गीति कविता : जहाँ बग्छ टिस्टा रंगीत

~सानु लामा~

जहाँ बग्छ टिस्टा रंगीत।
जहाँ कञ्चनजंघा असीम-
यही हो हाम्रो धानको देश
तपोवन हो प्यारो सिक्किम।

फुल्छन् यहाँ आँगनैमा,
चाँप गुराँस सुनाखरी।
स्वर्गसरी सुन्दर देशका,
हाम्रा प्यारा राजा-रानी।

बतासले बोल्छ यहाँ,
तथागतका अमर वाणी।
श्रद्धा-भक्ति गर्छौं सधैँ,
यही माटोका फूल हौं हामी।

बुद्धं शरणं गच्छामि
धर्मं शरणं गच्छामि
संघं शरणं गच्छामि।।

(रचनाकार – सानु लामाको ‘जहाँ बग्छ टिस्टा रंगीत’ (स्वरचित गीति काव्य संकलन)-बाट साभार)

(स्रोत : रचनाकार डट कम)

This entry was posted in गीति कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.