~दीपक कुमार ज्ञवाली~
आज साह्रै रोेयो यो मेरो दिल
आफ्नो देशमा आफै हराउँदाको क्षेण
किन भयो यस्तो हाल
ठानेको थिएँ तिमीलाई देशप्रेमी मान्छे
के भयो आज तिमी हुन सकेनौं देशकै
जितेर पनि भएकाछौ तिमी हारेजस्तै
भन्न सक्दिन तिम्रो र मेरो अब हुन्छ कि हुदैन भेटएउटै भएर बस्न दिएनन् सामन्तिका भेषले
लगाउँदैनन् कसि बारम्वार घोटेर
जाबो मेरो मतको के महत्व रह्यो र
दाहीने र बायाँ राखेकारहेछौ ब्रह्रमा विष्णु
ति दुबैले पार लगाउनेछन् अब तिम्रो
अब्बल ठानेको थिएँ भएछौ तेजाबी
सपनाको संसार होईन म जागृत नै छु
झुक्यायौ मलाई म विकासको भोको
खाएर बसेकोछु हिलो मैलो र धुलो
कहिले आउने खुसि अनुहार कहिले हुने उज्यालो
तिम्रा उज्यालो अनुहारले मलाई छुदै नछुने
घेरा तोड्न सकिन सकिन सामन्तवादको
घनिष्टता कस्तो ? शासक सामन्तवादको
रहेनछ अन्तर श्रीपेच लगाउने नलगाऊनेको
अन्ततः शासक शासक जुन आवरणमा आए पनि
खोजेको हो ब्यवस्था मानिस मानिसमा विभद नहुने
शासक र रैतिको घेरा नमेटीने भए
लगाऊ श्रीपेच म त सधैको रैति
रैति नै भएर गरौंला जीवनभर स्वस्ती
दीपक कुमार ज्ञवाली
बुटवल ६ आदर्शनगर रुपन्देही
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )