अस्वीकृत उपन्यास : महाभिनिष्क्रमणका अस्वीकृत पाइला

महाभिनिष्क्रमणका अस्वीकृत पाइला
(अस्वीकृत उपन्यास)

लेखक – डा. कविताराम श्रेष्ठ @ साहित्य सङ्ग्रह डट कम

महाभिनिष्क्रमणका अस्वीकृत पाइला
(अस्वीकृत उपन्यास)
- डा. कविताराम श्रेष्ठ

अध्याय
१. शुद्धोदन र मायादेवीको भेट
२. स्वाभिमानी शाहसी शुद्धोदन
३. शुद्धोदनको नेतृत्वकुशलता
४. अक्रामक कोशलसैनिकलाई सद्वयवहार
५. शुद्धोदनको बिहे र सन्तानेच्छा
६. ब्राह्मणवर्चश्वको अवसान क्षत्रीयउत्कर्षबारे सम्बाद
७. गणराज्यहरुमा स्त्रीजातिको सम्मानित स्थिति
८. आर्यावर्तीय जातजातिको प्रकरण
९. वौद्धिक अन्यौलको युग
१०.  बौद्धिक निकासमा युगपुरुषको अवतरणको धारणा
११. सन्तानोत्पादनको लागि प्रयास
१२.  सन्तानप्राप्तिको लागि अन्यन्य प्रयाश
१३. मायादेवीमा गर्भस्थापना
१४. सन्तानको बारेमा भविष्यवाणी
१५. सही सन्तानको लागि प्रयत्न
१६. महारानीहरुको सत्संग प्रेम
१७. मायादेवीलाई पुत्रप्राप्तिको चाहना र प्रजापतिलाई गर्भ सुख
१८. प्रसबको लागि मायादेवीको माइति गमन
१९. मायादेवीको पाश्र्व भाग चिरेर बच्चाको जन्म
२०. असितमुनिको भविष्यवाणी
२१. सिद्धार्थको न्वारन र मायादेवीको मृत्यु
२२. सिद्धार्थको सह्यार र नन्दको जन्म
२३. बालक सिद्धार्थमा कार्यसँग कारणको खोज गर्ने प्रवृत्ति
२४. अनौपचारिक शिक्षा व्यवस्था
२५. गहना लगाउने प्रथम उत्सव
२६. शाक्य र कोलियगणको उत्पत्ति कथा र मूल्य विधानमा कौतुहलता
२७. प्रथम ध्यान र जीवनसम्बद्ध प्रश्नमा चासोको शुरुवात
२८. सामाजिक वर्गविभेदको प्रत्यक्षीकरण
२९. दशैँ चाडको शुरुवात
३०. उच्च शिक्षा एवं शस्त्रविद्या अध्ययन
३१. साङ्ख्यबाहेक समस्त स्थापित विद्यालाई अविद्याको घोषणा
३२. अलौकिक शस्त्रबारे सम्बाद
३३. देवदत्तसँग प्रथम विभेद प्रशंग सारसभेदन र उपचार
३४. मातासँग क्षत्रिय धर्मबारे विवाद
३५. योगाभ्यास र जीवनसम्बद्ध गौण उत्तरको तृष्णा
३६. महाबीरबारे अध्ययन
३७. श्रीकृष्ण र भागवतधर्मको अध्ययन
३८. सिद्धार्थको लागि कन्याचयन कार्यक्रम
३९. यशोधराको बरचयनमा सिद्धार्थको करामत
४०. कपिलवस्तुमा विवाहोत्सव र बासभखत्तियाप्रति प्रसेनजीतको आकर्षण
४१. त्यो प्रथम मधुराित्र
४२. प्रसेनजीत र बासभबखत्तियाको प्रणय
४३. बासभखत्तिया प्रसेनजीतको बिहे
४४. माइती सिद्धार्थ र यशोधराको चिन्ता
४५. सिद्धार्थको संस्थागरमा सदस्यता
४६. वैरागी सिद्धार्थ मायाको पाशोमा
४७. कोसलकन्याको बिहेमा निम्तो र कोसेली विवाद
४८. कोसलदरबारमा िहंस्रक यज्ञबारे पौष्करसातिको शास्त्रार्थ
४९. प्रसेनजीतको राज्यभिशेष र राज्यविस्तारको तयारी
५०. प्रसेनजीतपुत्रको उग्रस्वभावमा सिद्धार्थको साम्यिकरण
५१. युद्धको विजयमा हर्षोल्लास र सिद्धार्थको असंलग्नता
५२. कोशलदरबारमा शाक्यगणको इज्जत र सम्मान
५३. यशोधराको गर्भ रहेको खुशीयाली र सिद्धार्थको वैराग
५४. यौनलिप्साप्रति वैराग र नयाँ जागरण
५५. वास्तविक धरातलको अध्ययन- बुढ्यौलीको साक्षात्कार
५६. वास्तविक धरातलको अध्ययन- व्याधीसँग साक्षात्कार
५७. वास्तविक धरातलको अध्ययन- मृत्यसँग साक्षात्कार
५८. यशाधराको रुष्टता
५९. नयाँ तालको उद्विकास र सहमतिको श्रृंखला
६०. तृष्णा र दुःखबारे सम्बाद
६१. संन्यासको सौम्यताप्रति आकर्षण
६२. युग नै परिवर्तनको प्रसव वेदनामा
६३. सिद्धार्थलाई पुत्रप्राप्ति र अनाशक्तिको ज्वर
६४. वैराग्यको ज्वर र अर्धांगिनीको सहमित
६५. निर्गन्थी चतुर्यामसम्बरप्रति चाख
६६. युद्धको लागि फरक मत र शान्ति प्रस्ताव
६७. अन्तरंगीहरुका भावी नीति
६८. बहुमतको युद्धको निर्णय नमान्दा संन्यासको आवरणमा देशनिष्काशन
६९. अर्धांगिनीद्वारा संन्यासको स्वीकृति
७०. संन्यास रोक्न गणिकाहरुको प्रयोग
७१. महाभिनष्क्रमणका अस्वीकृत पाइला
७२. औपचारिक संन्यास ग्रहणको तयारी
७३. गुरुआश्रममा प्रब्राज्य*
७४. विछोडको वियोग
७५. संन्यासपछिको पहिलो बास, ७६. पाप धुने गङ्गास्तुतिप्रति व्यंग्य
७६. पाप धुने गङ्गास्तुतिप्रति व्यंग्य
७७. संसारभरीका गंगाप्रति नयाँ हिसाबको स्तुतिगान
७८. राजगगृह नगरमा प्रवेश
७९. मगधसम्राटसँग संवाद
८०. पाचभद्रीयसँग भेट र संन्यासबाट विचलित गर्न मारको प्रयत्न
८१. कृच्छ तपस्याको अध्ययन
८२. आलार कालमकोमा योगसाधना
८३. रामपुत्रकोमा योगाभ्यास
८४. समस्त वैदिक वाङ्मयप्रति अस्वीकृित
८५. उरुबेलमा कठोर तपश्चर्या
८६. पाचभद्रीयसँग पुनः भेट र संयुक्त तपश्चर्या
८७. दुश्कर तपश्चर्याकॊ त्याग
८८. पतित भएको आशंकामा पाचभद्रयद्वारा त्याग
८९. पूर्णिमाको उन्मादमा खीरग्रहणको थप प्रभाव
९०. मार दमन
९१. बोधि प्राप्ति
९२. बोधिसत्वबाट बुद्धत्व प्राप्तिको स्वीकारोक्ति
९३. वमुत्ति सुख र प्रतीत्य समुत्पादको स्थापना
९४. ज्ञान संयोजन तथा उद्घोष
भूमिका १ : अस्वीकृत विचार सिद्धार्थ गौतम र प्रस्तुत उपन्यास  – कृष्णचन्द्रिसंह प्रधान
भूमिका २ : प्रस्तुत उपन्यासको विवेचना   – केदार शाक्य
भूमिका ३ : हार्दिक बधाई   – राधेश्याम भट्टराई
भूमिका ४ : दुई शब्द   – घनश्याम राजकर्णिकार
भूमिका ५ : भन्दा भन्नुपर्ने कुरा    – डा. कविताराम श्रेष्ठ
सन्दर्भ सामग्री


१. शुद्धोदन र मायादेवीको भेट

हे पाठकगण ! लुम्बिनी वनमा शाक्यगणका गणराजा शुद्धोदन र उनका चारजना भाइहरु माइँलो शुक्लोदन, साइँलो शाक्योदन, काइँलो धौतोदन र कान्छो अमितोदन शिकार खेल्न आएका थिए ।*

*शुद्धोदनका भाइहरूमध्ये को जेठो को कान्छो भत्रेबारेमा धेरै विवाद छन् । यसमा मज्भिमनिकायको अट्ठकथालाई आधार मानिएको छ .

शुद्धोदन एउटा बाह्रसिङा जरायोलाई खेद्दै आइरहेथे । उनका चारजना भाइहरु पनि त्यसै जरायोलाई वरिपरिबाट हर्काउँदै दाजु शुद्धोदनतर्फ धपाउँदै थिए । सिङका हाँगाबिँघा बेस्सरी फिजिएका जरायोलाई द्रुतगतिमा भाग्न गाह्रो परिरहेको थियो । लतालतिकामा सिङ अल्झिएर उसको गतिमा बारम्बार अवरोध आइरहेथ्यो ।

शुद्धोदनलाई पनि यो पिछा गराइ त्यत्ति सजिलो थिएन । उनी घोडामाथि धनुष तानेर अघि बढिरहथे । लतालतिकाहरुले उनलाई पनि बारम्बार दिक्कति दिइरहेथे । कहिले शिरमाथि बज्रने र कहिले धनुषलाई नै अल्झाउने त्यसमा पनि ठूलो शरीरको घोडालाई झाडीहरु माझ दौडाउन त्यत्ति सजिलो भइरहकेा थिएन । वरिपरिबाट घोडामै त्यस जरायोलाई छेक्दै आउने उनका चारजना भाइहरु पनि त्यस्तै अवरोधका कारणले केही पछाडि परिरहेका थिए ।

छेकारोमा परेको जरायो निक्कै आत्तिएको थियो । तथापि त्यो शिकारीहरुलाई पछाडि छोड्न सफल भइरहेथ्यो । छेकारो नपरेकेा एउटा दिशामा त्यो बेपत्ता दौडिरहेथ्यो । शुद्धोदन झन्झन् पछाडि पर्दै थिए । तर केही दुरीमा जरायो एकाएक रोक्कियो । पाँचै भाइहरुलाई जरायो किन रोकियो थाहा हुन सकेन । त्यसले अर्को दिशा लिन लाग्यो । तर त्यतैबाट काइँलो धौतोदन घोडा बड्काएर आइरहेथे । जरायो त्यता पनि जान सकेन । अर्को दिशामा माइँलो शुक्लोदन घोडा बड्काएर आइरहेथे । त्यता पनि त्यो जान सकेन । त्यो अर्कोतिर मोडियो । त्यतैबाट साइँलो शाक्योदन र कान्छो अमितोदन पनि घोडा बड्काएर आउँदै थिए । जरायो तसर्िएर कहिले यता त कहिले उता दौडन लाग्यो । यसै क्रममा शुद्धोदन नजिकै आइपुगिहाले । जरायोलाई उही पहिलेकै अवरोधलाई नाघेर जानुपर्ने स्थिति भयो । त्यसले उचाइबाट नाघ्न हावामा के पाँचहातमाथि उपि्रुएको मात्र थियो शुद्धोदनले दौडदो घोडाबाटै बाण छोडिदिए । हावामै त्यसको छाती बाणले विदीर्ण भयो । भ्वाक्क झाडीपारि त्यो खस्यो । जरायो खसेको ठाउँमा के भयो केही देखिएन तर एक्काशी मानवकन्याहरुको त्रासदीपूर्ण चित्कारले वन थर्कियो । शुद्धोदनलगायत पाँचै भाइहरु केही दुर्घटना पो भयो कि भनी त्रस्त भए ।@साहित्य सङ्ग्रहालय डट कम

त्यहाँ सबभन्दा पहिले शुद्धोदन पुगे । आठदश जना तरुण किशोरीहरु वनभात खान आएका रहेछन् । तिनीहरु आत्तिएर रोइरहेथे । एकजना सबैभन्दा सुन्दरी देखिने षोडषीले अरुलाई नआत्तिन सान्त्वना दिइरहेकी थिइन् । केही दुर्घटना नभएको स्थितिलाई बुझेपछि शुद्धोदन ढुक्क भए । ती सुन्दरी कन्याको धैर्यतालाई देख्दा उनी आकर्षित नभइरहन सकेनन् ।

हे पाठकगण ! शुद्धोदनको उमेर २७ वर्ष पुगिसकेथ्यो । कामहरुको व्यस्तताले गर्दा उनलाई यसरी कुनै पनि कन्यालाई ध्यान दिने होस कहिल्यै भएन । त्यसैले कन्याहरुमा उनले त्यत्ति ध्यान कहिल्यै दिएका थिएनन् । यत्तिसम्म पनि कन्या राम्री र धैर्यवान हुन्छन् भन्ने ज्ञान उनलाई मानौँ पहिलोपल्ट भयो । ऊनी निक्कै आकर्षित भए तिनीतिर । उनले घोडा बिस्तारै उतै लगे । ती धैर्यवान कन्याले सामान्य अभिवादन गर्दै दृढतापूर्वक सम्बोधन गरिन्- ूमहोदय ! तपाईं जो हुनुहुन्छ आफ्ना शिकार लिएर बाटो लागिहाल्नोस् । मेरा संगिनीहरु यस परिस्थितिबाट त्रस्त छन् ।ू

शुद्धोदनले नम्रभावमा खेद प्रकट गरे- ूतपाईंहरुको मनोराजनमा बाधा पुगेकोमा मलाई खेद छ । माफी चाहान्छु ।ू

त्यसै बखतमा एकएक गर्दै अरु भाइहरु पनि आइपुगे । सबैभन्दा कान्छोभाइ घोडाबाट बुद्रक्क फाल हानेर छटपटाइरहेको जरायोलाई तान्दै बोले- ूआहा ! क्या मोटो ! क्या ठूलो !ू

काइँलो पनि तल झरे र त्यसलाई तान्न सघाउन लागे । छटपटाइरहेको जरायोलाई तान्न निक्कै गाह्रो पर् यो र कान्छो अमितोदनले कम्मरबाट थुत्त खुकुरी झिकेर जरायोको घाँटी रेटिदिए । जरायो केहीबेर बेस्सरी छट्पटायो । केही केटीहरुले यो हेर्न नसकी चिच्याउँदै आँखा छोपे । अमितोदनले हँस्यौलीमै कुरा काटिहाले – ूतब त केटीहरु ! मुटु कहाँ ठूलो हुन्छ र यत्ति सानो हुन्छ ।ू

उनले मुटुको आकार हातले अड्कलेर देखाए । त्यो दृढ स्वभावकी तरुणीले उमाथि एकपल्ट छड्के आँखाले तरिन् र यस्तालाई के मुखलाग्नु भन्ने भावसाथ अर्कोतिर फर्किइन् । अर्की सबैभन्दा चतुर देखिने एउटी युवतीले भने खप्नै नसकी तुरुन्तै ओँठे जवाफ दिइन्- ूअर्काले ढालेको जरायोलाई काटेर के ठूलो पल्टन्छौ लाज छैन हेर्दा ओँठ निचोरेमा दूध आउँछ जस्तो छ कत्रो मुख चलाउन सकेको ू

कान्छोको उमेर यसबखत १५ वर्षमात्र पुगेको थियो । उनमा किशोरजन्य चाचलता अझै हटेको थिएन । उनले प्वाक्क फेरि पनि बोले- ूके अर्का भन्छौ आफ्नै दाइले ढालेका हुन् । के सोचेकी छौ ू

शुद्धोदन स्थिति सम्हाल्ने हिसाबमा बोले- ूमाफ गर्नुहोला । ऊ सानै छ । त्यसमाथि यो कार्यमा म एक्लैको पुरुषार्थ थिएन । यी मेरा भाइहरुले खेदेर कुना नपारेको भए कहाँ यसलाई यसरी मार्न सकिन्थ्यो ू

माइँलो- ूहामी शाक्यहरुमा त्यसै पनि तेरोमेरोको विवाद हुन्न । त्यसमाथि हामी एकै परिवारका हौँ ।ू

साइँलो- ूउहाँ हाम्रा जेठादाइ शुद्धोदन ।ू

काइँलो- ूभर्खरै हाम्रा गणका राजा छानिनु भएको छ । ू**

** “बज्जी, मल्ल या शाक्य आदि के सबन्ध मे जो जानकारी त्रिपिटकग्रन्थों मे मिलती है, उससे प्रतीत होता है कि इन राज्यों मे गावों के नेताओं को राजा कहता था । ये सब इकट्ठे होकर अपने मे से किसी एक को अध्यक्ष के रूप मे चुन लेते थे ।” –भगवान् बुद्ध , (पृ. ५०) ।
साथसाथ भद्दीय और दण्डपाणी को भि शाक्योंका राजा कहा गया जिस से यही अर्थ निकलता है कि शाक्योँ के प्रजातन्त्र की गण संस्था (सिनेट या पार्लियामेन्ट) के सदस्योँको लिच्छविगण की भाँति राजा कहा जाता था ।” —बौद्ध दर्शन  (पृ. १७_ .

कान्छो- ूछिट्टै महाराजा नै छानिनु हुनेछ ।ू

तरुणीहरुका आँखामा एकाएक अर्कै रङ फेरिए । दृढ स्वभावकी सुन्दरीले शुद्धोदनलाई एकाएक हेरिन् । त्यहाँ चारआँखा भए । तिनलाई केही लज्जाको अनुभूति भयो । तिनले घोसेमुन्टो लगाइन् । अर्की ओँठेजवाफ फर्काउने कन्याको हाल पनि त्यस्तै भयो । तिनी पनि अवाक घोसेमुन्टो लगाउन लागिन् ।

हे पाठकगण ! त्यो बेला थियो इशापूर्व छैठौँ शताब्दितिरको । त्यसबेला हिमालयको दक्षिण र पावा कुशीनगर भन्ने जनपदबाट उत्तरतिर पूर्वमा रोहिणीनदी र पश्चिममा राप्तीनदीबीच कपिलवस्तु भन्ने शाक्यहरुको गणराज्य थियो । ती गणराज्यका सबै गणहरुका सरदारलाई राजा भनिन्थ्यो जो गणहरुबाटै लोकतान्त्रिक ढङ्गमा छानिएका हुन्थे । पछि उनै राजाहरुमध्ये एकजनालाई गणले प्रमुख राजाको रुपमा छानेर महाराजा बनाउथे । उबेला यस्तेा गणराज्य आर्यावर्तमा कपिलवस्तुका शाक्य गणराज्यमात्र थिएन । यस बाहेक शाक्यहरुकै छिमेकी रामगढमा कोलियहरुको समेत गणराज्य थियो र साथै बृज्जीमा ज्ञात्रिक तथा लिच्छवि मथुरामा शूरसेन र पावा तथा कुशीनरामा मल्ल सम्सुमारगिरीमा भर्ग पिप्पलिवनमा मौर्य अल्लाकप्पामा बुली केसपुत्तामा कलाम आदिका पनि गणराज्यहरु थिए । यी सबै गणराज्यहरुमा कपिलवस्तुकै जस्तो गणद्वारा छानिएर जोकोही सक्षम व्यक्ति राजा वा महाराजा बन्न सक्दथे ।

शुद्धोदनका पुर्खा कुनै राजखान्दान वा कुलिन् वा धनी वर्गका थिएनन् । उनका बाजे जयसेन र पिता सिँहहनु सामान्य खेतीकिसानी गर्दथे । उनकी माता कच्चाना पनि छिमेकी कोलियगणका एउटी सामान्य कन्या थिइन् । शुद्धोदनको पराक्रम तथा सामथ्र्यवान भाइहरुका साथले समस्त परिवारका खेतीकिसानी निक्कै फस्टाएका थिए । शुद्धोदनकै प्रख्यातिका कारणले उनका जेठी बहिनीको बिहे कोलियराजा सुप्पबुद्धसँग भएको थियो । कान्छी बहिनी प्रतिमाको भने कपिलवस्तुमै सामान्य शाक्यसँग भएको थियो ।

अहिले भेटिएका यी कन्याहरु थिए कोलिय । देवदहबाट वनभात खान आएका । यिनीहरुका गणमा शुद्धोदन एउटा महानायकको रुपमा चिनिन्थे । एक्काशी उनैका सामू त्यसरी साक्षत्कार हुनपर्दा सबै कोलियकन्याहरु हतप्रभ भए । कोही कसैको मुखबाट एकै शब्द निस्किएनन् ।

कान्छोभाइ अमितोदनले तरुणीहरुतिर सम्बोधन गर्दै घोँचिहाले- ूके हो मुखमा बुझो नै लागेको हो ?ू

एउटी कन्या अघि सरिन्- ूहे गणराजन् ! हामी तपाईंहरुकै कुटुम्ब कोलियगणका कन्याहरु हौँ । यहाँ हामी वनबिहार गर्न आएका हौँ । कस्तो मिठो काकताली पर्न गयो हजूरसँग विवाद गर्ने यी कन्याहरु पिता अाजन र माता सुलक्षणाका पुत्रीहरु कान्छी मायादेवी र जेठी प्रजापति गौतमी हुन् जससँग हजूरको बिहे हुने प्रस्ताव अगाडि बढिरहेको छ । हजूरहरु त हाम्रा आफ्नै कुटुम्ब हुनुहुन्छ ।ू

ती कन्याले अगाडि सरेर शुद्धोदनलगायत सबैलाई एकसाथ अभिवादन गरिन् । त्यसपछि प्रजापति गौतमी र मायादेवीले पनि केही लज्जित भावसाथ सोहीरुपमा सबै भाइहरुलाई अभिवादन गरे । बाँकी कन्याहरु कोही जुवाइँसाहेब अनि कोही भेनाज्यू भन्दै हर्षित हाँसोसाथ अभिवादन गर्न अगाडि परे । सही परिचय पाएपछि शुद्धोदनका भाइहरु पनि कन्याहरुप्रति नम्र हुनपुगे । सबैले आदरसाथ ती कन्याहरुसँग अभिवादन आदानप्रदान गरे । सबैमा गम्भीरता छायो ।

कान्छो अमितोदन अगाडि सर्दै बोले- ूअनि सालगोलमा के बोल्नु भाको त अाजनपुत्रीहरुमा जेठी कुन र कान्छी कुन नि ?

त्यस कन्याले हाँस्दै नम्र बिन्ति गरिन्- ूगल्ती भो माफी पाउँ । उहाँ कान्छी मायादेवी र उहाँचाहिँ जेठी प्रजापति गौतमी ।ू***

*** “When Suddhodan had shown his martial powers he was allowed to take a second wife and he chose Mahaprajapati. She was the elder sister of Mahamaya.” – The Buddha and His Dharma, (p. 2). प्रायः अन्य स्रोतहरूले प्रजापतिलाई मायादेवीको बहिनी बताएका भएपनि यस स्रोतअनुसार महायादेवीलाई बहिनी बनाइको छ ।– लेखक

अर्थात् जो धैर्यवान र सुन्दरी थिइन् अनि जसबाट शुद्धोदन राम्रै प्रभावित भएका थिए तिनी मायादेवी रहेछन् । अनि अर्की जो सर्वाधिक चतुर देखिन्थिन् प्रजापति गौतमी रहिछन् । शुद्धोदन अवाक रहे । उनले फेरि एकपल्ट गौर गरेर मायादेवीलाई हेरे । अनि मनमनै तिनको प्रशंसा गरे- ूकति सुशील ! अनि कति सुन्दर ! धैर्यता र सुशीलताले त्यो सौन्दर्यलाई कति सजाएको ! कत्ति सुहाएको ! यिनी शीलले गर्दा राम्री देखिएकी कि अनुहारकै सौन्दर्यले ?ू

शुद्धोदन आफैँलाई प्रश्न गर्दै एकछिन आफैमा हराए । उनको आँखा मायादेवीमा अडेका थिए । मायादेवी यसबखत अठार वर्षकी थिइन् र यस उमेरसम्म तिनलाई कसैले यसरी हेरेको अनुभव थिएन । मायादेवीलाई निक्कै अप्ठुरो भयो । निसासिएसरी भयो । तिनले सँगै उभिएकी दिदी प्रजापतिको आडमा आफूलाई लुकाइन् । शुद्धोदनको लट्ठिएको मौनता र मायादेवीको अप्ठुरोपनालाई त्यहाँ सबैले छर्लङ्गै देखे । तर सबै यस चर्तिकलामा अवाक रहे । उनीहरुलाई पढ्नमै सबै भुले ।

चाचल अमितोदनले त्यस सन्नाटालाई चिरे – ूके सबै ट्वाँ परेका हँ ?ू

सबै एकैपल्ट झसंग भए । सबैको आँखा अमितोदनतिर मोडिए ।

उनले थपे- ूअब कुटुम्बकुटुम्ब सँगै बसेर बोसेआन्द्रा र कलेजो पोलेर खाने होइन ू तरुणीहरुतिर फर्किएर आफ्नो पेट मिच्दै अमितोदनले फेरि थपे- ूयहाँ मुसा दौडिरहेछ भन्या ।ू

कान्छोको अभिनयपूर्ण प्रस्तावमा सबै गलल हाँसे ।

एउटी कोलियकन्या बोलिन्- ूयसमा हाँस्नुपर्ने कुरा के छ कुरा ठीकै त छ नि । हामीसँग चिउरा र गुन्द्रुकको अचार छ । मज्जाले भोज लाउने हो ।ू

अर्कीले बीचैमा बोलिन्- ूके हामी मासु खानै नपाएका हौँ र बोसेआन्द्राको भोज लाउनुपर्ने हामीलाई चाहिँदैन । होइन त मायादेवी कि कसो गौतमी दिदी ू

प्रजापति गौतमी यतिखेर १९ वर्षको उमेरमा थिइन् । कहीँ कतै बोल्न तिनमा धक हुँदैनथ्यो । जस्तोलाई तस्तै गरी बोल्ने कला र साहस तिनमा थियो । बोलिन्- ूत्यो बच्चाको कुरालाई लिएर किन विवाद गरिरहने लौ तपाईंहरु जानुहोस् आफ्नो शिकार लिएर । हामीलाई आफ्नै पारामा रमाइलो गर्न दिनुहोस् ।ू

अमितोदनलाई बच्चा भनेर व्यवहार गरेको मन परेन र तुरुन्तै जवाफ दिए- ूए उसो भए यो होँचोको मुखमा घोँचो पो ?ू

केटीहरु सबै फेरि रमाइलो मान्दै गलल हाँसे । एउटीले तुरुन्तै जवाफ दिइन्- ूहोइन होइन आफ्नो घर पुगेर बोसेआन्द्रा नै मुखमा बेस्मारी कोचोँ ।ू

कान्छाले जवाफमा थपिहाले- ूए बाबा ! कस्तो छुराजस्तो चोचोँ !ू

फेरि दुबैथरीमा हँस्सीको पर्रा छुटे ।

शुद्धोदनले सबैलाई दृष्टि लाउँदै नम्रताकासथ सम्बोधन गरे- ूहे कोलिय भद्र किशोरीहरु ! मेरो कान्छोभाइले हँस्यौलीमा यो कुरा भने पनि उनले नीतिसङ्गत कुरा गरेका छन् । यो जरायो मार्न हामी पाँचभाइको मात्र पुरुषार्थ थिएन । यदि तपाईंहरु यहाँ नहुनु भएको भए यसलाई पक्कै मार्न सकिन्नथ्यो । यतापट्टि तपाईंहरुका उपस्थितिले यसको गतिमा अवरोध आएको थियो र मैले मार्ने मौका पाएँ । यसकारण यसमा तपाईंहरुको पनि योगदान छ । त्यसैले यहाँ खाए पनि घर लगे पनि आधा जरायो तपाईंहरुलाई हामी प्रदान गर्न चाहन्छौँ ।ू

भाइहरु सबैले एकस्वरमा बोले- ूहो हो दाजुले ठीक भन्नुभो ।ू

प्रजापतिको आङपछाडि लुकेरै वसेकी १८ वर्षीया मायादेवीले दृढ भएर भनिन्- ूतर यसमा हाम्रो असहमति हुन सक्छ । किनभने यो शिकारखेलमा हाम्रो सहभागिता कदाचित थिएन । काकतालीले यसको बाटोमा हामी पर्नगएका मात्र हौँ । त्यसैले यसमा हाम्रो कुनै दावी छैन ।ू

शुद्धोदन दृढ व्यक्तित्वकी धनी मायादेवीबाट अरु प्रभावित भए । प्रशंसापूर्ण नेत्रसाथ उनी अवाक रहे । काइँलो धौतोदन बोले- ूके हामी हाम्रातर्फबाट भेट चढाउन सक्दैनौँ ू

प्रजापति गौतमी उत्तिकै दृढ भएर बोलिन्- ूसदाशयताको लागि धन्यवाद ! हामी यहाँ कुनै शिकारको आशयसाथ आएका थिएनौँ । यसै रमाइलो गर्न मात्र आएका हौँ । अन्यथा नसोच्नु होला । न हामी पराया पुरुषहरुसँग सँगै बसेर भोज खान सक्छौँ न तपाईंहरुको भेट बोकेर लान सक्ने स्थितिमै छौँ ।ू

कान्छो- ूसुन्नोस् खसोखास कुरा । हामी पराया होइनौँ । तपाईँहरु हाम्रा मावली हुनुहुन्छ । रह्यो तपाईंहरुले यो भेटलाई बोकेर लान नसक्ने भन्ने कुरा । त्यस्को पनि उपाय छ । त्यसलाई हामी लुम्बिनीवनबाट बाहिरसम्म घोडामा पुर् याइदिन सक्छौँ । त्यही आधा कोस पनि छैन होला । म अहिल्यै छाडेर आउँछु ।ू

मायादेवी- ूकुरा त्यो होइन । हामी हाम्रै किसिमका मनोराजनका लागि आएका हौँ । शिकारको लागि होइन । दिदीको कुरोलाई बुझ्नुहोस् । हामीमा तपाईंहरुको सदाशयता स्वीकार गर्नयोग्य कुनै किसिमको सम्बन्धै छैन । मावली गाउँकासम्म पर् यौँ । त्यत्ति हो । यसमा तपाईंहरुले अन्यथा सोच्नु पनि हुन्न ।ू

शुद्धोदनले मायादेवीलाई सम्बोधन गर्दै बोले- ूहे अाजनपुत्री मायादेवी ! तपाईंहरुको नीतिकुशलताबाट हामी धेरै प्रभावित भयौँ । जस्तो कोलियगणको संस्कार छ त्यही अनुरुप तपाईंहरुका सौहादर््र व्यवहार छन् । कृपया हामीबाट केही गल्ती भए माफी पाउँ । हामी आफ्ना शिकार लिएर अब बिदा हुन्छौँ ।ू

साइँलोभाइले काइँलो र कान्छोलाई सम्बोधन गरे- ूभाइहो ! ल्याउ त्यो जरायो मेरो घोडामा । म बोक्छु ।ू

वास्तवमा साइँलोभाइ सबैभन्दा बलिया थिए । उनको घोडा पनि छरितो त थिएन तर अचाक्ली बलियो थियो । सँधै शिकार बोक्ने काम त्यसैले साइँलोकै हुने गर्दथ्यो । कान्छो र काइँलोले साइँलोको घोडामा जरायो चढाइदिए । साइँलोलाई निक्कै गाह्रो भयो । उनले बाह्रसिङाको सिङ पन्छाएर घोडामाथि राख्दै बोले- ूयत्ति ठूलो जरायो बोक्न निक्कै गाह्रो छ । पर खोलामा पुगेर भित्रुसहरु झिकेर बेग्लै बोक्नुपर्छ है । नत्र सकिन्न ।ू

कान्छो अमितोदन- ूठीक त्यहाँ नै बोसेआन्द्रा पोलेर भकुर्ने हो । के गर्ने त उहाँहरुलाई यो जुरेन । पराया कुटुम्बसँग स्त्रीजातिले सँगै बसेर खानै नहुने रे ।ू

सबैजना फेरि हाँसे । कान्छो फेरि फत्फताए- ूनीतिकुशलताले गर्नु गर् यो । आफूलाई पनि गुन्द्रुकको अचार र चिउरा जुरेन । के गर्ने ू

प्रजापतिलाई निक्कै हाँसो उठुे । तिनी यो कान्छोबाट बढी नै प्रभावित भइन् । तिनले नजिककैको भोर्लाको ठूलो पात टिपेर त्यसमा गुन्द्रुकको अचार पोको पारिन् र चिउराको एउटा पोकोसहित उनको हातमा सह्दय राखिदिइन् । बोलिन्- ूलौ बाबु ! मज्जाले भकुर्नुस् गुन्द्रुकको अचार र चिउरा ।ू

कान्छोले हत्तनपत्त ती सौगात समाते । तर मुखले भने प्याच्च बोले- ूहामीमाचाहिँ नैतिकता छैन कि क्या हो त्यसै अर्काले दिएको खान मिल्छ ?ू

प्रजापतिले कान्छोको कपाल मुसार्दै प्रशंसायुक्त स्वरमा बोलिन्- ूयो होँचोको कस्तो अचाक्लीको चोँचो । सानै छौ । त्यो नैतिकता तिमीमा लागू हुन्न सोचोँ ।ू

कान्छोले नक्कले पारामा मुख बिगार्दै बोल्यो- ूनत्र के त अर्काको छँदाखाँदाको कपालै नोचोँ ।ू

प्रजापतिले गाल पर् यो भन्ने अशङ्कासाथ कान्छोको कपालबाट फुत्त हात झिकिन् । सबैजना फेरि हाँसे । कान्छोले नम्रतासाथ झुकेर अभिवादन गर्दै बोले- ूमाफ गर्नुहोला रमाइलो मात्र गरेको हुँ ।ू

दुबैजनाको अनुहार हेर्न लायकका थिए । मायादेवीलाई साह्रै हाँस उठुे । मुख थुनेर तिनी आवाजहीन मरीमरी हाँसिन् । मज्जाले हाँसिरहेका शुद्धोदनको हाँसोले मायादेवीको हाँसोको पारा देखेर रङ बदल्यो । कसैलाई थाहा भएन उनको हाँसो हावा भइसकेथ्यो । अझ मायादेवीको आकर्षणमा उनको होश हावा भइसकेथ्यो ।

एउटी कन्याले शुद्धोदनको अवस्थालाई पकि्रन् र बोलिन्- ूके त राजन् ! हाम्रा यी नजिक्याईंलाई औपचारिकता नदिने ?ू

शुद्धोदन चोर पकि्रएसरी झस्किए । ती कन्याले अभिवादन गर्दै नम्र भएर बोलिन्- ूसँगै बसेर भोज खाने र यस्तै रमाइलो गर्ने मेलोमेसो मिलाउनु पर् यो नि प्रस्ताव त पठाएकै छन् क्यारे हाम्रा मान्यजनहरुले हजूरहरुकोमा !ू

त्यो हाँसोको वातावरण एकाएक गम्भीरजस्तो हुनगयो । मायादेवी र प्रजापति गौतमी बढी नै गम्भीर भइन् । यता भाइहरुले गम्भीर मुस्कानसाथ दाजुलाई हेरे । उनीहरुका मुस्कानमा सहमतिका आभास थिए ।

शुद्धोदनले फेरि मायादेवीलाई हेरे । प्रजापतिको आडमा तिनी लुकिरहिथिन् । प्रजापति स्वयं पनि नतमस्तक थिइन् । शुद्धोदनले गम्भीर भएर सन्नाटालाई भङ्ग गरे- ूहे कोलिय भद्र किशोरीगण ! राज्यका विभिन्न कामहरुले गर्दा हाम्रो ध्यान यसतर्फ आकर्षित हुन सकिरहेका थिएन । नत्र के कारण हुन सक्थ्यो कि तपाईंहरुजस्ता सुसभ्य र सुसँस्कृत गणसँग सम्बन्ध राख्न ढिला गर्नुपरोस् त्यो पनि यस्ता गणसँग जोसँग परापूर्वकालदेखि नै हाम्रा दोहोरो सम्बन्ध छ यो ढिलाइलाई अन्यथा नलिन हुन हामी विनम्र निवेदन गर्दछौँ । वचन दिन्छु यथाशीघ्र हामी यसतर्फ अग्रसर हुनेछौँ । आजलाई बिदा पाउँ ।ू

गम्भीर तर सुखद वातावरणमा दुबैथरीले एकाअर्कालाई अभिवादन गरे र बिदाबारी भए ।

हेर्दाहेर्दै बड्कँदो घोडामा पाँचै भाइहरु ओझेल परे । कोलिय तरुणीहरु वनभोजको तरखरमा लागे । तर सबै कताकता आफैँमा हराइरहेका थिए ।

२. स्वाभिमानी शाहसी शुद्धोदन

हे पाठकगण ! त्यसताका राज्यसाचालनहेतु गणहरुको एउटा सङ्घ हुन्थ्यो जसमा २० वर्ष उमेर नाघेका हरशाक्यको सहभागिता रहन्थ्यो ।*

“Every Sakya youth above twenty had to be initiated into the Sangh and be a member of the Sangh.” –ibid., (p. 22).

यसमा सामान्य शाक्य राजा र महाराजा अनि राज्यका सैनिक तथा अन्य पदाधिकारीहरु सबैका समान मताधिकार हुन्थ्यो । यिनै सङ्घले हरकुरामा सकेसम्म सर्वसम्मत निर्णय गर्दथ्यो । महाराजा सङ्घमा सदा संयोजक तथा सहजकर्ताको रुपमा मात्र रहन्थे । उनले मत दिन त पाउँथे तर त्यो अन्तिम निर्णय कदाचित हुन्नथ्यो । ऊनले सबैका मत सुन्न पर्दथ्यो । आफ्ना विचार कसैमा लाद्न पाउँदैनथे । कोही पनि एकपल्ट महाराजा बनाइएपछि त्यस पदमा ती व्यक्ति शारीरिक मानसिक चारित्रिक नैतिक र बौद्धिकरुपले सशक्त रहेसम्म मात्र रहनसक्थॆ । गणभित्र अर्का व्यक्ति उनीभन्दा बढी सक्षम देखिएमा उनले सो पद सदाको लागि छाड्नपथ्र्यो ।शुद्धोदन बुद्धि बल विद्या र शस्त्रपरिचालनको कुशलताको कारण युवाकालदेखि नै प्रख्यात थिए । धेरै पहिलेको कुरा हो । शुद्धोदन २० वर्ष नाघेर जब सङ्घको सदस्य भइसकेका थिए त्यसबखत कोसल राज्यसँगको युद्धमा उनले ठूलो पराक्रम देखाएका थिए । त्यस युद्धमा शाक्यगणले पहिलेदेखि गुमेको आफ्ना सार्वभौमिकता ता फिर्ता पाएनन् तर कोसलसम्राट् महाकोसलले शाक्यगण र शुद्धोदनको बीरताबाट राम्रै प्रभावित हुन पुगी शाक्य गणराज्यलाई सामान्य करमात्र तिर्नपर्ने गरी स्वतन्त्र छाडिदिएका थिए ।

शाक्यगणहरु सभ्यता संस्कृति र प्रगतिशीलताको हिसाबले जति नै अग्रगामी भए पनि मुढेबललाई प्रश्रय दिँदैनथे । त्यसो हुँदा शौर्य र वीर्यको महत्ता यिनीहरुकोमा कम थियो र गणराज्य नै सामरिक हिसाबले कमजोर थियो । त्यसमाथि यिनको सार्वभौजमिकता नै कोशलले पहिल्यै हडपिसकेको हुँदा कोसलसम्राट्ले जतिजतिपल्ट यज्ञ गर्थे त्यतित्यतिपल्ट बलिको लागि चाहिने पशुहरु राज्यकरस्वरुप शाक्यजनपदबाट जबरजस्ती लिएर जान्थे । यज्ञबाट प्राप्त हुने धर्मको भाग तथा स्वर्ग प्राप्त हुने लोभ पनि उनीहरु शाक्यगणलाई दिन्थे । तथापि शाक्यहरु यज्ञसंस्कृतिलाई कििचत नमान्ने हुँदा त्यस्तो कुनै धार्मिक भाग वा स्वर्गसुखको लोभमा गाईवस्तु दिन चाहँदैनथे । तर कोसलसम्राट्सँग जोरी खोज्न पनि सक्दैनथे र विग्रहमा उत्रनुभन्दा मोटाघाटा गाइबस्तु लुकाएर लुतेलाङ्ग्रे रोगी बूढा र मर्न आँटेकामात्र अगाडि सारिदिन्थे ।

हे पाठकगण ! यसपल्ट कोसलराजाले ठूलै यज्ञ गर्ने भएका रहेछन् । थोरै पशुहरुले नपुग्ने भएपछि सैन्यहरु यता पसेर गोरु गाई भैँसी खसी बोका कुखुरा हाँस घोडा गधा आदि जेजे भेटुे त्योत्यो जबर्जस्ती लिन लागेछन् । शाक्यगणमा हाहाकार मच्चियो । गोरुहरु नै लगेपछि खेती किसानी कसरी चलाउने केही विरोध त मच्चियो तर कोसलसैन्यहरुको अगि केही लागेन ।

तर हे पाठकगण ! स्थिति सँधै एकै रहँदैन नै । त्यसबखत परम बुद्धिमान तथा शूरबीर शुद्धोदन युवा भइसकेका थिए । खेती नै ठप्प भएर भोकभोकै मर्नभन्दा लडेरै मर्ने उनले सोचे । उनले तत्काल आफ्ना भाइहरु र युवा साथीहरुलाई बटुले । पचासौँ युवाहरु घरमा भएका घरेलु हातहतियार लिएर आए कोसलसैन्यसँग प्रतिकार गर्न । युवाहरु त्यसरी जाइलागेका देखेपछि युवतीहरु र धेरै अधवैँसे पुरुषहरु पनि होहल्ला गर्दै उनीहरुका पछि लागे ।

कोसलसैन्यहरु युद्ध गर्न आएका थिएनन् । पशुधन लुट्न आएका थिए । एक त उनीहरुमा सङ्ख्याकै कमी थियो त्यसमा पनि लुट्ने सुरमा आएका उनीहरु पशु छाडेर भागे ।

शाक्यहरुमा विद्रोह गरेपछि आफ्नो स्वाभिमानको रक्षा हुने रहेछ भन्ने जागरण पहिलोपल्ट भयो । उनीहरुले विजयोल्लास गरे । तर शुद्धोदनलाई थाहा थियो त्यहाँ कुनै विजय नै भएको थिएन । कोसलहरु तिलमिलाएर अब झन् ठूलो फौजसाथ आक्रमण गर्न आउनेछन् । त्यसकारण ठूलै तयारीका साथ प्रतिरक्षा गर्न शाक्यहरु जुट्नुपर्छ ।

उनले सरसल्लाहको लागि गणका राजाहरु र महाराजालाई संस्थागारमा सभा बोलाउन अनुरोध गरे । संस्थागारमा सभा बोलाइयो जहाँ शुद्धोदनले गणका युवाहरुलाई युद्ध गर्न आह्वान गरे । तर धेरैले कोसलका सहस्रौँ सैनिकहरुसँग शाक्यहरुले युद्ध गर्न नसक्ने मत जाहेर गरे । अझ त्यतिमात्र होइन यसरी कोसललाई जिस्काउनै नहुने जिकिरसम्म गरे ।

हे पाठकगण ! धेरै पहिलेदेखि नै शाक्यगण कोसलकै सरहदमा परेकाले यसको प्रतिरक्षाको लागि सैन्य राख्ने एक त अवश्यकता थिएन दोस्रो कोसलबाट त्यस्तो सैन्य राख्ने स्वीकृति पनि मिल्न सक्दैनथ्यो । अतः शाक्यगणमा यस्तो भिडन्त संस्कृति कमजोरमात्र होइन एक हिसाबले नामेटै भइसकेथ्यो । शाक्यगण युद्धको लागि हतियार चलाउनै जान्दैनथे । आफ्ना मनोराजक आखेटको लागि जेजति शस्त्र परिचालनको आवश्यकता पर्दथ्यो त्यतिनै मात्र हतियार साचालनको अभ्यास गर्दथॆ । त्यो पनि सबैमा त्यस्तो चाहना हुँदैनथ्यो । अनि त हातहतियार पनि स्ाेही अनुरुप सामान्य राखिन्थे र साह्रै सीमित घरपरिवारमा मात्र ।

वृद्धहरुको भनाइ थियो- ूहाम्रा युवा प्रशिक्षित छैनन् । हामीसँग उनको मुकावला गर्ने जाँगर त होला । तर सीप वा रणकौशल छैन । अनि हतियार त छँदैछैन । हामी त त्यसै मारिन्छौँ ।ू

शुद्धोदनको भनाइ थियो- ूबुझ्नुहोस् युद्ध गरेपनि नगरेपनि हामीमाथि साङ्घातिक हमला हुँदै नै छ । हामी यसै पनि मारिन्छौँ । तपाईंहरुलाई लाग्ला हामी युवाहरुले उरन्ठेउला पाराबाट मृत्युलाई यसै निम्त्यायौँ । तर सोच्नुहोस् हामी कदाचित बाँचेकै थिएनौँ । यो लाचारीपूर्ण दलित जिन्दगीलाई पनि बाँच्नु भन्नुहुन्छ हामी हरेकपल्ट कोसलहरुको यज्ञको लागि लाचारीको मृत्यु भोग्दै आएका छौँ ।**

** “यज्ञयागों की व्याप्ति कोसल के पसेनदि एवं मगध के बिम्बिसार राजाओं के राज्य तक हि सीमित थी ।” —भगवान् बुद्ध (पृ. ६३) ।

हाम्रा पशुहरुसँगै हाम्रा स्रोतसाधनमात्र त्यहाँ बलि भएका छैनन् हामीले मान्दै नमानेका पराइ आस्थाको लागि हाम्रा आस्थाको बलि भएको छ । हामी लाचार भएर कहिल्यै त्यसको प्रतिकारमा उभिन सकेनौँ । यसरी सँधै हाम्रो स्वाभिमानको बलि हुँदै आएको छ । यस्तो लाचारीको मृत्यु हरपल भोगिरहनु भन्दा हामी एकैपल्ट किन नहोस् इज्जतको मृत्यु बरण गर्न चाहन्छौँ ।ू

सबै सभासदहरु गम्भीर भए । शुद्धोदनले अरु अनुनयसाथ थपे- ूहे शाक्यसभासद ! यस युद्धमा हुने मृत्युले हाम्रो आजसम्मको समस्त लज्जाजनक मृत्युहरुको अवसान हुनेछ । लज्जास्पद मृत्युलाई अब हामी आफँै मार्दैछौँ । हामी मारिन्छौँ तर हाम्रो स्वाभिमानको रक्षा गर्दागर्दै । त्यो मृत्यु भनेको इज्जतको मृत्यु हुनेछ । यो युद्धमा हामी यस्तो मृत्युको बरण गर्न गइरहेछौँ जसले हामीलाई युगौँदेखिको लाचारीपूर्ण मृत्युबाट जोगाउने छ । त्यसकारण हे शाक्यसभासद ! एकपल्टको मृत्यबाट डराएर जीवनपर्यन्त हीनमृत्युको लागि कायर द्विविधामा नपर्नुहोस् । उठ्नुहोस् आफ्ना स्वाभिमानको लागि । त्यहाँ हाम्रा मृत्यु नै भए पनि हाम्रा स्वाभिमानको विजय हुनेछ । हामी मरेर पनि विजयी हुनेछौँ ।ू

शुद्धोदनका सम्भाषणले समस्त शाक्यसभासदलाई आकर्षित गर् यो । उनीहरुको मुखबाट प्रतिकारको एकै शब्द पनि निस्किएनन् । तर युद्धको दुर्दन्त परिणतिको डर अझै उनीहरुका मनमस्तिष्कबाट हराएको थिएन ।

हे पाठकगण ! सामरिक सोच वा यसका अवश्यकतावोधबाट वर्षौंंदेखि टाढा रहेका शाक्यगण या त आफ्ना खेतीकिसानीमै अभ्यस्त रहे या त्यसबेला चरम उत्कर्षमा रहेका आत्मचिन्तनको प्रवाहमा आकर्षित रहे । सामरिक परिवेशमा हुर्कन नपरेका युवाहरु आत्मचिन्तनलाई आफ्ना अभीष्ट मान्थे । त्यसैले समाजमा बलको होइन बुद्धिको प्रतिष्ठा थियो । बुद्धि वा आत्मचिन्तनको खेती गर्ने शाक्यगण सामरिक क्षेत्रमा अत्यन्तै कम्जोर थिए । अतः त्यसको लागि मनोबल पनि उत्तिनै कमजोर थियो ।

तर शुद्धोदनको स्वाभिमान जगाउने बौद्धिक सम्भाषणले उनीहरुको बौद्धिक स्वाभिमानलाई जगायो । उनीहरुको मनमस्तिष्क एक हिसाबले आत्मचिन्तनकै पथबाट सम्मोहित भयो । यसै हिसाबले उनीहरु आफ्ना स्वाभिमानको रक्षा गर्न आत्मदाहको लागि तयार भए ।

शाक्यसभासदको मौनतालाई शुद्धोदनले आत्मस्वीकृति भनी बुझे । एकछिन उनले आफ्ना सम्भाषण रोके । चारैतिर सबै शाक्यसभासद एकचित्त भएर शुद्धोदनका थप उक्तिको प्रतीक्षामा थिए ।

शुद्धोदनले सन्तुष्टिको लामो सास फेरे र भने- ूहे शाक्यसभासद ! मैले स्वाभिमानको मृत्युबरणको कुरा गरेँ र मैले बुझेँ यो गण त्यस मृत्युको लागि तयार छ । हे शाक्यसभासद ! संसारमा सबैभन्दा ठूढो हतियार भनेको साहस हो । त्यो साहस भनेको मृत्युबाट निडरता हो । मृत्युभन्दा पर हामीले गुमाउनु नै के छ जब हामी सोच्दछौँ कि हामीले गुमाउनु नै केही छैन तब हामी नितान्त बलियो भई नै सक्यौँ । हामीलाई अब कोसलले हराउन सक्ने छैन ।ू

ूहे शाक्यसभासद ! म आत्मचिन्तनका कुरा मात्र गर्दै छैन । युद्ध भनेको कार्यान्वयनबाट मात्रै हारजितको परिणामसँग अन्त्य हुने कुरा हो । त्यसकारण हामी अहिले हारेका छैनौँ भन्ने मनोबलसाथ अगाढि बढौँ । मैले मृत्युबरणको लागि आह्वान गरेँ र तपाईंहरु अब त्यसको लागि उद्यत हुनुहुन्छ । तर म तपाईंहरुलाई बत्तीमा पुतली होमिएसरी सरासर कोसलका मुढ सैनिकहरुसामू होमिनु भन्दै छैन । हामीमा हतियारबन्द रणकौशल त छैन अनि हामीले त्यसतर्फ कहिल्यै अभ्यास पनि गरेनौँ । तर हामीले मान्छेजातिले पाएको चिन्तनको बौद्धिक अभ्यास अनन्त गरेका छौँ । हामी त्यसै बौद्धिक हतियारसाथ यो युद्ध लड्ने छौँ । हे सभासद ! यो युद्ध आक्रमक हुनेछैन । युगले जान्नेछ यो प्रतिरक्षात्मक थियो । त्यसैले यसमा आमनेसामने हाकाहाकी बल होइन कि बुद्धिको प्रयोग हुनेछ । यदि युद्धको प्रस्ताव पारित हुन्छ भने म यस युद्धको बौद्धिक व्यूहरचनाबारे पनि सबिस्तार भन्न चाहन्छु ।ू

समस्त शाक्यसभासद एक साथ चिच्याए- ूहामी युद्धको समर्थन गर्छौं । मार्न र मर्न तयार छौँ । व्यूहरचनाको बारेमा पनि भन्नुहोस् ।ू

हे पाठकगण ! युद्धको प्रस्ताव पारित भयो । शुद्धोदनले युद्धको बौद्धिक व्यूहरचनाविधिसमेत सबिस्तार सुनाए । यसबाट समस्त सभासद हर्षले गदगद भए । अन्ततः त्यस प्रकि्रयाको अनुमोदन मात्र भएन युद्धको नेतृत्व समेत उनै शुद्धोदनलाई सुम्पने एकमत भयो ।

३. शुद्धोदनको नेतृत्वकुशलता 

हे पाठकगण ! अब शाक्यगण तुरुन्तै शुद्धोदनको नेतृत्वमा युद्धको व्यूहरचना गर्न लागे । कोसलको राजधानी श्रावस्तिदेखि कपिलवस्तुसम्मको अन्दाजी ४५ कोसको दुरी पार गर्न सैन्यहरुलाई तीन दिनपनि नलाग्ने अनुमान भयो । त्यही समयभित्र सबै तयारी कार्यहरु सम्पन्न गर्नुपर्दथ्यो ।

नगरका आइमाई केटाकेटी र वृद्धहरुसमेत यस कार्यमा जुटे । उनीहरुले रातारात सैन्यहरु आउने बाटोमा असङ्ख्य ठूलाठूला खाल्डाहरु खने र ती सबैमा असङ्ख्य बाँस र काठका सुइराहरु राखेर पातपतिङ्गर तथा परालहरुले ढाकी दिए । नगरदुर्ग वरिपरिका शत्रु छेक्ने पनीका खडलहरु उहिलेदेखि नै सुख्खा रहिआएका थिए ती सबैमा रोहिणीनदीको पानी पटाइदिए । अनि राखे त्यसमा पनि काठ र बाँसका सुइराहरु । हेर्दा ती परम्परागत पानीका खाई थिए तर थिए मृत्युका कुण्ड । घरको छाना र पटाङ्गिनीमा असङ्ख्य इँटा ढुङ्गा र मुढाहरु थुपारे । उमेर खाएका बृद्धजन तथा केटाकेटीहरुलाई छाना र झ्यालमा मोर्चा बाँध्न लगाए । अधवैँसे जनलाई तिखारेका लामालामा घोँचाहरु लिएर अग्लाअग्ला ठाउँमा बस्न लगाए । युवतीहरुलाई धनुषबाणहरु लिएर गौँडागौँडामा छलिएर बस्न लगाए । युवाहरुलाई कम्मरमा खुकुरी र तरवार हातमा धनुषबाण अनि शफ् लिएर सडकमा ठाउँठाउँमा छरिएर कुनै पनि क्षण युद्धको लागि तयार रहन लगाए । त्यसपछि सबैका गोठबाट गोरु गाई भैँसी राँगो खसी बोका भेँडा बाख्रा कुखुरा हाँस घोडा गधा सुँगुर आदि जानवरहरु जेजे थिए ती सबै कपिलवस्तु नगरभित्र ल्याउन लगाए । पशुहरु सडकभरि यत्रतत्र छाडा छोडिए । नगरदुर्गका चारैतिरका चारै नगरद्वारहरु बन्द गरे । त्यसपछि द्वारकै भित्रपट्टि पशुहरुलाई द्वारसम्म पुग्न नदिने गरी अर्थात् द्वार खुलेपछि पशुहरु भाग्न नपाउन् भनी अग्लाअग्ला अवरोधहरु बनाए ।

उता यज्ञको तयारी गरी बसेका कोसलसम्राट् महाकोसलले आफ्ना सैन्यलाई रित्तो हात फर्केका मात्र होइनन् कि शाक्यहरुले विद्रोह गरेका समेत थाहा पाए । उनको रिसको ठेगानै भएन । उनले तत्काल दशहजार सैन्यलाई हुकुम दिए- ूजोजो भेट्छ मार्नू अनि पशुधन जसरी पनि ल्याउनू ।ू

उनलाई के थाहा यता शुद्धोदनको तयारी के थियो । दशहजार सैनिकहरु ढाल तरवार भाला बर्छी मुसल धनुर्बाण आदि हतियारहरुले सज्जित भएर कपिलवस्तुतिर आए । हेपेरै निसङ्कोच शाक्यहरु मार्न आएका सैन्यहरु जताततै बाटाबाटैमा खाल्डाहरुमा पर्न लागे । धेरै खाल्डाहरुमा असङ्ख्य सैन्यहरु परे । सुइराहरु रोपिएर कति मरे । कति त्यहाँ नै घाइते भएर लडिरहे । सैन्यहरु आफ्नै भीडले गर्दा खाल्डाहरु देख्दैनथे र के भइरहेको थाहै नपाई भकाभक तिनै खाल्डाहरुमा पर्थे । कति त आफ्नै साथीहरुबाट किचिएर पनि खाल्डाभित्रै मरे वा थला परे ।

बचेकाहरु झण्डै आठहजार सैनिकहरु नगरमा आइपुगे । बन्द दुर्गभित्र नगर सुरक्षित थियो । बाहिर कुनै प्रतिरक्षाको कार्यवाही भएन । सैनिकहरुलाई शङ्का पनि भयो कतै शाक्यहरु भागेर वन ता पसेनन् केही त खेतीघरहरुतिर पनि बुझ्न गए । तर त्यता न मानिस देखे न पशु नै ।

कोसलसैन्य अलमल्लमा परे । लड्नको लागि मान्छे थिएनन् अनि लुट्नको लागि पशु पनि । निकैबेर पछि उनीहरुको ध्यान नगरभित्र कराइरहेका पशुहरुको आवाजमा पुग्यो । अनि अर्थ लाए कि शाक्यजन पशुहरु नगरभित्र थुनेर वन पसे । उनीहरु खुशी भए किनभने अब युद्धबेगरनै पशुहरु हात पर्दै थिए । त्यसपछि उनीहरुले एकातिरका नगरद्वार फोर्ने जुक्ति गरे । नगरद्वारको अगाडि जलाम्य खाइमाथि बडेमानको काठेपुल थियो जो सदा उठाइएको हुन्थ्यो र चाहिने बेलामा मात्र तेसा्रइन्थ्यो । ढोका फोर्न होस् वा पुल तेसा्रउन पहिले त खाइ तरेर पारि जानै पथ्र्यो । मुढेबलका सैन्यहरु सयौँका सङ्ख्यामा ग्वारग्वारति झरे पानीका खाइमा । अनि परे जताततै पानी भित्रका सुइराहरुमा । शाक्यहरुको चलाकी देखेर उनीहरुको होश हवाशै उडुे ।

त्यसपछि उनीहरुले खाइबाट छामीछामी सुइराहरु झिकेर ढोकासम्म जाने बाटो सफा गरे । ढोका यसै फोर्न सकिने खालको थिएन । भित्रै पसेर ढोकाको आग्लो र पुल तेस्र्याउने जुक्ति उनीहरुले निकाले । रोकटोक कतै थिएन । सयौँ सैन्यहरु काँधमा काँध गर्दै मान्छेकै भरेङ बनाएर माथि नगरद्वारको बुर्जामा उक्लिए । त्यहाँबाट उता भित्रपट्टि झर्न पनि केही अवरोध थिएन । देखे नगर मान्छेहीन रित्तो थियो र टाढा चोकहरुमा जताततै पशुहरु छाडा छाडिएका थिए ।

बुर्जामा चढेका एक सैनिक चिच्याए- ूसैनिक हो ! शाक्यहरुले नगर छाडेकै हुन् । उनीहरुले पशुहरु भने यता नगरभित्र थुनेका रहेछन् ।ू

त्यसपछि ती सैनिकहरुले नगरको भित्रपट्टि ओर्लेर नगरद्वार खोलिदिए । भित्रपट्टि खाइमाथि पुल तेसा्रउने साँचो थियो । केहीले तुरुन्तै पुल तेसा्रए । पुल तेस्रनु र द्वार खुल्नु के थियो सैनिकहरु तँछाड मछाड गर्दै नगर भित्रन लागे ।

—-

४. अक्रामक कोशलसैनिकलाई सद्वयवहार

हे पाठकगण ! नगरका सबै घरहरुका ढोका बन्द थिए । पशुहरु पनि टाढा नगरभित्रै कतै कराइरहेका सुनिन्थे । उनीहरुले पशु छेक्न राखेका अवरोधलाई चिन्न सकेनन् । सबै सैन्यहरु तँछाड मछाड गर्दै त्यो पशु छेक्ने बारबाट उक्लेर नगरको भित्री भागतिर पसे । त्यतै असङ्ख्य जानवरहरु त्यतिकै छाडा छाडिएका थिए । उनिहरुले मोटा तगडा जानवरहरु रोज्दै बाहिर खेद्न लागे । असङ्ख्य सैन्यहरु तँछाड मछाड गर्दै हुलका हुल अराजक ढङ्गले जानवरहरुलाई खेद्नलाग्दा त्यस उत्ताउलोपनबाट पशुहरु तस्रन लागे । अराजक सैनिकहरु मैमत्त भएर उल्टै पशुहरु तसा्रउँदै रमाइलो गर्नुपट्टि उद्यत भए । लगभग सबै सैन्यहरु नगरभित्र पसिसकेका थिए । त्यसै अवसरमा शुद्धोदनले सडकको एक कुनाबाट एकाएक शफ्ध्वनि गरे । यस ध्वनिबाट जनावरहरु हर्किएर उल्टो दिशामा भाग्न लागे । बाटाबाटैमा सयौँ सैन्यहरु पशुद्वारा किचिए । जता पशुहरु आइरहेका थिए त्यतैतिरबाट अर्को युवाले त्यसरी नै शफ्ध्वनि गरे । फेरि त्यताबाट पनि पशुहरु हर्किएर अर्को दिशातिर भाग्न लागे । यसरी अरु सैनिकहरु बीचबीचैमा कुल्चिइन लागे । फेरि पशुहरु आएका त्यस दिशामा पनि अर्को युवाले त्यसरी नै शफ् फुके । एवं रीतले चारैतिरबाट बीसौँ शफ्ध्वनि गुाजन लागे ।

नगरका गल्लीगल्लीमा चारैतिर तस्रदो पशुहरुको आवाज अनि त्यसमाथि शफ्हरुको ध्वनि सोच्नुहोस् जानवरहरुका बीचमा अराजक ढङ्गमा उन्मत्त भएर रमाइलो गर्ने सैन्यहरुको के हविगत भयो सडकका वस्तुहरु तसर्िएका तसर्ियै थिए । भागारेभाग गरेका गर् यै थिए । बीचमा परेका सैन्यहरु धकेलिने लड्ने सिँगमा पर्ने कुल्चिइने अनेक भएका भयै थिए । कैयूँ सैन्यहरु बीचबीचमै बिलखबन्दमा थिए भने कैयूँचाहिँ सडकको किनारामा जोगिने प्रयासमा थिए । यस्तै किनारा लागेर जोगिन खोजिरहेकाहरुलाई बृद्धबृद्धा र केटाकेटीहरुले अब छाना र झ्यालहरुबाट ईंटा ढुङ्गा र मुढा वर्षाउन लागे ।

अवस्था अत्यासिलो थियो । कुनै पनि सैन्यले हातहतियार उठाउन सोच्न पनि पाएनन् । उल्टै हातहतियार फालेर जोगिनमै उनीहरु व्यस्त भए । तसर्िएका जानवरबाट ढेस्सिएर लढेर र कुल्चिएर धेरै सैनिकहरु मरे । जोजो भाग्दै थिए तीती पनि ढल्दैथे अनि कुल्चिइदै मर्दैथे । जानवरहरुबाट बच्न जोजो अग्ला ठाउँमा चढे तीती पनि अधवैँसेहरुका घोचा खान्थे र फेरि तलै लड्न पुग्थे । जोजो जानवरहरुको चपेटाबाट बचेर भाग्न सफल हुन्थे तीती पनि आडमा छरिएर बसेका युवतीहरुको तीरका शिकार बन्दथे ।

हे पाठकगण ! पशुहरुका तसे्रका आवाज ढल्ने कुल्चिइने घाइते सैनिकहरुका आर्तनाद त्यसमाथि चारैतिर युवाहरुको शफ्नाद- एउटा प्रलय नै मच्चिएको भान हुन्थ्यो । झण्डै हजार सैनिकहरु नगरबाट बाहिरिएर यस ताण्डव नृत्यको चेपोबाट बच्न सफल भए । बाँकीले भने नगरद्वारमा भएको पशु छेक्ने बारहरुमा गएर ज्यान जोगाउन पाए । उनीहरुका मनोबल पूरै गिरेको थियो । हार खाएर सबैले हातै उठाए । त्यसपछि शुद्धोदनले शफ्नाद बन्द गरे । सँगै अन्य शफ्ध्वनि अनि ढुङ्गा ईंटा र बाणहरुको वर्षा पनि बन्द भयो ।

केही क्षणमा जानवरहरु संयममा आए । स्थिति साम्य भयो । सैनिकहरुलाई बल्ल राहत भयो । अब शुद्धोदनको नेतृत्वमा युवाहरु हातहतियारसाथ अगाडि बढॆ । सैनिकहरु कसैले प्रतिकारमा हतियार उठाएनन् । तथापि उनीहरुलाई युवाहरुले घेरेर कब्जामा राखे । हतियारबन्द युवतीहरु अब अगाडि सरे । उनीहरुले यत्रतत्र छरिएका समस्त हातहतियार कब्जामा लिए । तत्काल अधवैसेँ स्त्री तथा पुरुषहरु हातहातमा पानीका घडा र औषधिमूलो लिएर आए । उनीहरुमध्ये कोही घाइतेहरुलाई पानी पिलाउन लागे भने कोही घाउहरुमा औषधोपचार गर्न लागे । अब १२÷१५ वर्षका केटाकेटीहरु पनि अगाडि परे । उनीहरु सबैले कब्जामा लिइएका हातहतियारहरु संस्थागारमा लगेर थुपारे । हतियारबन्द युवतीहरुले अब छाडा जानवरहरुलाई रोक्न बनाइएका चारैवटा नगरद्वारहरुका अवरोधहरु झिके । त्यसपछि घरघरबाट बृद्धबृद्धा निस्किए र संयमपूवर्क जनावरहरु बटुल्दै नगरबाहिर निकाले । जानवरहरु बाहिर निस्कनु के थियो हेर्दाहेर्दै आआफँै आफ्ना थलोतिर गए । नगरभित्रको त्यो प्रलयङ्कारी वातावरणको पूर्ण अन्त्य भयो ।

बन्दीहरुलाई शाक्यहरुले सौहाद्रपूर्ण व्यवहार गरे । सबैसबै बन्दी सैनिकहरु लज्जाले नतमस्तक थिए ।

शुद्धोदनले कोसलसैनिकहरुलाई नम्र भावमा सम्बोधन गरे- ूहे सैनिक हो ! हाम्रो तपाईंहरुसँग कुनै वैरता छैन । तपाईंहरुले रिसराग नराखी यो सोच्नुपर्छ कि यो उत्पातका कारक तपाईंहरु नै हुनुहुन्थ्यो । हामी हाम्रा नगरमा शान्तसँग बसेका थियौँ र तपाईंहरुले हामीलाई आक्रमण गर्नुभयो । हे सैनिक हो ! हामीले त आफ्नो जनधनको प्रतिरक्षा मात्र गरेका हौँ । तपाईंहरुमा भएको क्षति र दुःखप्रति हामी समस्त शाक्यजन दुःखी छौँ । तपाईंहरु जोजो कोसल फर्कन सक्नुहुन्छ जानुहोस् । जोजो घाइते वा मृतकहरुलाई लान सक्नुहोस् लानुहोस् । जोजो सक्नुहुन्न उहाँहरुलाई हामी सेवा सुस्रुवा दिनेछौँ । हाम्रोतर्फबाट कोसलसम्राट्लाई यही सन्देश दिनुहोस् कि हामी हाम्रा स्वतन्त्रतालाई प्राणभन्दा प्यारो ठान्दछौँ । अनि यो पनि भनिदिनुहोस् कि जुन पशुधन तपाईंहरु लुटेर यज्ञमा निर्मम बलि दिन लागिरहनु भएको थियो उनै पशुहरुले आज हाम्रो यसरी रक्षा गरेका छन् । अनि भनीदिनुहोला यस विग्रहबाट जो क्षति कोसलको भएको छ त्यसको लागि हामी अत्यन्त क्षमाप्रार्थी छौँ ।ू

त्यसपछि हे पाठकगण ! हजारौँ घाइते वा स्वस्थ कोसलसैनिकहरु लामका लाम कोसलतर्फ गए । कोही आफँै हिँडदै थिए । कोही कसैका सहारामा घिस्रँदै थिए । कोही बोकिएका थिए कोही घिसारिएका । केाही लासै बोकेर लाँदैथे । लज्जाले नै भन्नुपर्छ कोही पनि कपिलवस्तुमा अडिएनन् । मृतकका लाशलाई समेत बोकेर लगे ।

केही दिनपछि कोसलसम्राट् महाकोसल आफ्ना अङ्गरक्षकहरुसाथ आफँै कपिलवस्तु आए । उनले कोसलकोतर्फबाट जे ज्यादती भयो त्यसको लागि समस्त शाक्यजनसँग क्षमा याचना गरे । अब उपरान्त शाक्यगणका स्वतन्त्रतामा कुनै किसिमको दखल नदिने वचन पनि दिए । शुद्धोदनको सुझबुझ र पराक्रमको प्रशंसा गरेर त उनी थाक्दै थाकेनन् । अन्त्यमा शाक्यगणलाई यज्ञको लागि पशुकर नलाद्ने वचनसमेत दिएर उनी राजधानी श्रावस्ति फर्किए ।

हे पाठकगण ! शाक्यहरुले गणराज्यको सार्वभौमिकता त उहिले नै गुमाएका हुन् । तर गुमिसकेको जातीय स्वाभिमानको भने शुद्धोदनको सुझ र पराक्रमले अब जोगिएथ्यो ।

यसरी शुद्धोदनको ख्याति अब शाक्य गणराज्यमा मात्र होइन बाहिर अन्य गणराज्यहरुमा समेत टाढाटाढासम्म फैलिएर गएथ्यो । शुद्धोदनको नाम लिँदा धेरै परपरका राजा महाराजाहरु पनि नतमस्तक हुन्थे । अनि त शुद्धोदनलाई विवाहार्थ केटी दिनेहरुको धुइरो थियो । बाहिरी गणहरुसमेतबाट धेरै प्रस्तावहरु आइरहेथे । पिता िसंहहनु र माता कच्चनाले पनि शुद्धोदनलाई्र कुनै न कुनै केटी छान्न दवाव दिँदै आएका थिए । तर शुद्धोदनले विवाह गर्ने चाख कहिल्यै देखाएनन् । आफ्ना शौर्य बढाउनमै उनी बढी लागिपरेका थिए । बढीमा बढी शस्त्र परिचालनको अभ्यास तथा आफ्ना भाइहरुसाथ शिकारमा जान अनि पितालाई खेतीको व्यवस्थापनमा सघाउन उनी पूर्णतः लगनशील थिए । नागरिकहरुका समस्यालाई पनि उनी उत्ति नै ध्यान दिन्थे तथा संस्थागारमा नियमित उपस्थित भएर सार्वजनिक महŒवका कुराहरुलाई उनी जोरदारसाथ उठाउँथे । समय ऊनी कतै कहीँ गुमाउँदैनथे । तर विवाह गर्ने कुरालाई भने उनले कहिल्यै महŒव दिएका थिएनन् ।

हे पाठकगण ! युद्धमा देखाएका पराक्रमको कारणले शुद्धोदन बीर नायकको रुपमा यसै प्रतिष्ठित त थिए नै । थपमा उनका उच्च राष्ट्रवादिता राजनीतिक चातुर्य सामाजिक कार्यमा लगनशीलता र दायित्वहरुप्रति गम्भीरताको उच्च मूल्याङ्कन गर्दै शाक्यगणले उनलाई युवाकालमै राजा बनाए । राजा भइसकेपछि त उनी झनै व्यस्त रहन लागे । विवाहको सोच त झनै टर्दै गइरहेथ्यो ।
—-

५. शुद्धोदनको बिहे र सन्तानेच्छा

हे पाठकगण ! शुद्धोदनले कहिल्यै सोचेका थिएनन् कि कुनै पनि युवतीले उनको चित्तलाई यत्ति साह्रो आकर्षित गर्नेछ । कोलियगणको तर्फबाट अनजनपुत्रीसँग विवाहार्थ प्रस्ताव आएको कुरा पनि उनलाई थाहा थिएन । थाहा भएकै भए पनि कुनै पनि विवाहको प्रस्तावहरुलाई हल्का लिने उनको बानीको कारणले कुरा त हुने उही थियो । अब उनले सोच्न पुगे- ूउनको विवाह हुन्छ भने उनै मायादेवीसँग मात्र हुनेछ अरुसँग कदाचित होइन ।ू

एकदिन उनी मायादेवीको सम्झनामा यत्तिकै घोरिरहेका थिए कि आमा कच्चना आइन् र आफ्ना असन्तुष्टि पोखिन्- ूए बाबु ! यत्रो उमेर भइसक्यो भाइहरुको विवाह भएर सन्तानसमेत भइसके तेरो यो के चाला सन्तान नभएसम्म त स्वर्गको ढोकै खुल्दैन । भएन हाम्रो इज्जतको सवाल पनि त छ । कतै केटी नै नपाएको जस्तो के गरेको राजा भएर त लोकाचारलाई पनि त ध्यान दिनुपर्छ नि । यसरी चल्छ ?ू

शुद्धोदनले आमाको अनुहारमा हेरे अनि बोले- ूहे माता ! राजकाजको कामले गर्दा मलाई यता सोच्ने मौका नै परेन । अनि वास्तवमा अहिलेसम्म मैले केटीहरु हेरेको पनि थिइँन ।ू

आमाले हाँस्दै कुरा काटिन्- ूअहिलेसम्म थिएन होइन अबचाहिँ छ नि होइन । मैले सबै अमितोदनबाट सुनिसकेको छु । त्यही देवदहका अाजन कोलियकी छोरी प्रजापतिलाई नै ल्याए हुन्छ । कुरा गर्न पठाउँ पुरेतबाजेलाई ?ू

शुद्धोदन बीचैमा बोले- ूतर मलाई मनले खाएको त बहिनीचाहिँ मायादेवी हो ।ू

आमालाई दाँतमा ढुङ्गा परेसरह भयो । तिनी बोलिन्- ूए मूर्ख ! जेठी छोरी हुँदाहुँदै कान्छी छोरी कसले दिन्छ अनुहार मात्र हेरेर हुन्छ तिनको कद पनि सानै गाँठीको छ भन्ने सुन्छु । अब जेठीलाई नै ल्याउने हो । जेठी त झनै चम्बू बाठी छिन् रे । बहिनीभन्दा अलि अल्गी र जीऊडाल पनि परेकी छिन् रे । चूपचाप दिदीचाहिँलाई ल्याउने हो ।ू

शुद्धोदनले मायादेवीबाहेक अरुसँग बिहे गर्दै नगर्ने दृढता आमालाई ठाडै भन्न सकेनन् । उनी बोले- ूआमा मलाई मनले खाएको त कान्छीचाहिँ हो । एकपल्ट सोधेरै हेरौँ न दिइहाल्छन् कि ू

हे पाठकगण ! त्यसपछि अाजन कोलियकहाँ विवाहको प्रस्ताव पुर् याइयो । नभन्दै जेठी हुँदाहुँदै कान्छीको बिहे गरिदिँदा जेठी बिकाउन गाह्रो पर्ने हो कि भनी चिन्ता भयो पिता अाजनलाई । तर के गर्ने यो प्रस्तावलाई ठुकुराउन पनि चाहन्नथे उनी । यत्तिको घराना र प्रख्यात केटो पाउन गाह्रै थियो । उनले तब दुबै कन्याहरु एकसाथ शुद्धोदनलाई दान गर्ने इच्छा व्यक्त गरे । तर शुद्धोदनलाई यो कुरा मान्य भएन । अन्ततः अाजन कोलियले निर्णय गरे कि जेठी छोरीको बिहे नभएसम्म कान्छी छोरीको बिहे गरिदिन सकिँदैन । उनको यो निर्णयलाई शुद्धोदनले सहर्ष स्वीकार गरे र जेठी चाहिँको बिहे नभएसम्म पर्खन राजी भए । यसरी शुद्धोदनको विवाह फेरि टर्न गयो ।

यता धेरै समय बित्दा पनि जेठी प्रजापतिको लागि कतैबाट योग्य बरको प्रस्ताव आएन । चानचुने बरलाई न त परिवारले रुचाए न प्रजापतिले नै । त्यसैले एकदिन प्रजापति स्वयंले पिता अाजनलाई तिनको लागि नपर्खन आग्रह गरिन् । आग्रह यत्ति जोडको भयो कि पिता र मातालाई त्यो जिद्दीको अगाडि टिक्नै गाह्रो भयो । अन्ततः पिता अनजनले मायादेवीको बिहे शुद्धोदनसँग गरिदिए ।

तर हे पाठकगण ! चारपाँच वर्ष बितिसक्दा पनि मायादेवीबाट कुनै सन्तान भएन । धेरैले शुद्धोदनलाई अर्को बिहे गर्ने प्रस्ताव राखे । तर शुद्धोदनले कहिल्यै कसैका कुरा सुनेनन् । त्यसबेला सन्तान आफ्नो सुखको लागि मात्र होइन वंशकै लागि आवश्यक मानिन्थ्यो । सन्तान नभए पूरै वंश नरकमै जाकिएर बस्न सक्ने मान्यता थियो । त्यसैले शुद्धोदनलाई दोस्रो विवाहको लागि समाजको ठूलै दवाव थियो । तर प्यारी मायादेवीलाई यस लोकको नरकमा डुबाएर परलोकको सुख लिने कुरामा ऊनी कहिल्यै तयार भएनन् । शुद्धोदनले टेर्दै टेरेनन् ।

समाजले एक समयमा आएर शुद्धोदन र मायादेवीसमेतका नानाभाँति कुरा काट्न शुरु गरे । मायादेवीलाई यो सह्ँ भएन । एकदिन तिनी स्वयंले पति शुद्धोदनलाई आफ्नी दिदी प्रजापति गौतमीसँग दोस्रो बिहे गर्न आग्रह गरिन् । एकदिन होइन दुई दिन होइन दिनदिन तिनले एउटै कुरा गरेर शुद्धोदनलाई पिरोलिरहिन् । अन्ततः एकदिन वाक्क भएर उनले मायादेवीको प्रस्तावलाई स्वीकारे । त्यसपछि शुद्धोदनको दोस्रो बिहे प्रजापतिसँग धूमधामसँग भयो ।

समय बित्दै गयो । तर प्रजापतिबाट पनि सन्तान हुन सकेन । एकवर्ष दुईवर्ष हुँदै कैयूँ वर्ष बितिसके तरपनि दुबै रानीहरुबाट शुद्धोनलाई सन्तान हुन सकेन । सन्तान प्राप्तिकै लागि उनलाई थप बिहेको प्रस्ताव नआएको होइन । तर शुद्धोदनले अब कुनै पनि प्रस्तावलाई ढिम्कनै दिएनन् ।

जीवनको उत्तरार्ध शुरु भएपछि शाक्यगणले राजा शुद्धोदनलाई महाराजाको पदमा अभिषेक गरे । अब त आफ्ना स्थानीयगणको मात्र होइन सम्पूर्ण गणराज्यकै अभिभारा उनका काँधमा आएको थियो ।

समय बित्दै गयो । नीतिकुशल पराक्रमी महाराज शुद्धोदन कुनै पनि पूर्वमहाराजा भन्दा कमका भएनन् । उनका गणप्रतिको वफादारिता र राज्यसाचालनमा भएको कार्यकुशलताका कारण शाक्यगणको शान र सौकात आर्यावर्तभरि बढ्दै गयो । कोसलसम्राट् महाकोसल झनै खुशी भए । आफ्ना मातहतका कुनै पनि गणका राजा महाराजालाई नदिएको इज्ज्त र सम्मान उनले शुद्धोदनलाई दिन लागे । अति शक्तिशाली कोसलसम्राट्बाट त्यो इज्जत पाउनु सामान्य कुरा थिएन । सम्पूर्ण आर्यावर्तभरि शुद्धोदनको ख्याति झनै बढेर गयो ।

कोसलसम्राट् शुद्धोदनलाई यत्ति विश्वास गर्दथे कि उनले कहिल्यै शाक्य गणराज्यको आन्तरिक मामलामा दखल दिएनन् । बरु सकेसम्म सहयोग पुर् याउन उनी हरतरहले तयार नै हुन्थे । त्यसो हुँदा शाक्यगणको भौतिक एवं आध्यात्मिक विकासमा अन्योन्य सहयोग पुग्यो र कपिलवस्तु आर्यावर्तभरीकै ज्ञानका भोका प्रगतिशील साधु सन्त योगी श्रमण आदिका भेटघाट संगीति वा शास्त्रार्थको लागि एउटा पूर्णरुपको आध्यात्मिक केन्द्र नै बन्न गयो ।

तर कपिलवस्तु वा गण वा आफ्नै पनि जति नै इज्जत बढे पनि शुद्धोदनको सन्तानप्राप्तिको घिटघिटो सदा यथावतै रहिरह्यो । शाक्यजनबाट सन्तानको लागि तेस्रो बिहे गर्न दवाव बढ्दो थियो । उनी यसो नगर्ने कुरामा अडिग थिए । तथापि यस बाहेक सन्तान हुन्छ कि भनी उनले अरु के नै गरेनन् र हरेक उपाय गरे । वैद्यहरुले दिएका औषधि मान्त्रिकहरुले दिएका बुटी जान्नेहरुका झाडफूक ब्राह्मण पुरोहितले सुझाएका व्रत पाठपूजा घरेलु विश्वासअनुसार मन्छाउने पन्छाउने विधि सबै गरे ।

६. ब्राह्मणवर्चश्वको अवसान क्षत्रीयउत्कर्षबारे सम्बाद

हे पाठकगण ! समय बित्दै गयो । महारानीहरुको उमेर ४४ र ४५ नाघेर बिस्तारै बाजरतातिर ढल्कँदो थियो । जनता गणराजाहरु र महाराज शुद्धोदन अब निराश भइसकेका थिए । एकदिन दुबै महारानीहरुले महाराज शुद्धोदनलाई बिन्ति गरे- ूहे माहराज ! सुनिन्छ पश्चिमतिरका जनपदहरु र स्वयं कोसल महाजनपद र मगध महाजनपदजस्ता साम्राज्यहरुमा सन्तान उत्पादनको लागि पुत्रेष्ठी भन्ने अति प्रभावकारी यज्ञ गर्ने प्रचलन छ रे । के हामी पनि त्यही उपाय गर्न सक्दैनौँ ?ू

शुद्धोदनले नकारात्मक ढङ्गमा भने- ूहे महारानीद्वय ! तपाईंहरुका सन्तानको चाहनालाई मैले बुझेको छु र हामीले धेरै उपायहरु गर् यौँ पनि । तर यो उपायचाहिँ म गर्न चाहन्न । किनभने यज्ञसंस्कृति हामी गणराज्यका क्षेत्रीहरुको संस्कृति होइन र दोस्रो कुनै पनि बाहिरी प्रचलन समाजमा भित्रुउन अघि हामीले गणमा के असर पर्ला भनेर विचार पुर् याउनुपर्छ । विशेष गणका राजा महाराजा त यस्ता कुरामा सजग हुनै पर्छ ।*

* “गणराज्यों मे यज्ञयागों को विल्कुल प्रोत्साहन नहीं मिलता था” —ऐ. (पृ. ५२) ।

मायादेवीले असन्तुष्ट हुँदै भनिन्- ूहे महाराज ! नयाँ कुराहरु सिकेर समाजमा केही गर्नै नहुने हो भने त्यस्तो रुढमा कसरी समाजको उन्नति हुन्छ ?ू

प्रजापति पनि उत्ति नै असन्तुष्ट थिइन् र भनिन्- ूकुनै ज्ञान वा विद्या पनि स्वजातीय र विजातीय हुन्छ र शत्रुहरुकै किन नहोस् नयाँनयाँ ज्ञान विज्ञान सिकेर आफूमा क्षमता र उन्नति बढाउनु बुद्धिमानी होइन र ?ू

शुद्धोदनले महारानीहरुलाई सम्झाउने हिसाबमा नम्र भएर भने- ूहे महारानीद्वय ! नयाँ कुरा गर्नै हुन्न भनेर मैले भनेको होइन । नयाँ कुरा नगरे त प्रगतिको बाटोमै तगारो लागि हाल्नेछ । तर त्यो यज्ञ भन्ने कुरो कदाचित नयाँ होइन । हजारौँ वर्षदेखि यसै आर्यावर्तमा प्रचलनमा आएर थोत्रो भइसकेको कुरा हो । अब ता यसको प्रभावकारिताबारे उनै प्रयोगकर्ताहरुले नै शङ्का उठाउन थालेका छन् ।ू

प्रजापति- ूहे महाराज ! डुब्नेलाई सिन्काको सहारा भने झैँ हामीले पनि केही आशासाथ यो विधितिर पाइला चाल्ने लोभ गरेका हौँ । यस विषयमा धेरै ठाउँमा अनेक तर्कवितर्कहरु उठिरहेछन् । तापनि सोच्दछौँ कि एकपल्ट यो गरेमा केही बित्याश हुने छैन । यसबारेमा हजूरको विचार त थाहा भयो । तर हामी राजपुरोहितसँग पनि परामर्श लिन चाहन्छौँ ।ू

शुद्धोदनले यस कुरामा तत्काल स्वीकृति दिए र नजिकैको झ्यालमा गएर तलका एउटा पालेसँग बोले- ूए बाबु ! जाऊ त पुरोहित बाजे र अमितोदनलाई बोलाएर ल्याऊ ।ू

दुबै महारानीमा असन्तुष्टिका भावहरु अझै आँखामा देखिन्थे । शुद्धोदन महारानीद्वयतिर फर्केर बोले- ूअमितोदन धेरै कुराहरुका पारखी छन् । पुरोहित एक्लैको सल्लाह एकलकाँटे होला भनेर उनलाई पनि बोलाएको …। ू

प्रजापतिले बीचैमा कुरा काटिन्- ूहामीले के भनेका छौँ र हामीलाई पनि कान्छोबाबु उत्तिकै ज्ञानी र रमाइलो लाग्नुहुन्छ ।ू अनि मायादेवीतिर फर्कंदै बोलिन्- ूसन्तान नभए पनि उनैलाई हरेर सन्तान भएसरहको धीत मरेको छ हामीलाई । होइन नानु ू

मायादेवी गम्भीर हुँदै बोलिन्- ूज्यू दिदी ।ू अनि शुद्धोदनतिर फर्केर भनिन्- ूबाबु त ४० पुगॆर पनि यहाँ घरमा लाडे पल्टिएर बच्चा बनी हिँड्नुहुन्छ । बाहिर साधु सन्त र श्रमणहरुलाई आच्छुआच्छु पारेर तर्कवितर्क गर्नुहुन्छ रे । बलकै घमण्ड गर्नेसँग पनि तयार हुनुहुन्छ रे ।ू

शुद्धोदन- ूहो संस्थागारको सभामा पनि उनको निक्कै इज्जत हुन्छ । ऊ बोल्दा सबैले सम्मान गरेर सुन्छन् । हक्की छ । देखेका सुनेका र प्रमाणित नभएका वा हुन नसक्ने कुनै पनि कुरालाई ऊ ठाउँ दिँदैन । जडवादी भनेर चिनिएको छ । तर उनका अध्ययनको अगाडि कोही पनि टिक्न सक्दैनन् र अवाक् रहन्छन् । सोधेका कुरामा ऊ रमाइलो पारामा प्रस्तुति दिन्छ । तर कसैको मानहानी गर्दैन । ऊ ठाडो छ । घुमाएर कुरा गर्दैन । तर कसैले उनलाई उद्दण्ड भनेर औँला ठडुएका पनि छैनन् । त्यसैले जोकोहीले पनि ऊसँग परामर्श लिन्छन् । मेरो त झन् कुरै भएन । मेरो त ऊ राज्यमा प्रधान सल्लाहकार र घर परिवारमा मुटु नै हो ।ू

प्रजापति उठिन् र सुसारेलाई अह्राइन्- ूनानी ! त्यो मैले कान्छाबाबुलाई भनेर राखेको खीर लिएर आइज त ।ू

