्न मन लागेकोछ।
ईमान्दारिताको कदर हुन्न रत्तिभर यो देशमा कहिल्यै।
देशका सम्पदा बेची खान मन्त्री बन्न मन लागेकोछ।
निमुखा जनतालाई झुटो आस्वासन मात्र भए पुग्छ।
संबिधान बनाउछु भन्दै मन्त्री बन्न मन लागेकोछ।
कानुन त यहाँ सोझासिधा जनताका लागि मात्र हो।
कानुन बनाउने निहूमा फेरी मन्त्री बन्न मन लागेकोछ।
प्रेम लिम्बु नुगो
ईटहरा- 4 मोरङ, कोशी, नेपाल।
हालः दुबई (यु. ए. ई.)