गजल : मन पर्दैन र

~शून्य प्रकाश~

रुझ्न पाए बर्खेझरी कस्लाई मन पर्दैन र
सुन्न पाए वनकी चरी कस्लाई मन पर्दैन र

सल्लाका ती सुसेली र छहराका छङ्छङ्संगै
छुनुमुनु नाच्ने परी कस्लाई मन पर्दैन र

वसन्त नै भुल्न सक्ने, बेहुलीझैं खुल्न सक्ने
चाँप, गुराँस, सुनाखरी कस्लाई मन पर्दैन र

कुबेरको भण्डार त्यो तराइको हरियाली
झुल्छन बाला थरिथरि कस्लाई मन पर्दैन र

मेरो नेपाल, मेरो स्वर्ग यही पुण्य भूमिसँग
गांसौं माया अजम्बरी कस्लाई मन पर्दैन र

– शून्य प्रकाश
biskatha@gmail.com

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.