गजल : अटल धन खोटांङेको

~टिकाराम चौहान “प्रवाशी”~

प्रकृतिको बरदानस्वरुप अटल धन खोटांङेको
सबैलाई समान देख्ने चोखो मन छ खोटांङेको

ट्याम्केलाई कांडा बिज्दा रुपाकोटलाई चोट लाग्छ
एकअर्कामा दु:ख बाडन आफ्नोपन छ खोटांङेको

हरेलोमा कोईली गाउदा खावाडाडामा डाफे नाच्छ
आफ्नै रीतिरिवाज अनि रहनसहन छ खोटांगेको

बाजी लाउछन साप्सु,मेवा दुधकोसीलाई छुन भनी
सबैलाई मख्खै पार्ने रानीवन छ खोटांगेको

सगरमाथा मुस्कुराउछ खोटांगेको मिलनदेख
जातभात,धनी गरिब एक समान छ खोटांगेको।

टिकाराम चौहान “प्रवाशी”
दोर्पा-३,खोटांग,
हाल -दोहा कतार

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.