मायादेवी हाँस्दै बोलिन्- ूत्यो बाहुनलाईचाहिँ केही दिनपर्दैन कि क्याहो ू

प्रजापति- ूअँ त्यो मृगको पकुवा ल्याऊ बाजेलाई । मासु भनेपछि क्या हुरुक्कै हुन्छ बाहुन । अनि हामी सबैलाई त्यो बँदेलको भुटुवा र पहाडे मगरनीले बनाएको कोदोको छुङ ल्याउ ।ू

मायादेवीले हाँस्दै थपिन्- ूती बाहुनलेचाहिँ बँदेलको मासु छाड्छन् कि क्या हो र हाम्रालागि मात्र बन्दोवस्त ?ू

प्रजापति- ूअँ उनलाई पनि र कान्छोलाई पनि पुग्नेगरी ल्याउ बँदेलको मासु । यस्सो राजालाई बेलुकी भातसँगै खान अलिकति राखिदिउँ भनेको के गर्ने अरु बाहुन ता गुलियोमा पो मर्छन् भन्ने सुनेकी थिए हाम्रा बाहुन त के हो मासु भनेपछि हुरुक्कै ।ू

शुद्धोदन- ूत्यो गुलियोमा मर्छन् भन्ने कुरा उता पश्चिमतिर गान्धार कुरु पानचालका बाहुनहरुका बारेमा हो । बाहुनहरु मिठो कुरामा लोभी हुन्छन् भनेका हुन् क्या त्यसरी ।ू

मायादेवी- ूकान्छोबाबु भन्दै हुनुहुन्थ्यो पूर्वकै पनि कोसल मगधजस्ता एकतन्त्री राजतन्त्र भएका महाजनपदहरुमा ता बाहुन्हरु त्यस्तै लोभी हुन्छन् रे । राजा र बाहुनहरुका खुब मिलोमतो हुन्छ रे त्यहाँ ।ज्ञ बाहुनहरु राजालाई पश्चिमतिरकै जस्तो भगवान्कै अवतार हुन् भनिदिन्छन् रे अनि राजाहरुले पनि बाहुनहरुलाई धर्मवाक्य बोल्न उतै पश्चिमतिरकै जस्तो छुट दिन्छन् रे ।ू

प्रजापति- ूत्यसैले बाहुनहरु पूर्वका हुन् कि पश्चिमका धेरथोर मात्र हो सबै उस्तै हुन्छन् रे ।ू

मायादेवी- ूत्यही भनेको । बाहुनहरु जतासुकैका होउन् खानेकुरामात्र होइन छाता जुत्ता लुगाफाटो पनि भेटेजत्ति सबै खान्छन् भन्नुहुन्थ्यो कान्छाबाबुले ठट्टैठट्टामा . **

**“परस्परं भावयन्तः श्रेयः परमवाप्स्यथ के न्याय से ब्राह्मण जाति और एक तन्त्रात्मक शासन प्रणाली का प्रभाव एकदूसरे की सहायता से बढ जाना स्वाभाविक हो गया ।” —ऐ. (पृ. ५२) ।

सबै गलल हाँसे । शुद्धोदनले हाँसो रोक्दै भने- ूबाहुनहरु हाम्रा यता पूर्वीय गणराज्यका अलि त्यस्ता सर्वग्राही छैनन् ।ू

मायादेवी खिसीको भाषामा बोलिन्- ूयता सर्वग्राही नभएकैले होला स्वर्ग पुर् याउने लोभ दिएर हरेकबाट जिन्दगीभर अनेक दान दक्षिणा लिन्छन् । मर्नेबेलामा समेत गौदान गर् यो भने त्यही गाईको पुच्छर समातेर स्वर्ग पुगिन्छ भनेर दान खान्छन् । अनि मरिसकेपछि पनि स्वर्गमा पुगेकालाई एकसरो सबै सरसामानहरु चाहिन्छ भन्दै श्राद्धको नाममा फेरि दान दक्षिणा हसुर्छन् ।ू

प्रजापति असन्तुष्टि व्यक्त गर्दै बोलिन्- ूशास्त्रमै यो छ ऊ छ भनेर स्वर्गको सुख र नर्कको डर देखाएका छन् । के गर्ने लौ भन्नुहोस् त महाराज ! शास्त्रको रचना गर्ने उनै बाहुनहरु होइनन् कसरी दोखादेखी ठग्न सकेका ?ू

मायादेवी- ूविरोध गर्लान् भनेर अगि नै शास्त्रमै ‘क्रुद्धो ब्राह्मणो हन्ति राष्ट्रम्’ भनेर डर थोपरिएको छ । यसबाट जनताभन्दा बढी राजा थर्किएका छन् । अनि राजाहरु थर्किएर बाहुनलाई नरिसाउने वातावरण सृजना गर्न जनतालाई नै पेल्दछन् । बिचरा जनतालाई त राजाको पनि डर बाहुनको पनि डर ।ू

शुद्धोदन- ूयता गणराज्यतिर त त्यस्तो अलि होइन होला नि । अलि बढी भनिएन र ?ू

उस्तै असन्तुष्टिसाथ मायादेवी बोलिन्- ूलौ घटि होला रे यता । तर घटी हुँदैमा त्यो गलत परम्परालाई छुट दिइराख्ने सबैले त्यस्तो परम्परालाई बहिष्कार नगरे हुन्न ू

प्रजापति- ूबाहुनका कुरामा जजमानहरु नै दङ्ग छन् । अनि के कुरा जजमानहरु नै विरोध गर्नेहरुलाई बाहुनहरुभन्दा अगाडि बढेर प्रतिकार गर्छन् ।ू

मायादेवी- ूसुन्नुहोस् न । एउटा रमाइलो कुरा छ । कान्छोबाबुले एउटा त्यस्तै अन्धविश्वासी जजमानसँग तर्क गर्दा यता बाहुनलाई दान दिएर उता मरेकालाई प्राप्त हुन्छ भन्ने लाग्छ भने तिम्रा बाबुकी पि्रयपत्नी तिम्री आफ्नी आमा नै बाहुनलाई दानमा देउन त । यता बाहुनका खुट्टा मिचिदिनुहुनेछ उता मरेका बाबुलाई साचो भइहाल्छ भनिदिनुभएछ । त्यसपछि जजमान आफँै हाँस्दै हजूरसँग कसले कुरा गर्न सक्छ भनेर सुँइकुच्चा ठोकेछन् ।ू

सबैजना मरीमरी हाँसे । प्रजापतिले हाँस्दै भनिन्- ूसोझा पाए र समाजको डर भएन भने बाहुनले अर्काकी स्वास्नी पनि दानमा माग्न बेर लाउँदैन । यसो हेर्दा बाहुनहरु त कुकुरै हुन् बा ।ू

मायादेवी- ूहो हो । त्यसैले त जनताले बाहुनहरुलाई कुकुर भनेका रहेछन् । भेटेसम्म जजमानका आचीसम्म बाँकी नराख्ने ।ू

प्रजापति- ूकुकुर पनि कात्तिकका । लाज न घीनका ।ू

प्रजापति र महायादेवी फेरि मरीमरी हाँसे । शुद्धोदनले भने त्यही हदमा साथ दिएनन् । सामान्य मुस्कान मात्र दिए । त्यसमा पनि पूर्ण सहमति देखिन्नथ्यो ।

प्रजापति- ूकिन र महाराज ! हाम्रा कुरामा हजूरलाई चित्त बुझेन जस्तो छ नि ू

शुद्धोदन- ूहोइन । चित्त नबुझेको होइन । अलि विग्रहका कुरा हुन् यस्ता । त्यसैले म आफू नमुछिएको मात्र हुँ । होइन भने तिमीहरुका अभिव्यक्ति ठीकै हो । जनमानसले बाहुनहरुलाई कात्तिके कुकुरै त भन्ने गर्दछन् नि ।ू

मायादेवी- ूअझ त्यसो पनि बाहुनले नै बाहुनलाई भन्दा रहेछन् नि पश्चिमकाले हाम्रातिरकालाई जजमानका पाउ परेकाले कुकुर रे अनि यताकाले उताकालाई लाजघिन पचाएर जजमानका आचिसम्म नछाडेकाले कुकुर रे ।ू

प्रजापति- ूआफआफूमै झगडा गरेको देख्दा पनि हड्डीको लागि झगडा गर्ने कुकुर जस्तै लाग्छन् बाहुनहरु ।ू

शुद्धोदन- ूत्यसो त छान्दोग्य उपनिषद्मै सोझै पुरोहितहरुलाई कुकुरै भनिएको छ नि । उनीहरुका वेदमन्त्रलाई समेत व्यङ्गय गरेर बाहुनहरुको तर्फबाट ओम खान ले ओम पिउन ले भनेर व्यङ्गय गरिएको छ ।*** यी उपनिषद्हरु वास्तवमा पूर्वतिरका श्रमणहरुले पश्चिमतिरका पुरोहितहरुलाई व्यङ्गय गरेर रचेका हुन् । तर यस्तो विग्रह बाहुनहरुमा मात्र होइन क्षेत्रीहरुमा पनि छ नि । हामी यताका क्षेत्रीहरुलाई उताकाले वैदिक धर्मबाट पतित व्रात्य अर्थात् खसक्षेत्री भन्छन् । अनि हामी पनि उनीहरुलाई बाहुनहरुको कज्याइमा परेका जन्मजात खस भन्छौँ ।ू

*** “ते ह यथैवेह वहिष्पवमानेन स्तोष्यमाणः संरव्धाः सर्पन्तीत्येवमाससृपुस्ते ह समुपविश्य हिं चक्रुः ।।४।।

“उन कुत्तों ने, जिस प्रकार कर्म मे वहिष्पवमान स्तोत्र से स्तवन करनेवाले उद्गाता लोग एक दुसरे से चलते हैैं, उसी प्रकार मुँह से एक दुसरे की पुँछ पकड कर सर्पण परिभ्रमण किया । उन्हो ने इस प्रकार परिभ्रमण कर फिर वहाँ बैठकर हिँकार किया ।।।४।।”

“कुत्तों द्वारा किए हुए हिँकार (अनुवाद) –ओम हम खाते हैँ, ओम हम पिते हैँ, ओम देवता, बरूण, प्रजापति, सूर्यदेव यहाँ अत्र लावें । हे अत्रपते अत्र लावो । अत्र लावो ओम ।।५।। (छान्दोग्य उपनिषद्, अध्याय १, खंड १२)” –भारतीय संस्कृति और उसका इतिहास (पृ. १२४) ।

“ते ह यथैवेह वहिष्पवमानेन स्तोष्यमाणः संरव्धाः सर्पन्तीत्येवमाससृपुस्ते ह समुपविश्य हिं चक्रुः ।।४।।

“उन कुत्तों ने, जिस प्रकार कर्म मे वहिष्पवमान स्तोत्र से स्तवन करनेवाले उद्गाता लोग एक दुसरे से चलते हैैं, उसी प्रकार मुँह से एक दुसरे की पुँछ पकड कर सर्पण परिभ्रमण किया । उन्हो ने इस प्रकार परिभ्रमण कर फिर वहाँ बैठकर हिँकार किया ।।।४।।”

“कुत्तों द्वारा किए हुए हिँकार (अनुवाद) –ओम हम खाते हैँ, ओम हम पिते हैँ, ओम देवता, बरूण, प्रजापति, सूर्यदेव यहाँ अत्र लावें । हे अत्रपते अत्र लावो । अत्र लावो ओम ।।५।। (छान्दोग्य उपनिषद्, अध्याय १, खंड १२)” –भारतीय संस्कृति और उसका इतिहास (पृ. १२४) ।

“ते ह यथैवेह वहिष्पवमानेन स्तोष्यमाणः संरव्धाः सर्पन्तीत्येवमाससृपुस्ते ह समुपविश्य हिं चक्रुः ।।४।।

“उन कुत्तों ने, जिस प्रकार कर्म मे वहिष्पवमान स्तोत्र से स्तवन करनेवाले उद्गाता लोग एक दुसरे से चलते हैैं, उसी प्रकार मुँह से एक दुसरे की पुँछ पकड कर सर्पण परिभ्रमण किया । उन्हो ने इस प्रकार परिभ्रमण कर फिर वहाँ बैठकर हिँकार किया ।।।४।।”

“कुत्तों द्वारा किए हुए हिँकार (अनुवाद) –ओम हम खाते हैँ, ओम हम पिते हैँ, ओम देवता, बरूण, प्रजापति, सूर्यदेव यहाँ अत्र लावें । हे अत्रपते अत्र लावो । अत्र लावो ओम ।।५।। (छान्दोग्य उपनिषद्, अध्याय १, खंड १२)” –भारतीय संस्कृति और उसका इतिहास (पृ. १२४) ।

प्रजापति- ूपूर्व र पश्चिमबीचको यो कस्तो विग्रह रहेछ ?ू

शुद्धोदन- ूउता यज्ञसंस्कृतिको राज छ+ त्यसैले यज्ञसाचालक बाहुनहरुको हालिमुहाली छ । बाहुनहरुले आफूलाई देउताका माध्यम बनाएर समाजलाई पूरै कठपुतली बनाएका छन् । यता त्यो सम्भव भएन । क्षेत्रीहरुलाई कज्याउन नसकेकाले यताका बाहुनहरुलाई त्यसैले तल पारेर बोलेका हुन् उताकाले । बाहुनहरुका आध्यात्मिक सत्ता नस्वीकार्ने यताका समाजलाई उनीहरु पतित समाज भनेर भन्छन् ।++ विशेष गणराज्यहरुलाई त झनै देखिसक्दैनन् । गणतान्त्रिक जनजातिलाई पशुभन्दा पनि हीन मान्छेजातिको कलङ्क भनेर कथा हाल्ने गर्दछन् । एउटा परशुराम भन्ने अति बलियो बाहुनले त बाहुन ठिटाहरुको ठूलै फौज खडा गरी आर्यावर्तभरि २१ पल्टसम्म यत्रतत्र आक्रमण गरी क्षेत्री राजाहरुलाई खोजीखोजी मारे । बाहुनहरुले उनलाई ब्राह्मणधर्मको रक्षा गर्न अवतरित भएका भगवान् हुन् भनेर कथा रचिदिए । तर उनको त्यो बरबरताले सदा उर्बरता पाएन । त्यो बूढो परशुराम यता पूर्वतिर हाम्रै कोसलराज्यको अयोध्याका क्षत्रिय युवा राजकुमार रामचन्द्रसाथ विदेहमा भिड्न पुगे । ती रामचन्द्रले एकजना राजपाठ छाडेर बाहुनहरुकै विद्या सिकी ऋषि बनेका विश्वामित्र भन्ने क्षत्रिय पूर्वयोद्धाबाट युद्धकौशल सिकेका थिए । उनको अगाडि वनचरोको भरमा मुढेबल गर्ने बूढो परशुराम टिक्न सकेनन् । टाढैबाट बाण हान्न जान्ने रामचन्द्रले उनलाई छेउमा आइनपुग्दै बाणहरुको वर्षा गरी आजित पारिदिए । त्यसरी बाहुन परशुरामको मानमर्दन भयो । त्यहाँदेखि बाहुनहरुको चुरीफुरी खस्किएर गएको हो । समय बित्दै गएपछि रामको कीर्ति आर्यावर्त र अन्य द्वीपहरुमा समेत फैलिएर उत्तरतिरका किराँत-यक्ष सर्वत्र गायनपेशाका गन्धर्भ दक्षिणतिरका किन्नर र भील्ल मध्यदेशका नाग आदि जनजातिहरु र समग्र मानवजातिलाई एउटै संस्कृतिमा समानरुपले रक्षा गर्न उद्यत रक्षसंस्कृतिका बाहक राक्षसजातिमा समेत रामको कीर्ति महान् युगपुरुषको रुपमा फैलन लाग्यो । अवतारपुरुष भनिएका पुरुषलाई पराजित गरेपछि श्रीराम कुनैपनि अवतारभन्दा कमका कसरी मानिन्थे अन्ततः पूर्वतिरका प्रगतिशील बाहुनहरुले त्यो अवतारपद राममा सारी रामायण नै रचिदिए ।+++ यसरी अवतारपद ब्राह्मणबाट क्षत्रियमा स्थापना गरिदिएकाले पश्चिमका बाहुनहरुको रिसको ठेगानै भएन । त्यसैले पूर्वेली गणराज्यहरुका बाहुनहरुलाई उता पचिश्मतिरका बाहुनहरु मन पराउँदैनन् । पूर्वीय गणराज्यहरुका बाहुनहरु क्षेत्रीहरुका घरमा कुकुर सरह जुठो ढुक्दछन् भनेर खिल्ली उडाउँछन् ।ू

+ “वैदिक संस्कृति ने कुरु देश से अपना अड्डा हमेशा के लिए जमा लिया । मगर उस संस्कृति का प्रवाह कुरुओं के उस पार पूरब की दिशा मे वेग से नहीं बढा । उस प्रवाहका गति कुरु देश मे ही कुण्ठित हो गई । इसका मुख्य कारण यह था की पूर्वी देश मे ऋषिमुनियों की अहिंसा और तपश्चर्या को महŒव देने वाले लोग बहुत थे । —भगवान् बुद्ध (पृ. ५४) ।
++++
++
++ “शतपथब्राह्मण मे कहा गया है कि कुरु पांचाल कि ब्राह्मणो को काशी, कोसल, विदेह, और मगध नही जाना चाहिए, क्योँ की वहाँके ब्राह्मण ने वैदिक धर्म (यज्ञ) को छोड दिया है तथा वे एक नये धर्म का प्रचार कर रहे है, जिसमे यज्ञ और पशुहिंसा दोनो की मनाही है । यह भी की पूर्वी देशोँ पतित हो गया है, क्योँ कि उसमे ब्राह्मणाें का स्थान क्षत्रियोँ ने लि है । और तीनों वर्ण के लोग क्षत्रियों की ही अधीनता मे रहते हैँ ।”—संस्कृति के चार अध्याय (पृ. १२७) ।

+++ परापूर्वकालदेखि लोकआहानमा भएका रामकथालाई यसै समयतिर रामायण महाकाव्यको रूपमा समेटिदै थियो । पहिले वाल्मिकीले सिर्फ २४००० श्लोकमा रामायण लेखेका थिए । पछि धेरै समयसम्म थप वृतान्तहरू समाहित भइरहे र हालको स्वरूपमा पुगे । –लेखक “रामायणका काव्य ५०० इ.पू. के लगभग मे बना था । वह महात्मा बुद्धके प्रादुर्भाव से पूर्व हो चुका था, और उस मे आर्यों के जिस जीवन व संस्कृतिका वर्णन है, वह प्राग्बौद्धकालीन भारत से सम्बन्ध रखति है ।” –भारतीय संस्कृति और उसका इतिहास. (पृ. १३१) ।

“…वाल्मीकि ने आदि रामायण मे केवल अयोध्या–काण्ड से युद्ध–काण्ड तक ही कथा लिखी थी; बाल–काण्ड और उत्तर–काण्ड बाद मे अन्य कवियों ने मिलाये ।” –संस्कृति के चार अध्याय (पृ. ८२) ।

छलफलले गहनता अँगाल्दै थियो । त्यसै बेलामा शुद्धोदनका कान्छोभाइ अमितोदन र पुरोहित उदायी आइपुगे । दुबैले शुद्धोदन र महारानीद्वयलाई अभिवादन गरे ।

अमितोदन तात्तातै बोलॆॆ- ूआउँदाआउँदै युगपुरुष श्रीरामको कीर्तिगानमा एउटा कुरा म पनि बोलूँ । हे भाउज्यूद्वय ! श्रीरामको विजय मुढेबलमा आश्रित थिएन नत बाहुनहरुका झैँ छलविद्यामा नै आश्रित थिए । उनी उदारताका धनी थिए । जसको कारणले उनी असल पुत्र असल भ्राता असल पति र असल राजा बने । जातजातिको सवालमा उनले यस्तो उदारता देखाए कि भूगोलका राजाभन्दा पनि सर्वत्र मनका राजा बने । के बाहुन के क्षेत्री के अन्य जाति असूर वा राक्षस जनजातिहरुसमेत उनी भनेपछि हुरुक्कै थिए । रक्तशुद्धताको घमण्ड उनमा छँदै थिएन । सबै चराचरमा समान रक्तप्रवाह हुन्छ भन्ने उनको आदर्श मत थियो । उनी जता जान्थे उताकै चालचलन र विश्वासहरुको कदर गर्थे । शूद्र मानिएकी शवरी भन्ने बूढीको त स्नेहबस उनले जुठै खाएर देखाए । वन्यजाति भील्ल र बाँदर र भालुसम्म मानिएका द्रविड जनजातिसँग पनि उनले मित्रवत व्यवहार गरेर देखाए । हे महारानी भाउज्यूद्वय ! उनै जनजातिकै ह्दयमा राज्य गरेका कारणले उनले समुद्रपारसम्म गएर राक्षसकन्याबाट जन्मिएका बाहुनकै ठिम्से छोरो लङ्काका राजा रावणलाई मारी उसको कैदबाट आफ्नी पत्नी सीताको उद्धार गर्न सफल भए । उनी जहाँजहाँ पुगे जजसलाई जिते कहीँ कतै उनले शासन गरेनन् । उनको सम्राज्य त जनताको ह्दयमा थियो । बाहुनहरुले खडा गरेका रगत र अन्धविश्वासका सीमा श्रीरामले खण्डित गरिदिए । श्रीराम हरहिसाबमा सबै जातिका समानरुपले एक आदर्शपुरुष छन् ।ू

दुबै भाउज्यूले अमितोदनका धाराप्रवाह कथनलाई ताली दिए टरर …। अमितोदनले झुकेर अभिवादन गर्दै भने- ूहे पूज्य भ्राता महाराज शुद्धोदन ! अनि पूज्य भाउज्यूद्वय ! खसखस लागेर युगपुरुष श्रीरामको बारेमा बोलिहालेँ धृष्टता माफ होस् । कति कारणले हामीलाई सम्झनुभयो यो ज्यान हाजिर छ ।ू

उदायी पनि थप अभिवादन गर्दै बोले- ूहे महाराज ! तथा महारानीद्वय ! आदर्श पुरुष श्रीरामले खडा गरेका उदाहरण हरयुग र हरजातिमा उस्तै गरी बाँच्दै आएका छन् । त्यसरी युगयुगसम्म बाँच्दै जानेछन् । जय श्रीराम ! आज्ञा होस् हे महाराज ! के पर्न गयो र हामी उत्तर र दक्षिणतर्फ फर्केका अमेलका जोडीलाई एकै ठाउँमा बोलाहट भयो ?ू

शुद्धोदन- ूयस्तै सामाजिक विषयमा छलफल गर्नु छ ।ू

प्रजापतिले ठट्टाको हिसाबमा बोलिन्- ूपहिलो कुरो त बाहुनहरुकै छलविद्याको भण्डाफोर गर्नलाई हो ।ू

उदायी ठट्टाकै हिसाबमा बोले- ूकेही फरक पर्दैन यो पूर्वेली बाहुनलाई । यो त एक हिसाबले राक्षसयोनीकै ठिम्सो बाहुन हो । हा… हा.. हा .. .ू

सबै गललल हाँसे ।

७. गणराज्यहरुमा स्त्रीजातिको सम्मानित स्थिति 

हे पाठकगण ! अमितोदन ुएकछिन् हैु भन्दै भान्साकोठातिर गए र त्यहाँ एक चाकरलाई एउटा पोका दिँदै बोले- ूयो औषधि हो । यसलाई सफा सिलौटामा कम्ति पानी राखी मिही गरेर पिँध्नु । म एकै छिनमा लिन पठाउँछु ।ू

अमितोदन बैठकमा फर्किए । उनी आउनेसाथ शुद्धोदनले प्रजापतिलाई सम्बोधन गरे- ूहे महारानी ! विषय प्रवेश गरौँ ।ू

प्रजापति बोल्न लागिन्- ूभरखरैको विषय पनि बोलाहटकै विषय हो । अनि महाराजाबाट बोलाहट भएको भए पनि जिज्ञासा र प्रस्ताव हाम्रा हुन् ।ू

मायादेवी- ूत्यसैले यहाँ पुरुष बास्न पाइने छैन ।ू

अमितोदन- ूबापरेबाप हामी ता अर्कै राज्यमा पो पुग्यौ कि के हो कता हो दक्षिणपूर्वतिर आइमाईहरुको राज छ रे । त्यता आइमाईले लोग्नेलाई बिहे गरेर ल्याउँछन् रे । लोग्नेमान्छे चुलाचौका गर्छन् रे । बच्चाबच्ची पनि स्याहार्छन् रे अनि आइमाईहरु सभामा जान्छन् रे । त्यतै ता पुगिएन पुरोहितजी ू

पुरोहित र शुद्धोदन दुबै हाँस्न लागे । प्रजापति अमितोदनका कान समातेर तान्दै बोलिन्- ूएउटा लामकानेको देश पनि छ रे कानै ओछुएर सुत्छन् रे कानै ओड्छन् रे । मान्छेको भेषमा आएर आइमाई केटाकेटी चोरेर लगी खान्छन् रे । त्यही लामकाने आएका त होइनन् भेष बदलेर ?ू

अमितोदनले साह्रै दुःखेको नक्कल गर्दै- ूऐयाया ! खबरदार गणतन्त्रीको देश हो यो । राजतन्त्रको होइन । राजारानीले जे चाहुे त्यो गर्ने देश होइन ।ू

प्रजापतिले कान छाडिनन् । बोलिन्- ूअनि आमादिदीले बिग्रेका बच्चालाई सजाय दिन्छन् कि दिँदैनन् गणतन्त्री देशमा ।ू

अमितोदन- ूआमादिदीले दिन पाउँछन् । भाउजुले पाउँदैनन् ।ू

प्रजापति- ूभाउजु भनेका आमासमान हुन् कि होइनन् हँ ू

अमितोदन- ूहुन् हुन् तर कुन आमाले जुँघा फुलिसकेका बच्चालाई यसरी सजाय दिन्छन् ऐइया मरेँ !ू

प्रजापति- ूए अब जुँघाको कुरा गर्ने कहाँ तिम्रा जुँघा फुलेका छन् त जुँघा नफुल्नुाजेल त कान निमोठ्न पाइन्छ नि होइन त ?ू

अमितोदन- ूऐयाया फुलेका छन् । दशबाह्रवटा फुलेका छन् । ए पुरोहितजी ! ए दाज्यै महाराज ! गुहार ! यहाँ चिउँडोमुनि दाह्री फुलेका छन् । लौन हो कि होइन बताइदिनुहोस् ।ू

प्रजापति- ूतर जुँघाको कुरा गरेको होइन र किन दाह्रीमा फेर् यौ कुरा ?ू

अमितोदन- ूदाह्री र जुँघामा धेरै फरक छैन नि भाउजु यी यहाँ गालामा हेर्नुहोस् त एकैठाउँमा उस्ताउस्तै छन् । कुन दाह्री कुन जुँघा चिन्दै चिनिन्नन् ।ू

प्रजापति- ूअनि स्त्री र पुरुष नि एउटै मान्छे जातिका हुन् कि होइनन् एउटै समाजमा उत्ति नै उत्तरदायी छन् कि छैनन् दुबैका ज्यान र प्राण एउटै हो कि होइन दुबैलाई भोक तिर्खा माया मोह इष्र्या द्वेष चिन्ता पीडा …ू

अमितोदन बीचैमा कुरा काट्दै बोले- ूहो भाउजु हो । उस्तै हुन्छ । यसरी कान निमोठ्दा स्त्रीजातिलाई पनि दुःख्छ । यो पनि भन्नुहोस् न ।ू

प्रजापति- ूअनि आइमाई भनेर खिल्ली उडाउँदा हामीलाई दुःख्छ कि दुःख्दैन हँ तिमीहरु बाहिर राज गर्छौ भने कमसेकम हामीलाई घरभित्र त राज गर्नदेऊ गणतान्त्रिक देशमा । किन दखल हँ हाम्रा अधिकारमा ू

अमितोदन- ूहो बाबा हो । गल्ती भो । अब ता छाडिदिनुहोस् !ू

मायादेवी मरीमरी हाँस्दै बोलिन्- ूहोस् छाडिदिनुहोस् । गल्ती स्वीकारिसक्नुभयो बाबुले ।ू

प्रजापति- ूदेख्यौ आइमाईहरु कत्ति दयालु हुन्छन् । तिमी लोग्नेमान्छेहरु यसैलाई कमजोरी भन्छौ । लौ छाडिदिएँ एउटी आइमाईले भनेकैले छाडिदिएँ नत्र …।ू

प्रजापतिले कान छाडिदिइन् । अमितोदनले अब मैका पारिहाले । हाँस्दै बोले- ूके नत्र आइमाई जात भनेर मात्र छाडिदिएँ । नत्र बाबु भए पनि छाड्ने थिइन ।ू

प्रजापति फेरि हाँस्दै झम्टिन् – ूकेरे अझै बढता हुने हो ू

प्रजापति कान समात्न बढिन् । अमितोदनले भाग्दै हात जोडेर भने- ूमाफी पाउँ । माफी पाउँ । अब त कान छुनै नहुने गरी दुःखेको छ । यो कान जति ताने पनि उही हो । तन्कँदैन । म लामकाने हुँदै होइन । डराउनै पर्दैन । लामकानेको कत्रो डर ! लामकाने नै भए पनि महाराज शुद्धोदनले राज गरॆको गणराज्यमा कसको के हिम्मत नडराए हुन्छ । शाक्य गणतन्त्रका महिलाहरुलाई यत्ति डरपोक भएको कत्ति पनि सुहाउँदैन ।ू

प्रजापति मरीमरी हाँस्दै बोलिन्- ूके जुनी पाउनुभएको रहेछ । पूर्वजन्ममा के हुनुहुन्थ्यो कुन्नि जसरी पनि नजिती नहुने ?ू

अमितोदन- ूए भाउज्यू ! के पूर्वजन्मका कुरा गर्नुहुन्छ कसले देखेका छन् पूर्वजन्मका कुरा सबै अड्कलमै बोल्छन् । यही जुनीका कुरा गर्नुहोस् । कान्छोभाइ हुँ । सबैले माया गरे । सबैको मायाको खानी हुँ । पुल्पुलिएर पालिएँ । बानी त्यही लागेको छ । काखमा बसेर राजादाजुको जुँघा तान्ने मान्छे हुँ । कसले यसरी तान्न पाउँछ अघि दुईटुक्रा भइसक्थे । आफूलाई त बानी त्यही लागेको छ । अझै जुँघादाह्री फुलिसक्दा पनि लाडिएर त्यो गर्न मनलाग्छ । बाहिर थोरै अरुसँग गर्छु यहाँ हजूरहरुको काखमा गर्छु नि ।ू

प्रजापति- ूए उसोभए घरको बाघ बाहिरचाहिँ बिरालो ?ू

अमितोदन- ूए भाउजु ! बिरालो सिरालो होइन । िसंह हुँ िसंह । घरभित्र लाडे हुने कुरा पो मैले गरेको । बुझ्नुसुझ्नु छैन तेस्सै …. । पुरोहितबाजेलाई सोध्नुहोस् न त्यो रोहिणीको तिरमा पानीको निहुँमा झगडा हुँदा म एक्लैले हजूरका माइती कोलियहरु कतिजनालाई डुमका डुम पछारेँ ।ू

उदायी अवाक भएर हाँस्न लागे ।

अमितोदन गम्भीर भएको नक्कल गर्दै बोले- ूए बाजे ! किन डराएका यहाँ सामन्त राजाको तन्त्र छ र गणतन्त्रमा ता यी राजा र महारानी जनताका मालिक होइनन् नि । चारण भाट भएर आफूलाई लागेको कुरा नबोल्ने अनि उल्टै राजाहरुका खुसामदी गर्ने देश हो र यो थुइक्क बाहुन आखिर आफ्ना जात त देखायौ होइन यिनीहरुले त गणराज्यहरुलाई यसरी नै डुबाइरहेछन् ।ू

मायादेवीलाई उदायी पुरोहितको स्थिति देखी माया लागेर आयो र बोलिन्- ूआफू राजाको भाइ भइखाको भएर डक्ने अनि उनैलाई दोष दिइराख्ने ?ू

अमितोदन- ूकहाँ कहिले दाजुको पदलाई उपयोग गरेको छु । म मेरो आफ्नो पराक्रमको कुरा गर्दैछु । अनि हजूरहरुका माइतीलाई परास्त गरेको कुरा गर्दा हजूरहरुको निगाह कम हुन्छ भनेर डराएका होइनन् यी बाहुन बोले हुन्न हजूरहरुका माइतीलाई मैले कतिजनालाई पछारेँ भनेर ! ू

मायादेवी हाँस्दै बोलिन्- ूपछार्नुभयो होला नि सय दुईसय ! कम्ति के होला र ?ू

सबै हाँसे ।

अमितोदन- ूखिसी उडाउने कुरै होइन । पछारियो बीसतीस जनालाई । हो कि होइन ए बाहुन ?ू

फेरि सबै हाँसे ।

अमितोदन अब साँच्चै गम्भीर भएको नक्कल गर्दै बोले- ूदसजना त पक्कै हो । दसभन्दा त मरिगए नि घट्दिँन शाक्यगणको इज्जतको सवाल छ । कि कसो दाज्यै महाराज ू

शुद्धोदन भाइका दिल्लगीमा दङ्ग थिए । उनीसँगै सबै पेट मिचीमिची हाँसे । अमितोदन पनि अब त हाँसे मरीमरी ।
—-

 ८. आर्यावर्तीय जातजातिको प्रकरण 

हे पाठकगण ! रमाइलो गर्दा गर्दै समय निक्कै बितिसकेको थियो । सबैले त्यहाँ खाना खाने कार्यक्रम पनि छ र अमितोदन र उदायीलाई बोलाउनुको तात्पर्य पनि अर्कै छ भन्ने कुरा नै बिसे्रजस्तो भइरहेथ्यो । त्यस्तैमा प्रजापति बोलिन् – ूलौ एकछिन निकै रमाइलो भयो । एकछिन पछि यस्सो मुख जुठो गर्ने कार्यक्रम पनि छ । त्यतिाजेल केही कुरा गरिहालौँ । ू

अमितोदन किन पछि पर्थे- ूपहिले खाने काम नै गरौँ न । त्यही तागतले कुरा जब्बरको गर्न सकिन्छ नि ।ू

प्रजापति- ूजुठो मुखले गर्ने कुरा छैन क्या !ू

ुअमितोदन- ूमुख कुल्ला गरौँला नि ।ू

मयादवीे- ूके भन्ने कसले कुरा गरेर सक्लान् पाकिसकेकै छैन क्या ।ू

अमितोदन- ूहो त्यसरी पेटमा कुरा नराखी प्रष्ट हुनुपर्छ क्या । बुद्धी न भाको मान्छे हुम् र त्यत्तिकै जोर गर्ने लौ बोल्नोस् कुरै गरौँ ।ू

प्रजापति हाँस्दै बोलिन्- ूलौ अब सुन्नुहोस् । प्रश्न हामी राख्छौँ । उत्तर तपाईंहरुका । यो संस्थागारको सभा वा औपचारिक वादविवाद पनि होइन । यहाँ यतिखेर सबैजना समावेशी ढंगमा समान हुनेछन् । पद िलंग र नातालाई थाति राखेर सिर्फ आफ्नाआफ्ना अनुभव नीति विचार र विद्याका प्रवक्ता हुनेछन् ।ू

प्रजापतिलाई आग्रह गर्दै मायादेवी बोलिन्- ूदिदी म पहिले सोध्छु ।ू

प्रजापति हाँस्दै बोलिन्- ूहुन्छ नि बाबा ! मभन्दा सानी भएकीले तिम्रै अधिकार छ । अनि मभन्दा जेठी महारानी भएकीले पनि तिम्रै अधिकार छ । लौ सोध ।ू

अमितोदन कुरा पक्रने हिसाबमा बोले- ूनियमापत्ति छ यहाँ । भर्खरै पद र नाताको दुहाइ दिइयो ।ू

प्रजापति- ूत्यो नियम बिचार अभिव्यक्तिको लागि भनेको हुँ । विचार स्वतन्त्रतालाई पद र नाताले नदवाओस् भनी भनेको हुँ । सदाशयता र माया गर्न यहाँ छुट छ ।ू

अमितोदन कुरा पक्रने हिसाबमा बोले- ूथाहा भो यो नबिस्रनु होल कि म यहाँ सबैभन्दा सानो छु र सदाशयताको भागी कुनैपनि बेला हुन सक्छु ।ू

प्रजापति- ूसाना दुर्वल र अशक्तलाई केही छुटको आरक्षण हुन्छ । ढुक्क बस्नु ।ू

सबै हाँसे ।

शुद्धोदन- ूमहारानीद्वयमा मेरो आग्रह छ । यी दुबै विद्वान््हरु आउन अघि हामी जुन विषयमा छलफल गर्दै थियौँ त्यसै विषयमा पहिले छलफल गरौँ । विषयान्तर हुने छैन । कि कसो ?ू

मायादेवी- ूमहाराज ! हजूरले ठीकै भन्नुभयो । वास्तवमा मेरो विषय नै त्यही हो । हे विद्वान्द्वय ! तपाईंहरु आउनभन्दा ठीक पहिले हामीबीच ब्राह्मण र क्षेत्रीहरु बीचको युगौँदेखिको तकरारबारे कुरा हुँदै थियो । नीतिकुशल महाराजबाट धेरै कुरा सुनियो । तपाईंहरुमा हाम्रो प्रश्न छ – यी दुबै बाहुन र क्षेत्रीहरु एकै आर्यजातिका हुँदाहुँदै पनि यिनीहरुबीच यो केको रडाको पहिले कान्छोबाबुको विचार आवस् ।ू

अमितोदन- ूहे महारानी भाउज्यू ! यो सिर्फ सत्ताको झगडा हो । परापूर्वकालमा क्षेत्री र ब्राह्मण एकै रगतका सन्तान थिए । कामका आधारमा वर्ग विभाजित भए पहिले र पछि त्यही वर्ग जातमा परिणत हुन गयो । शिक्षा दिने र पुरोहित्याइर्ँ गर्नेहरुका एउटा वर्ग र शस्त्र चलाउने युद्ध गर्ने र समाजमा शासन गर्नेहरुका अर्को । प्रारम्भमा ती वर्ग जन्मजात हुँदैन थे । पछि गएर त्यो जन्मजात हुन थाल्यो र त्यहाँदेखि नै त्यो जातिगत रडाको मच्चिन लाग्यो ।ू

प्रजापति- ूहे देवरराजा ! ती वर्ग कुन प्रकि्रयामा पछि गएर जातमा परिणत भयो आर्यावर्तमा अरु जातहरु पनि छन् । ती कसरी बने तपाईं यसबारेमा के भन्नुहुन्छ ?ू

अमितोदन- ूहे भाउज्यू ! पुरोहितहरुको हातमा अध्यापन र यज्ञ साचालन गर्ने अभिभारा थियो । अध्यापनको विषय भनेका पुर्खाहरुले देउता खुशी पार्न रचेका मन्त्रहरु हुन्थे जसलाई वेद भनिन्थ्यो । यिनै वेदका मन्त्रहरु यज्ञमा उपयोग हुन्थे । पछि यज्ञसाचालन विधिको लागि उनीहरुले ब्राह्मणग्रन्थको रचना गरे जसमा दीक्षित व्यक्तिहरुले मात्र यज्ञसाचालन गर्ने कडा विधिविधान संयोजित गरे । त्यसै ग्रन्थमा साचालनकर्ताहरुलाई नाम दिइए ब्राह्मण । प्रारम्भमा ब्राह्मण जाति होइन कि यज्ञसाचालक थिए । त्यस्तै युद्ध गर्ने र समाजमा शासन गर्नेहरुलाई भनियो क्षत्रिय । आर्यहरुमै जो ब्राह्मण वा क्षत्रिय पेशामा भएनन् तर कृषि वा व्यापार र अन्य पेशा गर्दथे उनीहरु वैश्य मानिए । प्रारम्भमा तीन वर्गमात्र भए । तर पछि थपिए शूद्रहरु । उनीहरु युद्धमा हारेका हरुवा वा बन्दीहरु थिए । पहिले पहिले यी हरुवाहरुलाई कमारो बनाएर पशुसरह वाँधेर राख्ने वा किनबेच नै गरिन्थ्यो र घरभित्र हुलिन्नथ्यो । घृणाले उनीहरुले छोएका दानापानी पनि खाइन्नथ्यो । यसरी बन्यो छुवाछुत समेतको चार वर्ग आर्यावर्तमा । कालान्तरमा वर्गवर्गबीच ठाँटबाँट र धनको लागि इष्र्या द्वेष र विग्रह बढ्न लाग्यो र विशेष ब्राह्मण र क्षत्रियहरुले आफ्ना पेशालाई सुरक्षित राख्न जन्मजात पेशाको महत्तामा जोर दिए । जसको फलस्वरुप ब्राह्मणहरुले वर्णाश्रम भन्ने कडा जातीय व्यवस्थाको सृजना शास्त्रमै रचिदिए ।ू

मायादेवी- ूहे देवरराजा ! जातीय शोषणको बारेमा सर्वत्र बाहुनहरुमाथि दोष दिइन्छ । तर तपाईंले त यसमा क्षत्रियहरुलाई समेत जोड्नुभयो ।ू

अमितोदन- ूहे भाउज्यू ! यसमा अग्रणी ब्राह्मणहरु नै थिए । तथापि शासक रहेका क्षत्रियहरुले उच्च पदमा बसेर जनतामा कम हालीमुहाली र शोषण गरेका छैनन् ।ू

मायादेवी- ूहे देवरराजा ! क्षत्रियहरुले ता बल र सत्ताको प्रयोगबाट शोषण गरे । ब्राह्मणहरुमा त्यस्तो राजनीतिक सत्ता नहुँदा नहुँदै पनि कसरी यस्तो शोषण गर्न सफल भए ?ू

अमितोदन- ूपरापूर्वकालमा समाज ज्यादै नै अन्धविश्वासी थियो । हे भाउज्यू ! उ बेला आर्यहरु इज्जत बढाउन युद्धमा विजयी हुन शत्रु नास गर्न सन्तान बढाउन भाग्य बढाउन दुर्भाग्य हटाउन आदि इत्यादि समस्याहरुमा सफलता पाउन यज्ञ गर्ने गर्दथे । पछि उनै यज्ञकर्ता ब्राह्मणहरुले त्यही कमजोरीबाट फाइदा उठाउन पापको डर र स्वर्गका लोभहरु शास्त्रमै सृजना गरी उनबाट मुक्ति पाउने बाटोको रुपमा थरीथरीका यज्ञहरु र हरेक व्यक्तिको जीवनमा नगरी नहुने संस्कारहरु र तिनमा ब्राह्मण पुरोहितलाई दानदक्षिणाको विधि नियमित गरिदिए । यहाँसम्म कि मरिसकेपछि पनि हरेक वर्ष श्राद्धको व्यवस्थाबाट दानदक्षिणा र सिधाहरुको प्रावधान राखे । यस्ता व्यवस्थामा हुनसक्ने प्रतिकारलाई जरैबाट नाश गर्न उनीहरुले ती शास्त्रहरुलाई देववाणी बनाए र यसलाई औँला ठडुउनु महापाप हुन्छ भनेर जनतामा अर्को त्रास खडा गरिदिए ।ू

मायादेवी- ूबुझियो । धर्मभीरु अन्धविश्वासी जनतालाई पूर्णरुपमा सम्मोहित गरेर बाहुनहरु शोषण गरिरहेछन् । तर अज्ञानी जनता उनीहरुको स्वर्गजाने बाटो बन्दैछ भनेर उल्टै ढुक्क छन् ।ू

प्रजापति- ूयसको खण्डन कहिल्यै भएन त कसरी यो यत्ति विधि झाँगिन गयो ?ू

अमितोदन- ूखण्डन भयो र यसको विरोध विशेषगरी पूर्वीय देशहरुमा क्षत्रियहरुबाट खुलै रुपमा भयो । ज्ञानी क्षत्रियहरुले अनेकन यज्ञविरोधी उपनिषद्हरु रचे । समस्त जम्बुद्वीपमा राजा रामको समावेशी आदर्श चरित्रले ब्राह्मणवादलाई नतमस्तक गराइरहेका बेला यता पूर्वतिरका प्रगतिशील ब्राह्मणहरु उनलाई इश्वरकोटीमा राख्न तयार भए । ब्रह्मर्षि वाल्मीकिले त राजा रामलाई अवतार पुरुष बनाएर २४००० श्लोक सहितको रामायण* रचना गरे । यता गणराज्यहरुमा ब्राह्मणवादको विरोध अझ बढी भएको र मथुराका अन्धकवृष्णि गणका महान् ज्ञानी यादव भोज अर्थात राजा** बसुदेव कृष्णले ‘पुरुषयजन’ नामको अिहंसाबादि परोपकारी निस्काम धर्मलाई अगि सारे ।*** उनी अति लोकपृय बने र जनताले उनलाई इश्वरकै प्रतिरुप मान्नलागे । यस्तैमा यतैका वेदव्यास भन्ने ब्राह्मणले समस्त आर्यावर्तका अनेकन लोकआहानहरु गाँसेर २४००० श्लोकसमेतको ‘जय’+ भन्ने महाकाव्यको रचना गरे जसमा श्रीकृष्णलाई विष्णुका अवतार बनाए ।++ पछि गएर त जहाँकहीँ किन नहवस् राजा भनेका विष्णुाकै अवतार हुन् भनी शास्त्रमै बाहुनहरुले लेखिदिए ।+++ त्यसपछि विष्णुका अवतार हुन पुगेका राजाहरुलाई शास्त्रबाटै जनताको शोषण गर्ने कडी मिलिहाल्यो । विशेषगरी जन्मजात राजा हुने एकतन्त्री शासन भएका देशहरुमा यसले ठूलै प्रभाव पार् यो भने समान्यजनबाटै चुनिएर राजा हुने हाम्राजस्ता गणतन्त्री देशमा यसले कत्ति पनि असर गर्न सकेन । त्यसैले बाहुनहरु गणतन्त्रविरुद्ध मरुाजेल लागिपरेका छन् । उनीहरुले एकतन्त्री राजाहरुलाई अनेकानेक धार्मिक प्रपाच देखाउँदै गणतन्त्री देशहरु मासेर साम्राज्य खडा गर्न उक्साएका उक्सायै छन् । एक राजा वा सम्राट्को मनोमानी भएका महाजनपद र साम्राज्यहरुमा त्यो पुरातन ब्राह्मणवाद खुब फस्टाएको छ । तर अनार्यहरु तथा प्रगतिशील आर्यहरुका गणराज्यहरुमा बाहुनहरुको यो खेती पूर्ण अवसानको स्थितिमा छ । हाल ब्राह्मणवाद पश्चिमका सिन्धूप्रान्ततिर र पूर्वका कोसल र मगधमा मात्र धरमरको स्थितिमा सङ्कुचित भएर रहेको छ ।ू

*  “प्राप्त राजस्य रामस्य वाल्मीकिर्भगवान ऋषिः । चकारचरितं कृत्स्रं विचित्रपदमर्थवत् ।। चतुर्विशसहस्राणि श्लोकानामुक्तवान् ऋषिः । तथा सर्ग शतान् पञ्च षट्काण्डानि तथोत्तरम् ।।” –हिन्दूत्व, (पृ. १२९) । 

** “सम्भवतः भोज उन राजाओं की संज्ञा थी, जो वंशक्रमानुगत न हो कर कुछ निश्चित समय के लिए अपने पद पर नियुक्त होते थे । सात्वत यादवोँ (अन्धक, वृष्णि, आदि) मे यह प्रथा विद्यमान थी, और हम जानते हैं की बासुदेव श्रीकृष्ण इसी प्रकार के भोज वा संघमुख्य थे ।” –भारतीय संस्कृति और उसका इतिहास (पृ. ११८) ।

*** यह पुरुष यजन विद्या (दुसरों के निमित्त जीने की विद्या) श्री कृष्ण ने अपने गुरू घोर–अंगिरस से सीखी थी और उस की दीक्षा उन्होने अर्जुनको भी दी थी । उस यज्ञ की दक्षिणा धन नही, वरन्, तपश्चर्या, दान, ऋजुभाव, अहिंसा औस सत्य थी ।” – संस्कृति के चार अध्याय, (पृ. १२५)

+वस्तुतः वेदव्यास इनके कर्ता व रचयिता नहीं थे । उन्होंने जैसे वैदिक श्रुतिका संकलन किया वैसे ही प्राचीन आख्यानों और राजकुल सम्बन्धी अनुश्रुतिका भी संकलन किया । महाभारतका वर्तमान रूप बहुत प्राचीन नही है । उसका वर्तमान रूप तो सम्भवतः इसवी सन के प्रारम्भ होने से कुछ समय पहले के है । पर उसमे जो गाथाएँ व आख्यान है, वे बहुत प्राचीन है । …. मूल ग्रन्थका नाम ‘जय’ था । … उसका श्लोक सङ्ख्या २४००० थी । इसे‘चतुर्विशति–साहस्री भारत संहिता’ कहते थे । ….महाभारत के कलेवर बहुत बढ गया, और वह ‘चतुर्विशति–साहस्री भारत संहिता’ न रहकर ‘शतसाहस्री–साहस्री भारत संहिता’बन गया । –भारतीय संस्कृति और उसका इतिहास (पृ. १३०) ।

++“कृष्ण नाम बहुत प्राचीन है । पाणिनि (सातवीं सदी इ.पू.) ने एक जगह कृष्ण और अर्जुन का उल्लेख धार्मिक नेता के रूप मे किया है । मेगस्थनिज (इ.पू. तीसरी सदी) कहता है कि मथुरा और कृष्णपुर मे कृष्ण कि पूजा होति थी । महानारायण उपनिषद् (इ.पू. २००) का प्रमाण है कि कृष्ण उस समय विष्णु के अवतार माने जाने लगे थे ।” —संस्कृति के चार अध्याय (पृ. ७८) ।

+++ अवतारको अवधारणा ब्राह्मणकालमा पहिले ब्रह्मसम्बद्ध थियो । कृष्णको उत्कर्ष बढ्दै आएपछि यसलाई विष्णुसम्बद्ध गरिन लाग्यो । तर कुन समयतिर यस्तो भयो भनेर आँक्ने कुनै प्रामाणिक स्रोत छैन । यस सम्बन्धका धर्मग्रन्थहरू इशाकालभन्दा पछिका भएकाले यीनैका मान्यताका आधारमा बुद्धको समयमा यसको स्वरूप के थियो भनेर बोलिहाल्न मिल्दैन । बुद्धकालभन्दा सय वर्षअघि पाणिनीले कृष्ण र अर्जुनलाई धार्मिक नेता भनेर उल्लेख गरेको र बुद्धको समयभन्दा करिव २०० वर्षपछि मेगस्थनिजले कृष्ण देवताको रूपमा पूजित भइरहेको स्पष्ट गर्दछ । त्यसपछि महानारायण उपनिषद्अनुसार बुद्धको समयभन्दा ३०० वर्षपछि कृष्णलाई विष्णुको अवतार मानिएको देखिन्छ । (हेर्नु माथिका पाद टिप्पणी) । अघिल्ला दुइ स्रोतले अवतारको बारेमा केही उल्लेख गरेको छैन । ती शुद्ध धार्मिकग्रन्थ नभएका कारणले यस्तो समान्यिकरण भएको हुनसक्छ । कुनैपनि सामाजिक मूल्यले एकाएक त्यो उच्चता प्राप्त गर्दैन । त्यसैले यसमा परिकल्पना गरिएको छ कि बुद्धकालभन्दा अघि नै आर्यावर्तमा विष्णुअवतारको अवधारणा शुरु भइसकेको थियो । – लेखक

पछिल्ला पुराणहरूले राम र कृष्णलाई क्रमशः सातौँ र आठौँ विष्णुअवतार मान्दछन् । यहाँ यो स्पष्ट गर्न चाहन्छु कि कृष्णलाई अवतार पुरुषको रूपमा ग्रहण गर्न लाग्दा नै त्यही समयमा उनीभन्दा पहिलेका आदर्शपुरुष रामलाई पनि एकसाथ समयानुक्रम मिलाएर अवतारपुरुषको रूपमा समाविष्ठ गरिएको हो । त्यसभन्दा पहिलेका शतपथ, ऐतरीय, र तैत्तरीय आदि ब्राह्मणग्रन्थले सिर्फ मत्स्यावतार, कूर्मावतार, वाराहावतार, वामनावतार र रामभार्गवातार भएको स्पष्ट गर्दछ र ती पनि विष्णुका नभई प्रजापतिका अवतार मानिन्थे । – लेखक

“शतपथ ब्राह्मण मे लिखा है कि प्रजापति ने (विष्णु ने नही) मत्स्य कूर्म और वराह का अवतार लिया था ।” —संस्कृति के चार अध्याय (पृ. ८४) ।

प्रजापति- ूत्यसैले पुरातनवादी ब्राह्मणहरु त्यता कमाइ गर्न जान्छन् । एउटै राजालाई खुशी पारेर थरीथरीका विधि लागू गर्न पाइने भयो । यता पाइएन । त्यही होइन त ?ू

अमितोदन- ूहजूर ! हाम्राजस्ता गणराज्यहरुमा या त हाम्रा पुरोहित उदायीजस्ता उदार प्रगतिशील बाहुन या अपाङ्ग या कम शिक्षित बाहुनहरु मात्र रहेका छन् ।ू

हे पाठकगण ! अमितोदन पूर्णरुपले प्रगतिशील प्रवक्ता थिए । उनको भनाइमा पुरोहित उदायी नतमस्तक थिए । ब्राह्मण भए पनि उदायी एउटा गणतन्त्री नागरिक थिए । जसरी शाक्यगण जनतन्त्रमा आफ्ना इज्जत गर्व र कर्तव्य देख्दथे त्यसरी नै उनी पनि लागिपरेका थिए । गणको हितभन्दा पर उनको अरु अभीष्ट हुन्नथ्यो । राज्यको काममा पदस्थ भएकै कारणले मात्र उनी पुरोहित र जन्मले एउटा बाहुन थिए । नत्र सहिमा उनी मनैदेखि संन्यासी थिए ।

अमितोदनको भनाइमा उदायीको विचार के हुने हो मायादेवीलाई जान्न उत्सुकता जाग्यो र सोधिन्- ूहे पुरोहित उदायीज्यू ! अब तपाईको पालो ।ू

पुरोहित उदायी- ूहे राजमाता ! पूर्वतिरका गणराज्यहरुमा बाहुन पुरोहितहरुले सँधै राज्यले स्वीकारेका परम्परागत धार्मिक र सामाजिक संस्कारहरुमा सहजकर्ताको रुपमा काम गर्दै आएका छन् । उनीहरुका जीविका यसैबाट चलेको छ । तर हजूरहरुले देख्नुभएको छ यताका बाहुनहरुका पश्चिम सिन्धूप्रान्तका पुरोहितहरु वा पूर्वतिरका सामन्तवादी कोसल वा मगधका पुरोहितहरुका झैँ बडेमानका महलहरु छैनन् । हजारौँ हजारका सङ्ख्याका गाईगोठहरु छैनन् । बिर्तामा गाउँ र जमिन्दारीहरु छैनन् । गणराज्यहरुमा साँच्चै त्यस्तै ब्राह्मणहरुमात्र रहेका छन् जो गणराज्य सुहाउँदा छन् । जो सुहाउँदा हुन सकेनन् ती अन्यत्र पलायन भएका छन् । यताका बाहुनहरुलाई पश्मितिरका वा एकतन्त्री राजाहरुको देशका बाहुनहरुसँग तुलना गर्न मिल्दैन । म पनि यही सोच्दछु ।ू

हे पाठकगण ! अमितोदन धेरै मानेमा ब्राह्मणवाद विरोधी थिए । त्यसैले उनको भनाईमा ब्राह्मणविरुद्ध उग्रता टप्कनु स्वाभाविक थियो । तथापि त्यो युग ब्राह्मणवादको डङ्कनबाट पूर्णतः घाइते त थियो नै ।

––––

९. वौद्धिक अन्यौलको युग

हे पाठकगण ! उहिले नै जब आर्यहरु खाडी देशतिरबाट यता सिन्धू र गङ्गा मैदानतर्फ आउँदैथे त्यसबेला उनीहरु इन्द्र अग्नि मरुत बरुण सूर्य सविता उषा जस्ता प्राकृतिक देवताहरुलाई मात्र मान्थे । प्राकृतिक शक्तिहरुलाई अलौकिक मानेर उनीहरुले बेलाबेलामा धेरै प्रार्थनाहरु रचे जसको सङ्ग्रहलाई वेद भनियो । पहिले त ऋगवेद भयो जसमा १० मण्डल अन्तर्गत १०१७ सूक्तहरु सङ्ग्रहीत छन् । यिनका प्रमुख रचयिता थिए गृत्समद विश्वामित्र बामदेव अत्रि भारद्वाज र वशिष्ठ । अन्य भए कण्व अंगिरश वैवस्तव मनु शिवि औशिनर प्रतर्दन मधुछन्ना देवाशी र विदर्भ राजकन्या लोपामुद्रा । युगौँ युगमा मन्त्रहरु थपिदै जाँदा दोस्रो वेद हुन पुग्यो यजुर्वेद । यजुर्वेदका दुई रुपहरु पाइएका छन् । जसलाई शुक्लयजुर्वेद र कृष्णयजुर्वेद भनिन्छ । यी सबै ४० अध्यायहरुमा विभक्त छन् । यसको अन्तिम अध्याय ईशोपनिषद् छ र जो याज्ञिक अनुष्ठानसँग सम्बन्धित नभई आध्यात्म-चिन्तनसँग छ । तेस्रो वेद भयो सामवेद जो पूर्वार्चिक र उत्तरार्चिक गरी दुई भागमा १८१० मन्त्रहरु साथ विभक्त छन् । यिनमध्ये १४७४ मन्त्रहरु ऋगवेदकै समावेश छन् जसको मौलिक मन्त्रसङ्ख्या सिर्फ ७५ मात्र छन् । चौथो वेद बने अथर्ववेद जो शौनक र पिप्पलाद नामसाथ दुई भागमा विभक्त छन् । जसमा २० काण्ड र ७३२ सूक्त अन्तर्गत लगभग ६०० मन्त्र समाहित छन् । यसमा पनि धेरैजसो मन्त्रहरु ऋगवेदबाटै लिइएका छन् ।*
* “इन मे से भी बहुत से मन्त्र ऐसे हैं, जो ऋगवेद मे भी पाए जाते हैं ।” —भारतीय संस्कृति और उसका इतिहास (पृ. ९६) ।

वेदलाई विभिन्न समयमा विभिन्न ऋषिहरुले रचे । तथापि ब्राह्मणहरुले यसलाई प्रश्नको दायराबाट माथि राख्न अपौरुषेय बनाए तथा सृष्टिपूर्वनै यसको अस्तित्व भएको मान्यता स्थापित गरिदिए । वेदका सबै मन्त्रहरु यज्ञमा प्रयुक्त हुन्थे । प्रारम्भमा यज्ञसाचालन जोकोहीले सामान्य ढङ्गमा गर्ने गर्दथे । तर पछि गएर यज्ञसाचालन विधिको लागि ब्राह्मणग्रन्थको रचना हुनपुग्यो जसले यज्ञ साचालनको लागि कडा नियमहरु बाँधिदियो । यज्ञसाचालकहरुलाई ब्राह्मण भनियो र अन्ततः उनीहरु जन्मजात हुन लागे । ब्राह्मणहरु बिस्तारै स्वर्गप्राप्तिको माध्यम बन्न पुगे । यसरी उनीहरु मान्छे जातिमा सर्वश्रेष्ठ अलौकिक शक्तिका धनी मानिन लागे र आर्यावर्तमा उनीहरुको धार्मिक राज चल्न लाग्यो । तब पूर्वतिरका क्षत्रियहरुले यसविरुद्ध औपनिषेदिक क्रान्ति शुरु गरे । ब्राह्मणहरुले यसको डटेर सामना गरे । यसको विरुद्ध उनीहरुले शतपथ ब्राह्मणग्रन्थमै श्लोकहरु थपिदिए कि कुरु र पााचालका ब्राह्मणहरु काशी कोसल विदेह र मगध नजाउन् किनभने त्यताका ब्रामणहरुले वैदिक धर्म छोडेर अर्कै नयाँ धर्मको प्रचार गर्न लागेका छन् जसमा यज्ञ र पशुिहंसा वर्जित गरेका छन् । यो पनि भनिएको छ कि पूर्वीदेशका समाज पूरै पतित भइसकेका छन् किनभने त्यता ब्राह्मणहरुको स्थान क्षेत्रीले लिएर उनीहरु तीनै वर्गमा माथि परेका छन् । **
८८ “शतपथब्राह्मण में कहा गया है कि कुरु, पांचाल कि ब्राह्मणों को काशी, कोसल, विदेह, और मगध नहीं जाना चाहिए, क्यों की वहां के ब्राह्मण ने वैदिक धर्म (यज्ञ) को छोड दिया है तथा ये एक नये धर्म का प्रचार कर रहे है, जिन में यज्ञ और पशुहिंसा दोनो की मनाही है । यह भी की पूर्वी देशों पतित हो गया है, क्यों कि उसमे ब्राह्मणों का स्थान क्षत्रियों ने लि है । और तीनों वर्ण के लोग क्षत्रियों की ही अधीनता मे रहते हैँ ।” —संस्कृति के चार अध्याय (पृ. १२७) ।

क्षेत्रीहरुको विद्रोह पश्चिमतिर पनि बिस्तारै सल्कन लाग्यो । अन्ततः ब्राह्मणहरुले वैदिक साहित्यहरुमा राजालाई विष्णुकै जीवित अवतार बनाएर घुसाइदिए जसको फलस्वरुप सप्तसिन्धूक्षेत्रमा विकसित यो संस्कृति राज्यशक्तिकै बलमा पूर्वतिर पनि प्रसारित हुनलाग्यो । जहाँजहाँ यो पुग्यो त्यहाँत्यहाँ यस मान्यताले कदाचित सजिलै मान्यता पाएको थिएन । अनार्यहरुको प्रदेशमा ब्राह्मणवादले धेरै सङ्घर्ष गर्नुपर् यो । कालान्तरमा युद्ध र सन्धि अनि थरीथरीका जनजातिहरुसँगको सहबासका कारणले आर्यहरु धेरैथरीमा विभक्त हुनपुगे । कोही कतै पुगेकाले के र अनि कता पुगेकाले के गर्दै जाँदा आर्यहरुबीचमै पनि थरीथरीका मूल्य र मान्यताहरु विकसित हुनपुगे । विशेष पूर्वतिरका जनजातिहरुसँग सहबासमा आइपुगेका आर्यहरुमै धेरै प्रगतिशील विचारधाराको विकास हुन पुग्यो र पूर्ववत रुढहरुलाई शङ्काको दृष्टिले हेर्ने तथा ब्राह्मणवादलाई हेय दृष्टिले हेर्ने संस्कृतिको विकास हुन पुग्यो । त्यसैको छाप यता गणराज्यहरुमा देखिन्थ्यो ।

यता दम्भ देखाउने एकतन्त्री राजामहाराजा र घनाढँहरुले भने ब्राह्मणहरुको उक्स्याहटमा ठूलाठूला यज्ञहरु गर्दै थिए । उनीहरुले हजारहजार बाहुनहरुलाई मन्त्र पढाएर हजारौँ पशुबलि चढाएर हजारौँ मुरी घीउ अन्न जलाएर र हजारौँ गाई धनमाल जग्गाजमीन र सुनचाँदी दान गरेर यज्ञहरु साचालित गर्दै नै थिए । यज्ञ त झनै सान र सौकातको पर्याय बन्यो । अति खर्चिलो र तडकभडकी भएको हुँदा यो सामान्य जनको शक्ति सोच र पहुँचबाट झनै टाढा बन्न गयो । धर्मको यो भड्किलो रुपबाट सन्तुष्ट नहुने अनेकन बौद्धिक समुदायले युगलाई अर्को मोडमा ल्याएर खडा गरे जहाँबाट आत्मचिन्तनको संक्रमण शुरु भयो । जो पुरोहित्याईंका पेशामा थिएनन् तथा जो सांसारिक प्रपाचबाट टाढा रहेर वनमा बसी चिन्तन गरिरहेथे तथा जो प्रगतिशील चिन्तक थिए ती ऋषिहरुले धर्मको त्यो स्थूलरुपबाट वाक्क भएर जीवनका गहन तत्वसम्बन्धी विचार गर्दै वेदभित्रैबाट धर्ममा सूक्ष्मताको खोजी गरे । त्यहाँबाट आध्यात्मिक चिन्तनको लहर शुरु भयो । त्यहाँबाटै धेरैथरीका दर्शनहरुको स्थापना भयो जसलाई उपनिषद् भनिएको छ ।

हे पाठकगण ! उपनिषद्ले वेदको अनादर त गर्दैन तर यज्ञयज्ञादिको तडकभडकलाई भने पूरै अवज्ञा गर्दछ । यसले मान्छेको ध्यान वैदिक देवता अग्नि इन्द्र आदिबाट हटाएर वेदैमा औँल्याइएका निराकार ब्रह्मतर्फ आकर्षित गर्दछ र मान्छे जातिको लक्ष्य स्वर्गप्राप्ति होइन कि जीवन मृत्युको बन्धनबाट छुटेर ब्रह्ममा लीन हुँदै मोक्ष पाउनु हो भन्दछ । यसरी अब आर्यावर्तका बहुधा जनसमुदायमा आत्मविद्या आत्मचिन्तन तथा तपको मूल्य हावी हुनथाल्यो ।

उपनिषद्हरुको सङ्ख्या १०८ सम्म गनिएको छ ।*** यिनमा ६३ वटा मतहरु गन्नलायक मानिन्थे ।+ ती एकाअर्कामा बाझ्दा थिए तथापि यज्ञको ठाउँमा ज्ञानलाई राख्ने कुरामा सबै एकमत थिए । ज्ञानका मार्गबाट नै मोक्ष प्राप्ति हुन्छ भन्ने उद्घोष सबैले एकमतले गरेका हुनाले पुरातनवादीहरुले थोपरेका वर्णाश्रम र यज्ञवाद यस युगमा पूरै पछाडि पर्न गयो । यिनबाट सारा सृष्टि ब्रह्मबाट व्याप्त छ र जड वा चेतना सबैमा एकै सत्ता विद्यमान छ भन्ने मतले बल पायो । जसले गर्दा िहंसा निरुत्साहित हुनपुग्यो । उनीहरुका प्रतिपादित सिद्धान्त तथा मत परस्परविरोधी थिए । तथापि सबैबीच शास्त्रार्थ तर्कवितर्क र मन्थनको प्रकृया भने उच्च विन्दुमा थियो । एउटाबाट अर्कोमा वैचारिक ध्र्रुवीकरणको प्रकृयासमेत व्याप्त थियो ।

*** “मुक्तिक उपनिषद् के अनुसार सभी उपनिषदों कि संख्या १०८ है, किन्तु पण्डित इन मे से सबको समान महŒव नहीं देते ।” —ऐ. (पृ. १०४) ।

++“यानि च तीणि यानि च सठ्ठि” —भगवान् बुद्ध (पृ. ५८) ।

हे पाठकगण ! उपनिषद्का ऋषिहरुले जातिवादलाई तोडे । ब्राह्मण क्षेत्री वैश्य र शूद्रहरुसमेत समानरुपले यसका ऋषिहरु भए । यसैकारणले उपनिषद्को उत्थान ब्राह्मणवादले जोर नपक्रेका जनजातिहरु र गणतन्त्रीहरु बीच हुन गयो । यसबेला यज्ञको आगो सम्पूर्ण हिमवतखण्ड र आर्यावर्तमा प्रायः निभिसकेको अवस्थामा थियो । राज्यको बल पाइरहेका गान्धार कुरु कोसल र मगधजस्ता केही साम्राज्यवादी जनपदहरुमा मात्र यो जीवित अवस्थामा थियो ।

++++  अंबट्ठसुत्त में यह उल्लेख पाया जाता है कि शाक्यों जैसे गणराजा ब्राह्मणों का सम्मान नहीं करते । … गणराज्यों मे यज्ञयागों को विल्कुल प्रोत्साहन नहीं मिलता था और एकसतात्मक राज्यों मे तो महाराजा यज्ञयागों चलाने के लिए ब्राह्मणों को वंश परम्परा से भूमि या अन्य इनाम देते थे ।” —ऐ. (पृ. ५२) ।

यज्ञसंस्कृतिको यसै ह्रासोन्मुख कालमा अन्य निधिको पनि रचना भयो जसलाई दर्शनशास्त्र भनियो । यसै कालमा यस्ता विद्वान् मुनिहरु पनि भए जो आध्यात्मसम्बन्धी आत्मचिन्तनमै मात्र सन्तुष्ट भएनन् । उपनिषद्का चिन्तनभन्दा पर उनीहरुका चिन्तन थिए- प्रकृति र परमात्मा सम्बन्धी रहस्यको ठीकठीक जानकारी कसरी लिन सकिन्छ भन्ने बारेमा । सृष्टि कुन तत्वले बनेको छ र संसारमा यस्ता कुल तत्व कति छन् पदार्थहरुका ज्ञान ठीक ढङ्गमा कसरी लिन सकिन्छ कुन कुरा सत्य वा असत्य हो अनि तिनका निर्धारणका कसी केके हुन् तथा प्रमाण के हो परिणाम यो भयो कि आर्यावर्तमा अनेकन दर्शनशास्त्रको विकास भयो । यी दर्शनहरु दुई प्रकारका भए नास्तिक र आस्तिक । जसले वेदलाई आधार मानेर विकास गरे ती आस्तिक भनिए र जसले वेदलाई आधार नमानी स्वतन्त्र भएर विकास गरे ती नास्तिक भनिए । नास्तिक एक मात्र भयो र त्यसलाई लोकायत वा चार्वाक दर्शन भनियो । आस्तिक छवटा भए । ती हुन्- न्याय वैशेषिक साङ्ख्य योग मीमांसा र वेदान्त ।

हे पाठकगण ! यो समय हिमालयदक्षिणका सम्पूर्ण हिमवतखण्ड र आर्यावर्त यज्ञसंस्कृति र ब्राह्मणवादको डङ्कनबाट मुक्त भएर ज्ञानपिपासु स्वतन्त्र विचार र दार्शनिक चिन्तनको युगमा प्रज्ज्वलित भइरहेको थियो । विश्वको उत्पत्तिका स्थान यज्ञ हो सबै कर्ममा यज्ञ श्रेष्ठ कर्म हो तथा गाई घोडा मान्छे भैँसी भेँडा बाख्रा सुँगुर हाँस कुखुरा आदिको वलिको कर्मफलबाटै स्वर्गप्राप्ति हुन्छ भन्ने मान्यताहरु खण्डित भइरहेका थिए र यसै आधारमा अनेकन उपनिषद् र दर्शनहरु अस्तित्वमा आइरहेका थिए । युग अब िहंसाबाट टाढा रहेर चिन्तनको युगमा संक्रमित भइरहेथ्यो । सामान्य गृहस्थमा समेत सृष्टि के हो जीव अन्त छ कि अनन्त जन्मको पहिले आफू के थियो र मरणपछि के हुन्छ भन्ने चिन्तनको भोक थियो । यो युग बौद्धिक युगमा परिणत भएको थियो ।

तर …
त्यस प्रवाहले निकास पाइरहेको थिएन ।
थरीथरीका मेल अमेलका चिन्तन तथा दर्शनहरु विकसित भइरहेथे ।
सबै भन्दथे आफू सत्य छु ।
सबै भन्दथे अरु असत्य छन् ।
बौद्धिक अन्यौलको स्थिति पराकाष्ठामा थियो ।

पूर्वमान्यताहरु खण्डित हुँदै गइरहको स्थिति थियो ।
एउटा कोलाहलै थियो बौद्धिक हुण्डरीको ।
युग नजानिँदो बौद्धिक संक्रमणमा थियो ।
हाहाकार थियो ।

१०.  बौद्धिक निकासमा युगपुरुषको अवतरणको धारणा

हे पाठकगण ! यो युग पूर्णतः बौद्धिक युगमा परिणत भएको थियो । कोही पनि व्यक्ति कुनै पनि समय अनेकन असन्तोषपूर्ण चिन्तनयुक्त प्रश्नहरुको समाधान खोज्ने गर्दथे । विशेष युगलाई घाइते गर्ने ब्राह्मणवाद विरुद्ध सामान्यजन पूरै खनिएको स्थिति थियो । त्यसैले जो कोही कुनै पनि समय सयौँ थरीका चिन्तनमाझ पनि सान्दर्भिक भए पनि नभए पनि जानेपनि नजानेपनि ताल मिले पनि नमिले पनि अण्ठसण्ठै सही आफ्ना असन्तुष्टिहरु पोख्दथे । मायादेवी तथा प्रजापतिजस्ता बौद्धिकता भएका व्यक्तिहरुका कुरा ता अलग्गै हुने नै भयो ।

मायादेवीले अमितोदनतिर हेर्दै भनिन्- ूहे देवरराजा ! हामी हजारौँ देश तथा समुदायहरुमा प्रचलनमा आएर वर्षौंदेखि विवादमा समेत रहेको यज्ञयज्ञादि विषयमा कुरा गर्दैछौँ । यसबारेमा धेरैका धेरै मतहरु छन् । हामीजस्ता सामान्यजन पूर्णतः दिकभ्रमित छौँ । आजको यो यज्ञको विषयको चर्चा पनि यस्तै भ्रममा परेर पुत्रेष्ठी यज्ञ गर्ने लोभको कारणले उब्जिएको हो । हाम्रा सन्तानको चाहना हाम्रालागि अहमको कुरा हो । त्यो आफ्नै ठाउँमा छ । यता हामीलाई लागेको छ कि यस्ता भ्रमहरुको निवारण हुनै पर्छ । यज्ञको सार्थकता मेटिइसकेको अवस्था भए पनि विकल्पमा कुनै आस्थाले ओत नपाएको कारणले समस्त आर्यावर्त अन्यौलमा छ । कोही वेद मान्ने कोही नमान्ने छन्- कोही यज्ञ नै सर्वोपरी भन्ने छन् भने कोही यो बाहुनहरुका मागिखाने भँडो भन्ने छन् – कोही मोक्षको लागि संन्यासी बन्ने छन् – कोही देहदण्ड गर्ने – कोही भगवान् खुशी पार्न भजन गर्ने छन् – कोही पूजाआजा गर्ने – कोही बलि दिने छन् – कोही अिहंसा परमोधर्म भन्ने छन् – कोही परलोक सिधार्न अनेक आत्मशुद्धिका उपायहरु गर्नेछन् – कोही रिण गरेर पनि घीउ नै खानुपर्छ मरेर लानु केही छैन भन्ने छन् । सम्पूर्ण आर्यावर्त अलमल्ल र दिकभ्रभित छन् । एउटा न एउटा बाटो निकाल्नुपर्छ होइन र के यसको लागि विद्वान््हरुको एउटा सङ्गति बोलाए ठीक नहोला यो त युगकै माग भइसकेको छ । तपाईंको के विचार छ ?ू

प्रजापतिले पनि देवर अमितोदनलाई सम्बोधन गर्दै कुरा थपिन्- ूहे विद्वान् अमितोदन ! राज्य वा राजाको कर्तव्य हो यस्तै दिकभ्रमित अवस्थामा अगुवाई गर्नु । यस अँधेरोमा बाटो पहिल्याउन प्रकाशको आवश्यकता छ । हाम्रा सन्तानोत्पादनका विषय त तपसिलका कुरा हुन् । उज्यालो पाएपछि बाटो अवश्यै मिल्ने छ । के विद्वान् हरुको सङ्गति बोलाउन उपयुक्त नहोला ?ू

अमितोदन- ूहे भाउजु महारानीद्वय ! हजूरहरुको प्रश्न र चिन्ताको विषय अति समसामयिक र विद्वत्सम्मत छन् । तर यो अन्यौलको अन्त्य कुनै एउटा सङ्गतिबाट हुने म देख्दिँन । किनभने यो युगौँयुगको जेलिएको प्रश्न हो । यतिखेर सयौँ सम्प्रदाय यसमा होमिएका छन् । परस्पर शास्त्रार्थ गर्दै ध्रुवीकृत हुने प्रक्रियामा छन् । कालान्तरमा यसै प्रक्रियाबाट एउटा निर्क्यौल अवश्यै निस्कने छ ।ू

मायादेवी- ूआशैमा बसेर यसको निराकरण होला तिर्खा लागेपछि बलात कुलो निर्माण गर्नु युक्तिसङ्गत होइन र खोला त आफूतिर आउँदैन नि ?ू

अमितोदन- ूहे भाउजु ! हामी कुलो निर्माण गर्दै नै छौँ । युगसापेक्ष भएर होइन कि युगलाई आफू सापेक्ष बनाउनुपर्ने हजूरको क्रान्तिकारी मतको म कदर गर्दछु । जनमानसले साचालन गरेको युग ढिलोचाँडो मात्र हो कदाचित पछाडि छैन । युग त्यतैतिर अग्रसर छ ।

मायादेवी- ूत्यसो भनेर आफूलेचाहिँ केही गर्नुपर्दैन ? कुलो नखनी पानी खेतमा आउँछ ?ू

अमितोदन- ूठीक भन्नुभो कुलो खन्नै पर्छ । तर जबर्जस्तीले त्यो हुन्न । राजा हुँ भन्दैमा कुनै कुरा जनतामा निरङ्कुश पारामा लाद्न सकिँदैन ।ू

मायादेवी- ूराजाको हैसियतमा नसही कहीँ कतै कसैले त त्यो पहल गर्नुपर् यो नि ।ू

अमितोदन- ूयतिखेर धेरै दार्शनिकहरु त्यसैको चिन्तनमा छन् । पुराना घरलाई नकार्ने युगान्तकारी पहल शुरु भइसकेको छ । तर नयाँ घर नबनिसकेको स्थिति छ । कता कुन दिशामा संक्रमण गर्ने त्यो निर्देश गर्ने सटिक अगुवा ननिस्केको अवस्था मात्र हो । तर पहल शुरु भइसकेको छ ।ू

मायादेवी- ूके तपाईं त्यस्ता युगान्तकारी नेतृत्व दिने अगुवाको अवतरणमा आशावान् हुनुहुन्छ ?ू

अमितोदन- ूछु । एकदमै छु । त्यस्तो व्यक्तिको अवतरण हुनु कुनै अस्वाभाविक प्रघटना होइन । हरेक युगमा त्यो भइआएकै हो । यो युगमा पनि हुने छ र पछि पनि हुनेछन् । यो शाश्वत प्रकि्रया हो । जब थोत्रा मूल्यहरु बेकामे हुन्छन् र तिनले जब मान्छेका आवश्यकतालाई पूरा गर्दैनन् उल्टै जब ती नै मान्छेको स्वतन्त्रतामाथि हावी हुन्छन् तिनलाई मर्दन गरेर युगान्तकारी नयाँ मूल्यको दिशा निर्देश गर्ने कोही न कोही क्षमतावान् प्रगतिशील व्यक्तित्वको अवतरण हुन्छ नै । जसरी श्रीरामले परशुरामको ब्राह्मणवादी पराक्रमलाई मर्दन गरी ब्राह्मणयुगलाई घुँडा टेकाएर क्षेत्रीहरुको समावेशी श्रेष्ठताको स्थापना गरे जसरी वासुदेव श्रीकृष्णले िहंस्रक यज्ञसंस्कृतिलाई दमन गर्दै अिहंसा र चिन्तनको युगलाई शुरुवात गरे त्यसरी यो अन्यौलको युगलाई अन्त्य गरेर नयाँ दिशा निर्देश गर्ने कोही न कोही युगपुरुषको प्रादुर्भाव हुनै पर्छ । यो समाजको स्वाभाविक नियम हो । हे भाउज्यू ! एउटा नवयुग स्थापना हुनेबित्तिकै सबै निर्माणहरुको त्यहाँ नै स्थगन हुन्छन् भन्ने छैन । थप आकर्षणमा थप परिवर्तनको लागि युग सङ्घर्षमयी ढङ्गले अगाडि बढ्दछ । आयावर्तमा धेरै ऋषिमुनिका साथै राम र कृष्णले आफ्ना युगलाई अगाडि बढाए । यता थप परिवर्तनको लागि सङ्घर्षहरु भइनै रहेका छन् । हाल ६३ वटा उपल्लै दर्जाका दार्शनिक संस्थाहरुका आचार्यहरु आफ्नै हिसाबले लागिपरेका छन् । त्यस्तै कैयूँ नास्तिक परम्पराका दार्शनिकहरु पनि त्यसरी नै लागिपरेका छन् । हजूरले चाहनुभएका सङ्गति दिन प्रतिदिन उनै संस्थागत तीर्थहरुमा अविरल साचालित छन् । हामी पनि आफ्ना विद्रोहहरु पोखेर उनीहरुलाई उर्जा प्रदान गर्दै आउँदै  छौं  । हाम्रा यिनै ऊर्जाहरुलाई समेटेर कुनै युगपुरुषको उदय हुनेछ । जबजब युग थोत्रिएर जान्छ तबतब प्रगतिशील युगपुरुषको आवश्यकता हुन्छ । त्यस्ता युगपुरुषहरु अवतरित हुन्छन् नै ।ू

प्रजापति- ूके उसोभए तपाईं पनि भगवान्को अवतारलाई मान्नुहुन्छ कृष्णले गीतामा भने  झैं  विष्णु नै अवतरित हुने कुरामा तपाईं विश्वस्त हुनुहुन्छ ?ू

अमितोदन- ूपुर्खाहरुले जनमानसका पथप्रदर्शक अगुवालाई देउतासरीका अवतार मानेका छन् । पथप्रदर्शक अगुवालाई देउता मान्ने हाम्रो संस्कृतिको म पूजक हुँ । तर उनमा अलौकिकता थपेर देउता बनाउँदै मान्छेजातिको मानमर्दन गर्ने परिपाटीको म आलोचक हुँ । हे भाउजु ! एउटै व्यक्ति बारम्बार अलौकिक हिसाबमा अवतरित हुन्छ भन्ने कुरालाई म मान्दिन । लौकिक अगुवाको अवतरणको कुरा मात्र म      गर्दैछु ।ू

प्रजापति- ूश्रीकृष्णले भनेका ‘यदायदाहि धर्मस्य ग्लानिर्भवती भारत…’  ू

अमितोदनले बीचैमा कुरा काटे- ूश्रीकृष्णले म आफैं बारम्बार अवतरित भएर आउँछु भनेका कुरालाई म मान्दिन । श्रीकृष्णजस्ता विद्वत पुरुषले त्यसो भनेकै थिए भन्ने कुरामै म शङ्का व्यक्त गर्दछु । कथा वा गीताका सङ्कलनकर्ताले उनलाई बढी महान् बनाउन त्यसमा चलखेल गरेका हुन् भन्ने मेरो सोच छ । युगले यसको सङ्केतलाई अर्कै हिसाबमा लिनुपर्छ । जबजब सङ्क्रमण काल आउँदछ त्यसमा कोहीनकोही अगुवाइ गर्ने महान् युगान्तकारी मान्यताका उठान् गर्ने पुरुष आउँछन् भनेको हो भनेर बुझ्न पर्दछ । अलौकिक पुरुष नै अवतरित भएर आउँछन् भनेमा हामी मान्छे जातिकै मानमर्दन गरिरहेका हुन्छौँ ।ू

प्रजापति- ूउसोभए तपाईंको मतलव हो- त्यो अवतार मान्छेले नै बनाउने हो । होइन त ?ू

अमितोदन- ूहो मान्छेभन्दा पर जानवर वा निर्जीव वस्तुमा´ उनको कुनै अस्तित्व छैन । मान्छेले नै उनलाई र उनका कुरालाई नस्वीकारे उनको अस्तित्व छैन । हरेक युगमा हामीजस्ता सामान्यजनले नै सामाजिक अभिमत दिएर यस्ता युगपुरुषहरुको निर्माण गर्दछौँ । अनि त्यसरी नै हरेक युगमा त्यस्ता युगपुरुषहरु वहुसङ्ख्यक जनताको हितमा निरन्तर अवतरित भइ रहनेछन् ।ू

प्रजापति- ूत्यो अवतार माथि कसरी अर्को अवतार आउँछ ?ू

अमितोदन- ूजबजब कुनै पनि व्यक्ति मूल्य वा संस्थाहरुबाट जनहित हुने कुरामा अगुवाइ निस्तेज हुन लाग्दछ तब सङ्क्रमणको युग आउँछ । श्रीकृष्णले ‘यदायदाहि धर्मस्य ग्लानिर्भवती भारत’ … भनेर भनेका नै त्यही हो । धर्मको नास भनेको जनहित गर्ने मूल्यको नास भएको स्थिति भनेका हुन् । सप्तर्षि कपिलमुनि राम कृष्ण आदि महापुरुषहरु हाम्रा ऐतिहासिक अगुवा हुन् । उनीहरुका योगदानको कदर आफ्नै ठाउँमा हुनुपर्छ । तर आजको यो विकसित समाज उनीहरुले स्थापित गरेका मान्यताहरुमा सीमित नरही नयाँनयाँ भोकका साथ अगाडि बढिसकेको छ । हरयुगमा हामीजस्ता सामान्यजनले यस्तै भोका प्रश्नहरुबाट आफ्ना युगपुरुषको निर्माण गर्दछ । यस्तै हामीजस्तै भोका जमातबाटै हर सङ्क्रमणमा नयाँनयाँ बाटाहरु संयोजित गर्दै नयाँनयाँ युगपुरुषको अवतरण हुन्छ ।ू

अमितोदनको कुरामा सबै हराए । नतमस्तक भए । केहीबेर सबै चूप रहे के बोल्ने भन्ने कुरामा कसैको केही विचार आएन । अमितोदन अन्ततः ठट्टामा बोले- ूत्यसैले कसैले पनि चिहानमा पुगिसकेको पुत्रेष्ठी यज्ञ गर्ने सोच नराखौँ ।

मायादेवीले ठट्टामै थपिहालिन्- ूयो गणतन्त्री देशमा …ू

प्रजापतिले पनि थपिन्- ूविशेष गरी यो प्रगतिशील देशमा …ू

शुद्धोदन किन पछाडि पर्थे । उनले पनि थपे – ूअझ यो प्रगतिशील चिन्तनशील युगमा … ू

सबै गलल हाँसे । कुरा एक हिसाबले सकिएकै समान भयो ।


११. सन्तानोत्पादनको लागि प्रयास

हे पाठकगण ! प्रजापतिले एकै छिनमा थरीथरीका पकुवानहरु अगाडि पछाडि बोकाउँदै त्यहाँ ल्याइन् । सबैको ध्यान त्यतै मोडियो । खीर हरिणको मासु बँदेलको मासु गुन्द्रुकको अचार र चिउरा सालको टपरीमा ल्याइए । सँगै थिए दुनामा आलुतामा र बोडीको रस । सबैले आनन्दसँग टपाटप खाए । एउटीले कोदोको छुङ पनि राखिदिइन् । लाए ठाडो घाँटी सबैले ।

खाना खाएर केही आराम गरिरहेको बेलामा शुद्धोदन बोले- ूहे विद्वान् द्वय ! हामीहरु निसन्तान भएकाले अति व्याकुल छौँ । सन्तान उत्पादनको लागि हामीले हिमवतखण्ड र आर्यावर्तभरिका प्रचलित अनेकन विधिहरु अपनायौँ । तर सफल हुन सकेनौँ । म ५२ वर्षको भइसकेँ ।*

* शुद्धोदनको उमेरसम्बन्धी तथ्य स्रोत मैले पाइँन । घनश्याम राजकर्णिकारज्यूलाई मैले यसबारे प्रश्न राखेको थिएँ । उहाँले बुद्ध विहार भृकुटीमण्डपका भिक्षु सुशिलबाट सूचना लिई मलाई बताउनुभयो कि बुद्ध जन्मदा शुद्धोदनको उमेर ५४ वर्ष थियो । त्यस तथ्यको स्रोत भने भिक्षु सुशिलले बिस्रनुभएको रहेछ । मैले यही वार्तास्रोतलाई उपयोग गरेको छु । – लेखक

