समीक्षा : सदाबहार लोक बाजा धिमय्

~सुभाषराम~

मानव सभ्यताको इतिहासदेखि जोडिंदै प्रत्येक ठूला साना चाडपर्व, उत्सव, जात्रा, मेला, भोज तथा अन्य कर्मकाण्डसम्मका संस्कृतिमा नेवारहरुको ह्दयको ढुकढुकी बनेको छ, धिमय् । धिमय्लाई वस्तुगत परिभाषामा मात्र भन्दा ऐतिहासिक र सांस्कृतिक महत्वको परिभाषामा कैद गर्नुपर्ने दखिन्छ ।

धिमय् वस्तुतः रुखको बेलनाकार टोड्कोलाई भित्रपटि पूरै खोक्रो बनाई दुवैतिर छालाले मोडेर बनाइएको बाजा हो । लोकोक्ति अनुसार महादेव र भगवतीको कोखबाट एक सन्तानको जन्म भएपछि त्यो सन्तान महादेव र भगवती दुईमा कसले लिने भन्ने कुरामा विवाद हु“दा विवाद सुल्झन नसकी ती दुईको लुछातानीमा उक्त सन्तानको मासु मात्र एकातिर र हाड मात्र एकातिर छुटिई ख्याक र कंकाल उत्पति हुन पुगे । यसबाट विरक्त भई महादेव रुखको एउटा टोड्रकोलाई बाजाको रुपमा बजाई बसे । भनिन्छ, त्यही बाजा धिमय् हो ।

यस आख्यानलाई विश्वास गर्ने आधार नभए पनि यस आख्यानबाट धिमय् एक प्राचीन वाद्य हो भनी बोध गराउन खोजिएको प्रतित हुन्छ । किरांत,, राईहरुको च्याब्रुड र तराईबासीहरुको ढोलसंग धिमय. आकारप्रकार र बनोटमा मात्र होइन, बजाउने तरिकामा पनि केही हदसम्म मिल्छ । त्यसैले धिमय् च्याबु्रंग र ढोल एकै किसिमको बाजाबाट बिस्तारित भएको अनुमान गर्न सन्किछ । जंगली युगका मानिसहरुले बजाउने गरेका प्रारम्भिक बाजाहरुबाट अभ्युदय भई किरातकालमा आइपुग्दा यी बाजाहरुको छुटै अस्तित्व भइसकेको कुरामा अन्वेषकहरु ज्यापू पञ्च, मदनसेन बज्राचार्य, चैतन्यलाल श्रेष्ठ एकमत देखिनु हुन्छ । किरातकालपछिका कालखण्डहरुमा च्याब्रुग र ढोल जस्तै धिमय् पनि परिष्कृत र व्यापक भएको हो ।

एक दुई वटा मात्र धिमय् बजाउ“दा पनि हूलका हूल मानिसले बजाएको जस्तो सुन्ने गरी बहुप्रतिध्वनि उत्पन्न गर्न सक्ने धिमय्को विशेषताले प्राचीन युगमा जनावरहरुलाई धपाउन, तर्साउन देखि त्यसपछिका समयहरुमा विपक्षीहरुलाई थोरै योद्धाहरुबाट पनि थुप्रै योद्धाहरु भएको आभास गराउन युद्धमा समेत डोर्यायो । धिमयसंग घुमाइने धुन्या लाई लिच्छविकालमा युद्धमा प्रयोग गरिने ध्वजासंग तुुलना गरी कसैकसैले लिच्छविकालीन बाजा भनी परिभाषित पनि गरेका छन् । लिच्छविकालमा धिमय् व्यापक भएको भन्नु तर्कसंगत देखिन आउ“छ । त्यसताका धिमय् राजकीय सूचना प्रवाह गर्न झ्याली पिट्ने काममा पनि प्रयोग गरिन्थ्यो । त्यही समयदेखि नैं धिमय् प्रश्तुतिहरुमा व्यवस्थित भए । लिच्छविकालमै शुरु भएको गुठीहरुको स्थापना मल्लकालमा व्यापक भएपछि धिमय्को चीरस्थायित्वको स्पष्ट रेखाहरु देखापरे । यसका अलावा पछिका दिनहरुमा जग्गा एकीकरणको नाउ“मा वा केही गुठीका थकालीहरुको गुठीका जग्गाहरु आफ्नो नाममा नामसारी गर्ने जस्ता कुनियतले गुठीका आयस्ता घटनाले बाजाका गुठीहरु क्रमशः घट्दै गएको तीतो यथार्थ पनि छ ।

धार्मिक र सांस्कृतिक पक्ष सबल भएकोले पनि अरु बाजाहरुको तुलनामा धिमय् अझसम्म पनि लोपोन्मुख छैन । हरेक किसिमका उत्सवहरुमा धिमय् बजाउ“दै आएका नेवार कृषक (ज्यापू) हरुको यसमा ठूलो योगदान छ । धिमय् विशेषतः ज्यापूहरुले नै बजाउने बाजा हो । आज पनि ज्यापू र धिमय्लाई एक अर्काको परिपूरकजस्तै ठानिन्छ । यद्यपि धिमय् ज्यापूहरुमाझ मात्र सीमित छैन । तर विविध कारणबश पछि मात्र यो बाजा ज्यापूहरुबाट अरुमा हस्तान्तरण भएको देखिन्छ ।

