नियात्रा : वालेनफल्र्समा ३ दिन

~रश्मिला कवाङ ‘रश्मि’~Rasmila Kawan

दिन १

विश्वविद्यालयको पढाइअन्तर्गत जर्मनीको एक ठाउँ ‘वालेनफल्स’ भन्ने ठाउँमा ३ तीनको सेमीनार थियो । वातावरण संरक्षण सम्बन्धी उक्त सेमीनारमा भाग लिने अवसर पाएकोमा खुशी त थिएँ नै । करिब १ बजेतिर वाइरोइथ विश्वविद्यालयबाट हामी २५ जना जति सहपाठीहरु वालेफल्र्सको लागि हिड्यौं । करिब १ घण्टाको बाटो थियो । प्राय: सबैजना समयमै उपस्थित भएको कारणले हाम्रो तालिकाबमोजिम नै थियो हाम्रो यात्रा । प्राय: जर्मनहरु सधै समयमै उपस्थित हुन्छन्, अझै कोहि त समय अघि नै उपस्थित हुन्छन् । सायद समयको महत्व बुझेर नै यिनीहरुले यति दुतगतिमा विकास गर्न सकेको हो । बाटोमा रमणीय दृश्यहरु अवलोकन गर्दै थिएँ म । अरु सबै सहपाठीहरु आ–आफ्ना झोलाबाट किताबहरु निकालेर पढ्न थाले ।

जर्मनेलीहरुको एउटा बानी चाही अचम्मकै छ ; जहाँ , जता गए पनि पढ्नुपर्ने , चाहे ट्रेनमा होस् , चाहे गाडीमा या बस स्टेशनमा । यिनीहरु ठूलो आवाजमा बोल्दै बोल्दैनन् । देशविकासमा यिनीहरु धेरै अगाडि भए पनि सामाजिक सञ्जालमा चाहिँ हामी भन्दा पछाडि नै छन् ; र त यिनीहरुले भौतिक संरचना गर्न सकेका छन् ; मनमनै सम्झें मैले । मलाई चाहीं प्राय ट्रेनमा या बसमा जादाँ बाहिरका रमणीय दृश्यहरु हेर्ने रहर हुन्थ्यो । हुन पनि हामी नेपालीहरु अलि अलग्गै छौं । म पनि आफु नेपाली भएकोमा गर्व गर्दै गाडीको दोस्रो सिटमा बसें । सबै जना आ–आफ्नै तालमा बसें; कोही किताब पढ्न बसे , कोही शान्तभावमा यत्तिकैमा एक जर्मनेली साथी मेरो पछाडी बस्दै गफ गर्न आइन् मसँग । ‘रेगीना’ नाम थियो उनको । नेपालीसँग ‘हिमाल’ को कुरा गर्न मख्ख थिइन् । म पनि के कम , नेपालको लोभै लाग्ने गरी वर्णन गरिदिएँ । ऊ सुन्दै गइन् र मनमनै पक्कै ‘‘एकदिन नेपाल घुम्न जान्छु’’ भन्ने प्रण पनि गर्दिहोर्लिन । यस्तै गफगाफमा हाम्रो गन्तव्य पनि आइपुग्यो – वालेनफल्र्स भन्ने गाउँ । यो गाउँ शान्त , चिसो थियो । क्रिशमसको अघि भएर मौसम अलि चिसो थियो । सिरेटो चल्दा हिउँ पर्लाजस्तो भान हुन्थ्यो ।