महारानीहरु पनि अब सन्तान पाउन सक्ने उमेरहदको नगिचै ४४ र ४५ वर्ष पुगिसकेका छन् । यसैमा आत्तिएर यो पुत्रेष्ठी यज्ञजस्तो अन्धविधि अपनाउने विचार आएको हो । तपाईंहरुको विचारमा अरु हामी के गर्न सक्छौँ जसको कारणले हामीलाई सन्तान प्राप्ति होस् !ू

उदायी- ूहे महाराज ! हजूरहरुबाट दान धर्म जप पूजा पाठ जरिबुटी तन्त्रमन्त्र सबैको उपयोग भइसकेको छ । संयम धारण गर्नुहोस् । भगवान्ले हजूरको प्रार्थना सुन्ने छन् ।ू

अमितोदन- ूहे दाज्यै महाराज ! सानो मुखको ठूलो कुरा होला । भाग्य र भगवान्माथिको भरोसाले हुने केही छैन । भौतिक प्रयत्न गर्नुपर्छ । हे महाराज ! सन्तानप्राप्तिको लागि जम्मा तीनवटा भौतिक उपायहरु विश्वसनीय छन् । जस्तै पहिलो हो महाराजले उमेरकी कन्यामा रितुदान गर्ने । दोस्रो हो महारानीहरुले उमेरको युवाबाट रितुदान लिने । र तेस्रो हो हजूरहरु तीनैजनाले उर्वरतावद्र्धक उपचारको प्रयोग गर्ने । हे महाराज ! अघिल्ला दुई उपायहरु प्रचलित चलनअनुशार हजुरहरुलाई मान्य हुने छैन भन्ने सोची मैले पछिल्लो उपायको लागि एउटा व्यवस्था गरेको छु । म स्वयंले हिमालयतिर उम्रने यार्चागुम्बा**
भन्ने अति शक्तिशाली जडीबुटी र हिमालयतिरकै चट्टानमा पाइने शिलाजित भन्ने औषधि नेपालदेशबाट मगाएको थिएँ । त्यो हिजैमात्र आइपुग्यो र मैले एकैछिन अघिमात्र भान्साकोठामा गएर त्यसलाई पिसेर ल्याउन अह्राएको छु । भाउजुहरु समेत हजूरले पनि केही महिनासम्म यसको रस निरन्तर सेवन गर्नुभएमा गर्भ रहन सक्ने संभावना हुनेछ ।ू

**  “करिब २००० वर्षदेखि चिनियाँहरुले यसलाई शक्तिवद्र्धक औषधिको रुपमा प्रयोग गर्दै आइरहेका छन् । … नेपाल हर्बल उत्पादक सङ्घद्वारा प्रकाशित यार्चागुम्बा भन्ने किताबमा सन् १९८२ मा चिकित्सा शास्त्रसम्बन्धी चिनिया प्रतिष्ठानले यार्चाको प्रयोग गरेर उत्पादन गरेको ‘जीन सुइ वावो’ नामक क्याप्सुल थकाई नपुंसकता र कमजोरी हटाउन लाभदायी भएको उल्लेख छ ।” -हिमाल; वर्ष १७; अङ्क ०८ पूर्णाङ्क; साउन ०६४ पृ. ५८ ।

अमितोदनका कुराले सबैजना दंग परे । अमितोदन भान्साकोठातिर फर्केर बोले- ूए सुन्नुहोस् त ! अघि पिस्न दिएको औषधी यहाँ ल्याउनुहोस् त ।ू

एउटी सुसारेले त्यॊ औषधि ल्याई । तर तिनको अनुहार कत्ति हँसिलो थिएन । अमितोदनलाई रमाइलो गर्ने मसला मिलिहाल्यो प्याच्च बोले- ूतिमीलाईचाहिँ यो औषधिसँग के चित्त बुझेन र मुख अँध्यारो ?ू

दुःखी सुसारे वाल्ल परिन् । आत्तिइन् नै । प्रजापतिले बीचबचाउ गर्दै भावुकतासाथ बोलिन्- ूबिचरीलाई बज्रपात भएको छ । तपाईंलाईचाहिँ रमाइलो छ होइन ?ू

मायादेवी- ूहो भन्या ! यस्तो उमेरमा लोग्नेले संन्यास लिएर हिँडिदियो । कसरी हाँस्न सकोस् !ू

अमितोदनको मनस्थितिमा गम्भीरता आयो र बोले- ूको हुन् ती यिनका लोग्ने ?ू

प्रजापति- ूडल्ले सार्की । हेर्नोस् त ज्ञान न गुणका त्यो मूर्ख स्वास्नी छोराछोरी भोकै छाडेर झगडा भएकै कारणले संन्यासी बनेर हिँडेछ ।ू

पिसेर ल्याइएको त्यो औषधिमा अमितोदन केही पानी मिसाए र कपडछान गर्न व्यस्त भए । धेरै बेरसम्म चूप रहेका शुद्धोदन अब उत्रिए वार्तालापमा ।

शुद्धोदन- ूहे विद्वान् उदायी तथा अमितोदन ! यज्ञको सर्वसत्ता ढलेर जब समाजमा मोक्षको सिद्धान्त प्रचलित हुन लाग्यो तब मान्छेहरु आत्मविद्या र तपश्चर्यातर्फ प्रेरित भएर धेरै सङ्ख्यामा वैरागी हुन लागेका छन् । हाम्रै गणराज्यमा यस्ता संन्यास लिनेहरुको सङ्ख्या दिनप्रतिदिन बढ्दो छ । जान्ने नजान्ने सबै यसतर्फ अग्रसर छन् । विशेषगरी बृज्जीसङ्घका ज्ञातृकगणका राजकुमार महाबीर वद्र्धमानले केही वर्षअगि संन्यास लिएर तपस्या गर्न गएपछि त ज्ञानका भोका समुदाय उनैका सिकोबाट धेरै प्रभावित छन् ।*** सामान्य व्यक्ति पनि केही आत्मज्ञान पाएको वा पाउँदै गरेको अनुभूतिमा गृहस्थ जीवन एउटा अवरोध हुन सक्छ भन्ने डरकासाथ वा पतित हुने डरले सामान्य लहड्मा पहेँलो रङमा कपडा रङाएर यस भीडमा सामेल भएका छन् । यसरी त समाज कसरी निरन्तरित हुन्छ गाउँगाउँ खालि बन्दैछ । के यो चिन्ताको विषय होइन ?ू

*** रायचौधुरी मजुमदार; प्राचीन भारत भारतका वृहत् इतिहास प्रथम भाग पृ. ७१-७३ मा महाबीरको मृत्यु इ.पु. ५२८ र बुद्धको मृत्यु ५६६ भन्ने दिइएको छ । त्यसअनुसार उनीहरुका मृत्यु हुँदाको उमेर क्रमशः ७२ र ८० लाई हिसाब गर्दा जन्म क्रमशः इ.पु. ६०० र ५६६ हुन आउँछ । यसले बु झlउँछ महाबीर बुद्धभन्दा ३४ वर्ष जेठा थिए र बुद्धको जन्म हुन एक वर्ष अगाडिको यो समयमा महाबीरको उमेर ३३ वर्ष हुन्छ । यस अनुसार महाबीर यतिखेर तपश्चर्यामा लागेका ३ वर्ष हुन आउँछ ।

उदायी- ूहे महाराज ! माफी चाहन्छु । यसमा मेरो विचार केही फरक छ । कुनै पनि व्यक्तिमा आत्मचिन्तनको विकास पछि साधनाहरुबाट हुन्न भनेर सोच्नु मिल्दैन भन्ने मलाई लाग्छ । शुरुवात भनेको बाजरभूमिमै हुन्छ । खनजोत भएपछि बाजरमूमिमै उत्पादन राम्रो हुन्छ । डल्लेसार्कीजस्तो मूर्खमा पनि संासारिक प्रपाचबाट मुक्तिको चाहना हुनु सामान्य कुरा हुँदै होइन । उनले बाटो समातेका छन् । उनी त्यता प्रवृत छन् । त्यही ठूलो कुरा हो ।ू

अमितोदन औषधिको कपडछानमै ध्यान गाढ्दै कुरो टुङ्गयाउने हिसाबमा बोले- ूडल्ले सार्की युगपुरुषको निर्माणको लागि अग्रसर छन् । ममा त्यो साहस स्वास्नीसँग दिनहुँ झगडा हुँदा पनि आएको छैन । युगपुरुषको निर्माणमा सायद हाम्रोभन्दा डल्लेको योगदान बढी महŒवपूर्ण बन्दैछ ।ू

सबै गलल हाँसे । प्रजापति केही चित्त नबुझेको लवजमा बोलिन्- ूक्या मुख छ । यस्तो गम्भीर कुरालाई पनि त्यसरी समान्यिकरण गर्ने ।ू

मायादेवी- ूतथापि आफ्नो कुरा त गहन ढङ्गमा भन्नुभाकै हो बाबुले ।ू

शुद्धोदन चूप थिए । उनमा असन्तुष्टि पूरै व्याप्त थियो । अमितोदनको बोल्ने मनसाय देखिएन । शुद्धोदनको मनोवस्था हेरेर सबै केहीबेर चूप भए ।

प्रजापति बोलिन्- ूयस्तो लाग्छ अब सबैका मुखमा बुझो लाग्यो !ू

अमितोदनले कपडछान प्रक्रिया सिध्याइसकेका थिए । एउटा बटुकोमा रस भरेर प्रजापतिलाई दिँदै बोले- ूअब हजूरको मुखमा पनि यो रसले बुझो हाल्नुपर् यो ।ू

सबै हाँसे । अमितोदनले मायादेवी र शुद्धोदनलाई पनि एकएक बटुको औषधि दिए । उदायीले सँस्कृतको श्लोक उच्चारण गरेर शुभकामना व्यक्त गरे- ूमङ्गलं भगवान् विष्णुर्मङ्गल गरुडध्वज …।ू

अमितोदन पनि साथसाथै बोले- ूलौ मचाहिँ आफ्नै मातृभाषामा शुभकामना व्यक्त गर्दछु । ‘शुभकामना ।’ यसको साथै म भन्दछु कि हाम्रा त शुभकामना मात्र हुन् । कार्यसिद्धि हुनु र नहुनुमा हजूरहरुमै भर पर्दछ । यस औषधिको सेवन केही महीनासम्म नियमित र ठीक ढङ्गमा गर्नुपर्नेछ ।ू

प्रजापतिले रमाइलो मान्दै भनिन्- ूजो आज्ञा श्रीमन् देवरजी !ू

तीनै जनाले आआफ्ना औषधिको बटुकोलाई निधारसम्म पुर् याएर ढोगे । अनि एकै घुड्कोमा सबैले बटुको रित्याए । उदायी र अमितोदन दुबैले ताली पड्काए टररर…।

अमितोदन दुःखी सर्किनी सुसारेलाई सम्बोधन गर्दै बोले- ूए सर्किनी भाउजु ! लौ यो औषधि देखेर तिमी रिसाएकी हौइनौ भने ताली बजाऊ ।ू

सर्किनी भाउजुले पनि हाँस्दै ताली बजाइन् । सबै मज्जाले रमाए र ताली थपे टररर…।
——

 १२.  सन्तानप्राप्तिको लागि अन्यन्य प्रयाश

हे पाठकगण ! अब राजा र महारानीहरु हरेक दिन सन्तानोत्पादनको प्रत्याशाले प्रफूल्लित थिए । उनीहरुले त्यस जरीबुटीलाई बडो श्रद्धाका साथ नियमितरुपमा सेवन गरे । त्यस सेवनबाट शरीरमा अर्कै स्फूर्ति आउन लागेको समेत उनीहरु तीनैजनाले अनुभव गर्न लागे । उनीहरुले यो अवस्थाबारेमा अमितोदनलाई पनि सहर्ष बताए ।

अमितोदन- ूहे दाजैज्यू तथा भाउजुद्वय ! यस औषधिको उपयोगबाट फाइदा भएको हजूरहरुमा अनुभव भयो । यसलाई अरु प्रभाकारी बनाउन हजूरहरुले हरेक साँ´ बिहान सामान्य प्राणायाम र सूक्ष्म योगाभ्यास गर्नुभएमा अवश्यै यसले धेरै फरक पार्ने छ । म अहिले नै हजूरहरुलाई त्यसका सामान्य विधिहरु सिकाएर जानेछु । हजूरहरु तीनैजनाले बिहान बेलुकी एकएक घडी अभ्यास गर्नुपर्ने छ । सदा एकसाथ गरेमा हजूरहरुलाई रमाइलो पनि हुनेछ ।ू

प्रजापति- ूहे कान्छाबाबु ! हामी स्त्रीजातिलाई केको जोगीहरुले गर्ने योगाभ्यास गराउनुहुन्छ । हामी त गर्दैनौँ । आफ्नै दाजुलाई मात्र गराउनुहोस् ।ू

अमितोदन- ूहे भाउजु ! प्राणायाम र योगाभ्यास भनेको पुरुषहरुले मात्र गरिने कुरा होइनन् । स्वास्थ्यलाई सुधार्ने वा निरन्तरित गर्ने यी विधि स्त्रीपुरुष दुबैको लागि उत्तिकै आवश्यकीय हुन् । यिनलाई सामान्य ढङ्गमा गरेपनि महŒवपूर्ण परिणाम हासिल गर्न सकिन्छ ।ू

मायादेवी- ूभो बाबु मलाई त लाजै लाग्छ । कस्तो उट्पटुङ हुन्छ त्यो योगासन भन्ने कुरा ।ू

अमितोदन- ूहजूरले त हठयोगको कुरा सोच्नुभएछ जसमा अनेकन चमत्कार गरिन्छ । म त सिर्फ सामान्य श्वासप्रश्वास र आसनहरुको विधि गर्नेमात्र भन्दैछु ।ू

मायादेवी हाँस्दै भनिन्- ूत्यो खुट्टा उछिटुउने अभ्यासचाहिँ म गर्दिन है । अहिले भन्देको छु ।ू

शुद्धोदन मरीमरी हाँस्दै बोले- ूक्या लाटी छन् यी ! आफ्नै कोठामा गर्दा त्यसमा के फरक पर्छ ?ू

मायादेवी हाँस्दै जिद्दीसाथ भनिन्- ूत्यो त म मरे नि गर्दिंन भो ?ू

अमितोदन- ूहजूरलाई हजूरकै अनुकूलमात्र सिकाउँछु नि त किन विवाद गरिराख्ने ?ू

मायादेवी हाँस्दै शुद्धोदनलाई भनिन्- ूहो बुद्धिमानका कुरा यस्ता हुन्छन् । बुझ्नुभो ?ू

अमितोदन हाँस्दै पलेँटी कसेर बसे र पहिले प्राणायामका अनुलोम विलोमका पद्धति सिकाए । पहिले ती तीनै जनालाई आफू बसे झैं गरी बस्न लगाए अनि एकातिर नाकको प्वाल थुनेर अर्कापट्टिका प्वालबाट फोक्सोभरि सास तान्न लगाए । त्यसपछि थुनेको प्वाललाई खोल्न र खोलेकालाई बन्द गर्न लगाएर पूरै सास छोड्न लगाए । यसरी धेरैपल्ट लामालामा सास तान्न लगाए । महारानीहरुलाई त केहीबेर यसेा गर्दा रिँगटा नै लाग्यो ।

प्रजापतिले त भनिन् पनि- ूमार्ने भए कि क्याहो यी शाक्यका छोराले कस्तो रिँगटा लाग्यो ।ू

मायादेवी- ूमलाई त शरीरभरि झमझम  भइरहेको छ ।ू

शुद्धोदन- ूएकछिन बिसाऊ अनि ठीक भइहाल्छ ।ू

अमितोदन- ूहजूरहरु एकछिन बिसाउनुहोस् । म त्यतिाजेल अर्को विधि बताउँछु ।ू

उनले अब वाह्य प्राणायाम सिकाए । यसपल्ट उनले नाकका दुबै प्वाल खुला राखे र फोक्सोभरि सास ताने अनि त्यस सासलाई पूरै खालि हुने गरी बाहिर फाले । यसरी तान्ने र फाल्ने प्रकि्रया उनले बारम्बार गरेर देखाए । तीनै जनाले यो अभ्यास पनि निकैबेरसम्म गरे । तर फेरि पनि दुबै रानीहरुका गुनासा उही भए । एकै छिनमा उनीहरुलाई रिङ्गटा लाग्ने र शरीर झमझम  हुने भयो ।@साहित्य सङ्ग्रहालय डट कम

रानीहरुले एकछिन बिसाउन चाहे । त्यतिाजेल अमितोदनले कपालभाति भन्ने अर्को विधि प्रदर्शन गरे । उनले फोक्सोबाट खलाँतिले झैं श्वास तान्दै झड्कासाथ बाहिर फेँके । यो त सबैलाई झनै सजिलो लाग्यो । सबैले एकसाथ निकैबेरसम्म गरे । यसले पनि रानीहरु दुबैलाई रिङ्गटा लाग्ने र शरीर झमझम भयो ।

फेरि रानीहरु दुबैले केही क्षण बिसाए । त्यसपछि अमितोदनले अर्को विधि पनि सिकाए । पहिले उनले लामो सास ताने अनि फेाक्सोबाट सबै सास रित्तिनेगरी धीमा गतिमा बाहिर फाले । रित्तिएको पेटलाई उनले एकछिन टक्क रोके र वेस्सरी तल र माथि खुम्च्याएर देखाए । सास नफुलुाजेल सास रोकेर उनले घोक्रो फुलाएरै यो विधि गरे । तिनै जनाले उनले जेजे गरे गर्दै रहे । तर रित्तो पेटलाई तल र माथि नचाउन भने सकेनन् । प्रजापति र मायादेवी त यसो गर्दा मरीमरी हाँसे पनि ।

केही बेरपछि प्रजापतिले भनिन्- ूयोचाहिँ रिङ्गटा लागेको बेला गर्नुपर्ने रहेछ । तर पेट नचाउन चाहिँ सकिएन ।ू

अमितोदन- ूयो पेट तलमाथि गर्ने कुरा लामो अभ्यास पछिमात्र सम्भव हुन्छ । तै पनि यो गर्न नछाड्नु होला । अनि अर्को छ ‘भस्त्रिका’ भन्ने प्राणायाम । यो वाह्य प्राणायामभन्दा धेरै फरक छैन । त्यही भित्र लिइएको वायुलाई नरोकी उस्तै धीमा गतिमा पूरै बाहिर फाल्नुपर्छ । भइहाल्छ । जस्तै हेर्नुहोस् कसरी गर्नपर्छ म देखाउँछु ।ू

राजा र रानीहरु हेर्नलागे । अमितोदनले लामो सास ताने अनि फोक्सोबाट सबै सास रित्तिनेगरी बिस्तारै बाहिर फाले । फेरि त्यसरी नै सास ताने र त्यसरी नै बाहिर फाले । तीनपल्ट सास भित्र बाहिर गरेपछि बोले- ूकम्तिामा यस्तो पन्ध्रबीसपल्ट गर्नुहोला ।ू

मायादेवी खुशी हुँदै बोलिहालिन्- ूलौ यो चाहिँ सजिलो रहेछ र अचाक्लीको नक्कल पनि गर्न नपर्ने रहेछ । म त यही गर्छु ।ू

अमितोदनले भने- ूत्यसरी एकैमात्र विधि गर्ने होइन । सबै विधिहरुलाई नियमपूर्वक गर्नुपर्छ अनिमात्र सोचेअनुरुपका फाइदा हुनसक्छ । हे भाउजु ! प्राणायामले शरीरभित्र अकूत प्राणवायु प्रसार गर्दछ । प्राणवायुले शरीरमा भएका विकारहरुलाई दाहन गर्न शरीरमा नयाँ उर्जा प्रदान गर्न र रोगविरुद्ध प्रतिरोधक शक्ति निर्माण गर्नसमेत मद्दत पुर् याउँदछ । शरीरमा जत्ति प्राणवायु उपलव्ध हुन्छ त्यत्ति शरीरस्वास्थ्यमा अनुकूलता बढ्दछ । हामी सामान्य स्थितिमा फोक्सोभरिको सास फेर्दैनौँ । यसो हुँदा शरीरलाई सामान्य हिसाबमा मात्र प्राणवायुको आपूर्ति भइरहेको हुन्छ । त्यति आपूर्ति शरीर साचालनकै लागि त पर्याप्त हुन्छ तर शरीरमा भएका विकारहरुलाई दाहन गर्न नयाँ उर्जा प्रदान गर्न र शरीरमा प्रतिरोधक शक्ति निर्माण गर्न पर्याप्त हुन्नन् । यसले गर्दा शरीरमा रोगका लागि धेरै संभावनाहरु बढेर जान्छन् । प्राणायामले शरीरमा अकूत प्राणवायु प्रसारण गर्ने हुँदा शरीरका विकारहरुलाई दाहन गरी बाहिर निश्कासन गर्न नयाँ उर्जा प्रदान गर्न र प्रतिरोधक शक्तिसमेत प्रवद्र्धन गर्न मद्दत पुर् याउँदछ । जसको फलस्वरुप शरीर सदा सुनियन्त्रित सुसङ्गठित सन्तुलित र स्वस्थ रहन जान्छ । स्वस्थ शरीर गर्भाधानको लागि आदर्शतम आवश्यकता हो । प्राणायामबाट स्त्रीहरुमा स्वस्थ महीनावारी भई गर्भाधानको लागि अनुकूल अवस्था सिर्जना हुनेछ भने पुरुषमा स्वस्थ वीर्यहरुको निर्माण हुन सघाउ पुग्नेछ । हामीलाई थाहा छैन हजूरहरुमा कुनकुन कमीकमजोरीहरुले गर्दा यो उमेरसम्म गर्भाधान हुन सकिरहेको छैन । ती जेजे छन् सबैलाई यी विधिहरुले सामान्य ढङ्गमा नियन्त्रित गर्न र शरीरलाई गर्भाधान अनुकूल गर्न मद्दत पुर् याउने छ । साथमा हामीहरु औषधिको प्रयोग त गरिरहेकै छौँ । यी दुबै विधि एकाअर्काका परिपूरक हुनेछन् ।ू

तीनैजनाले एकछिन आराम गर्न चाहे । अमितोदनले उनीहरुलाई मकरासनमा राखेर आराम गर्न लगाए । यसैबेलामा उनले भन्न लागे- ूसुन्नुहोस् केही सूक्ष्म योगाभ्यासहरुले शरीरको स्वास्थ्यमा अनुकूलता दिने हुँदा ती पनि म सिकाउन चाहन्छु । यी विधि भनेको सिर्फ हात खुट्टा कम्मर गर्दन र ढाडलाई सदा लचिलो र फूर्तिलो राख्नको लागि हो । सूक्ष्म योगाभ्यास वाह्य शारीरिक अनुकूलताको लागि हो तथापि यसले मानसिक स्फूर्तिमा तथा शारीरिक स्वास्थ्यमा ठूलै भूमिका खेल्ने छ । त्यसैले मैले यो पनि सिकाउन चाहेको हुँ ।ू

त्यसपछि उनले विभिन्न आसनमा रहेर कसरी क्रमशः खुट्टाका औँला कुर्कुच्चा घुँडा पुट्ठा कम्मर कुम कुइना नारी हातका औँला आदिका जोर्नीहरु र तन्तुहरुलाई तन्काउने र तन्दुरुस्त राख्ने अनि कसरी ढाड र गर्दनका नसाहरु तन्काउने विधि समेत सिकाए ।

हे पाठकगण ! त्यसै दिनदेखि ती तीनैजनाले नियमित रुपमा प्राणायाम र सूक्ष्म योगाभ्यास पनि गर्न लागे । नभन्दै दोस्रै दिनदेखि उनीहरुमा अर्कै स्फूर्ति दौडन लागेको अनुभव भयो । तब त अरु उत्साहित भएर अमितोदनको सल्लाहमा उनीहरुले खानपीनमा समेत ध्यान दिए । दूध फलफूल सागपात र मिष्ठान्नमा बढी जोड दिनलागे । मासु र मद्यपान त्यागि दिए । बिहान सबेरै उठ्ने साँझ समयमै ओछ्यान पस्ने । सदा मनलाई तन्दुरुस्त राख्न कुनै पनि हालतमा कसैलाई दुव्र्यवहार नगर्ने व्रत राखे । परम्परागत पूजाआजा र व्रतहरुको ता झन् कुरै भएन । सदा घरआँगन धूपले सुवासित हुन्थे । साँझ बिहान रात्रिमा एकनासले बत्तीहरु प्रज्ज्वलित हुन्थे भने सकेसम्म तीनैजना नसके रानीहरु दुईजना मात्रले बिहान श्रमणहरुको आध्यात्मिक प्रवचनहरु सुन्न जाने दिनमा मन्दिर गएर दीनदुःखीलाई दान दिने* कहिले उद्यानहरुको मनोरम सयर गर्ने यस्तैयस्तै मन शान्त र स्वस्थ राख्न हरेक प्रयत्न गरे ।

* त्यस वेला आर्यहरु यज्ञवेदीलाई मात्र पुज्दथे । मूर्ति मन्दिर पाठपूजा अर्चना भजन ब्रत आदि अनुष्ठान अनार्य तथा जनजातिहरुमा मात्र प्रचलित थियो । – लेखक । “आर्य हवन करतेथे निराकार की समाधि करते थे किन्तु द्रविडेाँ की पद्धति जनधर्म की पद्धति थी उसमे पत्र-पुष्प-चन्दनके साथ स्तुति-पाठ और जनरुचि के अनुकूल अनुष्ठान होते थे ।” -संस्कृति के चार अध्याय पृ. १९२

औषधि र प्राणायामले दिने शारीरिक अनुकूलता त तीनै जनामा स्थापित भएका थिए नै । अझ बढ्दो उत्साहका कारणले उनीहरुमा मानसिक अनुकूलतासमेत जाग्रत भयो । यसरी तीनैजनाको स्वास्थ्यमा उत्तम सुधार हुन गयो तथा स्वभावतः ढल्दोउमेर भए पनि उनीहरुमा यौवनको शालीन उत्तेजनाले घर गर्न लागे । अब उनीहरुमा एकसाथ रमाउने चाह र उत्तेजना बढ्न लाग्यो । रानी दुबैले राजालाई आफ्ना हरेक गतिविधिमा सामेल हुन निमन्त्रणा गरे । रानीहरुका आकर्षक व्यवहारले राजामा अर्कै जाँगर आयो । मानौँ अब भर्खरै ती तीनैजनामा यौवनावस्था पसे र नयाँ रौस उत्पन्न भयो । लाग्थ्यो भर्खरै उनीहरुबीच विवाह भएको छ र उनीहरु मधुमास बिताउने क्रममा छन् । राजा अब कुनैनकुनै निहुँमा दुबै रानीहरुसँग हुन चाहन्थे । संस्थागारको सभाबाहेक उनी हरबखत दुबै रानीको साथमा हुन्थे । राजकीय होस् कि सामाजिक कार्य होस् खेतकै काम होस् वा अन्य उठ्तिपुठ्तिमा जानुपर्ने होस् उनले सँधै रानीहरुलाई साथमा लिए ।

हे पाठकगण ! सदाको एकसाथले तीनैजनाको कामवासनामा आगोमा घीउ थपाइ भएका थिए । जहाँकही रात साँझ दिन वा बिहान घरको बैठकमा होस् वा शयनकक्षामा होस् उद्यान सयलमा होस् वा जलविहारमा होस् उनीहरु एकान्त चाहन्थे । एकान्त मिल्नेबित्तिकै तीनैजना एकसाथ यौनकृडामा होमिन्थे । लोग्ने एउटा र स्वास्नी दुईवटा । आपसी समझदारी भएपछि के लाग्दो रहेछ र लाज डर धक इर्ष्या  अपठारो केही नहुने रहेछ । बरु तीनतीनजनाको सहभागिताका हुँदा त्यहाँ रतिक्रियामा अनेकन विविधताका बाटाहरु भए । उनीहरुले पहिले कहिल्यै अनुभव नगरेका उत्तेजना र सन्तुष्टिसमेत त्यसै विविधतामा भए । त्यसैले भनौँ उनीहरु कहिल्यै नभएको रतिककृडामा एकनासले प्रवृत भए । कामवासना भनेको पनि यस्तै रहेछ जति हावा दियो उति प्रज्ज्वलित हुने ।

१३. मायादेवीमा गर्भस्थापना

हे पाठकगण ! आषाढको महिना थियो । यसै महिनामा शाक्य जाति सातदिनसम्म खेतमा प्रथम हलो जोताइको हिलेजात्रा गर्दथे । राजारानी तथा जनता समानरुपले यसमा भाग लिन्थे । पहिलो ६ दिनसम्म उनीहरु खेत खनजोत गर्ने पानी पटाउने हिलाम्य गर्ने आदि गर्दथे भने सातौँदिन अर्थात् आषाढपूर्णिमाको दिन धान रोप्ने जात्रा गर्दथे । राजा र रानी अब त मानसिक हिसाबले तन्नेरी तरुणी भएकै थिए जात्राको हिलो छुपाछुप पनि एउटा मनोराजक कडी हुन गयो । जनता मा´ पनि सबैका आँखा छल्दै शुद्धोदनले मौका पारीपारी मायादेवी र प्रजापति दुबैलाई कहिले गालामा च्वाप्प म्वाइखाने कहिले चिप्लेको निहुँ पारि च्याप्प अँगालोमा कस्ने गर्दथे । भीडमा लुकाईलुकाई गरिने खेलले ती तीनैजनालाई अतिनै उत्तेजना दिन्थ्यो र राती ती सबै उत्तेजनालाई उनीहरु संयुक्त खेलमा निभाउँथे ।

जात्राको सातौँ दिन आषाढपूर्णिमाको दिन साङ्गे गर्ने बेलामा थप आकर्षक कार्यक्रमहरु बनेका थिए । सोही अनुसार थरीथरीका खानाहरुका भोजसमेतको अनेक रमाइला कार्यक्रम भए । अन्ततः जनताले गणका सबै राजाहरु तथा महाराजालाई पनि हिलो घसेर खेतमा नचाए । शुद्धोदन दुबै रानीहरुसाथ नाचे । तीनैजना अति प्रफुल्लित थिए ।

कार्यक्रम सकेर दरबार फर्कदा झमक्कै रात परिसकेको थियो । तीनैजनाले एकसाथ स्नानागारमा नुहाए । त्यसदिन मायादेवीलाई बिहानैदेखि शरीरमा मिठो रोमााचन भइरहेथ्यो । पूर्णेको दिन त्यसै पनि मायादेवीलाई अचाक्लीको उत्तेजना हुने गर्दथ्यो । वाल्यकालदेखि नै तिनमा त्यस्तो विचित्रको समवेदनशीलता बढ्दथ्यो । कुनै हदमा कहिलेकाहीँ त मूच्र्छासम्म हुने गर्दथ्यो र घरपरिवारकाहरुले तिनलाई पूर्णे लागेकोसम्म भन्ने गर्दथे ।

हे पाठकगण ! यस बखत मायादेवीको डिम्बाशयमा एउटा डिम्ब परिपक्व भएर गर्भाशयमा आइसकेको थियो । गर्भाशयमा आएको डिम्ब शुक्रकीटसँगको मिलनको ताकमा रहने हुँदा सामान्य स्थितिमा समेत यस परिस्थितिले व्यक्तिलाई उत्तेजना दिएर शरीर आफैनै मूल प्रवृत्तिवश भाले खोज्ने रोमानचनमा हुन्थ्यो भने तिनलाई हुने पूर्णेको लगानले त झनै उक्साइ रहेथ्यो । दिनभरको रमाइलोले थपमा आगोमा घीउ थपिएको थियो । स्नान गरिरहँदा पनि तिनलाई अर्कै मिठो पागलपनाले छोपेको थियो । सदा दिदीलाई महाराजातिर धकेल्ने मायादेवी त्यसदिन पत्तै नपाई आफँै राजाको शरीरमा लट्पटिन पुगिन् । तिनलाई थाहै भइरहेको थिएन तिनी के गर्दै थिइन् ।

राजालाई पनि के मतलव दुईमा जोसामू आए पनि उनलाई फरक थिएन । उनले करप्पै मायादेवीलाई उभिएको उभियै समाते । एकान्त त त्यसै थियो नै त्यसपछि साँ´को अँधेरोले पूरै गाँजिसकेथ्यो । बत्तीको मेसो हुन पाएको थिएन र ती दुईलाई ओछुनसम्म जाने धैर्यता पनि भएन । के भो त यस्तो उनीहरुले कहिल्यै नगरेका पनि त होइनन् प्रजापतिले दुबैलाई सघाइन् । हलुका हातहरु दुबैका नाङ्गा शरीरमा डुलाइदिइन् र उभिएका स्थितिलाई टेवा दिएर उनीहरुका रतिकृयालाई सहज गराउन मद्दत गरिन् । दुबैको कामवासना उभिएको उभियै अति शीघ्र तृप्त भए । तर मायादेवी भने अझैमदहोस थिइन् । मानौँ कुनै नशाजन्य वस्तु तिनले सेवन गरेकी थिइन् । प्रजापतिलाई के मज्जा भयो कुन्नि मरीमरी हाँसिन् र बहिनीको नाङ्गो शरीरमा लुगा लपेट्दै ओछुनमा ल्याइन् ।

हे पाठकगण ! जडिबुटीको प्रभाव प्राणायाम योगाभ्यास तथा खानपीन र पर्याप्त मनोराजनका कारणले तीनैजना प्रणयकर्मीहरुमा शारीरिक एवं मानसिक स्वास्थ्यमा एकदमै सुधार आएको थियो । मायादेवी प्रजनशीलताले प्रस्फुटित गरेको कामज्वरोले लट्ठ थिइन् । यसैको कारणले मायादेवीमा अचाक्ली यौनोत्तेजना भएर दिदीलाई अग्रगामी बनाउने सदाको निष्ठालाई समेत भुलिन् र झ्वाम्मै रतिकि्रडामा हाम फालेकी थिइन् । अब शुद्धोदनका असङ्ख्य शुक्रकीटहरु तिनका यौनांगभित्र बाटाका अनेक व्यवधानहरु पार गर्दै प्रतीक्षारत डिम्ब भएठाउँमा आइपुगे । उनीहरु सबै डिम्बको बाहिरी पर्खाल तोडेर भित्र पस्न तँछाड मछाड गर्न लागे । कमजोर शुक्रकीटहरुको लागि यो असाध्य नै हुन्छ ।* यस्तै कमजोरीका कारणले पहिलेपहिले शुद्धोदनका शुक्रकीटहरुले गर्भाधारण गराउन सकिरहेका थिएनन् । तर यसपल्ट फरक स्थिति थियो । उपचारहरुका कारणले शुक्रकीटहरु बलिया भएका थिए । र् याङमा ठुङ मिलेकै थियो । संयोग जुरेकै हो । तीमध्ये सबैभन्दा बलिया एउटा शुक्रकीटले पर्खाल तोडेर डिम्बको भित्री भागमा प्रवेश गर् यो र मायादेवीमा गर्भ बस्न गयो । वर्षौंसम्म हुन नसकेको प्रकि्रया बल्ल पूरा भयो । अब डिम्ब निशेचित भएको अवस्थाले मायादेवीको शरीरमा अनेकन परिवर्तनहरु आउन लागे । प्रथमतः यौनोत्तेजना रोकिएर तिनी सुखद शिथिल भइन् । यो थियो आषाढपूर्णिमाको रमणीय रात ।**

*
 An ovum leaves the ovary having already undergone the first maturation (reduction) division and is picked up by the fimbria of the fallopian tube. In the ampulla of the tube the gamete, still enclosed by the corona rediata, is approached by numerous spermatozoa some of which probably have the function of softening or preparing the envelope of the ovum by releasing hyaluronidase. Ultimately, a single spermatozoon penetrates the ovum and then looses its tail and body. The pronucleus, contain in its head, does not actually fuse with the pronucleus of the ovum. As they complete their second maturation division, gamete contributes its chromosomes to form a single nucleus containing 46 chromosomes. Thereafter, the fertilized ovum begins a serious of cell divisions but, for the first seven days, does not increase in overall size.” – Jeffcoate’s Principles of Gynaecology (p.104)** सम्यक् संस्कार,  पृ.३ ।

मायादेवीले लट्ठ स्वरमा बोलिन्- ूदिदी ! आज के भयो मलाई वास्तवमा हरेक पूर्नेको दिन यस्तै उत्तेजना हुने गर्दछ । तर आज त कहिल्यै नभएको पो भयो र सन्तुष्टि पनि उस्तै कहिल्यै नभएको भयो । यसलाई म शब्दहरुमा बताउनै सक्दिनँ । ू

प्रजापति हाँस्दै बोलिन्- ूबहिनी ! मलाई थाहा छ । त्यसैले त तिमीमा आज भूतै चढेसरी भइरहेथ्यो । राम्रो भो । यो सुन्दा म अति हर्षित छु ।ू

प्रजापतिको वाक्य पूरा हुन पनि पाएको थिएन कि मायादेवी निन्द्राको फेर समात्न पुगिन् । शुद्धोदन बिस्तारै प्रजापतितिर फर्के । प्रजापति पनि उनीहरुका कि्रडामा मध्यस्तता गर्दागर्दै कम उत्तेजित थिइनन् । तिनी तत्काल शुद्धोदनको अँगालोमा पसिन् । अबेरसम्म उनीहरुले रतिकृडा गरिरहे । मायादेवी निदाएको निदायै । निर्वोध तिनको सुसुप्त अनुहारमा अपूर्व सन्तुष्टि देखिन्थ्यो । तिनको सहभागिताबेगर ती बाँकी दुईजनालाई त्यसदिनको रतिकि्रया केही अपुगजस्तो तथा केही बिलिनोसस्तो भइरह्यो । तथापि दुबैले तिनको तृप्तिपूर्ण अगाध निन्द्रामा कुनै व्यवधान दिएनन् । रतिकृयाको समापन पछि पनि उनीहरु अलग्गै अँगालोमा हराइरहे । मायादेवी भने निन्द्रामा मस्त थिइन् ।

हे पाठकगण ! मायादेवीलाई गर्भ रहेको यो नयाँ अवस्थामा शरीरभित्र अनेकन नयाँनयाँ रसायनहरुको निर्माणले शरीरको अवस्थामा पनि प्रभाव पार्दै थियो । त्यसमाथि दिनभरीको उन्माद अनि कहिल्यै अनुभूत नगरेको रतिसुख तिनका तन र अवचेतन मन त्यसै सुखमा निन्द्रामै पनि अल्हादित थियो । यसले तिनको सपनालाई पनि प्रभाव पार् यो । तिनले अनौठो सपना देखिन् ।

सपनामा चारजना अतिनै उज्याला अनुहार भएका अलौकिक देवताहरु आएछन् र तिनको खाटनै सर्लक्कै उठाएर हिमालयतर्फ उडाएछन् । हिमालयको कुनै एउटा मनोरम स्थानमा उनीहरुले त्यो खाट बिसाएछन् । त्यहाँ धेरै देवी र अप्सराहरु उपस्थित थिए । ती सबैले मायादेवीलाई उठाएर एउटा तलाउमा स्नान गराएछन् । तिनलाई यो मनोरम र शीतल पानीको तलाउ आफूले अतिनै पवित्र मान्ने गरेका मानसरोवर हो भन्ने लागेछ । तिनी अति सजिलो अनुभूत गर्दै थिइन् । त्यसै बेलामा एउटा अद्भूतै सुन्दर बडेमानको सेतो हात्ती प्रकट भएर सरासर तिनको कोखमा प्रवेश गरेछ । यत्रो हात्ती आफ्नो शरीरमा प्रवेश गर्दा तिनी केही आत्तिइन् । तिनलाई शरीरमा केही अनौठा परिवर्तनको आभास भयो । शरीरभित्रै केही मिसिएजस्तो केही मिठो बो´ थपिएजस्तो- तिनलाई वाकवाकी नै लाग्न लाग्यो र वाकिन् पनि । त्यो वाकवाकी वास्तवमा मायादेवीमा हुँदै गरेको शारीरिक परिवर्तनले प्रायोजित गरिरहेथ्यो । तर हेर्नुहोस् रमाइलो तिनी त्यसै वाकवाकीले सपनाबाट बिउँझिइन् र बिउँझिएको अवस्थामा पनि तिनलाई त्यो वाकवाकी लागि नै रहेथ्यो । कुरा के भने निशेचित डिम्बहरुमा अनेकानेक परिवर्तन शुरु भयॊ र शरीरमा भएका अकस्मात परिवर्तनहरुको एउटा सूचक यो वाकवाकी थियो । यस्तो परिवर्तनको सूचक सामान्यतः एकहप्ताजति सुसुप्त रहनुपर्ने हो । तर सायद मायादेवीमा बढी नै संवेदनशीलता भएको र उमेरकै कारणले पनि होला त्यसले तत्काल आफ्ना रङ्ग देखाउन लाग्यो ।

हे पाठकगण ! ४५ पुगेर उमेर ढल्केकै भए पनि मायादेवी तथा प्रजापति दुबै अझै प्रजननशील थिए । वास्तवमा उनीहरु सदा प्रजननशील नै थिए । मात्र शुद्धोदनको सम्पूर्ण निष्ठा राजकाज सामाजिक कार्य तथा खेतीकार्यमा व्यस्त रहने हुँदा सन्तानोत्पादनको कार्यलाई पुग्दो प्रश्रय नभएको मात्र थियो । हरेक दिन व्यस्त दिनचर्याबाट बचेका थकितथकित समयमा उनलाई आरामकै बढी महत्ता हुन्थ्यो । ज्यादातर उनी ओछुनमा ढली हाल्थे र यदाकदा उनमा यौनसमागमनको चाहना भए पनि त्यो दुईदुई पत्नीहरुमा बाँडिन्थे । न यो न ऊ दुबैजनाका प्रजनशीलतालाई उजागर गर्ने रतिकार्य सदा अपर्याप्त रहन्थ्यो । अनि रतिकि्रया हुँदैमा एकैपल्टमा गर्भाधारण भइहाल्छ भन्ने कदाचित छैन पनि । पुरुषको शुक्रकीटले स्त्रीको गुप्ताङ्गमा समेत योनीमार्गबाट साँघुरो गर्भाशयको मुखबाट पार गर्दै धेरै व्यवधानहरु पार गरेरमात्र डिम्ब निःसेचन गर्ने मौका प्राप्त गर्दछ । उसको आफ्नै आयु सिर्फ दुईघण्टाको मात्र हुन्छ । त्यसमाथि उसमा अनेक व्यवधान पार गरेर डिम्ब भेट्ने समयसम्ममा उसँग सिर्फ दुईमिनेट जतिमात्र समय बाँकी रहेको हुन्छ । त्यो अवधिमा पनि त्यसले डिम्बको बाहिरी सतह छेँड्न सक्नुपर्छ । त्यस्तो क्षमता छैन भने डिम्बको बाहिरी सतहमै त्यसको मृत्यु भइसकेको हुन्छ ।*** उमेर खाइसकेका शुद्धोदन त्यसमाथि सदाको थकान अनि धेरै कम मात्रामा हुने यौनसमागमन यी कारणहरुले रानीहरुमा गर्भाधानको लागि संभावना सदा कम रहन्थ्यो । त्यसरी रानीहरुका जवानी पूर्णतः बाँझो रहेथ्यो । तर ढिलै भए पनि रानीहरुकै अग्रसरतामा यो कार्यले पूर्णता पायो । थरीथरीका प्रयत्न र उपचारहरुले ५३ वर्षे शुद्धोदनको पुरुष हार्मनमा पौरुषता थपिएको स्थिति थियो र थप मात्राका यौनकि्रडाले मायादेवीको प्रजननशील समयलाई निसेचित हुने गज्जबको मौका पर् यो ।

***  “Once deposited in the vagina, spermatozoa find themselves in a hostile acid medium from which they must escape quickly if they are to survive. Seminal fluid itself is alkaline with a pH of 7.05-7.41, rising to 7.5-8.0 on standing in vitro. When mixed with vaginal secretion the pH of the seminal pool is 6.2, and may be only 5.5 if the alkaline contributions from the cervix and from Bartholin’s glands are limited. All spermatozoa remaining in the vagina for 2 hours or longer are killed, and it is probable that only those which can enter the alkaline cervical canal within a few minutes retain their fertilizing power.”“The time taken for spermatozoa to travel from the vagina to the tubes may be as short as one hour, although some authorities say it is 6-24 hours. Many are lost on the way, possibly being ingested by the epithelial cells of the genital tract.”- Jeffcoate’s Principles of Gynaecology (p.103)

भोलिपल्ट बिहानै मायादेवीमा केही शारीरिक अस्वस्थता बढेको अनुभूति छँदै थियो । साथै त्यत्रो हात्ती शरीरभित्र प्रवेश गरेका सपनाले तिनलाई केही त्रसित पनि गराइरहेथ्यो । सपनाको त्यो त्रास र शरीरमा अस्वस्थता केही दिनसम्म बढ्दो थियो । शुद्धोदन सदा अनौठो सपनाको अर्थ खोज्न आतुर रहन्थे । अन्ततः उनले यो सपनाको अर्थ जान्न पुरोहित र केही जान्ने ज्योतिषीलाई बोलाइपठाए ।

प्रजापतिले देखिन् मायादेवीको अनुहारको रङ केही फेरिरहेको छ । तिनी वाकवाकी कम गर्न इमलीको अचार चाट्दै थिइन् । बहिनीले त्यस साँ´को रतिकि्रयामा देखाएको मत्त उन्माद अर्थ अब बुझिनन् । तिनलाई पक्का भयो तिनी त्यसदिन प्रजननशीलताको परिपक्व तापमा थिइन् र तिनले त्यही बेला गर्भधारण गरिन् । प्रजापतिलाई सुखद आशङ्काले घ्याप्प छोप्यो । तत्कालै एउटी बूढी धाई  सुसारे र कान्छो देवर अमितोदनलाई समेत तिनले बोलाउन पठाइन् ।

१४. सन्तानको बारेमा भविष्यवाणी

हे पाठकगण ! केही क्षणमा सबै आमन्त्रितहरु आए । धाई्रबूढी र अमितोदन पनि आए । लक्षणहरुका अध्ययन गरेपछि सबैलाई पक्का भयो त्यो अस्वस्थता गर्भधारणकै कारणले भएको हो । सबैको अनुहारमा अपार आनन्द देखिए । भाट बाहुनहरु त बक्न नै लागे- ूहे महाराज ! हजूरलाई धन्यको पुत्र प्राप्त हुनेछ । यो पुत्रले आषाढ पूर्णिमाजस्तो उत्तम साइतमा गर्भधारण गरेको छ जसको कारणले उनी समस्त पृथ्वीलाई एक गरी प्रजावत्सल सम्राट् बन्नेछन् ।ू

अमितोदनलाई बाहुनको त्यो भाटगिरी पचेन र बोले- ूए बाहुन ! के भनेको त्यो यो गणराज्यमा गणतन्त्र मास्ने एकाधिकारवादी सन्तान जन्मदै छ भने हाम्रो लागि श्राप भएन र ?ू

ज्योतिषी बाहुनले कुरा थप्दै बोले- ूशास्त्रले जे देखायो मैले त्यो भनेको हुँ । यस सन्तानले छरपष्ट भएको मानव समाजलाई पक्कै गाँसेर त्राण दिनेछ । या त महान् सम्राट् बन्नेछ या महान् तपस्वी श्रमण । मैले भने पछि भनेँभनेँ …ू

त्यस बाहुनले शुद्धोदनको घरमा मात्र होइन शाक्यगणका हरेक राजाकहाँ सन्तान हुँदा त्यही भन्दै आएका थिए । आखिर सबै यजमानहरु राम्रै त सुन्न चाहन्छन् अनि राम्रै भन्दामा न राम्रै दक्षिणा दिन्छन् । त्यसबखत आर्यावर्तमा राजाहरु वरपरका कमजोर राज्यहरुलाई हडप्दै एकराट् वा सम्राट् बन्दै गइरहेथे । राजाको पराक्रम नै त्यही मान्ने हावा थियो । उनले राजा खुशी पार्ने नियतले त्यही बोले । त्यस्तै त्यही आर्यावर्तमा महाज्ञानीहरु सांसारिक प्रपाच त्यागेर वैरागी श्रमण वा योगी हुने हावा पनि थियो अनि उनले विकल्पमा त्यही बोलिदिए । चारण र भाटहरुलाई राजाको घरमा बोल्दा त्यहाँभन्दा बढी मिल्दो कुरा अन्य थिएन नै ।

तर दुबै कुराले शुद्धोदनलाई सुखद अनुभूति दिएन । उल्टै केही त्रास उब्जायो । उनले चिन्ता व्यक्त गर्दै बोले- ूदुबै कुराले मलाई दुःख दिएको छ । हे विद्वान््गण ! केही स्वस्तिशान्ति गरेर त्यो हुनेहुनामीलाई परिवर्तन गर्न सकिन्छ कि म न उनलाई गणतन्त्र मास्ने सम्राट् भएको देख्न चाहन्छु न सम्पूर्ण सांसारिक प्रपाच त्याग्ने जोगी ।ू

हे पाठकगण ! बाहुनहरुले थरीथरीका पूजा व्रत र स्वस्तिशान्तिका उपायहरु बताए । अमितोदनलाई ती कुनै पचेनन् र बोले- ूहे महाराज ! यी बाहुनहरुले गरेका स्वस्तिशान्तिले काम गर्ने भए उनीहरुले आफ्नालागि अनेक गर्थे । आज हजूरका दैलामा माग्ने भएर आउनै पर्दैनथ्यो । हे दाजुमहाराज ! सामान्य प्राकृतिक नियममा सोच्नुहोस् । म यो भन्न सक्दिनँ कि कुन दिमागी हैसियतका पुत्र वा पुत्री हजूरलाई हुनेछ । तर योचाहिँ भन्न सक्दछु कि पुत्र नै भएछ भने र राजा वा महाराजासमेत हुन सक्ने क्षमताका भएछन् भने हजूरका संस्कार र गणतन्त्रका स्वस्थ हावाका कारणले उनी निष्ठावान् गणतन्त्री बन्नेछन् । कुलाङ्गार बनेर एकतन्त्री सम्राट् अवश्यै हुने छैनन् । हे महाराज ! बालकहरु जस्ता परिस्थितिमा हुर्कन्छन् त्यस्तै परिस्थितिमा अनुकूलित भएर जान्छन् । अहिले समस्त आर्यावर्तमा भौतिक सुखसयललाई त्यागेर वैरागी हुने हावा चलिरहेछ । सन्तान अति प्रखर बुद्धिका भए श्रमण हुन सक्ने संभावना निःसन्देह बढी छ । तर हे महाराज ! काँचो माटोलाई स्वरुप दिने कुरा त बाबुआमाकै हातमा हुन्छ । सन्तानलाई सानैदेखि त्यस्तै वतावरणमा हुर्काएर चाहेको संस्कार दिन सकिन्छ । बाहुनबाजेहरुले फलाकेका मन्त्रहरुले हुनेवाला केही छैन ।ू

उदायीले अगाडि आएर बीच बचाउ गरे- ूहे महाराज ! साँच्चै भविष्यमा हुने कुराको हामी ज्ञाता हुन सक्दैनौँ । तथापि भविष्यको चिन्ता भने हामी चेतनशील प्राणीमा हुन्छ नै । पहिले नै होशियार रहनु कुनै मूर्खता होइन । हावा हुण्डरी वर्षात र िहंस्रक जन्तुबाट बच्न हामीले घटना घट्नुभन्दा पूर्व नै बचाउको लागि ओतको निर्माण गर्दछौँ । अतः हे महाराज ! मनको अशान्ति भनेको रोगकै कारण बन्न सक्दछ । अतः हजूरलाई लागेको स्वस्तिशान्तिको उपाय गरे हुन्छ भन्ने मलाई लाग्दछ । यस कुरामा विद्वान् अमितोदनको पनि दुई मत नहोला ।ू

अमितोदन- ूबढी भावुक भई अन्धविश्वासको पछाडि नलाग्न मात्र भन्दैछु म ।ू

त्यसपछि शुद्धोदनले सबै ब्राह्मणहरुलाई अपार सन्तुष्टिको अनुभूतिमा राम्रै दक्षिणा दिएर बिदा गरे । अमितोदन मनमनै मुर्मुरिए- ूके गर्ने अझै बाहुनहरुको जाल चँडिएको छैन । समस्या देखाइदिए बनिबनाउ समाधानको बाटोले फाइदा कुम्ल्याइ हाले ।ू

मायादेवी अमितोदनको छेउमै आइन् र कानैमा मसिनो स्वरले भनिन्- ूमहान् ज्ञानी अमितोदन ! के भनेर भुत्भुताइबक्सँदैछ ?ू

अर्कातिर प्रजापति आइसकेकी थिइन् । तिनले पनि कानैमा भनिन्- ूब्राह्मणहरुलाई श्राप दिइबक्सँदैछ होइन त ू

शुद्धोदन पनि छेउमै आइ थपे- ूसमस्त चराचरको कल्याण चाहने परम योगी अमितोदनको मुखबाट बिचरा गरीव ब्राह्मणको लागि श्राप निस्कला त ?ू

सबै हाँसे । हँसाइमा हर्ष थियो । हर्षमा हर्षाश्रु पनि थियो ।

अमितोदन संयमित भएर बोले- ूसाह्रै खुशीको कुरो भयो । मेरो हजूरहरुमा अनुरोध छ । प्राणायाम सूक्ष्म योगाभ्यास र औषधि अनि आजसम्म गर्दै आउनुभएको आहार र अरु निष्ठाहरुको व्रत कायम राख्नुहोला ।ू

प्रजापति- ूके गर्भ रहिसकेपछि पनि यसको आवश्यकता परिरहन सक्छ ?ू

अमितोदन- ूगर्भवतीलाई त झनै ती कुराहरुको आवश्यकता हुन्छ । पहिले त आफू एक्लैको लागि आवश्यकता थियो । अब त दुईदुईजना भइयो । माताको शरीरबाटै गर्भको बच्चाले पोषणहरु प्राप्त गर्दछन् । दुई जीउको अवस्था त्यसै पनि एउटा भारको अवस्था हो भने दुईदुईवटा प्राणलाई धान्ने दायित्व सामान्य कुरा होइन । अझ यहाँ दुई जीउलाई धान्नेसम्म मात्र कुरा छैन । भ्रूणको विकासदेखि त्यसको पूर्ण विकाससम्मको दायित्व माताकै शरीरमा रहेको छ । त्यसैले शरीर स्वस्थ रहनु एउटा चुनौतीपूर्ण छ भने त्यसलाई नयाँ थप दायित्वको लागि अरु सक्षम बनाएर राख्नु थप चुनौतीका कुरा हुन् । सबै दायित्व प्रकटरुपमा माताकै हो । तर अप्रत्यक्षरुपमा परिवारका सदस्यहरुको भूमिका पनि यसमा कम महŒवको छैन । मातालाई सदा स्वस्थ र सक्षम राख्न परिवारकै ठूलो सहयोग चाहिन्छ । माता त दिनप्रतिदिन नसक्ने अवस्थामा हुनेछन् उनको लागि राम्रो खानपीनको व्यवस्था गर्ने मानसिक तनावबाट टाढा राख्ने आदि इत्यादि वातावरण त परिवारका अन्य सदस्यहरुले नै सिर्जना गर्नुपर्ने हुन्छ ।ू

प्रजापति- ूहामीले गर्नुपर्ने कुरा त हामी गरी हाल्छौँ । तर बाबु ! यो प्राणायाम र योगाभ्यास पनि गर्दै रहनु पर्छ र ?ू

अमितोदनले भने- ूमैले भनिहालेँ मातालाई यस स्थितिमा बच्चासमेतको दायित्व रहेको हुँदा त्यहाँ अरु बढी स्वस्थ र सक्षम हुनुपर्ने स्थिति बनेको छ । बच्चासमेतलाई प्राणवायु आमाले नै पुर् याउनु पर्ने छ । अतः बच्चाको शरीरमा हुनसक्ने विकारको दहन स्वस्थ अङ्गको विकास र रोगसँगको प्रतिरोधशक्ति विकासको लागि पनि आमामा दायित्व बढेको छ । प्राणायामले निश्चितरुपमा बच्चालाई स्वस्थ राख्न त मद्दत गर्छ नै । थपमा बच्चामा हुनसक्ने विकलाङ्गता समेतको संभावनालाई यसले हटाउँने छ । योगाभ्यास भनेको शारीरिक चुस्तताको लागि हो । आफू र भ्रूणलाई असर नपर्ने गरी सामान्य तन्कातन्की केही महिनासम्म गर्न सकिन्छ ।ू

१५. सही सन्तानको लागि प्रयत्न

हे पाठकगण ! दिन बित्दै गए । मायादेवीको गर्भ बढ्दै थियो । शुद्धोदन र प्रजापतिको समवेदनशिलता अब मायादेवीप्रति अचाक्ली बढेर गयो । उनीहरु दुबै सदासर्वदा मायादेवीकै सेवामा रहन्थे । तिनलाई एकपाइला चलखेल गर्न दिँदैनथे । अमितोदन पनि दाजुको कार्यमा सरसल्लाह दिन आएको समयमा निश्चितरुपमा अन्तपुरमा पसेर मायादेवीको स्वास्थ्य र खानपीन व्यवस्थाको सुपरिवेक्षण गर्दथे ।

त्यसबेला समस्त आर्यावर्तमा गर्भशुद्धिको लागि यज्ञ गर्ने चलन थियो । शुद्धोदनले गणतान्त्रिक सभ्यता र संस्कृतिमा नमिल्ने यज्ञ गर्नचाहिँ रुचाएनन् । तर गर्भरक्षाको लागि भनेर गरिने सीमन्तोन्नयन संस्कार भने गर्न चाहे । तर यो संस्कार विशेषतः माइतीमा गर्नुपर्ने चलन भएकोले पछिको योजनामा पर्न गयो । ती बाहेक जेजे आर्यावर्त र हिमवतखण्डमा स्वस्तिशान्तिका उपायहरु थिए कुनैलाई बाँकी राखेनन् । विशेष यसकारणले पनि कि दुबै महारानीहरु हरेक विधि गर्न चाहन्थे ।

जनजातिय पुरोहितहरुले सुझाए बमोजिम दिनहुँ दरबारमा पूजापाठ भए ।*  धूपधुवारको सुगन्ध संख  र घण्टीको आवाज अनि गणतन्त्रमा अस्वीकृत वेदपाठसमेत ब्राह्मणहरुबाट साँझ बिहान दिनहुँ गराइए । केहीले सुझाएबमोजिम भूत र पिशाचहरुको छायाँबाट बच्न ठाउँठाउँका जान्ने धामी र झांक्रीहरुबाट मन्साउने पन्छाउने र ढुङ्ग्रो ठटाउँदै मन्त्र फलाक्ने विधिहरु पनि गरिए । कसैले भनिदिए शिवजी** भन्ने एउटा अनार्य ब्रात्यदेव छन् जो खुश परे आँखा चिम्लेर रक्षा गर्दछन् तर रिसाए अनेक विघ्न डाल्दछन् त्यसैले यिनलाई पूजा गर्नुपर्छ । अनि त्यो पनि गरियो । कसैले भने वासुदेव श्रीकृष्णभन्ने मथुराका यादवगणका यज्ञविरोधी गणतन्त्री भोज अर्थात राजा थिए जसले वैदिक देवता इन्द्रलाई गोवर्धन पर्वतको भूलभूलैयामा छकाएर परास्त गरेथे ।*** उनले ज्ञान र भक्तिमार्ग सुझाएका छन् । त्यस मार्ग अति फलदायक छ । अनि त हरेक साँझ दरबारमा कीर्तनको कार्यक्रम हुन लाग्यो । कसैले आएर भने पूर्वतिर देवताहरुलाई शक्तिस्वरुपमा पूजा गर्ने चलन छ । अनि त उनीहरुले दूर्गाको पूजा त गरे नै साथै महादेवलाई महादेवी शिवलाई शैवी विष्णुलाई वैष्णवी ब्रह्मालाई ब्रह्मायणी र इन्द्रलाई इन्द्रायणीको शक्तिस्वरुपमा पनि पशुबलीसमेतको पूजा गरे । बिहान सत्सङ्गतमा गएर प्रवचन सुन्ने कार्यक्रम त पूरै अवरुद्ध थियो ।

*”आर्य हवन करते थे निराकार की समाधि करते थे किन्तु द्रविडेाँ की पद्धति जनधर्म की पद्धति थी उसमे पत्र-पुष्प-चन्दनके साथ स्तुति-पाठ और जनरुचि के अनुकूल अनुष्ठान होते थे ।” -संस्कृति के चार अध्याय पृ. १९२

** उ बेला शिबजी जनजाति अनार्यहरूबीच मात्र पूजिन्थे . 

*** कृष्णको व्यक्तित्व बुद्धको समयमा अिहंसाबादि, ब्राह्मणबाद विरोधी पुरुषयजन नामका परोपकारी धर्मको प्रवर्तक वेदपूजक एवम गीताका दार्शनिक गुरु थिए । श्री मद्भागवतमा उल्लेखित माखनचोर, रासलीलाकर्मी, गाईगोठालो , मुरलीधर , मोर मुकुटधर, ब्राह्मणपूजक र अलौकिक शक्तिका धनी आदि इशाकाल सुरु भएतिर थपिएका मान्यता हुन् ।- लेखक । “कृष्णका प्राचीनतम उल्लेख छान्दोग्य उपनिषद मे और तब महाभारत मे मिलता है । इन दोनो ग्रंथों मे कृष्ण के रसिक रुप की चर्चा है ही नही ।ू – सँसृकति के चार अध्याय पृ. ७९ ।

हे पाठकगण ! दरबारको शान्ति पूर्णतः गायब थियो । थरीथरीका कि्रयाकलापका कारण राजा र प्रजापति दिनहुँ थकित हुन्थे । मायादेवीलाई पनि त्यस्तो परिवर्तित अशान्त वातावरणले व्यग्र बनाइरहेथ्यो । तथापि बिग्रौल सन्तान हुने डरले तिनी पनि व्यथित थिइन् । हरेक शान्तिस्वस्तिका उपायहरुमा तिनी संलग्न हुन्थिन् । त्यसरी तिनी शारीरिक र मानसिक हिसाबले पनि थकित हुन लागिन् । अमितोदनले यो अवस्थाको अवलोकन गरिरहेथे । यसमा पुरोहित उदायीसमेतलाई उनले उत्तरदायी माने र एकदिन उदायीलाई लिएर दरबार आए ।

अमितोदन- ूहे महाराज ! दरबारमा यो के हुँदै छ । राजा महाराजाले यस्तो उधुमको अर्थ न बर्थको कृयाकलाप गरेमा जनताले के गर्ने उनीहरु अलमल्लमा नपर्लान् ?ू

शुद्धोदनले केही विस्मित हुँदै भने- ूजसलाई दुःखेको छ त्यो दुःखबाट त्राण पाउन दुःख्ने व्यक्तिले जे पनि गर्दछ । बाबु ! मलाई दुःखेको छ । म हरेक सुनेको उपाय गर्दैछु ।ू

अमितोदन- ूभाउजु महारानी त यिनै विधिले लखतरान भइसक्नुभएको छ । उहाँलाई बिरामी पारेर कस्तो सन्तान बनाउने हिसाबमा हुनुहुन्छ हजूर ?ू

शुद्धोदन- ूऔषधि खाँदा तीतो हुन्छ बाबु ! पुरोहितज्यू यसमा तपाईंको पनि सहमति छ होइन र ?ू

उदायी- ूहे महाराज ! जे कुराले सन्तुष्टि हुन्छ जे कुराले मन शान्त रहन्छ जे कुराले मन र शरीर स्वस्थ रहन्छ जुन कुरामा आफ्ना अगाध विश्वाश छ ती सब गर्नमा केही फरक हुन्न । तथापि लोकाचारलाई ध्यान दिनै पर्छ । आफ्ना समाजमा प्रचलनमा नआएका विधि राजाहरुजस्ता अग्रणीले गर्दा जनतामा अन्यौल त हुन्छ नै । महाराजाले अहिलेसम्म गर्नुभएको हरेक कि्रयाकलाप हाम्रा गणमा ढिलोचाडोँ भित्रिएर धेरथोर प्रचलनमा आएका हुनाले समाजमा त्यस्तो नकारात्मक हलचल ल्याउला भन्ने मलाई लाग्दैन । हे महाराज ! म एउटा प्रगतिशील ब्राह्मण हुँ । ब्राह्मण भएर पनि वेदको युगबाट उठेर उपनिषद्को युगमा प्रवेश गरेको संन्यासी समानको गृहस्थ हुँ । त्यसैले म जे भन्छु तत्वसम्मत कुरा गर्दछु । सुन्नुहोस् । महारानी मायादेवीको अहिलेको अवस्था भनेको मन र शरीरलाई स्वस्थ राख्नपर्ने अवस्था हो । उहाँलाई धेरै झन्झट थरीथरीका अबुझ पहलु र कि्रयाकलापहरुबाट टाढा राखेर आतुर त्रसित थकित र उद्वेलित हुन नदिनु हो । यस्तो भएमा गर्भका बच्चाको विकासमा पनि असर पर्दछ । हे महाराज ! अहिलेसम्म जे गरियो मनको शान्तिको लागि पर्याप्त भयो । अब दरबारमा शान्ति कायम होस् । महारानीलाई शान्त वातावरणमा स्वस्थ दिनचर्या बिताउने अवसर प्रदान गरौँ । बिहान सबेरै हिमालयमा नजर राखेर स्वस्थ हावाको प्राणायाम गर्नाले हिमालय समान उच्च दृढ र सुन्दर सन्तानको जन्म हुनेछ । सुत्दा जनक विश्वामित्र राम कृष्ण र कपिलजस्ता महापुरुषहरुको स्मरण गर्नाले सन्तान आदर्श महाज्ञानी र दुःखीहरुको लागि त्राण हुनेछन् । महारानीलाई यी विधिहरु गर्न सिकाउनुहोस् ।ू

अमितोदनले थपे- ूजसरी हुन्छ मानसिक र शारीरिक थकान र तनाव हुने परिस्थितिबाट भाउजुलाई टाढा राख्नुपर्छ । समयमा सुताउनु र समयमा उठाउनुपर्छ । सफाइमा ध्यान दिनुपर्छ । मासु नखाए पनि गरिष्ठ खानामा ध्यान दिनुपर्छ । फलफूल सागपात अनि थरीथरीका अन्नहरु खानदिनुपर्छ । औषधिमूलो र जडिबुटी दिनहुँ खान दिनुपर्छ । सामान्य शारीरिक व्यायामको लागि उद्यानमा हिँडडुल पनि गराउनुपर्छ । बिहान श्रमणहरुका प्रवचन सुन्न जानाले मन र शरीर दुबै स्वस्थ रहुन्छ । बस् । ती सबैमा ध्यान दिनुपर्छ । बाँकी अर्थ न बर्थका कृयाकलाप बन्द गर्नुपर्छ ।ू

शुद्धोदन- ूहे भाइ अमितोदन ! तथा पुरोहित उदायी ! मैले ती सब जात्रा रहरले गरेको होइन । एक त म आफँै के गर्ने के नगर्ने अन्यौलमा थिएँ त्यसमा पनि विभिन्न जनले जेजे सुझा ए ती सबै रानीहरुले गर्न चाहे । तसर्थ गरिए । ती सब प्रभावकारी भए पनि र नभए पनि  गरियो । अब केही गर्न बाँकी थियो भन्ने घिटघिटो पनि रहेन । अब तपाईंहरुले सुझाएका उपायहरुलाई दिनहुँ आफ्नै निग्रानीमा गराउने    छु । बेलाबेलामा तपाईंहरुको पनि सहयोगको अपेक्षा राख्दछु । धन्यवाद ।ू

हे पाठकगण ! त्यसपछि शुद्धोदनले बिहान साँझ गरिने पूजापाठ बली धूपधुवार शफ्घण्टी सबै बन्द गरे । धामीहरुको ढुङ्ग्रो पनि बन्द भए । दरबार अब कोलाहलबाट मुक्त थियो । त्यस शान्तिले साँच्चै मायादेवीलाई तनावको स्थितिबाट मुक्ति मिल्यो । अब अनाहकको विधिविधानमा आफूलाई घिसार्दै मन लागे पनि नलागे पनि लार्नै पर्ने वाध्यताबाट तिनले छुटकारा पाएकी थिइन् । प्रजापति धाईबूढी र राजामध्ये कोहीनकोही सदासर्वदा मायादेवीको सेवामा हुन्थे । तिनले मनग्गे आराम गर्न पाइन् । चाहेजस्तो आरामको समय बिताउन पाइन् । दिदी महारानी र पति महाराजासँग खुलेर चाहेजस्तो समय बिताउन पाइन् ।

केही समयमै महारानी मायादेवीको स्व्ास्थ्यमा सुधार पनि हुन लाग्यो । तन र मनले तिनी स्वस्थ देखिन लागिन् । हँस्सी खुशीसाथ तिनले समय बिताउन लागिन् । अब फेरि तिनलाई साधु सन्तहरुका प्रवचन सुन्ने इच्छा जागेर आयो । समय अब प्रशस्त थियो । अवरोध केही थिएन । राजा राजकाजमा व्यस्त हुँदा तिनी दिदी महारानीसँग सत्सङ्गमा जान लागिन् । एवंरीतले तिनमा दानधर्म र श्रमणहरुका प्रवचनमा आशक्ति बढेर गयो । तिनी दिनहुँ श्रमणहरुकहाँ उचित दानका सामग्रीहरु लिएर प्रवचन सुन्न जान लागिन् ।

एक महीना दुई महीना गर्दै गर्दै आठौँ महीना बिते । महारानी मायादेवीको गर्भ अचाक्ली उत्थित हुन पुग्यो । मायादेवी शरीरले सानो काँटकी थिइन् । उमेर पनि ४५ पुगिसकेकी । तिनलाई नानी पाउन सकस पो पर्ने हो कि भनी धाई्रबूढीमा डर उत्पन्न हुन लाग्यो । एकदिन तिनले गणको अति जान्ने सुँडेनीलाई बोलाइपठाइन् । सुँडेनीले गर्भ र माता दुबैको राम्ररी अवलोकन गरिन् । दुबै स्वस्थ रहेको तर माताको शारीरिक आकारले त्यो विकसित गर्भ धान्न सक्दैन कि भन्ने आशङ्का तिनलाई पनि भयो । सानो काँटको मान्छेले नानी पाउन नसकेर कोखै फुटेको अनेक घटना तिनलाई थाहा थियो ।


१६. महारानीहरुको सत्संग प्रेम

हे पाठकगण ! एकदिन मायादेवी कौशीमा बसेर बिहानीको घाम ताप्दै हिमालयमा आफ्नो दृष्टि अडाएर प्राणायाम गरिररहेकी थिइन् । शुद्धोदन र अमितोदन त्यहाँ आए । वास्तवमा महारानीले ती दुबैलाई एकसाथ वार्ता गर्न समय मागि पठाएकी थिइन् ।

अमितोदन अभिवादन गर्दै बोले- ूहे भाउजु महारानी ! के शास्त्रार्थ गर्न वा रडाको मचाउन छ र हामी दुबैलाई एकसाथ बोलाउनुभयो ?ू

मायादेवीले प्राणायाम रोकिन् । हिमालयलाई सादर नमस्कार गर्दै मन्द मुस्कानसाथ अमितोदनलाई प्रश्न राखिन्- ूहे देवरबाबु ! के हामी नारीहरु पुरुषबाट त्यत्ति पछाडि परेका छौँ र शास्त्रार्थ गर्नै नसक्ने ठानेर हेप्नुभएको पुरुषजातिले मुढेबलमा नपेलेमा मलाई लाग्छ महिलाहरु शास्त्रार्थ गर्न पछाडि पर्ने छैनन् । के लोपामुद्रा अपालात्रेयी आदि स्त्रीहरु वैदिक सूक्तहरुका ऋषि बनेनन् के गोपा घोषा विश्वबारा अदिति सरमा आदि ब्रह्मवादिनी ऋषि भएनन् गार्गी मैत्रेयी आदि उपनिषद्का चिन्तक बनेनन् ?ू

अमितोदन- ूहे भाउज्यु महारानी ! अर्यावर्तका गणराज्यहरुमा स्त्रीहरु धेरै स्वतन्त्र छन् ।** सिन्धूप्रान्ततिरका गान्धार कुरु आदि पश्चिमी जनपदहरुका जस्ता घरभित्रै कुहिएर बस्दैनन् । पुरुषजातिको थिचोमिचोमा छैनन् । कार्यविभाजनमा पुरुषहरु गृहकार्य गर्न र सन्तान सह्यार्न जीवशास्त्रीय वा व्यावहारिक कारणले कमजोर भएको हुँदा मात्र उनीहरुलाई बाहिरफेरो सामाजिक वा राजनीतिक कार्यहरुमा सकि्रय हुनुपर् यो । त्यही कारणले स्त्रीजाति घरपरिवारभित्र बढी र बाहिर सामाजिक कार्यहरुमा कम उपयुक्त भएको मात्र हो । बाहिरका कुरामा पुरुषहरु हावी छन् भने भित्रका काममा स्त्रीहरु । त्यो त आवश्यकता र कार्यकुशलताको कारणले भएको हो । कुनै प्रतिश्पर्धा वा थिचोमिचोको लागि होइन । तर हे भाउजु ! सिन्धुप्रान्तमा भने यहाँ हेरी धेरै फरक छ । पुरुषहरु घरपरिवार बाहिर होस् कि भित्र जता पनि हावी छन् । स्त्रीहरु त पर्दापछाडि राखिएका हुन्छन् र दाससरह छन् । जसरी हजूरहरु यहाँ पुरुषसरह बाहिर सत्सङ्गमा जानुहुन्छ र जसरी जात्रामेलामा पुरुषसरह नाच्ने घुम्ने गर्नुहुन्छ त्यो त्यता सम्भव छैन । हाम्रातिरका स्त्रीहरुको यो उच्चस्थितिलाई उनीहरु छाडापन मान्दै खिसिट्यूरी गर्दछन् कलिले छोएको भन्दछन् । हे महारानी ! हामीमा गर्व छ कि स्त्रीजाति सत्सङ्गमा गएर आत्मचिन्तनको साधना गर्दछन् ।ू

“बौद्ध और जैन वाङ्मय पढने पर एक विशेष बात ध्यान में आती है कि उस समय स्त्रियां भी पुरुषों की तरह धार्मिक बातों मे प्रगतिशील थीं । इसका कारण यह था कि गणसतात्मक राज्यों मे स्त्रियों को पूरा स्वतन्त्रता रहती थीं ।” -भगवान् बुद्ध पृ. ६८ ।

मायादेवी- ूअनि यति साह्रो बुझ्ने मान्छेले किन घोँचेर बोल्न पर् यो त ?ू

अमितोदन- ूहे भाउजु महारानी ! हजूरमा त्यो ल्याकत र लक्षणहरु नभएको भए पो घोँचेर बोलेको हुन्छ । हजूरमा त यस गणतन्त्रका कुनै पनि लोग्नेमान्छेसँग उत्तिकै भिडेर तर्कवितर्क गर्ने क्षमता छ । जे होस् यी कुरालाई आज थाति राखौँ । र भन्नुहोस् मलाई किन सम्jhनुभो शास्त्रार्थको विषय उठान त मैले हजूरहरुको चाखलाई देखेर मात्र गरेको हुँ रमाइलो गर्न ।ू

मायादेवी- ूहे देवरबाबु ! वास्तवमा मैले यस्तै विषयमा जानकारी लिन तपाईंलाई सम्´ेको हुँ । यसमा दिदी महारानीको पनि उत्तिकै चाख छ । तर उहाँलाई हिजोदेखि केही साचो भइरहेको छैन र म एक्लैले तपाईंसँग चर्चापरिचर्चा गर्न लागेकी हुँ । हामी महिनौँदेखि एकनासले विभिन्न श्रमण र ऋषिहरुका प्रवचन सुन्दै आएका छौँ । सबैका प्रवचन हामीलाई अति सुखकर र आनन्ददायक लाग्दछन् । तर ती सबैले एकाअर्कामा नमिल्ने बाझ्दा कुरा गरिरहेका हुन्छन् । सुन्ने समस्त जन अलमल्लमा पर्दछन् । हामी पनि अलमल्लमा छौँ । तथापि सुन्ने भोक हमीमा अरु बढ्दो छ । हामीलाई्र यस्तो श्रमणको नाम दिनुहोस् जसकहाँ गएर सुनेपछि लागोस् कि सत्य यही हो ।ू

शुद्धोदनले टाउको कन्याउँदै भने- ूहे माया ! सम्पूर्ण आर्यावर्तमा वेद मान्ने धार्मिक पन्थहरु कोही शैव छन् कोही वैष्णव कोही सूर्यभक्त छन् कोही गणेशभक्त कोही देवी मान्ने शाक्तहरु छन् कोही कार्तिकेयभक्त । त्यस्तै कोही देहदण्डन गर्ने योगीहरु छन् । कोही मलमुत्र खाने अघोरीहरु पनि छन् । कोही वेदलाई पूर्णरुपले ढोँग मान्ने नास्तिक चार्वाकपन्थी छन् । त्यस्तै वैदिक कर्मकाण्डबाट वाक्किएका श्रमणसंस्थाहरु नै सयभन्दा बढी छन् । तिमीलाई कुनचाहिँ ठीक छ भनेर त्यता पठाउने । सर्वत्र अन्यौल छ ।ू

अमितोदन- ूहे भाउजु ! सङ्ख्याबाट डराउनुपर्दैन । ती सङ्ख्याका श्रमणहरुको पनि ध्रुवीकरणको प्रकि्रया जारी छ । जसरी हजूरहरु उचित साधुसन्तको खोजीमा हुनुहुन्छ सारा आर्यावर्तबासीहरु त्यसरी नै लागिपरेका छन् । जो सत्यको नजिक छन् त्यसमा सुन्नेहरुको घुइँचो बढ्दो छ । कैयूँ गुरुहरु नै आफूभन्दा जान्नेहरुका शिष्यत्व ग्रहण गर्न लागिपरेका छन् । हे भाउजु महारानी ! दाजु महाराजले भन्नु भएझैं  आज यज्ञविरोधी संस्थाका सङ्ख्या धेरै छन् । यो विविधताकै कारणले भएको हो । सबैतिर भौँतारिएर जानाले झनै अन्यौल सृजना हुन्छ । त्यसैले सबैमा गइराख्न जरुरी छैन । यिनमा बढी प्रख्यात रहेका वा बढी जनताले मानेका ५ संस्थाहरु छन् जसका आचार्य पूर्ण कश्यप मक्खली गोसाल अजित केस कम्बल पकुध कात्यायन र संजय वेलठ्ठिपुत्र छन् । यी सबै एकै ठाउँमा छैनन् । उनका शिष्यहरु वर्षाबासको चार महिनाबाहेक आठ महिनासम्म ठाउँठाउँ गएर प्रचारकार्य गर्दछन् । खोज्दै उनीहरु भए ठाउँ पुग्न हजूरलाई गाह्रै हुन्छ । त्यसैले उनीहरु जहिले यतै हाम्रा गणराज्यमा आइपुग्छन् तहिले मौका पार्न सकिने छ । म हजूरलाई खबर गर्दै गर्ने छु ।ू

मायादेवी- ूहुन्छ बाबु ! म धेरै रिणी हुनेछु ।ू


१७. मायादेवीलाई पुत्रप्राप्तिको चाहना र प्रजापतिलाई गर्भ सुख

हे पाठकगण ! त्यसै बेलामा मायादेवीलाई पेटमा पीडा हुनगयो । लामो सास फेरेर तिनले तल्लो पेट अठयाइन् ।

शुद्धोदन केही चिन्तित भए र सोधे- ूके भयो महारानी ?ू

मायादेवी पेट समाउँदै बोलिन्- ूयो भित्र चल्छ । साह्रै दुःख्छ ।ू

अमितोदन- ूहजूरलाई बढी हुने होइन भनेर उनले लात्ती चलाएको हो । त्यसरी बीसौँ जोगीकोमा पुगेर सकसगर्दा ऊ रिसाउँदैन त अलि थोरैकोमा जानपर् यो । अनि हान्दैन लात ।ू

मायादेवी- ूआफूलाई कस्तो मर्नु न बाँच्नु भएको छ । तपाईंचाहिँ झन् छड्के हानिरहने ?ू

शुद्धोदनको चिन्ता केही कम भयो । बरु हाँस्न लागे देवर र भाउजुको कुरा सुनेर । शुद्धोदनले रमाइलो गर्दै अमितोदनलाई प्रश्न राखे- ूलौ भन त बाबु ! छोरा हुन्छ कि छोरी ू

मायादेवीको पेटतिर देखाउँदै अमितोदन बोले- ूजुन किसिमको उसको फूर्ति छ त्यो हेर्दा त छोरोनै हो भन्ने मलाई लागेको छ । हेर्नुहोस् न आमालाई भित्रै लात जमाउँदैछ ।ू

तीनैजना गलल हाँसे । शुद्धोदनले कुरा समात्ने हिसाबमा बोले- ूपहिले त ज्योतिषीहरुले छोरा हुन्छ भन्दा छोरा हुन्छ कि छोरी भन्न सकिन्न भन्थ्यौ । अहिले त उही कुरा मान्न कर लाग्यो ू

अमितोदन- ूहेर्नुहोस् दाइ महाराज ! मैले भाटगिरी गरेको होइन । भाटहरुले हावामा त्यत्तिकै हजूरलाई खुशी पार्न बोलेथे । मैले कार्य र कारणहरुको नियमको आधारमा भनेको हुँ । खुसी पार्न होइन ।ू

मायादेवी- ूहे देवरबाबु ! हँस्यौली पारामा भनेपनि तपाईंका कुरा सुन्नलायकका हुन्छन् । तपाईंका कुरामा म धेरै आश्वस्त हुन्छु किनभने तपाईंका कुरा तर्कसङ्गत हुने गर्दछन् । शास्त्रले भन्यो त्यसकारणले यो सत्य छ भनेर तपाईं भन्नुहुन्न । वेद वा शास्त्रलाई तपाईं आँखा चिम्लेर प्रमाण मान्नुहुन्न । लौ भन्नुहोस् के आधारमा छोरो हुन्छ भनेर भन्नुभो । मैले तपाईंको निर्क्यौलमा शङ्का गरेको होइन । आश्वस्त हुन मात्र खोजेको हुँ ।ू

अमितोदन- ूहे भाउजु महारानी ! मेरा निक्र्यौल पनि अनुमानै मात्र हो । म ठोकेरै भन्न सक्दिनँ । तर त्यो अनुमान लाउन पनि मैले हावामा लगाएको होइन । केही घटना हुन्छ भने त्यसको उचित कारण पक्कै हुन्छ । त्यही आधारमा कारणहरु अनुमान गर्ने हो । हजूरको पेटमा भएको बच्चा अति सकि्रय छ । सामान्यतः यस्तो सकि्रयता छोरीहरुको हुन्न भन्ने मलाई लागेको छ । त्यो सामान्य नियमको कुरा गरेको हुँ । त्यसो त छोरीहरुचाहिँ सकि्रय हुँदै हुन्नन् अनि छोराहरु सबै सकि्रय नै हुन्छन् भन्ने पनि मेरो धारणा छैन । संभावनाको कुरा गरेको हुँ । बढी संभावना छोरा हुनुकै छ ।ू

मायादेवी अति प्रफुल्लित भएर बोलिन्- ूहो हो धाईदिदीले पनि यस्तै कुरा गरेकी थिइन् । पेटमा यस्तो धेरै चल्ने बच्चा त तिनले कहिल्यै देखेकी छैनन् रे । तिनले पनि अनुभवको आधारमा भनेकी थिइन् छोराहरु मात्र यस्ता हुन्छन् भनेर । देवरबाबु ! हजूरको कुरा सुनेर म त ढुक्क भएँ । ू

अमितोदन- ूअर्को कुरा पनि छ अनुमानको लागि दह्रो आधारभूमि । त्यो हो गर्भको समय । सामान्यतया छोरी नौमहिनामा जन्मन्छ भने छोरा त्यो समय नघाएर जन्मन्छ । हजूरको गर्भले नौमहिना काटिसकेको छ । अझै  जन्मने तर्खरै गरेको छैन ।ू

मायादेवी खुशीले चिच्याउँदै बोलिन्- ूलौ त्यसो भए त पक्कै छोरा हो । फरकै छैन ।ू

शुद्धोद्धन बढो खुशी हुँदै बोले- ूलौ लौ तिमीहरुको मुखमा दही र चिउरा ।ू

अमितोदन- ूयत्तिकै बोलेर मात्र दही र चिउरा मुखमा पुगिसक्छ कि के हो हावाको भरमा खै कार्य र कारणको सामाजस्यता ?ू

मायादेवी उठ्न चाहिन् । तर बडो कष्ट भयो । शुद्धोदन तिनलाई उठ्न नदिँदै बोले- ूअब किन उठ्न पर् यो त । के बित्या छ ?ू

मायादेवी- ूअनि बाबुलाई यसो खाजा बन्दोवबस्त गर्नु परेन त मुखमा दहीचिउरा भनेर मात्र टर्छ कि के हो खै कार्य र कारणको सामाजस्यता ?ू

अमितोदन- ूवाहवाह भाउजु ! क्या बुझ्नुभएको । हजूरलाई चाहेबमोजिमको पुत्ररत्न प्राप्त होस् । मलाईचाहिँ महाराजले भनेजस्तै खाँट्टी एकराते मालीगाईको दही र घैयाको चिउरा । कार्य र कारणको सामाजस्यता मिलाएर ।ू

शुद्धोदन हाँस्दै बरण्डाबाट तल हेरेर बॊले- ूए को छ हँ त्यहाँ । यहाँ दही चिउरा र मह पनि लिएर आ त ।ू

अमितोदन- ूवाह ! मह पनि ू

शुद्धोदन- ूहो तिम्रा कुरा महजस्तै मिठो थियो नि त- कार्य र कारणको सामाजस्यतासाथ !ू

मायादेवी- ूअँ महजस्तो मात्र होइन । दही र चिउरासमेतको महजस्तो- कार्य र कारणको सामाजस्यतासाथ !ू

सबै हाँसे ।

शुद्धोदन – ूके गर्ने बूढेसकालमा बल्लबल्ल सन्तान हुँदै छ । छोरै हुन पर् यो नि । छोरा नभई मुखमा आगो लाउने मान्छे नै हुन्न । स्वर्गको ढोकै खुल्दैन भन्छन् पण्डितहरु ।ू

अमितोदन- ूदाज्यै ! अब बाहुनहरुका भनाइ र चलनहरुको कुरा नगर्नुहोस् यत्रो कार्य र कारणको सामाजस्यताको जप लगाईराखेको बेलामा । मुखमा आगो जसले लगाए पनि हुन्छ । अनि छोराले मुखमा आगो लाइदिँदा स्वर्ग पुग्ने नभए नपुग्ने वा अन्यत्रै पुग्ने मरेपछि को कहाँ पुग्छ कसले देखेको छ त्यस्तो मान्छे कोही भेट्नुभएको छ ू

शुद्धोदन एक छिन टवाँ परे र बोले- ूतिमीसँग कुरा गरेर कसले सक्छ ?ू

त्यसै बेलामा धाई्बूढी र प्रजापतिको प्रवेश भयो । दुबैको अनुहारमा रहस्यमय मुस्कान थियो । तीनै जनाका आँखा ती दुईको अनुहारमा  जमे ।

धाई बोलिन्- ूहे महाराज ! एउटा खुशीको खबर छ । भन्नुहोस् के होला ?ू

शुद्धोदन सोच्न लागे । मायादेवी दिदीको अनुहारमा पढ्न लागिन् ।

अमितोदनले प्रजापतिलाई प्याच्च सोधे- ूके हुन्थ्यो भाउजुहरुका माइती आए नि तल बैठकमा राखेर आउनुभयो । हो कि होइन लौ भन्नुहोस् ?ू

धाई हाँस्दै बोलिन्- ूहोइन बाक्सिस  बाँड्नुपर्ने कुरा छ !ू

शुद्धोदन र अमितोदन अड्कल काट्न लागे । मायादेवीले बुझिहालिन् के हो भनेर । तिनले दिदी महारानीलाई इशारामै खुशी हुँदै सोधिन्- ‘हो?’ प्रजापतिले मौन मुस्कानसाथ ‘हो’ भन्ने इशारा दिइन् । मायादेवी दिदीलाई अँगालो हाल्न जुरुक्क उठ्न चाहिन् । तर पेटको अपठारोले तिनलाई फेरि पनि उठ्न हम्मे पर् यो । दिदी महारानी आफै दौडेर आइन् र अँगालो दिइन् । दुबै खुशीले रमाए र एकै छिनमा त दुबै रुन पो लागे ।ू

दुबै पुरुषहरु वाल्ल परेर हेरिरहे । धाईबूढीले त्यसरी महाराजलाई अन्यौलमा राख्न चाहिनन् र कुरा खोलिन्- ूहे महाराज ! अब हजूरलाई अर्को सन्तान हुने भाको छ ।ू

शुद्धोदन आकाशतिर हेरेर अश्रुपूर्ण नेत्रसाथ बड्बडाए- ूधन्य हो प्रभु ! एकसाथ छप्पर फाडेर दिँदैछौ ।ू

अमितोदन बरण्डामा गएर चिच्याए- ूए तल कोही छ दही चिउरा र महसँगै मनभोग पनि लिएर आ । छप्पर फाडेर ।ू
——

१८. प्रसबको लागि मायादेवीको माइति गमन

हे पाठकगण ! अब ता दुबै दिदीबहिनी गर्भिणी थिए । दुबै अति आनन्दित । जेजे विधिहरु प्रारम्भमा मायादेवीको लागि गरिए थे तीती विधिहरु प्रजापतिको लागि पनि गरिए । बाहुनको पाठ शफ् र घण्टको कोलाहल र धामीको ढुङ्ग्रो थर्कान भने अब हुन पाएन । रानीहरु दुबै दिनप्रतिदिन अमितोदनले सुझाएका सत्सङ्गमा गएर प्रवचनहरु सुन्न लागे । तर यस्तो कि्रयाकलाप धेरै दिन हुन पाएन । मायादेवीको गर्भ दशौं महिनामा लागेपछि हिँड्नै नसकिने गरी अप्ठेरो हुनलाग्यो । बेलाबेलामा सकस पनि बढ्न लाग्यो । त्यसपछि दुबैले दरबारमै समय बिताउन लागे ।

हे पाठकगण ! मायादेवीले दश महिना पूरा हुने बेलामा पनि शिशु पैदा गर्न सकिनन् । सामान्यतया बच्चा हुनुपर्ने अवधि भनेको सरदर २८० दिनतिर हो । ढिला भनेको २९४ दिनसम्मलाई सुरक्षित समय मानिन्छ । त्यसपछि १८ घण्टाको व्यथाभन्दा ढिला भएमा त्यसलाई अस्वाभाविक गर्भ भएको मानिन्छ ।* मायादेवीको गर्भ आषाढ पूर्णिमादेखि वैशाख पूर्णमासम्म आइपुग्दा २९६ दिन पुगिसकेको थियो । यस हिसाबमा त्यो गर्भ सुरक्षित समयबाट ४८ घण्टा टाढा गइसकेको थियो र अझै  शिशुको जन्म भइरहेको थिएन । यसरी गर्भको समय नाघ्नु आमा र शिशु दुबैको लागि ज्यानकै खतरा भएको मानिन्छ । यस्तो अस्वाभाविक अवस्था कतै गर्भको बच्चा ठूलो भएर र कतै आमाको पुट्ठाको हड्डी सानो भई बच्चा जन्मन नसक्दा र कतै बच्चा नै गर्भमा सही ढङ्गमा नबसेको स्थितिमा हुन जान्छ । वास्तवमा यो समस्या पहिलो त बच्चा नै गर्भमा सही ढङ्गमा नबसेको स्थितिबाट भइरहेथ्यो । त्यसमाथि सानो गाँठीको शरीर अनि गर्भको आकारचाहिँ सामान्यभन्दा बडेमानको भएको हुँदा समस्या अरु बढेको थियो । सामान्यतः बच्चाको जन्म शिरबाट हुन्छ त्यसैले शिर नै अग्रभागतिर उन्मुख हुनुपर्ने हो । तर तिनको बच्चा खुट्टापट्टि बाट अग्रसर हुँदै थियो र खुट्टा यतैउतै अल्झिएर  प्रसवव्यथा लम्बिइरहेको थियो । स्थिति झन्झन् गम्भीर बन्दै गइरहेको थियो ।

“गर्भस्थ बच्चा २८०-२९४ दिनभित्र प्रसव सुरु भएपछि १८ घण्टाको औसत अवधिभित्र शिर्षोदयमा जन्मनुपर्छ अन्यथा यसलाई असामान्य प्रशव मान्नुपर्छ” -पण्डित डा. विष्णुप्रसाद; तुरुन्त डाक्टरमा नभएमा, पृ. २०२ .

