~चन्द्र गुरुङ~
अधबौसे युवकले
मौकामा सदुपयोग गर्नलाई
पर्समा चेपिराखेको छ ब्रान्डेड सुरक्षा
कन्डमको ठूलो होर्डिङ बोर्डमा लेखिएको छ—
निस्फिक्रीको ग्यारेन्टी
यस्तो, सस्तो र सुलभ साधन होइन देश !
दिमागमा नाफाघाटाको ग्राफ कोर्दै
कुनै भ्रष्ट नेताले आश्वासनको ‘सी’ ग्रेड दानापानी छर्दै
घोषणपत्रको खोस्टोमाथि चारो खुवाउादै
निर्दोष रहर, र
गरीप आासुमाथि मोजमस्ती गर्ने सपना जस्तै चलाएको
खसी मार्केट होइन देश।
बिहेभोज वा पार्टीतिर
भोजनपछि बााडिने सुगन्धित पान होइन देश
सानले मुखमा हाल्यो
कुटुरकुटुर सुपारी टोक्दै टोक्दै टाइमपास गर्यो
चपाएर स्वाद जति सिध्याइसकेपछि
जथाभावी थुक्न मिल्ने।
दुई तिघ्राको कापमा
सल्केको लुतो वा खटिरा होइन देश, महाशय
मन लाग्यो लुकीलुकी,
एकान्ततिर चुपचाप चुपचाप कन्यायो ख्वार्रख्वार्र
भरपूर आनन्द लियो।
देश
तिम्रो दिमागमा चल्ने नयाा नयाा दाउपेच होइन
धोखापूर्ण खेलमा
जितका लागि लड्न र लडाउन मिल्ने
गोटीलाई कहिले अगाडि, त कहिले पछाडि
इच्छाअनुसार सार्न सकिने।
खल्तीमा सजाइराखेको
या डायरीमा चेपिराखेको गुलाब होइन देश
गुपचुप र अवैध भेटघाटमा
कुनै मईऽऽयालाई उपहार दिन वा
आफ्नै हातले केशराशिमा सिउरिदिन मिल्ने।
तिम्रो भान्टाजस्तो नाक होइन देश
यहाावहाा, जहाा मर्जी
तिम्रो बोली–वचनजस्तै असभ्य
तिम्रा कर्तुतजस्तै घिनलाग्दो र अपाच्य स्टाइलमा
चलखेलको चोर औालाले कोट्याइराख्ने।
देश–
जाादाजाादै जुन माटोमा एक गहिरो चुम्बन रोपेर गएको थियौ
फर्किंदा त्यही माटोको स्पर्शको सुखानुभूति हो
देश– नसानसामा बग्ने अनुभूति
टाढिनुपर्दा मनमा उठ्ने पीडाको ज्वारभाटा
आगालोमा बाधिादाको आनन्द, र
हृदयको कुनाकुनामा चलमलाउने आत्मीय लहर हो।
देश–
साथी–सागी हो
भाइ–बन्धु हो
हो हाम्रो आमा।
– मंसिर ८, २०७५