गजल : सानो छँदा ताक्ने केटी !

~शेखर ‘अस्तित्व’~

कुन्नी अचेल कहाँ होलिन्, सानो छँदा ताक्ने केटी !
नजिक जाँदा, लुकिहाल्ने, टाढाबाट डाक्ने केटी !

पढ्छु भन्दै, घण्टौं सम्म, एकोहोरो, हेर्दै बस्ने !
मेरो तस्विर, किताबको, पाना भित्र, राख्ने केटी !

मैले बोक्ने, रहर बोकी, नक्कल पार्दै, बसिराख्ने !
छोटो बाटो, हिंड्दा पनि, जानी-जानी, थाक्ने केटी !

स्कूलमा, खानेबेला, आफ्नो टिफिन, जबर्जस्ती !
मलाई जम्मै खुवाउने र, आफू केवल चाख्ने केटी !

स्मृतिमा फुलेकी छिन्, “अस्तित्व”मा घुलेकी छिन् !
ईश्वर संग, जहिले पनि, मलाईनै भाक्ने केटी !

बुटवल–६
हाल : मुम्बई,
04-03-2014

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.