यो गर्भ आषाढपूर्णिमाकै दिन रहेको भन्ने कुनै आधार छैन । दशमहिनातिर बच्चा जन्मने प्रकृतिलाई मिलाएर बुद्धचरितका रचयिता अश्वघोषले गर्भाधानको लागि आषाढपूर्णिमाजस्तो साइतलाई उपयोग गरेका हुन सक्छ । बुद्धको जन्मको प्रकृतिलाई हेर्दा यो गर्भाधान त्योभन्दा पहिल्यै भएको पनि हुन सक्छ । -लेखक

मायादेवीलाई पूर्णेको दिन त्यसै पनि असामान्य मानसिकताको चाप बढ्दथ्यो । त्यसमाथि यो सकस ! बच्चा पनि समय नाघेर बल गर्नपर्ने स्थितिमा त त्यसै पनि थिए नै त्यसमा पनि उनको चलमल ज्यादै नै बढी थियो । मानौ पूर्णे आमालाई मात्र होइन गर्भैको बच्चालाई पनि लाग्दैथ्यो ।

गर्भ परिपक्व भएर पनि बच्चा जन्मन नसकेको कुरा अब सबैलाई छर्लङ्ग थियो । धाईले राजालाई जान्ने सुँडेनीको सेवा लिन लगाए । एउटी जान्ने सुँडेनी ल्याइयो । तिनले भनिन्- ूमहाराज यो त मेरो बसको कुरो भएन । बरु उतै महारानीकै माइत देवदहमा एकजना छन् जसले मलाई यो सीप सिकाएका थिए । तिनलाई यथाशीघ्र बोलाउनुपर्छ ।ू

मायादेवीले पीडामिसि्रत स्वरमा भनिन्- ूमहाराज ! मलाई नै उतै पठाउनुहोस् । त्यसलाई यहाँबाट लिन गई यहाँसम्म आउँदा त म मरि नै सकेको हुनेछु ।ू

पुरोहित उदायीले हात जोड्दै भने- ूमहरानीको गर्भरक्षाको सीमन्तोन्नयन संस्कार माइतीमा हुनुपर्नेथ्यो । त्यो भएकै छैन । त्यसैले महारानीलाई नै त्यहाँ पठाएको खण्डमा त्यो संस्कार पनि हुने र सेवा पनि उतै यथाशीघ्र लिन सकिने थियो ।ू

प्रजापति अत्यासमा बोलिन्- ूठीकै हो । आजै लैजाऔँ । पूर्णिमाको रात छ । रातसाँ´ गरी लान पनि सकिन्छ । के गर्ने म पनि जान पाए हुन्थ्यो । यीनलाई त पूर्णेको लगान पनि हुन्छ । कुनवेला कहाँ छोप्छ थाहै हुन्न । म चाहिँ आजै अलिक नसक्ने भएकी छु । डोलीमै भए पनि जाउँ कि ?ू

बहिनीलाई सयार्दासयार्दै प्रजापति पनि बढी धपेडीले बिरामी परेकी थिइन् । आखिर तिनी पनि त बूढेसकालमा गर्भिणी बनेकी थिइन् । समस्या त उही न थियो । तिनले सहयोग पुर् याउने होइन कि तिनैलाई सहयोगको आवश्यकता थियो । तिनी जान नसक्ने भइन् ।

मायादेवीलाई डोलीमा बोकाएर लाने बन्दोवस्त भयो । तर राजा पनि त्यसदिन तिनको साथमा जानसक्ने स्थितिमा थिएनन् । भोलिपल्टै सङ्घको महŒवपूर्ण सभा गर्नुपर्ने मिति तोकिएको थियो । उनले त्यसलाई छोड्नै मिल्दैनथ्यो ।

मायादेवी बैसाखपूर्णिमाको व्रतमा थिइन् । मुखमा केही पनि नपरेको स्थितिमा तिनलाई निक्कै सकस परिरहेको थियो । प्रजापतिले तिनलाई व्रत तोडेर गुँदपानी खान सल्लाह दिइन् । तर मायादेवीले त्यो व्रत तोड्न मानिनन् ।

परबाट धूलो उडाउँदै घोडा बड्काएर अमितोदन आइरहेका देखिए । उनी बाहिर जाने पोशाकमा थिए । शुद्धोदनलाई केही भरोसा भयो । उनी नजिकै आए र डोलेहरुलाई कराए- ूकेको ढिलाई उठाइहाल डोली !ू त्यसपछि महाराजतिर फर्केर बोले- ूमहाराज ! थप डोलेहरु पनि साथ लगाएर पठाउनुहोस् । पालोपालो गरी दौडाउने छन् । सातआठ कोसको बाटो छ । म अगाडि गएर देवदहमा सबै बन्दोवस्त मिलाई राख्छु । हे महाराज ! हजूर संस्थागारको काम सकेर मात्र भोलि वा पर्सी आउनुहोला । भाउजुतिरको चिन्ता गर्नैपर्दैन ।ू

हे पाठकगण ! अमितोदनले कसैको कुनै कुरा सुन्न चाहिरहेका थिएनन् । उनले दुईजना घोडसवारहरुलाई बाटोमा हुनसक्ने अवरोधहरु पशु मान्छे गोरुगाडा जेजे हुन्छन् किनारा लगाउन दौडाए । त्यसपछि डोलेहरुलाई तुरुन्तै डोली उठाएर दौडाउन आज्ञा दिए । डोली दौडाइयो । पछिपछि घोडसवार अङ्गरक्षकहरु दौडिए । सँगै अमितोदनले दशजना सुसारेहरुलाई पनि सामान्य डोलीमा राखी पछिपछि दौडाए । उनले थप आठजना बलिया डोलेहरुको माग गरे । ती पनि बन्दोवस्त हुनेबित्तिकै त्यही लस्करतिर दौडाए । राजा हतप्रभ भएर हेरिरहेथे ।

अमितोदन अन्तिम अभिवादन गर्दै बोले- ूमहाराज ! चिन्ता नलिनुहोला । म हिँडेँ ।ू

लस्कर दु्रतगतिमा देवदहतिर दौडिरहेथ्यो । रोहिणी नदी पुगेपछि अमितोदनले लस्करलाई पछाडि छाडेर घोडा अगाडि दौडाए । अगाडि लुम्बिनी वन थियो । हेर्दाहेर्दै उनी बड्कँदो घोडाले उठाएको धूलोभित्र हराए ।

महारानी मायादेवीलाई माइत लाने यो लस्कर निक्कै द्रुतगतिमा लम्किरहेको थियो । त्यही गतिकै कारण डोली हल्लन्थ्यो र मायादेवीको तल्लोपेटमा दवाव पुगी सकस भइरहेको थियो । तिनले पेटलाई दुबै हातले सहारा दिइरहेकी थिइन् । तर पनि राहत भइरहकेा थिएन । बेलाबेलामा पीडाजन्य स्वर निस्कन्थ्यो – ूऐया मरेँ !ू

सुसारेले झ्यालको पर्दा उठाएर सोधिन्- ूनिक्कै गाह्रो भइरहेको छ कि के हो महारानी ?ू

मायादेवी बोलिन्- ूहो खप्नै सकिरहेको छुइँन ।ू

सुसारे- ूसाह्रै परेको भए केही छिन बिसाउने हो कि ?ू

मायादेवी- ूहोइन बाटो निक्कै छ । जङ्गलमै रात पर् यो भने बित्यास पर्छ ।ू

सुसारे- ूभोकले पनि साह्रै पार् यो होला नि व्रत तोड्ने हो कि यता बयरहरु थुप्रै पाइँदोरहेछ ?ू

मायादेवी- ूहोइन तोड्दिन । बरु एकैक्षण बिसाउनपर् यो । एकदमै गाह्रो भयो ।ू

अर्की सुसारे बोलीन्- ूयस्तो अवस्थामा उतै राजभवनमै बस्न छाडेर माइत जाने लहड गर्नुभयो । के गर्ने ?ू डोलेतिर फर्केर हुकुम दिइन्- ूयसो अलि फराकिलो ठाउँमा बिसाऊ । एकछिन बिसाउनुपर् यो ।ू

सबैभन्दा पाको डोलेले नरमसाथ भन्यो- ूयता त यस्तै छ । आधाकोस जतिमा लुम्बिनी उद्यान आउँछ । त्यहाँ फराकिला चौरहरु भेटिन्छन् । त्यहाँसम्म केही दुःख गर्ने हो कि ?ू
—-

१९. मायादेवीको पाश्र्व भाग चिरेर बच्चाको जन्म

हे पाठकगण ! लुम्बिनीवनभित्रैको यो उद्यान वास्तवमा एउटा प्राकृतिक वनकै एक अंश हो । यहाँ कपिलवस्तु र देवदहका दुबैतर्फका आखेटमा आउने राजाहरुले शिविर गर्ने गर्दथे । राजाहरुका शिविर राखिने ठाउँ भएकोले यसमा कतै पाल टाङ्ने सपाट मैदान परेको चौर कतै खानेपानीको कुवा कतै आरामदायी चौतारी कतै नुहाउने पोखरी अनि कतै खोलाहरुमा डुबुल्की मार्न हुने दहहरुसमेत बनाइका थिए । मान्छेहरुका सृजनशील हातहरुबाट केही सीमित ठाउँहरुमा भए पनि श्रृङ्गार पाइसकेको हुँदा यसले उद्यानको दर्जा पाइसकेको थियो ।

महारानी मायादेवीलाई यो ठाउँको राम्रै हेक्का थियो । विवाहपूर्व देवदहबाटै आफ्ना बाल्यकालमा धेरैपल्ट दिदी प्रजापति र सखीहरुसँग मनोराजन गर्न त्यहाँ आउने गर्थिन् । विवाहपश्चात् पनि कपिलवस्तुबाट देवदह माइत जाँने र आउने बाटो यही भएकोले बिसाउने ठाउँ नै यही थियो ।

एक त पर्दाले ढाकिएको डोलीमा सवार त्यसमाथि वनको बाटो लुम्बिनी उद्यान आउन कति छ भन्ने हेक्का तिनलाई हुँदै भएन । तिनलाई भने माइत पुग्नुको हतार ! त्यसमाथि पनि शरीरमा पीडा भएपछि त झनै उखरमाउलो भइहाल्यो । त्यो उद्यान आइपुग्यो कि भनेर तिनी बारम्बार बाहिर हेर्दथिन् ।

महारानीलाई आराम गर्ने ठाउँ बनाउन केही अङ्गरक्षकहरु अगाडि दौडिए । डोलेहरु सक्दो लचक कम गरेर ठेसिन र अल्झिनबाट जोगिँदै गति बढाउँदै हिँडिरहेका थिए । केही पर पुगेपछि महारानी बोलिन्- ूहेर यो ठाउँ पुष्करिणी हो । यहाँ म सानो छँदा धेरैपल्ट आएकी थिएँ । ऊ त्यो पानीको खोल्सीभन्दा माथिको ढीस्कोमा डोली बिसाऊ ।ू

सुसारे- ूयहाँ त फराकिलो छैन नि उबडखाबड र अली भिरालो पनि छ ।ू

महारानी केही झर्केर बोलिन्- ूफराकिलो नभए पनि एकै छिन बिसाउने त हो नि । मलाई यहाँ एकछिन बिसाउन मन लाग्यो । त्यो ढीस्को माथिको सालको वृक्षमुनि बिसाऊ ।ू

महारानीको हुकुम कसले टार्ने । डोलेहरुले डोली त्यतै लगे ।

ढीस्को माथि सालवृक्षको फेदमा ठाउँ निक्कै साँघुरो थियो । डोली राम्ररी राख्ने ठाउँ थिएन । मुनितिर पानीको खोल्सा भएकोले त्यो ठाउँ केही भिरालो पनि थियो । वर्षाको भेलले काटेर त्यो ठाउँ अलि अपठारै थियो । अझ  झारहरुले पनि छपक्कै ढाकेको थियो । जे भए पनि रानीको हुकुम पालना गर्नै पथ्र्यो । तिन्कै इच्छाबमोजिम डोलेहरुले डोली त्यतै लिएर गए ।

डोलीका दुबैतिर रुख बिरुवाका हाँगाहरुले झ्याप्प झ्याप्प हान्दै थिए । यसैबेलामा जङ्गलभरी चराचुरुङ्गीहरु वातावरण नै थर्कने गरी कराउँदै रुख छोडेर आकाशिए । त्यसको केही क्षणमै पृथ्वीमा भूकम्प हुन गयो ।*  डोलेहरुका खुट्टा लरबराउन लागे । चारैजनाको सन्तुलन बिग्रिन गयो । डोली हल्लिन गयो । यसले रानीलाई बढी नै कष्ट भयो । तिनले आत्तिएर झ्यालबाट बाहिर रुखको एउटा हाँगा समाउन पुगिन् । यसले त झनै डोलेहरुको सन्तुलन बिगि्रयो । ‘यस्तो अवस्थामा लडे के हुने हो’ भन्दै तिनले डोलीबाटै हाँगा समाएको समायै गरिन् । झनै डोलेहरुलाई सन्तुलन बनाउन गाह्रो भयो । तुरुन्तै सुसारेहरु अगाडि बढे । कसैले डोली समाए । कसैले डोलेलाई समाए । कोही भने रानीलाई समाउन पुगे । दशथरीको हात हुँदा झनै जात्रा भयो । डोली भुईंमा राख्न त सकियो तर रानीको लागि कष्टमय झट्कासाथ ।

“गर्भप्रवेशको बखतमा झैँ अहिले जन्मको समयमा पनि बत्तीस प्रकारका पूर्वलक्षण देखिन थाल्यो । भूकम्प पनि त्यस्तै भयो ।”  संक्षिप्त बुद्ध बुद्धजीवनी, पृ. ५ ।

“यस्य प्रसूतौ गिरिराजकीला वाताइता नौरिव भूाचचाल । सचनन्दना चोत्पलपशगर्भा पपात दृष्टिर्गगनादनभैात् ॥२१॥” “At his birth the earth nailed down as it was with the king of mountains trembled like a ship struck by the wind.” – Johnston, E.H.; Asvoghosa’s Buddhacharit (or Acts of Buddha); (p.6).

झट्काले महारानीलाई निक्कै सकस भयो । तिनी वेहोसप्रायः भइन् । सुसारेहरुले बिस्तारै डोलीबाट निस्कन सगाए । निक्कै घच्चो परेछ । पेट समाउँदै तिनी बाहिर निस्किन् । तर त्यता बस्ने ठाउँ थिएन । झारैझार  थियो । वर्षात्को भेलले काटेर केही भिरालै थियो । पहिले बाल्यकालमा बालसुलभ चिप्लेटी खेल्न तिनी त्यही खेल्सीमा आउने गर्थिन् । नाम पनि उनीहरुले राखेका थिए पुष्करिणी खोल्सी । त्यो बेला ठाउँ अर्कै थियो । भेलले जमीन त्यसरी काटेको थिएन । खेलले त्यो भिरालो ठाउँलाई चिल्ल्याएको थियो । अनि शरीर अर्कै उमेर अर्कै जोश अर्कै र रमाइलो अर्कै । अहिले त ४५ वर्षे * ढल्कीसकेको उमेर त्यसमाथि बच्चा पाउन गाह्रो भइरहेको दुई जीउको अवस्था तिनलाई निक्कै गाह्रो पर् यो ।

*”महामायाबाट ४५ वर्षमा आफ्नो माइत देवदह जानलाग्दा बाटैमा व्यथा लागि लुम्विनीकुाजमा एक सालवृक्षमुनि बुद्धको जन्म भयो ।ू – चेतोनाथ शर्मा आचार्य बुद्धको जीवनी र कार्यक्षेत्र; बुद्धको समjhना कल्याणको कामना; सं. राजकर्णिकार घनश्याम, पृ. १८ । चेतोनाथ शर्माज्यूले कुन आधारमा यो उमेर बताउनुभयो त्यसबारे कुनै सन्दर्भस्रोत दिनुभएको छैन । तथापि यो भन्दा किटिएको तथ्य अरु कतै हात नपरेको हँुदा मैले यसैलाई उपयोग गरको छु । -लेखक 

भूकम्पको धक्का अझै छँदै थियो । चराहरु थर्कमान भई आकाशमै कोलाहल गर्दै मडारिरहेका थिए । मानौँ एउटा प्रलयः नै हुन लागिरहेछ । रानीलाई असह्य छँदै थियो । कतै बस्न पाए हुन्थ्यो भन्ने तिनलाई लाग्यो । तर अनुकूल ठाउँ भएन । पेट अचाक्ली दुखिरहेथ्यो । नजिकै सालवृक्षको हाँगा केही तल लच्किएको थियो । सुसारेको मद्दत नपर्खिकनै त्यसलाई समाउन लम्किन् । तर त्यस हाँगालाई समाउन नपाउँदै भूकम्पको धक्का फेरि भयो । व्यथाले अशक्त भइरहेको तिनको शरीरले सन्तुलन कायम राख्न सेकन । तिनी लर्बराउन लागिन् । लर्बराउँदा लर्बराउँदै एउटा लहरामा अल्झिन  पुगिन् । सबैले हेर्दाहेर्दै लडिन् डङ्ग्रङ्ग । पेट एउटा मुढोमै बज्रन पुग्यो । कोखभित्रको बच्चामा यसले ठूलो धक्का पुग्यो । यस धक्काले पुट्ठाको हड्डीबाट निस्कन गाह्रो परिरहेको बच्चा चेप्टिएर फुत्त बाहिर निस्कियो । तर यस दवावले पाठेघरको मुखै चिरिदियो । योनीबाट रक्तस्राव ह्वाल्ल भयो । रानी पीडाले बेस्सरी काम्दै चिच्याइन् । रगतको भल एक्काशी बढेपछि एउटी सुसारेले रानीको लहङ्गा केही उचालेर हेरिन् । बच्चाको अवतरण हुँदै थियो । तर खुट्टापट्टिबाट ।

सुसारे अत्तिदै बोलिन्- ूबच्चा निस्कन लाग्यो तर खुट्टापट्टिबाट ।ू

अर्किले लहंगा उचालेर हेर्दै बोलिन्- ूखुट्टा र हातहरु यता र उति दोब्रँदै अल्झिएर नै रानीको व्यथा यत्ति बढेको रहेछ ।*

* भनिएको छ सिद्धार्थ जन्मनासाथ सात पाइला हिँडे । यसको सङ्केत यही हुन सक्छ कि बच्चाको अवतरण खुट्टापट्टिबाट भयो । यस सोचलाई मानियो भने यो पनि खुलासा हुन सक्छ कि पेटमा बच्चा उल्टो बसेकै कारणले मायादेवीको प्रसवव्यथाले समय लिइरहेको थियो ।

यता मुढो र जमीन रातो कमिलाको घर रहेछ । शरीरभरि ती चढ्न लागे । रानी उठ्न सकिरहेकी थिएनन् । सुसारेहरुले मद्दत गरे । योनीबाट रक्तस्राव बेस्सरी बढयो । नहुनु घटना हुन गयो । सुसारेहरुले रानीलाई गोप्यता दिन तत्काल आफ्ना लहङ्गाहरु खोलेर पर्दा बनाए । केही डोलेहरु अगाडि गएका अङ्गरक्षकहरुलाई खबर गर्न उतै दौडिए ।

रानी सुसारेहरुको मद्दतबाट खडाको खडै सालवृक्षको हाँगा समाएर उभिइन् । तिनको अवस्था के थियो कसैलाई थाहा भएन । रगत बगेर कुर्कुच्चालाई नाघ्दै भुइँमै आहाल बन्न लाग्यो । अल्लारे सुसारेहरुलाई यस अवस्थामा के गर्न पर्ने हो केही थाहा थिएन । बच्चा जन्माउन सहयोग पुर् याउने सीप भएका कोही पनि त्यहाँ थिएनन् । उनीहरु यत्तिकै बच्चा हुने आशासाथ मायादेवीको सेवामा लागे ।

बच्चाले भित्रबाट एक्काशी तलतिर दवाव दिन लाग्यो । चिरिएको पाठेघर अब झनै चिरिएर गयो । यस्तो अवस्थामा योनी र गुद्द्वारको बीच भागमा चिरिनबाट जोगाउन कसैले हातले थेगेर राख्न पर्थ्यो  तर यस्तो जान्ने र थाहा पाउने कोही पनि थिएनन् । सुसारेहरुले थाहै पाएनन् कि भित्रभित्रै योनीद्वार फाटेर मुत्रद्वार र गुद्द्वारसँगै एकाकार हुन गयो । **

** “Tear in the vagina and perineum is usual in vaginal delivery, …. This involves the vaginal mucosa perennial skin, fascia, plus muscle of perennial body. The tear sometimes extends to involve anal sphincters. Occasionally this extends to involve rectal mucosa when it is known as 4th degree perennial tear. … Injury to the bladder and vagina occurs in the form of accascular necrosis due to pressure on them against the pubic bones by the foetal head in prolonged obstructed labour.” – Essential Obstetric Functions (p. 74).

पेट भित्रका सबै अल्झनहरु खुले । तर बच्चाको तल्लो भाग निस्किए पनि टाउको त पुट्ठाको हड्डीमै अल्झिएर रह्यो । माताको शरीरमै बच्चा तन्द्रङ्ग झुण्डिन पुग्यो । यस्तो अवस्थामा बच्चा दुई मिनेटभन्दा बढी रह्यो भने निस्सास्एिर खेर जानसक्छ ।

फेरि भूकम्पको धक्का भयो । मायादेवीलाई सन्तुलन मिलाउन हम्मे पर् यो । तिनलाई उभिन बलै पर् यो । तर पाठकगण ! यसले त बच्चाको अवतरणलाई मद्दतै पुग्यो । यस बल र चलमलले गर्दा पुट्ठाको हड्डीमा अल्झिरहेको बच्चाको टाउको फुक्त बाहिर निस्कन मद्दत पुग्यो ।

हेर्दा हेरदै बच्चा सालनालसँगै डङ्ग्र्र्रङ्ग तल खसे । भेलले काटेको त्यो पुष्करिणीको भिरालो खोल्सामा बच्चा र सालनाल सात बल्ड्याङ खाँदै तल पानीको कुण्डनजिक पुगे ।

केही सुसारेहरु दौडेर बच्चा टिप्न गए । भूकम्प अब साम्य भयो । नरम झारहरुका कारण बच्चालाई केही हुन पाएनछ । शरीरमा सालनाल बेरिएर पनि बच्चालाई सुरक्षा भएछ । बच्चा रुनसम्म पनि रोएनन् । चराहरुको कोलाहल पनि बन्द भयो । यता आमा सालको हाँगामा झुण्डेको झुण्डयै  थिइन् । तर अत्यधिक रक्तस्राव र पाठेघर फाडेर योनी मुत्रद्वार र गुदद्वार एकाकार हुन पुगेकोमा अति सकसको कारण तिनलाई मूर्च्छा हुन लाग्यो । मूर्च्छा पर्दापर्दै तिनले सोधिन्- ूछोरा कि छोरी ?ू

सुसारेले हर्षोल्लाससाथ भनिन्- ूछोरा हो छोरा ।ू

मायादेवी वेहोसी अवस्थामै थोरै मुस्काइन् । अनि छुटे  हात रुखको हाँगाबाट । तिनी भुइँमा पर्न अघि सुसारेहरुले च्याप्प समाते र त्यानझ्यान पार्दै डोलीमा राखे ।

मायादेवीको हालत साह्रै नराम्रो थियो । रगतको खोलो एकनासले बगिरहेथ्यो । सुसारेहरु के गर्ने के नगर्ने भएर बिलखबन्दमा परे । सबै रुन र कराउन लागे । त्यसै बेलामा अङ्गरक्षकहरुलाई खबर गर्न गएका डोलेहरु केही अङ्गरक्षकहरु साथ त्यहाँ फर्केर आइपुगे । अङ्गरक्षकहरुले नजिकै चौर फेला पारेर पाल टाँगिसकेका रहेछन् ।

रानीलाई जसरी पनि शिविरसम्म पुर् याउनु नै थियो । सुसारेहरुले तिनलाई डोलीबाट नखस्ने गर्न दुबैतिरबाट समातॆ । नवजात शिशुलाई पनि सुरक्षित राख्न उनीहरुले त्यसै डोलीमा राखे । एकजनाले बच्चालाई पनि समाउनुपर्दथ्यो । चारजना डोलेहरुले डोली लानुपर्ने र दुईतिरबाट तीनचारजना सुसारेहरुले आमा र शिशुलाई समात्नपर्ने- निकै गाह्रो थियो यो यात्रा । सबैको होसहवास पूरै उडेका थिए ।

जसै एक दुइपाइला बढ्यो रानीको होस् खुल्यो । आफू रगतको आहलमा डुबिरहेका हुँदा रानीले तत्कालै त्यही पुष्करिणीकै दहमा नुहाउने इच्छा प्रकट गरिन् । डोली तल खोल्सीमा लगियो । सुसारेहरुले लहंगाहरु पुष्करिणीको दहमा चोपल्दै पानी ल्याएर तिनलाई डोलीको डोलीमै नुहाइ दिने व्यवस्था गरे । जसै सुसारेहरुले रानीको लहङ्गा उठाए रानीको गुप्तांगको हाल देखेर उनीहरु अचम्भित भए । उनीहरुले के भएको हो केही बुझेनन् । त्यहाँ त योनी र गुद्द्वारको नाम निशानै थिएन । ह्वाङ्ग प्वाल थियो । पेटै पूरै फुटेको उनीहरुले ठहर् याए ।

एउटी सुसारेले आत्तिँदै घोडसवार अंगरक्षकलाई भने- ूहे अङ्गरक्षक ! रानीले बच्चा जन्माउनुभयो । तर यो जन्म रानीको पाश्र्वभागबाट भएको छ । यो कुरा महाराज शुद्धोदनसामू बिन्ति गर्न तरुन्तै जाऊ । सूर्यसमान बच्चालाई महारानीले उभिएको उभियै जन्म दिनुभयो । बच्चा खुट्टापट्टिबाट जन्मिए र खसेर तलतिर खुरुखुरु िहंडेसरह सात बल्डुङ खाए । तथापि छालासम्म पनि खोसि्रएको छैन । राजा र रानीको प्रतापले बच्चा पूर्ण सकुशल छन् । तर महारानीलाई वनजङ्गलमा राम्रो सुविधा पुर् याउन सकिएको छैन । यी सबै कुरा महाराज शुद्धोदनलाई बिन्ति गरी यथाशीघ्र राजवैद्य र अनुभवी सुसारेहरुलाई लिएर आऊ ।ू

घोडसवार अङ्गरक्षक तुरुन्तै कपिलवस्तु दौडिए । सुसारेहरुले अब रानी तथा बच्चा दुबैलाई जसोतसो साफ गरेर अनेक दुःखसाथ रानीलाई पालमा पुराए ।

२०. असितमुनिको भविष्यवाणी

हे पाठकगण ! मायादेवीको अङ्गरक्षक अन्दाजी ७ कोसको बाटो पार गरी कपिलवस्तु पुग्दा रात राम्रै पर् यो । शुद्धोदन रातको खानपीन सकिवरी महारानी प्रजापतिसाथ सुकला गर्न गइसकेका थिए । उसले हस्याङफस्याङ गर्दै ढोकेलाई जनाउ दियो- ूहे द्वारपाल ! म लुम्बिनीवनदेखि महाराजको लागि शुभ समाचार दिन आएको महारानी मायादेवीको अङ्गरक्षक हुँ । मलाई महाराजसँग दर्शनभेट गर्नु छ । जाहेर गरिदेऊ ।ूमहाराज शुद्धोदनले अङ्गरक्षकको भनाइ आफैले सुने र हस्याङफस्याङ गर्दै झ्यालमा आएर सोधे- ूहे अङ्गरक्षक ! लुम्बिनीमा के त्यस्तो शुभ भयो र महारानीलाई वनमै छाडेर तिमी समाचार दिन आयौ ।ू

अङ्गरक्षकले दुबै हात जोडी बिन्ति गरे- ूहे महाराज ! महारानी मायादेवीबाट हजूरलाई बत्तीसै लक्षणले युक्त सूर्यसमान तेजस्वी पुत्ररत्न प्राप्त भएको छ । महारानीले लुम्बिनी उपवनमा राजकुमारलाई आफ्नो पाश्र्वभागबाट जन्म दिनुभयो । हे महाराज ! पाश्र्वभागबाट राजकुमारको जन्म भएको हुँदा महारानीको गाथमा निक्कै असर पर्न गएको छ । उहाँ अहिले मूर्छित अवस्थामा हुनुहुन्छ । कुशल वैद्य र सुसारेको यथाशीघ्र अत्यावश्यक छ । सरकार जो हुकुम !ू

राजालाई हर्ष र विस्मात दुबै एकैचोटि हुन गए । बूढेसकालमा पुत्ररत्न पाइएको छ त्यो अति नै हर्षको विषय भयो । तर महारानी वनको बीचमा मूर्छित अवस्थामा छिन् यो कम विस्मातको कुरा भएन । राजाले तुरुन्तै राजवैद्यालाई द्रुत घोडामा लुम्बिनी दौडाए । कुशल सुँडेनी धाई्रबूढी र केही सुसारेहरुलाई तुरुन्तै डोलीमा पठाए । अन्त्यमा आफू कान्छी महारानी प्रजापतिसँग बिदा हुन गए । त्यसबेलासम्म प्रजापतिले पनि यो कुरा थाहा पाई उतै बहिनीको सेवामा जान बीसौँ अनुभवी सुसारेहरु साथ तयार परिसकेकी रहिछन् ।

रात छिप्पिसकेको थियो । पूर्णिमाको दिन भएको हुँदा जुन ढकमक्क थियो । मैदानी भाग होउन्जेल यो सफर दिनकै समान सजिलो थियो । अझ घामको ताप सहन नपरेको हुँदा धेरै सजिलो पनि थियो । तर जब वनको बाटोमा हिँडन पर् यो रुखहरुको छायाँले बाटो ठम्याउन गाह्रो पर्न गई यो सफर निक्कै कष्टकर हुन पुग्यो । वनकुखुराको दोस्रो डाक हुँदा मात्र यो लस्कर मायादेवीको पालसम्म पुग्न सफल भयो ।

हे पाठकगण ! वैद्यहरु पहिल्यै आइपुगेका थिए । उनले अनेक जडिबुटी र औषधिहरु प्रयोग गरी महारानी मायादेवीलाई होसमा ल्याइसकेका थिए । रानीले मलिन अनुहारसाथ राजा र दिदी प्रजापतिलाई अभिवादन गरिन् ।

राजाले मायादेवीलाई टाउकोमा मुसार्दै सोधे- ूमाया ! तिमीलाई कस्तो छ ू

रानीले आफ्नोतर्पु भएको राजाको ध्यानलाई पुत्ररत्नतर्फ मोडिन् र भनिन्- ूमैले हजूरलाई सूर्यसमान छोरा पाइदिएकी छु । हर्नुहोस् न !ू

त्यसै बेलामा सुसारेहरुले पुत्ररत्नलाई अगाडि ल्याइदिए । शिशुको नाल काटिएको थिएन । पुत्ररत्नलाई राम्ररी हेर्न पनि पाइएको थिएन कि राजवैद्यले सुनको सिक्काको अचानो राखी सुनकै बीँड भएको छुरी राजाको हातमा राखिदिए । राजाले नाल सर्लक्क काटिदिए ।

हे पाठकगण ! त्यस उद्यानमा नोकर चाकर चरण भाट नटी वाद्यवादक पुगिसकेका थिए । सबैले हर्षोल्लास गरे । बाजागाजा बजाउनेहरुले ढोल दमाहा निसर्ंघ शफ् आदि बजाए । वनमै नाचगान भए । लुम्बिनीवनमा कहिल्यै नभएको उत्सव भयो । वनका जन्तुहरु मान्छेहरुको यो हल्लीखल्लीले पूरै स्तम्भित भए । सबैजसो केकेन हुन लाग्यो भनी तसे्रर टाढाटाढासम्म भागेर गए ।

मायादेवीबाट राजकुमारको जन्म भएको कुरा रातारात राज्यभर फिँजियो । चारैतिरबाट लुम्बिनीवनतिर शाक्यगणका राजाहरु र नाताकुटुम्बको ओइरो लाग्यो । बिहान हुँदासम्म राजाका भाइखलकहरुका साथमा सयौँ शाक्यहरु लुम्बिनीवनमा जम्मा भए । भीड यत्ति भयो लाग्दथ्यो कपिलवस्तुका शाक्यहरु पूरै खनिएका छन् ।

उता देवदहमा पनि यो खबर पुग्यो । अमितोदनले तत्काल बूढी सुडेनीलाई डोलीमा राखेर लुम्बिनी उद्यान तर्फ दौडाए र आफू घोडामा बड्किए । महारानीका माइतीखलक कोलियहरु पनि उनका साथमा  आए । अब लुम्बिनी वन वन रहेको थिएन । जताजतै पालैपाल । एउटा अस्थायी नगरको रुपमा यो उद्यान परिवर्तित हुन पुग्यो ।

तीनचार दिन बितिसक्यो मायादेवीको स्थितिमा सुधार हुनुको सट्टा गिर्दो थियो । कुनै पनि क्षण केही पनि हुनसक्थ्यो । त्यही परिणामलाई पर्खेर भनौँ कसैले पनि कपिलवस्तुतिर फर्कने नामै लिइरहेका थिएनन् । दिनभर राजा र प्रजापति मायादेवीको शिविरमै रहे भने बाहिर जनताचाहिँ कुमारको जन्ममा खुसियाली मनाइरहेका थिए ।

हे पाठकगण ! हिमालयतिरका एउटा असित नाम गरेका अति प्रख्यात ऋषि कपिलवस्तु आएका बेला परेको थियो । उनी पनि महाराज शुद्धोदनलाई पुत्ररत्न भएकोमा बधाई दिन लुम्बिनी आए । उनी सरासर राजशिविरमा पसे । साथमा शाक्य गणराजा दण्डपाणी पुरोहित उदायी र अमितोदन पनि थिए ।

राजा शुद्धोदन ऋषिलाई देख्नेवित्तिकै तुरुन्तै उठे र दुबै हात जोडी बोले- ूनमस्कार ! हे ऋषिवर ! तपाईंको आगमनबाट हामी शाक्यजन कृतकृतार्थ छौँ । स्वागत छ !ू

असित- ूहे महाराज ! बधाई ! तपाईंको पुत्ररत्न भएको सुनेर म आशिष दिन आएको छु ।ू

शुद्धोदन- ूहे मुनिवर ! हजूरको आशिष राजकुमारको लागि अहोभाग्य हुनेछ । तर ऊ अहिले सुतिरहेको छ । केहीबेर पर्खन पर्ला ।ू

त्यसै बेलामा शिशुबाट सानो आवाज निस्कियो । असित बोले- ूहे राजन् ! तपाईंको पुत्ररत्न सामान्य ढङ्गबाट जन्मेका शिशु होइनन् । यस्ता दिव्य विभूति कदाचित धेरै बेरसम्म सुत्दैनन् । मलाई हेर्न दिनुहोस् ।ू

ऋषि आफै कोक्रोसम्म गए । त्यसै बेलामा शिशुको एउटा खुट्टा उनको जटामा अल्झिन पुग्यो । सर्वसाधरणको लागि यो सामान्य कुरा थिएन । संसार जुन ऋषिको खुट्टामुनि रहेथ्यो उसैको टाउको नवजात शिशुको खुट्टामुनि पर्न गयो । असितले यस्तो हुनासाथ भविष्यवाणी गरे- ूयी बालक सामान्य बालक होइनन् । यिनको तेज संसार भरी फैलनेछ । यस महान् आत्मालाई मेरो कोटीकोटी प्रणाम ।ू

एकै क्षणमा उनी दुःखी हुँदै बोलॆ- ूहे राजन् ! म बूढो भएँ । तपाईंको यस कुमारको कुनै पनि करामत मैले देख्न पाउने छैन । मेरो शिरमा यिनको खुट्टा परेको छ । यी सामान्य बालक हुनै सक्दैन । यिनी यात चक्रवर्ती राजा हुनेछन् या संसार जित्ने महाज्ञानी महायोगी बन्नेछन् ।ू

त्यसपछि असितमुनि बिदा भएर गए । शाक्य गणराजा दण्डपाणी उनलाई वनको मुखसम्म छाड्न साथ लागे ।

 

 २१. सिद्धार्थको न्वारन र मायादेवीको मृत्यु

हे पाठकगण ! शुद्धोदनलाई अब पुत्र वैरागी हुने अर्को चिन्ता थपिन गयो । बच्चा जन्मिन अघि नै ज्योतिषीहरुले यस्तै योगी हुनसक्ने भविष्यवाणी गरेका थिए र ऊ बेला नदेखिएको बालकको लागि त चिन्ता भएथ्यो भने अहिले त आँखा अघाडि भएको स्थितिमा झनै बढी हुने भइहाल्यो ।

नजिकै अमितोदन थिए । उनले राजाको दुःखलाई बुझिहाले । उनी बोले- ूहे महाराज ! धेरै दुःखी हुने होइन । काकतालीले खुट्टा त्यो लट्टापरेका जटामा अल्झिएको हो । बूढा असितलाई म मान्छु महाज्ञानी हुन् । तर रहेछन् अन्धविश्वासको शिकार । उनको लट्टा परेका जटामा पातपंितङ्गर कीरामकौडा पनि अल्झिए  होलान् त्यसलाई कुन अर्थ दिने त्यसै आफ्ना बडप्पन देखाएका हुन् असितमुनिले । आत्मश्लाघी रहेछन् बूढा । त्यत्तिकै हाम्रा दुःखी राजालाई झनै दुःख थपेर गए ।ू

माइँलोभाइ शुक्लोदन बोले- ूहे महाराज ! कान्छोको जति त मैले विद्या हासिल गरेको छैन । तथापि उनको कुरामा म दम देख्दछु । असितमुनिको कुरालाई लिएर गम्भीर हुनुपर्ने मैले देखेकै छैन । उनले के भनेकामा हजूर दुःखी हुनुपर् यो यही न कि हाम्रा सन्तान सम्राट् भएनन् भने महाज्ञानी योगी बन्नेछन् त्यसै हो भने पनि दुःखी हुन किन पर् यो राजाहरु ता आफ्नै देशमा मात्र पुजिन्छन् । महाज्ञानीहरु त सर्वत्र पुजिन्छन् । ती मुनि आउँदैमा हजूरै उठ्नुभयो र त्यत्रो सम्मान दिनुभयो । हाम्रै अर्का शाक्य गणराजा दण्डपानी उनका सवारी चलाउँदै पछिपछि छन् । कोसलसम्राट् महाकोसल र मगधसम्राट् बिम्बिसार पनि उनी आउँदा उठ्छन् र आशिष थाप्दछन् रे । हाम्रा सन्तान यस्तै महाज्ञानी बन्छन् भने किन हामी दुःखी हुने म त भन्छु हाम्रा सन्तान कोही त महाज्ञानी नै बनून् । ढात्रेु किसान राजा आदि त हामी छँदै छौँ नि । होइन र पुरोहित बाजे ू

अहिलेसम्म पुरोहित उदायी चूप थिए । उनी अब बोल्न लागे- ूहे शुक्लोदनज्यू ! तपाईंका व्यावहारिक कुरा अति मान्य छन् । आज सर्वत्र यज्ञसंस्कृतिको उच्छेद भइरहेको बेलामा तत्वज्ञानीहरुको यश यत्रतत्र बढिरहेको छ । वैदिक परम्परा मान्नेहरु र नमान्नेहरु पनि आत्मचिन्तनको बाटोबाट मुक्ति वा मोक्षको खोजीमा लागिपरेका छन् । आज भौतिक सुखसयल आध्यात्मिक चिन्तनको छाँयामा   परेको  छ । ज्ञानीहरु आफ्ना आध्यात्मिक चिन्तनमा भौतिक प्रपाचबाट खलल पुग्ने आशङ्काले धमाधम संन्यास लिइरहेछन् । तपाईंले भने भैष आत्मचिन्तक वा महाज्ञानी हुनु निश्चय नै सर्वत्र पूजिएको मार्ग हो तथा कुलको लागि पनि गर्वको विषय हो । तर सामान्य व्यवहारमा बुझ्नुहोस् कुन मातापिता आफ्ना सन्तानलाई सम्पूर्ण सुखसयल छाडेर वन पसेका देख्न चाहन्छन् ?ू

अमितोदन- ूहे महाराज ! यी कुरामा सोच्ने तथा बरालिन हामीलाई पछि प्रशस्त समय मिल्नेछन् । यत्तिखेर शिशु सानै छन् र सुरक्षित छन् । ध्यान तथा चिन्ता त हाम्रा भाउजु महारानीतर्फ हुनुपर् यो ।ू

मायादेवीको अवस्था साँच्चै नाजुक बन्दै थियो । वैद्यले धेरै मेहनत गरी तिनको आयु लम्याउँदै लगेका हुन् । तर यसरी सँधै साध्य हुने थिएन । चौथो दिनमा रानीको घाउमा औँसा परिसकेका थिए । त्यताहुँदी बस्नै नसकिने गरी दुर्गन्ध फैलिरहेको थियो । दुर्गन्ध हटाउन धार्नीका धार्नी सालधूप र श्रीखण्डधूप सुसारेहरुले जलाइरहेका थिए । यो हविगतको हल्ला कतै नफैलियोस् भनी सर्वसाधरणलाई त्यता जान रोक्का गरिएको थियो । टाढासम्म अङ्गरक्षकहरुले घेरामा बसेर पहरा दिइरहेका थिए ।

रानी अचेत अवस्थामा थिइन् । कुनै पनि बेला तिनको मृत्यु हुनसक्ने अवस्था थियो । अतः वैद्यले राजालाई अब सबै आशा मरेको कुरा जाहेर गरे र कुमारको न्वारन पाँचौँ दिनमै गर्न सल्लाह दिए । अनि त राजाले पण्डितहरु बोलाएर पाँचौँ दिनमै न्वारण गर्ने हुकुम जारी गरे ।

बाहिर गाइँगुइँ हल्ला फिजिइरहेथ्यो ः

– ूकुमार मूल्याहा परेको रहेछ ।ू

– ूआमाको भुँडिनै फाडेर जन्मेछ ।ू

– ूआमा टोकुवा परेछ ।ू

आदि ।

तर नातेदारहरु सामू पर्दा त्यही भीड भन्ने गर्थे ः

– ूकहाँ सामान्य ढंगबाट जन्मेका हुन् र देउतासरी गुप्तांग प्रयोग नगरी अवतरण भए ।ू

– ूदेउता नै अवतारी हुन् पक्कै ।ू

– ूकि सम्राट हुन्छन् रे कि महान ज्ञानी ।ू

आदि ।

पुरोहितहरुले न्वारनको विधि चलाई रहेथे । भाटहरु गुणगान गर्दै थिए- ूहे महाराज ! राजकुमारको जन्म भएकै दिन धेरै शुभघटनाहरु घटित भए । ठाउँठाउँमा खानीहरु उत्पत्ति भए । हात्तीशाला र घोडा तबेलामा सर्वगुण सम्पन्न बच्चाहरु जन्मे । त्यही दिन हजूरको एक दासीले सर्वगुण सम्पन्न पुत्रको जन्म दिएकी छ । हे राजन् ! हजूरलाई एकसाथ धेरै सर्वसिद्धि भएको छ । यो कुरा विचारणीय छ कि कुमारको जन्म सामान्य ढङ्गमा भएको छैन । जसरी और्बको जन्म तिघ्राबाट पृथुको हातबाट इन्द्र सदृश मान्धाताको निधारबाट र कक्षीबानको काखीबाट जन्म भयो त्यसरी नै हाम्रा कुमारको जन्म पनि मनुष्य योनीको प्रयोग नगरी पाश्र्व भागबाट भएको छ ।* हे महाराज ! हाम्रा कुमार पनि महान् आत्मा भएकैले यसो भएको हो ।ू

* ततः प्रसन्नश्च बभूव पुष्यस्तस्याश्च देव्याव्रतसँस्कृतायाः । पाश्र्वात्सुतो लोकहिताय जज्ञे निर्वेदनं चैव निरामयं च ॥९॥ ऊरोर्यथौर्वस्य पृथोश्च हस्तान्मान्धातुरिन्द्रप्रतिस्य मूघ्र्न । कक्षीवतश्चैव भुजांसदेशात्तथाविधं तस्य बभूव जन्म ॥१०॥ू

अर्थ-तव निर्मल पुष्य नक्षत्र प्रकट भयो र व्रतले शुद्ध भएकी देवीको पाश्र्वभागबाट लोक कल्याणार्थ पुत्र उत्पन्न भयो । रानीलाई न त पीडा नै भयो न रोग नै भयो । जसरी और्वको जन्म जाँघबाट पृथुको हाथबाट इन्द्र सद्दृश मन्धाताको निधारबाट कक्षीवान्को काखीबाट भयो त्यसरी नै उहाँको जन्म पाश्र्वबाट भयो ।– The Buddha Charit (p.3).

राजा अति खुशी भए । कुमारको असामान्य जन्मको हेतु अब बुझेको भान उनमा हुन गयो । उल्लासित भएर ठूलो स्वरमा बोले- ूहे चारण ! हे भाट ! तिम्रा कुराबाट म ढुक्क भएँ । हाम्रा पुत्ररत्न यस्तै सर्वसिद्धिका लक्षणका भएकैले यत्तिका खुसखबरीहरु एकसाथ सुन्न पाइए । धन्य हो ! धन्य हो ।ूरानीको क्षतविक्षत कुहिएको दुर्गन्धित शरीरको कारणले अति दुःखी राजा अब खुशी भए । राजाका समस्त मानसिक पीडा नास भएर गए । रानीको त्यो हविगतलाई अब सर्वसिद्धिको कारक मानी राजा यसैयसै उल्लासित हुन पुगे । रानीको त्यो वीभत्स अवस्थालाई अब महान् संयोग उनले माने र नतमस्तक भएर तिनलाई ढोगे । राजा रानीप्रति कृत कृतार्थ भए । राजाको कण्ठ अवरुद्ध भयो । छेउमै महारानी प्रजापति छोरोलाई तेल घस्दै बसेकी थिइन् । राजाले तिनलाई घ्याप्प अँगाले र घाँटीमा किलकिलो थाम्दै भने- ूबुझ्यौ प्रजापति तिम्री बहिनी कत्ति महान् छिन् उनैको योगदानबाट हामीलाई यी सर्वसिद्धि प्राप्त भएको छ ।ू

प्रजापति त झन् स्त्री नै परिन् । तिनको मन यसै रहन सकेन । मनको बाँध फुटे  र डाको छाड्दै तिनी रोइन् । काखको शिशुलाई दखल पर्ने स्थिति भयो । राजाले तुरुन्तै शिशु सम्हाले । प्रजापतिले पागलसरी रुँदै बहिनीलाई अँगालिन् । अनि त्यहाँ नै तिनी मूर्छा परिन् ।

सुसारेहरु तुरुन्तै परिचालित भए । उनीहरुले प्रजापतिलाई उठाएर पानी छम्कन लागे । तिनलाई छिट्टै होस आयो । नामकरण विधिमा व्यवधान भइरहेको थियो । अतः अब राजाले प्रजापतिलाई त्यहाँबाट अन्यत्र लान इशारा गरे । सुसारेहरुले तुरुन्तै अर्को पालमा रानीलाई लिएर गए ।

त्यहाँ आठजना पुरोहितहरु जम्मा थिए । उनीहरुमध्ये एकजना कपिलवस्तु नजिकैको द्रोणवस्तु** भन्ने गाउँमा बस्ने १६ वर्षीय कौडिन्य ब्राह्मणले नाम प्रस्तावित गरे- ूसबैतर्फबाट सिद्धि नै सिद्धि हात परेकोले बालकको नाम सिद्धार्थ रहोस् ।ू

** उत्तरप्रदेशमे बौद्धधर्म के विकास,  पृ. १०७ ।

राजाले सहर्ष स्वीकार गरे । बालकको नाम सिद्धार्थ भयो ।

मायादेवीले एकपल्ट झलक्क आँखा खोलिन् । दिदीलाई बोलाई पठाइन् । प्रजापति छॆउमा आएपछि दुःखी स्वरमा भनिन्- ूहे पूज्य दिदी ! म त अब जाँदैछु । यो पुत्र हजूरकै काखमा छाडेँ । यिनको नाम हजूरकै नामबाट सिद्धार्थ गौतम रहोस् ।ू

प्रजापतिले भक्कानो छोड्दै भनिन्- ूमेरी बाबा ! तिमीलाई यस्तो अवस्थामा पनि के चिन्ता लागेको यी त हाम्रा प्राण नै हुनेछन् ।ू


२२. सिद्धार्थको सह्यार र नन्दको जन्म

हे पाठकगण ! सिद्धार्थ गौतमको सम्पूर्ण पालनपोषणको जिम्मा अब प्रजापतिलाई भयो । शिशुको हेरविचारमा तिनले कुनै कसर राखिनन् । सम्पूर्ण सह्यार तिनी आफैले गरिन् । स्तनपानकै लागि मात्र तिनले धाईको व्यवस्था गरिन् । एक त सन्तान सुखको अनुभूति अर्को प्रिय बहिनीको नासो तिनी शिशुप्रति भावनात्मकरुपले पनि पूर्ण समर्पित थिइन् ।

प्रजापतिले रहरैरहरमा शिशुको ओँठमा आफ्ना स्तनको मुण्टा राख्ने गर्दथिन् । पछि त आफैँ तीबाट दूध प्रवाहित हुन लागे । मानौँ सिद्धार्थप्रतिका तिनका संवेदनशील ममतामयी वात्सल्यताको कारणले त्यस्तो भयो । हे पाठकगण ! भनिन्छ कि यस्तो घटना त मानसिक प्रवलताको कारणले गभर्वति त के सामान्य कुमारी केटीमा समेत घटन सक्दछ ।* प्रजापति गर्भवती भएको कारणले पनि यसमा थप प्रभाव हुन गयो कि जे होस् त्यो अमृतधारा प्रजापतिले नवजात शिशुलाई खुवाउन लागिन् । तर अमितोदनले यस दूध खुवाउने कार्यलाई उचित मानेनन् ।

* “Lactation is known to have occurred in virgins, even very young and the very old, when they have repeatedly put a baby to the breast and have had an over powering desire to feed it.” –Jeffcoate’s Principles of Gynaecology (p. 124). 

उनको भनाइ थियो- गर्भवतीको दूध स्वाभाविक हुनै सक्दैन । त्यो दूध नभएर अपरिपक्व रसायन मात्र हुन सक्छ । काँचो कचिलो खानेकुरो उमेरकै मान्छेलाई त पाच्य वा स्वस्थ हुन्न भने नवजात शिशुको लागि त झनै यो खानयोग्य हुन्न नै । अमितोदनको अकाटय तर्कसामू कोही पनि टिकेनन् । विशेष नवजात शिशुमा यस्तो प्रयोग गर्न कसैमा आँट पनि भएन । अन्ततः त्यो दूध सिद्धार्थलाई    खान दिइएन ।

मायाको पुाज मातृहीन त्यो प्रिय  शिशुलाई तिनले त्यो अमृतपान गराउन पाइनन् । आफ्नो अमृतधारा पिलाउन नपाउँदाको दुःख प्रजापतिलाई असह्य थियो । आफ्नो जिद्दीमा शिशुको स्वास्थ्यलाई जोखिममा राख्न पनि कदाचित सकिनन् । मनको भक्कानोलाई यसैयसै मिच्दै तिनले बेज्यान कपडाको लुँडोमा पि्रय शिशुको तृष्णित ओँठ खोज्ने त्यो अमृतधारालाई कणकण निचोर्दै फाल्न   लागिन् । मन एकातिर डढेलोमा दन्कँदा थिए । दुबै स्तन अर्कातिर निकास खोज्दै उत्तिकै टन्कदा थिए । तर के गर्ने मुटु मिचेरै भए पनि तिनले आफूलाई संयममा राख्नै पर्दथ्यो । भावुकता वा संवेदनशीलताभन्दा शिशुको स्वास्थ्य बढी महŒवको थियो । आँखाबाट तरक्क आँसु बह्यो । तिनी विवश थिइन् ।

दशमहिना पुग्दा नपुग्दैमा प्रजापतिले एउटा स्वस्थ छोरो जन्माइन् । माताको उमेर** पाकै भए पनि आमा र शिशुमा कुनै समस्या  भएन । प्रजापति अब फुरुङ्ग थिइन् । अबको परिपक्व दूध तिनले शिशु सिद्धार्थलाई दिन सक्ने भइन् । दुई स्तनमा दुई शिशुहरु- तिनी दङ्ग थिइन् । नवशिशुको नाम नन्द राखियो । दुबै शिशु अब प्रजापतिको काखमा हुर्कन लागे ।***

** मायादेवीले ४५ वर्षको उमेरमा सिद्धार्थलाई जन्माएकीले प्रजापतिले नन्दलाई जन्माएको उमेर ४६ वर्षभन्दा कम गर्न मिल्दैन । साथै तिनको उर्वर समयलाई ध्यानमा राख्दा पनि धेरै पछि गराउन पनि मिल्दैन । अर्थात् ढिलोमा ४६ वर्ष हुनुपर्छ भन्ने मलाई लागेको छ । -लेखक

***ूआनन्द बुद्धलाई भन्दछन्- मयादेवीको स्वर्गबास भएपछि वाहाँले आफ्ना छोरा नन्दलाई धाइआमाहरुलाई दिई तपाईंलाई स्तनको दूध खुवाई पालन गरेकी थिइन् ।ू -संक्षिप्त बुद्ध बुद्धजीवनी पृ. ९० ।

हे पाठकगण ! समय बित्दै गयो । जति समय बित्यो उति सिद्धार्थमा विलक्षण स्वभावहरु देखिन लागे । सामान्य बालकभन्दा उनी छिटो बढ्दै थिए । चनाखो पनि उनी असामान्य ढङ्गमा बढी देखिन्थे । बामे सर्ने हिँडने बोल्ने आदि हरकुरामा द्रुत विकास थियो । प्रजापति एक्लैले काखमा अर्को शिशु भएको कारण यी विलक्षण स्वभावका बालकलाई धान्नै नसक्ने अवस्था हुन लाग्यो । तिनले धाई्रको मद्दत लिइन् । तथापि धाई्रले सिद्धार्थलाई उनको द्रुत विकास अनुरुप सह्यार पुर् याउन सक्दैन कि भन्ने आशंका प्रजापतिमा भयो र आफ्नै शिशु धाईलाई जिम्मा दिएर तिनले सिद्धार्थको जिम्मा बढीमा आफूले लिइन् ।

हे पाठकगण ! लुम्बिनी फेरि एकपल्ट बाजागाजाको आवाज र शाक्यहरुका हर्षोल्लासले थर्कियो । वनभरि नाचगान भए । तर यता न्वारनको विधि सिद्धिएको थिएन कि महारानी मायादेवीको अवस्था एकैछिनमा गिर्न लाग्यो । सबैलाई थाहा थियो रानीलाई बचाउन सकिन्न । तर पनि यसै छाड्न मिल्दैनथ्यो । वैद्य जरीबुटीको प्रयोग गर्दै नै थिए । कमसेकम औँसाहरु बढीमा बढी पर्न नदिन उनको भरमग्दुर प्रयत्न थियो । तर यसरी कति दिन टिक्ने सातौँ दिनमा तिनको देहाबसान लुम्बिनीवनमै भयो ।**

** नवसूत्र सङ्ग्रह -k[= $##_ .

लुम्बिनीवनको त्यो हर्षोल्लास एकाएक बन्द भयो । मानौँ सम्पूर्ण वन नै शोकमग्न भयो । रानीको लाश बोकेर कपिलवस्तुसम्म लान सकिने अवस्थामा छँदै थिएन । त्यसैले वाणगङ्गाको किनारसम्म ल्याएर सयौँ मन श्रीखण्डको दाउरामा महारानी मायादेवीको दाहसंस्कार गरियो ।

२३. बालक सिद्धार्थमा कार्यसँग कारणको खोज गर्ने प्रवृत्ति

हे पाठकगण ! केही वर्ष बिते । सिद्धार्थ अब चलफिर गर्ने भएका थिए । बालक चलफिर गर्ने र बोल्नसमेत लागेपछि गाउँकै अभयादेवीको मन्दिरमा प्रथम दर्शन गराउने चलन शाक्यगणको थियो ।* सामान्यतया पाँच वर्षको उमेरतिर गर्नुपर्ने यो रीति सिद्धार्थलाई तीन वर्षमै गर्नुपर्ने भयो । बालक यत्ति छिट्टै ह्वात्तै बढेर त्यो समय पनि आइसकेछ शुद्धोदनलाई पत्तै भएन । शुद्धोदनले साइत हेराएर बालकलाई पहिलो मन्दिरप्रवेशको दिन तोके । तोकिएको दिन नातेदार र मुखियाहरु पनि त्यो उत्सव मनाउन शुद्धोदनको दरबार आए । दरबारमा धेरै तयारीहरु भइरहेथे जो सिद्धार्थको लागि नयाँ थिए र अबुझ  ।

* When Shidartha was able to walk and speak the elders of the Sakyas assembled and asked Suddhodan that the boy should be taken to the temple of the goddess Abhaya. – The Buddha and His Dharma, (p.9).

“उपनिषद कालमे आकर यज्ञ का स्थान ज्ञान लेलेता है … जब यज्ञ-धर्म निर्जीव हो गया और उपासना की ओर लोगोँ का ध्यान जाने लगा तभी मूर्ति-पूजा का प्रचलन हुआ होगा … प्रतिमा पूजन की कोई प्रथा आर्यो के पूर्व से ही इस देश मे विद्यामान थी । ” -संस्कृति के चार अध्याय, पृ. ११६

बगैँचामा फूलहरु सँधै फुलेका हुन्थे । ती फुल्थे ओइलिन्थे र झर्थे । ती आश्चर्यपूर्ण प्रघटना सिद्धार्थको लागि त्यसै पनि अबुझ थियो । ती सबैमा उनको अर्थ खोजाइ सदा रहन्थ्यो र आमालाई सोध्दथे पनि- ूआमा ! यो के कसरी यो रङविरङी किन फुल्ने किन ओइलिने र किन झर्ने ?ू

जवाफ पाउँदथे- ूत्यो हुनुपर्ने नै त्यस्तै ।ू

कैयूँ मान्छेको शिरमा धेरैपल्ट त्यस्तै फूलहरु लगाइएका देखिन्थे । माला उनेरै पनि धेरैको गलामा ती भिरिएका पनि देखिन्थे । अनि जान्न बालक सिद्धार्थ आमा वा धाईआमालाई सोध्दथे- ूत्यसो किन गरिएको ू

जवाफ हुन्थ्यो- ूचलन नै त्यस्तै हो ।ू
प्रतिप्रश्न हुन्थ्यो- ूचलन किन त्यस्तो भो ?ू
अजित जवाफ हुन्थ्यो- ूथाहा छैन ।ू
थप प्रश्न हुन्थ्यो- ूथाहा नभएको चलन किन गर्ने त ू
अजित जवाफ हुन्थ्यो- ूथाहा छैन ।ू

वालमस्तिस्कलाई सँधै ूथाहा छैनू कै अपुग खुराक रहन्थ्यो । आज यस उत्सवको लागि उनकै अगाडि ती फूलहरु टिपिए । केही मालामा उनिए त केही थालीमा सजाइए । बोटमा होइन कि मान्छेको हातमा ती साचालित थिए । फरक अनुभव थियो र हेतु अस्पष्ट । उनले आमालाई सोधे- ूआमा आज हाम्रा घरमा यो के गरेको ?ू

व्यस्त आमाले बुि´न् उनको प्रश्न फूलको बारेमा थियो । तिनको छोटो जवाफ भयो- ूयो माला उनेको । हजूरको लागि नि छोरा !ू

– ूमलाई यो किन चाहिन्छ ?ू
– ूआज बाबुलाई मन्दिरमा पहिलोपल्ट लाने हो । त्यहाँ लाइदिन यो चाहिन्छ ।ू
– ूमन्दिरमा म मात्रै जाने हो कि हजूर पनि ?ू
– ूम पनि जाने हो । अनि यहाँ भएका सबै जाने हो ।ू
– ूअनि हजूरहरुलाईचाहिँ माला कहाँ छन् त ू
– ूहामीले त हजूरजत्रै हुँदा पहिले लाइसकेको नि राजा । आज हजूरलाई मात्र चाहिन्छ ।ू
– ूसानो मान्छे मन्दिरमा जाँदा किन माला लगाइ दिनुपर्छ ?ू

आमा प्रजापतिलाई थाहा थियो अब उनलाई कुरा बुझाउन हम्मे पर्ने छ । उनलाई अब ुथाहा छैनु भन्ने बनिबनाउ उत्तर दिनुपर्ने बेला आयो । तर उत्सवका लागि आएका पाहुनाहरुको सामू बच्चालाई त्यसरी जवाफ दिन पनि तिनलाई अपठारो भयो । तिनलॆ सानो स्वरमा   उत्तर दिइन्- ूचलन त्यस्तै छ नि राजा ।ू

– ूकिन चलन यस्तै छ ?ू
– ूथाहा छैन ।ू
– ूथाहा नभएको चलन किन गर्ने त ?ू
– ूथाहा छैन ।ू

यस्तो जवाफ आएपछि सिद्धार्थ आफैँ आफ्ना कौतूहलतालाई मारेर चिन्तनशील हुन्थे । उत्सवमा भाग लिन आएका राजा दण्डपाणीले सिद्धार्थलाई साथ दिन चाहे । सिद्धार्थले खोजेकै यस्तो थियो । अब प्रश्नको बौछार उतै शुरु भइहाले ।

ूतपाईं को ?ू
ूम नन्दीग्रामको मुखिया ।ू
ूमुखिया भनेको के ?ू
ूत्यही सानो गाउँको राजा ।ू
ूगाउँ भनेको के ?ू
ूमान्छेहरु बस्ने ठाउँ ।ू
ूत्यो भनेको घर हो ?ू
ूहोइन । यस्तै घरैघरहरु भएको ठाउँ ।ू
ूयहाँ हाम्रो घरमा किन आउनुभयो ?ू
ूतपाईंलाई मन्दिरमा लान ।ू
ूमलाई त्यहाँ लान यत्तिका मान्छे किन आउनुपर् यो ?ू
ूखुशियाली मनाउन ।ू
ूखुशियाली किन मनाउनुपर् यो ?ू
ूनयाँ कुरा गर्दा यस्तै गर्ने चलन छ ।ू
ूयस्तो चलन किन गरेको ?ू
ू…॥ थाहा छैन ।ू
ूथाहा नभएको कुरा किन गर्ने ?ू

सिद्धार्थमाथि चाखराख्ने राजा दण्डपाणी तिरीखिरी भए । प्रजापतिलाई बल्ल घत पर् यो । तिनी मरीमरी हाँसिन् र भनिन्- ूबल्ल भेट्नुभयो स्वाद ।ू

सुन्ने अरु पनि मरीमरी हाँसे । खोजेको जवाफ नपाएपछि सिद्धार्थको ध्यान अन्यत्र गयो । उनले त्यहाँ के भइरहेछ प्रत्येक गतिविधिलाई हेर्न लागे । यस्तरी हेरे मानौँ उनी कुनै कुरा हेर्दै छैनन् तर तिनका अर्थहरु खोज्दैछन् ।

केही क्षणपछि सिद्धार्थलाई बाजागाजासाथ मन्दिर लगियो । ढोकामै उनको टाउको टेकाएर देउताको मूर्तिलाई ढोग दिइयो । भित्र पूजा गरिने देउताको मूर्तिमा पनि उनकै हात समातेर पूजा गराइयो । जल अक्षता चन्दन सिन्दूर नैवेद्य फूल धूप बत्ती सबैको अर्पण यान्त्रिक ढङ्गमा उनैको हातबाट भयो । उनको लागि अनौठै भयो । उनको चाहनाबाट नभएका यी गतिविधि सबै नयाँ थिए र  पूर्ण कौतूहलताको    विषय ।

कार्यक्रम सिद्धिएपछि दिउँशो घरमा शान्ति बहाल थियो । बिहानभरिको चहलपहल अनि बाजागाजाको होहल्ला सिद्धार्थलाई सबै सपनासरी भए । उनले धाईआमासँग सोधपुछ गर्नलागे ।

ूधाईआमा ! आज यस्तो के गरेको ?ू
ूहजूरलाई मन्दिरप्रवेश गराएको नि बाबा !ू
ूकिन ?ू
ूचलन त्यस्तै छ ।ू
ूचलन किन त्यस्तो छ ?ू
ूथाहा छैन ।ू
ूथाहा नभएको कुरा किन गर्ने ू
ूचलन भएकोले ।ू
ूथाहै नहुने चलन किन भएको ू
ूथाहा छैन ।ू
ूथाहा छैन भने थाहा हुनुपर्दैन त ?ू
ूपर्छ ।ू
ूपर्छ भने किन थाहा नगरेको ?ू
ूथाहा छैन ।ू

सिद्धार्थका कौतूहलताको सीमा थिएन । प्रौढहरुलाई जटिल लाग्ने कुराहरुमा समेत उनको ध्यान जान्थ्यो । धाईआमामा उनको ज्ञानपिपासालाई सन्तुष्ट गर्ने उत्तर र क्षमता थिएन । एक त सिद्धार्थको विषय जटिल हुन्थे र दोस्रो ती सबलाई बुझ्न चाहिने अनुभव ज्ञान र भाषा सिद्धार्थमै पनि विकसित भइसकेका थिएनन् । कतिमात्र कसरी भन्ने

प्रजापतिले त्यो वार्तालाप सुनिरहेकि थिइन् र धाईआमालाई परेको हम्मेमाथि तिनलाई भन्नुको हाँसो उठयो । तिनी हाँसिन् गललल ।

धाईआमा पनि हाँस्दै बोलिन्- ूमहारानी ! अब त म सक्दिनँ । कायल भइसकेँ सत्ते !ू

सिद्धार्थ अब माता प्रजापतितर्फ मोडिए ।

ूआमा ! मन्दिरमा त्यो के गरेको ?ू
ूपूजा ।ू
ूपूजा किन गरेको ?ू
ूदेउतालाई खुशी पार्न ।ू
ूदेउतालाई खुशी पारेर के हुन्छ ू
ू………॥ ू

शुद्धोदन छेउमै थिए । प्रजापतिलाई परेको अप्ठारोमा उनलाई उस्तै हाँसो उठयो । प्रजापतिले अजित भएर भनिन्- ूसाँच्चै महाराज अब चाहिँ नसकिने भयो ।ू

सिद्धार्थ अब पिता शुद्धोदनतर्फै मोडिए- ूपिताजी ! त्यो देउतालाई किन खुशी पार्नुपर्छ ?ू
ूउनले हामीलाई खुशी दिन्छन् भनेर ।ू
ूतर आज त त्यसले केही दिएन नि बुबा चल्दै चलेन । बोल्दै बोलेन नि ?ू
ूत्यो त मूर्तिमात्र हो नि, देउता त अर्कै छन् ?ू
ूअर्कै भए किन उसैलाई पूजा नगर्ने ू
ूउनी त स्वर्गमा बस्दछन् नि ।ू
ूउसोभए मन्दिरमा किन जाने ? स्वर्गमै किन नजाने ?ू
ूत्यहाँ त मरेपछि मात्र पुगिन्छ नि त छोरा !ू
ूहामी पनि मरेर जाने नि त ।ू

शुद्धोदन अवाक भए । सबै हाँसे ।

ूहजुरहरु किन हास्नुभएको बुबा महाराज ?ू
ू……… तेस्सै हाँसेका ।ू
ूतेस्सै किन हास्नुभएको ?ू

सबै अवाक हाँसे । सिद्धार्थका जीज्ञाशा अझै शान्त थिएन ।

ू… स्वर्ग कहाँ हो बुबा महाराज ?ू
ूमाथि आकाशमा छ ।ू

सिद्धार्थले टोलाएर अकाशतिर हेर्न लागे । यताबाट हेरे । उताबाट हेरे । कतैबाट पनि नेदेखेपछि उनले कौतुहलतासाथ बुबातिर प्रश्नैप्रश्नका आँखाले हेरे । शुद्धोदन बोले ।

ूतपाईँले त्यसरी स्वर्ग देख्न सक्नुहुन्न नि बाबु ।ू
ूमरेका मान्छेले मात्र देख्न सक्छन् । हो बुबा महाराज ?ू
ूहो । ठीक भन्नुभो ।ू
ूके हजुर मरिसकेको हो ?ू
ूकिन र बाबु किन त्यसो भन्नुभो ?ू
ूतपाईंले स्वर्गको बारेमा भन्नुभो नि त ।ू

शुद्धोदन फेरि अवाक भए । निल्ल परेर असहाय पारामा हाँसे । धाइआमा अघि सरिन् र सिद्धार्थलाई टपक्क टिपेर बोलिन्- ूराम राम ! के भन्नुभो बाबुले ?ू

प्रजापति गम्भीर भएर बोलिन्- ूबाबु ! पिताजीलाई त्यस्तो नराम्रो बोल्ने हो त ?ू

ूमैले के नराम्रो बोलेँ र ?ू
ूमरिसकेको हो भनेर भन्नुभो नि त ।ू
ूनमरी उहाँले कसरी स्वर्ग देख्नुभो त ू
ूउहाँले त देख्नुभाको होइन नि । ग्रन्थले जे भन्छ त्यही भन्नुभाको ।ू
ूउसोभा त्यो ग्रन्थ चाहिँ मरिसकेको हो त ?ू
ू……। ू

सबै अवाक भए । कायल भए । शुद्धोदन हारेसरह थिए । के उत्तरले छोरोलाई सन्तुष्ट पार्ने शुद्धोदन आजित भए । उनी बोले- ूपर्खनुहोस् है बाबु ! तपाईंलाई यी सबैको उत्तर गुरुकुलमा मिल्ने छ । त्यहाँ तपाईंर्ँका गुरुले सिकाउनेछन् ।ू

प्रजापति बोलिन्- ूअब यो तीनवर्षको दूधेवालकलाई कुन गुरुकुल छ त्यसै त अनेक प्रश्न थुपार्ने बबुरोलाई फेरि के खुराक दिनुभएको ?ू

सिद्धार्थ तुरुन्तै बोले- ूगुरु भनेको त्यही मरिसकेको ग्रन्थ हो ?ू

हाँस्दै शुद्धोदन बोले- ूगुरुहरु त मान्छे नै हुन् नि । बोलिहाल्छन् । बाबुलाई सबै कुरा सिकाउँछन् बु´ाउँछन् । तर बाबु त सानै हुनुहुन्छ नि । गुरुकुलमा जानेबेला भाकै छैन । यतै हाम्रै गुरुजनबाट बाबुले यस्ता कुरा सिक्नुपर्छ ।ू

– ूम त ग्रन्थसँगै सिक्ने । उसले मलाई स्वर्ग देखाउँछ नि ।ू

– ूग्रन्थ भनेको त किताब हो । मान्छे होइन नि छोरा ।ू

– ूती ग्रन्थ भन्ने किताब मरेका मान्छेले लेखेका हुन् म त त्यही पढने ।ू

– ू……। ू

सबै अवाक थिए । के उत्तर दिने कसैले सोच्नै सकेनन् । सिद्धार्थ आफै आजित भएर बोले- ूम त्यो ग्रन्थ पढ्छु नि आमा ।ू

सिद्धार्थलाई ओगट्दै प्रजापति बोलिन्- ूठीक ठीक ती पढ्न सिक्न त गुरुकोमा जाने हो नि छोरा ।ूसिद्धार्थ बोल्न भन्दा पहिले नै शुद्धोदन प्रजापतितिर फर्किएर बोले – ूमेरो विचार त्यही छ । अमितोदनले छरछिमेकका बच्चाहरुलाई बिहानबिहान केही समय अक्षर सिकाउने र नवयुवाहरुलाई योगाभ्यास गराउँदैछन् । त्यतै साथ लगाइदिने हो । सिकेपनि नसिके पनि त्यतै साथ लगाउने हो । साथमा आफू गए पनि हुन्छ । सुसारे पठाए पनि हुन्छ ।ू

सिद्धार्थ- ूम त गुरुकोमै जाने । काकाहजूरकोमा नजाने ।ू

शुद्धोदन- ूकाका पनि त गुरु हुन् नि राजा । जसले विद्या सिकाउँछन् उनैलाई गुरु भनिन्छ । काका अमितोदन त धेरै बच्चाहरुलाई लेख्न पढ्न सिकाउनुहुन्छ नि । हामी जस्तो जेपनि थाहा छैन भन्ने मान्छे हुनुहुन्छ र ?ू

हे पाठकगण ! राती अबेरसम्म सिद्धार्थका अनेकन प्रश्नहरु आइरहे । दुबै मातापिता निन्द्राको सुरमा पनि उनका जिज्ञासाहरुलाई पूरा गर्न लागिपरिरहे । पछि को कुन बेला निदाए कसैलाई पत्तै भएन ।

——–

२४. अनौपचारिक शिक्षा व्यवस्था 

हे पाठकगण ! भोलीपल्टै प्रजापतिले नन्दलाई पनि साथै लिएर सिद्धार्थलाई अमितोदनका पाठशालामा पुर् याइन् । सिद्धार्थको लागि यो नयाँ अनुभव थियो र उनले यो ठाउँ र यहाँका गतिविधिलाई अति नै मन पराए । उनी भोलीपल्ट पनि यहाँ आउन आतुर भए । विशेष यहाँ उनले नयाँ नयाँ कुरा सुन्न पाए । अझ काकाहजुरले थाहा छैन नभनी जे कुराको पनि उत्तर दिएका देखेरै उनी चकित भए ।

नयाँ परिवेश नयाँ साथसङ्गत र नयाँ गतिविधि- सिद्धार्थलाई यो पाठशाला निक्कै रमाइलो लाग्यो । पढने उमेर उनको थिएन नै । त्यसैले बडै ध्यान उनलाई सिकाउनमा दिइएन । तथापि भुलाउन नै भनौँ अरुको देखासिकी गरुन् भनेर एउटा कालोपाटी र खरी भने उनलाई दिइयो । त्यसैमा उनी खेल्थे । लेखेजस्तो गर्थे ।

बालक सिद्धार्थको लागि लेख्ने वा पढने कुराभन्दा पनि त्यहाँका हरेक गतिविधि आकर्षक थिए । उनी हरेक गतिविधिलाई गौर गरेर अवलोकन गर्दथे । को के गर्दैछन् अनि किन गर्दैछन् बुझ्न खोज्दथे । काका अमितोदनलाई भेट्न र अनेकन सरसम्मति लिन धेरै शाक्यहरु त्यहाँ आउँथे । कोही राजनीतिका कुरा गर्न आउँथे त कोही कूटनीतिका कोही अर्थनीतिका ता कोही धर्मनीतिका । कोही भने झगडा मिलाईमाग्नसमेत त्यहाँ आउँथे । धेरै कुराहरु हुन्थे । धेरै तर्कवितर्कहरु गरिन्थे । बालक सिद्धार्थ सबै सुन्दथे । नबुझेपनि उनलाई खाँचो हुन्थे नै । बेलाबेलामा उनी ठूलाहरुका कुराको मा´मा जिज्ञासासाथ प्वाक्क बोल्थे पनि । जो सबैलाई हाँसो वा चाखको विषय हुन्थ्यो ।

अमितोदन बालकहरुलाई आफैले लेखेर अक्षरहरु चिनाउँथे । बालकहरु पनि ती सिक्दै अनि लेख्दै पाठहरु बुझाउँथे । सिद्धार्थ साना भएका हुनाले उनलाई त्यो भार अमितोदन दिन चाहन्नथे । तथापि सिद्धार्थ कुन अक्षरलाई कसले के भन्दछन् राम्ररी ध्यान दिएर सुन्दथे । अक्षर चिन्ने पनि एउटा आकर्षक खेल भएथ्यो उनलाई । खेलैखेलमा आफूभन्दा ठूला बालकले गरेका कार्य हेरेकै भरमा कसैबाट सिक्दै नसिकी सबै अक्षरहरु उनले चिने । अमितोदन वा छेउमै बसिरहने प्रजापतिलाई थाहै भएन कि उनी त्यत्तिकै अक्षर चिन्ने भइसकेका थिए ।

सिद्धार्थको यो प्रगति देखेर शुद्धोदनका अरु भाइहरु पनि आकर्षित भए र आफ्ना छोराहरुलाई पनि अमितोदनकोमा ल्याए । त्यहाँ अब शुक्लोदनका कान्छा छोरा अनुरुद्ध बहिनी प्रमिताका पुत्र तिष्य र अमितोदनकै पुत्र आनन्दसमेत त्यहाँ पढ्ने भए । अरु त अरु उता देवदहबाट समेत शुद्धोदनका भान्जा देवदत्तलाई त्यहाँ नै ल्याइयो । कोलिय राजा सुप्पबुद्धलाई बिहे गरी दिएकी बहिनी अमितादेवी पुत्र देवदत्तसमेत उता देवदहबाट माइत आएका बेला परेको थियो र तिनले पनि पुत्रलाई त्यहाँ बसुन्जेललाई भएपनि पाठशालामा राख्न रहर गरेकी थिइन् ।

२५. गहना लगाउने प्रथम उत्सव

शाक्यगणमा बालकहरुलाई पहिलोपल्ट गहना लगाउन दिनको लागि एउटा छुट्टै उत्सव हुने गर्दथ्यो । सिद्धार्थ अब सातवर्षका भइसकेका थिए । उनको लागि नयाँ गहना लगाइदिने उत्सव मनाउन ढिला भइरहेको थियो । त्यसले गर्दा त्यस खान्दानका अन्य बालकहरु नन्द अनुरुद्ध आनन्द र तिष्य आदि सबैको लागि यो उत्सव रोक्का थियो । अ´ राजखान्दानले नै त्यो नगरेको हुँदा त्यस उमेर समूहका समस्त शाक्यगणका बालकबालिकाका लागि नै त्यो उत्सव पूर्णतः रोकिएको थियो ।

हे पाठकगण ! पुरोहित उदायीका पिता उदयनज्ञ अहिलेसम्म जीवितै थिए । पूर्णतः पुरातनवादी संस्कारका उदयन आफू निश्चितरुपमा यज्ञसंस्कृतिका विरोधी ता थिए तर आफ्ना संस्कार वा संस्कृतिलाई आधुनिकताका नाममा बिस्रन हुन्न भन्ने एक हिसाबले कट्टर पुरातनपन्थी थिए । गणराज्यमा जेजे नयाँ कुराहरु भइरहेथे वा पुराना कुराहरु ओझेलमा पर्दैथे त्यसमा उनलाई चित्त बुझिरहेको थिएन । त्यसमाथि राजाकै परिवारमा समेत त्यस्ता कमीकमजोरी देख्दा त उनी ´नै असन्तुष्ट थिए ।

एकदिन उदायीपिता उदयन त्यही कुरा जाहेर गर्न राजदरबार आए । उनले शुद्धोदनसँग भनॆ- ूहे महाराज ! म देख्दैछु श्रमणहरुको जगजगीका कारणले हाम्रा गणराज्यमा धेरै सांस्कृतिक मूल्यहरु दिनप्रतिदिन ढल्दा छन् । आफ्ना सांस्कृतिक धरोहरु ढल्न लाग्छन् भने हाम्रा परिचय कहाँ रहन्छ हे महाराज ! हरेक जातिका आआफ्ना चलनहरु हुन्छन् । ती कायम रहेसम्म त्यस जातिको पहिचान जीवित रहन्छ । हे महाराज ! भन्नुहोस् के हजूर शाक्यजातिको पहिचान सदाको लागि नामेटै होस् भन्ने चाहनुहुन्छ ?ू

शुद्धोदन- ूमैले केही बुझिन हे विद्वत्पुरुष ! कसरी हामीबाट के भूल भइरहेको छ ।ू

वास्तवमा पण्डित उदयन सदा एउटा कुरा भन्न पर्दा धेरै भूमिका बाँध्नुपर्ने व्यक्ति थिए । उनको बूढुयौलीले उनलाई थप करकरे बनाएको थियो । उनी ठूलाठूला स्वरले मुखभरी थुक राख्दै बोल्दथे । त्यसमाथि पनि सबैले उनलाई करकरे बूढो भनेर अवज्ञा गर्ने हुँदा उनी झनै विक्षिप्त थिए । शुद्धोदनलाई यी पण्डित व्यहोर्न हम्मे पर्ने ज्ञान भयो र तत्काल उनैका पुत्र महाज्ञानी उदायीलाई बोलाई पठाए । बूढो उदय आफ्नै सुरमा नीतिका भूमिका हाल्दै थिए ।

ूहे महाराज ! कैयूँ सांस्कृतिक तत्वहरु परापूर्वकालदेखि सन्तान दरसन्तान हस्तान्तरित भइआएको हुन्छ । परापूर्वकालमा जुन कुरा कुलको लागि गर्वको विषय बन्ने गरेको थियो पछिका परिवर्तित अवस्थामा त्यही कुरा वेअर्थी हुन पनि सक्छ । ठीकै हो यस्ता वेअर्थी कुरा छाड्न लायक हुन्छ पनि । तर जबसम्म त्यस कुराले गर्वको इतिहास बोकेको हुन्छ तबसम्म त्यसमा व्यावहारिक सार्थकता नभए पनि ऐतिहासिक गर्वको कारण त्यो मूल्य जीवित रहनसक्छ । त्यसको सार्थकता पहिलेको हिसाबमा नहोला । तर त्यो कुलको गर्व वा पहिचानको लागि अमूल्य हुन सक्छ ।ू

ूहे पण्डित महोदय ! सतोसत मैले केही बुझिन । हे विद्वत्पुरुष ! कसरी हामीबाट के भूल भइरहेको छ सोझै भनिदिनुहोस् ।ू

ूहे महाराज ! धेरै यस्ता मूल्यहरु नामेट हुने अवस्थामा छन् जो शाक्यजातिका पहिचानको इतिहास बोक्दछन् । युग नै एउटा सङ्क्रमणको भँगालोमा बहिरहेको बेलामा एक दुईछिटाका उदाहरण देखाएर म केही बोल्न सक्दिन । तथापि एउटा सामान्य कुरा म हजूरलाई सम्झाउन आएको हुँ । भन्नुहोस् तपाईंले अहिलेसम्म कुमार सिद्धार्थलाई नयाँ गहना लगाइदिने संस्कार किन गर्नुभएन यो त शाक्यकुलको अति मर्यादित संस्कार हो व्यक्तिको जीवनमा नयाँ जे गरिन्छ त्यो एउटा उत्सवको रुपमा मनाइने परम्परालाई किन तोड्नुभयो ?ू

ूहे गुरु ! हामीबाट त्यस्तो महŒवपूर्ण परम्परा तोड्ने कार्य भएको छैन । यो हुनुपर्ने समयकै हामीमा ज्ञान भएन र यो नभइरहेको मात्र हो । कुनै नियतबस यसलाई हामीले त्यागेका हुँदै होइनौँ ।ू

बोलाउन पठाइएका पुरोहित उदायीबाजे नजिकै भेटिए । उनी राजाको खबर पाउनासाथ तत्काल त्यहाँ आइपुगे । अझ  वास्तवमा के भने आफ्ना पितालाई बाहिर जाने पोशाकमा सिँगारिएका देख्नेबित्तिकै यो प्रस्थान दरबारतिरकै हो भन्ने भान उनलाई पहिल्यै भएको थियो । राजाले छिट्टै वाक्किएर उनलाई बोलाई पठाउनेछन् भन्ने पक्का उनलाई थियो । त्यसैले उनी त्यतै नजिकै यही बोलाहटको प्रतीक्षामा अल्मलिएर बसेका थिए ।