सबैले आ–आफ्नो लगेज गुडाउँदै उकालो चढ्यौं । एउटा चर्चनजिक एउटा ठुलो , रातो घरमा छि¥यौं । सबैले घर बाहिरै जुत्ता फुकाल्यौं र आ–आफ्नो सामानहरु बोकेर कोठामा छि¥यौं । करिब २ः३० बजेबाट सेमीनार शुरु भयो । सबैले लगेज कोठामा फ्याँकेर हत्त न पत्त सेमीनार हलमा छि¥यौं आ–आफ्नो कफी र पानीको बोटलका साथमा । जर्मनेलीहरु जतिखेर पनि ‘कफी’ खान रमाउँछन् ; हामीले चिया खाएजस्तै । सेमीनार करीब ६ बजेसम्म चल्यो । त्यसपछि बिस्तारै भान्सातिर दगु¥यौं । भोकको झोंकमा सबैजनाले भान्सामा भएका पाउरोटीहरु र फलफुलहरु खान थाल्यौं । जर्मनेलीहरुको हामी जस्तै एकजनाले बाँड््ने भन्ने चलन हुँदैन ; यिनिहरु आफुलाई जे मन लाग्छ , आफैले बनाएरै खान्छन् , कसैले कसैलाई बाँड्नु पर्दैन । फेरि डिनर गरेर सेमीनारमा बस्यौं करीब १० बजेसम्म । सेमीनार सकिनासाथ ‘‘पार्टी’’ गर्न थाले । यिनीहरु पार्टी गर्न कुनै आईतबार कुर्न पर्दैन ह।म्रोजस्तै । १–२ कार्टुन बियर भएपछि यिनीहरुको पार्टी शुरु हुन्छ करीब बिहानको ५ बजेसम्म । भोलिपल्ट पनि सेमीनार भएको कारणले रातको ११ बजेतिर मसानघाटतिर ‘‘नाइट हाइक’’ मा निस्कयौं । विकसित देशहरुमा सायद भूतप्रेत नहुँदो हो ! र पो केहि पिशाचको कुनै डर हुन्न । हामी पनि गमक्क लुगा लगाएर हिँड्यौं मसानघाटको चर्चतिर । निस्पट्ट रातको चकमन्नतामा शून्यता भंग गर्दै हामी निस्क्यौं । चारैतिर झिलिमिली बत्तीले गर्दा खेीर रातको त्यो वातावरण यति राम्रो देखिएको थियो कि , दिनको उज्यालोभन्दा रातको अँधेरीमा रंंगीविरंगी देखिएको थियो ।

हामी चन्द्रमाको उज्यालोमा चर्चको मसानघाटवरिपरि डुल्यौं । हुस्सू अनि रंगीविरंगी बत्तीले वातावरण पनि चहकिलो थियो । साह्रै राम्रो थियो रातको त्यो झिलिमिली पर्यावरण पनि । त्यसपछि फेरि शुरु भयो जर्मनेलीहरुको पार्टी ; म भने कोठामा आई सुत्ने प्रयास गरें । पार्टी कतिखेर सकियो , अत्तोपत्तो भएन मलाई । बिहान करीब ७ बजेको अर्लाम बजेपछि बल्ल बिउँझें म ।

दिन २

करीब ७ः३० बजेतिर ‘‘ब्रेकफाष्ट’’ ग¥यौं र सेमीनारमा बस्यौं । त्यो दिन मैले पनि केहि बोल्नुपर्ने थियो ; मन ढुकढुक भइरहेको थियो ; तै पनि बोलें ; सायद राम्रै बोलेंं क्यार । कहीको तारीफ जो पाएँ । करीब १ बजेतिर खाना खाइवरि फेरि हामी ‘‘हाइकिङ्ग’’ गर्ने भन्दै जर्मनेली जंगलमा घुमफिर ग¥यौं । २ घण्टा जति हिड्यौं जंगलैजंगलको बाटो भएर । घना जंगल थियो , जीवजन्तुको नाउँमा भुसुनासम्म पनि थिएन ; थियो त केवल शान्त र चिसो वातावरण । गफगाफ गर्दै हामी ४ बजेतिर हामी बास बसेको घरमा बस्यौं फेरि सेमीनारको लागी । लखतरान भएर फर्केका हामीले खै सेमीनारमा के पो ध्यान जाला र ! तैपनि बस्नै प¥यो ; दिमागमा केहि नघुसे पनि । ६ बजेतिर सेमीनार सकाएर भात पकाउनतिर लागियो सबैजना । कसैले प्याज काटे , कसैले आलु , मैले फर्सी काटें ; कसैले भात बसाउन थाले , कसैले तरकारी । २–४ वटा पिरो खुर्सानी पनि हाले कसैले । खाना तयार भयो।

