कविता : मेरी कौली

~दिल थापा~

प्रिया तिमीलाई कस्तो भयो होला ?
फल्नाको छोरा l
फल्नाको बाऊ l
फल्लानीको खसम ।
परदेशमा मर्‍यो रे भनेको सुनेको पल ।
म कल्पना गर्न सक्दिन ।
सायद तिमी त्यो दिन धेरै रोयौं होला ?
सायद तिमीलाई थाहा थियो ।
म जति रोए पनि मेरो श्रीमान
अब कहिल्यै आउने छैन भनेर ?
अनि धेरै चिन्तनशील भएर पनि सोच्‍यौँ होला ?
मबिनाको भोलिको आफ्नो जिन्दागीलाई।
त्यो समाजको अगाडी कसरी घिसार्ने भनेर ।
हो प्रिया म परदेशबाटै स्वर्ग आएको छु ।

तिमीलाई आर्शिवार्दको चाङ्गैचाङको
बीचमा दुखको भारी दिएर आएको छु।
नली हट्दीमा मासी छउन्जेल दुखको
पछि लागी रहे स्वर्ग आउदा एउटा सुख लिएर आएको छु ।
म त सुखको पल्लोभारिमा छु ।
तिमीलाई दुखको पल्लाभारि दिएर आएकोछु ।
मेरी पियारि l
दुख नमान् l
यो तिम्रो यारालाई धोकेबाज नठान l

दुखसंग कहिल्यै हारिन
सायद तिम्रो साथ थियो पियारी
दुखै दुखले प्वाल परेको मेरो जिन्दागी टालिदै थियो l
सायद तिम्रो हात थियो पियारी ।
त्यसैले मेरो जिवन प्वाल पर्दानी
मेरो मन कहिले प्वाल परेन l
हिम्मतहरु प्वाल परेन l

पियारी ! तिमीलाई फोन गरेको दिन
बिरामी आमासंग हजुरलाई भेट्न आउछु भनेको दिन
कसम मलाई मेरो भोलि थाहा थिएन l
हो पियारी म कतारबाटै स्वर्ग आएको छु l
हो आमा म कतारबाटै इन्द्रको देशमा आएको छु।
पियारी मैले तिमीलाई कहिले पो सुख दिए र?
तिम्रो जन्म दिनमा
हाम्रो बिहे भएको हरेक वर्ष गाँठमा
तिम्रो जन्म दिनमा
तिमीले र मैले एउटै जीवनीको गोरेटोमा
हिड्ने निर्णय गरेको दिन
मैले तिमीलाई मेरो आधा दुख दिएथे नी
त्यसको ब्याज मात्रा दिए l
हो पियारी तिम्रो काँधमा
मैले घोषण नगरेको
अघोषित जिम्मेवारी छोडेर आएको छु l
तिमी त कति अभागिनी रहिछौं l
कति दुखी रहेछौं ?

ग्याजाहाबारीको मकैको बोटले तीनतले घोगा अन्माएको वर्ष
त्यो मकैको बोटको त्यो तीनै वटै घोगाले दाना जन्माएको वर्ष
हाम्रो आँखा जुधेको थियो ।
रोदी घरको साँझ ।
गोठालो हिड्ने दहर
चौपाया चर्ने खर्कहरु
साक्षी राखी प्रेम उमारेका थियौं ।
हाम्रो सपनाहरु गहटका दानाहरु जस्तै थिए।
अनि संगै बाँच्ने र मर्ने बाचाहरु कौनीका दानाहरु भन्दा साना थिए ।
अनि हाम्रो खुसीहरु सामाका बालाहरु जस्तै लह-लह थिए।
हुन त मलाई प्रदेश जान मनै थिएन ।
तिमीलाई छोडेर ।
तर म यस्तो देशमा जन्मिएछु ।
मलाई राहादानी बनाउन ।
परदेश जान दिनहुँ अनुरोध गरिरहन्थ्यो राजधानीले ।

दिल थापा मगर
दमौली तनहुँ
हाल जापान

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

1 Response to कविता : मेरी कौली

  1. ANUSHA Magar says:

    Sadhai esarii nai pargati gardai janu

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.