चलचित्र गीत : म प्यार बेचिदिन्छु

~किरण खरेल~

म प्यार बेचिदिन्छु, बहार बेचिदिन्छु
को किन्छ, मेरो दिलको झङ्कार बेचिदिन्छु

छातीभरि छ मेरो, मैलाई पोल्ने राप
मन्दिरमा छमछमाई म पोखिदिन्छु पाप
म साँझ बेचिदिन्छु, बिहान बेचिदिन्छु
को किन्छ, मेरो चोखो भगवान बेचिदिन्छु

ए! सुख खोज्ने मान्छे, आओ नजिक आओ
बिर्सन्छु म मलाई बरबाद पारिजाओ
म आँशु बेचिदिन्छु, रगर बेचिदिन्छु
को किन्छ, मेरो प्यारो संसार बेचिदिन्छु

रचना : किरण खरेल
सङ्गीत : जयदेव
स्वर : आशा भोश्ले
चलचित्र : माइतीघर

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.