सबैजना आ–आफ्नो थाल बोक्दै सबैजनाले त्यो पिरो तरकारी खान नसकेर चिज , बटर अनि चिनी हालेर खान थाले । मलाई भने मज्जा लागिरहेको थियो धेरै दिनपछि यसरी मसालादार खान पाएकोमा । त्यसपछि सबैजना आ–आफ्नो कोठातिर आराम गर्न थाले । म पनि अरु सहपाठीहरु सँगै हाम्रो कोठामा गएँ । हाम्रो कोठा अलि ठूलो थियो करिब हामी १० जना साथीहरु थियौं । ओछ्यान पनि स–साना १०–१५ वटै थिए । फेरी साथीहरु नाइट हाइकिङ गर्ने भनेर तम्सिए । कोहि फेरी दौडिन थाले । कोहि भने बियर खाँदै गफगाफ गर्नेतिर लागे । मलाई भने दुबैमा सहभागी हुन मन लागेन । त्यस्तो चिसो सिरेटोमा को पो जाओस् र ! फेरि बियर खाने पनि परिनँ म । खुरुखुरु आफ्नो काठामा आएँ । ती साथीहरुले सोच्दा हुन् कि एसियाका विद्यार्थीहरु अलि बाहिर खुल्न चाहँदैनन् तर तिनीहरुलाई के थाहा ,हामी कति मिजासिला र मिलनसार छौं भन्ने कुरा !

थाहा पाओस् पनि कसरी ? जन्मेदेखिन् यिनीहरु खालि सुखसयलमा बाँच्न पाइरहेका छन् । तिनीहरुलाई के थाहा र हाम्रा दयनीय अवस्था , हाम्रा नौमुरी पीख्यथाहरु !

त्यो त हामीलाई मात्र थाहा छ । अचानाको पीर खुकुरीले जान्दैन भने जस्तै हो । यस्तै बकबक गर्दै म आफ्नो झोलाबाट कापी र कलम लिदै केहि लेख्न बसें । त्यत्तिकैमा हाना भन्ने मेरी साथी आइन् र म सँग गफिन थालिन् । मैले नेपाली अक्षर लेखेको उसलाई खुबै मन परेछ क्यारे ! केही कुराकानी गरेपछि उनी पनि बियर खान हिँडिन् । म भने यो नियात्रा लेरुख्दै बसें करीव रातको ११ बजेसम्म । सुत्न खोजें तर निद्रा एक थोपो लागे पो ! अर्को कोठामा गीत बजाउँदै पार्टी चलिरहेको थियो तापनि निदाउने प्रयास गर्दै गरें ।

दिन ३

कति खेर निदाएछु ,पत्तै भएन । बिहानीको आर्लाम बजेपछि मात्र निद्रा खोल्यो । बिहानको ७ बजेको रहेछ । उठ्नै मन लागेन । चिसो थियो , अलिअलि हिउँ पनि पर्न थालेको थियो । यसो हेरेको वरिपरि , अरु साथीहरु सब मस्त निद्रामै थिए । सायद तिनीहरु बिहानको ५ बजे मात्र सुतेका होलान् ! म पनि एकछिन फेरी सुतें अनि आठ बजेतिर उठें । नित्यकर्म सकाएर ब्रेकफाष्ट गर्न तिर लागें । एक जना सर्भिएन साथी नि उठीसकिछिन् । हामीले सँगै खायौं केही पाउरोटी अनि फलफुलहरु । त्यसपछि नजिकैको चर्च र बगंैचामा टहलिन थाल्यौं । करीब १२ बजेतिर हामीले आ–आफ्नो सामानहरु मिलाउन थाल्यौं । कोहि भने भोलि मात्र फर्कने योजना बनाइरहेका थिए । हामी २–४ जना भने आजै फर्किने निधो ग¥यौं ।

दुई घण्टाको बस यात्रापछि बल्ल हामी बाइरोइथ पुग्यौं । पुग्नासाथ एकछिन त मज्जाले निदाउने प्रयास गरें । आफ्नो कोठामा हुनुको मज्जा नै बेग्लै । झन् आफ्नै घरमा सुतीको तन्नामा न्यानो सिरक भए त कति रमाइलो हुन्थ्यो होला ! अनि आमाले पकाउनुभएको मीठो खाना खाँदै ! यस्तै–यस्तै कुराहरु सोचेर बसें म । त्यसपछि आफ्नो ल्यापटप खोलेर इमेलहरु हेर्न थालें । धेरै इमेलहरु आएको रहेछ । स्याऊको जुस खाँदै आफ्नो पढाइको कामहरु गर्नतिर लागें ।

रश्मिला कवाङ “रश्मि”
मुलढोका-४, भक्तपुर
हाल जर्मनी

(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )

This entry was posted in नियात्रा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.