उदायीलाई देख्नेबित्तिकै शुद्धोदनलाई केही राहत भयो । उदायीले विन्ति गर्दै सोधे- ूकति कामले होला महाराज ! यो उदायीलाई बोलाहट भयो? ू

महाराजभन्दा पहिले पिता उदयन बोले- ूके हुने राज्यका गुरुपुरोहित भएर के कुराको कमी भइरहेकोछ भन्ने कुराको ज्ञान कहिल्यै भएन कसरी चल्छ यस्तै ढङ्गले गणराज्यमा पुरोहित्याइर ?ू

शुद्धोदनले थामथुम पार्ने हिसाबमा उदायीलाई भने- ूहे मान्य उदायी ! हामीबाट एउटा गल्ती हुन गएछ । कुमार सिद्धार्थका गहना लगाउने उत्सव हामीले अहिलेसम्म मनाएनौँ । यसले गर्दा राज्यभरीका कुमारहरुको त्यो उत्सव रोकिएको रहेछ । अब सक्दो छिटो यो उत्सव कसरी गर्ने यसको व्यवस्था गरिहाल्न पर् यो ।ू

उदायी- ूहे महाराज ! यो गहना लगाउने उत्सव शाक्यगणले चित्रानक्षेत्रको दिन गर्ने गरेका छन् । त्यो साइत एकहप्ताभित्रै परेको छ । त्यही दिन राज्यभरीका कुमारहरुलाई एकसाथ अलङ्कृत गर्ने सामूहिक उत्सवको घोषणा गरियोस् । कहिल्यै नभएको उत्सव यो     हुनेछ ।ू

बूढा उदयन अझै केही गन्ठयाङ्ग मन्ठुङ्ग गर्न खोज्दै थिए । शुद्धोदनले हर्षोल्लाससाथ उनका कुरालाई ढाकेर बोले- ूहे पण्डित उदयन ! तपाईंले नसम्झाउनु भएको भए यो उत्सव कति ढिला हुने थियो थाहा छैन । त्यसैले तपाईं धन्य हुनुहुन्छ । तपाईंकै नेतृत्वमा यो उत्सव भव्यताकासाथ सम्पन्न होस् । म यही चाहन्छु ।ू

त्यसपछि चित्रा नक्षत्रको दिन त्यो उत्सव शुरु भयो । सबै कपिलवस्तुभरि आआफ्ना परिवारमा त्यो उत्सव मनाइए । शुद्धोदनका सबै भाइबहिनीहरुका सन्तानलाई एउटै आँगनमा त्यो व्यवस्था भयो । सिद्धार्थ नन्द अनुरुद्ध आनन्द र तिष्य एकै लाइनमा राखिएका थिए । उनीहरुका माताखालेहरु ठीक पछाडि सुन र चाँदीका गहना लिएर बसेका थिए । सबै कुमारहरुले रमाइलो मानिरहेका अवस्थामा सिद्धार्थ भने लाटो हो कि बाठो हो जस्तो व्यवहार गरिरहेका थिए । उनी ट्वाँ परेर हरेक गतिविधिका सार्थकता खोजिरहेका थिए ।

कुमारहरुलाई गहना लगाइदिने कार्य सम्पन्न हुँदै थियो । त्यसै अवसरमा सिद्धार्थका काखे भाइ नन्द अरुको गहनातिर आकर्षित भए । उनलाई अरुका गहना पनि आफैँलाई लगाउन मन भयो र झगडा गर्न लागे । सिद्धार्थले भाइलाई सम्हाले । आफ्नै गहना फुकालेर भाइलाई सिँगार्न लागे । सिद्धार्थ मानौँ एउटा वयस्क हुन् र साना भाइलाई फुस्लाउँदैछन् । उनमा जो प्रौढता देखियो त्यो नै उनलाई सुशोभित गर्ने गहना देखियो ।

अमितोदन हर्षले गद्गद् हुँदै बोलॆ- ूगहनाबेगर नै सिद्धार्थ कत्ति अलङ्कृत छन् । धन्य हो । कृतिमताले उनलाई सिँगार्ने प्रयास बेकार छ । उनी आफ्नै तेजले धपधपी बलिरहेछन् ।ू

वृद्ध पण्डित उदयन पनि त्यत्तिकै विभोर भएर बोले- ूहे राजन् ! म मूर्ख रहेछु । यस्ता दिव्य स्वभावबाट अलङ्कृत कुमारलाई कृतिम अलङ्कारहरुले सिँगारिएन भनेर असन्तुष्टि देखाएँ । म साँच्चै भूलमै थिएँ ।ू

२६. शाक्य र कोलियगणको उत्पत्ति कथा र मूल्य विधानमा कौतुहलता

हे पाठकगण ! समय बित्दै गए । उनले सबै अक्षर लेख्न सिकिसकेका थिए । उनको अध्ययनको रफ्तार अरु बच्चाहरुको तुलनामा धेरै बढी थियो । छोटो समयमै उनी आफूभन्दा ठूला बच्चाहरुको पाठ पढ्ने भए । जतिजति समय बित्दै गयो सिद्धार्थमा उतिउति गम्भीरताले घर गर्दो थियो । उनको बालसुलभ चाचलता नै हराउँदो थियो । उनी कम बोल्ने र एकान्तपि्रय बने । झैगडा हल्ला र बढी चहलपहल उनलाई मन पर्न छाडे । बढी समय या त उनी एक्लै बिताउन चाहन्थे वा अमितोदनका तर्कवितर्क सुन्नमा बिताउँथे । जेमा उनले नयाँ विचित्रता वा अस्वाभाविकता वा विसङ्गति देख्दथे तिनैमा तत्काल घोरिन्थे । बेलाबेलामा यसरी एकनासले घोरिएका देख्दा साथीहरु कैयूँले उनलाई बकुल्लासम्म पनि भन्थे । तर उनी कसैसँग विग्रह गर्दैनथे । कसैलाई पीरमार्कामा पार्दैनथे । उल्टै कोही दुःखमा देखिए भने आफ्ना सबै चासोहरुलाई थाति राखेर झटपट सहयोगको लागि लागिपर्दथे ।

चाचलताबाटमाथि उठेका सिद्धार्थ अब माता वा पिताबाट पनि धेरै कुराहरु सुन्न चाहन्थे । दिनमा बुबाको साथमा बसेर मुद्दामामिलाको गम्भिरतालाई गम्दथे भने रातमा आमासँगै सुत्ने बेलामा थरीथरीका प्रश्नहरु सोधी आफ्ना ज्ञानपिपासा मेटाउँथे ।

सिद्धार्थ सातौँ वर्षमा थिए । एकदिनको कुरा हो बिहान अमितोदनको कक्षा साचालन गरिरहेको ठाउँमा केही युवाहरु आए र नयाँ विषयको उठान गरे- ूहे मान्य अमितोदन ! भर्खरै हाम्रा पितामहबाट एउटा अनौठो र विश्वासै नलाग्ने कुरा सुन्नमा आयो । त्यसैको बारेमा निराकरण गर्न हामी आएका छौँ । पितामहले भने कि हामी शाक्यहरु दाजुबहिनीका समागमनबाट जन्मिएका सन्तति हौँ र हाम्रा कुटुम्ब कोलियहरु कुष्ठरोगीका सन्तान हुन् । के यी सत्य हुन् ? ू

हे पाठकगण ! शाक्यगण र कपिलवस्तुको उत्पत्ति कथाको बारेमा यस्तै लोकआहान प्रचलित थियो । दाजुबहिनीबीच बिहे भएरै शाक्यहरुको जाति उत्पत्ति भएको भन्ने कथा शताब्दियौँदेखि चल्दै आएको थियो । भनिन्छ प्राचीन समयमा कोसलराज्यका इच्छ्वाकु वंशका ओक्काक नामका राजाका उल्कामुख करण्डु हस्तनिक र सिनिसुर नामका चार पुत्रहरु र प्रिया  सुप्रिया आनन्दा विजिता र विजितसेना नामकी पाँच पुत्रीहरु थिए । पछि रानीको मृत्यु भएको कारण राजाले दोस्रॊ बिहे गरेछन् । यस रानीबाट पनि एउटा पुत्र भएछ जसको नाम राखियो जयन्तु । राजा पुत्र पाएपछि अति खुशी भएछन् र बर माग भनी रानीलाई भन्दा रानीले आफ्ना छोरोको लागि राज्य र सौतेनी सन्तानको लागि वनबासको वरदान मागिछन् । अनि त बाचाबाट हारेका पिताका इच्छा बमोजिम ती नौवैजना सौतेनी सन्तान उत्तरतिर जङ्गलैजङ्गल लागेछन् । जङ्गलमै उनीहरुको भेट तपस्या गरिरहेका कपिलमुनिसँग भएछ । उनै कपिलमुनिले उनीहरुलाई संरक्षण दिएर त्यहाँ नै बन फाँडेर राज्य स्थापना गरी बस्न निर्देश गरेछन् । त्यसपछि उनीहरुले शकवृक्षहरु फाँडी त्यहाँ बस्ती बसाएछन् र जाति बिग्रला भनी दाजुबहिनीबीच नै विवाह गरी घरजम गरेछन् ।* एकजना सबभन्दा जेठी दिदी प्रियाको लागि जोडी नभएको हुँदा बिहे भएन र तिनी सबैका माता भई साथै रहन लागिछन् । उनै दाजुबहिनीहरुको समागमबाट जन्मेका सन्ततिले नगर बने र कपिलमुनिको सदाशयताबाट बसेको यो नगरलाई कपिलवस्तु भनियो ।** कालान्तरमा राजा ओक्काकले ती निर्वासित सन्तानहरुको खोजीनिदी गरेछन् र कपिलमुनिका संरक्षणमा राज्य खडागरी पुरुषार्थ गरेर बसेका छन् भन्ने थाहा पाएपछि उनी हर्षले गद्गद् भएर भन्न पुगेछन्- ूसक्य वत भो कुमाराू । अर्थात् कुमारहरुले पुरुषार्थ गरेरै देखाएछन् भनेर उनले भनेछन् । त्यसपछि यी सन्तानलाई त्यही शब्द ‘सक्य’ बाट शाक्य भनियो ।*** त्यस्तै अर्को भनाइ पनि छ कि उनीहरुले शकवृक्ष फाँडेर बसेका हुनाले यो वंशलाई शाक्य भनियो ।****

* अंबट्ठसुत्त दीर्घनिकाय; पृ. ७४ ।
** नेपाली संस्कृति र सभ्यता, पृ. १३ ।
*** सम्यक् सम्बुद्ध, पृ. २९८ ।
**** शाकवृच्छप्रतिच्छन्नं वासं यस्माच्च चक्रिरे । तस्मादिक्ष्वाकुवंश्यास्ते भुवि शाक्या इति स्मृता ॥ू सौन्दरनन्द काव्य १।२४-हाम्रो संस्कृति, पृ. ८७ ।

कोलियहरुको वंश उत्पत्तिबारेमा पनि यसैसँग सम्बन्ध गरेर कथा भनिने गरिएको छ । भनिन्छ कि राजमाता भएर रहेकी जेठी प्रियालाई कुष्ठरोग लाग्न गएछ । कुष्ठरोग लागेपछि त्यसबेला रोगीलाई बस्तीबाट टाढा राख्ने चलन थियो । त्यसबेला बयर आर्थात कोलका पात कुष्ठको लागि राम्रो औषधि मानिन्थ्यो । त्यसैले बस्तीबाट टाढा पनि हुने अनि औषधिलाई पायक पनि पर्ने भएकोले ती भाइहरुले तिनलाई बयरको वनमै ओडारमा बस्ने व्यवस्था मिलाई दिएछन् । काकताली के पर्न गएछ भने काशीका राजा रामलाई पनि त्यस्तै कुष्ठरोग लागेको रहेछ र त्यस्तै औषधि गर्ने पाइकपारी त्यतै बस्ने व्यवस्था मिलाएका रहेछन् । एकरात एउटा बाघ त्यतै आएछ र प्रिया  तरसेर चिच्याउन पुगिन् । अनि त राजालाई थाहा भइहाल्यो त्यहाँ एउटी आइमाई पनि उनीजस्तै रोगको कारणले विस्थापित भई यतै बास गरी रहेकी छन् । दुबैको भेट भयो । रोगी भए पनि तिनी सुन्दर यौवना थिइन् र राजा तिनीप्रति आकर्षित भए । दुबै एकै खालका रोगी भएका हुँदा एकाअर्कामा घृणा भएन । पछि त उनीहरु एकसाथ बस्नै लागेछन् । उनीहरुबाट जो सन्तान भए तिनलाई बयर अर्थात् कोलसँगै जोडेर कोलिय भनिन गयो । उनै राजा रामको गाउँलाई पहिले रामग्राम भनियॊ । जो कोलियहरुको प्रमुख नगरमध्ये सबैभन्दा महŒवपूर्ण मानिन्छन् ।*

* ूसम्यक् सम्बुद्ध पृ २९९ ।

यस्तै कथाहरु सुनेर ती युवाहरु अमितोदनसामू आएका थिए् । अमितोदनले शान्त भएर भने- ूबाबुहो ! यो हाम्रो उत्पत्ति कथाबारेको लोकआहान हो । पहिलो कुरा त लोकआहान भनेको युगौँदेखि एक पुस्ताबाट अर्को पुस्तामा भनिदै आएका कुराहरु हुन् । यसरी भन्ने र सुन्ने परम्परामा अनेकन फूलबुट्टा भरिएका हुन्छन् । त्यसैले यी तथ्यबाट धेरै टाढा हुन गुग्छन् । तथापि तिनमा ऐतिहासिक तथ्यहरु हुन्न भन्नेचाहिँ होइन । तिनलाई जस्ताको तस्तै लिने भूल मात्र गर्नहुन्न । रह्यो कुरा के हामी दाजुबहिनीकै सन्तति थियौँ त यसबारेमा यसै भन्न सक्दैनौँ । सच्चाइ पनि यही हुन सक्छ र नहुन पनि सक्छ । यदि सच्चाइ यही थियो भने पनि हामीले आजको मान्यताको कसीमा त्यसलाई राम्रो वा नराम्रो भन्न मिल्दैन । किनभने यो युगौँ पहिलेको कुरा हो जुनबेला आजका मूल्यहरु विकसित भएकै थिएनन् । अझ यो पनि छ कि मान्छेजातिकै उत्पत्ति कथा यस्तै छ । जस्तै हाम्रै संस्कृतिभित्र धार्मिक मान्यता यो छ कि समस्त चराचर कश्यपमुनिका १३ जना स्वास्नीहरुबाट जन्मेका हुन् । उनैका अदिति भन्ने स्वास्नीबाट जन्मेका मनु भन्ने पुत्रबाट मानव जातिको जन्म भयो । अब भन त्यसरी समस्त मानव जाति एउटै मनुका सन्तान हुन् भने हामी सबै दाजुबहिनी भयौँ कि भएनौँ हे बाबुहो ! हरेक समाजको आफ्नाआफ्नै मूल्य र मान्यताहरु हुन्छन् र ती सबै बेलाबेलामा आवश्यकता अनुसार बन्ने संशोधन हुने र परिवर्तित हुने हुन्छन् । युगौँ पहिलेका स्थापित मूल्यहरुलाई आजका कसीमा बुझेर आत्तिइहाल्नु पर्दैन ।ू

सबै ठिटाहरु सन्तुष्ट भए । सिद्धार्थको मनमा भने थरीथरीका प्रश्नहरु उठिरहेका थिए । तर सिद्धार्थ ठूलाहरुका बीचमा कुरा भइरहँदा आफूलाई लागेका कुरा भन्न र नबुझेका कुरा सोध्न हिच्किचाउने भएका थिए । कारण उनको प्रश्नमा जहिले पनि ठूलाहरुले हाँसेर उडाएको भान हुन्थ्यो । त्यहाँ बोल्दा काका अमितोदनले गम्भीरतापूर्वक उनका प्रश्नलाई लिए पनि बाँकी कचहरी गर्नेहरुले केही न केही उनका बारेमा टिप्पणी गरिहाल्थे । राम्रो होस् वा नराम्रो उनीप्रतिको टिप्पणी उनलाई सजिलो लाग्दैनथ्यो । बरु प्रश्नहरुलाई नै दबाएर आफँै चिन्तन गर्न लाग्थे । यस पल्ट पनि उनलाई सोध्नु थियो तर ती जमात भएसम्म उनले केही सोधेनन् । अन्ततः ठिटाहरु सबै गइसकेपछि सिद्धार्थले गम्भीर भएर काका अमितोदनलाई सोधे ।

ूकाकाहजूर ! यो मूल्य भनेको के हो ?ू
ूमैले बुझिन तिमीले के सोधेका हौ ?ू
ूअघि भन्नुभॊ युगयुगको आफ्नै मूल्य हुन्छ । त्यही ।ू
ूए त्यो भनेको बेलाबेलाको चलनचल्ती र सोच हो ।ू
ूके त्यो युगयुगमा फरक हुन्छ ?ू
ूहुन्छ आवश्यकताअनुसार फरक बन्दै जान्छ ।ू
ूकसले बनाउँछ मूल्य ?ू
ूमान्छेले । हामी जस्तै मान्छेले ।ू
ूके हामी पनि त्यस्ता चलनचल्तीहरु बनाउन सक्छौँ ?ू
ूअवश्य सक्छौँ । तर एक्लैले होइन समाजको अभिमत हुनुपर्छ ।ू
ूसमाजले मानेन भने नि ू
ूआफूलाई हित हुने कुरामा ढिलोचाँडो समाजले मान्छ नै । सम्झाउनु बुझाउनु सक्नुपर्छ ।ू
ूकसरी सम्झाउन सकिन्छ ।ू
ूजनतालाई सोझै फाइदा हुने उनीहरुलाई चित्त बुझ्ने तर्कसम्मत कुराहरु गरेर ।ू

—–
२७. प्रथम ध्यान र जीवनसम्बद्ध प्रश्नमा चासोको शुरुवात 

हे पाठकगण ! एकदिन प्रजापतिको अमितोदनकी दुलहीसँग मन्दिर जाने कार्यक्रम बन्यो । यसरी कार्यक्रम बन्दा प्रजापतिले सिद्धार्थ र नन्दलाई अमितोदनको पाठशालामा पहिलेको समयभन्दा अगाडि पुर् याउनुपर्ने भयो । तिनी दुबै बच्चा लिएर बिहानै आइन् । त्यसबखत अरु विद्यार्थीहरु ल्याइएका ता थिएनन् अमितोदन नै पनि ध्यानबाट उठेका थिएनन् । उनी एकाग्रतासाथ पलेटी कसेर आँखा चिम्म गरी ध्यानमा मस्त थिए । सिद्धार्थले कसैलाई यसरी यो रुपमा शान्त भावमा यसअघि देखेका थिएनन् । कौतूहलता जागिहाल्यो र सोध्न आमाको मुखमा के ताकेका मात्र थिए आमाले आफ्नो ओँठमा औँला पुर् याएर चूप हुने इशारा गरिन् । उनी चूप रहे र बडो कौतूहलतासाथ आफ्ना काकाको त्यो सौम्य रुपलाई हेरिरहे ।
वातावरण पूर्णतः शान्त थियो । बिस्तारै काकाले लामो सास ताने । अनि लामै सास बाहिर फाले । दुईचारपल्ट त्यसो गरेपछि बिस्तारै उनले आँखा खोले । अगाडि भाउजु र भतिजोलाई देखेपछि उनी मुसुक्क मुस्कुराए र भाउजुलाई अभिवादन गर्दै बोले- ूदर्शन भाउज्यू ! कति बेलादेखि ?ू

सिद्धार्थले पनि अमितोदनलाई अभिवादन गर्दै बोले- ूदर्शन काकाहजूर ! हजूरले यो अहिले आँखा चिम्म गरेर के गर्नुभएको ?ू

ूध्यान गरेको ।ू
ूकिन ?ू
ूचित्त शान्त गर्न । मनको थकान मेट्न । आफूमा अवगुणहरुबाट जोगिने क्षमता विकास गर्न ।ू
ूकुनै कुरामा एकाग्र गर्न होइन ?ू
ूहो तर त्यो एकाग्रताको लागि पहिले चित्त शान्त गर्नुपर्छ । त्यही शान्त मनबाट एकाग्रता हासिल हुन्छ ।ू
ूएकाग्रताले कसरी अवगुणहरुबाट जोगिने क्षमता विकास गर्न सकिन्छ ?ू
ूएकाग्रताले मान्छेमा पूर्ण होस प्राप्त हुन्छ । होस भएपछि ऊ के ठीक के वेठीक छुटाउन सक्षम भइहाल्छ ।ू*

* “ध्यानका अर्थ है- होशपूर्वक जीना । बिना ध्यान के जो आदमी जीता है बेहोशी से जीता है ।” -ओशो ओर्ल्ड,  vol-vNo 11,  मार्च २००६ पृ. ०४

ूके म पनि त्यसो गर्न सक्छु ?ू
ूसक्छौ । एकपल्ट गरिमात्र हेर । तिमीलाई थाहा हुन्छ यसो गर्दा कति एकाग्रता बढ्छ । जति बढी यो अभ्यास गर्छौ उति बढी शिद्धी तिमीलाई प्राप्त हुनेछ । ू
ूआँखा चिम्म गर्दामात्र त्यस्तो भइहाल्छ ?ू
ूपहिले यस्तै सोझोगरी पलेटी कसेर बस्नुपर्छ र आँखा चिम्लेपछि मनमा कुनै बिचार आउन दिनुहुन्न । आफ्नो सासमा मात्र ध्यान दिनुपर्छ । यस्तो गर्दागर्दै आफू शरीरभित्रै नभएको अनुभूति शुरु हुन्छ । त्यही अवस्था हो चित्त शान्त भएको । अनि हुन्छ एकाग्रता ।ू

त्यसै बेलामा बाहिरबाट पढ्ने बालकहरु एकएक गरी ल्याइन लाग्यो । उनीहरु बीचका वार्तालाप बन्द भयो । भित्रबाट अमितोदनकी दुलही पनि पूजाका सामग्रीहरु हातमा लिएर बाहिर निस्किन् र जेठानी दिदी प्रजापतिलाई ढोग्दै ‘जाउँ’ भनेर आग्रह गरिन् । प्रजापति उठिन् र छोराहरुलाई त्यहाँ छाडेर देउरानीका साथमा लागिन् ।

हे पाठकगण सिद्धार्थ वास्तवमा यो उमेरमै परिवारजनको वेअर्थी कर्मकाण्डहरुबाट वाक्क थिए । घर र परिवारमा धेरै यस्ता वेअर्थी कामहरु हुन्थे जसको सार्थकता वा हेतु परिवारका कसैलाई थाहा हुन्नथ्यो । सोद्धा उत्तर हुन्थ्यो ‘थाहा छैन’  । उनलाई अब लाग्यो सबैसबै परिवारजन ‘होश ‘बेगरै यी कार्यहरु गर्दछन् । काका अमितोदनबाट ध्यानको उपादयताको ज्ञान पाएपछि त्यसै दिनदेखि उनले यी ‘थाहा छैन’  खालेहरुमाझ समय कम बिताउने र बढीमा बढी एकान्तमा ध्यान बस्ने गर्न थाले । नभन्दै उनलाई ध्यानबसाइबाट निक्कै शान्ति मिल्न लाग्यो । अब उनलाई परिवारजनका भिडभाडभन्दा एकान्त नै बढी आनन्दकर लाग्न थाल्यो ।

आषाढपूर्णिमाको दिन थियो । शाक्य जातिले धूमधामको हिलेजात्रा गर्ने दिन । के वृद्ध के तरुण के स्त्री के पुरुष के राजा के प्रजा के जन के महाजन सबैसबै एक नासले यो चाड मनाउन लागिरहेका थिए । अन्य काम छोडी बच्चाहरुसमेत बोकी सबै खेतैमा ओइरिएका थिए ।

समस्त शाक्यहरुका साथमा सबै गणराजाहरु र महाराज शुद्धोदन पनि सिँगारिएको हलो र गोरुहरु नारेर खेतैमा आएका थिए । शुद्धोदनले महारानी प्रजापति र दुबै पुत्ररत्नहरुलाई पनि साथैमा ल्याएका थिए ।

हलोको सियो गाड्ने साइत आयो । त्यसलाई रङ दिन नरिसङ तुरही ढोल दमाहा टुम्के झ्याली झ्याम्टा आदि बाजागाजा भरमारले बज्न लागे । सबैले एकै साइतमा हलो गाडे । चाडको दस्तुरअनुसार एकाअर्कामा हिलो छुपाछुप पनि शुरु भए । सबै हर्षोल्लासले चिच्याउन लागे । उल्लास र बाजाको नादले आकाश पूरै गूंजयमान भयो ।

सिद्धार्थ भरखर सातवर्ष पुगेर आठौँ वर्षतिर उक्लँदै थिए । बालसुलभ स्वभावमा यस्तो रमाइलो अति आकर्षक हुन पर्नेथ्यो । तर उनलाई यो हल्लीखल्ली मन परेन । उनी भीडबाट बाहिर जान लागे । उनको सुसारे भने त्यो उत्सवको रमाइलो गुमाउन चाहँदैनथिन् । तर सिद्धार्थलाई त्यो हल्लीखल्ली साँच्चै असह्य भइसकेको थियो । उनले सुसारेलाई भीडबाट टाढा लान आग्रह गरे । तब सुसारेलाई त्यो रमाइलो छाड्न करै लाग्यो । तिनले उनलाई केही टाढा जामुनको फेदमा पुर् याइन् र केही क्षण त्यहाँ नै पर्खी बस्न आग्रह गरिन् । उनलाई बस्न भनी आफ्नो पछयौरी समेत बिछाइ दिइन् र तिनी फर्किन् त्यसै भीडमा रमाइलो गर्न ।

भीडभाडबाट टाढा हो । तथापि हल्लीखल्ली त त्यहाँसम्म सुनिन्थ्यो । भीडको गज्याङगुजुङ भित्रको उकुस भने त्यहाँ नभएको हुँदा सिद्धार्थलाई धेरै मात्रामा राहत भयो । सुसारे फर्केर जाँदा उनलाई व्यवधानै टाढा भएको सुखद अनुभूति भयो । आखिर एकान्त नै उनको चाहना थियो ।

उनले उता भीडतिर हेरे । भीडभन्दा पनि अर्को कुरामा उनको ध्यान आकर्षित भयो । हलो जोतिरहेका त्यस ठाउँमाथि आकाशमा असङ्ख्य चराहरु मडारिएर उडिरहेका थिए । चराको त्यस्तो उडान् अरुतिर थिएन । एकछिन् त सिद्धार्थलाई लाग्यो चराहरु पनि त्यस रमाइलोमा सामेल छन् । अनि बालसुलभ सोचाइबाट माथि उक्लिसकेको उनको मस्तिष्कमा तुरुन्तै प्रतिप्रश्न उब्जियो- कसरी सम्भव हुन्छ पशुपाछीमा मान्छेको जस्तो रमाइलो गर्ने प्रवृत्ति उनले गौर गरेर चराहरुको कि्रयाकलापलाई हेरे ।

ती चराहरु आकाशमा उडिरहेका थिए र बेलाबेलामा जमिनमा बेग हानेर झर्थे । अनि जमिनबाट केही टिपी फेरि आकाशमा फर्कन्थे । एउटा चरा उडेर सिद्धार्थ बसेकै रुखमा बस्न आइपुग्यो । त्यसको मुखमा एउटा खुम्ले कीरा छटपटाइ रहेको थियो । चराले त्यसलाई निल्न खोज्यो । तर त्यो चराको गाँसमा नअटाउने गरी ठूलो थियो र भुईंमा झर्न पुग्यो । चरा भुईंमा नै झर् यो र त्यसले कीरालाई ठुङ्गीठुगी वीभत्स रुपमा मारेर टुक्रा पार्दै निल्न लाग्यो ।

सिद्धार्थलाई यो दृश्य असह्य थियो । चरा फेरि उतै फर्कियो र एउटा कीरा टिपेर फेरि त्यहाँ नै आइपुग्यो । त्यो वीभत्स दृश्य फेरि दोहोरियो उनको अगाडि । तर उनी के गर्न सक्थे त्यो एउटा कीरालाई जोगाएर फरक के पर्न सक्थ्यो सयौँ चराहरुले हजारौँ कीराहरु त्यसरी खादै नै थिए ।

त्यसै बेलामा एउटा बाजचरो आकाशबाट बेग हानेर तल आयो । त्यो कीरा खाँदै गरेको चरा उडेर भाग्न खोज्यो । तर त्यसलाई केही उचाइमै बाजले गाँजिहाल्यो । अनि त त्यही खेतको डीलमै त्यसले त्यो सानो चरालाई वीभत्सरुपमा मारेर चोक्टाचोक्टा लुछ्दै खान लाग्यो । एकै छिन अघि जसले अरु प्राणीलाई लुछेर खाँदै थियो त्यही क्षणमा ऊ अरुको ग्रास बनेको थियो ।

सिद्धार्थको मन पूर्ण अशान्त रह्यो । उनलाई यो दृश्य नै पूर्णतः असह्य थियो । यो के किन यस्तो हुन्छ उनका मनमा ठूलो प्रश्न उठयो । एक पल्ट होइन बारबार ।

भीडको हल्लीखल्ली नेपथ्यमा घन्किरहेको थियो । मन अति नै अशान्त । सबैसबै व्यवधानबाट मुक्ति पाउन उनले आँखा चिम्ले । चिम्लेर सबै सबै आवाजहरुलाई पूर्णतः अवज्ञा गरे । अझ आफ्ना सोच्ने प्रकृयालाई नै अवज्ञा गरे । सामान्यरुपमा आफ्नै श्वासप्रश्वासलाई मात्र ध्यान दिए । श्वास विस्तारै छोटो हुँदै गयो । शरीर निश्चल । केही क्षणमै उनी गहिरो ध्यानमा पुगे । उनलाई अनौठो अनुभूति हुन गयो । ध्यान त पहिले पनि गरेकै हो । तर यस्तो त पहिले कहिल्यै भएको थिएन । आफू कताकता हावामा पो छु कि भन्ने भयो । आफ्नो शरीरकै  आभास भएन । हात खुट्टा सबै अङ्गप्रत्यङ्गको कुनै अनुभूति   भएन । शरीरकै अनूभुति नभएपछि कुनै पीडाको बोध पनि उनमा भएन । हलुका कपास सरह उनी थिए । उनी रहेको भुईं थिएन । पृथ्वी नै थिएन । कुनै आधारै थिएन । कुनै संसारै थिएन । शून्य थियो उनको अगाडि । शून्यमा शून्यसरी थिए उनी र अति आनन्दित । यो सपना थिएन । निन्द्रा थिएन । यसमा पूर्ण ज्ञान थियो । पूर्ण होस थियो । शरीरको आभास नहुनु तर आफू हुनुको आभाससँगै कहिल्यै नभएको आनन्द उनमा थियो । यो आनन्दलाई नगुमाउन जानाजानी उनी ध्यानस्थ रही रहे ।

हे पाठकगण सिद्धार्थ वास्तवमा पहिलोपल्ट ध्यानस्थ भएर शून्य स्थितिमा पुगेका थिए । यस्तो स्थितिलाई योगको भाषामा ‘निर्भारस्थिति’ भनिन्छ । यस स्थितिमा उनलाई सांसारिक प्रपाचको न दुःखानुभुति थियो न सुखानुभुति । दुःखानुभुतिबाट बाहिर आएकै क्षण उनले त्यो चराहरुको हॄदयविदारक घटनालाई सम्झे । यस अवस्थामा उनमा कुनै अशान्ति वा व्याकूलता थिएन । समस्त सँस्कारको बन्धनबाट मुक्त उनको चित्त पूर्ण र सही मानेमा दिव्य होशमा थियो । अब दिव्य एकाग्रतासाथ उनले त्यस परिघटनालाई आंकलन गरे । एउटा सत्यको दिव्यदर्शन भयो । एउटा दिव्य प्रश्नको उठान भयो

एउटालाई नखाई अर्को बाँच्नै नसक्ने रहेछ ।
संसारमा कहाँसम्मको यो विडम्बना
के बाँच्नु भनेकै अरुलाई मार्न सक्नु हो
मार्न नसक्नेको लागि जीवन यहाँ छैन त 

सिद्धार्थलाई यत्ति सानै उमेरमा जीवनको सच्चाई अनुभूत भयो- ुप्राणीहरु आफ्नो जीवन रक्षाको लागि अर्कालाई मार्दछन् र मार्नुपर्दछ । दुःखको स्रोत नै यही जिजिभीषा हो ।ु**

**
 “. at the tender age of seven,… the prince noticed a worm that had been unearthed being devoured by a bird. This casual observation led Siddhartha to contemplate the realities of life – to recognize the inescapable fact that all living beings kill one another to survive and that this is great source of suffering. – The Tree of Enlightenment; (P.24)

केही क्षणमा शाक्यहरुको हिलॆ उत्सव सकियो । परिवारका सबैलाई थाहा भयो सिद्धार्थलाई सम्हाल्ने सुसारे त्यतिखेर भीडमा एक्लै रमाइरहेकी थिइन् । सबैले देखे सिद्धार्थ त टाढा जामुनको फेदमा ध्यानस्थ थिए । सबै चकित भए- यस्तो सानो उमेरमा सिद्धार्थ ध्यानस्थ त्यसमा पनि यस्तो होहल्लाको वातावरणलाई पन्छाएर ।

सूर्य ढल्किएर जामुनवृक्षको छायाँ पूरै अर्कोतिर सर्किसकेको थियो । तथापि सिद्धार्थको शिरमाथि घनाबादलको सानो टुक्राले छायाँ प्रदान गरिरहेथ्यो । सायद त्यो छायाँ नभएको भए बालक सिद्धार्थ घामले पाक्थे । संयोगसाथ त्यहाँ केही विचित्रता थियो नै । कतै बादलको छायाँ नहुने अनि उनैमाथि मात्र एउटा टुक्रा कहाँदेखि आएर पर्नपर्ने । अहोधन्य त सबैले सम्झे । तर कैयूँ अन्धआस्था राख्नेहरुले ता भने पनि-

ूयस्तो उमेरमा तपस्यामा रत थिए बालक ।ू
ूकुनै दैवीशक्तिले घामबाट रक्षा गरेका हुन् ।ू
आदि । इत्यादि ।

२८. सामाजिक वर्गविभेदको प्रत्यक्षीकरण

श्रावण महिना आयो । वर्षाको भेल अचाक्ली बढिरहेको थियो ।  भेलले धेरैको खेतमा विठयाईं गर् यो पनि । शुद्धोदनको खेतीमा पनि यसले कुलो भत्काइदियो । त्यसैको मरम्मत गर्ने कार्यको लागि शुद्धोदन खेतीघर गए । साथमा थिए आठ वर्षीय सिद्धार्थ । खेतीमा अरु केही जमिन्दारहरु पनि त्यस्तै कार्यसंयोजनाका लागि आएका थिए र उनहरुले समेत केहीले आफ्ना ससाना पुत्रहरुलाई साथमा ल्याएका थिए ।

मरम्मत कार्यहरुको लागि धेरै बाहिरी मजदूरहरु पनि ल्याइएका थिए ।   कैयूँ त स्त्री मजदूरहरु पनि थिए । उनीहरु कत्तिले ससाना उमेरका शिशुहरु समेत ढाडमा बोकेर काम गरिरहेका थिए । सिद्धार्थकै उमेरका ससाना केटाकेटीहरु पनि घरमा रेखदेख गर्ने कोही नभएका कारण त्यहाँ ल्याइएका थिए । जो देखिए ती सबैलाई सिद्धार्थले आफ्ना समुदायका मान्छेहरुभन्दा धेरै फरक देखे । उनीहरु र आफूमा त्यो भिन्नता टड्कारो थियो । कम पोषणका लुते शरीर सदा दुःखी अनुहार र आङै राम्ररी नढाक्ने झुत्रे लुगासाथ माटोमा उनीहरु श्रमको पसिनाले रङमङिएका थिए । आफूहरु भने थिए हृष्टपुष्ट रवाफिलो र महँगा रेशमका कपडा सुन र चाँदीका गहनाबाट सज्जित अनि घोडामाथि श्रमहीन सवार । मान्छेहरु यत्तिसम्म पनि दुःख र विपन्नतामा हुन्छन् भन्ने कुरा उनलाई पहिलोपल्ट ज्ञात भयो । मान्छेमान्छेबीचको यो भेदपूर्ण विषमताले सिद्धार्थलाई धेरै दुःखी बनायो । फेरि मनमा त्यस्तै अशान्ति ! उनी झट्टै घोडाबाट झरे र बसे एक वृक्षमुनि । क्षणभरमै उनी भए ध्यानस्थ ।

केहीबेर पछि शुद्धोदन त्यहाँ आइपुगे । पिताको आगमनबाट सिद्धार्थको ध्यान खुल्यो । उनको आँखामा स्पष्ट असन्तुष्टि र चिन्ता थियो । स्नेहवश पिताले प्रश्न राखे- ूके भयो पुत्र किन चिन्तित ?ू

पुत्रले चिन्ता व्यक्त गरे- ूपिताजी ! किन कोही यत्ति मेहनत गर्दा पनि गरिब छन् अनि कोहीचाहिँ किन केही नगर्दापनि धेरै सम्पन्न छन् ?ू

पिताको मुख निःशब्द भएर खुलेको खुलै रह्यो । पुत्रले उत्तरको अभिलाषा पनि राखेनन् ।
——

२९. दशैँ चाडको शुरुवात

वर्षमास बित्यो । असोजको महिना आयो । खेतमा धान पाकेर पहेँलपूर थियो । अब ता खेतीको काममा व्यस्तता थिएन । फुस्रदै फुस्रद थियो । खेतीवालहरुमा अब धपेडी थिएन । सबैको ज्यानमा स्फूर्ति बढिरहेको थियो । हिलो सुकेर गाउँ नगर र खेतहरु सिनिक्क थिए । बाजर भूमिसमेत हरियालीले ढकमक्क थिए । बगैँचाहरु रङीविरङी फल र फूलहरुले सजिएका थिए । सम्पूर्ण वातावरण उमङ्गमयी   थियो ।

अमितोदन पनि यस उन्मादमा कम उन्मत्त थिएनन् । उनले शुद्धोदनलाई अनुरोध गरे- ूहे महाराज ! अनेक दुःख र कष्टहरु झेलेर हामीले खेतीकार्य सिध्यायौँ । अब त बाली काटेर घर भित्रुउन मात्र बाँकी छ । बाली परिपक्क हुन हामीलाई केही समय लाग्ने छ । त्यसै अवसरलाई पर्खेर फुस्रदमा भएका शाक्यजन अहिले लहडसाथ खाइपिई गर्दै एकाअर्कामा उमङ्ग बाँड्दै समय बिताइरहेछन् । हे महाराज ! उत्तरतिर नेपालभूमि र पूर्वतिर बङ्गभूमिका जनजातिहरु यसै अवसर पारेर दुःखकष्टमाथिको विजयउत्सव मनाउने गर्दछन् । वर्षदिनलाई पुग्ने धान अब तयार गरियो भन्ने खुशीले मत्त हुँदै त्यही नयाँ सेता चामल निधारभरि वारपार टाँसेर र अन्नका नयाँ टुसाहरु कान र कपालमा सिउरेर नाँच्ने उप्रुने पीङ खेल्ने आदि गर्दछन् । कहिल्यै नभएको खुशी व्यक्त गर्न उनीहरु अनेकै गर्छन् । हे महाराज ! त्यही विजय हामीले पनि गरेका छौँ । हामी पनि अहिले सबै दुःख झेलेर थाकेको मन र शरीरलाई राहत दिन खाइपिई नाचगान गर्दै रमाइलो गर्दै हिँडदै छौं । यही हाम्रो लहडलाई समेटेर हामीले पनि विजय उत्सव मनाउने हो कि हे महाराज ! खेतमा बाली टन्न छँदै छन् गोठमा होस् वा वनमा पशुहरु मोटाएर टन्न छन् । अन्न मासु सब्जी र फलफूलहरुको दुःख हामीलाई कत्ति छैन । तिनैलाई उपभोग गर्दै फुस्रद र सफलताको उमङ्गमा हामी नाचिरहेका छौँ । त्यसैलाई सामूहिक विजयोत्सवको रुपमा औपचारिकता मात्र दिए पुग्छ । यसमा दाजुको जो इच्छा !ू

एक त अमितोदनका तर्कसङ्गत कुरा शुद्धोदनले कहिल्यै टार्दैनथे त्यसमाथि पनि त्यस्तै रमाइलो गर्ने चाह उनलाई पनि भइहाल्यो । उनले स्वीकृति दिइहाले । उनीहरुले खेतबाट केही धान झारेर खान र टीका लगाउनको लागि नयाँ चामल तयार पारे । कानमा सिउरिने टुसाहरु मनग्गे नपुग्ने हुँदा घरभित्रै अँधेरो घैँटामा परेवाको साइतमा अन्नहरु रोपेर लामालामा पहेँला जमरा दशदिनमै तयार पारे ।

हे पाठकगण ! उत्तर र पूर्वका जनजातिहरुले यस आश्विन दशमीको दिन आफ्नै गाउँघरका देवीको नाममा विजयोत्सव मनाउँथे भने शाक्यहरुलेचाहिँ त्यही दिन पारेर आफ्ना युगपुरुष श्रीरामको रावणमाथिको विजयोत्सवको रुपमा मनाए । उनीहरुले यसमा अबीर जात्रासमेत गरे र चामललाई समेत अबीरले रङाएर राता टीकाको प्रयोग गरे । उनीहरुले यो विजयोत्सव आफ्ना नातेदार र छरछिमेकसाथ मिलेर १० दिनसम्म मनाए र भोलीपल्टदेखि पूर्णिमाको दिनसम्म ५ दिन आफ्ना कुटुम्बहरुसँग उमङ्गपूर्ण भेटघाटमा बिताए । आरामको त्यो चाड चलुाजेल अमितोदनले पनि आफ्नो अनौपचारिक पाठशाला पूरै बन्द गरेका थिए र राजा महाराजाहरुले पनि राज्यका सबै औपचारिक कामहरुलाई रोकेका थिए । पूर्ण विदा थियो हर कार्यहरुको लागि ।

३०. उच्च शिक्षा एवं शस्त्रविद्या अध्ययन

दशैँको चाड सकिएपछि सबै कार्यहरु सामान्य स्थितिमा आइसकेको थियो । सबैले आआफ्ना कामहरुलाई सुचारु गर्न लागिसकेका थिए । अमितोदनकोमा धेरै बालकहरु शिक्षार्थ ल्याईंदै थिए । नयाँनयाँ बालकहरुको ओइरो बढ्दो थियो । भिन्नभिन्न क्षमताका बालकहरुलाई एकै ठाउँमा राखेर पढाउन उनलाई हम्मे परिरहेको थियो । अतः पुराना एक खाले बालकहरुलाई औपचारिक शिक्षाको लागि अन्यत्र गुरुहरुकोमा पठाउने निधो उनले गरे । त्यसैले सरसल्लाहको लागि उनले शुद्धोदनका दरबारमा पुरोहित उदायी र सबै दाजु र दिदीहरुसँग बसेर सरसल्लाह गर्न निम्तो दिएका थिए ।

अमितोदन- ूहे मान्यजन ! हाम्रा सबैजसो सन्तानहरु अब गुरुकुल वा पाठशाला जाने उमेरमा पुगेका छन् । त्यसको लागि हामीबाट पूर्वतयारी पनि राम्रै भएको छ । सबैजसो बालकहरु अब लेख्नपढ्न जान्ने भएका छन् । गुरुकुल वा पाठशालामा गएर उनीहरुलाई अग्रविद्या हासिल गर्न कुनै गाह्रो पर्ने छैन । उपयुक्त गुरु छानेर हाम्रा सन्ततिलाई एकसाथ एउटै पाठशालामा भरना गरिदिऔँ भनी सल्लाह गर्न हजूरहरुलाई बोलाई पठाइएको हुँ । हजूरहरुको जो इच्छा !ू

शुद्धोदन- ूहे भाइ अमितोदन ! यस कुरामा तिमीभन्दा बढी ज्ञाता अरु को नै होलान् र तिम्रो आफ्नै सल्लाह के छ ?ू

अमितोदन- ूहे महाराज ! यस विषयमा बढी ज्ञाता विद्वान् पुरोहित श्री उदायी हुनुहुन्छ । मलाई लाग्छ उहाँकै सम्मति सर्वसम्मत हुनेछ ।ू

उदायी- ूहे मान्यजन ! बालकहरुको लागि औपचारिक विद्या दिने संस्था भनेको गुरुकुल नै हो । त्यो कुल भनेको वर्णाश्रम धर्म अनुकूल स्थापित छन् । जसमा शूद्रबाहेक तीनवर्णका विद्यार्थीहरुलाई मात्र प्रवेशाज्ञा छ । ब्रह्मचर्य गृहस्थ वानप्रस्थ र संन्यासका चार आश्रममा पहिलो आश्रम यसै कुलबाट सुरु हुन्छ र विद्या हासिल गरुाजेल यिनै कुलमा ब्रह्मचर्याश्रमका नियम पालना गरेर बस्नुपर्छ । हे मान्यजन ! हाम्रो गणराज्यमा आर्यहरुको यो कुलप्रणाली भङ्ग हुँदो स्थितिमा छ । श्रमणहरुले अब अर्कै व्यवस्था सुरु गरेका छन् । उनीहरु एक स्थानमा शिक्षा दिन्नन् । आफ्ना मत प्रसारण जहँजहाँ पुग्यो त्यहाँ नै दिँदै हिँडदछन् । हे मान्यजन ! मैले आजको शिक्षणप्रणालीबारे सानो परिचय दिएको हुँ । शाक्य कुमारहरुलाई कसरी दीक्षित गर्ने भन्ने कुरा म हजूरहरुकै विचारमा छोड्द छु ।ू

शुद्धोदन स्वभावतः यज्ञसंस्कृतिका बाहक पुरातन विद्या आफ्ना बालकहरुलाई दिन चाहन्नथे । श्रमणहरुका कुरा पूर्णरुपले तर्कसङ्गत र समसामयिक विचारसम्मत हुने हुँदा उनी श्रमणसम्मत विद्या दिन चाहन्थे । तथापि यस पन्थले जनमानसलाई संासारिक प्रपाचबाट टाढा वैराग्यतर्फ आकर्षित गर्ने हुँदा बालकहरुको कलिलो मनमस्तिष्कमा के असर पर्ला भनेर उनी द्विविधामा परे ।

शुद्धोदन बोले- ूहे गुरु ! हामी बालकहरुलाई पुरातनवादी निश्चयनै बनाउन चाहन्नाँै । साथै वैरागी पनि बनाउन चाहन्नौँ । यस अवस्थामा हामी के गर्न सक्छौँ ?ू

अमितोदन बोले- ूहे महाराज ! त्यसको लागि एउटै उपाय छ गुरुकुलमा बच्चाहरुलाई भर्ती नगर्ने र उदायी जस्ता महान् ज्ञानी तथा प्रगतिशील अध्यापकमार्फत विद्या हासिल  गराउने ।ू

शुद्धोदन- ूतर राज्यका कार्यहरुबाटै मान्य पुरोहितज्यूलाई फुस्रद छैन ।ू

शुक्लोदन- ूहाम्रै सरहदमा धेरै ज्ञानीहरु छन् । उदायी जत्ति नभए पनि आफ्ना विषयका विशारदहरु छन् ।ू

धौतोदन- ूठीकै हो । केहीले त ठाउँठाउँमा कक्षा साचालन गर्दै आएका छन् ।ू

अमितादेवी- ूसानो मुख बढी कुरा हुन्न भने म एउटा कुरा भन्न चाहन्छु । दाजु महाराज !ू

शुद्धोदन- ूभन बहिनी अमिता ।ू

अमितादेवी- ूहाम्रा कुमारहरुलाई ज्ञान विज्ञानका कुराहरु मात्र सिकाएर पुग्दैन । त्यसरी त उनीहरु वैराग्यतर्फ उन्मुख हुन्छन् । यहाँ खै क्षत्रियविद्याका कुरा यसरी देश कसरी चल्छ विशेष हामी क्षत्रियहरुले त्यता ध्यान दिएनौँ भने के हुन्छ ?ू

शाक्योदन- ूदिदीहजूरका कुरामा म पूर्ण सहमत छु । हामी बलवीर्यमा छिमेकी गणराज्यहरुभन्दा धेरै कमजोर छौँ । त्यसैले हामीले कोसलसम्राट्बाट स्वतन्त्रता गुमायौँ । उता मल्लहरुका पावा र कुशीनगरका गणराज्यहरुलाई कसले छुन सकेका छन् ज्ञातृक र लिच्छविहरुका बृज्जीसङ्घलाई कसले आँखा लाउन सकेका छन् हे दाज्यै महाराज ! हजूरकै क्षत्रिय करामत नभएको भए कोसलले हाम्रा गणराज्यलाई सर्लक्कै निल्ने थियो । सामान्य वन्यजाति सरह शाक्यगणको नाम निशाना नै रहने थिएन । हजूरकै करामतबाट आजित भएर कोसलसम्राट्ले हामीलाई करमात्र तिर्ने गरी स्वतन्त्र छाडिदिएका छन् । हे उपस्थित मान्यजन ! हामी हाम्रा जातीय स्वाभिमान कदाचित गुमाउन चाहन्नौ । त्यसैले हाम्रा सन्तानलाई सक्षम क्षेत्री बनाउनै पर्छ ।ू

हे पाठकगण ! शाक्यहरुले गणराज्यको सार्वभौमिकता त उहिले नै कोसलको हातमा गुमाएका हुन् । शुद्धोदनको सुझ र पराक्रमले जातीय स्वाभिमानको इज्जत मात्र जोगाएथ्यो । त्यही कोसेढुङ्गालाई कायम राख्न पनि शाक्यहरु आफ्ना कुमारहरुमा क्षत्रिय बल र वीर्यको आरोपण गर्न चाहन्थे । वास्तवमा सार्वभौमिकता जोगाउनुपर्ने अभिभारा नभएकोले शाक्यगण शस्त्रविद्यामा गम्भीर छँदै थिएनन् । अनि त्यसैले जति शास्त्रविद्यामा यी अग्र थिए त्यत्ति पछाडि शस्त्रविद्यामा थिए । ज्ञानविज्ञानका लागि अनेकन सन्त ऋषिमुनि र श्रमणहरु त्यस सरहदभित्र थिए तथा अनेकन संस्थाहरु समेत स्थापित एवं सकि्रय थिए । तर शस्त्रविद्याको लागि वीउमात्र खोज्दा पनि प्रशिक्षक वा संस्थाहरु पाइन्नथे ।

शाक्योदन र अमितादेवीका जातीय स्वाभिमान र राष्ट्रबादिताका कुराले सबैलाई प्रभावित गरे । आफ्ना जातीय स्वाभिमान र गौरव रक्षाको लागि कुमारहरु शास्त्रले मात्र होइन शस्त्रबल र वीर्यले समेत युक्त हुनुपर्छ भन्ने सबैको एक मत रहन गयो । सिर्फ प्रश्न रह्यो कसरी र कोबाट ।

कुमारहरुलाई सुशिक्षित एवं सुसँस्कृत गराउन सक्ने सर्वोत्तम व्यक्ति भनेका उनीहरुकै मा´का इतिहास र तत्वज्ञानका परमगुरु उदायी र प्रगतिशील तत्वचिन्तक एवं शस्त्रविद्याका विशारद महान् अमितोदन थिए । तर दुबै पेशाले अध्यापक थिएनन् तथा आफ्नै कार्यक्षेत्रका व्यस्तताका कारणले उनीहरु यस कार्यमा समय दिन सक्दैनथे । तैपनि उनीहरुका दक्षताको फाइदा उठाउन बाटो भने त्यस समूहले निकाले नै ।

योद्धा शुक्लोदनले प्रस्ताव राखे – ूहे महाराज ! उदायी र अमितोदन दुबैको सुपरिवेक्षण एवं निग्रानीमा उनीहरुले नै चयन गरेका आचार्यहरु मार्फत कुमारहरुलाई शिक्षा दीक्षा दिने व्यवस्था मिलाइयोस् ।ू

सबैले यसमा एकमतले सहमति दिए ।

उदायीले आफ्नो मत पोखे- ूहे महाराज ! सबै कुमारहरु महान् ज्ञानी अमितोदनका कुशल प्रशिक्षणबाट विद्या अध्ययनतर्फ पूर्ण अभिमुख छन् तथा विद्या अध्ययनको अग्रताको लागि पर्याप्त पूर्वाधारसमेत प्राप्त गरिसकेका छन् । म अबको औपचारिक प्राथमिक विद्याध्ययनको लागि शाक्य गणराज्यकै सरहदभित्र रहेका श्रमण विश्वामित्र दारकाचार्यका आचार्यको नाम लिन चाहन्छु । यी आचार्यले वास्तवमा एउटा पाठशालासमेत खोलेका छन् जसमा सबै वर्णका विद्यार्थीहरुका लागि ढोका खुला गरिएको छ । पछि थप उच्च अध्ययनका लागि भने प्रकाण्ड वैयाकरण तथा वेद वेदाङ्ग दर्शनशास्त्र एवं समस्त उपनिषद्हरुका ज्ञाता आचार्य सब्बमित्रको नाम लिन चाहन्छु । उनैबाट कुमारहरुले सबै विद्या र नीतिहरु सिक्नेछन् । तर समस्या यो छ कि यी दुबै विद्वान् शस्त्रविद्याका आचार्य होइनन् ।ू

शस्त्रविद्या र राजनीति शास्त्रचाहिँ कसले सिकाउने त भन्ने कुरामा सबैले अमितोदनबाट सुन्न चाहे । अमितोदन यस विषयमा आफै चिन्तित थिए । किनभने शस्त्रविद्या तथा राजनीतिशास्त्र सिकाउने उचित पाठशाला भनेको सामान्यतः ब्राह्मणवादीहरुले साचालन गरेका गुरुकुल नै थिए जहाँबाट शुद्धोदन तथा भाइहरु स्वयं दीक्षित भएका थिए । तर यस अवस्थामा श्रमणहरुको जगजगीको कारणले गुरुकुलहरुको मर्यादा घट्दै गएको थियो र तिनमा हुने प्रशिक्षणको गुणस्तर पनि प्रशस्त खस्किएको थियो । अझ ब्राह्मणहरु स्वयं नै गुरुकुल त्यागेका मनस्थितिमा थिए । त्यसैले शस्त्रविद्याको लागि कुनै अर्कै नयाँ व्यवस्था गर्नुपर्ने स्थिति आइपरेको थियो ।

अमितोदनले सुझाए- ूहे पूज्यजन ! शस्त्रविद्या र राजनीति शास्त्रको स्रोत भनेको हालसम्म धनुर्वेद र अथर्ववेद रहिआएको छ । यजुर्वेदका उपवेद रहेका धनुर्वेदले शस्त्रविद्याका साथै अस्त्र युद्धको व्यूहरचना र रक्षासम्बन्धी विज्ञान सिकाउँदछ जसलाई आचार्य परशुराम विश्वामित्र द्रोणाचार्य आदिले विकास गरेका थिए । अथर्ववेदका उपवेद रहेका अर्थशास्त्रले समाजशास्त्र दण्डनीति र सम्पति सम्बन्धी विज्ञान सिकाउँदछ जसलाई आचार्य भारद्वाज विशालाक्ष पराशर पिशुन कौणदन्त वातव्याधि वाहुदन्तिपुत्र आदिले विकास गरेका        थिए ।*   यिनमा धेरै कुराहरु उपयोगी छन् । तर यसको तादात्म्यता वेदसँग भएको कारणले गणराज्यहरुमा यिनले महत्ता पाइरहेका छैनन् र ब्राह्मणवादी गुरुकुलको अवसानसँगै यसको पनि हविगत अवसानमुखी छ । यसभित्र प्रशस्त ज्ञान र विज्ञानहरु समावेश छन् । वेदका अंशहरुलाई छोक्रासमान फालेर त्यसबाट आवश्यक ज्ञानविज्ञानका रसलाई छुटुएमा काम चल्ने थियो । तर हालसम्म कसैले पनि त्यसलाई निचोर्ने काम गरेका छैनन् । त्यसैले मलाई लाग्छ हामी पिताखालेले आआफ्ना दक्षताका क्षेत्रमा स्वयंसेवी भएर काम    गर्नुपर्छ । अरु उपाय छँदैछैन ।ू

* हिन्दूत्व पृ., ८२ ।

लामै छलफल भए । जसअनुसार धनुर्विद्या सिकाउन शुद्धोदन स्वयंले केही समय निकाल्नै पर्ने भयो । शुद्धोदनको समयको पावन्दीलाई ध्यानमा राखी यस विषयमा सहायक अध्यापकसमेत व्यवस्थापन भयो जसको लागि शुक्लोदनको नाम पक्का भयो । तरवारबाजी तथा मुसल र गदाविद्याको लागि धौतोदनको नाम आयो भने अश्वारोहण मल्लयुद्ध रथ साचालन युद्धसाचालन विधि युद्धका नियम आदिका लागि अमितोदन स्वयंको नाम आयो ।

——

३१. साङ्ख्यबाहेक समस्त स्थापित विद्यालाई अविद्याको घोषणा

हे पाठकगण ! केही दिनमै उदायीको नेतृत्वमा अमितोदन महारानी प्रजापति र अमितादेवीले सिद्धार्थ नन्द अनुरुद्ध आनन्द देवदत्त र तिष्य समेत ६ जना भान्टाङ्गभुन्टुङ्ग कुमारहरुलाई विश्वामित्र दारकाचार्यका पाठशालामा ल्याइपुराए । उनीहरुको आगमन हुने सूचना विश्वामित्रलाई पहिले नै थियो । उनी ढोकामै यो ग्वारग्वारती आउने शैक्षिक जुलुसलाई पर्खेर बसेका थिए ।

हे पाठकगण ! विश्वामित्र दारकाचार्यकहाँ अन्य धेरै कुलिन तथा सामान्य ब्राह्मण कोलिय र शाक्यकुमारहरु अध्यनरत थिए । सिद्धार्थलगायत उनका दाजुभाइखालेहरु नन्द अनुरुद्ध आनन्द र तिष्यका साथै देवदत्त पनि थपिँदा त त्यस पाठशालाको रौनक फरक हुन लागे ।

शाक्यकुमारहरु एकसे एक जेहन्दार थिए । अनि पठनपाठनमा एकचित्त र गम्भीरता पनि उस्तै । विशेष सिद्धार्थको स्तर बुझ्नै गुरुलाई गाह्रो पर्दथ्यो । आठवर्षका बालकमा एउटा बौद्धिक नवयुवामा हुने शीलस्वभाव र ज्ञानका स्तर थिए । धेरै कुराहरु गुरुले सिकाउनुभन्दा पूर्व नै सिद्धार्थलाई थाहा भइसकेका विषय पर्दथे । कुन सिकाउनुपर्ने र कुन नपर्ने पत्तो पाउन गुरुलाई हम्मे पर्थ्यो । विशेष यस कारणले कि सिद्धार्थ अति नै कम बोल्दथे अनि अन्तरकृयामा कमै भाग लिन्थे ।

हे पाठकगण ! सिद्धार्थको बानी पहिलेजस्तो प्रश्नहरु राख्दै नयाँ कुराहरु सिक्ने अब रहेको थिएन । विशेषगरी ठूलामान्छेहरु बच्चाको अगाडि कोही पनि अज्ञानी बन्न नचाहने रहेछ र मनमा जे आयो त्यत्तिकै बोल्ने रहेछ भन्ने उनलाई ज्ञान भइसकेको थियो । उमेर केही बढेका र अनुभवहरु पनि केही बटुलेका स्थितिमा उनी निक्कै कम बोल्ने र बढी सुन्ने अनि त्यत्तिकै त्यसैमा गुन्ने भएका थिए । जानेका कुरालाई पनि अरुको मुखबाट उनी फेरि सुन्न चाहन्थे । फरक व्यक्तिबाट फरक रसको अभिव्याजना भएको उनमा अनुभूति हुन्थ्यो । उनी हरेक व्यक्तिभित्र पस्न चाहन्थे र हरेकलाई बुझ्न चाहन्थे । कक्षामा मात्र होइन अनि गुरुसँग मात्र पनि होइन कक्षाकै सहपाठी माझ र घर पर्केपछि अन्य प्रौढहरुसँग पनि उनी त्यस्तै चाखहरु राख्दथे ।

यता साँझ र बिहान पिताखालेहरुबाट धनुर्विद्या र अर्थशास्त्रको प्रशिक्षण हुन्थ्यो । धनुषवाण तरवार र मुसल साचालनका साथै अश्वारोहण रथसाचालन अनि राजनीतिक अर्थशास्त्र सबैसबै छुट्टाछुट्टै समयको लागि तय भएको थियो । सबै शाक्यकुमारहरु शास्त्र अध्ययनभन्दा शस्त्रसाचालनको अभ्यास गर्न बढी रुचाउँथे । तर सिद्धार्थको चालामाला यथार्थमा अरुको भन्दा अलग थियो । सबैमा संलग्न त उनी हुन्थे तर लामो समय त्यसमा टिक्दैनथे । उनको स्वाभावलाई हेरेर काकाहरु सबै उनीप्रति खुकुलै व्यवहार गर्दथे । आखिर उनलाई बढी जोत्न पनि त परिरहको थिएन । सबै परीक्षणमा ऊनी सर्वश्रेष्ठ नै प्रमाणित भइरहेथे ।

सिद्धार्थ वास्तवमा एकपल्ट सिकिसकेको सीपलाई मानसिक स्तरमा प्रतिकात्मक अभ्यास गर्दथे । उनी बाणको लक्षभेदनलाई सोचाइको सटीकतासँग एकात्म गर्दथे । तरवार साचालनलाई बाकपटुतासँग एकात्म गर्दथे । मुसल प्रहारलाई विवादका सटीक उत्तरहरुसँग एकात्म गर्दथे । यस हिसाबमा उनको शस्त्र र शास्त्र दुबैको मानसिक अभ्यास एकसाथ अनौठो ढङ्गमा भइरहेका हुन्थे । सिद्धार्थ घोडचढीमा पनि यस्तै सोचको प्रयोग गरिरहेका हुन्थे । घोडा उनको लागि पशु थिएन यात्राको विश्वसनीय साथी थियो । उनका व्यवहारको संवेदनशील सूक्ष्मताले घोडा त्यसैत्यसै उनीसँग सम्मोहित हुन्थ्यो अनि उनको घोडचढी आफैमा कुशलतम हुन्थ्यो । काकाहरु सबै सदा चकित रहन्थे कि कसरी कम अभ्यासमै उनी हरशस्त्र संचालनमा सिद्धहस्त भइरहेछन् ।

यता पाठशालामा पनि विश्वामित्र गुरु उनीबाट आजित थिए । बुझाएको भन्दा उनी बढी बुझ्दथे । पाठको उत्तर आशा गरेभन्दा धेरै उपल्लो स्तरका हुन्थे । गुरु उनीबाट प्रभावित मात्र होइनन् उल्टै उनैलाई नै आदर गर्दथे । कताकतै शिष्यमै गरुत्वको आभास उनलाई हुन्थ्यो । त्यसैत्यसै पनि गुरु एउटा सिकाएर त्यसैमाथि तत्काल प्रश्नहरु राख्दथे ता कि उनलाई सिद्धार्थको उत्तरको श्रवणपान गर्ने अवसर मिलोस् ।

हे पाठकगण ! एवंरीतले केही वर्षमै सबै शाक्यकुमारहरु माथिल्लोस्तरका विद्या अध्ययनको लागि तयार भए । पिताखालेले उत्तरी भेगका भाषाविद वैयाकरण वेद वेदाङ्ग उपनिषद् तथा दर्शनहरुका प्रकाण्ड विद्वान् सब्बमित्रकोमा लगेर कुमारहरुलाई जिम्मा लगाइदिए ।

यहाँ पनि सिद्धार्थको तीक्ष्णता र ज्ञानका स्तरले गुरुलाई चकित पार् यो नै । कुन कुरा कहाँबाट उठान गर्ने कसरी समापन गर्ने तथा कतिसम्म उनलाई सिकाउने र कक्षाका अरु शिष्यहरुको स्तरसँग मिलान गरी कसरी समायोजित पाठ पढाउने गुरुमा सदा चिन्ता रहन्थ्यो । तर सिद्धार्थ भने गुरुलाई अपठयारो हुने गरी कदाचित विद्वता प्रदर्शन गर्दैनथे । बरु गुरुलाई सहयोग पुग्ने गरी कक्षामा उनको सहभागिता हुने गर्दथ्यो । गुरुले पनि बिस्तारै सिद्धार्थका सहयोगी कि्रयाकलापलाई बुझे र पछि उनका त्यस्तै सहभागितालाई समायोजित गर्दै कक्षाहरु साचालन गर्न लागे ।

कक्षाका स्तर नमिलेकै कारणले सिद्धार्थको सिक्नेक्रममा कहिल्यै व्यवधान भएन । उनले सिकिसकेका कुनै पनि कुरा फेरि अन्यबाट सुन्न पाउँदा वेफाइदा नै के थियो र झनै अर्को ढङ्गबाट अनि अर्को दृष्टिकोणबाट हेर्ने सुन्ने र मनन गर्ने अवसर प्राप्त गर्दथे । उनी सदा हरेक विषयमा अरुको प्रत्यक्षीकरण कसरी भइरहेछ ध्यानपूर्वक बुझ्न चाहन्थे र त्यसैबाट उनलाई विविध दृष्टिकोणहरु प्राप्त गर्न चाहन्थे । गुरु स्वयंलाई पनि सिद्धार्थको बौद्धिक तीक्ष्णता अब चुनौतीको रुपमा थिएन । उनी सिद्धार्थको त्यो तीक्ष्णतालाई कक्षा साचालमा उपयोग गर्थे । प्रथमतः उनी कक्षामा थोरैभन्दा थोरै समय लिएर विषय प्रवेश गर्थे र पछि अन्य शिष्यहरुलाई अभ्यास गराउन सिद्धार्थको कुशलताको उपयोग गर्थे । अन्य शिष्यहरुलाई पनि गुरुबाट एकपल्ट सुनेर फेरि सिद्धार्थबाट सुन्न पाउँदा विभिन्नताकै कारणले कुनै पनि विषय बुझ्न सजिलो हुन्थ्यो । यसरी सिद्धार्थको विद्याध्ययन अति सुगमताका साथ बितिरहेको थियो । भन्ने नै हो भने उनले त्यहाँ सिकिरहेका वा सिकाइरहेका थिएन् तर शास्त्रार्थको स्वाभ्यास गरिरहेका थिए ।

हे पाठकगण ! यसरी उनी १५ वर्षे नवयुवा हुँदा नहुँदै धेरै शास्त्रहरुका विशारद बनिसकेका थिए । समस्त वेद ब्राह्मण वेदाङ्ग उपवेद इतिहास-पुराण उपनिषद् र नास्तिक आस्तिक सबै दर्शनहरुहरुलाई उनले खर्लप्पै खाएका थिए र ती सबका रहस्यलाई छामिसकेका थिए ।

सिद्धार्थको चेत दर्शनशास्त्रको अध्ययन गर्दा धेरै सन्तुष्ट भयो । विशेषगरी कपिलमुनिका साङ्ख्य दर्शनबाट त उनी हुनसम्मको प्रभावित भए । कुनै पनि कुरालाई आँखा चिम्लेर सत्य नमान्ने र हरेक कुरालाई प्रमाणको कसौटीमा तौलने यसको सिद्धान्तमा उनी हुरुक्कै भए । त्यस्तै ईश्वर तथा सृष्टिकर्ताको अस्तित्व प्रमाणसम्मत छैन भनेर त्यसको अस्तित्व नमान्ने र संसारमा सिर्फ दुःख मात्र छ अरु केही छैन भन्ने र समस्त मान्छेको धर्म भनेको यसै जीवनमुखी स्वाभाविक धर्मतर्फ आकृष्ट हुनुपर्छ भन्ने यस दर्शनको शिक्षाबाट उनी त्यत्तिकै प्रभावित भए ।

धर्म तथा परम्पराको नाममा कुनै कुरालाई नस्वीकार्ने तथा रुढमा आरुढ हुने मान्यताविरुद्धका उनका पूर्ववत वस्तुवादी मनोवृत्तिमा यस दर्शनले अरु उत्साह र उर्जा थप्यो । यसैको अधारमा उनले हरउपलव्ध शास्त्रहरुको पुनरावलोकन गरे । अनि वास्तविक जीवनसँग प्रमाणसम्मत ढङ्गमा तालमेल नराख्ने हरविद्यालाई उनले नवयुवाकालमै अवज्ञा – अस्वीकृत गरे । ती सबलाई निरर्थक मात्र होइन उनले अविद्या नै भनेर घोषणा गरे ।

तथापि उनी कहिल्यै कसैलाई तर्कहरुबाट दुःखी बनाउन चाहँदैनथे । अरुलाई दुःखी बनाउने तर्कलाई उनी िहंसा मान्दथे र प्रश्न प्रतिप्रश्नहरुलाई आफैँमा पचाएर आफैँमा त्यसको उत्तर वा समाधान खोज्ने अभ्यासमा लाग्दथे । संसार उनी अब दुःखमयी देख्दथे भने कसैलाई आफ्ना तर्फबाट दुःख नहोस् भन्ने भरमग्दुर प्रयत्नमा हुन्थे । गुरु होउन् वा सहपाठी परिवारकै सदस्य होउन् वा समाजका अन्य सदस्य सबैबाट उनी सुन्थे र मात्र ग्रहण गर्थे । शास्त्र सिद्धान्त आत्मचिन्तनका विषय जे होउन् उनी बढीमा सुन्न मात्र चाहन्थे । अन्धविश्वास रुढ वा पङ्गु जे लागे पनि उनी सुन्थे अनि सुनेका कुराहरुलाई आफ्नै हिसाबमा अव्यक्त मन्थन गर्थे ।

समष्टिमा उनले एकैजनालाई मात्र गुरु माने ती थिए- साङ्ख्य दर्शनका संस्थापक महामुनि कपिल ।
समष्टिमा उनले एउटैलाई मात्र दर्शन माने त्यो थियो- साङ्ख्य ।
समष्टिमा उनले जे विद्या ग्रहण गरे ती सिर्फ तीन थिए । ती हुन्-

सत्य त्यो हो जसको अस्तित्वको प्रमाण विद्यमान छ ।
ईश्वर र सृष्टिकर्ताको अस्तित्व असत्य हो किनभने त्यसको प्रमाण विद्यमान छैन ।

संसारमा सिर्फ दुःख मात्र छ किनभने त्यसका प्र्रमाणहरु विद्यमान छन् ।

३२. अलौकिक शस्त्रबारे सम्बाद

साँझ बिहानको क्षत्रिय विद्याका नाममा सिद्धार्थले आफ्ना पिताखालेहरुबाट जुन युद्धविद्याहरु सिक्दै थिए तिनमा पनि उनका चर्तिकला अद्वितीय नै हुने गर्थ्यो । शस्त्रसाचालन् होस् वा अश्वारोहण युद्ध साचालनविधि होस् वा कुनै पनि अन्य सामान्य सीप सबैसबै उनी गुरुजनहरुबाट राम्रै सिक्दथे । जजसबाट जे सम्भव हुन्छ सिक्नैमात्र चाहन्थे । जसले जसरी गराए त्यसरी नै गर्थे । गुरुबाट सिकिसकेपछि भने उनी आफ्नै आत्मअभ्यासमा लाग्थे । आत्मअभ्यास भए उनलाई पुग्दथ्यो । खानामा ध्यान हुन्नथ्यॊ मनोराजनमा ध्यान हुन्नथ्यो । चाहिन्थ्यो सिर्फ एकान्त ।

उनी दिनप्रतिदिन एकान्तबासी हुँदै थिए ।

कोहीबाट उनी असन्तुष्ट थिएनन् । कहीँकतै असन्तुष्टि कहिल्यै पोखेनन् । कहीँकतै कुनै पनि कुराको आलोचना गरेनन् । कहीँ कतै कसैसँग विग्रह चाहेनन् । मृदुभाषी थिए । मिलनसार थिए । दयालु थिए । करुण थिए । उदार थिए । र थिए अति संवेदनशील । सक्दो आफूले त्यागेर अरुलाई उनी खुशी राख्थे । ज्ञान गुण र शीलस्वभावका कारणले उनी सर्वपि्रय थिए । गुरुका त झनै कुरै भएन । उनी सर्वाधिक पि्रय शिष्य थिए ।

सिद्धार्थसँगै पाठशालामा नन्द अनुरुद्ध आनन्द देवदत्त र तिष्य आफ्नै नातेदारीभित्रका भाइहरु अध्ययन गर्दै थिए । शाक्यकुलकै कूलीन कुमार भद्दीय अनि अन्य दुई ब्राह्मणकुमारहरु पौष्करसाति र कूटओष्ठ पनि उनका उत्तिकै घनिष्ट थिए । यी सबै प्रायः एकसाथ रहन्थे । एकसाथ अध्ययन गर्थे । एकसाथ अभ्यासहरु गर्थे । र गर्थे एकसाथ मनोराजन पनि ।

यो समूहले एक हिसाबमा सिद्धार्थलाई नै आफ्ना अगुवा मान्थे । तर बढीमा उनी मनोराजनलाई नकार्दै एकान्तप्रेमी हुने हुँदा सबैले उनलाई खेलका समयहरुमा एक्लै ध्यानमा बस्न छाड्थे । खेलहरु होस् वा अन्य कुनै पनि मनोराजनका समय जब सिद्धार्थ त्यहाँ हुन्नथे त्यस समूहको अगुवाइ देवदत्त गर्दथे । शस्त्र होस् वा शास्त्रअध्ययन देवदत्तको पनि उनमा राम्रै दखल थियो । तीक्ष्ण बुद्धिका त उनी थिए नै थपमा बलिष्ठ र केही उग्र स्वभावका पनि थिए ।

एकदिन गुरु सब्बमित्रले महाभारतको युद्धका कथा कक्षामा सुनाए । थरीथरीका अलौकिक हतियारहरुका प्रयोग भएका कुराहरु उनले बताए । सबै विद्यार्थीहरु यसबारेमा चकित भए । सिद्धार्थ एकान्तमा गएर गुरुले भनेका कुराहरुमा मनन गर्नलागे । चाचल मानिने कोलियकुमार देवदत्तसमेत यस कुरामा चकित थिए र सोचमा परे । अतिनै वाक्पटुता भएका ब्राह्मणकुमार कूटओष्ठले आफ्ना साथीहरुलाई देखाउँदै भने- ूहेर आज ता देवदत्तले पनि माथ गर्दैछन् । उनी पनि लागे ध्यानमा ।ू

उनको व्यङ्ग सुनेर देवदत्तको ध्यान भङ्ग भयो । देवदत्तले हाँस्दै भने- ूसायद यस्तै गूढ कुराहरुले सिद्धार्थलाई बारम्बार ध्यानस्थ गर्दछ । हे मित्रगण ! आज म पनि केही सोचाइमा परेँ । तर सिद्धार्थको जस्तो गहिराइमा भने पक्कै होइन ।ू

शाक्यकुमार भद्दीयले हाँस्दै जान्न चाहे- ूपश्चिमबाट घाम झुल्किएसमान भयो । सुनूँन त के कुरा परेछन् । त्यस्ता ू

देवदत्त- ूहे मित्रगण ! महाभारतमा धनुषबाट सन्धान हुने बरुणास्त्र अग्न्यास्त्र वायवास्त्र आदि जस्ता जुन अलौकिक अस्त्रहरुको प्रसङ्ग आए त्यसैमा म सोच्न लागेथेँ । सोच्दै थिएँ के साँच्चै त्यस्ता हतियारहरु पनि थिए होलान् त तिमीहरुको के विचार छ यसमा ? ू

ब्राह्मणकुमार पौष्करसाति- ूमन्त्रहरुका कुरा हुन् ती । मन्त्रसन्धान गर्दा ती अलौकिकता सामान्य बाणबाटै प्रस्फूटित हुन्छन् । के शङ्का गरिरहेका ? ू

भद्दीय- ूआफ्नै आँखाले देखेसरी बोल्यौ नि बाहुन् तिमीले ता ।ू

पौष्करसाति- ूकिन देख्नुपर्छ मोटे शाक्य शास्त्रले भनेपछि पुगेन ू

वास्तवमा भद्दीय ठूलै जीउडालको डम्म परेको व्यक्तित्वका धनी थिए । साथीहरु बेलामौकामा उनलाई मोटे भनेर नाम दिन्थे ।

अनुरुद्ध- ूत्यस्ता शास्त्रका कुराहरुलाई अब त गुनेर लिने जमाना आएको छ नि बाजे । जसरी तिमी  कुप्रिएका छौ र जसरी लङ्गडे छौ तिम्रो शास्त्र पनि त्यसरी नै कुप्रो र लङ्गडो छ । गुनेर भन त के त्यो हुन सक्ने कुरा हो हुन सक्ने कुरा भए ता आज पनि झनै विकास भएको युगमा त्यो अझ विकसित रुपमा देखिनुपर्ने होइन र त्यसको त कतै सुइँकोसम्म पनि छैन ।ू

ब्राह्मणकुमार पौष्करसाति गरीब परिवारका थिए । तर विद्याआर्जनमा अति चनाखा । उनी शारीरिक हिसाबमा अपाङ्ग थिए । उनको दाहिने खुट्टा छोटो थियो तथा हिँडदा लङ्गडाएर हिँडदथे । अनि ढाड थियो कुप्रो । त्यसैले कहिलेकाहीँ साथीहरु उनलाई कुप्रे वा लङ्गडे पनि भन्ने गर्दथे ।

देवदत्त- ूहे पौष्करसाति ! मलाई ता अनुरुद्धको कुरा गहन भएको लाग्दछ यो विद्या साँच्चै भएको भए आज त्यसको विकसित रुप वा अवशेषै मात्र भएपनि कतै नकतै देखिनुपर्ने होइन र ?ू

पौष्करसाति- ूती सत्ययुगका कुरा हुन् । सतको युग थियो । त्यस्तो हुन्थ्यो । आज त्यो सत गएको हुनाले त्यो विद्याको पनि नास भएको छ । बुझ्नुसुझ्नु छैन तेस्सै ।ू

कूटओष्ठ – ूवाहियात ! बाहुनहरुका छलकपटमा पर् यौ तिमीहरु । बेकारको गफमा समय काट्दै छौ । बाहुनहरुले जसरी देवीदेउताका कथाहरु हालेर युगलाई छलिरहेछन् त्यही दाउ यसमा पनि लगाएका हुन् । उनै देउताका सर्वसत्तालाई पुष्टि गर्न त्यस्ता अलौकिक कुराहरु त्यसमा हालिदिएका हुन् । हामीले बुझ्नै त्यसरी पर्छ ।ू

ब्राह्मणकुमार कूटओष्ठ शारीरिक हिसाबले क्षत्रिय समान बलिष्ठ थिए । उनी हम्मेसी कसैसँग झुक्दैनथे । अनि थिए पूर्णतः जडवादी तथा चार्वाक सिद्धान्तका अनुयायी । दिमागी हिसाबमा उनी अति तीक्ष्ण अनि बाकपटुतामा ता झनै माहीर थिए ।

पौष्करसाति असन्तुष्ट हुँदै बोले- ूबाहुनको छोरो भएरपनि यत्ति साह्रो राक्षसै भएर कुरा नगर कूटओष्ठ । पापको डर छैन कमसेकम धर्मलाई त नबिगार गाँठे !ू

कूटओष्ठ- ूसम्हाल तिम्रो धर्म । मैले यत्ति बोल्दा नष्ट हुन्छ भने साह्रै कमजोर रहेछ तिम्रो धर्म ।ू

सबै हाँसे ।

अमितोदनपुत्र आनन्द बोले- ूमेरा पिताश्रीका भनाइ पनि ´ण्डै कूटओष्ठको जस्तै छ । कूटओष्ठ ! तिमीमा जति यस्ता कुरालाई तत्काल ग्रहण गरी बोल्ने क्षमता छ त्यति हामीमध्ये कसैमा पनि छैन । अतः के तिमी भन्न सक्छौ ती अलौकिक अश्त्रहरुबारॆको कथा वाहियात अतिशयोक्ति थिए भने कतिसम्मचाहिँ सत्य होला ?ू

कूटओष्ठ- ूअर्जुन निश्चय नै असामान्य धुरन्धर धनुर्धरचाहिँ हुन सक्छन् । अलौकिक हतियारको प्रसङ्गबाहेक उनका हस्ताश्लाघालाई हामीले मान्नै पर्छ ।ू

देवदत्त- ूके तिम्रो विचारमा हामीले अभ्यास गर् यौँ भने पानीको छायाँमा हेरेर अर्जुनलेजस्तै टाउकोमाथि घुमिरहेको तारोलाई भेदन गर्न सक्छौँ ?ू

कूटओष्ठ- ूमलाई लागेसम्म त्यो सम्भव कुरो हो । हामीमध्ये तिमी र सिद्धार्थ मानिएका तीरन्दाज हौ । तिमीहरुले गरी हेरे सम्भव छ भन्ने मलाई लाग्छ । चलिरहेको वस्तुमा तारो हान्न त तिमीहरु सिपालु भइसकेका छौ । बिस्तारै अभ्यास बढाउँदै जाँदा त्यो सिद्धि पक्कै प्राप्त हुन सक्छ ।ू

३३. देवदत्तसँग प्रथम विभेद प्रशंग सारसभेदन र उपचार

हे मित्रगण ! तीनजोडी सारस छेउको खेतबाट उडेर अर्कोतिर जाँदै थियो । तिष्य जो कम बोल्थे आकाशमा उडिरहेका ती सारसतिर हेरेर एकछिन त्यतै हराए । एकैछिनमा के दिमागमा आएर हो कुन्नि उनले धनुष कानसम्म खिचेर बाण छाडे । ती सारसहरु धेरै माथि भएकाले उनको बाण त्यहाँसम्म पुग्न सकेन ।

पौष्करसाति तिर्मिराएर बोले- ूए क्षेत्रीका छोरा ! त्यति पौरुष पनि छैन त्यतिका बथानमा बाँण छाड्दा एउटालाई पनि लगाउन सकेनौ लाज पनि लाग्नुपर्ने हो गाँठे । ू

तिष्य- ूमैले त त्यो उचाइसम्म बाण पुर् याउन सकिन्छ कि सकिन्न भनेर परीक्षण मात्र गरेको हुँ । चरा मार्ने नियत मेरो कदाचित थिएन ।ू

भद्दीय बोले- ूहेर बाहुन् ! हामी यतिका छौँ । त्यो मारेर हामी सबैको लागि खान पुग्ने कुरै होइन । त्यसैले यति सानो प्राणीको िहंसा हामी गर्न चाहन्नौँ ।ू

पौष्करसाति- ूतिमी पनि बोल्यौ पामर भएर । एउटाले पुग्दैन भने मार न धेरै । हेर त पर खेतमा कति छन् ?ू

अनुरुद्ध- ूए बाहुन ! लोभ नगर । खानकै लागि एउटा ठूलै जन्तु मारौँला नि कतै वनतिर गएर । किन धेरैको ज्यान लिन उक्साइरहेछौ ?ू

पौष्करसाति- ूथुइक्क पामर ! मलाई पो लोभी भन्न लागे आफ्नो इज्जत जोगाउन । एउटा चरा मार्न मुटु कमाउने यस्ता क्षेत्रीका छोराहरुले कसरी शत्रुहरु मार्दै देश र समाजको रक्षा गर्लान् ।ू

आनन्द- ूसारसलाई प्रेमको प्रतीक मानिन्छ । यसलाई मार्न हुन्न । एउटा मारेमा त्यसको जोडि केही नखाइकनै त्यत्तिकै मर्छ रे ।ू

पौष्करसाति- ूअर्का पामर बोले । शत्रुलाई मार्ने बेलामा पनि यसका सन्तानलाई कति पीर हुँदो हो भन्दै सोचिराख्नु अनि त्यतिबेला सम्ममा खानेछौ शत्रुको बाण । थुइक्क तिमी गणतन्त्री क्षत्रीहरुको गिदी । यसैबाट बुझिन्छ साम्राज्यबादीहरुले किन एकपछि अर्को गर्दै आर्यावर्तका गणराज्यहरु भकाभक खाइरहेका छन् ।ू

कूटओष्ठ- ूसाथीहरु हो ! उनको यो एउटा हाँक भए पनि यसलाई अन्यथा नलिनुहोस् । हो आफ्नो उपभोगको लागि तपाईंहरु सक्दो कम जन्तुको वध गर्न चाहनुहुन्छ । तर एउटै मार्नुहुन्छ भनेपनि तपाईंहरुले मार्नु त भयो नि । तपाईंहरुको अिहंसाको सिद्धान्त यसै कमजोर छ । हे क्षत्रिय कुमारहरु ! एउटा अभ्यासको लागि उडिरहेका पंक्षीमा बाण चलाए हुन्छ । यो उपभोगको लागि नभएर अभ्यासको लागि भएको हुँदा तपाईंहरुको उद्देश्यमा खोट लगाउने ठाउँ रहने छैन । तपाईंहरु जातैले लडाकु हुनुहुन्छ । यसैले मर्नु मार्नु तपाईंहरुको धर्म नै हो ।ू

सबै कुमारहरु एकछिन चूप रहे ।

पौष्करसाति बोले- ूहो हान र मार । मासुको लागि होइन लक्षभेदनको अभ्यासको लागि । कुनै चरा मरिहालेछ र त्यसको मासु खान पाप लाग्छ भन्ने डर लाग्छ भने म लैजाउँला आफ्नो घरतिर । दानै हुन्छ बाहुनको छोरोलाई ।ू

सबै हाँसे गलल । एकजोडि सारस टाउको माथि उडेर आइपुगे ।

अनुरुद्ध बोले- ूल म हान्दै छु बाँयातिरकालाई ।ू

बाण उनले छाडे तर लक्षभेदन भएन । लक्षभन्दा झण्डै दशहात पछाडि उनको बाण पर्न गयो । उनी बोले- ूमेरो बाण पुग्दा नपुग्दै त्यो चरा अगडि गयो र मेरो बाण पछाडि पर् यो ।ू

भद्दीय बोले- ूत्यसको मतलब उडिरहेको त्यो चरालाई लक्ष भेदन गर्दा स्थीर तारोलाई हानेसमान गर्न नमिल्ने रहेछ । चल्दो तारोभन्दा अगाडि ऊ पुग्ने खाली ठाउँमा ताकेर हान्न पर्छ । अनि त्यो तारो आइपुग्दा बाण पनि सँगै पुगेर लक्षभेदन हुन्छ ।ू

अर्को जोडि सारस उडेर आउँदै थियो । भद्दीयले अगाडि सरेर भने- ूम देब्रेतिरको सारसलाई हान्दैछु ।ू

तर उनको बाणले पनि लक्ष भेदन गरेन । जे होस् यो पाँच हात मात्र पछाडि पर्न गयो । आनन्द बोले- ूयसरी बाण हान्दा चल्दो तारोको दुरी त्यसको गति र आफ्नो बाणको गतिलाई समेत हिसाब राखी बाण छाड्नुपर्छ ।ू

पौष्करसादी- ूठीक भन्यौ । मलाई पनि त्यस्तै लाग्छ । एकपल्ट परीक्षण गरिहेर त ।ू

आनन्द- ूत्यो त मेरो सोचाइ मात्र हो । म यस्तो सामान्य खेलको लागि जीवहत्या गर्न चाहन्न ।ू

नन्दले पनि उनैको भनाइलाई समर्थन गरे । देवदत्त एकछिन् घोरिए र बोले- ूहे मित्रगण ! आनन्दले हत्या गर्न नचाहेपनि उनको भनाइ ठीक छ । म यसमा थप्न चाहन्छु कि सँगै हावाको दिशा र यसको गतिलाई पनि हिसाव लाउनुपर्छ । किनभने हावाको गति पनि अवरोध हुन सक्छ ।ू

कुटओष्ठ- ूतर मित्र सिद्धान्त र व्यवहारमा फरक हुन्छ । भन्न सजिलो छ । गर्न गाह्रो हुन्छ । ऊ अर्को जोडि सारस पनि आउँदैछ । यसैमा एकचोटी तिमी पनि परीक्षण गरिहेर त ।ू

देवदत्त- ूठीक भन्यौ जाने जति सबै कुरा गर्न गाह्रै हुन्छ । त्यसैले त परीक्षण र अभ्यास गर्नपर्छ । म देब्रेतिरको सारसलाई हान्दैछु । तर यो कुनै उपभोगको लालसाले होइन । न त म पौष्करसातिकै हाँकको प्रत्युत्तरमा यसो गर्दैछु । युगले जानून् म यो हनन सिर्फ परीक्षण र अभ्यासको लागि गर्दैछु ।ू

त्यसपछि उनले एकचित्त गरेर बाण कानसम्म खिचे । हावाको दिशा र रफ्तारलाई अनि सारसको रफ्तार र आफ्ना बाणको पहुँचलाई हिसाब लगाए । अनि छाडे बाण । हेर्दाहेर्दै त्यो बाण गएर उनले ताकेका सारसलाई ठुक्कै लाग्न गयो । सारस आकाशबाट तल खस्न लाग्यो । खुशीले उफ्रे पौष्करसाति र लागे त्यसलाई टिप्न उतै । तर सारस त ध्यानस्थ सिद्धार्थको ठिक अगाडि खस्न पुग्यो- भ्वाक्क ।

सिद्धार्थको ध्यान टुट्यो  । उनले देखे एउटा आकाशमा बिचरण गर्ने पन्छि बाणले विदीर्ण भएर उनको अगाडि छट्पटाइरहेछ । सिद्धार्थको करुण हृदय पानपानी भयॊ । उनले त्यसलाई तुरुन्तै उठाए ।

पौष्करसाति जाँदाजाँदै रोकिए । िहंसाका विरोधी सिद्धार्थको छेउ अब ऊनी पुग्न सकेनन् । अन्य पारखी साथीहरुलाई पनि त्यो आँट आएन । उनीहरु पनि परै रहे ।

सिद्धार्थले बुझे यिनलाई देवदत्तले नै विदीर्ण गरे । बाण पखेटामा लागेको रहेछ । त्यसैले त्यो मरणासन्न थिएन । उनले बिस्तारै बाण झिके ।

त्यस सारसको अर्को जोडिले थाहा पायो उसको जोडि तल पृथ्वीमा मानव हातमा छट्पटाइरहेछ । आर्तनाद पोख्दै त्यो तलतल आएर उड्न लाग्यो । कराउँदै कहिले यो रुखमा बस्ने त कहिले ऊ रुखमा त्यसको अत्यास वर्णन गरि नसक्नु थियो ।

आनन्द दुःखी स्वरमा बोले- ूविचरो कत्ति दुःखी छ ?ू
नन्दले आँखाभरि आँशु राख्दै भने- ूअब यो पनि नखाइनखाई त्यत्तिकै पीरैले मर्छ हगी ?ू

उनीहरुको यस्तो भावह्विल सम्बादले स्थितिलाई अरु कारुणिक बनायो । सबै चुप रहे ।

यता सिद्धार्थले नजिकैको उन्यूझारका मुण्टाहरु टिपेर माडे अनि झोल निकाल्दै त्यस चराको घाउमा चुहाइदिए । त्यसपछि आफ्नै धोतीको सानो टुक्रा च्यातेर घाउमा पट्टी समेत बाँधिदिए ।

एक त जङ्गली चरा त्यसमाथि पनि घाइते- त्यो धेरै छट्पटाइरहेथ्यो । सिद्धार्थले त्यसलाई नतस्रने हिसाबमा कोमल स्पर्श मात्र दिइरहेका थिए । त्यो अझै सिद्धार्थको हातबाट फुस्कन छट्पटाइरहेको थियो । त्यो जति छट्पटाउँथ्यो उसका जोडि नजीकैको रुखमा त्यत्तिकै विरहले कराउँदै छट्पटाउँथ्यो ।

दुवै सारसहरुका मार्मिक छट्पटी अनि सिद्धार्थका करुण भावुकता परिस्थिति मार्मिक थियो । सबै अवाक र हतप्रभ थिए । पोष्करसाति फर्किए नै । अनि त ठोस् व्यक्तित्वका धनी देवदत्त आफैँ गए आफ्नो शिकार दावी गर्न ।*

* “प्राचिन विश्वास छ देवदत्तको बाण लागेर मरणासन्न अवस्थामा पुगेको पन्छिलाई सिद्धार्थले मलमपट्टि लगाएर बचाएका थिए । …… त्यो पन्छि यही सारस थियो ।” खोप्रीङ अंक १४ वर्ष १८; पृ. ९ । अर्थात् त्यो पन्छि अन्य स्रोतहरुले बताए झैं  हाँस थिएन । घटनाले बताउँछ त्यो चरा मान्छेले हानेको बाणको पहुँचभित्र उडेथ्यो । यदि त्यो चरा हाँसै थियो भने हाँस निक्कै तल उडेको हुनु पर्थ्यो । तलतल उड्नुको अर्थ हुन्छ, हाँस त्यतै कतै बस्ने गर्दथ्यो । अर्थात कतै बास सर्दै थिएन । – लेखक

“…. large numbers of migrants are passing through the lowlands on their way to the hill and most summer visitors have arrived while a few winter visitors still remain.” – Trekking in Nepal (p. 158).

अर्थात् त्यो चरा वर्षा ऋतुमा बास सर्दै थियो भने उत्तरतिरको पहाड नाघ्ने हिसाबमा बाँणको पहुँचभन्दा धेरै माथिबाट उडेको हुन पर्थ्यो । त्यस्तै त्यो यदि हिउँदमा यतै बास बसेथ्यो भने त्यस क्षेत्रमा त्यसलाई सुहाउँदो जलाशययुक्त पर्यावरण भएको हुनुपर्छ जो कपिलवस्तु क्षेत्रमा किंचित देखिन्न । अनि हाँसहरु बास सार्छन् तर शारसहरु बास सार्दैनन् । सारस खेत वा सानातिना जलाशयमै जीवन यापन गर्दछन् र यो कपिलवस्तु क्षेत्रमा सामान्य रुपमा पाइने चरा हो । यसैले त्यो पन्छि सारस नै थियो भन्ने कुरामा प्रशस्त बल पुग्दछ । – लेखक

देवदत्त- ूहे सिद्धार्थ ! यो चरा मैले बाणले विदीर्ण गरेर खसाएको हुँ । यो मेरो शिकार हो । त्यसकारण मलाई देऊ ।ू

सिद्धार्थ्र- ूहे देवदत्त ! यो मरेको भए निश्चित रुपमा तिम्रै शिकार हुन्थ्यो । तर यो मरेन र यो शिकार भएन । मैले उपचार गरी यसको जीवनरक्षा गरेको छु । अब यो तिम्रो हकको दायरबाट मुक्त छ र मेरो संरक्षणमा छ ।ू

देवदत्त- ूहे सिद्धार्थ ! बेकारको झमेला नगर । यो त सिधै मैले लक्षभेदन गरेपछि मात्र तिम्रो हातमा आयो । तिम्रो पुरुषार्थ संलग्न नभएको कुरामा तिमी कसरी आफ्नो अधिकारको दाबी गर्दछौ ।ू

सिद्धार्थ- ूहे देवदत्त ! म फेरि तिम्रै शब्दमा बोल्दैछु । तिम्रा पुरुषार्थले यसलाई मार्न सकेन । यो घाइते मात्र भएको छ र यसलाई मैले औषधिमूलो गरी नयाँ जीवन दिएको छु । नयाँ जीवन दिनमा मेरो पुरुषार्थ अब संलग्न भइनै सकेको छ । यो मृत नरहेको अवस्थामा तिम्रो पुरुषार्थको अधीनमा पर्दैन ।ू

सिद्धार्थ यसभन्दा पहिले कहिल्यै यो हदमा जिद्दिवाला देखिएका थिएनन् । साथीहरु चकित भए । देवदत्तले पनि सोचेका थिएनन् कि सिद्धार्थ यत्ति हदमा जब्बर उत्रने छन् । सिद्धार्थले त्यो चरा खुरुक्कै दिनेछन् भन्ने हिसाबमा उनले त्यसरी दाबी गरेका थिए । तर स्थिति पूरै फरक भयो ।

देवदत्त जस्तो खस्रो मीजासको ठाडो व्यक्ति अब किन पछाडि पर्थे । अब त उनको प्रतिष्ठाकै सवाल भइसकेथ्यो । एकोहोरो उनले आफ्नो जिद्दी लादिरहे । सिद्धार्थ डग्दै डगेनन् । उनले भनि नै रहे- ुमार्नेको भन्दा बचाउनेकेा हक लाग्छ ।ु साथीहरुलाई पनि बोल्नै पर्ने स्थिति आयो ।

सबै एकमतले बोले- ुयो चरा अब सिद्धार्थकै हो ।ु

तर पनि देवदत्तले मान्दै मानेनन् । कुरा गुरुहरुकहाँ पुग्यो र बढदै गएर न्यायालयसम्म पनि पुग्यो । अन्ततः न्यायाधिकारीहरुका साथै महाराजा शुद्धोदनसमेतले सिद्धार्थकै पक्षमा फैसला सुनाइदिए ।
——

३४. मातासँग क्षत्रिय धर्मबारे विवाद

एकदिन पौष्करसातिले साथीहरुबीच भने- ूहे क्षत्रियकुमार हो ! सुन मैले मेरा मातापितालाई धेरै धक्कू लाएको छु कि मसँग धेरै यस्ता सहपाठीहरु छन् जो आँखा चिम्लेर मृग मार्न सक्दछन् । कुनैदिन सिङ्गै मृग म तपाईंहरुको लागि ल्याउनेछु । तर यो त मैले धक्कू लगाएजस्तो मात्र भयो । उता मेरा मातापिता हर्दम त्यही मासुको आशमा छन् यता तिमीहरु भने पूरै अिहंसक ब्रह्मज्ञानी बन्ने तरखरमा छौ ।

भद्दीय बोले- ूयी बाहुन मासुमासु भनेर साह्रै मरिमेट्दैछन् अब ता बाबुआमासमेतको नाम लिन लागे । हे मित्रहो ! किन हामी गुरुको आज्ञा लिएर शिकार खेल्न नजाने ?ू

अनुरुद्ध र तिष्य गए गुरुकोमा आज्ञा लिन । गुरुले तत्कालै अज्ञा दिए पनि । तर सबैलाई थाहा थियो यसमा सिद्धार्थले साथ दिने छैनन् । देवदत्तले सिद्धार्थलाई यतै ध्यानस्थ छाडेर जाने विचार पोखे । तर भद्दीयलाई यो कुराले चित्त बुझेन । यसरी त सिद्धार्थको सम्मानमा सिधै चोट पुग्ने छ भन्ने उनलाई लाग्यो र सबैलाई सिद्धार्थ भएको ठाउँमा लिएर गए ।

भद्दीयले सिद्धार्थलाई भने- ूहे सिद्धार्थ ! हामी सबै शिकार खेल्न गइरहका छौँ । हामीलाई थाहा छ तिमीलाई यसरी शिकार खेल्न इच्छा हुने छैन । तथापि हामी जाने कुरा तिमीलाई जनाउ दिन आएका हौँ ।ू

सिद्धार्थले ध्यान तोडे । साथीहरु सबै हातहतियार साथ छेउमै उभिएका थिए । सिद्धार्थले आँखा खोल्नासाथ आनन्द र नन्दले आफ्ना हतियार भुइँमा बिसाए । स्पष्ट भयो अब उनीहरु शिकारमा जाने छैनन् ।

आनन्द बोले- ूहे सिद्धार्थ ! क्षत्रिय भएकाले हामीमा शस्त्रबल र साहस हुनुपर्छ । शिकार खेल्नाले हामीमा एक त मासु प्राप्त हुने नै भयो अर्को हाम्रो शस्त्रज्ञान र सीपको अभ्यास एवं परीक्षण पनि हुने भयो । यसमा गुरुजनका स्वीकृति र आज्ञा पनि छ । तर हामी अिहंसातर्फ आकृष्ट पनि छौँ । हामीलाई स्पष्ट छैन हाम्रो कर्तव्य के हो हे दाज्यै सिद्धार्थ ! हामी रणभुल्लमा छौँ ।ू

सिद्धार्थ बोले- ूहे पि्रय भाइ आनन्द ! यसमा तिमी विस्मृत हुनु आवश्यक छैन । तिम्रो आफ्नो ब्रह्मले जे देख्छौ त्यसै अनुसार गर्नू । कसैको डर धक वा करमा नपर्नू ।ू

कूटओष्ठ- ूहे सिद्धार्थ ! मलाई थाहा छ तिमी शिकार गर्दैनौ । तथापि हामी तिमीलाई साथ लान चाहन्छौँ । शिकार नगरे पनि कमसेकम आफ्ना साथीहरुको निशानेबाजी हेर्न पनि त तिमी जान सक्छौ ?ू

सिद्धार्थ- ूप्रस्तावको लागि धन्यवाद । हे मित्र ! म निर्दोष प्राणीहरुको िहंसाको साक्षी कदाचित हुन सक्दिन । माफ गर ।ू

त्यसपछि देवदत्त बोले- ूहे मित्रगण ! सिद्धार्थ आफ्नै अभीष्टसाथ अगाडि बढेका छन् । उनी तिमीहामीभन्दा अलग छन् । त्यसकारण उनलाई उनकै मार्गमा छाडदिऊँ । हे मित्र हो ! जोजो शिकार खेल्न इच्छुक हुनुहुन्छ हिँड हामीसँग । जोजो हुनुहुन्न उनलाई पनि हामीसँग नजानु स्वतन्त्रता छ । कसैलाई कसैको कर छैन ।ू

त्यसपछि देवदत्त तिष्य अनुरुद्ध भद्दीय पौष्करसाति र कूटओष्ठ शिकारको लागि रवाना भए । नन्द र आनन्द सिद्धार्थको साथमा रहे ।

साँ´ सिद्धार्थको शिकारप्रति अनास्था भएको कुरा माता प्रजापतिलाई थाहा भयो । क्षत्रिय भएर श्रमणसमान अिहंसामा रत हुनु तिनलाई कत्ति चित्त बुझेन । तिनी साह्रै चिन्तित भइन् र सिद्धार्थ भएको ठाउँमा आइन् ।

माताले सम्झाउने हिसाबमा भनिन्- ूहे पुत्र ! तिमी भुल्दैछौ कि तिमी एक क्षत्रिय कुमार हौ । लड्नु तिम्रो धर्म हो । शिकारको माध्यमबाटै युद्धविद्यामा प्रवीणता हासिल हुन्छ । किनभने शिकार गरेरै निशानेबाजीमा ठीकठीक सिद्धि प्राप्ति हुन्छ । एक मानेमा शिकारभूमिले नै युद्धभूमिको अभ्यास योद्धाहरुलाई दिनसक्छ । तिमी किन शिकारमा जाँदैनौ ?ू

अब माता र पुत्रबीच तर्कवितर्क हुन लागे ।

ूउसो भए माता ! एक क्षत्रियलाई लड्न नै किन पर्छ ?ू
ूकिनभने उनको धर्म नै यही हो ।ू
ूमाता ! मान्छले मान्छेलाई नै मार्नु कसरी धर्म हन्छ ?ू
ूयो तर्क त संन्यासीको जस्तो भयो । क्षेत्रीहरुले लडेनन् भने राष्ट्रको संरक्षण कसरी हुन्छ ?ू
ूतर आमा ! क्षेत्रीहरु एकआपसमा नलडेर एकार्कामा प्रेम गर्दा राष्ट्रको संरक्षण हुन्न र ?ू
ू……. !ू

प्रजापति निरुत्तर भइन् । सिद्धार्थ ध्यानस्थ भए ।

३५. योगाभ्यास र जीवनसम्बद्ध गौण उत्तरको तृष्णा

हे मित्रगण ! गुरु सब्बमित्रको पाठशालामा सिद्धार्थले धेरै कुराहरु सिके । जब आफ्नातर्फबाट सिकाउन केही बाँकी नै नहेको अवस्था आयो तब सब्बमित्रले सिद्धार्थलाई ध्यानविधि सिकाउन आचार्य भारद्वाजको आश्रममा लान चाहे । महाराज शुद्धोदनले तत्कालै यस कुराको लागि अनुमोदन गरे ।

भारद्वाज आचार्य आडारकालामका शिष्य थिए र उनी कपिलवस्तुकै सरहदभित्र बस्दथे । उनका योगपाठशालाबाटै अमितोदन तथा धेरै अन्य विद्वान् हरुले यो विद्या सिकेका थिए । उनकै पाठशालामा गुरु सब्बमित्रले सिद्धार्थलाई पुराइदिए ।

सिद्धार्थ अब भारद्वाजका आश्रममै रहेर ध्यानयोगको प्रारम्भिक ज्ञानविज्ञान सिक्न लागे । यस बेलासम्म सिद्धार्थ जसरी ध्यान गर्ने गर्दथे त्यो गुरुहीन आफ्नै अभ्यासमात्र थियो । गुरुको प्रशिक्षणबाट ध्यान गर्न लाग्दा उनी छोटो समयमै निर्भारानुभूतिको स्थिति अर्थात् योगको भाषामा ‘निर्भारस्थिति’  प्राप्त गर्न सफल भए । यो ठीक त्यस्तै स्थिति थियो जसलाई पहिले आठौँ वर्षको उमेरमा आषाढ पूर्णिमाको दिन जामुनको फेदमा बसेर ध्यान बस्दा एकाएक उनलाई प्राप्त भएको थियो ।

आफू कताकता हावामै विलाएसरी शरीरै नभएको आभास श्पर्शहीन अधारहीन पीडाहीन सीर्फ चेतनामात्रको आनन्दानुभूति- उनी दङ्ग थिए । वाल्यकालमा त्यस ुनिर्भारस्थितिुमा पुग्ने सही विधिको ज्ञान नभएको हुँदा उनी त्यो स्थितिमा यदाकदा मात्र आकलझुकल पुग्ने गर्दथे । त्यस्तै उनले वालसुलभ चेतमा त्यस निर्भारस्थिति प्राप्तिको महत्तालाई बुवजेका थिएनन् । मात्र उनमा त्यस शान्ति र आनन्दाभूतिको आकर्षण थियो । उनी सदा त्यस आनान्दानुभूतिलाई प्राप्त गर्न ध्यान बस्ने गर्दथे तर सदा उही रुपले त्यो स्थिति प्राप्त हुन्नथ्यो । तथापि त्यस अभ्यासले पनि उनका चित्त सदा शान्त धीर तीक्ष्ण रहने गर्दथ्यो जो त्यही योगकै परिणाम हुनुको संचेतना समेत उनमा थिएन । अब उनलाई त्यो सटिक विधि प्राप्त थियो र चाहेको वेलामा उनी सिघ्रातिसिघ्र त्यस स्थितिमा पुग्न सक्दथे ।

यसपल्ट नवयुवाकालको ज्ञान अनुभव वा संवेदनशीलता थपिएको स्थिति त्यसमा पनि निर्भारस्थिति प्राप्तिको थप सीप थपिन पुग्यो । अब उनको लागि स्थिति कता हो कता फरक हुन पुग्यो । उनका चित्त जहाँकहीँ विना अवरोध विचरण गर्न सक्दथ्यो । न त्यहाँ विद्यमान आडम्बरी विद्याहरुका भ्रमपूर्ण जाजाल थियो न सुसँस्कृत र सुसभ्य हुने तृष्णा । न कुनै त्रास न कुनै आडम्बर न कुनै भूमिका न कुनै दायित्व न दुःखानुभूति न कुनै व्यवधान । न त्यहाँ उनका पूर्वज्ञान थिए न विद्या । ध्यानभित्रै एउटा होश* पैदा हुन्थ्यो जो सही मानेमा दिव्यज्ञान हुने गर्दथ्यो जो संस्कारहीन थियो जसले अँध्यारोमा प्रकाश प्रदान गर्दथ्यो र जसबाट उनलाई उद्धारको अनुभूति र त्यसैमा सही आनन्दाभूति हुन्थ्यो । बारम्बार उनले यो आनन्दानुभूति लिए ।

* ूध्यानका अर्थ है- होशपूर्वक जीना । बिना ध्यान के जो आदमी जीता है बेहोशी से जीता है । … होश से भरते ही आदमी बुरा नही रह जाता । … यह तो ऐसा है जैसे रोशनी जलते ही अँधेरा समाप्त हो गया अब तुम दरवाजे से निकलोगे दिवालसे थोडे ही निकलोगे । अंधेरे मे कभि कभि दीवालसे निकलने की कोशिश की थी जरुर टकरा भी गए थे … लेकिन अब रोशनी जल गई है ।ू -ओशो वल्र्ड खयिख ल्य ज्ञज्ञ मार्च २००६ पृ. ०४- ०८

तर पछि आएर यस आकर्षणमा पनि वितृष्णा जाग्न लाग्यो । सिद्धार्थ मान्छे नै फरक थिए । बढी नै संवेदनशील अनि बढी करुणामय । ध्यानबाट बाहिर आउनेबित्तिकै यो मायाजालको संसार उनको सामू थियो । सपनाबाट छर्लङ्ग बिउँझिए सरी उनी हुन्थे । अकाशबाट भुईमै पछारिएसरी हुन्थे । अनि अति दुःखी । एउटा सुखको उचाइबाट लड्दाको त्यो दुःखानुभूति निश्चयनै बढी नै हुने गर्दथ्यो उनलाई । उनी सदा विछिप्त रहन लागे । अनेकन तर्कवितर्क आउँथे मनमा ।

तृष्णा र द्वन्द्वका दुःखानुभूतिबाट टाढा रहन ध्यानले मद्दत त पुर् याउँछ तर कति समयको लागि
मान्छे समाधिस्थ भएर दुःखानुभूतिबाट अलग्ग त हुन सक्छ । तर के मान्छेले समाधिमै रहेर मात्र जीवनयापन गर्न सक्छ ?
समाधिबाट बिउँझिएकै क्षण उनलाई भोक हुन्न ?
तिर्खा हुन्न ?
उनले जीवन धान्न पर्दैन ?
समाजमा उनका अरु दायित्व हुन्न ?
के हो मान्छेको मुक्तिको मार्ग ?
के मान्छे भएर जन्मनु भनेको सिर्फ दुःख भोग्नकै लागि मात्र हो ?
जीवन के यसरी अभिशाप मात्र भएन र ?
होइन भने मान्छेको जीवनको सार्थकता के हो ?
अनि जीवनलाई कसरी डोर् याउने ?

हे पाठकगण ! सिद्धार्थमात्र होइन समस्त आर्यावर्त यस्तै कुरामा अल्झीरेहको थियो त्यस युगमा । कैयौँ श्रमणहरु आफ्ना प्रश्नहरुका उत्तर खोज्नमा व्यस्त थिए भने कैयूँ निर्क्यौल पुगेर आफ्ना मतहरु जनमानसमा प्रसारण गर्दै थिए ।

सिद्धार्थमा प्रश्न थियो- के छन् उनीहरुका शिक्षामा के आफूभित्रका प्रश्नहरुका उत्तर त्यता होलान् ?
——

३६. महाबीरबारे अध्ययन

हे पाठकगण ! त्यसवखत आयावर्तमा उपलब्ध सबैखाले विद्या र धर्मसम्बन्धी स्थापित परम्परागत उत्तरहरुबाट जनमानस वाक्क भएका थिए । त्यसका विकल्पमा धेरै खाले आस्तिक र नास्तिक दार्शनिक सँस्थाहरुले आर्यावर्तभरि आआफ्ना मतहरु प्रचार गर्दै आइरहेका थिए । यीनमा ६३ वटा दार्शनिक संस्थाहरु गन्य थिए । उनमा पनि पूरण कश्यप मक्खली गोसाल अजितकेस कम्बल पकुध कात्यायन संजय बेलठ्ठिपुत्र र निगण्ठनाटपुत्तका गरी जम्मा ६ वटा सम्प्रदायहरु जनताबाट बढी नै प्रतिष्ठित थिए । यी ६ वटा मध्येपनि निगण्ठनाटपुत्तको निर्गन्थी सम्प्रदायले त आर्यावर्तमा पूरै हलचल मच्चाएको स्थिति थियो ।*

“येमे भो गौतम समण ब्राह्मणा संघिनो गणियो गणाचरिया त्राता यसस्सिनो तित्थकरा साधुसम्मता बहुजनस्स सेय्ँथीदं पूरणो कस्सपो मस्खली गोसालो अजितोकेसकम्बलो पकुधो कच्चायनो सन्जयो बेलट्ठीपुत्तो निगण्ठो नाथपुत्तो । …। हे गौतम ! यी जो संघि गणी गणाचार्य प्रसिद्ध यशस्वी तीर्थङ्कर र वहुजनबाट मान्य छन् ती पूरण कस्यप मस्खली गोसाला अजित केस कम्बल पकुधो कच्चायन सन्जय बेलट्ठीपुत्त र निगण्ठो नाथपुत्त हुन् ।” -भगवान् बुद्ध पृ. ११३ ।

निर्गन्थी सम्प्रदायका गुरु ज्ञातृक गणका भएकाले उनलाई नाटपुत्त भनिन्थ्यो । उनी आफ्ना गणका एक राजकुमार थिए र उनका असली नाम थियो महाबीर वर्धमान । उनले सुख र दुःखमाथि पूर्ण विजय प्राप्त गरी ४३ वर्षको उमेरमै ‘केवलिन्’  वा ‘जीन’ पद प्राप्त गरेका थिए । उनले आफ्नोमत प्रचार गर्न लागेको हाल ५ वर्षमात्र भएको थियो भने तर यो मत सामान्य जनको लागि अति नै बोध्य अनुगमनशील र सरल भएकोले यस मताम्वलीका सँख्या दिनमा दुइ गुणा र रातमा चौगुणा हुँदै थियो ।

समष्टिमा आर्यावर्तमा यस युगका सामान्य जन महाबीर जैनलाई नै आदर्श मान्दथे तथा दुःखबाट त्राण दिने सास्ता । उनका दर्शनमात्रले सामान्य जन आफूलाई अहोधन्य सम्झन्थे । उनी यस युगको एउटा आध्यात्मिक कोसेढुङ्गा बनेका थिए तथा धेरै मानेमा युगलाई नयाँ दिशामा डोर् याउने व्यक्तित्व ।

हे पाठकगण ! महाबीर ब्राह्मणगुरुहरु वजैँ एक ठाउँमा बस्दैनथे । एक हिसाबले समाजसेवी भएर उनी ठाउँठाउँमा गएर शिक्षा दिँदै हिँड्थे । अनि उनले हरेक क्रियाकलापलाई सङ्घमार्फत सङ्गठित गर्दथे । यसबखत उनी विदेहबाट मगध आइपुगेका खबरहरु आइरहेका थिए । उनका ज्ञानामृत पान गर्न जनसागर नै मगधमा पूरै उल्टिएर गइरहेको सुनिन्थ्यो । हज्जारौँका संख्यामा साधुमात्र होइन गृहस्थहरु समेत बाटाबाटैमा उनको शिष्यत्व ग्रहण गर्दै सन्याश लिँदै पछ्याउँदै गरेका खबरह्ररु आइरहेथ्यो । ध्यान योग सिक्दै गरेका सिद्धार्थको ध्यान यता आकृष्ट भयो नै ।

हे पाठकगण ! महाबीरको पूर्ववत नाम वर्धमान हो । उनी बृज्जीसङ्घ अन्तर्गत ज्ञातृकगणमा उत्पन्न भएका थिए । उनका पिता ज्ञातृक गणका ७७७७ राजामध्ये प्रमुख राजा सिद्धार्थ र माता वैशालीका लिच्छवि राजकुमारी त्रिशाला थिए । त्यहाँ पनि शाक्य जनपदकै जस्तो गणतन्त्र शासन प्रणाली स्थापित थियो । वर्धमानका एक दाजु र एक बहिनी थिए । वर्धमान अति तीक्ष्ण बुद्धिका जेहन्दार बालक थिए । त्यसैले सानै उमेरमा सबैजसो विद्या र शिल्पहरुमा उनले निपूणता हासिल गरे । उनको विवाह यशोदा नामकी कन्यासँग भयो र उनीबाट एक कन्या पनि भएको थियो । तिनै कन्याको विवाह जमाली नामको एक क्षत्रियसँग भयो जो महाबीरका प्रधान शिष्य रहेका थिए ।

वर्धमानका प्रारम्भिक जीवन गृहस्थ भए पनि उनको प्रवृत्ति सदा सांसारिक जीवनतिर आकृष्ट थिएन । उनी ३० वर्षको हुँदा पिता सिद्धार्थको मृत्यु भएथ्यो । यसपछि उनका वैरागी मानसिकताले निकास पायो र यसै निहुँमा महामुनि पाश्र्वनाथका सम्प्रदाय अन्तर्गत भिक्ष्ा बने । उनका परिवार पाश्र्वनाथद्वारा प्रतिपादित चतुर्याम धर्मका अनुयायी थिए । वर्धमानले भिक्षा बन्दा जुन कपडा लगाएका थिए त्यो कपडा शरीरबाटै तेह्र महिनासम्म जर्जर भएर अलग नहोउन्जेल जेल एकनासले लगाए । त्यसउपरान्त उनले फेरि कुनै कपडा लगाएनन् । बालकसरह उनी नाङ्गै हिँडे । नाङ्गै हिँड्दा उनलाई मान्छेहरुले पागल ठाने र भगाउन ढुङ्गामुढा समेत गरे । तर उनलाई ती सबको मतलवै हुन्नथ्यो । उनले बाह्र वर्षसम्म नाङ्गै स्थितिमा घामपानी र हावाहुण्डरीमा´ कठोर तपस्या गरे । शरीरमा थरीथरीका कीरा मकौडा घिस्रँदा घामपानीले शरीर जर्जर हुँदा मयलहरुले पटपट फुट्दा पनि उनलाई कुनै पत्तो रहन्नथ्यॊ । उनी कसैसँग कदाचित बोल्दैनथे । यसरी तेह्रौँ वर्ष पुगेपछि उनलाई पूर्णज्ञानको लाभ भयो । यही ज्ञानप्राप्तिको अवस्थालाई केवल ज्ञान अर्थात् ‘केवलिन्’ भनियो । अर्थात् जुन अवस्थामा मान्छे सांसारिक संसर्गबाट मुक्त हुन्छ सुखदुःखको अनुभवबाट माथि उठ्छ र अरु समस्त वस्तुहरुबाट आफूलाई पृथकरुपमा अर्थात् ‘केवल’ रुपमा पुर् याउँछ त्यस अवस्थालाई ‘केवलीन्’ भनियो ।

त्यसपछि मानवजातिको भलाईको लागि उनले आफूले प्राप्त गरेको ज्ञानको प्रचार गर्न लागे । उनका सम्प्रदायलाई ‘निर्गन्थ’ भन्ने नाम दिइयो जसको अर्थ हुन्छ र बन्धनबाट मुक्तु । वर्धमानको लागि वीर महाबीर जिन अर्हत आदि सम्मानसूचक शब्द प्रयोग गरिन लाग्यो भने विरोधीहरु उनलाई ‘निगन्थनाट्पुत्त   अर्थात् ‘निर्गन्थनाथपुत्र’ भन्दथे ।

उनका ख्याति टाढासम्म फैलिए र त्यतिखेर उनकै मत सबैभन्दा बढी ख्यातिमा थिए । साङ्ख्यमतबाट अति प्रभावित यो मत परम्परागत धार्मिक तथा समाजिक मान्यताप्रति अस्वीकृतिजन्य विद्रोहात्मक थियो ।

यसले ः
– वेदको प्रामाणिकता तथा सृष्टिकर्ता वा देवताको अस्तित्वलाई मान्दैनथ्यॊ ।
– पशुिहंसाको विरोध गर्दथ्यो ।
– मांसाहारलाई वर्जना गर्दथ्यो ।
– जातीय उचनीचता तथा जातिबादितालाई मान्दैनथ्यो ।

यसले ः

– जीव र अजीवलाई अक्षय र अनादि मान्दथ्यो ।
– निर्वाणलाई जीवको विकासको स्थिति मान्दथ्यो ।
– जीवनमुक्त व्यक्ति ईश्वरकोटी प्राप्त गर्दछन् भन्ने मान्दथ्यो ।

निर्गन्थीहरु जनताले नबुझ्ने सँस्कृत भाषा प्रयोग गर्दैनथे । उनीहरु जनजीब्रोकै भाषामा शिक्षा दिन्थे । उनीहरुका साधना अत्यन्त कृच्छ र कठिन थियो ।

हे पाठकगण ! सिद्धार्थले बुझे ः
वर्धमान महाबीर ठाउँठाउँमा गएर जनतामाझ धर्मोपदेश दिने गर्दछन् । यही शिलशिलामा उनी हाल मगध आइपुगेका हुन् । उनले ४४ वर्षको उमेरदेखि आफ्ना धर्म प्रचार गर्दै हिँडे । यतिखेर उनको उमेर ४९ वर्ष पुगेको छ ।

निर्गन्थी मतका अनुसार मानव जीवनको उद्देश्य मोक्ष प्राप्त गर्नु हो । अतः मोक्ष प्राप्तिको लागि सबको लागि ढोका खुला छ । तर जुन नियमहरुलाई मुनिहरु पालना गर्दछन् अनेकन दायित्वहरुबाट सृजना हुने पापहरुका कारणबाट गृहस्थहरुले ती पालना गर्न सक्दैनन् । प्रत्येक व्यक्ति मुनि बन्न सक्छन् भन्ने पनि होइन र संसारको व्यवहार चलाउन गृहस्थ धर्मको पालना पनि गर्नै पर्ने हुन्छ । अतः गृहस्थ भएर पनि मनुष्य पापबाट टाढा रही मोक्षको लागि साधना गर्न सक्दछन् । यस सोचबाट महाबीरले गृहस्थहरुको लागि सामान्य खाले र भिक्ष्ाहरुको लागि कडाखाले मुक्तिमार्ग सुझाएका छन् ।

सामान्य गृहस्थको लागि उनले पाँच अनुव्रतहरुको पालना गर्न भनेका छन् । ती हुन् ** –

१ अिहंसाअनुव्रत- मन वचन र शरीरबाट निरपराध जीवको िहंसा नगर्नु
२ सत्याणुव्रत- द्वेष स्नेह उद्वेग तथा मोहलाई दवाएर सत्य बोल्नु ।
३ अचौर्यानुव्रत- अरुको सम्पति चोर्न वा लिने काम नगर्नु ।
४ परिग्रह-परिमाण- अनुव्रत धन सङ्ग्रहमा लिप्त नहुनु ।
५ ब्रह्मचर्याणुव्रत- मन वचन कर्मबाट अरुका स्त्रीप्रति आकर्षित नहुनु ।

** भारतीय संस्कृति और उसका इतिहास पृ. १५२ ।

हे पाठकगण ! कताकतै १. िहंसा नगर्नु २. चोरी नगर्नु ३. झुठ नबोल्नु र ४. अपरिग्रह राख्नु र ब्रह्मचर्य व्रतको पालना गर्नु भनेर चौथो र पाँचौँ व्रतलाई एकै ठाउँमा राखेर यस मतलाई जम्मा चारवटा मात्र नियमको पालना गर्ने धर्मको नाममा चतुर्याम धर्म वा चातुर्याम-संवर-संवाद पनि भन्ने गरिन्छ । वास्तवमा महाबीर जैनभन्दा ठीक अघिल्लो तीर्थङ्कर श्री पाश्र्वनाथले सुझाएका धर्म पनि ‘चातुर्याम-संवर-संवाद’ को नामबाट उनै चार नियमसाथ प्रस्तुत थिए । जसमा महाबीरले पाँचौँ ब्रह्मचर्य समेत थपेर पाँच अनुव्रत बनाएका थिए ।

हे पाठकगण ! सिद्धार्थले बुझे कि मुनिहरुको लागि भने उनै पाँच अनुब्रतलाई कठोर बनाई महाब्रत सुझाइएका छन् । ती यस प्रकार*** छन् –
१. अिहंसा महाव्रत- मन वचन र शरीरबाट निरपराध जीवको िहंसा नगर्नु । हिँडदा बोल्दा भिक्षा ग्रहण गर्दा मलमुत्र त्याग गर्दा समेत कुनै पनि जीवको िहंसा नहोस् भन्ने ख्याल गर्नु ।
२. असत्य त्याग महाव्रत- सत्य भए पनि कटु छ भने नबोल्नु । विचार नफुरेको बेला लोभको भाव प्रवल भएको बेला र क्रोध वा अहङ्कारको वेग प्रवल भएको बेला नबोल्नु । डरको कारणले असत्य नबोल्नु । हँस्सी मजाकमा पनि असत्य नबोल्नु ।
३. अस्तेय महाव्रत- अरुको सम्पति अनुमतिबेगर नलिनु । घरपट्टीले आफैँ आएर नलगेसम्म कुनै घरमा प्रवेश नगर्नु । घरभित्र पसेपछि घरपट्टीको अनुमतिबेगर कुनै आसन वा शैया वा वस्तुको उपयोग नगर्नु । भिक्षाबाट प्राप्त अन्न गुरुको आदेश नभएसम्म ग्रहण नगर्नु ।
४. अपरिग्रह महाव्रत- कुनै पनि वस्तु रस र व्यक्तिको साथमा निर्लिप्त सम्बन्ध नराख्नु । यो मुख्य व्रत हो किनभने यसैलाई पालना गरेर जीवनको चरम उद्देश्य मोक्षको प्राप्ति हुन्छ । यसै व्रतले सबै विषय तथा वस्तुबाट व्यक्तिलाई पूर्ण पृथक बनाएर सिद्धि अर्थात् केवलिन्को स्थितिमा पुर् याउँदछ ।
५. ब्रह्मचर्य महाव्रत- मन वचन कर्मबाट स्त्रीप्रति आकर्षित नहुनु । कुनै पनि स्त्रीलाई हेर्ने तथा बोल्ने नगर्नु । गृहस्थ जीवनमा हुँदाका भोगको सम्´ना नगर्नु । धेरै नखानु । मसालादार खाना त्याग्नु । स्त्री भएको घरमा बास नगर्नु ।

*** ऐ. पृ. १५३ ।

हे पाठकगण ! महाबीरले अगाडि सारेको धर्म वास्तवमा धेरै पुरानो मानिन्छ । उनी भन्दा सदियौँ वर्ष पहिले ऋषभदेवले अिहंसावादी धर्म प्रतिपादन गरेर यसको सुरुवात गरेका थिए । उनलाई निर्गन्थीहरु पहिलो तीर्थङ्कर मान्दछन् । पछि श्रीकृष्णले आफ्ना गुरु घोरअङ्गीरशका ‘पुरुष-यजन-विद्या’ अर्थात् अरुको लागि बाँच्ने सिद्धान्तमार्फत यज्ञको िहंसावादी अवधारणालाई प्रहार गरी आर्यावर्तभरि अिहंसावादी आदर्शलाई अर्कै धार्मिक उच्चतामा प्रतिष्ठा गरिदिए । उनका यो परोपकारी शिक्षा पछिल्लो समयमा विकसित भई ‘भागवत गीता’ बन्न पुग्यो । कृष्णलाई यही अिहंसावादी क्रान्तिकै कारणले निर्गन्थीहरुले आफ्ना बाइसौँ तीर्थङ्कर मानेका छन् । तेइसौँ तीर्थङ्कर भए पाश्र्वमुनि जो महाबीरभन्दा करिब २५० वर्षअघि** बनारसका राजा अश्वसेनका पुत्रको रुपमा जन्मेका थिए । राजा भइसकेपछि ३० वर्षको उमेरमा वैराग्य लिई उनले तपस्या गेरर यो चातुर्याम संवाद धर्मको खोज गरेका थिए । उनले त्यस धर्मको प्रसारणका लागि सङ्घकै स्थापना गरेका थिए । त्यही धर्मलाई महाबीर जैनले तपस्यामार्फत केवलिन् पद प्राप्त गरेपछि पनि ब्रह्मचर्यको व्रत समावेश गरी पुन प्रस्तुति गरेका हुन् । निर्गन्थीहरु महाबीरलाई चौबिसौँ तीर्थङ्कर मान्दछन् ।

** ऐ. पृ. १४५ ।

हे पाठकगण ! सिद्धार्थले बुझे कि यतिखेर पूरण कश्यप मक्खली गोसाल अजित केस कम्बल पकुध कात्यायन संजय बेलठ्ठिपुत्र र यिनै महाबीरका सम्प्रदाय अयावर्तभरि निक्कै प्रचारमा छन् । यिनमा महाविर सबैभन्दा बढी लोकपि्रय यसकारणले छन् कि यिनको शिक्षा सरल र जनताका मन छुने छन् । यिनका पछाडि दुरुह दर्शन छैन होइन । छन् तर ती सब सामान्यजनको दिमागमा नछिर्ने हुँदा उनी तिनै कुराहरुमात्र जनतासामू अगाडि सार्छन् जो जनताको लागि सरल छन् । जस्तो कि उनका दार्शनिक शिक्षा सिर्फ भिक्ष्ाहरु वा शिक्षित जनसमुदायमा मात्र हुने गर्दछन् ।

३७. श्रीकृष्ण र भागवतधर्मको अध्ययन

योग साधनाको औपचारिक प्रारम्भिक ज्ञानविज्ञान हासिल गरि सकेपछि सिद्धार्थ गुरु भारद्वाजको योगशालाबाट कपिलवस्तु दरबार फर्किए । यता फर्किएपछि सिद्धार्थले पण्डित उदायीलाई अर्कै स्वरुपको परिधानमा देखे । सदा उनले गेरुवाबस्त्र धारण गरेका हुन्थे भने यसपालि गेरुवा वस्त्रमाथि ‘हरेराम हरेराम रामराम हरेहरे हरेकृष्ण हरेकृष्ण कृष्णकृष्ण हरेहरे’ लेखिएको बर्को पनि ओढेका थिए । सिद्धार्थ त्यसैमा एकटक हराए ।

उदायीले उत्सुकताबश सोधे- ूवत्स ! के कुरामा घोरिनुभएको हो ?ू

सिद्धार्थलाई कुरा निकाल्ने कि ननिकाल्ने द्विविधा भयो । केही नभने गुरुको प्रश्नलाई अवज्ञा गरेको हुने मानी उनले छोटोमा भने- ूहजूरको बस्त्रमा श्रीकृष्णको नामाङ्कन देखी केही विचारमग्न भएको हुँ ।ू

उदायी- ूत्यस्तो के अचम्म भो र ?ू

सिद्धार्थलाई केही बढी वार्तामा जानुपर्ने स्थिति आयो । सिद्धार्थ कसैलाई यत्तिकै अवज्ञा गर्ने व्यक्ति त थिएन नै । त्यसमा पनि राजपुरोहित उनीसँग प्रश्न राख्दैथे । उनले आफ्ना कौतूहलता पेश गरे- ूहे परमगुरु म सोच्दैथेँ कसरी श्रीकृष्ण जैनहरुका तीर्थङ्कर एकातिर भए भने अर्कातिर भागवतहरुका धर्मगुरु बने । अझ अन्यौल त तब सिर्जना हुन्छ जब उनै श्रीकृष्ण सनातनीहरुका विष्णुअवतार बन्न पुग्छन् ।ू

उदायीले लामै स्पष्टीकरण दिए- ूयसबारेमा केही लामै प्रसङ्ग दिनुपर्ने हुन्छ । भनिन्छ उहिलेनै राजा वसु चैद्योपरिचरको समयमा* अिहंस्रक याज्ञिक अनुष्ठानको कुरालाई लिएर ठूलै विवाद उठ्न गयो । राजाले भगवान् हरिको नाममा िहंसाहीन यज्ञ गर्न चाहे । यसमा पुरातनवादी ब्राह्मणहरुले परम्परागत यज्ञमा परिमार्जन गरिँदा उनका परम्परागत जीविकामा दखल पर्ने देखी धेरै बखेडा गरे । तर त्यसबेलाका अिहंसावादी चिन्तकहरुले राजा वसुलाई ठूलै साथ दिएछन् । त्यसपछि नै िहंस्रकयज्ञको विकल्पमा हरिपूजनको नयाँ प्रथा सुरु भयो । त्यसबेला मथुरा क्षेत्रका अन्धकवृष्णीगण यसका ठूलै समर्थक बने । त्यसै गणका यादववंशीय सात्वतहरु यस प्रथाका अन्यन्य अनुयायी भए । छान्दोग्य उपनिषद्ले जोडेको छ**  कि कालान्तरमा यसै वंशका वृष्णीसङ्घका भोज*** श्रीकृष्णले आफ्ना गुरु घोरअङ्गीरसको ‘पुरुषयजन विद्या’ अर्थात् ‘अरुको लागि बाँच्ने’ भन्ने शिक्षाबाट प्रभावित भई पुर्खाले सम्हाल्दै आएका अिहंसावदी आन्दोलनलाई अरु प्रभावकारी ढङ्गमा भागवतमतको रुपमा अगाडि सारे । उनको मतले भन्दछ- यज्ञ सिर्फ त्यही हुन सक्छ जसमा जीवको हत्या हुन्न तथा जसले व्यक्तिलाई परोपकारमा जीवन अर्पण गर्न मद्दत गर्दछ ।ू

* भारतीय संस्कृति और उसका इतिहास पृ। १३४ ।

** संस्कृति के चार अध्याय, पृ. १२५ ।

*** ‘बासुदेव श्रीकृष्ण इसी प्रकार के भोज वा संघमुख्य थे ।’ -भारतीय संस्कृति और उसका इतिहास, पृ. ११८ । 

ूहे परम गुरु ! हिजोआज श्री कृष्णका ‘भागवतगीता’ भनेर ठाउँठाउँका मुनिहरुबाट धेरै कुराहरु सुन्नमा आउँछ । ती के हुन् ?ू
ूहे सिद्धार्थ ! मैले यो श्रीकृष्णको समयको कुरा गरेथेँ । धेरै पछि यता आएर हाम्रै कालमा नयाँ थप कुरा भनिँदैछ । श्रीकृष्णले महाभारतको युद्ध सुरु हुनुअघि कुरुक्षेत्रमा अर्जुनलाई आत्माको अमरता र निष्काम कर्मको उपदेश दिएका थिए जसलाई “भागवतगीता” भन्ने नाम दिइएको छ । आज ती गीता उपलव्ध छन् जसमा स्पष्टै धेरै औपनिषेदिय आधुनिकताहरु समाविष्ट छन् । पण्डितहरु धक फुकाएर भन्दछन् “सर्वोपनिषदो गावो दोग्धा गोपालनन्दनः पार्थोवत्सः सुधिर्भोक्ता दुग्धं गीतामृतं महत्” । अर्थात् सबै उपनिषद्हरु गाई हुन् गीताअमृतरुपि दूध पगार्ने पार्थ अर्जुन हुन् र दुहुने श्री कृष्ण हुन् । गीता वास्तवमा सनातन अिहंसावादी धर्मको पछिल्लो कालको विकसित ग्रन्थ हो । भागवतमतका अनुयायीहरु यसलाई श्रीकृष्णद्वारा पनर्रुद्धारित विकसित आधुनिक ग्रन्थ हुनुको गर्वले शिर ठाडो पार्दछन् । पूर्व ‘पुरुषयजन विद्या’ का शिक्षालाई विस्तार गर्दै यो गीता भन्ने ग्रन्थ बनेको हो र यसमा अझै वनप्रस्थमा रहेका मुनिहरुले अनेकन उपदेशहरु थप्दै छन् ।ू *+

*+ ‘वैदिक युग मे भारत मे ज्ञान और तत्वचिन्तन की जो लहर प्रारम्भ हुइ थी श्री कृष्ण ने उसे चरम सीमा तक पहुँचा दिया था । गीता मे कृष्ण का यही तत्वज्ञान संगृहित है । …। भगवान कृष्ण की भगवद्गीता भी महाभारतका ही एक अंश है । … ईसवी सन के प्रारम्भ होने से कुछ समय पूर्व ही महाभारत ग्रन्थ अपने वर्तमान रुपको प्राप्त कर चुका था ।’ -भारतीय संस्कृति और उसका इतिहास, पृ. १३१ । 

अर्थात् गीताले पूर्णता इ।पू। पहिलो शताब्दितिर मात्र प्राप्त गरेका थिए । अर्थात् बुद्धको समय इ।पू। छैटौँ शताब्दिमा यसले पूर्णता पाइसकेको थिएन । अझ गीतामा जैन तथा बौद्धमतको पूरै प्रभाव भएको समेत विश्वास गरिन्छ ।- लेखक ूइस ज्ञान मार्ग का पहला संकेत उपनिषदों ने किया था । बौद्ध और जैनों ने उसका वर्षों तक प्रयोग और प्रचार किया और तब इस निखरे हुए सिद्धान्त को गीता ने अपने हृदय मे स्थान दे दिया । -संस्कृति के चार अध्याय, पृ. १८७ ।
ूहे गुरु ! गीताका शिक्षाहरु केके छन् अनि कृष्ण जैनहरुसमेत धर्म गुरु कसरी मानिए ू
ूहे सिद्धार्थ ! ठाउँ ठाउँमा रचिएका गीताका श्लोकहरुलाई सँगाल्ने र एकरुपता दिने काम अझै भएको छैन । तथापि यसको सारांश म भन्छु । सुन्नुहोस् । गीताले आत्माको अमरता र निष्काम कर्मको वकालत गर्दछ । यसअनुसार आत्मा नित्य र अनीश्वर छन् । शरीरसँगै यो नासवान छैन । यसले उपदेश दिन्छ कि मन र इन्द्रियलाई वशमा राखी व्यक्ति स्थितप्रज्ञ बन्नुपर्छ । निष्काम कर्म गरिन्छ भने कर्म मान्छेको वन्धनको कारण हुन्न । मनका वासना हटाएर फलको आशा नराखी भगवान्मै अर्पण गरिएको कर्तव्यपालन वा कर्म सच्चा निस्काम हुन्छ । ज्ञानले पूर्ण त्यागको भावनासाथ गरिएको कर्मले मान्छेलाई लिप्त हुनबाट जोगाउँछ । मान्छेजातिका यस्तै स्वधर्मको पालनाले समाजमा कल्याण हुन्छ । शरीरलाई कष्ट दिनु वा सांसारिक काम छाडेर कर्मविहीन हुनु कुनै योग वा योगसाधना होइन । कर्मको कुशलता नै योग हो । आहारविहार कर्मचेष्टा निष्ठा आदिलाई सुनियन्त्रित गरेर मात्र मान्छेहरु दुःखबाट बच्न सक्दछ । तपयज्ञ स्वाध्याययज्ञ ज्ञानयज्ञ नै वास्तविक यज्ञ हो जसको लागि कुनै विधिविधानको आवश्यकता हुन्न । हे सिद्धार्थ भागवत गीता यसरी एउटा धर्मको पवित्र ग्रन्थ बन्न गएको छ । पशुिहंसाको विरोध र भागवत भक्तिको वकालत गर्ने यो ग्रन्थलाई एकहदमा उपनिषद्हरुका सार समेत मानिन्छ । यसो भने हुन्छ उपनिषद्हरुले धर्मको जुन स्वरुपलाई प्रतिपादन गरे भागवत धर्म त्यसैको विकसित रुप हो । श्रीकृष्णले वस्तुतः वैदिक मर्यादा प्राचीन परम्परा र अिहंस्रक याज्ञिक अनुष्ठानहरुलाई कायम गर्दै धर्मको एउटा यस्तो रुपलाई प्रतिपादन गरे जो नयाँ चिन्तनको अनुकूल छ । त्यसैले उपनिषद्कालीन समस्त नवचिन्तकहरुको लागि श्रीकृष्ण एक युगपुरुष तथा प्रगतिशील धर्मगुरु बन्न पुगे । महŒवपूर्ण यो भयो कि उनी धर्मप्रवर्तकको रुपमा पहिलो क्षत्रिय थिए । उनका व्यक्तित्व र मत यत्ति लोकपि्रय भए कि धेरै अरु मताम्बलीहरुले आफ्ना ढङ्गमा उनी र उनका मतलाई प्रयोग गरिरहेका छन् । त्यसैले उनी भागवत धर्मका प्रवर्तक हुँदाहुँदै पनि कतै जैनहरुका २३ सौँ तीर्थङ्कर मानिन्छन् त कतै विष्णुका अवतार पनि ।ू

सिद्धार्थ केही क्षण अवाक रहे ।

उदायीले सोधे- ूहे कुमार ! के तपाईंलाई यी सबै कुराहरु अन्यौलपूर्ण लागेको छ ?ू

सिद्धार्थ- ूसमग्र इतिहासलाई राखेर नहेर्ने हो भने निश्चयनै यो अन्यौलपूर्ण छ । तर त्यसरी हेर्न कसमा त्यो विद्वता हुने सबैले त्यसरी हिसाब मिलान गरेर हेर्न अज्ञानताकै कारणले सक्दैनन् । सबै उही स्तरका चिन्तक हुन सक्दैनन् । अतः यो धर्मको कुरा सामान्यजनको लागि धेरै अन्यौलपूर्ण बन्दै गएको छ । विभिन्न समयमा विभिन्न गुरुहरुले आआफ्ना विचारहरु पोखे जो सह्राहनीय छन् । यिनै कार्यले उपनिषद्जस्ता चिन्तनको विकास सम्भव भएको हो । सत्य यो हो कि एकसाथ धेरै परिकारहरु हाम्रा सामू छन् । यी सब प्राप्तिहरुलाई मथेर एउटा निर्दिष्ट नौनी निकाल्नुपर्ने समय भने अब आएको छ । सारमा म बुझ्दैछु ब्राह्मणहरुको िहंसापूर्ण कर्मकाण्डीय अत्याचार पछि क्षत्रियहरुले अिहंसावादी आन्दोलन सुरु गरे जसमा पहिले रामले एउटा आदर्श व्यक्तित्वको प्रदर्शन गरे । त्यसपछि श्रीकृष्णले त्यस समयसम्मका उपनिषद्हरुलाई मथेर एउटा आदर्श अिहंसावादी मतलाई अघि सारे । उनैलाई पाश्र्वनाथ र महाबीरले मथेर अरु स्वाभाविक धर्मसम्मत दिशा प्रदान गर्न मेहनत गरे । तरपनि मलाई अझै लाग्दैछ । यस क्षेत्रमा अझै काम हुन बाँकी छ । आत्मा के मोक्ष के मुक्ति के ईश्वर के धर्म के आदि यी सब अहिले पनि अन्यौलकै विषय छन् ।ू
—-

३८. सिद्धार्थको लागि कन्याचयन कार्यक्रम

सिद्धार्थ उपनिषद्हरुका अनेकन ज्ञात अज्ञात ऋषिहरु श्रीकृष्ण कपिलमुनि पताजली पार्श्वोनाथ र महाबीरका मत काम र योगदानहरुका मन्थनमा लीन हुन्थे तथा उनै कुराहरु ध्यानमग्न हुने गर्दथे । पिता शुद्धोदन आफ्नै राज्यको काम तथा खेतीको काममा अति व्यस्त रहन्थे । उनलाई सिद्धार्थको यो चर्तिकलाबारे बडै ज्ञान थिएन । माता प्रजापतिलाई भने सिद्धार्थको यस चालाले ज्यादै चिन्ता दिइरहेथ्यो । एकदिन तिनले छोरालाई  झक्झकाइन् ।

ूहे बाबु ! यो के ध्यानमा सदा लीन न मनोराजन छ न व्यायाम छ न सामाजिक क्रियाकलाप छ । यो त क्षत्रिय जीवनको पूर्णतः प्रतिकूल व्यवहार भइरहेछ । के गरेको ?ू
ूहे माता ! मलाई यसैमा आनन्दानुभूति छ । मलाई लागेसम्म मेरा यस प्रवृत्तिले अरु कसैलाई दुःख दिएको छैन ।
ूहे पुत्र ! म दुःखी छु । हर मातापिता पुत्रलाई यसरी वैराग्यतर्फ लीन भएको देख्दा धेरै चिन्ता हुन्छ ।
ूहे माता ! म ध्यान बसेर राम्रा भावनाहरुलाई एकाग्र गर्दछु । यसले मलाई व्यापक मैत्रीभावतर्फ प्रवृत्त गर्दछ जसले मलाई संसारमा भएका विभेदले दिने दुःख र चिन्ताबाट निवृत्त गर्दछ । म यसैमा खुशी छु । सन्तान खुशी भएको देख्न चाहनुहुन्छ भने हजूरले त मलाई यसैतर्फ्र प्रेरित गर्नुपर्छ ।ू
ूयसले तिमीलाई वास्तविक जीवन सङ्घर्षबाट टाढा लाँदैछ ।ू
ूहोइन वास्तविक जीवन सङ्घर्षको नाममा भएको विसङ्गतिपूर्ण विभेदबाट टाढा मुक्तितिर लाँदैछ ।ू
ूविभेदले राम्रो नराम्रो पि्रय अपि्रय सही वेसहीको ज्ञान दिन्छ । भेद भएन भने सही बाटोको पहिचान हुन्न ।ू
ूभेदले मान्छेमान्छेमा शत्रु र मित्रको भावना जाग्रत गर्दछ ।ू
ूभेदले शत्रु र मित्रको पहिचान गर्दछ ।ू
ूशत्रु वा मित्र जन्मजात हुन्न । त्यसलाई हामी मान्छेले बनाउँछौँ । भेद मिटेमा सबै मित्र रहन्छन् । सर्वत्र प्रेमैप्रेमको विजय हुन्छ ।ू
ू…… ू

प्रजापति निरुत्तर भइन् । तिनले महाराजा शुद्धोदनलाई पुत्रको यो संन्यासिक प्रवृत्तिको बारेमा चिन्ता व्यक्त गरिन् । पुत्रको मानसिक विकास त भयो अब क्षत्रिय बलमा पछाडि पर्ने कुरामा उनीहरु दुबै पक्का भए । अझ त्यसो मात्र भए त सायद उनीहरुमा केही राहत हुन्थ्यो कि ! सिद्धार्थ त वैराग्यतर्फ उन्मुख देखिन लागे । उनीहरुलाई ठूलै चिन्ता हुन लाग्यो । उनीहरु दुबैले अमितोदन र उदायीसँग यस विषयमा लामै छलफल गरे । अन्ततः सबैले एकमतले सोचे कि सिद्धार्थलाई एउटी राम्री कन्यासाथ विवाह गरिदिएमा जवानीका प्राकृतिक आकर्षणहरुले पक्कै पनि उनलाई वैराग्यबाट टाढा सांसारिक प्रपाचमा तान्ने छ । अनि त सिद्धार्थलाई धूमधामले विवाह गरिदिने निधो भयो ।

हे पाठकगण ! ऊ बेला शाक्यगणको रीतिरिवाज अनुसार सामान्यतः पुत्र होस् वा पुत्री १६ वर्षको उमेर पुगेपछि विवाह गर्ने चलन थियो । सिद्धार्थको उमेर १६ वर्ष पुगिसकेकोले पनि विवाह गरिदिने निर्णयलाई बल पुग्यो । लगत्तै शुद्धोदनले पुत्र सिद्धार्थलाई बोलाई सबैका अगि प्रश्न गरे- ूहे पुत्र ! हामीले तिम्रो विवाह गर्ने निधो गर् यौँ । भन तिमीलाई कस्तो कन्या मन पर्छ ?ू

सिद्धार्थ भने विवाहको लागि तयार थिएनन् । विवाह भनेको सांसारिक प्रपाचमा जकडेर लाने एउटा बन्धन हो तथा यही बन्धननै मानवीय जीवनको दुःखको मूल कारक हो भन्ने धारणा उनमा दृढ थियो । उनले सोच्नको लागि केही दिनको समय मागे । तर सातदिनसम्म अनेकन तर्कवितर्क गर्दा पनि उनको दृढतामा केही फरक आएन । त्यसपछि उनले कदाचित विवाह नगर्ने आफ्ना दृढता दुबै मातापितालाई सुनाए ।

दुवै मातापिता अब सदा चिन्तित रहन लागे । दुबैको शिर सदा वजुकेका हुन्थे तथा दिनप्रतिदिन उनीहरुको स्वास्थ्यसमेत गिर्दो थियो । आफ्नै कारणले एउटा िहंसा नै हुन गइरहेको प्रतीत सिद्धार्थलाई भयो । जीवनभर एकनिष्ठासाथ माया दिने बूढेसकालका मातापिताको त्यो हविगतालई उनको हृदयले थाम्न सकेन र आफ्ना सबै इच्छालाई बलिदान गर्दै उनले विवाहको लागि स्वीकृति दिए । जुन सांसारिक मोहको जाजालबाट टाढा रहन उनी यत्ति संवेदनशील बनिरहेथे आखिरमा त्यही जाजालको खेलले उल्टो प्रवृत्त हुन उनलाई त्यत्ति नै संवेदनशील र करुणामय बनायो । उनी हारे ।

माताले सोधिन्- ूबाबु ! कस्तो केटीको चाहना छ ?ू

पुत्रको जवाफ थियो- ूसत्यवादी हुनुपर्छ जात धर्म गोत्र र सुन्दरताको मलाई कुनै मतलव छैन ।ू

त्यसपछि जिम्मा भयो उदायी र अमितोदनलाई सम्पूर्ण व्यवस्थाको । दुबै जनालाई थाहा थियो सिद्धार्थको लागि कन्या चयन गर्नु कठिन् काम हो । जुनसुकै कन्या ल्याए पनि हुने भन्ने सिद्धार्थलाई कस्तो कन्याको खोज गरी ल्याउने यो एउटा अवजसिलो कठीन समस्या थियो ।

कन्याहरुको लागि ुस्वयंबरुको चलन त गणराज्यहरुमा छँदै थियो भने ‘स्वयंकन्या’ अर्थात् स्वयं कन्या छान्ने प्रचलननै किन नल्याउने अतः दुबै विद्वानले सिद्धार्थको लागि कन्याचयनको लागि एउटा कार्यक्रम बनाए । त्यसपछि शाक्यगण र छिमेकका गणराज्यहरुसमेतमा झ्याली पिटाइयो कि जोजो युवतीहरु सिद्धार्थसँग विवाह गर्न इच्छुक छन् उनीहरु कपिलवस्तुको संस्थागारमा सातौँ दिनमा आउन् । जसलाई सिद्धार्थले रुचाउने छन् उनैसँग सिद्धार्थको विवाह हुनेछ ।

हे पाठकगण ! एउटा संयोगकै कुरा हो । सिद्धार्थ जुन दिन र जुन क्षण लुम्बिनीमा जन्मेका थिए त्यसै दिन त्यसै क्षण यता देवदहमा दण्डपाणी* नामका एक कोलियका घरमा एउटी कन्याको जन्म भएको थियो । ती कन्याको नाम यशोधरा राखिएको थियो । यशोधरा पनि यस समय १६ वर्षको उमेरमा पुगेकी हुँदा पिता दण्डपाणी तिनको लागि पनि उचित बर खोज्दै थिए ।

* सम्यक्् सम्बुद्ध पृ. ३०० ।
“कोलियगण की सुन्दरी कन्या भद्रा कपालायनी या यशोधरा से विवाह करदिया ।” -बौद्ध दर्शन पृ. १८ । 

यशोधराले सिद्धार्थको कन्याचयनको आह्वान सुनेपछि यो ‘सिद्धार्थ’ भन्ने जन्तु कस्तो छ तिनलाई हेर्ने इच्छा भयो । सिद्धार्थका बारेमा तिनले धेरै विचित्रका कुराहरु सुनिरहेकी थिइन् र उनलाई नजिकबाट हेर्ने तिनको उत्कट अभिलाषा थियो । तिनी त्यस दिन कपिलवस्तुको संस्थागारमा जाने भइन् । तर विवाहको इच्छाले भने होइन ।

सिद्धार्थको कन्या चयनको दिन आयो । छिमेकको गणराज्यसमेतबाट कन्याहरु कपिलवस्तुको संस्थागारमा पूरै सिँगारपटार र सजधजका साथ आइरहेका थिए । यता यशोधरा समेत कपिलवस्तु जान निस्किन् । छोरीको यो चाला देख्नेबित्तिकै पिता दण्डपाणी भने जागिहाले- ूके हो छोरी ! जोगीसँग बिहे गर्ने इच्छा भो तिम्रोलागि त हामीनै स्वयंबरको कार्यक्रम गर्दै नै छौँ । देश विदेशका युवाहरु आउनेछन् । छानीछानी बर रोज्न पाउने छौ । यो त भएन नि ?ू

यशोधरा बोलिन्- ूहे पिता ! यसैउसै हजूर मेरो बर मलाई चुन्ने स्वतन्त्रता दिँदैनै हुनुहुन्छ भने किन फेरि मेरो यस प्रस्थानमा चिन्ता गर्नुपर् यो तथापि म हजूरलाई यो भन्न चाहन्छु कि म त्यहाँ रमिता हेर्न मात्र जाँदैछु । हाम्रो गणराज्यमा समेत जुन व्यक्तित्वको बारेमा यत्तिका चर्चापरिचर्चा हुने गर्दछ तिनलाई म नजिकबाट हेर्न चाहन्छु ।ू

सिद्धार्थको व्यक्तित्व अति प्रभावशाली हुँदाहुँदै पनि उनका वैरागी चिन्तनका कारणले धेरै मातापिताहरु आफ्ना कन्यालाई उनीसँग बिहे होस् भन्ने चाहन्नथे । त्यस्तै धेरैजसो युवतीहरु पनि उनीसँग जति नै प्रभावित भए पनि बिहे भने गर्न चाहन्नथे । अतः सिद्धार्थको कन्याचयनको कार्यक्रममा जोजो कन्या आए ती या त गरीव खान्दानका थिए या सिद्धार्थकै व्यक्तित्वबाट अति प्रभावित ।

सयौँ कन्याहरु संस्थागारमा लाम लागेर उभिएका थिए । कार्यक्रम रह्यो हरेक कन्यालाई सिद्धार्थले केही न केही भेट प्रदान गर्ने । आशय थियो यसरी सिद्धार्थले हरेक कन्यालाई नजिकबाट हेर्न पाउनेछन् । एकएक गर्दै कन्याहरु सिद्धार्थ नजिक पुगे । हरेकलाई सिद्धार्थ पुरस्कार प्रदान गर्दथे । तर कसैमा उनले आशक्ति देखाएनन् । पुरस्कारको लागि दिइने वस्तु नै सकिए । तर एउटी युवती अ´ै बाँकी देखिइन् । ती थिइन् यशोधरा । विवाहेच्छाले नआएकी हुँदा तिनले आफूलाई त्यस पंत्तिमा राखेकी थिइनन् र तिनी त्यस गन्तिमा परेकी थिइनन् । त्यसैले त्यहाँ तिनलाई पुग्ने पुरस्कारको व्यवस्था थिएन ।

सिद्धार्थलाई पुरस्कार र कन्याको गन्तिसँग केही मतलव थिएन । उनले पुरष्कार सकिएको कारण पर दुरीमा उभिएकी कन्या यशोधरालाई के दिने भनेर अलमलमा परे र तुरुन्तै आफूले लगाएको हीराको औँठी झिकेर तयार पारे । यशोधरा अगाडि परिरहेकी थिइनन् । जब सिद्धार्थले औँठी तयार पारे यता यशोधराका छेउका अरुहरुले तिनलाई त्यो औँठी ग्रहण गर्न करै गरे ।

यशोधरा छेउमा गइन् र बोलिन्- ूहे सिद्धार्थ ! म दण्डपाणी कोलियकी सुपुत्री गोपा यशोधरा हुँ । केही समयपछि मेरा छुट्टै स्वयंबरको कार्यक्रम हुँदैछ । यहाँ म विवाहेच्छाले आएकी होइन । विशेष हजूरको बारेमा चर्चापरिचर्चा धेरै सुनेकीले दर्शन गर्न मात्र आएकी हुँ । अतः म हजूरको यो पारितोषिक ग्रहण गर्न सक्तिनँ ।ू

सिद्धार्थले नम्रभावमा भने- ूहे यशोधरा ! यहाँ सबै कन्याहरु विवाहेच्छाले आएका हुन् । तर म विवाह गर्ने इच्छामा स्वयं छैन । त्यसैले हे गोपा ! यो समारोह कन्याचयनको समारोह हुँदाहुँदै पनि त्यो हुन सकिरहेको थिएन । जे होस् जो पारितोषिक म प्रदान गर्दैछु म वचन दिन्छु कि निश्चित रुपमा यो विवाहेच्छा राख्ने कन्याको लागि होइन । त्यसकारण यसलाई ग्रहण गर्न म हार्दिक अनुरोध गर्दछु ।ू

यशोधराले निश्चिन्त भएर औँठी स्वीकारिन् । अनि त हल्ला भने अर्कै भयो- ूसिद्धार्थले मनपरेकी कन्यालाई आफ्नै हीराको औँठी प्रदान गरे ।ू

सिद्धार्थले यशोधरालाई विशेष भेट दिए भन्ने खबर शुद्धोदनसम्म पनि पुग्यो । शुद्धोदनको हर्षको ठेगान नै भएन । उनले तत्कालै अमितोदन र उदायीलाई दण्डपाणीको घरमा बिहेको लागि औपचारिक तवरमा केटी माग्न पठाए । तर उता दण्डपाणीले भने एउटा वैरागीपथमा उन्मुख व्यक्तिलाई कन्या दिन असमर्थता जाहेर गरे । तर कुरा उठुे कन्या र बर स्वयं यसमा राजी छन् भन्नेबारेमा । अनि त यशोधरालाई अगाडि सारियो । यशोधराले कतै भ्रम भएको कुरा बुझिन् ।

तिनले स्पष्टै भनिन्- ूहे पूज्यजन म विवाहेच्छाले त्यो समारोहमा गएको थिइँन । रमिता हेर्न मात्र गएकी थिएँ । जो पारितोषिक मैले सिद्धार्थबाट ग्रहण गरेकी थिएँ त्यो सिद्धार्थ स्वयंले विवाहार्थ होइन भनेका हुनाले मात्र ग्रहण गरेकी थिएँ । कतै भ्रम हुन पुगेको म बुझ्दै छु ।ू

अमितोदन र उदायी अब अप्ठेरोमा परे । बुद्धिमान दण्डपाणीले यो अपठेरोलाई बुझे र भने- ूहे पूज्यजन केही समय पछि यशोधराको लागि स्वयंबर कार्यक्रम हुँदै छ । यदि सिद्धार्थले आफ्नो सीप र क्षमता प्रदर्शन गरेर यशोधरालाई प्रभाव पार्न सक्छन् भने मलाई केही आपत्ति हुने छैन ।ू

यशोधराले दृढतासाथ भनिन्- ूत्यसरी मेरो स्वतन्त्रता र आत्मसम्मानमा पनि चोट पुग्ने छैन । कृपया अहिले मलाई करमा नपार्नुहोस् ू

कन्यार्थीहरुलाई यो कुरा मान्न करै पर् यो ।
——

३९. यशोधराको बरचयनमा सिद्धार्थको करामत

एउटा निश्चित समयमा यशोधराको लागि बरचयनको आयोजना भयो । त्यस कार्यक्रममा टाढाटाढाबाट धेरै युवा र राजकुमारहरु आए । यसमा सिद्धार्थ पनि मातापिता तथा बन्धुवान्धवले कर गरेका कारण भाग लिन आएका थिए । त्यहाँ प्रत्याशी उम्मेदवारहरुलाई राख्ने मण्डपमा सिद्धार्थको उपस्थिति देख्नासाथ प्रतिश्पर्धीहरु बीच खैलाबैला मच्चिन लाग्यो । धेरैले थाहा पाएका थिए कि यशोधरा सिद्धार्थको कन्याचयन कार्यक्रममा भाग लिन गएकी थिइन् । सिद्धार्थलाई त्यहाँ देख्ने बित्तिकै एकजना बोले- ूसाथीहो ! यो स्वयंबर कार्यक्रम सिर्फ देखाउनकै लागि मात्र हो ।ू

अर्का बोले- ूबर त पहिल्यै निश्चित भइसकेको अवस्थामा यो केको आडम्बर किन अरुलाई मूर्ख बनाइराखेका ?ू

अर्का बोले- ूयशोधराले सिद्धार्थकै चयन गरेछन् भने यो सरासर आडम्बर मानिनेछ । दण्डपाणी कोलिय यसको लागि सजायको भागि हुनेछन् ।ू

अर्का बोले- ूत्यो जोगी सिद्धार्थलाई पनि कहाँ यशोधरा लान दिइन्छ र ू?

अर्का बोले- ूप्रतिश्पर्धा नै नगरी उनले कसरी कन्या लान पाउँछन् हेरौँला ।ू

अर्का बोले- ूसाथी हो त्यो जोगी सिद्धार्थलाई प्रतिश्पर्धाको लागि हाँक दिने हो । ऊ पक्कै हार्नेछ । ऊ हार्दाहार्दै पनि कन्या उनैलाई दिइयो भने दण्डपाणी स्वयं दण्डका भागी हुनेछन् ।ू

यशोधरा स्वयं दृढ व्यक्तित्वकी धनी थिइन् । उम्मेदवारहरुमा सिद्धार्थप्रतिको द्वेष र पिताप्रतिको अपमानलाई सुनेर तिनी अति क्ष्ाव्ध थिइन् । चयन त तिनले गर्नुपर्ने हो । तिनको चयनलाई नै नहेरी यसरी कुरा काट्नु तिनलाई अति अशोभनीय लाग्यो र सबैप्रति क्षोभ उत्पन्न भयो ।

त्यसै आरिशे युवाहरुका मा´मा थिए अति शालीन र सौम्य सिद्धार्थ । क्याउँक्याउँ कराइरहेका कागहरुको मा´मा राजहाँस वजै देखिन्थे उनी । कहीँ कतै उनको चासो स्पष्ट थिएन । सुनियो युवाहरुको क्षोभलाई सुनेर उनका दाजुभाइहरु महानाम अनुरुद्ध नन्द र आनन्द कुनै पनि क्षण ती युवाहरुसँग युद्ध गर्न तत्पर छन् र देवदत्त कोलियसमेत सिद्धार्थकै पक्षमा लड्न उद्यत छन् । टाढैबाट स्पष्टै देखिन्थ्यो सिद्धार्थका दाजुभाइ र देवदत्त अति क्रुद्ध देखिन्थे र अमितोदन उनीहरुलाई सम्हाल्नमा व्यस्त थिए ।

हल्लीखल्ली जब अति बढ्यो तब यशोधरा मण्डपमा निस्किइन् । एकाएक हल्लीखल्ली समाप्त भयो । त्यस निशब्दतामा यशोधराले कतै नहेरी सिद्धार्थलाई सोझै सम्बोधन गरिन्- ूहे सिद्धार्थ ! आज तपाईंलाई म प्रत्याशी उम्मेदवारहरुका पंत्तिमा बसेका देखिरहेकी छु । त्यसैले बुझ्दछु तपाईं विवाह गर्ने हेतुसाथ यहाँ आउनुभएको छ । अतः हे सिद्धार्थ ! धर्ती आकाश सूर्य र बायु सबैलाई साक्षी राख्दै यस मण्डपमा घोषणा गर्दछु कि उपस्थित सबै प्रत्याशीमध्ये म तपाईंलाई बिनासर्त आफ्नो बर चुन्दछु ।ू

कुनै पनि परीक्षणबेगर यो चुनाव भएको हुँदा समस्त उम्मेदवार युवाहरुबीच फेरि हल्लीखल्ली मच्चियो । स्वयं पिता दण्डपाणी बोले- ूहे पुत्री ! सिद्धार्थ सन्तहरुसँग सङ्गत गर्ने र सन्तकै स्वभावका भएकाले राम्रा गृहस्थ बन्नै सक्दैनन् । तिम्रा बरचयनको स्वतन्त्रतामा म कुनै अड्चन त दिन्न । तर म आग्रह गर्दछु एकपल्ट यसमा विचार गर ।ू

यशोधराले उल्टै पिता दण्डपाणीलाई सोधिन्- ूहे पिता ! के सन्तहरुसँग सङ्गत गर्नु र सन्तको स्वभाव राख्नु अपराधै हो ?ू

दण्डपाणी- ूत्यसो त भनेको होइन । तर यदि सिद्धार्थलाई नै चयन गर्नु थियो भने तिमीले किन पहिले उनको कन्याचयनको कार्यक्रममा गएर पनि त्यो निर्णय दिइनौ ? यता पछि उनीहरुले घरैमा आएर कन्या मागेका पनि हुन् । तिमीले त्यसै बेलामा मानिदिएको भए पनि यो स्वयंबरको रचना गर्नैपर्ने थिएन ।ू

यशोधरा- ूहे पिता ! त्यसबखत मैले कहाँ बरहरु देख्न पाएकी थिएँ र रोजेर मेरो चाहना अनुरुपको बर छान्न पाउँथेँ आज यी प्रत्याशीहरुको माझमा हेर्दा म बुझ्दै छु मेरो लागि कोही बर हुन सक्छन् भने उनै धीर स्वभावका शान्त सिद्धार्थ मात्र हुन् । हे पिता ! मेरो चयन बद्लिने छैन । मैले ठोकेरै भनेँ मेरो बर सिर्फ सिद्धार्थमात्र हुन सक्छन् ।ू

अब यशोधराको चुनावमा परिवर्तन नहुने छाँट देखिएपछि अन्य प्रतिद्वन्द्वीहरुले आफूहरु अपमानित भएको महशुस गरे ।

एकजना बोले- ूयशोधराले बर चुन्नभन्दा पहिले अरुको ल्याकतको परीक्षण गर्नुपर्दथ्यो । यसमा हामीहरुको आपत्ति छ !ू

अर्का बोले- ूलक्षभेदनको प्रतिश्पर्धा आयोजित होस् ।ू

यशोधरा- ूमैले जानेसम्म कन्याचयनको उद्देश्य हो कन्यालाई बर चुन्नुको स्वतन्त्रता । मलाई लागि रहेछ मेरो स्वतन्त्रतामा यो स्थितिले वाधा दिइरहेको छ । के यहाँ कुनै बलियो राँगोले प्रतिश्पर्धा जितेमा मैले त्यसैसँग विवाह गर्नुपर्ने हो त्यस्तो कर मलाई छ भने म यस्तो पाशविक विवाह रचनाको पक्षमा छुइँन । तपाईंहरु सबै यसै फर्के हुन्छ ।ू

एकजना प्रतिश्पर्धी बोले- ूस्वयंबरमा प्रतिश्पर्धीहरुको परीक्षण हुने चलन छ । त्यही प्रत्याशासाथ हामी आएका हौँ । यदि कसैलाई पहिलेदेखि नै मन पराइराखेको हो भने किन अरुलाई दुःख दिइराखेका के हामीचाहिँ तपाईंहरुका खेलका गोटीमात्र हौँ । हामीमा स्वाभिमान छैन के त्यसै हामी चूप रहन सक्छौँ ?ू

त्यसपछि धेरै हल्लीखल्ली मच्चिए । हल्लीखल्लीको मा´मा देवदत्त कोलियको तर्फबाट उठे र सबैलाई शान्त रहन आग्रह गरे- ूहे प्रतिश्पर्धी पाहुनाजन ! यो एउटा स्वयंबर चयनको अबसर हो जसमा कन्याले सबैलाई हेरेर आफूखुशी बरको चयन गर्नु पाउँछन् । अनि कन्याले ढिलो चाँडो जे होस् बरको चयन गरिसकेको अवस्था यहाँ सिर्जना भएको छ । यसलाई तपाईंहरु चुनौती दिनुहुन्छ भने यहाँ भिडन्तको स्थिति सिर्जना हुन्छ नै । कोही माइतीगण आफ्ना कन्यालाई जबर्जस्ति उठाएर लाने बर्बरतालाई कदर गर्न सक्दैन । अतः मेरो नम्र निवेदन छ तपाईंहरु सबै कन्याको बरचयनलाई इज्जत दिनुहोस् । रह्यो कुरा शस्त्र परीक्षण गर्ने तपाईंहरुको चाहनाको । त्यसबारेमा म भन्न चाहन्छु अब प्रतिश्पर्धाको अवस्था सिकिसकेको छ । तथापि उपस्थित प्रत्याशीहरुको योग्यतालाई सबैले हेर्न चाहने हो भने यसलाई कला प्रदर्शनको रुपमा साचालन गर्न सकिन्छ । जसमा तपाईंहरु आफ्ना बढीमा बढी क्षमता प्रदर्शन गर्न सक्नुहुनेछ । हे उपस्थित सज्जनवृन्द ! मेरो आग्रह छ तपाईंहरु यसमा सामेल हुनुहेास् । सिद्धार्थ पनि यसमा सामेल हुनेछन् । तपाईंहरु सबैले देख्न पाउनु हुनेछ यशोधराको चयन कस्तो रहेछ ।ू

दण्डपाणीले यो कुरालाई स्वीकार गरिदिए । त्र सिद्धार्थलाई यो बखेडा कत्ति पनि मन परेन । उनले यो कार्यक्रम अर्को हिसाबमा प्रतिश्पर्धा नै हुन गइरहेको बुवजे । उनी यस्ता प्रतिश्पर्धालाई कदाचित रुचाउँदन थे । उनले यसमा पनि भाग नलिने मन गरे ।

सारथी छन्दकले अगाडि सरेर बिन्ति गरे- ूहे सिद्धार्थ ! अब त दुबै खान्दानको इज्जत दाउमा लागेको छ ।ू

अमितोदन बोले- ूहे सिद्धार्थ ! देवदत्तलाई थाहा छ कि तिमी यहाँ उपस्थित सबैमा सर्वोत्कृष्ट साबित हुने छौ । त्यसैकारणले उनले यशोधराका साथै समस्त कोलियगणको इज्जत राख्न यस्तो बीचबचाउको प्रस्ताव गरेका हुन् । हे सिद्धार्थ ! अब त स्थिति यस्तो बनेको छ कि तिमीले यसमा भाग लिनैपर्नेछ । पहिलो त यशोधराको लज्जा बचाउन पनि तिमीले यसमा भाग लिनुपर्ने छ भने अर्को शाक्यगणको आत्मसम्मान जोगाउन पनि यो गर्नै पर्नेछ ।ू

सिद्धार्थले अमितोदनको अनुहार हेरे । त्यो ढल्कदो उमेरको अनुहारमा मायालाग्दो याचना थियो । कसरी उनले उहाँलाई निराश गर्न सक्दथॆ भाइ नन्द अनुरुद्ध दाजु महानाम अनि मित्र भद्दीयको अनुहारमा किलकिलोलाग्दो विक्षिप्तता थियो । सिद्धार्थ कसरी उनीहरुलाई यसरी लज्जिलज्जित देख्न सक्दथे । देवदत्तको अनुहारमा हेरे उनमा सिद्धार्थप्रतिको दृढविश्वास यसैयसै टप्किरहेको थियो । कसरी उनका त्यो आत्मविश्वासलाई कुठाराघात गर्न सक्दथे । अनि हेरे यशोधराको अनुहार । तिनी अत्यन्त विक्षिप्त स्थितिमा थिइन् । तिनको अवस्थाबाट सिद्धार्थ स्वयं मर्माहत भए । अनि त उनले नचाही नचाही कलाप्रदर्शन नामको छद्मरुपी प्रतिश्पर्धामा उत्रने सहमति दिए ।

हे पाठकगण ! अब छद्मरुपी प्रतिश्पर्धा सुरु भयो । सबै प्रतिद्वन्द्वीहरु आआफ्ना कौशल देखाउन लागे । कसैले दौडदा दौडदै लक्षभेदन गरे । कसैले घुमिरहेको लक्षमा भेदन गरे । कसैले शब्द भेदन गरे । सिद्धार्थ सिर्फ अरुहरुका लक्षभेदनकै अवलोकन मात्र गरिरहेका थिए । अन्त्यमा उनको पालो आयो ।

सिद्धार्थ आफ्नो आसनबाट उठे । समस्त गुरुजनलाई त्यहाँबाटै उनले प्रणाम गरे र आफ्नो धनुष उठाए । त्यसपछि उनले मधुर वाणीमा भने- ूहे उपस्थित महानुभावहरु ! मैले कुनै विग्रहको लागि यो हतियार उठाइरहेको छैन । मलाई आफू सर्वश्रेष्ठ भएको प्रमाणित गर्नु छँदैछैन । त्यसैले यहाँ आज मेरा आफ्ना कुनै विशेष प्रस्तुति हुन गइरहेको छैन । म जे प्रदर्शन गर्न गइरहेछु ती सिर्फ भरखरै प्रदर्शन गरिएका कलाहरुको मेरो तर्फबाट पुनःप्रदर्शन मात्र हुनेछन् । यसलाई प्रतिश्पर्धाको लागि प्रदर्शन भन्ने सुझ नराख्न मेरो परम आग्रह    छ ।ू

त्यसपछि उनले बाण सन्धान गरे । अनि तीब्र गतिमा दौडदै टाढा राखिएका लक्षलाई भेदन गरेर देखाए । एकाएक सिद्धार्थमा सोच्दै नसोचेको तीब्र गति र स्फूर्ति देख्दा सबै उपस्थित जन चकित भए । टररर… ताली बजे । त्यसपछि हेर्दाहेर्दै उनले चलिरहेका लक्षलाई निमेषभरमै भेदन गरे । एकपल्ट होइन दुइपल्ट होइन तीन चारपल्ट त्यो गरेर देखाए । उनी हिँड्दै छन् कि दौडदै छन् कि वा बाण हान्दैछन् पत्ता नहुँदै लक्ष भेदन भइसक्थ्यो । चकित दर्शकहरुले उठेरै ताली बजाए टरररर… । अनि अन्त्यमा आँखामा पट्ठी बाँधेर अचुक शब्दभेदन गरेर देखाए । समस्त उपस्थित जन चकितमात्र होइन प्रफुल्लित नै भए । ताली बजिरहेथ्यो टरररर… । प्रतिद्वन्द्वीहरु स्वयं नै प्रशंशापूर्ण थपडि बजाएर थाकिरहेका थिएनन् । कसैले पनि अरुले गरेर देखाएका कलालाई त्यसरी प्रदर्शन गर्न सकेका थिएनन् । सिर्फ आफ्नै कुनै एक विशिष्ट कलामात्र त्यो पनि ज्यादै कमले प्रदर्शन गरेका थिए । तालीको पर्रा अझै बजिरहेको थियो ।

मण्डपमा धेरै थोरै मात्र लज्जित थिए । त्यो पनि आफ्नै अभद्र व्यवहारको पछुतोसाथ । सबैजसो थिए अति हर्षित । तर सिद्धार्थ भने सही मानेमा अति दुःखी थिए । एकैलाई यत्ति लज्जामा पार्नु उनको हिसाबमा िहंसा थियो । अरुलाई िहंसा गर्दै आफू फाइदामा हुनु उनको लागि रुचिकर थिएन । त्यो ताली त्यो प्रशंसा अनि पारितोषिकको रुपमा सबैले आँखा गाडेकी कन्या- सबैको मुख मोसेर उनका भागमा परेको यो पारितोषिक उनलाई पाच्य थिएन ।

यशोधरा बरमाला लिएर अग्र भागमा आइन् । आफू त्यहाँ कठपुतली भएको अनुभव सिद्धार्थलाई भयो । उनले अनिच्छामै किन नहोस् गला थाप्नु नै थियो थापे । यशोधराले सहर्ष बरमाला पहिर् याइन् । तालीको पर्रा अरु बढे ।
— – –

