~निर्भीकजंग रायमाझी~
हरेक दिनको परिश्रमले
थाकेर सुुतेका औजारहरू पनि
आज जुुर्मुुराएर उठ्दैछन्
चलाएपछि औजार
चुुप बस्न जानेको हुुन्न यसले पनि
औजार—
स्थीरताको कुुनै नाम बन्न रुचाउँदैन
औजार—
मौनताको कुुनै साधन बन्न चाहँदैन
जसरी
औजारहरूको उपयोग गरेर
चलाएको छ सैनिकले बन्दुुक
औजारहरूमै संगीत भरेर
चलाएको छ मजदुुरले जीवन
आखिर
औजारकै
वरिपरि छ वसुुधा
फलामका
काठका
र ढुुंगाका
औजारहरू चलाउनुु त ठिकै हो
तर मान्छेले मान्छेलाई औजार बनाउनुु
बडो विषादको कुुरा हो !
मान्छे बरु आफ्नै जीवनको औजार हो
मान्छे सीप र सिर्जनाको औजार हो
समग्र सृष्टिको सर्वसुुन्दर औजार हो ।
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )