एकाङ्की : विकल्प

~आत्माराम ओझा~

(कथा वाचक व्यासको घरडेराको सभाकक्षमा व्यासद्वारा कथा वाचन भइ रहेको, स्रोताहरू ध्यानमग्न कथा श्रवण गरिरहेका हुन्छन् ।)

व्यास – (कथाको अर्थ सम्झाउँदै) – स्रोतागण ! भगवान वेदव्यासको कथन छ सबैभन्दा ठुलो धर्म परोपकार हो र सबैभन्दा ठुलो पाप परपीडन अर्थात् अरूलाई पीडा दिनु, कारण मनुष्यले जतिसम्म हुन सक्छ परोपकार गर्नु पर्दछ र अरू प्राणीहरूलाई कुनै प्रकारको पनि दुख नदिनु धर्म भएको हुनाले यस प्रकारको आचरण गर्नु प्रत्येक मानिसको कर्तव्य हुन आउँछ ।

एउटा स्रोता– व्यासजी ! परोपकार भनेको कुरा बुझियो अर्थात् अरूको भलो गर्नु हो तर पर पीडनभित्र कुन कुन कुराहरू पर्दछन् स्पष्ट गरि दिनु भए वेश हुने थियो ।

व्यास – स्रोताबन्धु ! पर पीडन भनेको हत्या हिंसा गर्नु अरूको सम्पत्ति आदि जसमा आफ्नो हक अधिकार पुग्दैन त्यस्ता चीज वस्तुहरू खोसेर लिनु, अरू व्यक्तिहरूलाई गाली, कुटपिट आदि गर्नु
समेत पर पीडन हुन् ।

उही स्रोता – त्यसो भए पशु पन्क्षीहरूको हत्या पनि पर पीडन होइन र ? ।

व्यास – हो प्राणी मात्रको हत्या हिंसा पर पीडन हो । उही स्रोता – तर देवी देवताहरूको नाउमा बलि
भनी दिइने हत्या र मानिसहरूले आफ्नो स्वादको लागि गरिने पशुपन्क्षी, माछा समेतको हत्यालाई
रोक्नु पर्ने काम भएको देखिँदैन किन होला ? ।

व्यास – धर्मको नाउमा होस् अथवा स्वादको लागि होस् वा अरू कुनै कारणले होस् प्राणीहरूको हत्याहिंसा गर्नु पाप हो र प्राणी हत्या गर्ने, मासु खाने व्यक्तिहरू मरेपछि गौरव नामक नरकमा पर्छन् भन्ने धर्म शास्त्रहरूको वचन छ । यस कारण कुनै प्रकारको पनि हत्या हिंसा गर्नु हुँदैन । हाम्रा समाजमा रहेका प्रमुख धर्महरू बौद्ध धर्म र जैनधर्म आदिमा पनि हत्या हिंसाको निषेध गरिएको छ ।

उही स्रोता – व्यासजी ? धन्यवाद छ तपाईँलाई आज हामीहरूको आँखा खुल्यो हामीहरू आजदेखि
कुनै प्राणीको पनि हत्या हिंसा नगर्ने र माछा, मासु नखाने प्रण गर्दछौँ ।

धेरै स्रोताहरू उठेर सामूहिक स्वरमा – हामीहरू पनि आजदेखि हत्या गर्ने छैनौँ, माछा,
मासु खाने छैनौँ ।

व्यास – स्रोताबन्धुहरू हो ! आज मेरो कथा वाचन सफल बनेको छ, स्रोताहरूमा धर्मको प्रभाव
परेकोले भगवान पनि खुसी हुनु भएको होला, म पनि अन्यन्त खुसी छु । ईश्वरले तपाइर्हंँरूको कल्याण गरून् आजको कथा वाचन पनि यहीं समाप्त गरिन्छ । बोल्नु होस् परव्रह्मा परमात्माको जय ।

सबै स्रोता(सामूहिक स्वरमा ) जय जय जय । (स्रोताहरू व्यासलाई नमस्कार गरी प्रस्थान गर्दछन्)

व्यास – (आफ्नो नोकरलाई बोलाउँदै ) – धनीराम ? ।

धनीराम – उपस्थित भै के हो गरु !

व्यास – धनीराम ! आज मजाइ चाँडै भोक लागि सक्यो तरकारी के के बनाइस् ।

धनीराम – गुरुजी ! तरकारी आलुको मान्न बनाएको छु ।

व्यास – माछा के भो नि ! ।

धनीराम – माछाहरू मलै े नदीमा फालि दिए ँ ।

व्यास – के भनिस् माछाहरू नदीमा फालि दिएँ ! किन फालिस् ! ।

धनीराम – आजको कथामा मैले पनि ध्यान लगाएर सुनेको थिएँ गुरुजीले आफ्नो कथा वाचनमा हत्या गर्नु पाप हो र माछा मासु खानु पनि पाप हो भन्नु भएको र कथा सुन्ने मानिसहरूले पनि माछा मासु नखाने भनेर छोडेकाले मैले पनि आजदेखि माछा, मासु नखाने भनेर ती किनेका माछाहरूलाई नदीमा फालेर आएँ ।

व्यास – (एकछिन घोरिएर) हत्तेरी धनीराम ! तँ त लाटो मानिस पो रहेछस् मैले हत्या हिंसा नगर्ने माछा मासु नखाने भनेको ठिक हो तर मैले कितावको माछा मासु नखाने भनेको हो तैँले बुझिनछस् ।

धनीराम – गुरुजी ! अव बल्ल वुझेँ कितावको माछा मासु नखानु भनेको रहेछ नदीको माछा नखाने भनेको होइन रैछ होकि ? ।

व्यास – हो तर यो कुरा कसैलाई नभन्नु यो अति गोप्य कुरा हो ।

धनीराम – हुन्छ हुन्छ गुरुजी कसैलाई भन्ने छैन ।

(पटाछेप)

This entry was posted in एकाङ्की and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.