गजल : भेलमा छोडेर जाँदैछौ

~सुमन राई~

मलाई आँसु भेलमा छोडेर जाँदैछौ ।
खाएको बाचा कसम तोडेर जाँदैछौ ।

म बिना एकपल जिउन नसक्ने तिमी
आज अन्तै नाता जोडेर जाँदैछौ ।

खोइ कस्तो प्रेम गर्यौ बुझ्नै सकिनँ
मेरो मनको ढुकुटी चोरेर जाँदैछौ ।

सानोतिनो चोट लाग्दा आँतिने गर्थ्यौ
आज आफैले छुरा घोपेर जाँदैछौ !

लगन हेरेर आउ भनी बोलाएको थियौ
आज अरुकै घुम्टो ओढेर जाँदैछौ ।

सुमन राई
खोटाङ रु म नगरपालिका १० पाथेका छोके

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.