४०. कपिलवस्तुमा विवाहोत्सव र बासभखत्तियाप्रति प्रसेनजीतको आकर्ष

सिद्धार्थले बरमाला पहिरिए । शुद्धोदनलाई यहाँभन्दा ठूलो अर्को के कुरा हुन सक्थ्यो उनले बुहारी भित्रयाउन ठूलै समारोहको आयोजना गरे । यसमा कोसलसम्राट् महाकोसललाई समेत आमन्त्रण गरे । महाकोसलले भने आफू बूढयौली लीको कारणले आउन नसक्ने खेद प्रकट गर्दै प्रतिनिधिको रुपमा अठारवर्षे* युवराज अग्निदत्त प्रसेनजीतलाई धेरै उपहारसाथ कपिलवस्तु पठाए । समस्त शाक्यगणमा सिद्धार्थको विवाह आफैँमा एउटा आकर्षण त छँदै थियो । त्यसमाथि अर्यावर्तभरि हकदक मच्चाउने कोसल महाजनपदका युवा युवराज प्रसेनजीतको सौहाद्रतापूर्ण उपस्थिति थियो । यसले त सुनमा सुगन्ध नै छरिदियो ।

* “पसेनदी और बिम्बिसार बुद्धका समवयस्क था ।” -उत्तरप्रदेशमे बौद्धधर्म के विकास, पृ. १०७ ।

सिद्धार्थको जन्ती दुलही लिएर आउँदै थिए । जन्तीको सबभन्दा अघि थिए घोडसवार अमितोदन । उनकापछि केही पन्ध्र कदमको दुरीमा पंचेबाजा घन्काउदै वाद्यवादकहरु आइरहेका थिए । उनीहरुका पछिपछि नन्द अनुरुद्ध र तिष्य आफ्ना घोडा सारथीलाई सुम्पेर नाच्दै अगाडि बढिरहेथे । त्यसपछि थिए सिद्धार्थका रथ । रथमा थिए सौम्य सिद्धार्थ अनि घुम्टोहीन ठाडो शिरकी दुलही यशोधरा । छन्दक रथ हाँकिरहेका थिए । त्यसको ठीक पछि थिए महानाम र देवदत्त घोडामा सवार । लाम थिए जन्तीहरुका कोही रथमा कोही घोडामा त कोही पैदल ।

जन्ती कपिलवस्तु नगरद्वारभित्र पस्नासाथ समस्त नगरबासीले घरघरका झ्याल र पटाङ्गिनीहरुबाट शीतल जलसहित पुष्प वृष्टि गरे । जन्ती दरबारसामू आएर रोकियो । जन्तीलाई स्वागत गर्न उभिएका थिए कोसलयुवराज प्रसेनजीत सहित महाराज शुद्धोदन अनि उनका भाइहरु ।

अमितोदनको इशारामा सिद्धार्थ रथबाट उत्रिए । माता प्रजापति र महानामपुत्री बासभखत्तिया** दुलही यशोधरालाई रथबाट उतार्न अघि लागे । कोसलराजकुमार प्रसेनजीत र शुद्धोदन दुबैले अगाडि बढी सिद्धार्थलाई अङ्कमाल गरॆ । शुद्धोदनको आँखा हर्षाश्रुसाथ डबडबाइरहेका थिए । त्यसपछि भित्रयाइयो दुलहा दुलही दरबारमा ।

** बासभखत्तियालाई धेरै स्रोतहरुले महानामकी दासी भनेका छन् । आफ्नै छत्रसम्राटलाई दासी भिडाउन सक्दैन भन्ने मान्यतासाथ मैले यसमा तिनलाई महानामकै नोकर्नीपट्टिकी आफ्नै छोरीको रुपमा प्रस्तुत गरेको छु । – लेखक

दुलही भित्रयाउने रीतिमा ऊ बेला चेलीहरुले बाटो छेक्ने चलन थियो । यसरी बाटो छेक्न आउने चेलीहरुमा चौधवर्षीया महानामपुत्री बासभखत्तिया पनि थिइन् । उमेर चौधै वर्षकीमात्र भए पनि सुखसयलमा हुर्किएकी यी नवयुवती हलक्कै बढेकी थिइन् र पूर्ण यौवना देखिन्थिन् । तिनले चलनअनुसार नवदुलहीबाट एक ताम्रनिष्क अर्थात् तामाको सीक्का चाहिन् । तर यशोधरासँग ताम्रनिष्क थिएन । तिनले यसको सट्टा सुनकै सीक्का प्रदान गर्न चाहिन् । तर बासभखत्तियाले त्यो लिनै मानिनन् । चाचलताले मत्त बासभखत्तियाले दृढ भएको नक्कलसाथ भनिन्- ूयस्तो तयारीले आएर कहाँ हुन्छ अरुसँग मागेर भए पनि दिनुपर्छ ।ू

अन्त्यतः सिद्धार्थले नै यशोधरालाई सुटुक्क ताम्रनिस्क दिए । यसलाई पनि बासभखत्तियाले लिन मानिनन् र भनिन्- ूयो त हाम्रैतर्फको हो नि कहाँ मान्छु र ?ू

सबैजना उन्मुक्त भएर गललल हाँस्न लागे । सबैलाई त रमाइलो भयो । तर यशोधरालाई भने आपत पर् यो । आफ्ना माइती देवदत्त वा तिष्यबीर त्यतै देखिन्छन् कि भनी तिनले यता र उति घाँटी तन्काइन् । तर ती दुबै त्यसबखत त्यता थिएनन् । त्यसपछि प्रसेनजीत अगाडि सरे र एउटा ताम्रनिष्क यशोधरालाई दिँदै भने- ूल यो दिनुहोस् । म त उहाँतर्फको मान्छे होइन नि ।ू

यशोधराले पुलुक्क प्रसेनजीतको अनुहार हेरिन् । प्रसेनजीतले मुसुक्क मुस्काएर भने- ूम कोसलसम्राट्पुत्र प्रसेनजीत हुँ । लिनुहोस् र दिनुहोस् उहाँलाई त्यो प्रथाअनुसारको भेटी । मलाई माइती मानॆरै लिनुहोस् न ।ू

त्यसपछि यशोधराले त्यो लिइन् र बासभखत्तियाको हातमा राखिदिइन् । रमाइलो गर्दै रहेकी बासभखत्तियालाई प्रसेनजीतको यो किसिमको प्रवेश एकाएक ठेस लागेसरह भयो ।

विवाहको प्रकृया अगाडि बढ्दै गयो । प्रसेनजीतको ध्यान भने सबै छोडी बासभखत्तियामै हुन लाग्यो । प्रसेनजीत तिनीबाट साह्रै प्रभावित थिए । बासभखत्तियालाई पनि केहीबेरमै थाहा भो प्रसेनजीत तिनलाई निकै चोरीचोरी हेर्दछन् । अनि त तिनलाई अति अप्ठेरो लाग्न लाग्यो । तिनको लागि सबै रमाइलो अब सकिएसरी भयो । अघिसम्म सबैलाई सर्लक्कै खाइरहेकी बासभखत्तिया अब मुसासरह आमाहरुका पछाडि लुक्न लागिन् ।

त्यसै रात्रिको भोजमा संगीतको कार्यक्रम थियो । यशोधरा वीणावादनमा प्रवीण छिन् भन्ने प्रशस्त हल्ला थियो । त्यसैले सबैले भनेका थिए त्यस कार्यक्रममा यशोधराले वीणा र साथमा सिद्धार्थले ढोल बजाउने अनि त्यसमा नाच्ने बासभखत्तिया । कार्यक्रम त्यसरी नै चल्यो । यशोधरा साँच्चै वीणावादनमा प्रवीण रहिछिन् । सिद्धार्थ ढोल बजाउँदै थिए बेलाबेलामा वीणाको रसास्वादन गर्न उनी ढोलको नादलाई कम गर्दथे । ढोलले छोडेको त्यो नादाकाशमा वीणा यस्तरी रन्किन्थ्यो मानौँ ती ढोलकै तृष्णामा उन्मत्त थिए । अनि ढोल पुग्थे वीणाको मिलनमा । कस्तो जोडी मानौँ बिहे अब त सिद्धार्थ र यशोधराका थिएन वीणा र ढोलको पो थियो । सबैले भुले बासभखत्तियाको नाचको कार्यक्रम पनि त्यसैमा थियो । बासभखत्तियासमेत त्यसैमा रङमङिएकी थिइनन् र भुलेकी थिइन् कि तिनले नाच्नु पनि पर्थ्यो ।

यता प्रसेनजीतका चासोहरु फरक भइसकेका थिए । पहिले त सिद्धार्थसँग दिल खोलेर आत्मचिन्तनका कुरा गर्ने अनि उनका विवाहको उपलक्षमा मोजमस्ति गर्दै रमाउने भन्ने थियो । तर बासभखत्तियाको निर्वोधता सरलता तथा सुन्दर आकृतिले उनलाई पागलै बनाइदियो । तिनको बारेमा जान्न उनले निक्कै चासो राख्न लागे । जसरी तिनी सिद्धार्थको घरपरिवारमा घुलमिल र निर्धक्क देखिन्छिन् यसले पक्का गर्दथ्यो कि तिनी सिद्धार्थकी नजिककी चेली हुन् । तथापि पक्काचाहिँ गर्न सकेनन् कि यी कसकी छोरी हुन् ।

एउटा मौका पारेर प्रसेनजीतले सुटुक्क आफ्ना अङ्गरक्षकलाई यी को हुन् भनी पत्ता लगाउन अह्राए । अङ्गरक्षकले केही समयमै खबर ल्याए कि यिनी सिद्धार्थका काका शुक्लोदनका पुत्र महानाम शाक्यकी ल्याइते पट्टीकी पुत्री हुन् । महानामलाई यो पुत्री आफ्नी दासी सागरबखत्तियाबाट प्राप्त भएको थियो । पुत्री जन्मेपछि दासी माताको तत्काल मृत्यु भएको थियो र महानाम तथा उनकी पत्नीले यी कन्यालाई आफैँले न्वारन गराएर छोरी स्वीकारेका थिए । महानाम तथा उनकी पत्नीले यी कन्यामा कहिल्यैपनि मातृहीनताको भावना जाग्न दिएका थिएनन् । अनि महानाम होउन् कि अन्य उनका कोही पनि नजिकका नातेदार सबैले बासभखत्तियालाई आफ्नै सहोदर कुलपुत्री मानेका थिए ।

बस् प्रसेनजीतलाई यत्ति जान्न पाए पुग्यो र मनमनै प्रण गरे कि उनले निश्चितरुपमा यिनै कन्याका पाणीग्रहण गरेर शाक्यकुलसँग अवश्यै नाता गास्ने छन् ।
—-

४१. त्यो प्रथम मधुराित्र

यता सिद्धार्थको लागि बिहेको यो पहिलो रात्रि । नयाँ जीवनको नयाँ शुरुवात । नवजीवनको सुखद भविष्यको कामनामा त्यसताकाको चलनबमोजिम दुलहाको खाटलाई फूलहरुले पूर्णरुपमा सजाइएको थियो । सिद्धार्थ पहिलेदेखि नै आफ्ना ओछयानमा दिनभरिका क्रियाकलापलाई सम्झदै असजिलो अनुभूतिसाथ यशोधरालाई पर्खिरहेथे । पर्खिरहेथे पनि के भन्नु उनी एउटा कठपुतलीसरह पर्खाइएका थिए ।

प्रजापतिले काँसको बटुकोभरि महमिश्रित दूध भरेर यशोधराको हातमा राखिदिइन् र तिनलाई सिद्धार्थको शयनकक्षको ढोकासम्म ल्याएर बोलिन्- ूहे पुत्रवधू ! यही हो सिद्धार्थको कोठा । भित्र प्रवेश गर र सिद्धार्थलाई यो दूध पिलाऊ । आज उपरान्त यो नै तिम्रो पनि शयनकक्ष हुनेछ । हिजोसम्म यसको रेखदेख म गर्दै थिएँ । आज उपरान्त तिम्रो रेखदेखमा यो रहनेछ ।ू

नववधू । नयाँ अनुभव । यशोधरालाई यो नयाँ ठाउँमा एउटा नयाँ भूमिकामा अति नै सङ्कोच र लज्जाको अनुभूति भइरहेथ्यो । तिनले प्रजापतिसँग आँखासम्म उठाएर हेर्न सकिरहेकी थिइनन् । घुम्टोले पूरै अनुहार छोपेकी थिइन् । प्रजापतिले तिनलाई ढाडस दिँदै कोठाभित्र सामान्य घच्याडेर प्रवेश गराइन् ।

सिद्धार्थ स्वयं पनि यस कुरामा मानसिक रुपमै तयार थिएनन् । सांसारिक प्रपाचको खेलमा एउटा भूमिका निर्वाह गर्न आफू एउटा कठपुतली नै बनेको आभास भइरहेथ्यो ।

यशोधरा सरक्क भित्र पसिन् । सिद्धार्थलाई लाग्यो नाटकको अर्को एउटा प्रमुख पात्र रङ्गमाचमा प्रवेश गरिरहेकी छन् । एकै क्षणमा अब पतिपत्नीको भूमिकामा नाटक खेल्नुपर्छ अनि सन्तान उत्पत्तिको लागि मार्ग प्रशस्त गर्नुपर्छ । समाज र वंश त्यसरी नै निरन्तरित छन् । त्यसैले उनीहरुले त्यो नाटक गर्नैपर्छ ।

यशोधराले एक छेउमा हातमा भएको तातो दूधको बटुको राखिन् । लज्जा थियो । केही सङ्कोच पनि । सिद्धार्थको अनुहार हेर्नै सकिरहेकी थिइनन् । सिद्धार्थ भने आफ्नै सुरको आत्मचिन्तनमा थिए । यशोधरालाई बसाउने औपचारिकता समेत उनले भुलिरहेका थिए । सङ्कुचित रहेकी यशोधरा न केही बोल्न सकिरहेकी थिइन् न कतै बस्न नै ।

दुबै आआफ्नै सुरमा हराएका थिए । दिमागकी अति चनाखो र तीक्ष्ण बुद्धिकी यशोधरालाई निक्कै अप्ठेरो महसुस भयो । तिनले स्थितिलाई बुझ्न चाहिन् । सुनेकी थिइन् बेलाकुबेला सिद्धार्थ ध्यानस्थ हुने गर्छन् । के उनी अहिले ध्यानस्थ त भएका होइनन् नत्र किन केही प्रतिकि्रया भएन तिनले सिद्धार्थलाई अझै हेर्न सकिरहेकी थिइनन् । त्यसैले स्थिति के भइरहेछ थाहा भइरहको थिएन । के सिद्धार्थलाई तिनी आएकै थाहा नभएको त होइन एउटा सबल प्रश्न तिनमा जाग्यो । तर अ´ै सोझै हेर्न तिनले सकिनन् ।

केही क्षणमा तिनलाई लाग्यो- आफ्नो उपस्थितिको सङ्केत भने नदिई भएन नै । तिनले बिस्तारै आफ्ना शिरबन्दी टाउकोबाट फुकालिन् र हातमा सम्हाल्न नसकेको नक्कल गर्दै भुईंमा ठग्रङ्ग झारिदिइन् । त्यस सन्नाटामा त्यो गहना झरेको राम्रै आवाज आएको हो । तर त्यसले सिद्धार्थको ध्यानलाई आकर्षण गर्न सकेन । त्यसपछि तिनले चुरा भुइर्ँ्रमा छोडिन् । त्यसले पनि सिद्धार्थको ध्यानाकर्षण भएन । तिनी वाक्क भएर अब शालीनता त्याग्दै खसाएका सबै गहना उठाएर नगिचैको सन्दूक माथि राख्न गइन् । त्यसो गर्दापनि सिद्धार्थबाट कुनै प्रतिकि्रया आएन । अब तिनको धैर्यताले ठाउँ छाडे । लज्जा र सङ्कोच समेतले पनि धर पाएन । तिनले बिस्तारै आँखा उठाएर सिद्धार्थलाई हेरिन् ।

सिद्धार्थ त तिनलाई नै हेरेर वाल्ल परिरहेका रहेछन् । अब बुिझ न् यशोधराले कि यी प्रपाचबाट बाहिर उठेका सिद्धार्थलाई तिनका सङ्कोच वा लज्जाको कुनै अर्थ छैन । तिनी झरिन् त्यही स्थितिकै वास्तविक धरातलमा । अनि सिद्धार्थलाई नै अचम्म लाग्ने कृयाकलापमा उद्यत भइन् । अब तिनी कोठामा यता र उति केही समान खोज्न लागिन् । मानौँ तिनले केही हराएकी छिन् अथवा तिनलाई केही चाहिएको छ ।

सिद्धार्थ अब आए अन्तरकि्रयामा- ूके खोज्दैहुनुहुन्छ यशोधरा ू

यशोधराले मधुर मुस्कानसाथ भनिन्- ूहजूरको वाक्य फोर्ने साँचो ।ू

सिद्धार्थ एकछिन् तिनको कुरामा अलमलिए । त्यसपछि बुझे कुरा र उनी हाँसे घत परेर ।

– ूहजूर हाँस्न पनि जान्नुहुन्छ ?ू
– ूसाँचो खुलेपछि त्यो पनि सम्भव रहेछ ।ू
– ूयस साँचोले अरु केके खुल्ने हुन् कुन्नि ?ू
– ूत्यो त मलाई पनि थाहा छैन । के बन्द रहेको छ भन्ने कुरा नै मलाई थाहा छैन ।ू
– ूउसोभए त डरमर्दो भयो नि । कुनै पनि बेला कुनै पनि हाउगुजि निस्कने हुन् कि ?ू
– ूत्यसो पनि होइन । यस मस्तिष्कले सदा उदारभाव र प्रेमकै खेती गरेको छ । जे निस्किन्छ त्यसकै फलहरु निसि्रत हुन्छन् ।ू
– ूहाम्रो लागि पनि केही उबार्न सकिन्छ कि त्यस खेतीको बाली ?ू
– ूजानेर होस् वा नजानेर चाहेर होस् वा नचाहेर सदासर्वदा जीवनभर जे प्राप्य छ वा जे उत्पादित हुन्छ बाँडिचुँडि भोग्ने कसम खाएर विवाहबन्धनमा गाँसिएको छु । यहाँ जे छ सर्वप्रथम नजिकका तपाईंनै हुनुभएकाले भोग गर्ने स्वाभाविक अधिकारी तपाईं नै हुनुहुन्छ । उब्रेको भागको कुरा किन ?ू
– ूमुखले त त्यस्तो भन्नुभो तर कामले त्यो भइरहेको जस्तो लागेन ?ू
– ूकसरी ?ू

यशोधराले गम्भीर मुस्कान साथ भनिन् – ूकसरी भने अहिलेसम्म उभिएकी उभिएकै छु । थाकिन् होली भन्ने सोच हजूरमा आउँदै आएनन् नि त ।ू

सिद्धार्थ एकदमै झस्किए । खाटबाट उठ्दै यशोधराको कोमल हात समातेर उनी बोले- ूमाफ गर्नुहोला । अरुनै कुरामा यस्तरी भुलेँ यतै खाटमा बसौँ न ।ू

यशोधरा मरीमरी हाँसिन् र हाँसोमै भनिन्- ूयस्तरी पहिलो दिनको पहिलो क्षणमै अरु कुरामा भुल्ने व्यक्तिबाट मैले जीवनभरको साथ के पाउँला मलाई त शङ्कै छ ।ू

सिद्धार्थ निरुत्तर भए । उनको अनुहारमा एकसाथ लज्जा र पश्चातापको भाव देखियो । उनको अनुहार हेर्न लायकको थियो । यशोधराले आफ्ना लामालामा हातहरुले सिद्धार्थलाई बेर्दै भनिन्- ूके भो र दुनियालाई चकित गर्ने व्यक्तित्व आज किन यस्तो सानो कुरामा विचलित मैले त सामान्य ठट्टा मात्र गरेकी हुँ । यो साँचोले फेरि अर्को के खुल्न गयो ?ू

ूतपाईंका सामान्य ठट्टाहरुले मलाई बारम्बार नयाँ पटाक्षेपमा उतार्दै छन् । नयाँ भूमिकामा प्रवृत्त गराउँदै छन् । यी दृष्टान्तहरु हुन् कि म जे कुराको खोजी गर्दैछु त्यसमा तपाईंकॊ अनन्त योगदान हुनेछ ।ू

ूम एउटा सामान्य कन्या हुँ । हजूरको खोजको गहनतालाई बुझ्नसक्ने क्षमता ममा छैन । त्यसैले हजूरको खोजमा म के योगदान दिनसक्छु भन्ने कुरामै म कत्ति पनि स्पष्ट छुइँन । तथापि प्रण गर्दछु हजूरको त्यो वृहत्तर खोजीमा म कहिल्यै अड्को बन्ने छुइँन । भर्खरै मैले के अर्थ लाग्ला भन्ने नसोचिकनै अन्जानमै अस्वाभाविक धृष्टाताका साथ ‘यस्ता भुल्ने व्यक्तिबाट के जीवनभरको साथ पाइएला’ भनी ठट्टा गरें  । अलि बढीनै गरियो त्यसको लागि क्षमा चाहन्छु । हजूरलाई हरकुरामा साथ दिन्छु भनेर यो बन्धनमा मैले पनि कसम खाएकी छु । म पनि त्यो वचन पूरा गर्न प्रतिवद्ध छु ।ू

एकाएक सिद्धार्थ गम्भीर भएर हात जोडदै बोले- ूहे यशोधरा ! तपाईं धन्य हुनुहुन्छ । तपाईर्मा म गुरुत्वको आभास पाइरहेछु । निश्चय नै म तपाईंबाट धेरै सिक्ने छु ।ू

यशोधराले स्थितिलाई गम्भीर हुन दिन चाहिरहेकी थिइनन् । यो रात भनेको गम्भीर चिन्तनको लागि प्रायोजित थिएन । अतः जुन प्रयोजनमा यो थियो त्यतै धकेल्न तिनी भरमग्दुर प्रयत्न गर्दै थिइन् । सिद्धार्थका जोडिएका हातहरुलाई च्याप्प समात्दै तिनी बोलिन् पनि- ूमेरो प्राण ! मबाट पहिलो पाठ सिक्नुहोस्- यस विवाहबन्धनको प्रथम ध्यॆय हो सन्तान उत्पत्ति । अनि यो पहिलो रात त झनै महŒवपूर्ण छ । यहाँबाटै त्यो वैवाहिक जीवनको नक्शा कोर्न लागिन्छ । बुझ्नुहोस् यस पहिलोरातमा वैराग्यको भाव र आत्मचिन्तनले कदाचित ठाउँ पाउने छैन ।ू

त्यसपछि दुबै हाँसे । सिद्धार्थका कहिल्यै नखुलेको मानसको पाटो आज खुलेको थियो । सिद्धार्थ त्यसमा पूरै हराए । सिद्धार्थलाई लागिरहेथ्यो- यशोधरा एउटा खुला पुस्तक हुन् जसलाई हरक्षण नयाँ दृष्टिकोणबाट पढ्न सकिन्छ । भावविभोर भएर सिद्धार्थ बोले- ूयशोधरा ! म त विवाहको लागि कत्ति पनि सहमत थिइँन । तर अहिले लागिरहेको छ तपाईर्जस्ती पत्नी पाएर म अहोधन्य भएको छु ।ू

– ूहुन त हो तर यो के पराईलाई झैँ ‘तपाई तपाईं’ भन्नुहुन्छ । मलाई अप्ठेरो अनुभूत भइरहेको छ । ‘तिमी’ भनेर सम्बोधन गर्नुहोस् न ।ू
– ूमलाई पनि त ‘हजूरका हजूर’ लाउँदै हुनुहन्छ । के म पराइ हुँ र मलाई पनि अप्ठेरो अनुभूत भइरहेछ ।ू
– ूम हजूरलाई त्यो भन्दा तल झरेर सम्बोधन गर्नै सक्दिँन । लोग्ने र स्वास्नीको सम्बोधन नै ‘हजूर’ र ‘तिमी’ हो ।ू
– ूकसले भन्यो ?ू
– ूपरम्परा त्यही छ ।ू
– ूयो विभेदको परम्परा मान्नै पर्छ भन्ने छ र त्यस्तो भेद सिकाउने शास्त्रलाई नै मान्न छाडिसक्यौँ भने यो के कुरा हो ।ू
– ूजे होस् म हजूरलाई ‘तिमी’ भन्न सक्तिन । उसोभए सम्झौता गरौँ । म पनि तपाईंलाई ‘तिमी’ भन्नै सक्तिन ।
– ूहजूरलाई विवादमा कस्ले जित्ने ?ू

यशोधरा अब थप विवादमा आइनन् । सम्झौता भएसरी भयो । अझ त्यो विवादै तिनलाई महŒवको भएन । सिद्धार्थका शरीरको तातो स्पर्शले तिनलाई अर्कै आनन्दपूर्ण कुतकुति दिइरहेथ्यो । तिनी त्यसैमा हराउन चाहिन् । अनि अरु लपेटिइन् सिद्धार्थमा । सिद्धार्थले पनि भुले सबै ब्रह्मचर्यका सपनी । दुबै प्रणयमा लिप्त भए ।
– —-

४२. प्रसेनजीत र बासभबखत्तियाको प्रणय

सिद्धार्थको विवाह सिद्धिएको तीन दिन भइसकेथ्यो । त्यही विवाहको लागि पाहुना आएका अग्निदत्त प्रसेनजीत कपिलवस्तुबाट फर्कने नामै लिइरहेका थिएनन् । के कुराले उनलाई यो ठाउँले यत्ति आकर्षित गरिरहेथ्यो कसैलाई थाहा भएन । जे होस् उनी रहेसम्म औपचारिकता त निभाउनै पर्थ्यो र त्यसैले शाक्यहरुले उनलाई अरु केही दिन रोकिन आग्रह गर्दै नै रहे ।

प्रसेनजीत दिनमा देवदत्तसँग लुम्बिनीवनमा शिकार खेल्न जान्थे र साँझमा त्यही शिकारलाई भान्साकोठामा पुर् याएर चिरफार काटकुट गर्न सगाउँथे । त्यत्रो साम्राज्यका युवराज त्यसरी भान्साकोठामा संलग्न भएको देख्दा शुद्धोदन अमितोदन सिद्धार्थ आदि पुरुषहरुलाई पनि भान्सामा गएर सरसघाउ गर्नैपर्ने हुन्थ्यो । हर साँझ पोलेका उसिनेका र पकुवा लगाएका मासुसाथ भोजभतेर हुन्थ्यो । कोदो गहूँ जुनेलोको निगार त्यस भोजमा कहिले शाक्योदनकोबाट कहिले अमितोदनकोबाट कहिले धौतोदनकोबाट फेरिफेरि ल्याइन्थ्यो । अनि हरेक साँझ संगीत र नाचगान पनि अबेरसम्मै हुन्थ्यो । ढोल त मज्जाले प्रसेनजीत पनि बजाउने रहेछ । उनी सँधै मज्जाले ढोल ठोक्थे अनि आफूले बजाएको बेलामा बासभखत्तियालाई नाच्ने अनुरोध गर्थे । पहिलेपहिले प्रसेनजीतको छेउ पर्दै नपर्ने बासभखत्तिया अब ता प्रसेनजीतको ढोलवादनमा नाच्ने मात्र होइन उल्टै उनैलाई आफू नाच्नको लागि ढोल बजाउन आग्रह गर्ने भएकी थिइन् ।

दिनहरु बित्दै थिए । पाँचौँ रातको कुरा हो । रङ्गमाचीय कार्यक्रम सकेर सबै आआफ्नो शयनकक्षमा पुगिसकेका थिए । रात निक्कै छिप्पिसकेको थियो । यशोधरा निन्द्राको आश्रयमा पुगिसकेकी थिइन् भने सिद्धार्थ प्रसेनजीतको बुझिनसक्नु चालामालामा गमिरहेका थिए । त्यसै बेला बाहिर रातको त्यो सन्नाटालाई एक्काशी कुनै स्त्री हाँसोले चिरी नै दियो । सिद्धार्थको चिन्तन भङ्ग भयो । यशोधराको निन्द्रा पनि तत्काल खुल्यो । त्यो नारी हाँसो कतै बाहिर भइरहेथ्यो । अनि त्यो रात्रिको सन्नाटामा निकै ठूलो प्रतीत हुन्थ्यो । दुबै पतिपत्नीले झ्यालबाट बाहिर हेरे । यो आवाज अतिथिगृहबाट आइरहेको थियो जहाँ प्रसेनजीतलाई रहने व्यवस्था थियो । त्यो हर्षिलो हाँसो बारम्बार नै आइरहे । दुबै पतिपत्नीलाई अतिथिगृहबाट यसरी नारी हाँसो आउनु कत्ति पचेन । सिद्धार्थ बिस्तारै पटाँगिनीमा आए ।

जुनेली रात थियो । त्यहाँबाट अतिथिगृह स्पष्टै देखिन्थ्यो । प्रसेनजीतको शयनकक्षमा बत्ती झलमल्ल थियो । तर त्यता कसैको चालचुल देखिएन । फेरि त्यो हाँसो दोहोरियो । अब बल्ल बुिझयो त्यो आवाज अतिथिगृहको ठीक तल बगैँचाबाट आइरहेको थियो । त्यता दुबैले हेरे । बगैँचामा प्रसेनजीत थिए र काखमा बासभखत्तिया । दुबै थिए प्रणयबन्धनमा । बासभखत्तिया उम्कन खोज्दथिन् अनि प्रसेनजीत जकड्न । अनि निस्कन्थ्यो बासभखत्तियाको मत्त खित्का ।

सिद्धार्थ वाल्ल परे । यशोधरा पनि आइन् बाहिर पटांगिनीमा र देखिन् त्यो दृश्य । दुबै अन्यमनस्क । सिद्धार्थ पूरै हराए । कहीँ कतै केही उनको लागि चिन्तनको विषय खुलेको आभास भइरहेथ्यो । मानौँ उनी भोजपत्रका खालि पन्ना थिए । लेखिँदै थिए उनमा ती प्रघटना कुनै महŒवपूर्ण सूचना सही मानेमा तृष्णाको सही रुप । उनी जति हेर्दै थिए त्यति हराउँदै पनि थिए । यशोधरा आफ्नै पतिको चालामा बढी चकित भइन् । अनि तानिन् भित्रतिर सिद्धार्थलाई ।

यशोधरा- ूत्यसरी ट्वालट्वाल्ति हेर्न हजूरलाई कत्ति पनि अप्ठेरो लाग्दैन कि हो ?ू

सिद्धार्थ- ूअप्ठेरो किन ?ू

सिद्धार्थ अर्कै मानेमा त्यो दृश्य हेर्दै थिए । उनी हेर्दै थिएनन् कि कसरी एउटा स्तरको मान्छे एउटा इज्जतको पाहुना भएर लाजघिन त्यागी पशुसरह प्रस्तुत छन् । उनी हेर्दै थिएनन् कि कसरी एउटा हैकमका मान्छे बल मिचेर आफूभन्दा कमजोर राज्यमर्यादाको जघन्य हत्या गर्दैछन् । त्यो सोच्न उनले यशोधरा वा अरुलाई नै छाडेका थिए । आफ्नै पारामा उनी त्यो दृश्यलाई हेर्दै थिए । उनी हेर्दै थिए एउटा इज्जत र ओहदाको मान्छे सम्पूर्ण लाजगाल स्तर मूल्य मान्यता र समाजलाई एकातिर थन्क्याएर कसरी प्राकृतिक तृष्णाका दास बन्दछन् ।

यशोधरा- ूमलाई त्यो पचिरहेको थिएन । हजूर कसरी हेरिरहन सक्नुभएकॊ ?ू
सिद्धार्थ- ूजो तपाईं हेर्दै हुनुहुन्थ्यो त्यो म हेरिरहेको थिइँन ।ू
यशोधरा- ूके हेर्दै हुनुहुन्थ्यो त ?ू
सिद्धार्थ- ूमान्छेले बनाएको बार उनकै स्वाभाविक तृष्णाबाट भत्कदो थियो । म त्यो हेर्दै थिएँ । म तृष्णाको जात्रा हेर्दै थिएँ । को कति गिरेको वा कसले कसलाई कति गिराए हेरिरहेको थिइँन ।ू
यशोधरा- ूछोरीले नाकैमा फोहोर गरेकी देख्नुभएन प्रसेनजीतले हेपेर शाक्यकुलको हुर्मत लिएको देख्नुभएन ?ू
सिद्धार्थ- ूदेखिँन सिर्फ तृष्णाको रजाइ देखेँ । मान्छेलाई तृष्णाको दास भएको देखेँ ।ू

यशोधराले एकपल्ट सिद्धार्थको अनुहारमा हेरिन् ट्वाँ परेर । तिनले बुिझनन् यो मान्छेलाई कसरी हेर्ने अनि कसरी बुझ्ने । सिद्धार्थले सोधे- ूके कुरामा हराउनुभो, यशोधरा ?ू

यशोधरा- ूम हेर्दैछु हजूर मलाई कुन आँखाले हेर्दै हुनुहुन्छ, म बुझ्दैछु हजूरका हेर्ने आँखा कत्ति अलग छन्, म बुझ्न चाहिरहेछु त्यो आँखाले म के देखिन्छु ?ू

बासभखत्तियाको उमत्त हाँसो रातको गहिराइलाई छिचोल्दै निकै पछिसम्म आइरहे । सिद्धार्थ र यशोधराबीच कुराकानी त भइनै रहे । तर दुबैलाई दुबैका कुरा अत्तोनपत्तोका थिए- एउटा आफ्नै पारामा सोध्ने । अनि अर्को अर्कै पारामा बुझेर कुरा उठान गर्ने । आआफ्ना पाराका ती कुरा ती सवालजवाफ दुबैलाई छेउ न टुप्पाका भइरहे । तथापि ती अनन्त थिए ।

सिद्धार्थ आफ्नै विचारमा मस्त थिए । मानौँ त्यहाँ केही भएकै छैन बितेको केही छैन । यशोधरा आफ्नै तनाउमा थिइन् । मानौँ डढेलोले कुलका सारा इज्जत नष्ट हुँदैछ । सिद्धार्थमाथि तिनलाई एकपल्ट अचाक्ली रिस उठयो । यस्तो स्थितिमा कोही कसरी सन्त वा दार्शनिक भएर रहन सक्छ्न् कसरी वैरागी भएर बस्न सक्छन् जतिनै मूल्यवान चिन्तनमा भए पनि आफ्नै इज्ज्त र मर्यादा भस्म भइरहँदा बचाउमा नउत्रने हो भने त्यो विद्वताको के अर्थ ? त्यो दर्शन त्यो चिन्तन र त्यो वैरागलाई धिक्कार छ । तिनी जुरुक्क उठिन् ।

सिद्धार्थ- ूकिन ?ू
यशोधरा- ूमैले त्यो नदेखेभा हुन्थ्यो । देखेपछि यसै चूप रहन सक्तिनँ ।ू
सिद्धार्थ- ूके गर्ने हो र ?ू
यशोधरा- ूभण्डाफोर गर्छु ।ू
सिद्धार्थ- ूकसको ?ू
यशोधरा- ूप्रसेनजीतको ।ू
सिद्धार्थ- ूआफ्नै आङको छारो उड्ने पो देख्छु म त ?ू
यशोधरा- ूत्यसो भनेर यो अचाक्ली यसै हेरिराख्न सकिन्छ शाक्य गणराज्यको अस्मिताको लज्जापूर्ण बलात्कार भइरहेछ ।ू
सिद्धार्थ- ूसमान सहभागिता देख्दैछु म । त्यहाँ बलात्कार भइरहेकै छैन ।ू
यशोधरा- ूपाहुना भएर उनी आफ्नो मर्यादामा बसेनन् ।ू
सिद्धार्थ- ूपाहुनाले थालमा जे आयो त्यो खाएको देख्दैछु । भाँडामा हात हालेको देख्दिन म । त्यहाँ त दुवैतर्फको सहभागिता छ होइन र ?ू
…।

यशोधरा चूप भइन् । तिनलाई बोल्ने ठाउँ नै रहेन । सिद्धार्थ त्यो मध्यरातमा ध्यानस्थ भए ।
—-

४३. बासभखत्तिया प्रसेनजीतको बिहे

भोलिपल्ट बिहान शुद्धोदनका दरबारमा सम्पूर्ण भाइहरु र बासभखत्तिया पिता महानामसमेत सपत्नी उपस्थित थिए । पुरोहित उदायीले पहिले नै उनीहरु सबैलाई एउटा महŒवपूर्ण प्रस्तावनामा छलफल गर्न तत्काल उपस्थित हुने निम्तो पठाएका थिए । प्रस्तावनाको विषय भने उनले कसैलाई बताएका थिएनन् । सबै कौतूहलताका साथ उदायीलाई दरबारमा पर्खी बसेका थिए ।

प्रसेनजीत उदायीको साथमा दरबारमा आए । टाढैबाट प्रष्ट देखिन्थ्यो उदायी अति हर्षित थिए भने प्रसेनजीत निक्कै संयमित हर्षिलो । शुद्धोदनले उठेर स्वागत गर्दै प्रसेनजीतलाई आसन ग्रहण गराए । यसैबेला प्रजापति बासभखत्तिया यशोधरा र सिद्धार्थ पनि वैठककोठामा पसे ।

शुद्धोदनले स्वागतमा बोले- ूहे युवराज ! यस दरबारमा हजूरलाई स्वागत छ । विद्वान्् पुरोहितले हाम्रा सबै परिवारलाई एउटा महŒवपूर्ण छलफलको लागि तत्काल जम्मा हुन खबर गर्नुभएको थियो । जसले हामी सबैलाई आमन्त्रण गर्नुभयो उहाँसँगै हजूरलाई पनि देख्दा मलाई लाग्छ यो छलफलमा हजूरको उपस्थिति पनि सान्दर्भिक छ । त्यसैले आज्ञा हुन्छ भने हामी त्यो छलफल हजूरकै उपस्थितिमा शुरु गर्न चाहन्छौँ ।ू

प्रसेनजीत केही बोल्न खोज्दै थिए कि उदायी बीचैमा बोलिहाले- ूहे महाराज ! यो छलफलले कोसलयुवराजसँगै नितान्त सम्बन्ध राख्दछ । युवराजकै आग्रहका कारणले मैले यस बोलाहटको विषयलाई धृष्टतापूर्वक खुलाएको थिइँन । यो प्रस्तावना हजूरको परिवारसँग नितान्त निजीसम्बन्ध राख्ने हुनाले यसको छिनोफानोपूर्व कुनै हल्लीखल्ली नहोस् भन्ने हेतुसाथ यसको विषयवस्तुलाई गोप्य राख्ने धृष्टता लिइएको हो । केही अपठयारो पर्न गएको भए क्षमा रहोस् । हे महाराज ! केासलयुवराजको तर्फबाट समस्त शाक्यगणको लागि एउटा हर्षको प्रस्तावना छ । आज्ञा भए त्यो कुरो म जाहेर गर्ने थिएँ ।ू

शुद्धोदनमा कौतूहलता जागिहाल्यो । उनले तुरुन्तै आज्ञा दिए- ूभन्नुहोस् महान् ज्ञानी पुरोहितज्यू ! के त्यस्तो हर्षको प्रस्तावना छ ?ू

हर्षित अनि रहस्यमय मुस्कानसाथ उदायीले उपस्थित परिवारजनको अनुहारलाई निहारे । सबैमा त्यही सुन्ने हतारो थियो । अन्ततः उनी बोले- ूमहाराज ! कोसलयुवराज हाम्री कन्या बासभखत्तियासँग बिहे गर्न चाहनुहुन्छ ।ू

सबैलाई सोच्दै नसोचेका कुरा भयो । समस्त उपस्थित शाक्यगण हर्षले गदगद भए । यस कुलकी एउटी कन्या आफ्नै छत्रसाम्राज्य रहेको ठूलै महाजनपदकी साम्राज्ञी बन्न जाँदैछिन् भने कम खुशीको कुरो यो अवश्यै थिएन । तर शुद्धोदन एकाएक गम्भीर हुन पुगे । उनले सोचे कि सायद बासभखत्तिया एउटी दासकन्या हुन् भन्ने कुरा प्रसेनजीतलाई थाहा छैन । अनि यो कुरा थाहा भएमा प्रसेनजीतको प्रतिकृया के हुने हो ।

शुद्धोदनले नहिच्किचाइकन भने- ूहे कोसलयुवराज ! बासभखत्तिया निश्चय नै हाम्रा कुलका सबैका आँखाका नानी हुन् । तर हजूरलाई थाहा हुनुपर्छ कि उनी एक दासीबाट जन्मिएकी कन्या हुन् । यदि हजूर यो कुरा थाहा हुँदाहुँदै पनि यिनलाई चाहनुहुन्छ भने हामी अहोधन्य हुनेछौँ ।ू

वातावरण एकदमै सन्नाटामा बद्लियो । सबैका आँखा प्रसेनजीतमा गएर टक्क अडिए । प्रसेनजीतको आँखा भने बासभखत्तियामा गएर हराए । बासभखत्तियाको आँखा प्रसेनजीतमै थियो । पढ्न चाहिरहेकी थिइन् कि यो सत्य जानेपछि प्रसेनजीत आफ्ना सोचमा अडिग रहने हुन् कि नहुने हुन् । तिनले कहिल्यै चाहेकी थिइनन् कि तिनी एकदिन प्रसेनजीतकै पत्नी हुनेछिन् । शारीरिक हिसाबले तिनी यौवना भइसकेकी भए पनि तिनको चिन्तनशीलता अझै बालसुलभ थियो र तिनी त प्रसेनजीतसँग यत्तिकै थाहै नपाइ रमाएकी मात्र थिइन् । बिहेको कुरासम्म चल्ला भन्ने कहिल्यै तिनले सोचेकी पनि थिइनन् । त्यसैले तिनले आफू दासीकन्या भएको सच्चाई कहिल्यै बताएकी थिइनन् । तिनलाई त्यस्तो समय भएन र भनिराख्न पर्ला भन्ने पनि भएन ।

प्रसेनजीत अवाक थिए । बासभखत्तियाले प्रसेनजीतको आँखामा अन्यौल पढिन् । तिनलाई लाग्यो सबै कुराको भुल सिर्फ तिनी आफैँबाट भएको हो । तिनले प्रायश्चित गर्न चाहिन्- ूहे कोसलयुवराज ! मैले कहिल्यै सोचेको थिइँन कि हजूर मसँग बिहेगर्नेसम्म पनि सोच्नुहुन्छ । त्यसैले हजूरलाई मेरो जन्मको वास्तविकता बताउने आवश्यकै ठानिँन । मेरो प्रार्थना छ मैले हजूरलाई फसाएँ भन्ने नसोच्नुहोला ।ू

त्यसपछि तिनी आफ्ना मातापिताहरुतर्फ फर्केर हात जोर्दै बोलिन्- ूहे मेरा पूज्य मातापितागण ! मैले हजूरहरुबाट धेरै माया पाएकी छु । यो कुलको मर्यादा मेरो प्राणभन्दा प्यारो छ । मलाई हजूरहरुको कुलमा जन्मेको ठूलो गर्व छ । तथापि मैले कहिल्यै पनि आफ्नो दासकन्या हुनुको हैसियतलाई बिर्सेको छैन । मैले युवराज प्रसेनजीतलाई राम्ररी बुझेकै रहेन छु । यहाँसम्म पनि सोच्नुहोला भन्ने कहिल्यै सोचिँन र मबाट गल्ती हुन गयो । हे पूज्यगण ! म पनि कोसलयुवराजलाई उत्ति नै चाहन्छु । तर म उहाँकी पत्नी हुन लायकको छैन भन्ने पनि मलाई ज्ञान छ । त्यसैले दुबै कुलको मर्यादामा हानि नहोस् तथा हाम्रा चाहनाको पनि हत्या नहोस् भन्ने आशासाथ म यो भन्न चाहन्छु यदि युवराज चाहनुहुन्छ र मेरा मातापिताहरुको पनि आज्ञा हुन्छ भने म युवराजको अन्तपुरमै अरु भित्रीनीहरु सरह रहन तयार छु ।ू

युवराज प्रसेनजीत बासभखत्तियाका सु´बुझ र संस्कार देखेर खुत्रुक्कै भए । उनी तत्कालै बोले- ूहे मान्य शाक्यगण ! तपाईंहरुको उदारतालाई म हृदयदेखिनै कोटीकोटी प्रणाम गर्दछु । जस्तो आर्यावर्तभरि यस गणको संस्कारबारे चर्चा हुने गर्छ त्यस्तै पाएर म भावविभोर भएको छु । हे महाराज शुद्धोदन म जे भन्दै छु यत्तिकै भावावेशमा आएर भन्दै छैन । मलाई त बासभखत्तिया दासीबाट जन्मिएकी अनि तिनको माताको मृत्यु भएपछि पूज्य महानाम शाक्यले सपत्नी आफ्नै नाम दिएर न्वारन गर्नुभएको कुरा पहिल्यै थाहा थियो । हे महाराज ! हाम्रो कोसलसाम्राज्य गणराज्यहरुको तुलनामा बढी सनातनी भए पनि रक्तभेदको बारेमा यो तपाईंहरु सरह नै समावेशी चरित्रको छ । कुरा मात्र होइन मेरी पहिली पत्नी मल्लिका नै निम्न जाति मानिएका मालाकारकी पुत्री हुन् । यदि हजूरहरु कन्यादान गर्नुहुन्छ भने बासभखत्तियालाई पनि मल्लिका सरह ब्याइतेकै दर्जा दिनेछु ।ू

त्यसपछि प्रसेनजीत बासभखत्तियातर्फ फर्के । बासभखत्तिया यत्ति भावविभोर भइन् कि तिनी तत्काल प्रसेनजीतको खुट्टामा छाँद हाल्न पुगिन् । वातावरण पूरै संवेदनशील हुन पुग्यो । प्रसेनजीतले बासभखत्तियालाई उठाउँदै भने- ूलाटी ! कसरी अन्तपुरमा भित्रीनी भएर रहनेसम्मको कुरा बोल्यौ के मप्रति विश्वासै थिएन ?ू

बासभखत्तिया- ूहजूर किन अवाक हुनुभयो त मलाई त हजूरकै माया लाग्यो अनि त्यस्तो बोलिदिएँ ।ू

प्रसेनजीत- ूहे बासभखत्तिया ! म त तिमीलाई सदा बालसुलभ सोचकी नवयौवना मान्दथेँ । तर यहाँ समाजमा उत्रने बित्तिकै तिमीमा अर्कै परिपक्वता देखेर म अवाक रहेथेँ ।ू

वातावरण अलि फरक हुँदै गयो । दुबै प्रेमीप्रमिकाले समाजमा छौँ भन्ने नै बिर्सने हुन् कि भन्ने अवस्था आयो । अमितोदनले यो वातावरणलाई सच्याउन चाहे र खुशीले मत्त भएको देखाउँदै शुद्धोदनतिर फर्केर बोले – ूके भो त दुबै राजी रहेछन् हामीलाई मात्र के होइन र महाराज ?ू

अमितोदनको हस्तक्षेपबाट वातावरणमा साँच्चै सुधार आयो । सबैको ध्यान अब शुद्धोदनतिर मोडियो । शुद्धोदनको आँखामा हर्षको आँशु रसाएका देखिए । आँशु पुछ्दै उनी बोले – ूदुबैलाई मेरो आशिष छ ।ू

त्यसपछि हे पाठकगण ! नजिकैको साइतमा शुद्धोदनले कोसलयुवराज प्रसेनजीतलाई धूमधामको उत्सवसाथ बासभखत्तियालाई कन्यादानमा दिए । कोसलसम्राट् उपस्थित नरहेको यो बिहे कुनै ठूलो पूर्वयोजनाबेगरको भएकोले एक हिसाबमा साट्टसुट्ट गरिएको जस्तो हुनपुग्यो । यस्तो प्रबन्धमा ल्याइएको कन्यालाई पिता कोसलसम्राट्ले ब्याइतेसरहको दर्जा नदिने हुन् कि भनी प्रसेनजीतलाई ठूलै चिन्ता थियो । त्यसैले उनले तत्काल आफ्ना अति विश्वसनीय अनुचरलाई पितासामू यस विवाह वैदिक रीतिअनुसार पूर्ण औपचारिकतासाथ भएको खबर रातारात पठाए । वास्तवमा कोसलसम्राट् स्वयं शाक्यकुलसँग यस्तै वैवाहिक सम्बन्ध गाँस्न चाहन्थे । यो सुनेर उनी अति खुशी भए र तत्काल सोही अनुचरसाथ खबर पठाए कि उनी बरवधू दुबैलाई स्वागत गर्न आतुर छन् । सँगै उनले सम्धिमहाराज शुद्धोदनलाई पनि बधाईकासाथ क्षमकुशल सोध्दै दुई कुल एकसाथ गाँसिएकोमा हर्षको उद्गार पनि पठाए ।

४४. माइती सिद्धार्थ र यशोधराको चिन्ता

हे पाठकगण ! कोसलयुवराज प्रसेनजीत र बासभखत्तियालाई कपिलवस्तुबाट बिदा गर्ने बेला आयो । धेरै शाक्य महिलाहरुमा शङ्का भयो कि बासभखत्तियालाई श्रावस्तिमा उचित इज्जत नहुन सक्छ । एउटा सामान्यगणकी दासीबाट जन्मेकी कन्या भनेर तिनलाई हेला हुने धेरै संभावनाहरु थिए । अर्कोतिर त्यहाँ नै ब्यायिते सौताको पनि तिनले सामना गर्नुपर्नेछ । प्रसेनजीतमा उनीहरुको भरोसा त थियो । तर त्यहाँ दरबारको कुचक्रलाई त निर्वोध बासभखत्तियाले एक्लैले झेल्नुपर्ने छ । एउटी चौधवर्षीया वालखीले त्यहाँ कसरी धान्न सक्लिन् यसरी विशेष महिलागण बढी चिन्तित भए र यो चिन्ताको लहर उनीहरुले पुरुषहरुमा पनि फैलाइदिए । एक हिसाबले सबै दाजुभाइमा हाहाकार मच्चियो । उनीहरुले बासभखत्तियाको सम्मान श्रावस्तिको दरबारमा कम नहोस् भनी धेरै दाइजोको व्यवस्था गरे । साथै तिनको लागि पचासजना सहेलीहरु पनि सेवार्थ पठाउने भए । तथापि जस्तोसुकै व्यवस्था भए पनि कसैमा सन्तोष भने थिएन । कोही ढुक्क हुन सकेका थिएनन् ।

भोलिपल्ट सबेरै कन्यालाई बिदा गरिने बेला थियो । यशोधरा धेरै चिन्तित थिइन् । रुँदारुँदा तिनको आँखा डम्म सुन्निएका थिए । रातमा तिनी धुम्धुम्ति होसै नभएसरी शयनकक्षमा पसिन् र थ्याच्च खाटमा बसिन् । तिनको हातमा पानीको करुवा थियो । तिनलाई त्यो कतै राख्ने होसै भएन । सिद्धार्थलाई थाहा थियो तिनमा के बितिरहेछ । एकपल्ट सबै स्थितिप्रति आफूमा उनले वैराग्यता जन्माए । अनि यशोधराप्रति संवेदनशील हुँदै करुवा आफूले लिन खोजे ।

यशोधरा झस्किइन् । मानौँ तिनी निन्द्रामै थिइन् । तिनलाई सान्त्वना दिन सिद्धार्थले सहानुभूतिपूर्ण चुम्मा निधारमा दिए । यशोधराले खप्नै सकिनन् र रोइन्- घुँक्क घुँक्क । अनि ढलिन् सिद्धार्थको कुममा । सिद्धार्थले करुवा हातमा लिए र राखे नगीचैको आँटीमा । उनले अँगालोमा हल्का कस्दै भने- ूके त जे गर्दा पनि मनमा दुःख नै ?ू

– ूविचरी त्यस्तो बालक छ अनि के त ?ू
– ूहाम्रो चाहना तिनलाई बिदा गर्नुमै छ होइन त ?ू
– ूहो नि त्यसरी कहाँ यतै राख्न मिल्छ त ?ू
– ूउसोभए रुनै किन पर् यो के दुःख छ यसमा ?ू
– ूमाया लाग्छ अनि के गर्ने ?ू
– ूउसोभए माया पनि दुःखकै कारण हो त ?ू
– ूहो नि यस्तै त भयो नि ।ू

सिद्धार्थ नै अब धंधुम्ति रहे । यशोधरा एकनास हिक्का छाड्दै रहिन् । आधाराततिर सिद्धार्थले सम्झाउन बुझाउन प्रयत्न गरे ।

– ूयसरी कतिसम्म चल्छ ?ू
– ूजबसम्म मन हल्का हुन्न !ू
– ूमन के गरे हल्का हुन्छ केही उपाय त होला नि ?ू
– ूछैन त्यसैले त दुःखी छु नि ।ू
– ूसबै दुःखका कारणहरु हुन्छन् । कारण थाहा भएपछि त्यसलाई मिटाउने बाटाहरु सु´ाउन सकिन्छ । के हो तपाईंका दुःखका कारण ?ू
– ूमलाई एउटै कुराले सताइ रहन्छ । त्यो सौता भएको घरमा एक्ली वालखीले के गर्न सक्ने हुन् ?ू
– ूउनलाई सहयोग पुर् याउन दाइजो को व्यवस्था गरिएको छ नि के चाहियो ?ू
– ूधन र दौलतले सुख हुन्छ र ?ू
– ूसहेलीहरु पनि पठाइने छन् नि ?ू
– ूत्यो ज्ञान न गुनका लठेप्रीहरुले हुन्छ र त्यस्तो दरबारमा ?ू
– ूको ज्ञानी जान्छ त दाइजोमा …। ू

सिद्धार्थ एकाएक रोकिए । यत्तिखेरै उनलाई सम्झना भयो मित्र पौष्करसातिको । वास्तवमा पौष्करसातिले कोसलदरबारमा जागीर पाइन्छ कि भनी धेरै कोशिस गर्दै थिए । उनलाई बासभखत्तियासँगै पठाइयो भने बासभखत्तियालाई पितासमान माइतीको संरक्षण त भइ नै रहने छ साथै कोसलसम्राट्मेतको छेऊमा पुगी प्रभावित गर्ने सुअबसर उनलाई प्राप्त हुने छ ।@साहित्य सङ्ग्रहालय डट कम

सिद्धार्थको बोली बन्द भएको देखी यशोधराले उनको मुखमा हेरिन् । सिद्धार्थ रहस्यमय ढङ्गमा मुस्काए अनि यशोधराको केश मुसार्दै बोले- ूबुझ्यौ गोपा ! अहिले मेरो मनमा ठुक्कै पौष्करसातिको सम्झना भयो । उनी जसरी पनि कोसलदरबारमा जागिर खान चाहन्छन् । उनलाई बासभखत्तियाको साथमा पठायौँ भने बासभखत्तियाको लागि विद्वत सम्रक्षण त प्राप्त हुने नै छ साथै उनको लागि पनि कोसलदरबारमा नजिक हुने नीहुँ हुनेछ । वास्तवमा योभन्दा उपयुक्त र सम्मानजनक मौका पौष्करसातिको लागि अर्को हुने नै छैन । मलाई विश्वास छ उनले हाम्रो प्रस्तावलाई अवश्यै स्वीकार्ने छन् ।ू

हे पाठकगण ! भोलिपल्ट मिर्मिरेमै यो प्रस्ताव पौष्करसातिलाई पठाइयो । नभन्दै पौष्करसातिले सिद्धार्थको प्रस्तावलाई सहर्ष स्वीकारे । घामको झुल्कासँगै प्रसेनजीत र बासभखत्तियालाई शाक्यहरुले पौष्करसातिसाथ सयौँ चाकरहरु असङ्ख्य धनमाल गाई घोडा र रथहरुका दाइजोसाथ धूमधामसँग बिदा गरे । सिद्धार्थ र यशोधराको खुशीको ठेगानै थिएन ।
—-

४५. सिद्धार्थको संस्थागरमा सदस्यता
,

हे पाठकगण ! समय वित्दै गए । यता सिद्धार्थले अब २० वर्ष नाघि २१ वर्षको उमेरमा टेकिसकेथे । शाक्यगणको रीतिबमोजिम उनले अब यस सङ्घमा प्रवेश गर्नुपर्ने बेला भइसकेको थियो ।* सिद्धार्थका साथै अन्य त्यही उमेर समूहमा केही शाक्यकुमारहरु पनि थिए जसलाई सङ्घमा प्रवेश गराउनु पर्ने थियो । उनीहरु थिए- भद्दीय भग्ग नन्द किम्बिल र अनुरुद्ध ।

* “Every Shakya youth above twenty had to be initiated into the Sangha and be a member of the Sangha.”– The Buddha and His Dharma, (P.22).

संस्थागारको सभा कपिलवस्तुका शाक्य सभासदहरुले खचाखच थियो । पुरोहित उदायीले सभा साचालकको रुपमा उद्घोषण गरे- ूहे शाक्यसभासद ! शाक्य कुमारहरु सिद्धार्थ भद्दीय भग्ग किम्बिल नन्द र अनुरुद्ध उमेरले बीस वर्ष पूरा पुगी शस्त्र तथा शास्त्रसमेतमा पारङ्गत भई शाक्य सङ्घमा दीक्षित हुन योग्य भएका छन् । उनीहरुको लागि संस्थागरमा सदस्यता दिने समारोह साचालन हुन गइरहेको छ । यस प्रक्रियालाई पूरा गर्न म सेनापतिलाई आग्रह गर्दछु ।ू

शाक्य सेनापति आफ्नो स्थानबाट उठे र सङ्घलाई सम्बोधन गर्दै बोले- ूहे सभासद ! शाक्यकुलका सिद्धार्थ भद्दीय भग्ग किम्बिल नन्द र अनुरुद्ध यस सङ्घको सदस्य बन्न चाहन्छन् । उनीहरु सबै उमेर विद्या बुद्धि र शौर्यले यस सङ्घको सदस्य हुन लायक छन् । त्यसैले म यी छजनालाई सङ्घको सदस्यता प्रदान गर्न प्रस्ताव राख्दछु । यदि कसैलाई यिनीहरुमध्ये कोही पनि वा सबै नै सङ्घको सदस्य बन्न लायक छैनन् भन्ने लाग्दछ भने उठेर बोलिदिन हुन म आग्रह गर्दछु ।ू

सभासदहरु कोही बोलेनन् । सेनापतिले फेरि भने- ूहे सभासद ! सङ्घको नियम बमोजिम तपाईंहरुको मत लिन म तीनपल्ट सोध्दछु । यदि तीनैपल्ट केही प्रतिवाद आएन भने मेरो प्रस्ताव स्वीकृति भएको मानिने छ । हे सभासद ! यी छजनालाई सङ्घको सदस्याता प्रदान गर्न म प्रस्ताव राख्दैछु- के यी सबै वा कसैलाई सङ्घको सदस्यता दिनमा केही आपत्ति छ कोही यस प्रस्तावको विरुद्धमा हुनुहुन्छ ?ू

यसरी तीन पल्टसम्म सेनापतिले सभासदहरुलाई प्रश्न राखे । तीनैपल्ट कतैबाट पनि केही आपत्ती आएन । सेनापतिले घोषणा गरे- ूहे सभासद ! यी छजनालाई सदस्यता दिन केही कसैबाट आपत्ती नभएकोले उनीहरु सबै यसै क्षणदेखि शाक्यसङ्घको सदस्य भएको घोषणा गर्दछु ।ू

यसपछि उदायीले ती नवसदस्यहरुलाई सभाको अग्रभागमा राखेर भने- ूहे नवसभासद हो ! सङ्घको सदस्यको हैसियतमा तपाईंहरुका काम र कर्तव्यहरु म बताउँछु सुन्नुहोस् : १, तपाईंहरुले तनमन र धनले शाक्यहरुको स्वार्थको रक्षा गर्नुपर्दछ । २, तपाईंहरु सङ्घको हरेक सभामा उपस्थित हुनुपर्छ । ३, सभामा तपाईंहरुले सदा डर वा धकमा नपरी पक्षपातरहित मत दिनुपर्दछ । ४, तपाईंहरुमाथि कुनै पनि दोषारोपण भएमा नरिसाइकन स्पष्टीकरण दिनुपर्ने छ । दोषी भएको ठहरिए स्वीकार गर्नुपर्ने छ ।ू

नवसदस्यहरु सबैले यसलाई शीरोपर गरे । सेनापतिको उद्घोष अझै सकिएको थिएन- ूयस सदस्यपदबाट च्यूत हुनसक्ने अवस्थाहरु जम्मा ४ वटा छन् । जस्तै : १. व्यभिचार गरेमा, २. ज्यान मारेमा, ३. चोरी गरेमा र ४. झूठो साक्षी दिएमा । हे नवसभासदहरु ! अब शपथ लिनुहोस् कि तपाईंहरु यी नियमहरुको अक्षरशः पालन गर्नुहुनेछ ।ू

सबैले एकस्वरमा भने- ूहामी यी सबै नियमहरुलाई अक्षरशः पालना गर्ने छौँ ।ू

साँझ यशोधराले सिद्धार्थलाई ढोकाबाट छिर्नेवित्तिक्कै ग्वाम्म अँगालोमा कसिन् र लाडे पारामा बोलिन्- ूहजूर अब त शाक्यगणको मान्य बन्नुभयो । हजूरको खुबीको मलाई राम्रै ज्ञान छ । हेर्दाहेर्दै हजूर पनि गणको राजा चुनिइनु हुनेछ । म त आज धेरै खुशी छु । त्यही खुशियालीमा मैले नेपालदेशको अलैँचीसमेत राखी खीर बनाएकी थिएँ । बुबामुमालाई मैले पहिले नै खुवाइसकेँ । हजूरको लागि यतै कोठामै ल्याएकी छु । आज त म आफैँले हजूरलाई कुपुकुपु खुवाउने हो ।ू

सिद्धार्थ मख्ख भएर बोले – ूहो र ?ू

यशोधराले सिद्धार्थको हात समाएर एउटा कुर्सीमा राख्दै बोलिन्- ूके ठट्टा सम्झनुभाको त लौ आँ गर्नुहोस् ।ू

सिद्धार्थले मुख बाउन नपाउँदै यशोधराले एकगाँस खीर मुखतिर लपक्क बढाइदिइन् । खीर त गाला नाक कहाँकहाँ लाग्यो लाग्यो । दुबै मरीमरी हाँसे । हाँस्दा हाँस्दै दुबैले एकाअर्कालाई अँगालोमा कसे । खीर बटुकोको बटुकोमै रह्यो । दुबैजना ओछयानमा ढल्न पुगे ।
—-

४६. वैरागी सिद्धार्थ मायाको पाशोमा

हे पाठकगण ! वैरागी सिद्धार्थलाई यशोधराले आफ्नै अग्रसरतामा धेरै वर सांसारिक प्रपाचमा तानिन् । तर सायद सिद्धार्थ तन्कने रबर थिए । तन्काउँदा जत्तिपनि तन्कने अनि छोडिदियो आफ्नै ठाउँमा  फर्कने । यशोधराले तानेसम्म उनी तन्कन्थे अनि छाड्नेबित्तिकै यथास्थानमा फर्किसकेका हुन्थे । अर्थात् यशोधराबाट फुस्रद पाउनासाथ सिद्धार्थ आफ्नै आत्मचिन्तनको गहिर् याइमा हराइ हाल्थे । जे होस् यशोधराको समयभरी सिद्धार्थ इमानसाथ राम्रै प्रणयबन्धनमा गाँसिएका हुन्थे र इमानसाथ गाँसिन्थे । यशोधराको प्रणयले पनि उनलाई यस्तो अनुभूति प्रदान गर्दथ्यो जो अन्य कुनै सन्सर्गबाट हुँदैनथ्यो । उनी पूर्णतः त्यसैमा हराउँथे । संसार कता छ यसको गति के छ उनलाई मतलबै हुन्नथ्यो ।

माता प्रजापतिले सिद्धार्थलाई बाल्यकालमा एउटा कथा भनेकी थिइन् । कतै एउटी जादुगरनी थिइन् रे जसले युवा राजकुमारहरुलाई अनेक प्रपञ्चमा फसाएर भेँडा बनाएर राख्थिन् । त्यसको अर्थ के हो उनी त्यसबेला बुझ्दैनथॆ । तर अब लाग्दैछ आफू त्यही प्रपाचको भेँडा बनिरहेछन् । जबजब यशोधरा छेउमा हुन्छिन् उनका सबै विद्वता दर्शन चिन्तन वैराग्य हावा हुन्थे । यशोधरा छिन् कि ऊनी- उनलाई त्यो भन्दा परका कुरामा होसहवासै हुन्नथ्यो । बस् । अनि बेलाबेलामा उनी सोच्दथे- के भेँडा उनीमात्र बनेका हुन् यो मायाजालमा यशोधराचाहिँ परेकी छैनन् त के तिनीचाहिँ सिद्धार्थको मायामा भेँडी बनेकी छैनन् ?

सिद्धार्थलाई यशोधराको माया यत्ति निश्छल लाग्दथ्यो कि उनी सोच्दथे तिनी पागल नै बनेकी छिन् । तिनको पागलपनबाट उनलाई लाग्थ्यो जति उनी तिनको मोहमा सम्मोहित थिए त्योभन्दा बढी तिनी नै उनको मोहमा सम्मोहित छन् । अर्थात् तिनी पूरै भेँडी बन्न पुगॆकी छिन् । तिनको त्यही पागलपना तथा निश्छल समर्पणले सिद्धार्थ खुत्रुक्कै हुन्थे । त्यसैले यशोधरासामू पर्दा सिद्धार्थका दिमागले कामै गर्दैनथ्यो । उनी अरु संसारै देख्दैनथे । उनि पनि पूरै भेँडा बन्दथे । दुबै एकाअर्काका सम्मोहनमा स्वतः थिए । सायद माताको त्यो कथाको आशय पनि त्यही थियो कि माया निष्ठा र त्यागले कसैले कसैलाई पनि सम्मोहित गर्दछन् वा भेँडा बनाउँदछन् । तर सायद स्त्रीजातिलाई मात्र कारकतत्व मान्ने कुनै पुरुषप्रधान मूल्य त्यस कथामा आरोपित थियो । सिद्धार्थले घत मानीमानी त्यस्तै अर्थ लाए ।
—-

४७. कोसलकन्याको बिहेमा निम्तो र कोसेली विवाद

हे पाठकगण ! एकपल्टको कुरा हो महाराजा शुद्धोदनलाई कोसलसम्राट् महाकोसलका एउटा निम्तो आयॊ । कोसलकन्या अर्थात बासभखत्तियाको नन्द कोसलदेवीसँग मगधका राजा बिम्बिसारले बिहे गर्ने कुरो छिनेछ । त्यसैले त्यस विवाहोत्सवमा आउन भनी कोसलसम्राट्ले उनका साम्राज्यमा परेका सबै सामन्तहरु र उनका अन्तर्गतका समस्त गणराजा र महाराजाहरुलाई ससम्मान निम्तो पठाएका थिए ।

निम्तो दिन श्रावस्तिबाट आएका थिए पौष्करसाति । पौष्करसाति बासभखत्तियाको साथ लागेर श्रावस्ति गएपछि प्रसेनजीतको राम्रै संरक्षण हुँदाहुँदै पनि उनले आफ्ना ज्ञान तथा चातुर्यलाई कोसल दरबारमा अजमाउन पाएका थिएनन् । दरबारमा अनेकन केश फुलेका महारथीहरु थिए र उनीहरुको दाँजोमा उनी फुच्चे गनिन्थे । तथापि उचित मौकाको खोजीमा उनी कोसलमै रहँदै आएका थिए । जब कोसलसम्राट्को निम्तो शाक्यगणलाई पठाइँदै थियो त्यसलाई लिएर प्रसेनजीत आफैँले पौष्करसातिलाई कपिलवस्तुसम्म जान आग्रह गरेका थिए ।

निम्तोसाथै विवाह उत्सवकॊ खर्चको लागि गाई भैँसी घोडा भेँडा बाख्रा आदि पनि स्वेच्छाको सङ्ख्यामा मगाइएको थियो । यस मागलाई लिएर शाक्यहरुबीच एक किसिमको हल्लीखल्ली मच्चियो । विवाहको निम्तोमा गरगहना लत्ताकपडा र खाद्य सामग्रीहरुको उपहार लिएर जान शाक्यहरुलाई कुनै आपत्ति थिएन । तर पशुहरुको उपहार त्यो पनि यज्ञको लागि उनीहरुलाई पच्ने कुरा थिएन । शुद्धॊदनले यस विषयमा छलफल गर्न आफ्नै दरबारमा भाइभारदारहरुलाई बोलाए । पशु यदि खाद्यपदार्थको रुपमा लगिन्थ्यो भने त धेरैलाई स्वीकृति थियो । तर यज्ञमै बलि दिनको लागि लाने कुरामा भने धेरैको मत नकारात्क थियो । अमितोदन भद्दीय देवदत्त र सिद्धार्थ कदाचित टाउको ननिहुराउने पक्षमा थिए । पुरोहित उदायी र शुद्धोदनले बीचको बाटो खोजिरहेथे ।

सिद्धार्थले भने- ूउपहारमा जे लगे पनि भयो । तर यज्ञमा वधको लागि पशुउपहार यो हामीलाई मान्य छैन ।ू

सेनापतिले सिद्धार्थलाई कुरा बुझाउने हिसाबमा भने- ूहे सिद्धार्थ ! तपाईंका मत सँधै मननयोग्य हुने गर्छन् । तर यसमा तपाईंले पुनः सोच्नुपर्ने वाध्यता म देख्दछु । यी दुईदुईवटा महाजनपदहरु जो ठूलै साम्राज्यको रुपमा तीब्रगतिमा विकसित भइरहेछन् त्यसै एकत्रित हुँदै छैनन् । यिनीहरुका विवाहबन्धन एउटा साम्राज्यवादी खेल मात्र हो । दुई महाशक्तिहरु मिलेर सारा जम्बूद्वीप खाने दाउमा यिनीहरु   छन् । हामी कुनै हालतमा कहीँ पनि चुक्न हुन्न । यी दुईमा कुनैलाई पनि क्रुद्ध बनाइयो भने हामी कहीँका रहने छैनौँ ।ू

यस सभामामा कोलिय देवदत्त पनि उपस्थिति थिए । भन्जा भएका कारणले उनलाई शुद्धोदनको दरबारमा परिवारका सदस्यसरहनै आवत जावत वा बैठकहरुमा आमन्तित्र उपस्थितिको लागि पूर्ण छुट थियो । उनी क्षुाव्ध भएर बोले- ूजुन यज्ञसंस्कृतिले हामी जनजातिहरुलाई तुच्छजनको रुपमा परिभाषित गर्दछ जुन यज्ञसंस्कृतिविरुद्ध हामीले सदा विद्रोहको आगो दन्कायौँ जसमा हामी धेरै हदमा विजयी बनेका छौँ र जसको विषयमा इतिहासले हाम्रा भूमिकालाई स्वर्णअक्षरले लेख्न गइरहेको छ आज ती सबैलाई बीरसेर हामीले आफ्नै आस्थालाई मार्ने हिसाबमा उपहार लाने हो भने हामीलाई धिक्कार छ । विशेष गणका सेनापतिबाटै यस्तो कायरता प्रष्फुटित हुन्छ भने योभन्दा दुःखको विषय के होला ू

सेनापति केही क्रुद्ध भएर बोले- ूहे देवदत्त ! ठिटौले जोशका कुरा नगर्नुहोस् । व्यावहारिक कुरा गर्नुहोस् । के हामी कोसलसम्राट्लाई यसरी चिढाउन सक्छौँ अझ सोच्नुभएको छ कि यस्ता चिढाउने कदमले कोसलसम्राट् मात्र होइन मगधसम्राट्सँग पनि हामीले शत्रुता कायम गर्नुपर्ने हुन्छ ?ू

भद्दीय पनि प्रतिजोशमा उत्रिए- ूत के हुन्छ आफ्नो अस्तित्व गुमाएर बाँच्नु पनि बाँच्नु हो ?ू

केही नबोली बसिरहेका पौष्करसाति बोले- ूहे मान्यजन ! सानो मुखले ठूलो कुरा गर् यो भन्ने हुन्न भने म यो कुरा भन्न चाहन्छु कि दुबै पक्ष यत्ति चरममा नगइकनै कुरा मिल्न सक्छ । कोसलहरु हाम्रा कुटुम्ब हुन् । उनीहरुले हाम्रा संस्कृतिलाई इज्जत नगर्ने भए हामीसँग वैवाहिक सम्बन्ध गाँस्ने नै थिएनन् । म समस्त मान्यजनलाई यो कुरा स्मरण गराउन चाहन्छु कि कोसलसम्राट्ले बासभखत्तियालाई यज्ञमा बलि दिएको हेर्न नसक्ने मानी यज्ञकुण्डमा सिर्फ धान तील आदिको मात्र हवन गराई घर भित्राउने रीति पूरा गरेका थिए । अतः यसमा धेरै उग्र भएर चिन्तन गर्नु कदाचित आवश्यक छैन । मलाई लागेसम्म यदि साँच्चै कोसलसम्राट्ले हामी यज्ञसंस्कृतिका विरोधी हौँ भनेर जान्दाजान्दै पनि पशुधन मगाएकै हुन् भने हामीले बुझ्नुपर्छ त्यो बलिको लागि नभएर खाद्यको लागि हो । होइन भनेपनि हामीले त्यसरी बुझेर र घुमाई फिराई कोसलसम्राट्लाई पनि बुझाएर यताबाट लगिएका पशुहरुलाई मासुको लागि मात्र उपयोग गर्न मनाउनुपर्छ ।ू

अमितोदन- ूहे सभासद ! आफ्नो रीतिरिवाज मान्न हामी कुनै पनि खाले जनजाति स्वतन्त्र छौँ र जबजब हाम्रा स्वतन्त्रतामा आँच आए तबतब हामीले त्यसको रक्षा गर्न ज्यानै दिएका छौँ । यो कुरा आर्यावर्तभरिका हरसाम्राज्यवादी शासकहरुलाई थाहा छ । थपमा मलाई लाग्छ कोसलसम्राट् महाकोसल र मगधसम्राट् बिम्बिसारसमेत यस कुरामा उदार छन् । हाम्रा रीतिथिति र मान्यताहरुलाई उनले नमान्ने भए हाम्रै कन्या बासभखत्तियालाई वधूको रुपमा पक्कै घर भित्रयाउने थिएनन् । त्यस्तै मगधसम्राट बिम्बिसारले पनि बृज्जीसङ्घका ज्ञातृक गणराजा र लिच्छवि गणराजकुमारीका सन्तानसँग योभन्दा पहिले पहिलो बिहे गरेका हुन् । यज्ञसंस्कृतिलाई गणराज्यहरुले मान्दैनन् भन्ने जान्दाजान्दै नाता गाँस्छन् भने बुझ्नुपर्छ यी दुबै सम्राट्हरु गणराज्य संस्कृतिप्रति उदार छन् । थपमा म यो पनि जोड्न चाहन्छु कि धेरै वर्ष यता कोसलसम्राट् स्वयंले हामीसँग यज्ञको लागि पशुकर लिन बन्द गरेका हुन् । यस निम्तोमा पनि उनले हामीसँग पशु माग्नुको अर्थ भनेको खाद्यकै लागि हो भन्ने कुरामा म विश्वस्त छु । तथापि त्यहाँ पुगेपछि पशुहरु छयासमिस हुन गई यज्ञमा ती लगिँदैनन् भन्ने पनि पक्का हुन्न नै । अतः मलाई लाग्छ हामीले पशुधन नलानु नै उचित हुन्छ । जसरी कोसलसम्राट्ले खाद्यको लागि हामीसँग आह्वान गरेका छन् त्यसलाई मध्यनजर गरी अन्य भरपूर खाद्य सामग्री लिएर जाँदा हामीलाई कुनै आपत्ती होला भन्ने मलाई लाग्दैन । अतः हे उपस्थित मान्यजन ! मेरो प्रस्ताव छ हामी एउटै पशु पनि यस विवाहोत्सवमा लाने छैनौँ । तर दिल खोलेर थरीथरीका उपहार लाने छौँ । आखिर उनीहरु हाम्रा कुटुम्ब हुँदै हुन् ।ू

हे पाठकगण ! अमितोदनको तर्कलाई सम्पूर्ण भाईभारदारले माने । निधो भयो कोसलदेवीको बिहेमा पशुधन नलाने । तर सक्दो आकर्षक उपहारहरु भने लाने । विग्रह हुनसक्ने संभावनालाई दृष्टिगत गरी उपहार लिएर महाराज शुद्धोदन र पुरोहित उदायी केही सहायक युवकहरुसाथ श्रावस्ति जाने प्रस्तावहरु आए । तर बूढयौलीको कारणले शुद्धोदन लामो यात्रा गर्न असमर्थ थिए । त्यसैले शुद्धोदनकै प्रस्तावमा सङ्घले अमितोदनलाई राज्यको तर्फबाट प्रतिनिधि पठाउने र पुरोहित उदायीको ठाउँमा उनैका पुत्र विद्वान् कालुदायी पठाउने निर्णय भयो । महानाम त कोसलसम्राट्का सम्धी नै भएका हुनाले उनलाई छुट्टै निम्तो छँदैनै थियो । थपमा आकर्षक व्यक्तित्वका धनी भद्दीयलाई पनि पठाउने निधो भयो । अनि पौष्करसाति त उताकै दरबन्दीमा छँदै थिए ।
—-

४८. कोसलदरबारमा िहंस्रक यज्ञबारे पौष्करसातिको शास्त्रार्थ

केही दिनमै धेरै आकर्षक उपहारहरु लिएर शाक्य प्रतिनिधिमण्डल श्रावस्ति पुगे । श्रावस्तिमा शाक्यहरुको टोलीलाई ठूलो स्वागत भयो । पशुधन नलगेकामा कुनै असन्तुष्टि राजपरिवारबाट आएन । तर दरबारमा भएका ब्राह्मणहरुले भने शाक्यहरुका शाकाहारी उपहारलाई उडाउनसम्म उडाए । अझ कत्तिले त यो उपहार भनेको कोसलकै एउटा अपमान हो भन्ने समेत अर्थ लाए । तर शाक्यहरुका जुवाई भइखाएका युवराज प्रसेनजीतले यस्ता कुरालाई हावा लाग्नै दिएनन् ।

विवाहका सबै कामहरु सिद्धिएपछि अन्तिम रातमा दुबै देशका सम्राट्हरु र अन्य पाहुनागण एकसाथ बसेर रमाइलो गर्ने कार्यक्रम थियो । संगीत र नाचगानका साथै चौरासी व्याजनका भोजभतेरको पनि आयोजना थियो ।

भोजमा अमितोदनलॆ बँदेलका मासु निक्कै चाहसाथ लुछिरहेका थिए । एकजना ब्राह्मण पुरोहितले हँस्यौली पारामा कटाक्ष गरॆ- ूमासुचाहिँ खान हुने । यज्ञमा बलि दिनचाहिँ किन नहुने यो कस्तो दोधारे मान्यता हो शाक्यहरुका ?ू

अमितोदनले उस्तै हँसिलो गर्दै भने- ूदोधारे होइन । मासु खानकै लागि वलीको निहुँलाई मात्र अस्वीकार गरेको हो पूरा एकधारे नीति छ शाक्यहरुका ।ू

सबै हाँसे । बिम्बिसारले ता अमितोदनको उक्ति मन पराएर हँस्यौली पारामै भने- ूहे महामहिम अमितोदन ! मासु त हामी पनि यज्ञमा वली नचढाइकनै पनि भकुर्छौं । कहाँ यज्ञलाई पर्खिबस्छौँ र ?ू

हाँस्दै महाकोसलले पनि थपे- ूयज्ञ गरेर हामीले एउटा बढी फाइदा उठाउँदै रहेछौँ । मासु पनि हुने धर्म पनि हुने ।ू

उही ब्राह्मण पुरोहित बोले- ूआफूचाहिँ मस्तिले भुँडी भर्ने देउतालाई चढाउनचाहिँ काजुस्याईं गर्ने । मैले त बुझिन शाक्यहरुको तालामाला । होइन मासु खानै छ भने पहिला देउतालाई किन नचढाउने धर्म पनि भो धार्मिक प्रसाद पनि भो ।ू

पौष्करसातिलाई बोल्न उखरमाउलो भयो । उनले नम्रतासाथ भने- ूधर्मको दोधारे नीति त यहाँ पो म देख्दैछु । ूहे सम्राट्द्वय ! यो छूद्र गणतन्त्रीय बाहुनलाई पनि केही बोल्ने अनुमति हुन्छ भने यसबारेमा एउटा कुरा विन्ति गर्ने थिएँ ।ू

महाकोसल बिम्बिसार र अमितोदनले उनका कुरा सहर्ष सुन्न चाहे । प्रसेनजीतले त भने नै- ूभन्नुहोस् बाजे हामी सुन्न चाहन्छौँ ।ू

पौष्करसाति- ूहे सम्राट्द्वय तथा युवराज ! मासु त शाक्यगण खान्छन् । तर धर्मको आडमा खाँदैनन् । आफ्नो स्वार्थको लागि धर्मको दुरुपयोग गर्दैनन् । शाक्यहरु ‘धर्मको नाममा हुने िहंसा आफैँमा एउटा अधर्म हो’ भन्ने मान्दछन् ।ू

कोशलका ब्राह्मण पुरोहितलाई पौष्करसातिको कथन कत्ति पचेन । एउटा सामान्य गणतन्त्रबाट दाइजोमा आएका बाहुन ठिटोलाई एउटा बल्दो साम्राज्यका पुरोहितले के खप्न सक्थे तत्काल प्रतिकारमा बोले- ूयो त यज्ञविरोधी कुरा भयो तिमी हिजोका चल्ला आजका बच्चालाई के थाहा छ धर्मकर्मका कुरा ?ू

पौष्करसाति किन पछि पर्थे उनी विवादमा उत्रिए ।

– ूयज्ञकै महिमा गाँउदै छु । कसरी यज्ञविरोधी कुरा भयो यज्ञ त्यो हो जो समस्त चराचरको हितमा हुन्छ । चराचरकै िहंसाबाट हुने कुनै पनि अनुष्ठान कसरी धर्मसम्मत यज्ञ हुन सक्छ ?ू

– ूवेद वेदाङ्गादि शास्त्रले जे भन्छन् यज्ञ त्यसरी गरिन्छ ।ू

– ूशास्त्र त हामी मान्छेले जसरी रचेका हुन्छौँ त्यसरी नै बोल्छन् । अिहंसाबाट यज्ञ हुन्छ भन्ने शास्त्र पनि रचिएको छ । जस्तै ‘अथ यज्ञपो दानमार्जवमिहंसा सत्यवचनमिति ता अस्य दक्षिणः’ भनेर तपश्चर्या दान सीधापन अिहंसा र सत्य वचन यज्ञको दक्षिणा हुन् भनेर छान्दोग्य उपनिषदमै आंगिरस् ऋषिले भनिदिएका छन् । त्यही मान्यता समस्त आर्यावर्तमा छाइरहेछ ।’ *

* “छान्दोग्य उपनिषद ३।१७।४-६।” -भगवान् बुद्ध पृ. ३२ ।

– ूए वेदलाई मान्छेहरुको रचना भन्ने अपौरुषेय वेदको कत्रो अवज्ञा कलियुगको अधर्मी सोच हो यो । पूरै आसुरी प्रवृत्ति ।ू

– ूअिहंसावादी सात्विक प्रवृत्तिलाई आसुरी मानिन्छ भने समस्त निष्ठावान् धर्मात्माहरु असुर नै बन्नेछन् । पहिला त िहंसावादी यज्ञका विरोधी श्रीकृष्ण नै असुर बन्नेछन् । यज्ञको नाममा आमासमानको गाईलाई गोमेध भन्दै काटयो खायो, सहकर्मी घोडालाई अश्वमेध भन्दै काटयो खायो, अझ अरु त अरु नरमेध भन्दै मान्छेलाई नै काटयो खायो ।** यज्ञमा जे काटे पनि भयो । अनि भक्ष अभक्ष जे भए पनि प्रसाद भन्दै खायो । यस्तो जघन्य िहंसात्मक तामसिक महापापी प्रवृतिको त्याग नै आसुरी प्रवृत्ति हो भने समस्त आर्यावर्त असुरमयी बनून् । यस्तै कलियुगको राज बनून् सन्तहरुको चाहना यही हुनेछ ।ू

** “In the Hindu Satpath Brahman when, “In the beginning, the sacrifice most acceptable to the gods was man,” man got wise and began substituting human flesh “a horse, then an ox, then a sheep, then a goat, until at length it was found that offerings of rice and barley was most pleasing,” – Louise Bialik, http://hergart.tripod.com/matty/food/dharma.html.

“The vegetarian offerings to God just reflects the new awareness for ethical treatment of animals and is quite compatible with the Vedic teachings which had replaced the earlier pre-Vedic practice involving the human sacrifice with non- human (animal and vegetables) type offerings in the Vedic era. It is a natural evolution of human consciousness for better treatment of environment and other creatures. It is all in accordance with the Vedas” – to take care of creation and act responsibly.” – Knapp, Stephen; Vegetarianism: Recommended in Vedic Scripture; www.stephen-knapp.com/vegetarianism recommended in Vedicscripture.htm.