नेवार संस्कृतिका अनुन्धानकर्ता एकाराम सिंहले जानकारी गराउनु भएअनुसार एक समय ठहिटीका ज्यापूहरु आफ्नो जात्रा पर्वसमेत मनाउन नसकी विपन्न भएको अवस्थामा त्यहा“को सालमि (मानन्धर) हरुले जात्रा, पर्वहरुलाई चलाउन आर्थिक सहयोग गरे । गुठीहरु पनि मानन्धरहरुले नै चलाउन थालेपछि त्यसै समयदेखि तिनीहरुले धिमय् बजाउन शुरु गरेका हुन् । त्यस्तै मच्छेगाउ“का मानन्धरहरुले पनि राजनैतिक कारणले मात्र धिमय् बजाउन थालेका हुन् । बनेपामा भने धिमय् बजाउनेहरुमा मानन्धरहरु अग्रस्थानमा छन् ।

वर्तमान समयमा विभिन्न जातिका गरी उपत्यकामा सयौंको संख्यामा धिमय् बाजा गुठी र खलकहरु छन् । जाति र ठाउ“ अनुसार धिमय्संग बजाउने सहायक बाजाहरु अलि फरक देखिन्छन् । धिमय्स“ग बजाइने प्रमुख बाजा भुस्याः हो । भक्तपुरमा भुस्याःसंगै सिछ्याः पनि बजाइन्छ । ठा“उ अनुसार क“य्पि वा ताईंनाईं पनि बजाइन्छ । भक्तपुरमा गु तालहरुसंग र काठमाडौंमा विभिन्न टोलहरुमा मा (मू) धिमय्संग प्वंगा पनि बजाइन्छ । थिमिको विस्केट जात्रामा धिमय्स“ग मुहालि पनि बजाउने चलन छ । मा धिमय् ठूलो आकारको धिमय् हो भने सानो आकारको धिमय्लाई यलय् प्वः धिमय् भनिन्छ । यलय् प्वः धिमय्मा प्रचलित बोलहरु बजाउने सिकाउन कठोर नियम नभए पनि मा धिमय् सिकाउन भने ज्यापू जातिका पुरुषहरु वःलाः तयेगु (वःलाः राख्ने) काम सकिएको हुनुपर्ने नियम छ । यो नियम काठमाडौंमा मात्र रहेको देखिन्छ ।

वःलाः तयेगु (वःलाः राख्ने) संस्कार सम्पन्न भइसकेको व्यक्ति नै धिमय् खलकमा भित्रिन योग्य मानिन्छ । यस्ता योग्य व्यक्तिहरुलाई मा धिमय् बजाउन सिकाउ“दा धुन्या घुमाई नाच्ने धुन्या नाच पनि सिकाउने गरिन्छ । धुन्या घुमाउने चलन काठमाडौंको सबै टोलहरुमा देखिंदैन । काठमाडौंका ऐतिहासिक ३२ टोलहरु मध्ये १७ टोलमा मात्र मा धिमय्संग धुन्या घुमाउने चलन छ ।

परम्परागत रुपमा पुरुषहरुलाई मात्र सिकाइने धिमय् हाल आएर महिलाहरलाई पनि उपत्यकाका केही स्कूलहरुमा विद्यार्थीहरुलाई सिकाउन थालिएको छ । साथै त्रि.वि.वि.को संगीत स्नातक तहको पाठ्यक्रममा पनि राखिएपछि धिमय् अझ व्यापक बन्दै गएको छ । नेपालका परम्परागत बाजाहरुलाई सम्बद्र्धन गर्ने ध्येयले सेभ कल्चर नामक संस्थाले सन् १९९५ मा काठमाडौं उपत्यकाका बाजाहरुको महोत्सव आयोजना गरेको थियो । त्यस महोत्सवमा धिमय् नै प्रथम भएको थियो । ज्यापू महागुथिले ने.सं. १११५ म्ाँ ज्यापू पुचः ओमबहालले ऐतिहासिक धिमय् बाजा प्रतियोगिता ग¥र्यो र धिमय्का् क्यासेट पनि निकाल्यो । केही वर्ष यता ख्वप नासः खलःले बर्सेनि रुपमा भक्तपुरव्यापी धिमय् बाजा प्रतियोगिता गर्दै आएको छ । केन्द्रीय मानन्धर संघले मानन्धरहरुबीच वर्षैपिच्छे एउटा बाजाको प्रतियोगिता गर्ने क्रममा धिमय् प्रतियोगिता पनि गरिसकेको छ । गत वर्षको राष्टिय लोकनृत्य प्रतियोगितामा धिमय् नृत्य प्रथम भएको थियो ।

धिमय् बाजाको ऐतिहासिक र सांस्कृतिक महत्व दृष्टिगत गरी ज्यापू महागुथि र अरु संघसंस्थाहरुले पनि धिमय्लाई नेपालको राष्टिय बाजाको रुपमा घोषणा गर्नुपर्ने माग राख्दै आएका छन् ।

This entry was posted in समीक्षा, संस्कार - संस्कृति परिचय and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.