~ऋतिक यादव~
मैले मेरो सन्ततिलाई अजङ्गको इतिहास दिएँ
अतितको हजारौं अनुसन्धान दिएँ
विरताको सच्चा मीथक हुने वरदान दिएँ
तर,
आज मेरो माटोमा भ्रष्टाचारको बाली पलाउँछ
न्यायको अवसानसँगै बलात्कारी गदगदाँउछ
मेरो सन्ततिलाई खाडीको पैतालिस डिग्री सुहाउँछ
अन्तिम बेला हन्डरको परिपक्वता सुनाउँदै छु
म त एउटा फिराद माग्दै छु।
मैले मेरो सन्ततिलाई स्वाभिमानको अम्मल दिएँ
हटेर होइन डटेर लडने तागत दिएँ
प्रकृतिको वक्षमा खेल्ने औकात दिएँ
तर,
आज मेरो स्वाभिमान खाडीमा धराशायी हुँदैछ
मेरो रगत बेकारमा खुलेआम बग्दैछ
मेरो लोकतन्त्रको बिरुवा मलजल बेगर
जताततै अपकारको डढेलो बढ्दै छ
अन्तिम बेला हन्डरको परिपक्वता सुनाउँदै छु
म त एउटा फिराद माग्दै छु।
– ऋतिक यादव
सिम्रौनगढ-१०, बारा
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )