कविता : धूलो

~नव सापकोटा~

धूलो!
हो, धूलो!!
अर्काको पाइतालाले कुल्चिने; पसिने र धसिने धूलो !
सधैँ अरूको लात र घात सहने
यो धूलो—
देख्नमा कति क्षुद्र ! अस्तित्वविहीन !!
तर यी हर्दम कुल्चिहिँड्ने/थिचिइरहने
मस्तिष्कहीन पाइतालालाई के थाहा—
यस धूलोमा पनि अजिब शक्ति निहित छ !
पाइतालाको घात–प्रतिघातले दिक्क पार्दा
यसको ब्रह्रमाण्ड तात्दछ र
उडेर हावामा यी पाइतालाको मालिक
जीउभरि टाँसिन्छ
आँखा–आँखा, नाक–नाकमा पसेर पाइतालाको
निर्देशकलाई अत्याउँछ
अझै पनि यसमाथि दबाव थपिइँदै रह्रयो भने
यसको विवेकले विद्रोह गर्दछ
आफू रिसले हिलो भइदिन्छ र
पाइतालाको शरीरलाई चिप्ल्याएर
बेस्सरी पछारिदिन्छ !

– गुवाहाटी, असमबाट

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.