– ूहे स्वघोषित सन्त महाप्राणी ! कहाँसम्मको अधर्मी कुरा गर्दैछौ ? कुनै पनि प्राणीलाई यसै मारेर खानु िहंसा होला तर देउताहरुलाई चढाएर खानु कसरी िहंसा हुन्छ । जसले सृष्टि गर् यो उसैलाई अर्पण गर्नु कसरी िहंसा हुन्छ ? वली दिइने पशुहरु सबै उनै ईश्वरका सृष्टि हुन् । हामीले उपभोग गर्नुअघि उनैलाई अर्पण गर्नु कसरी अधर्म हुन्छ ? कसरी महापाप हुन्छ ?ू- ूप्राण सबैको एकै हो । कुनै पनि निहुँमा होस् अर्काको प्राण हरण अधर्मै हो । आफ्नो स्वार्थको लागि अरुको प्राण लिइन्छ भने त्यो भन्दा महापाप अरु कुनै हुनै सक्दैन ।ू

– ूयज्ञमा दिइएका वलीलाई िहंसा मानिन्न । सनातनी मान्यता यही हो ।ू

– ूकसरी िहंसा मानिन्न । के ती मारिएका पशुहरु जीवितै रहेका हुन्छन् । तपाईंका पेटमा पुगेर पचाइसकेपछि पनि ती जीवितै रहेका हुन्छन् ? सनातनी मान्यताले यही भन्दछ ?ू

– ूयसरी उत्ताउलो पारामा नबोल ठिटा । सम्राट्हरुको छेउमा महापुरोहितसँग बोल्ने तरिका त्यही हो ? के यो साम्राज्यलाई पनि एउटा अधर्मी गणतन्त्र नै ठानेका छौ कि कसो ?ू

– ूयसरी बलकै प्रयोग गर्नुहुन्छ भने त के शास्त्रार्थ गराइ भो र ? म र मेरा विचार पनि तपाईंहरुकै यज्ञमा उनै नीरिह प्राणीसरह वली हुनेछन् ।ू

हे पाठकगण ! त्यस सङ्क्रमणकालीन युगमा यस्ता वादविवादले धेरै प्रश्रय पाइरहेका थिए । विशेषगरी उपनिषद्हरुको बोलवाला चरम सीमामा पुगेकाले यस्ता विवादलाई विद्वत्सम्मत मान्ने चलन थियो त्यसवेला । त्यसमा पनि साङ्ख्यमतको पुरा डङ्का पिषजिइरहेको त्यसबेला आचार्य पूर्ण कश्यप, मक्खली गोसाल, अजित केस कम्बल, पकुध कात्यायन, संजय वेलठ्ठिपुत्र र निगण्ठनाथपुत्र महाबीरले आर्यावर्तलाई पूरै हल्लाएका थिए । सनातन धर्मको नाममा हुने अचाक्लीहरु अब धर्मरमा थिए नै । यस्ता विवाद सर्वसाधरणको लागि सामान्य त थियो नै । राजामहाराजाहरु समेत यस्तै विवादको खोजीमा हुने गर्दथे ।*+ उनीहरुमा पनि आफूहरुले युगौँदेखि गर्दै आएका निरर्थक कर्मकाण्डको सार्थकता खोज्ने भोक जागिसकेको थियो । दुबै ब्राह्मणहरुबीचको यो चर्काचर्कीमा महाकोसल र बिम्बिसार दुबैले चाखकासाथ सुनिरहेकै थिए । तर त्यसले अब सीमा नाघ्ने हो कि भन्ने स्थिति हुन लाग्यो र बिम्बिसार बीचमा पसे ।

*+ “लगता है मगध उस समय कट्टरता से विशेष रुप से मुक्त था । वहाँ विभिन्न संस्कृतियों के वीच वैर नहीं मित्रता के भाव थे ।” -संस्कृति के चार अध्याय, पृ. १२७ ।

– ूहे विद्वान् पौष्करसाति ! मलाई भन्नुहोस् । तपाईं मासु खानुहुन्छ कि खानुहुन्न ।ू
– ूखान्छु ।ू
– ूत्यहाँ िहंसा भएन र ?ू
– ूहुन्छ ।ू
– ूपाप त्यहाँ पनि भएन र ?ू
– ूहुन्छ ।ू
– ूत्यसरी तपाईं पनि िहंसावादी र पापी हुनुभएन र ?ू
– ूभएँ ।ू
– ूउसोभए यो केको विवाद ?ू
– ूविवाद सिर्फ यसमा छ कि त्यो िहंसा र पापलाई आडम्बरी धर्मले नछोपौँ । त्यसरी इमान भएन । त्यसो गर्दा महाढोँगी बनिन्छ, महाअधर्मी बनिन्छ, महापापी बनिन्छ ।ू
– ूभनिन्छ यज्ञमा बलि दिइएका पशुहरु सिधै स्वर्ग सिधार्छन् । अरु बेला मारिएसरह हुन्न । यसरी त ती पशुहरुकै उपकार गरिएन त ?ू
– ूत्यसै हो भने त हे सम्राट् ! यी पशुपाछीलाई त्यो अवसर किन दिइराख्ने यज्ञमा आफैँ काटिए भइगयो नि स्वर्ग जानकै लागि यत्रो चलखेल गरिएको होइन र ?ू

प्रसेनजीत ठूलै स्वरमा हाँस्दै बोले- ूवाह कस्तो गुह्यकुरा बोलिदिए । अब त यजमानहरु स्वर्ग जान यज्ञ गर्दै भकाभक मर्ने भए । संसारै खालि हुने भयो ।ू

पौष्करसातिले फेरि पछाडि पर्न चहेनन् । कटाक्ष गर्दै बोले – ूडर मान्नै पर्दैन युवराज ! यस दौडमा पनि पुरोहितहरु नै अगाडि पर्नेछन् । उनीहरु सिद्धिएपछि कसले यज्ञ गरिदिने र अरुले स्वर्ग जान पाउने । संसार खालि हुने छैन । म त संसार पूरै सुरक्षित देख्छु ।ू

पौष्करसातिको यो वाक्पटुता बिम्बिसारलाई धेरै घत पर् यो । बिम्बिसारले तत्काल उनलाई मगधको दरबारमै आफ्ना गुरु पुरोहितसँग शास्त्राथ गर्न निम्तो दिए- ूहे विद्वान् पौष्करसाति ! तपाईंका तर्कहरु निक्कै घतलाग्दा र अकाटय  छन् । कृपया कुनै समय मगधको दरबारमा पनि पाउकष्ट गर्नुहोला ।ू

प्रसेनजीतले तत्काल रमाइलो गर्दै भनॆ- ूहाम्रा जनपदका निधिमा यसरी आँखा लाउन पाइँदैन है भिनाजु ।ू

बिम्बिसार- ूयी हजूरहरुका निधि हुन् र ?  मैले बाटाबाटैका फुलिरहेका पुष्प देखेँ र शिर चढाउन खोजेको हुँ ।ू

अमितोदन- ूशाक्यजनपदका मणी हुन् विद्वान् पौष्करसाति । यता हाम्री नाबालक पुत्री बासभखत्तियाका लागि पितृत्व प्रदान गराउन खटाएका थियौँ ।ू

महाकोसल- ूयहाँ सम्धीमहाराज शुद्धोदनका राजदूतसरह उहाँकै नासो हुनुहुन्छ । त्यसैले हामीले उहाँलाई दरबारमा उचित दायित्व दिन सकिरहेका छैनौँ ।ू

अमितोदन- ूयसमा अपठयरो के थियो र पौष्करसातिलाई हामी शाक्यगणले यता अर्पण गरेकै हौँ । यी मणिले कोसलदरवारमा कदर पाउँछन् भने हामी गर्वान्वित नै हुन्छौँ ।ू

महाकोसल- ूउसोभए विद्वान् पौष्करसाति आजैदेखि कोसलदरबारका रत्न भए । दरबारका राजपुरोहित सरहको पदमा आसीन गराउँदछौँ । कृपया महाराज शुद्धोदनकोमा यो कुरा जाहेर होस् ।ू

अमितोदन- ूतथास्तु सम्राट् ! सम्राट्को जय होस् !ू

पौष्करसाति अवसरको खोजीमा थिए । उनको अभिलाषा पूर्ण भयो । उनी हर्षित भएर बोले- ूसम्राट्को जय होस् !ू

प्रसेनजीत आसनबाट जुरुक्क उठे र हर्षले ताली बजाए । त्यसपछि समस्त दरबार ताली नै तालीले गुाजयमान भयो ।

४९. प्रसेनजीतको राज्यभिशेष र राज्यविस्तारको तयारी,

हे पाठकगण ! केही वर्षपछि कोसल महाजनपदका सम्राट् महाकोसलको कालगतिले मृत्यु भयो । अब युवराज अग्निदत्त प्रसेनजीत कोसलका सम्राट् बने । शाक्यकुलकी वधू बासभखत्तिया पनि जेठीबधू मल्लिकासँगै साम्राज्ञी बन्न पुगिन् । बासभखत्तियाबाट एउटा पुत्र पनि भइसकेको थियो । नाम राखिएको थियो विरुद्धक । उनी ६ वर्षका भइसकेका थिए ।

हे पाठकगण ! प्रसेनजीत अति महŒवाकाङ्क्षी थिए । उनी जुटे आफ्ना राज्यबिस्तारमा ।

त्यसबखत आर्यावर्तमा देखिइने प्रमुख महाजनपदहरु भनेका जम्मा १६ वटा थिए । जसमा अङ्ग (हालको पूर्वी बिहार) मगध (हालको दक्षिणी बिहारक्षेत्र) काशी (हालको बनारसक्षेत्र) कोसल (हालको अवधक्षेत्र­) बृज्जी (हालको उत्तरी बिहारक्षेत्र) मल्ल (हालको गोरखपुरक्षेत्र) चेदि (हालको यमुना र नर्मदाबीचको क्षेत्र) वत्स (हालको इलाहावादक्षेत्र) कुरु (हालको दिल्ली र मेरठक्षेत्र) पाञ्चाल (हालको बरेली र बदायूँक्षेत्र) मत्स्य (हालको जयपुरक्षेत्र) शूरसेन (हालको मथुराक्षेत्र) अश्मक (हालको गोदाबरी नदीक्षेत्र) अवन्ति (हालको मालवाक्षेत्र) गंधार (हालको पेशावर र रावलिपंडीक्षेत्र) कंबोज (हालको दक्षिण पश्चिम काश्मिर र अफ्गानिस्तानका केही क्षेत्र) थिए ।

यीमध्ये बृज्जी, शूरसेन र मल्ल गरी तीनवटा महाजनपदहरुमा गणका नेताहरुद्वारा सामूहिक नेतृत्व हुन्थे भने बाँकी १३ वटामा एकएक राजाद्वारा शासन हुन्थे । यिनमा कुरु र पाञ्चाल, ती महाजनपदहरु हुन् जसले महाभारतकालीन गौरवपूर्ण इतिहास बोकेका थिए । अब आएर ब्राह्मणवादको अवसान हुँदै गरेको स्थितिमा यिनका शानसौकात पूर्णतः गुमिसकेको स्थितिमा थियो । यसबखत गणराज्यहरुमा नयाँ वैचारिक जागरण शुरु भइसकेका थिए र यिनै कारणले पूर्वी आर्यावर्तमा नयाँयुगको सांस्कृतिक नेतृत्व स्थापित हुँदै गइरहेको थियो । आत्मचिन्तननै गणराज्यहरुका मूल अभीष्ट भइरहेको हुँदा राजनीतिक तथा सामरिक दृष्टिकोणले यिनीहरु धेरै कमजोर थिए । गणराज्यहरुका यस्तै चिन्तनबाट एकसतात्मक महाजनपदको साम्राज्यवादी नीतिले फाइदा उठाइरहेथे । मगध, कोसल, अवन्ति र वत्स साम्राज्यहरु त्यसबखत अति बलिया थिए र यिनीहरुले आफ्ना वरपरका सम्सुमारगिरीका भर्ग, पिप्पलिवनको मौर्य, अल्लाकप्पाका बुली, रामगढका कोलिय, केसपुत्ताका कलाम, आदि गणराज्यहरुलाई एकएक गरी हडपे । कपिलवस्तुका हाम्रा शाक्यगण त पहिले नै कोसलको ग्रासमा परेकै थिए । अब प्रसेनजीतले आँखा गाडे नजिकका अति सम्वृद्धिशाली महाजनपद काशीमा । घनघोर युद्ध हुने अवश्यम्भावी थियो र प्रसेनजीतलाई आफ्ना पूर्ण समय युद्धको तयारीमा लगाउनु परिरहेको थियो ।

राज्यबिस्तारमा लागिरहेका प्रसेनजीतले आफ्ना परिवारमा कत्ति पनि ध्यान दिन सकिरहेका थिएनन् । त्यसैले बसभखत्तियालाई यो बेलामा माइतमा गएर बिताउन पाए हुन्थ्यो भन्ने लाग्यो । तिनी छोरोसाथ आइन् माइत कपिलवस्तु । साथैमा पुर् याउन आए पौष्करसाति पनि ।@साहित्य सङ्ग्रहालय डट कम

५०. प्रसेनजीतपुत्रको उग्रस्वभावमा सिद्धार्थको साम्यिकरण

हे पाठकगण ! कोसलजस्तो साम्राज्यको साम्राज्ञी बनेकी बासभखत्तियाको स्वागत शाक्यहरुले दिल खोलेरै गरे । पिता महानाम शाक्यको घर सानो भएको र कोसलसाम्राज्ञी सुहाउँदो नभएको हुँदा बासभखत्तियालाई शुद्धोदनकै अतिथिगृहमा राखियो । शुद्धोदनको दरबारमा अब नाचगान संगीत के भएन बासभखत्तिया स्वयं नृत्यको अति सौखिन भएकीले हरेक रात नाचगानले शुद्धोदनको दरबार घन्किन्थ्यो ।

विरुद्धक सानै भए पनि अति मूर्ख थिए । प्रसेनजीतले मत्याएर उनलाई टुप्पीमै चढाएर राखेका थिए । त्यसैले ऊनी धेरै साँढे बनेका थिए । कोसलदरबारमा उनले जे चाहे त्यही हुने गरेको थियो । त्यसैले उनी पूरै मैमत्त थिए । उनले त्यही व्यहोरा यहाँ पनि देखाए । एकदिन नाचगान भइरहेको ठाउँमा उनले मुख्य ढोल आफूले बजाउन चाहे । उनको चाहनालाई कसैले रोक्न सकेनन् । आमा बासभखत्तियाले माइतको यो रमझममा त्यस्तो व्यवधान चाहिनन् र बच्चा बोकेर एकातिर गइन् । तर विरुद्धकले अचाक्ली गरेर देखाए । दरबारै थर्कने गरी चिच्याए अनि आमाबाट छुट्न लछारपछार गर्दै आमाको लुगा च्यात्ने कपाल भुत्ल्याउने जेजे गर्न सके सबै गरे । सारा रमाइलो फासफुस्स भयो ।

साम्राज्ञी बासभखत्तियाको छोरो पागल बन्दैछ । त्यसमाथि ऊनी महाराज शुद्धोदनका नाति हुन्- अनि राज्यकै पाहुना । उनलाई वास्तै नगरी को रङ्गमा जम्ने सबैको ध्यान त्यता आकर्षित भइनै रह्यो । बच्चा लछारपछार गरेर रङ्गमाचमा आउन चाहिरहेका थिए । बासभखत्तियाले बच्चालाई सम्हाल्नै सकिनन् र दिइन् एक थप्पड गालामा । बच्चा झन् उग्र भए । दरबारै उनले चिच्याउँदै रोएर उचालिदिए । अब शुद्धोदन स्वयं गए नाति फुल्याउन । बासभखत्तियालाई थाहा थियो यस्तो अवस्थामा त प्रसेनजीतसमेतले केही गर्न सक्दैन । शुद्धोदनको के कुरा तथापि बुबाको मन राख्न दिइन् तिनले बच्चा हातमा । शुद्धोदनले बच्चालाई अब ढोल भएको ठाउँमा पुर् याए ।

विरुद्धक अब रुन छाडे । मानौँ एकछिन अघि केही भएकै थिएन । तर उनले सबैभन्दा ठूलो ढोल रोजे । शुद्धोदनले उनलाई सानो खेलाउना सरहको ढोल हातमा दिए । उनले त्यसलाई स्वीकारेनन् । बूढो शुद्धोदनले उनलाई मनाउन हजार कोशिश गरे । तर बच्चा अरु भड्किए र यत्ति रिसाए कि उनले यत्रतत्र गएर जेजे भेटे तीती सामान तोडफोड गर्न लागे । शुद्धोदनले नातिलाई फुस्लाउन अर्को कोशिस गरे । तर विरुद्धकलाई उनको मुख हेर्नै मन थिएन । उनले एउटा चुच्चो परेको वस्तु उठाएर शुद्धोदनलाई हाने । टाउकैमा लाग्यो । टाउको फुटेर बग्यो रगत तररर । सबै उपस्थित शाक्यहरु हतप्रभ भए । राजा एकातिर टाउको समाएर रहे भने बसभखत्तियाले छोरोलाई ठ्याका ठ्याम गलामा बजाइन् । बच्चा झन् भडकिए । उनले आमासमेतको जगल्टा तान्न लागे । एकदुईतीन गर्दै शाक्य महिलाहरु छोरोलाई आमासँग छुटाउन गए । तर अब त छुटयाउन आउनेहरुलाई समेत उनले जथाभावि हातखुट्टा चलाउन लागे । यसक्रममा यशोधरा समेत घाइते हुन पुगिन् ।

अन्त्यतः सिद्धार्थ आफ्नो थलोबाट उठे । बालक आफ्नै पारामा आमा बज्यैहरुलाई पिट्दै थिए । सिद्धार्थ आएपछि सबै महिलाहरु पछाडि हटे । सिद्धार्थले विरुद्धकको टाउकोमा हलुका हात राखे । विरुद्धक केही शान्त भए । उनले टक्क सिद्धार्थको आँखामा आँखा मिलाए । यी शान्त अग्लो बाक्लो जीउडालको मान्छेले अरुले झैँ ऊमाथि बल प्रयोग गर्दै थिएनन् । विरुद्धक सिद्धार्थको व्यक्तित्वबाट पूरै प्रभावित भए । अनि भए चूप । सिद्धार्थले उनलाई औँला दिए । उनले केही अप्ठेरो मानीमानी औँला पकि्रए । सिद्धार्थले बालकलाई कतै एकान्ततिर डोर् याएर लगे । बासभखत्तिया रोइरहेकी थिइन् । आइन् पछिपछि ।

त्यस दिनको रङ्गमाच पूरै विथोलिएको थियो । सबै अमिलो मनसाथ घरघर गए ।
—-

५१. युद्धको विजयमा हर्षोल्लास र सिद्धार्थको असंलग्नता 

हे पाठकगण ! भोलिपल्ट खबर आयो कोसलले काशिजनपद फत्ते गरे । यस युद्धमा कुटुम्बेली सम्बन्ध भएको कारणले मगध र मगधकै सम्बन्धको कारणले बृज्जीसङ्घको पनि प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग थियो । अतः प्रसेनजीत मगधसँग साह्रै खुशी भए । प्रसेनजीतले काशिकै अति फाइदा हुने एउटा गाउँ दाइजोस्वरुप मगधलाई आफ्नी दिदी कोसलदेवीको नाममा सुम्पिए । *

* ूउस बिम्बिसार ने कोशल और वैशाली के राजपरिवारों से वैवाहिक सम्बन्ध स्थापित किया था । उसकी कोसलवाली पत्नी से उसे काशीका एक गाउं मिला था ।ू -प्राचीन भारत भारतका वृहत् इतिहास प्रथम भाग पृ. ४९ ।

कोसलले काशिराज्य जित्दा शाक्य गणराज्य पूरै हर्षले मत्त बने । उनीहरुले घरघरमा दीपावली समेत गरे । यशोधरा दरबारका झुलझुलमा बत्तीहरु बाल्दै थिइन् । सिद्धार्थ टाढैबाट रमिता मात्र हर्दै थिए । उनको यस खुशीयालीमा संलग्नता थिएन । तिनले सिद्धार्थलाई लाडे पल्टदै सगाइमागिन् । सिद्धार्थले तिनको अनुरोधलाई टार्न भने सकेनन् । उनी नगिच आए । तर प्रश्न राख्न छाडेनन् ।

– ूकेको लागि हो यो दीपावली ?ू
– ूआ हजुर त किन यस्तो ढीड हजुरलाई भन्देको छु है मलाई हजुरको यो पारा मन परेन ।ू
– ूहोइन नरिसाइकन मलाई भन्नुहोस् न केको लागि हो यो दीपावली ?ू
– ूल भन्दिएँ यो खुशियाली हो कोसलको जीतमा ।ू
– ूअनि काशीको हारमा होइन त ?ू

एकछिन यशोधराले बत्ती बाल्न छाडेरै सिद्धार्थका अनुहारमा हेरिन् र असन्तुष्टिसाथ भनिन्- ूयस्तो किन भन्नुहुन्छ के कोसल हाम्रै छत्रसाम्राज्य हेाइन के कोसलसम्राट् हाम्रै सम्बन्धी होइनन् यस हिसाबले यो हाम्रो पनि जीत होइन ?ू

सिद्धार्थले दृढ स्वरमा भने- ूमैले त यसमा दमन र िहंसाको जीत देखेको छु । माफ गर्नुहोस् यशोधरा कुनै पनि िहंसाका विजयोत्सवमा म रमाउन सक्दिन ।ू

सिद्धार्थका हातमा तिनले राखिदिएका बत्ती झलमल्ल बलिरहेको थियो । यशोधरा एक छिन टक्क अडिइन् र पतिको मुखमा हेर्दै त्यो बत्ती आफ्नो हातमा लिइन् । सिद्धार्थ गए कतै अँधेरो कुनामा ।

५२. कोशलदरबारमा शाक्यगणको इज्जत र सम्मान 

हे पाठकगण ! केही समय बितिसकेको थियो । प्रसेनजीतले बासभखत्तिया र पुत्र विरुद्धकलाई श्रावस्तिमा झिकाइसकेका थिए । यता सिद्धार्थका दिनहरु यशोधरासाथ सुखपूर्वक बित्दै थिए । मनभित्र कतै नजानिदो उकुच सदा भए पनि सिद्धार्थ यशोधराको प्रेमजादूमा पूर्णतः सम्मोहित थिए । बचेका समयमा बाबुलाई खेतीको काममा सघाउन उनी सदा तत्पर थिए । सङ्घको कार्यमा पनि उनले कहिल्यै हेलचेक्रयाइ गरेनन् । खेतीपातीमा होस् वा सङ्घका कार्यमा व्यक्तिगत कुरामा होस् वा गृहस्थीको मामलामा हरसमस्यामा उनी अति गम्भीर ढङ्गले लागि पर्थे । जे गर्थे त्यसमा उनी निर्लिप्त रहन्थे ।

यशोधरा सदा सुखी थिइन् । तथापि तिनको मनमा एउटा कमीले सदा चिमोटिरहेको हुन्थ्यो । वर्षौं बितिसक्यो तिनमा सन्तान हुने छाँटै देखिएन । यता माता प्रजापति तथा पिता शुद्धोदनमा पनि नाति हेर्ने लालसा कम थिएन । अझ दुबैजना नाति हेर्ने रहरमा भन्दा पनि सन्तान भए पुत्र सिद्धार्थ संासारिक बन्धनमा जकडिन्थे भन्ने प्रत्याशाका बढी नै शिकार थिए । मातापिता तथा समाजको त्यो सन्तानको भोक अनि आफूमा भएको त्यो वाजरता यशोधरामा कम खड्किरहेको थिएन । तिनी दिनप्रतिदिन अति दुःखी बनिरहेकी थिइन् । घरगृहस्थीको काममा होस् वा सिद्धार्थसँगको प्रणयमा होस् तिनी सदा यस चिन्तालाई आफू भित्रै समेटी रहेकी हुन्थिन् । हरक्षण जब सिद्धार्थ साथमा हुन्थे सन्तानकै आरोपणको ताकमै हुन्थिन् तिनी । कामवासना पूर्णतः छाँयामा थियो । मानौँ त्यो चाहना त्यही सन्तानेच्छाकै ओझेलमा थियो ।

सिद्धार्थ थिए अर्कै हिसाबमा । उनले सांसारिक प्रपञ्चलाई कदाचित ध्यान दिएनन् तथा यशोधराको सन्तानमुखी प्रणयलाई उनले कहिल्यै केलाएर हेरेनन् । उनी त बस् मात्र सम्ममोहित थिए यशोधराको सम्मोहक व्यवहारबाट मायाबाट निष्ठा र समर्पणबाट । उनी प्रेयसीको मायालाई यथाशक्य आत्मसात गर्थे पूर्ण इमानसाथ । दुबै वर्षौंसम्म यसरी नै हराइरहेथे ।

असौजको महिना थियो । वर्षा भर्खरै रोकिएर बाढी पहिरो र डुवानका कष्टहरुको अन्त्य भइसकेको थियो । पानी संग्लिएको थियो । हिलो सुकिसकेको थियो । आकाश सफा भएर दिनहरु खुल्ला थिए । गर्मी हराएर दिन रम्य थिए । वर्षभरिका परिश्रमका फल खेत वा गोठहरुमा परिपक्व थिए । अनेकन दुःख कष्टबाट विजय प्राप्त गरेका मनस्थितिमा शाक्यहरु दङ्ग थिए । आफ्ना  उपलव्धिहरुले आफूलाई शृङ्गार गर्ने क्रममा नयाँ धानका चामल निधारमा टाँस्दै खसेका दानाका अङ्कूरणहरु शिरमा शिउरिँदै नवउत्पादित मासु र चामलका पकवानसाथ शाक्यहरु धूमधामले दशै मनाइरहेथे ।

हे पाठकगण ! यसै बखतमा टक्रक्क पौष्करसाति शुद्धोदनको दरबारमा आइपुगे । उनका साथमा थिए भद्दीय भग्ग देवदत्त र कूटओष्ठ । सबैको निधारमा टीका र शिरमा जमरा थिए । तर पौष्करसातिको निधार भने खालि थियो । पौष्करसाति भन्दै थिए- ूसबैभन्दा पहिले महाराजकै हातबाट टीका थाप्ने हो । अनिमात्र बुबाआमाकोमा जान्छु ।ू

आँगनमा हल्लीखल्ली भएपछि झयालबाट शुद्धोदनले बाहिर हेरे । झयालमा शुद्धोदनलाई देख्नेबित्तिकै पौष्करसाति हात जोड्दै कराए- ूजय हो महाराज शुद्धोदनको ! म त उता श्रावस्तिबाट सोझै हजूरकोमै आउँदै छु टीका थाप्न ।ू

पौष्करसातिको जयजयकार सुन्नेबित्तिकै यशोधरा र पछिपछि सिद्धार्थ पनि अर्को झयालमा तुरुन्तै आए । पौष्करसाति रमाइलो पारामा चिच्याए- ूयसरी सबै राजपरिवार एकएक गर्दै अलगअलग देखिए भने म त जयजयकार गर्दै थला परिहाल्छु । त्यसैकारण सबैलाई एकैचोटि जय छ है । जयहोस् राजपरिवारको !ू

सबैजना झुलमै खुत्रुक्कै भएर हाँसे । शुद्धोदनले उनलाई माथि आउन भने । साथीहरु सहित उनी तलामाथि उक्लिए ।

सबैले देखे पौष्करसातिमा ठूलो परिवर्तन आएको छ । शरीर अब केही पुष्ट थियो आङमा रेशमी बस्त्र अनि त्यो पनि गेरुवा रङ्गमा । उनमा बढी नै आत्मविश्वास बढेको देखिन्थ्यो ।

यशोधरा बोलिन्- ूहे विप्रबर ! हजूरमा ता धेरै परिवर्तन आएछ । गेरुवा बस्त्रधारण पनि सुरु भएछ ।ू

कूटओष्ठले उनको कुप्रो ढाडलाई इंगित गर्दै प्याच्च रमाइलो गर्न बोलिहाले- ूतर ढाडचाहिँ अझै उस्तै छ है ।ू

सबै हाँसे । विशेष साथीहरुबीच यस्ता रमाइला छेडखान हुने गर्दथे र कूटओष्ठ यस्तामा अघि परिहाल्थे । पहिले त पौष्करसातिलाई यस्तो ठट्टामा बानी थियो र आफूलाई उडाउने साथीहरुसँग सँगसँगै ङिच्च दाह्रा देखाउँदै दलित हाँसो हाँस्दथे । तर अब त उनी कोसलजस्तो साम्राज्यकै पुरोहित बनेका थिए र स्वाभिमान पूरै जागेको स्थिति थियो । उनले उनको त्यो पुरानो स्वरुप देखाएनन् । हाँस्ने सबैमा एउटा घच्चो नै भयो । उनीहरु तत्काल संयमित भए ।

स्थितिलाई केही गम्भीर हुने देखी शुद्धोदन बीचबचाउ गर्न बोले- ूभन्नुहोस् विप्रबर ! श्रावस्तिमा तपाईंको सम्मान कस्तो हुन्छ ू

पौष्करसाति- ूपहिले बुबासम्राट् हुँदा नै मेरो लागि स्वर्ग थियो भने अब त युवा प्रसेनजीत सम्राट बनेका स्थितिमा महास्वर्ग भएको छ । दरबारका गुरुहरुबाट एकनासका रटान सुन्ने बानी परेका सम्राट्लाई मेरा उपनिषद र गणतान्त्रिक विचारले माझिएका विचार सुन्दा नौलो लाग्दो रहेछ र हरेक कुरालाई मेरो ढङ्गबाट हेर्ने र सुझ्ने बानी उहाँलाई परेको छ । सम्राट् खुशी भएरै भन्न पर् यो मलाई उकट्ठानगर र वेणुमान भन्ने गाउँ दानमा बक्स भएको छ ।* मेरो त बसाइ नै उकट्ठानगरमा छ । यसपालि मातापितालाई पनि उतै लानेगरी आएको छु ।ू

* ूकोशलको प्रशिद्ध आचार्य पोक्खरसाति उकट्ठानगरमा बस्दथ्यो जसलाई प्रसेनजीतले प्रदान गरेका थिए ।ू -सम्यक् सम्बुद्ध पृ। २७९ ।

ठट्टा उत्रिएका कूटओष्ठ अब पूर्ण सम्यमित भइसेकका थिए । बोले- ूहे मित्र ! मैले बाल्यकालको बानिअनुसार केही दुर्वाच्य बोलेँ । त्यसमा म माफी माग्दछु । त्यसपछि म सोध्दछु । भन्नुहोस् न त्यो िहंसापूर्ण यज्ञलाई सर्बोपरी मान्ने सम्राट्को दरबारमा तपाईं कसरी अटाउनुभएको छ ू

पौष्करसाति- ूहे मित्र ! पहिलो त म यही भन्न चाहन्छु कि म सँधै तपाईंहरु जस्तै यज्ञ र वेदविरोधी थिइँन । यज्ञमा िहंसा र वेदको अपौरुषेयताको विरोधी मात्र थिएँ । तपाईंहरुका साथमा हुँदाहुँदै पनि मेरा आफ्ना सोचहरु आफूभित्र ढुङ्गासमान साह्रा र पक्का थिए । त्यसैले मलाई प्रसेनजीतको उदार सोचमा समायोजन गर्न गाह्रो भएन । प्रसेनजीत साह्रै उदार प्राकृतिका शासक छन् । उनका दरबारमा यज्ञ मान्ने र नमान्ने दुबैथरीका ब्राह्मण तथा श्रमणहरु उत्तिकै सम्मानित छन् । यज्ञलाई मैले अिहंसक बनाउने हेतुसाथ यज्ञकुण्डमा अन्न घीऊ तेलको हवन गर्ने प्रथालाई नै अगाडि बढाएको छु । सम्राट् प्रसेनजीतले मेरो यो रीतिलाई राम्रै स्वीकारेका छन् । महारानी बासभखत्तियाको त म माइती भइहालेँ । पितासमान मलाई व्यवहार गर्नुहुन्छ । उहाँकै व्यवहारको कारणले जेठी महाराली मल्लिकाले पनि मलाई उस्तै पितासमान व्यवहार गर्नुहुन्छ । हे मित्र ! कोसलदरबारमा राम्रै अटाइएको छ ।ू

यशोधरा- ूअनि मैले अघि सोधेँथेँ यो गेरुवा बस्त्र …। ।ू

पौष्करसाति- ूहे यशोधरा ! दरबारमा सबै भारदारहरुले कुनै न कुनै पोशाक लाउने चलन रहेछ । म बाहुनको छोरो काम गर्नुपर्ने पुरोहित्याइँ त्यसैले गेरुवा बस्त्र धारण गरेँ । बस् अरु केही कारण छैन । मैले संन्यास लिएको छैन ।ू

सबै हाँसे ।

भद्दीय- ूहे पौष्करसाति ! यो भन्नुहोस् कि कोसलसम्राट्ले हामी शाक्यजातिलाई कत्तिको इज्जत गर्दछन् ?”

पौष्करसाति- ूहे मित्र भद्दीय ! हाम्रा स्वाभिमानको कदर दरबारले धेरै गर्दछन् र जनमानसमा पनि हाम्रो इज्जत त्यही हिसाबमा छ । त्यसमाथि पनि हामी अब त कुटुम्ब नै भयौँ । त्यो कारणले त झनै बढी इज्जत गर्ने भइहाले । उनीहरु शक्तिशाली बृज्जीसङ्घलाई जत्ति इज्जत गर्दछन् त्यत्ति नै हामीलाई पनि गर्दछन् ।

भद्दीय- ूहे पौष्करसाति ! तपाईंले त त्यहाँ कोसलदरबारमा बसेर मगधको सम्राट्सँग पनि बारम्बार दर्शनभेट पाउनुभयो होला । के हामी शाक्यहरु र कोलियहरुलाई मगधसम्राट्ले हरुवा पछौटाजस्तो गरी हेयको दृष्टिले त हेर्दैनन् ?”

पौष्करसाति- ूहे भद्दीय ! कोसलदरबार र मगधदरबार दुबैमा शाक्यजातिको इज्जत बराबरी गरिएको पाएँ । कोसलले शाक्यहरुलाई सम्बन्धी मानेर इज्जत गर्दछन् । त्यस्तै मगधसम्राट् आफू एकसतात्मक तन्त्रका सम्राट् भए पनि गणराज्यका संस्कृतिलाई धेरै इज्जत गर्दछन् । उनका प्रथम विवाहित पत्नी महारानी त्रिशला नै बृज्जीसङ्घका ज्ञातृक गणराजा र लिच्छवि गणराजकुमारीका सन्तान हुन् ।ू

५३. यशोधराको गर्भ रहेको खुशीयाली र सिद्धार्थको वैराग

हे पाठकगण ! गुरु उदायीले दशैँको टिका थालनीको नानाभाँति विधि समापन गरि सिध्याए र टीका ग्रहणको लागि सबैलाई आह्वान गरे । पहिले त उदायीको हातबाट शुद्धोदनले नै टीका थापे । त्यसपछि शुद्धोदनले प्रजापतिलाई टीका लगाइदिए । अनि पालो आयो सिद्धार्थ र यशोधराको । उनले दुबैलाई एकै थलोमा टीका लगाउन शुरु गरे । पहिले सिद्धार्थलाई लगाइदिए । अनि यशोधराको पालो आयो । टीका साथै जमरा टाउकोमा सिउरिँदा सिउँिरंदै तिनलाई त्यसको गन्धले वाक्वाकी आयो । तुरुन्दै बान्ता आउने भयो । दौडिन् झुलतिर ।

नयाँ जमराको गन्ध तिनलाई सह्ँ भएन । वाकेको तालतरिका पनि फरकै थियो । यो देख्नेबित्तिकै प्रजापति हर्षले चिच्याइन्- ूए सबैले देखेका छौ यशोधरामा केके परिवर्तन भइरहेका छन् तिनी बिहान बिहानै वाक्कवाक्क गर्दैछिन् । अनुहारमा रङ्ग उडेर खलपत्रै बनेकी छिन् । छाला पातलो देखिँदैछ । के बुझ्यौ ए शाक्यहरु के बुझ्यौ ?ू

यशोधराको मन केही दिनदेखि अति चाचल थियो । तिनलाई आफूमा भएका परिवर्तनहरु थाहा थियो । तर अझै पक्का थिएन कि यो के हो द्विविधाले तिनी आफैँ अलमल्लमा थिइन् । कसैसँग तिनले यो अन्यौल बाँडेकी पनि थिइनन् । प्रजापतिका उल्लास सुन्नेबित्तिकै तिनलाई अब पक्का भयो । तिनमा गर्भ रहेको रहेछ । *

* वाक्वाकी हुने जस्तो लक्षण कसैकसैमा गर्भरहेको दुईइहप्ता देखि नै देखिन्छ । 

Nausea/Morning Sickness: This well-known pregnancy symptom will often show up between 2-8 weeks afterconception.- ttp://www.americanpregnancy.org/gettingpregnant/earlypregnancysymptoms.html

यता सबै एकसाथ हर्षले चिच्याए । यशोधरालाई पनि मनभित्रको सबै खुशी एक्कैचोटि अभिव्यक्त गर्दै बेजोड्ले चिच्याउन मनलाग्यो । तर दशैँको जमघट सासु छन् ससुरा छन् अनि छन् नातागोता । के गरौँ र के नगरौँ भएर तिनी अति चाचल भइन् । गर्न केही सकिनन् । केही त नगरी हुँदै भएन । उता गर्भ बोक्ने बुहारीको बखान लाउँदै नाना खुशी व्यक्त गरिरहकी थिइन् सासु बूढी । तिनैलाई नै घ्याप्प अँगालो हालेर त्यो उखरमाउलो मेट्न मन लाग्यो यशोधरालाई । तिनी गइन् त्यतै र घ्याप्प अँगालो हालिन् प्यारी सासुलाई ।

थाहै नपाई दुबै सासुबुहारी रुन लागे । हर्षिलो हृदयविदारक थियो यो दृष्य । यो रुवाइले अरु दर्शक हुने विशेषगरी स्त्रीजातिलाई पनि त्यसै रहन दिएन । उनीहरु पनि अँखाहरुलाई रसाउन लागे- किलकिलो फोर्दै खुशीका हँस्सीसाथ ।

सिद्धार्थको बिहे भएर यता बाह्र वर्ष बितिसकेथ्यो । तर सन्तान भइरहेको थिएन । शुद्धोदन तथा प्रजापति सदा नाति हेर्ने लालसामा बाँचिरहेका थिए । शुद्धोदन आफैँले पनि ५४ वर्षको बूढेसकालमामात्र सन्तान प्राप्त गरेका थिए । त्यही हविगत छोरा बुहारीको पनि हुने हो कि भनी चिन्ताले उनि सिकिस्त थिए । ८२ वर्ष पुगिसकेका शुद्धोदन र ७४ वर्ष पुगेकी प्रजापतिलाई यो सन्देश डुब्दोलाई नौका पाएसरी भयो ।

शुद्धोदन हर्षले आकाशतिर हात फैलाउँदै बर्बराए- ूकस्तो शुभ दिनमा शुभ खबर पाइयो । धन्य हो प्रभू !ू

सिद्धार्थले बुझे- यशोधरा दुई जीउकी भइछन् । तर यो हर्षको कुरो भएन उनलाई । उनी उल्टै विचलित सोचमा हराए- ुत्यो दिनदिनको त्यो छिनछिनको लिप्साको परिणाम आखिर यो हुनै पर्दथ्यो । कसरी कहिल्यै बीऊ रोपेपछि भ्रूण स्वाभाविक ढङ्गले उम्रन्छ भन्ने होस भएन ?ु

जस्तो सँधै हुने गर्दथ्यो अहिले पनि उनले अरु कसैसँग आफ्नो पीडा बाडेनन् । पलेटी कसेर बसेका मान्छे उनी त्यहाँ नै पूरै हराए ।

तर अरुको लागि भने कुरा अर्कै भयो । दँशैको खुशियाली छँदै थियो । थप अर्को खुशियाली भयो । उदायीपुत्र कालुदायी मालश्रीका धुन गाउँदै सिद्धार्थकै नगिच बसेका थिए । उनले तुरुन्तै एउटा ढोल ल्याए र दिए सिद्धार्थलाई । फुपु अमितादेवी पनि टिका थाप्न आएकी थिइन् माइत । तिनले पनि ल्याइन् वीणा र दिइन् यशोधरालाई । कालुदायी मालश्री गाउन लागे । यशोधरा वीणाले धुन पछुउन लागिन् । अनि ढोल हात पर्ने बित्तिकै सिद्धार्थ आफ्नै पारामा ढोल ठटाउन लागे ।

तर मालश्रीको धुन कता वीणाको तान कता उनलाई केही होस् भएन । त्यहाँ रमाइरहेका भीड थिए । त्यो समेतको उनलाई होस् भएन । हराए उनी ढोल वादनमा । ढोल एकनासले यसरी बज्यो कि सबैको खुशी र चैन हावामा गयो । ढोलको सुर थियो ताल पनि थियो । तर त्यसले कुनै रागलाई व्यक्त गरिरहेको थिएन । वैराग व्यक्त गर्दै थियो ।

कालुदायीले गायनलाई रोके । यशोधराले पनि वीणा एकातिर असन्तुष्टिसाथ राखिदिइन् । शुद्धोदनका आँखामा नैराश्यता देखिए । त्यो जमघट नै निश्तब्ध भयो । सिर्फ एकनासले सिद्धार्थको ढोल बजिरहको थियो ।

नजिकै बसेका कालुदायीलाई पिता उदायीले परैबाट इशारा गरे । इशारा बुझ्न खप्पिस कालुदायीले सिद्धार्थलाई घच्घचाए । यस घच्चोबाट सिद्धार्थ एक हिसाबमा झस्किए । उनले ढोल ठटाउन छाडे । अनि हेरे सबैतिर । सबैका बिस्तारित आँखामा ठूलाठूला प्रश्नहरु थिए- ुयो के हो के गरेको ु

विद्वान् अमितोदनले सिद्धार्थको हातबाट ढोल लिए र लागे ठटाउन आफैँले मालश्रीको तालमा । ७० वर्षे बूढयौलीको अमितोदनमा अझै  युवा स्फूर्ति थियो । वातावरणलाई सम्हाल्नु नै थियो- बूढो पण्डित उदायी पनि बर्बराउन लागे दशैँको मङ्गलमय श्लोक । अनि थाले पुत्र कालुदायी ठूला स्वरले मालश्री गाउन । यशोधरालाई त्यो घाइते वातावरणको लागि यो उपचार ज्यादै मन पर् यो । तिनी पनि लागिन् वीणावादनमा । अझ त्यतिमात्रले तिनलाई चित्त बुझेन र गाइन् ठूला र सुरिलो स्वरमा मालश्रीको रचना । सिद्धार्थ अन्यमनस्क अवाक प्रतिकृयाहीन स्थीर रहे ।

वातावरण कहाँबाट कहाँ पुग्यो । रौसै रौसमा विजयादशमी टीकाको कार्यक्रम अघि बढ़े  र त्यसै हिसाबमा सिद्धियो पनि । टीकाको कार्यक्रम सकिनासाथ पण्डित उदायी बोले- ूहे महाराज ! दशैँकै यस पुनीत अवसरमा साइत पारेरै हामीलाई सन्तान सुखको सूचना भयॊ । अब पुरुष सन्तानहेतु पुंसवन संस्कार पनि आजै दशमीको साइतमा गरेमा उत्तम साइत त हामीले पारेकै हुन्छौँ पछिको झन्झट पनि अहिले नै सिध्याइसकेका हुनेछौँ । अहिले वन्धुवान्धवको जमघट पनि टीका थाप्न आएकाले भएकै छ पूजाको सर्दाम पनि छँदैछ तथा पाहुनाहरुलाई सत्कार गर्ने चौरासी व्याजन पनि यही दशैँकै भोजले गर्दा छँदैछ । हे महाराज ! व्यावहारिक हिसाबमा पनि यो साइत अति उत्तम छ महाराजको जो आदेश ।ू

उदायीको यो प्रस्ताव सबैलाई उत्तम जँच्यो । दशैँको खुशियाली सहित सन्तान सुखको खुशियाली पनि शुद्धोदन तथा उनका सबै भाइबहिनीहरु र उनीहरुका सन्तानसमेतले त्यहाँ एकसाथ मनाए । तर त्यो हर्ष सिद्धार्थमा कत्ति पनि देखिएन । उनी सोचिरहेथॆ- ुमेरॊ स्वतन्त्रतामा नेल लाग्दै छ । हथकडी लाग्दैछ ।ु

सिद्धार्थ त्यो भीडमा नितान्त एक्ला थिए । उनको छाँटकाँटमा यशोधरा केही हच्किन् । त्यसैले तिनले उनीसँग समय बाँड्न चाहिन् । तर तिनको लागि त्यो भीड एउटा व्यवधान त थियो नै सिद्धार्थ स्वयं नै पनि मणि हराएको नाग झैँ भएर तिनीप्रति उत्साहित कत्ति थिएनन् । पुंसवन संस्कारको लागि सिद्धार्थले पिताको हैसियतमा नानाथरी विधिहरु गर्नुपर् यो जसमा उनले हात त दिए तर मात्र कठपुतली सरह । रीति पुग्यो । तर उनको मन र मस्तिष्क त्यहाँ त्यस विधिमा कत्ति थिएन ।

५४. यौनलिप्साप्रति वैराग र नयाँ जागरण

दिनहरु बित्दै गए । सिद्धार्थमा सन्तापले अरु घर गर्दै गए । यस बीचमा सिद्धार्थले ध्यानको अभ्यास गरेनन् होइन गरे । तर अर्कै उचाइमा र हिसाब पनि अर्कै । यौनलाई उनले यत्ति नजिकबाट आत्मसात गरे हेरे र बुझे कि अब उनलाई त्यसैबाट वितृष्णा जाग्न लाग्यो । यौनलिप्सालाई नै उनले थप दुःखको कारक बुझे । त्यो आकर्षण त्यो मोह सबै दुःख निम्ताउने कडी भन्ने उनले बुझे । अब लामै समयसम्मको उनको त्यो तृष्णा त्यो मानसिक जर्जर भूमि उनलाई एकाएक हिलोको भास प्रतीत भयो । आफैमा प्रश्न थियो- ुकता गए ती शीतल प्रणयरसको लागि हुने हर्दमको तृष्णा उष्णभूमिको तापमा परेको त्यो मानसिकतालाई आज किन प्यास छैन त्यो उष्ण मरुभूमि एकाएक कसरी चीसो हिलोको भासमा परिणत भयो एकएक थोपाथोपा पानीको प्यासी त्यो मानसिकता कसरी त्यही पानीले सिर्जित भासमा परेर अत्यासिनु परिरहेछ । के हो यो तृष्णा कसरी यो आशक्ति बन्दछ कसरी त्यसले प्रेमको स्वरुप लिन्छ प्रेम अर्थात् माया- के आशक्तिकै अर्को रुप होइन त यो माया अर्थात् प्रेम प्रेम अर्थात् माया- जो नसा सरी लाग्दछ आशक्तिमा । पूर्ण चेतलाई नै बशमा राख्ने । चेतै हराएपछि मान्छे कसरी मान्छे रहन सक्छ मान्छे जस्तो देखिने त्यो पशुमात्र रहेन र त्यो मान्छे नामको जीव त्यो पूराका पूरै आमाले भन्नु भए झैँ जादुगरनीले बनाएको भेँडा नै बनेन र ?ु

उनलाई लाग्यो माया भनेकै मायाजाल अर्थात् भ्रमजाल रहेछ जसले मान्छेत्वलाई सिर्फ जन्मने खाने बाँच्ने र सन्तान उत्पादन गरिराखेर मर्ने मात्र पुरुषार्थको पशुजुनीमा सीमित बनाउँछ । त्यस पशुवत तृष्णालाई उनले बारम्बार धिक्कारे ।

अब उनलाई संसारलाई हेर्ने नयाँ दृष्टि प्राप्त थियो । तर सुखसाथ होइन दुःखसाथ । मान्नुपर्छ यशोधराको प्रेमले सिद्धार्थलाई अर्कै धरातल प्रदान गरेको थियो । शारीरिक एवं मानसिक तृष्णा के प्रणय के प्रेम के गृहस्थी के समाज के अनि दायित्व के अरुका अन्धआस्थालाई देख्दा अफ्ना यथार्थवादी दृष्टिकोणको विश्वासबाट उनलाई लाग्दथ्यो आफू समकालीन जनमानसभन्दा धेरै अलग र स्पष्ट छन् । तर उनी अब सोच्न लागे उनले केही बुझेकै रहेनछन् । बुझेको छु भन्ने उनको सुझ त सिर्फ अहम् रहेछ । उनका पूर्ववत चिन्तनको कसी स्वयं अपूर्ण थिए । अपूर्ण कसीबाट गरिएका मन्थन अनि त्यसले दिएका निक्र्यौल- जो उनका सम्पूर्ण विचारका अधारस्तम्भ बनेका थिए अनि जसबाट उनका खोजका प्राक्कल्पनाहरु निर्मित थिए ती सब कमजोर थिए सतही थिए र धेरै मानेमा गलत पनि । उनलाई थाहा भयो- सिर्फ आफूभरिको सतहमा उभिएर आकाश छुन्छु भन्ने सुझ हावादारी रहेछ । समस्त उनका प्राप्तिहरु एकसाथ स्खलित भएको उनले देखे ।

सिद्धार्थ विचलित भए । आत्तिए । ठूलै मरुभूमिमा दिशाहीन जस्ता भए । आत्तिएका सिद्धार्थ आफैँमा पूर्ण हराएका थिए । ध्यान थिएन वार्ता थिएन र मानोराजन पनि थिएन । यशोधरालाई यो पचेन र वार्तालापमा तिनी आइन् ।

– ूप्रिय ! केही दिनदेखि हजूर नून खाएको कुखुरा झैँ हुनुहुन्छ नि ।ू
– ूहो म कुखुराले नून नै खाएको रहेछु । तपाईंका सहयात्राबाट बुझ्दैछु ।ू
– ूमबाट केही गल्ती भएको हो ?ू
– ूहोइन आत्मज्ञान बढेको छ ।ू
– ूकस्तो आत्मज्ञान ?ू
– ूकुखुरा भएर नून खाँदै रहेछु । संयोग नै भनूँ तपाईंजस्तो जीवनसंगिनी पाएँ ।ू
– ूके त यसै झोक्रीएर यो समस्या हल हुन्छ केही औषधि गर्नुपर्दैन ?ू
– ूत्यही त समस्यामा छु । म त रणभुल्लमा छु । सोच्नै सकेको छैन ।ू
– ूहजूरको कुराको गहिराइमा पुगेर म केही भन्न सक्दिन । तर जुन प्रतीकबाट कुरा गर्दै हुनुहुन्छ त्यसैमा आधार गरेर एउटा नियमको कुरा गर्छु । हजूरले चटक्कै त्यो नून छाड्नुपर् यो ।ू

सिद्धार्थ चूप रहे । केही बोल्न सकेनन् ।

– ूकिन वाल्ल पर्नुभयो प्रथम औषधि भनेको त्यो कारकतत्वकै बर्जना हो । जबसम्म नून खाइनै रहनुहुन्छ तबसम्म त्यो समस्याले हजूरलाई खाइनै रहनेछ । त्यो स्रोतलाई बन्द गर्ने बित्तिकै हजूरको त्यो दुःख नै निसि्रत हुन्न । सामान्य नियमको कुरा गर्दैछु म । के यो सम्भव हुन्छ ?ू

– ूमलाई जहाँसम्म लाग्छ तपाईंले गाँठी कुरा गर्नुभएको छ । मैले किन यत्ति सामान्य कुरा पनि बुझिरहेको छैन ू

– ूकिनभने यो अति सामान्य हो र यसलाई हजूर गम्भीरतासाथ हेर्नुहुन्न । हजुर शास्त्रहरुमै हराउनु भएको छ । सन्सार हजुरले बोध गर्नुभएका ज्ञानहरु बेगर पनि निर्वोध रुपमा निरन्तरित छ हजुरलाई यसको कत्ति सुझ छैन । दरबारको चारदिवारी भित्रै हजुरले ज्ञानार्जन गर्नुभएको छ र त्यही बन्दीज्ञानको दृष्टिकोणबाट सन्सारलाई अस्वाभाविक ढंगमा अर्थ्याईरहनु भएको छ । हजूरको आँखा ठूला खोजको लागि टाढाटाढा फैलिएका छन् आकाशतिर छन् । भुइतिर छैनन् । आफ्नै पाइला राख्ने नजिकका भुईंकै पूर्ण अवलोकन गरेर अगाडि बढ्नुपर् यो नि । यो पनि म सामान्य नियम कै कुरा गर्दैछु ।ू

सिद्धार्थ फेरि चूप रहे । केही बोल्न सकेनन् ।

– ूके भयो हजूर त अक्कन बक्क पो हुनुभयो त फेरि ?ू

– ूहे यशोधरा ! तपाईं मेरा दुर्दान्त गुरु हुनुहुन्छ । मलाई मेरो दुःखको कारण थाहा भएको छ । मैले यसबाट हटेर के गर्ने भन्ने मार्गनिर्देशन पनि पाएँ । तपाईं धन्य हुनुहुन्छ ।ू

– ूहवस् त आजलाई म धन्य भएँ । कमसेकम ब्रह्मज्ञानीको दिमाग त खाएँ ।ू

यशोधरा मज्जाले हाँसिन् । सिद्धार्थको टाउको दुबै हातले हल्का समातेर निधारमा च्वाप्प म्वाइ खाइन् । अनि गइन् चुल्हातिर । सिद्धार्थले फर्कदै गरेकी यशोधरालाई ओझेल नपरुन्जेल परैसम्म हेरे । एउटा सम्मान जागेर आयो तिनीप्रति र सादर नमस्कार गरे पछाडिबाटै ।

यशोधरा ओझेल परिन् ।

सिद्धार्थ अब बरण्डामा आए अनि चारैतिर हेरेर उद्घोष गरे- ूसुन हावा सुन आकाश सुन धर्ती र सूर्य आजसम्म म जुन मानसिकताबाट सत्यको खोजी गर्दैथेँ त्यसको अवसान भएको छ । आजदेखि म नयाँ ढङ्गमा आफ्ना खोजीलाई स्थापित गर्नेछु । मेरा खुट्टा धरतीमा हुनेछन् । हावामा कदाचित हुने छैनन् । आफ्नै पाइलाभिरका धरतीबाट मेरो खोज शुरु हुनेछ । आफ्ना पहुँचभरिको मात्र म छलाङ्ग लगाउने छु । मेरो यत्नको कथा अब शुरु हुन्छ ।ू
—-
५५. वास्तविक धरातलको अध्ययन- बुढ्यौलीको साक्षात्कार

हे पाठकगण ! सिद्धार्थ भोलिपल्ट सूर्योदयसँगै रथमा कपिलवस्तु नगरको अवलोकनमा निस्किए । छन्दक रथ हाँकिरहेका थिए ।

सिद्धार्थले उनलाई सम्बोधन गर्दै भने- ूबुझ्नुभो मित्र छन्दक ! हिजोमात्र यशोधराले आँखा खोलिदिनुभयो । मेरा आँखा टाढाटाढा आकाशतिर फैलिएका छन् रे । भुइतिर छैनन् रे । साँच्चै हे मित्र ! आफ्नै पाइला राख्ने भुईंप्रति नै असचेत मैले बाँकी संसारलाई के बुझेको हुँला दरवारको दानापानी अनि बाबुको पुरुषार्थको सुखसयल राजखान्दानको शान अनि स्वास्नीको काखको न्यानो- कस्तो परिस्थतिमा रहेर म आत्मचिन्तनको स्वान्त सुखमा हराइ रहेथेँ म ढोँगमै विलाइरहेको थिएँ नि होइन र हेर्नुहोस् त म कत्ति दिशाहीन थिएँ व्यावहारिक रुपमा संसार कसरी चलिरहेछ मलाई त्यता कहिल्यै ध्यानाकषर्ण भएन । वास्तविक संसारलाई नबुझी कुन संसारबाट कुन निसृत दुःखको लागि म यत्ति सम्वेदनशील भइरहेँ हावामै संवेदनशील भएर त्यसै भ्रमसुखमा हराएर म कस्ता दुःखनासका उपायहरुका लागि पागल बन्दै हिँडिरहेँ कत्रो भ्रमममा म थिएँ सीर्फ शास्त्रकै कीरामात्र भएको रहेछु । समाजबाट टाढा एउटा भीरको गुफामा एक्लै ढयाङ्ग्रो ठटाइरहने असामाजिक धामीसरह रहेछु म । जुन संसारमा केही गर्न चाहन्छु त्यही संसारको मलाई सामान्य ज्ञानसम्म छैन । भन्नुहोस् मेरो शास्त्रीय विद्वताको के उपादेयता भयो मेरो खोजको सार्थकता के भयो ?ू

छन्दक- ूहे राजकुमार ! बितेको नै के छ र हामीले टेक्ने भुईँ यहाँ हामीमुनि छै । अब हजुरलाई नयाँ त्यो अन्तरदृष्टी प्राप्त भएको छ । त्यही दृष्टिकोणबाट फेरि संसारलाई दोहोर् याएर हेरे भइहाल्छ । आजै यही विन्दुबाट त्यो अभियान शुरु गरिहाल्न हामीलाई कुनै अवरोध छैन । किन यस्तो छटपटी म त कुनै पहाडै खसेको देख्दिन । भन्नुहोस् अब हामी कहाँबाट कसरी शुरु गर्ने ?ू

सिद्धार्थ- ूहे मित्र ! आज उपरान्त दरबारी संसारबाट टाढा म आफ्नै वरपरका समाजलाई राम्ररी हेर्न चाहन्छु । कृपया मलाई यस्तो ठाउँमा लग्नुहोस् जहाँ जिन्दगीका हरेक वास्तविकतालाई नजिकैबाट आत्मसात गर्न सकूँ ।ू

छन्दक- ूहे राजकुमार ! उसोभए आज हामी नगरको भित्री भागतिर जाऔँ । घनावस्ती भएकोले हजूरले कपिलवस्तुका जनजीवनका अनेक पक्षलाई देख्न सक्नुहुनेछ ।ू

नगरभित्र उनीहरुको प्रवेश भयो । नगर सदा झैँ व्यस्त थियो । तर राजकुमार भनेर चिनिएका कारणले उनलाई अभिवादन गर्नेहरुको भीड पनि ठाउँठाउँमा उपस्थित थियो । केही व्यवधान यस्ता भीडले भयो नै । सिद्धार्थले भीडबाट सक्दो टाढा रथलाई लान अह्राए । केही टाढा पुगेपछि उनीहरुले एकजना अति बूढो मानिसलाई लट्ठी टेक्दै हिँडिरहेका देखे । उनको कपाल सेतै फुलेका थिए मुहार पूरै चाउरी परेका अनि मुखमा एउटै दाँत नभएका । ऊनी पूरै कुपि्रएका थिए अनि थरथर कामिरहेका । हरेक पाइला चाल्न उनलाई धेरै कठिन थियो । जिउ नै उनले थाम्न सकिरहेका थिएनन् र लट्ठीको सहाराले उनी हिँड्दै थिए ।

राजकुमार सिद्धार्थले एकाएक रथ रोक्न लगाए । मानौँ उनले अर्कै जीव देखे । सबैको लागि त्यो सामान्य दृश्य अझ अरुका के उनैको लागि पनि अन्य दिन सामान्य लाग्ने दृश्य आज अति हृदयविदारक हुन गयो । उनको मनमा नानाभाँति प्रश्नहरु उब्जिए । अनि भए अति मर्माहत ।

केही नगरबासीले सोचे राजकुमारको भ्रमणमा बूढोको यो आगमनले व्यवधान भयो । अनि त केही नगरबासीले उनलाई एकातिर घिसार्दै छेउ लगाए । त्यो कमजोर जीवप्रति बलिया मान्छेहरुको त्यो व्यवहार उनलाई झनै असह्य भयो । छन्दकलाई लाग्यो सुखसयलमा पालिएका राजकुमारलाई यो गरिबी सह्ँ भएन । उनी बोलॆ- ूअब अगाडि जाने हो कि त कुमार ?ू

सिद्धार्थले मर्माहत स्वरमा भने- ूछन्दक ! लौ भनुहोस् यो मानिसहरुको भीडमा ऊ के हुन् किन यी कुप्रिएका छन् किन ऊ थरथर कामिरहेका छन् किन उनका कपाल यसरी सेतै फुलेका छन् मलाई भन्नुहोस् किन उनी तपाईं र मभन्दा फरक छन् ?ू

छन्दक विस्मय पूर्वक बोले- ूहे कुमार ! हजूरले त कहिल्यै बूढाबूढी नदेखेको जस्तो गर्नुभयॊ । के हजूरकै पिता ८२ वर्षको सेतै फुलेका कुप्रिप्एका बूढो हनुहुन्न र किन आज यस्तो प्रश्न ?ू

– ूआज मेरा आँखा पहिलेका छैनन् । जे यी आँखाबाट देखिरहेछु आज ती नितान्त नयाँ छन् मेरा लागि । मान्नुहोस् मेरा पहिलेका आँखा छैनन् र त्यो पूर्वअनुभव नहुँदा म यी दृश्यलाई कत्ति बुझ्दिँन । आज म तपाईंका आँखाले यी दृश्यलाई बुझ्न चाहन्छु । त्यसैले मित्र ! मैले सोधेको कुरो मलाई बुझाउनुहोस् ।ू

– ूहे कुमार ! यस हिसाबमा हामी कुरा गर्न लाग्यौँ भने निश्चय नै सुन्नेहरुलॆ हामीलाई पागल भन्नेछन् । तथापि हजूरको चिन्तनको विषय हाम्रो लागि सदा अपरम्पार हुने गरेका छन् । हजूरका यस्ता प्रश्नमा पनि केही गूढ रहस्य होलान् कि भन्दै म हजूरलाई आफूले देखेका र जानेका कुराहरु सक्दो बताउने छु । भन्नुहोस् केबाट कुरा शुरु गरौँ ?ू

– ूमलाई भन्नुहोस् । यी के हुन् र हामीभन्दा किन यसरी फरक छन् ?ू
– ूहे कुमार ! यी पनि हामी जस्तै मानिसै हुन् । बूढो भएर ऊनी यस हालतमा पुगेका छन् । मान्छेको यो अवस्थालाई बूढयौली भनिन्छ ।ू
– ूके सबैजनालाई उमेर पुग्दा यस्तै हुनेछ ?ू
– ूहजूर ! सबैजनालाई यस्तै हुनेछ ।ू
– ूतपाईं मेरा बाबु आमा यशोधरा- सबलाई यस्तो हुनेछ ू
– ूहजूर ! उमेर पुगेपछि हामी सबैजनालाई यस्तै हुनेछ ।ू
– ूके उनलाई घिसार्दै छेउ लगाउने मान्छेहरुलाई पनि यस्तै हुनेछ ू
– ूहजूर ! उनीहरु सबैजनालाई पनि यस्तै हुनेछ ।ू
– ूत्यसोभए भन्नुहोस् मित्र ! किन मान्छेहरुले भुलेका छन् कि उनीहरु पनि एकदिन यस्तै हुन्छन् । किन उमेरले जर्जर हुनुपर्ने यो शरीरको बल र मोहमा मान्छे मैमत्त हुन्छन् । सँधै उस्तै सुन्दर रहन्छु सँधै उस्तै तन्दुरुस्त रहन्छु भनेर किन यो अवश्यम्भावितालाई भुल्दछन् ?ू
– ूयसमा त म के भन्न सक्छु र कुमार । संसारको रीति यस्तै छ ।ू

छन्दकले यहाँभन्दा बढी बताउन सकेनन् । सिद्धार्थले वार्ता टुङ्गुए । उनको नगर घुम्ने इच्छा पनि यहाँ नै टुङ्गियो । एकैक्षण त्यता बस्न सकेनन् । उनी तुरुन्तै छन्दकको साथमा दरबार फर्के ।

हे पाठकगण ! सिद्धार्थलाई त्यस रात कत्ति निन्द्रा लागेन । उनलाई लागि नै रह्यो आफू र सम्पूर्ण परिवारजन स्वास्नी बाबु आमा सबैसबै एकदिन त्यही स्वरुपमा पुग्नेछन् । जिउँदै मृत्यु बोकेर बाँच्ने लालसामा बिजोगका दिनहरु काट्दै हिँड्ने छन् ।

यशोधरा ओछयानमा आइन् । सिद्धार्थलाई खुशी पार्न तिनले लाडेपारामा मायालु व्यवहार पोखिन् । तर सिद्धार्थलाई आज अर्कै रन्को थियो । उनले यशोधरामा हेरे । त्यो बान्की परेको जिउ त्यो हँसिलो हृष्टपुष्ट अनुहार एकदिन त्यही कुप्रे ख्याउँटे चाउरे हविगतमा हुनेछन् । यस सुन्दर अनुहारमा त्यो चाउरी हुँदा यी कस्ती हुने हुन् उनी फेरि विक्षिप्त भए । यो कल्पनामात्र भए पनि सही मानेमा सत्य त्यही हो कि एकदिन यो सुन्दर अनुहार अनि यो आकर्षक हृष्टपुष्ट जीउले त्यही हविगत भोग्नै पर्नेछ । समयको शिकार यो यौवन यो जीवनको मोहमा मान्छेले कसरी सोच्न सकेका छैनन् कि जीवन समयको कैदमा कति विवश छ

त्यसदिन जति नै मिठो खाए पनि यशोधराले उनलाई जति नै माया गरेपनि यशोधराको अँगालो जति नै तातो भएपनि उनले रमाउन सकेनन् । उनी पूर्ण निस्क्रिय थिए । यशोधरा एक्लैले उनको निस्कृय लाटो शरीरमा रमाइलो गरिरहिन् । सिद्धार्थको त्यसमा सहभागिताको कुरै छाडिदिउँ उनी त यशोधराको सकि्रयता जति बढ्दथ्यो उति त्यो मोजमज्जा गर्ने शरीरको पछि हुने हविगतलाई सम्झेर खुम्चन्थे मर्माहत हुन्थे ।

५६. वास्तविक धरातलको अध्ययन- व्याधीसँग साक्षात्कार

हे पाठकगण ! दोस्रो दिन बिहानै फेरि पनि सिद्धार्थले दरबारको उकुसबाट बाहिर निस्कन चाहे । छन्दकले अघि नै रथ तयार गरेका थिए । तर त्यसदिन सिद्धार्थले रथ चढ्न चाहेनन् । उनले छन्दकलाई आफूतिर तान्दै बोले- ूमित्र ! आज रथमा सवार नगर्ने मेरो मनोरथ छ । रथ र यो राजसी ठाँटले हामीलाई जनसमुदायबाट धेरै अलग गर्दो रहेछ । त्यो दुरीबाट सही कुरा देख्न सक्छु भन्ने कुरामा मलाई विश्वास छैन । त्यसैले मित्र आज पैदलै हिँडने हो । यसै मानेमा हामी दुईबीचको दुरी पनि मेटिनेछ । मित्र म त तपाईंको आँखाबाट दिकदर्शन गर्न खोज्दै छु ।
– ूउसोभए घोडा तयार गरौँ हामी दुबैको लागि ू
– ूघोडाले पनि समुदायसँग हाम्रो दुरी बढनेछ । आज पैदलै हिँडने हो ।ू
– ूकता ू
– ूजता भएपनिन नगरभित्र जनताको माझ ।ू
– ूपैदल त्यो पनि जनता माझ ?ू
– ूहो पैदल । पैदलै जनता माझ  ।ू
– ूहिजोआज हजूरलाई के रौस चढेको हो कुन्नि मैले त केही बुझिनँ ।ू
– ूसामान्य छ मेरो रौस मित्र । म सदा आफ्नै हिसाबमा संसारलाई हेर्ने बुझ्ने भ्रममा थिएँ । मेरो गल्तीको आभास मलाई भएको छ । म अब कुलिनको आँखाबाट होइन सामान्य जनको आँखाबाट यथार्थ संसारको दिव्यदर्शन गर्न चाहन्छु ।ू

पहिलो दिनभन्दा यो दिन सिद्धार्थले बढी स्वाभाविक दृश्यहरु देखे । त्यो रथको सवार राजकुमारको पैह्रन राजसी ठाँट र रवाफ आज थिएन । त्यसैले कुनै भीडले राजकुमारलाई पर्खिरहेका थिएनन् । सबै नगरबासीहरु सामान्य ढङ्गमा आफ्नै काममा व्यस्त थिए । कतै झुत्रेझाम्रे श्रमिकहरु मेहनत गर्दै देखिन्थे भने कतै मेहनतै नगर्ने कुलिन ठाँटबाँटका नागरिकहरु आरामसँग रमाइरहेका देखिन्थे । राजकुमारको उपस्थितिबाट हुने परिवर्तन त्यहाँ नहुँदा नगर अति स्वाभाविक लाग्दथे । सिद्धार्थ यो स्वाभाविकताबाट अति उत्साहित थिए । तर यो उत्साह धेरैबेर टिक्न सकेन ।

नजिकै कतैबाट कुनै पीडाजन्य मानव आर्तनाद आइरहेको थियो- ूऐया मरेँ । पानी । पानी । मरेँ । गुहार । गुहार ।ू

सिद्धार्थले आवाज भएतिर हेरे । त्यता एउटा पाटीमा एउटा वेवारिसे मानिस आफ्नै मलमुत्रमा लडिबुडी गर्दै पीडाले छटपटाइरहेका थिए । जिउ सुकेर ऊनी बाँस जस्तै थिए । राम्ररी बोल्न पनि सक्दैनथे । दाँत किटेर सकीनसकी चिच्याइरहेथॆ- ूऐया मरेँ । पानी । पानी । मरेँ । गुहार ।ू

सिद्धार्थको करुण हृदय पानीपानी भयो । उनी त्यो रोगी भएको ठाउँमा पुगे । पहिले छन्दकलाई पानी ल्याउन अह्राए र रोगीलाई काखमा राखेर सोधे- ूभन्नुहोस् दाई ! तपाईंलाई के भएको हो ?ू

पीडाको सकसले त्यो रोगी राम्ररी बोल्नै सकेन । पानी लिएर छन्दक आइपुगे । रोगीले पानी तनतनी खाए अनि त्यहाँ नै सिकिस्त भएर ढले ।

सिद्धार्थ अति दुःखी भए । उनी जीवनमा यत्ति दुःखी कहिल्यै भएका थिएनन् । उनले छन्दकलाई सोधे- ूहे छन्दक ! यिनलाई भएको के हो किन यत्ति साह्रो छटपटाइरहेछन् किन यत्ति साह्रो अशक्त ?ू

– ूहजूर ! यो साह्रै बिरामी छ । यसलाई अति पीडा भइरहेको छ र खप्न नसकेर यो छट्पटाइरहेको छ । त्यही विमारले ऊ थला परेर अशक्त छ ।ू

– ूयसलाई किन कसैले मद्दत नगरेका ?ू

– ूयसलाई असाध्य रोग लागेको छ । छोएमा यो रोग आफैँलाई सर्न सक्छ भनी कसैले यसलाई सहयोग नगरेका हुन् । बरु यसलाई हजूरले पनि छुन नहुने । अब यसलाई छोडिदिनुहोस् । यसबाट हजूरलाई त्यही रोग सर्न सक्छ ।ू

– ूके अरुलाई पनि यस्तो रोग हुन्छ ?ू

– ूहुन सक्छ हजूर ! मलाई हजूरलाई यी रमिता हेर्ने जोकोहीलाई र हाम्रा पि्रयजन सबैलाई हुन सक्छ । रोगले कसैलाई बाँकी राख्दैन ।ू

सिद्धार्थ साह्रै व्यथित भए । जीवनको यो तीतो सत्यलाई यत्ति नजिकबाट उनले कहिल्यै देखेका थिएनन् । कहिल्यै यत्ति नजिकबाट बुझेका थिएनन् । उनी भावविभोर भएर रोगीलाई समातेको समात्यै एकचित्त भए ।

छन्दकले राजकुमारलाई झक्झकाए- ूहे कुमार ! यसमा धेरै सोचेर अनि दुःखी भएर के नै गर्न सकिन्छ र ?ू

सिद्धार्थ दुःखी स्वरमा बोले- ूहो मित्र ! म पनि यही सोच्दै छु संसार दुःखमय छ । अनि हामी केही गर्न सक्दैनौँ । हामी कत्ति निरीह ू

त्यसपछि रोगीलाई छाडेर दुबैजना सरासर दरबार फर्के । हे पाठकगण ! रातमा सिद्धार्थलाई कत्ति निन्द्रा लागेन । अफ्ना पिता माता पत्नी र स्वजनमा उनले त्यो रोगको कल्पना गरे । उनले सोच्नै सकेनन् कि उनी त्यस दुर्दशालाई हेर्न सक्नेछन् । शरीर यस्तो रोगको घर हो भने कुन रागले मान्छेलाई भोगविलासमै भुलाउँछ मान्छेले किन यो हविगतलाई सोच्न नसकेका केले मान्छेलाई यस्ता सोचाइबाट टाढा राख्दछ
—-

५७. वास्तविक धरातलको अध्ययन- मृत्यसँग साक्षात्कार

हे पाठकगण ! भोलिपल्ट पनि सिद्धार्थले पैदलै नगर घुम्न चाहे । छन्दकले उनलाई यस दिन नगरको अर्कै कुनातिर लगे । त्यता एक ठाउँमा एउटा परिवारका धेरै मान्छे रोइरहका थिए । सिद्धार्थलाई कौतूहलता जाग्यो र उनी त्यतै रोकिए ।

त्यहाँ त्यस परिवारको एउटा युवा सदस्यको मृत्यु भएको रहेछ । निश्चल थियो उसको त्यो मृत शरीर । आमाले दश महिनासम्म सकष्ट पेटमा राखेर जन्माएको त्यो मायाको पुाज दशधारा दूध खुवाएर हुर्काएको त्यो मुटुको टुक्रा बढेर ठूलो भई कमाइ गरी बूढेसकालमा सहारा बन्ने सपनाको त्यो पोको अहिले प्राणहीन ढलेको थियो । स्वास्नीले माया गरेको भोगेको र तिनलाई सन्तानको लागि वीर्य दिने त्यो शरीर अहिले मृत थियो । बेज्यान बेकामे थियो । बल र जोसको रागमा संसार भुल्ने यो युवा कतै मित्रता गाँस्ने अनि कतै उग्र शत्रुता कायम गर्ने त्यो व्यक्तित्व अब मान्छेहरुको सम्झनामा मात्र रहेको थियो । सबै सपनासरी भएको थियो । कसैले पचाउनै सकिरहेका थिएनन् कि ऊ मरिसक्यो । त्यसैले सबसबै रोइरहेका थिए । आमा रोइरहेथे । पिता रोइरहेथे । पत्नी भाइ बहिनी छोरा छोरी मित्र र सबै स्वजन यसैयसै बिलखवन्दमा रोइरहेका थिए ।

त्यो मृत शरीरलाई परिवारजनले टनटन कात्रोमा बेरेर बाँसमा बाँधे । जे गर्दा पनि उसमा केही चाल थिएन । बाँध्दा लडाउँदा ठोक्काउँदा त्यसले कुनै प्रतिकि्रया देखाएन । अझ त्यसलाई दुःखेन । मान्छेको त्यो स्थिति देखेर सिद्धार्थलाई मानौँ पहिलोपल्ट पीडायुक्त धक्का लाग्यो । सिद्धार्थ चेतशून्य नै भए । ट्वाल्ल परेको पर् यै भए ।

छन्दकले सिद्धार्थको स्थितिलाई बुझे र झक्झकाएर सचेष्ट बनाए ।

– ूछन्दक ! यो के भएको हो किन त्यसलाई दुःख्दैन किन त्यसले केही प्रतिक्रिया दिँदैन ?ू
– ूहजूर ! यसको मृत्यु भइसकेको छ । उसको शरीर छ । तर त्यसमा प्राण छैन । त्यसले सास फेर्दैन । रक्त संचार छैन । शरीरका हरेक प्रक्रिया बन्द भइसकेको छ । उनका सबै इन्द्रियहरु छन् तर ती सबै मरिसकेका छन् ।ू
– ूछन्दक ! मर्नु भनेकॊ के हो ?ू
– ूशरीरबाट प्राण छुट्नु नै मर्नु हो । हरेक प्राणी मर्नकै लागि हुन्छ ?ू
– ूके सबै एकपल्ट मर्नै पर्छ तपाईंको भनाइमा म अर्थवोध गर्न चाहन्छु कृपया मलाई दुधेबच्चासमान ठानेर सबै भन्नुहोस् ।ू
– ूहो सबैले एकपल्ट मर्नैपर्छ । यसलाई टार्न सकिन्न ।ू
– ूमलाई भनिदिनुहोस् एकपल्ट त सबैलाई मर्नै रहेछ । किन मान्छेहरु बाँच्ने लोभमा एकाअर्कामा रिस राग द्वेष अत्याचार िहंसा गर्छन् ?ू
– ूसंसारको रीति नै यस्तो छ म के भन्न सक्छु र कुमार ?ू

छन्दकले आफ्नो अनभिज्ञता प्रकट गरे । त्यसपछि उनीहरु दुबै दरबार फर्के ।

मृत मान्छेको त्यो अनुहार डरलाग्दो खोप्रे दुब्लो र रङ्गहीन थियो । डरलाग्दो तालले मुख बाएको अनि आँखा ट्वाल्ल माथितिर निश्चल हेरेको जति ठोक्काउँदा पनि र टनटनी कस्दा पनि नदुःख्ने सम्पूर्णतामा पूर्ण अवसानको अवस्था शून्यको स्थिति मृत त्यो शरीरलाई सम्झदा सिद्धार्थलाई लाग्यो मरेर पनि त्यसले त्यसको स्वरुपले मान्छेलाई मान्छेको चेतलाई केही सिकाइरहेथ्यो केही बुझाइरहेथ्यो । तर चेत पाएको मान्छेले कहिले बुझ्यो कि सबैको अन्त्य अन्ततोगत्वा त्यही हो

उनको मनले भित्रभित्रै असह्य चित्कार छोडे- ुमान्छेले कसरी पशुसमान खान मलमुत्र त्याग्न सन्तान उत्पादन गर्न र मर्नमै जीवनको दुःखपूर्ण अन्त्य गर्दैछ यत्ति दुःख सहन मान्छेले किन जन्म लिन्छ मान्छे भएर मान्छे हुनुको चेतले यसमा फरक के गर् यो ?ु

५८. यशाधराको रुष्टता

हे पाठकगण ! साँझ परिसकेको थियो । सिद्धार्थ अझै दरबारमा आइपुगेका थिएनन् । सिद्धार्थको चालामाला देखेर यशोधरालाई केही चिन्ता हुन लागेको थियो ।

सिद्धार्थकै अन्यन्य मित्र भद्दीयलाई हिजोमात्र उनका गणले राजा बनाएका थिए । उनको सन्मानमा कपिलवस्तुभरि धूमधामका कार्यक्रमहरु भइरहेका थिए । तर सिद्धार्थ थिए कि आफैमा मस्त । उनले भद्दीयलाई बधाईसम्म दिएका थिएनन् ।

यशोधरा सिद्धार्थलाई पर्खी बसेकी थिइन् । सिद्धार्थको आगमन भयो । तिनले गोडा धुन पानी राखिदिइन् र भनिन्- ूहजूरले राजा भद्दीयलाई भेट्नुभयो त यसो बधाई दिन पर्दैनथ्यो अलिकति लोकाचारको पनि त ध्यान हुनुपथ्र्यो नि उनैले हजूरको खोजी गरिरहेका थिए ।ू
– ूए हे भुलेँ । म अहिले नै गइहालेँ त ू
– ूकहाँ ?ू
– ूउनैको घरमा ।ू
– ूयस्तै भइराख्यो भने त मान्छेले पागलै भन्न बेर लाउन्न है हजूरलाई । उनी यहाँ अहिले कुनै पनि बेला आइपुग्दैछन् । कस्तो बिस्रनुभएको उनको सन्मानमा बुबा महाराजले यहाँ हाम्रै दरबारमा समस्त राजाहरु र बन्धुवान्धवलाई खान बोलाउनुभएको छ भनेर आज बिहानै मैले भनेकी होइन बिर्सनुभयो ? ू
– ूहेक्कै रहेन ।ू
– ूआज संङ्गित नृत्य र वाद्यवादनको धूमधामको कार्यक्रम छ । मैले त आफ्ना वीणाका तारसार कसेर ठीक गरिसकेकी छु । हजूर पनि आफ्नो मादल र ढोललाई कसकास गर्नुहोस् है । अरुले बजाएको ढोलमा मलाई वीणा बजाउन स्वादै पर्दैन ।ू

सिद्धार्थ यत्ति साह्रो एकोहोरो थिए कि आफ्नो मित्र राजा बनेको कुरामै गम्भीर हुन सकेनन् । यशोधराले यत्ति टकस दिँदा पनि उनी आफ्नै सुरमा फर्किसकेका थिए । उनले तिनीमाथि नै आफ्नो मस्तिष्क पगेर्न लागे- ुएकदिन यी सबैका प्यारी रहेकी अवला मृत्युका मुखमा त्यत्तिकै समाप्त हुनेछिन् । त्यो सुरिलोकण्ठ त्यो वीणाको तारमा कलात्मक थर्कन दिने औँला सबैसबै सदाको लागि निस्क्रिय हुनेछन् । राम्रा र मीठा रसास्वादन चाहने सबै इन्द्रियहरु त्यो रतिरागको भोका शरीर प्रतिष्ठा र प्रशंसाका भोका मानसिकता अरुलाई लोभ्याउने यो सुन्दर शरीर अनि व्यक्तित्व सबैसबै एकदिन प्राणहीनतासँगै सति जानेछन् । बाँच्नेहरुका सम्झनामा ती सब सपनासरीका छाप मात्र रहनेछन् । त्यस इतिहासमा कसले थुक्दैछन् वा कसले पुज्दैछन् इनलाई थाहा हुने छैन र पनि तिनी जीवनको यस मोहमा आफ्नै रागमा छिन् । वाह ! मान्छेको जिन्दगी ।ु

सिद्धार्थ आफैँमा हराएका देखेर यशोधरा हाँस्दै बोलिन्- ूहोश गर्नुहोस् है ! मान्छेले यस्तो चाला देखेमा साँच्चै पागल भन्न बेर लाउने छैनन् ।ू

सिद्धार्थ एकपल्ट झस्किए अनि हाँसे । हाँसे पहिले यशोधराको भनाइमा । त्यसपछि हाँसे आफैँमा आफ्ना पागलपनमा । अनि हाँसे मान्छे जातिका पागलपनमा । मान्छे कत्ति पागल कि ऊ धेरै कुरालाई एकसाथ गाँज्न चाहन्छ । यो नजानेर कि उनलाई उमेर रोग र मृत्युले गर्भैदेखि गाँजिरहेछ । सोच्नै नसकेर कि उमेर रोग र मृत्युका शिकार हुनैपर्ने व्यक्तित्वलाई आजको यो रमझम बेअर्थी छ । दिनदिन ऊ घरमै बुढ्यौली र रोगको रँजाइलाई देख्दै रहेका छन् अनि एकएक स्वजनलाई घाटमा पोल्दै आउँदैछ र पनि त्यहाँ नै लिप्त हुनसक्छन् मान्छेहरु लिप्साहरुमा । कसरी सचेत हुन्नन् मान्छेहरु कि आज नभए भोलि त यी अवस्थाका शिकार हुनै पर्छ मान्छे भएर जन्मेपछि कमसेकम पशुभन्दा माथि उठेर यस्ता हुनामीबाट बच्न केही उपाय त गर्नैपर्ने थियो । कमसेकम सोचको बरदान पाएको मान्छे भन्ने प्राणीले यत्तिसम्म त गर्नै पर्थ्यो । किन यत्ति दिकभ्रमित ?

यशोधरा अझै छेउमै थिइन् । पतिमा भएको अनौठो परिवर्तनलाई तिनी नियाल्दै थिइन् । तिनले केही असन्तुष्टिको भावसाथ भनिन् पनि- ूनिको छाँट त छैन है हजूरको । केले मन खाइरहेछ के कुनै तरुनीले मन त हारें कति साह्रो हराउनुभएको ?ू

सिद्धार्थ दुःखी स्वरमा एकाएक बोले- ूठीक उल्टो भइरहेछ मेरो मनमा पि्रय । मेरो मन साह्रै उद्वेलित छ । कुनै पनि रागमा यो तृष्णित छैन । तर उल्टै वैरागमा लिप्त छ ।ू

यशोधराले पछाडिपट्टिबाट ढाडमा आलिङ्गन गर्दै सोधिन्- ूतरुनी होइन र कामवासना पनि होइन भन्ने कुरा मलाई थाहा छ । त्यो त त्यत्तिकै ठट्टामा मात्र भनेकी हुँ । चाहेको रागलाई नपाउँदा मान्छेमा वैराग उत्पन्न हुने हो हजूर कुन रागको पछाडि हुनुहुन्छ यो अज्ञानीलाई पनि बताइदिनुहोस् न ।ू

सिद्धार्थ निस्सार आकाशतिर हेर्दै बोले- ूयही कि मान्छेको जीवन यतिसाह्रो निस्सार छ । निस्सारताले उनलाई हरतरहले जकडिरहेको छ । तर पनि ऊ आफ्ना रागलाई छाड्दैन । यस्तो लाग्छ मान्छे एउटा भ्यागुतो हो जो सर्पको मुखभित्र आधा निलिएको छ र पनि अगाडि परेको कीरा खान बल गरिरहेको छ । मान्छेको त्यो नियति त्यो तृष्णा र अज्ञानताबाट म अति व्यथित छु । त्यसैले मलाई दुःखी बनाइ रहेछ । कुनै पनि खानामा मेरो मन गइरहेको छैन । कुनै पनि मनोराजनमा मेरो ध्यान गइरहेको छैन । माता पिता वा तपाईंसँग कुनै पनि मायालु सहबास गर्ने लोभ छैन धोको छैन । मलाई त भन्साकोठाबाट आएको खानाको सुवास अन्तपुरबाट आइरहेको वाद्यवादनको मिठो धुन अनि तपाईंको मायालु अलिङ्गन सबैसबै काँडा बिजेसरी भइरहेछ । यसको अन्त्य कसरी हुने हो मलाई थाहा छैन ।ू

यशोधरा एक्काशी चिच्याइन्- ूबुझ्नुभो हजूर जे बुझ्नुहुन्छ बढी बुझ्नुहुन्छ । परिवार चलाएपछि गृहस्थ भएपछि यसरी हुने नहुने बुझ्न पाइन्न । के सोच्नुहुन्छ के हजूर मात्र यस पारिवारिक संसारमा एक्लै हुनुहुन्छ परिवार हाँकिसेपछि त्यो वैरागी कुरा गर्नु पाइन्छ हजूरको दायित्वबोध कहाँ जाँदैछ थाहा छ भोलि वा पर्सि कुनै पनि दिन हजुरलाई सन्तान प्राप्त हुँदैछ त्यसरी सोच्न पाइन्छ दायित्वबाट भाग्ने छनक हो यो । यसरी परिवार चलाउने मान्छेले बीचधारमा नाउ छाड्न पाइन्छ कि त शुरुवातभन्दा अगाडि नै यस्तो गर्नुपर्थ्यो  कि परिवारलाई पूर्ण पार लाएर मात्र गर्नुपर्छ । हाम्रो पनि हजूरमाथि अधिकार छ । परिवारको सदस्य भएको नातामा यसरी सोच्न पाइन्न । हजूरले खडा गर्नुभएको संसारलाई हजूर स्वयंले व्यवस्था गर्नुपर्छ । हजूर सन्तान छाडेर जानुहुन्छ भने कसले व्यहोर्छ उनको लालनपालको दायित्व यसरी हामीलाई जिउँदै मारेर वैरागी बन्न पाइन्छ के सोच्नुभएको हो त्यो मलाई त हजूरको यो नियत पहिले नै थाहा थियो । नभनेकी मात्र ।ू

सिद्धार्थ अवाक भए । पत्नीको यो प्रतिवाद उनलाई आफ्नो अन्यौलमा प्रकाश छेक्ने पहाड प्रतीत भयो । जसबाट साथको सपना सम्हालेका थिए उनैबाट यस्तो डङ्का ! सिद्धार्थमा जीवनप्रतिको निस्सारता झनै बढयो  ।

 ५९. नयाँ तालको उद्विकास र सहमतिको श्रृंखला

हे पाठकगण ! भद्दीय राजा बनेकै उलक्षमा रातमा धूमधामको हर्ष बडाइँ भयो । तर त्यो हर्ष सिद्धार्थलाई वास्तविकतामा छँदै थिएन । पि्रय मित्र भद्दीय अति खुशी देखिन्थे । तर सिद्धार्थ देख्दथे उनी जुन प्रपाचलाई खाँदैछु भनी मस्त छन् त्योभन्दा ठूलो प्रपाचले उनलाई आधा निलिसकेको छ । सिद्धार्थलाई लागिरहेथ्यो कि पि्रय मित्रको अवसानको खुशी मनाउन उनलाई पनि त्यही प्रपञ्चले वाध्य गराइरहेको छ । सिद्धार्थलाई लागिरहेथ्यो उनी आफू त्यही प्रपाचको विवश ग्रासमा परेका छन् र उम्कन गाह्रो परिरहेको छ । त्यसैले खुशी वेखुशी जे भए पनि समाजमा तानिएर उनले विवश भाग लिनै पर् यो ।

सिद्धार्थलाई समुदायले ढोल बजाउन आग्रह गरे । मन लागी नलागी उनले ढोल बजाए । तर उनको ढोलको ताल फरक हुन गयो । मान्छेको नाच के हुने हो । मान्छेको नाचको सुर र ताल के हो के चाहनासँग मान्छे नाच्न चाहन्छन् उनलाई कत्ति मतलव भएन । मानौँ त्यहाँ कोही थिएनन् सिद्धार्थ आफैँ मात्र छन् कि ढोल ।

यशोधरा छेउमै बसिन् र सम्हाल्न खोजीन् पतिलाई- ूअब मैले वीणा बजाउने हो । हामी दुई भएर चकित पार्नुपर्छ है सबैलाई ू

तर यशोधराको वीणाले पनि कुनै इच्छित ताल सिद्धार्थबाट पाएनन् । यशोधराले कानैमा पुगेर सानो स्वरमा केही झर्केरै बोलिन्- ूया त आफू एउटा सूरमा ताल दिनुहोस् म त्यसै सूरमा वीणा बजाउँछु या मेरो ताल पक्रनुहोस् । आज त गजबै गर्नुभो हजूरले । सबैलाई वाक्क पारिसक्नुभयो ।ू

सिद्धार्थले ढोल एकातिर पन्छाए र भने- ूमाफ गर्नुहोला भद्दीय ! यशोधरा अनि उपस्थितजन ! मेरा ताल र सुरले कुनै सुर पक्रन सकेन । म परम्परागत पुराना तालबाट वाक्क भइसकेको छु र नयाँ ताल मेरो हातमा आइरहेको छैन । उचित यही हुन्छ कि म ढोल नै नबजाउँ ।ू

आनन्द- ूहोइन दाज्यै ! आज हजूरकै सूरमा हामी नाच्ने हो ।ू

नन्द बोले- ूठीक भन्नुभो आनन्दले । हे गणराजन् भद्दीय ! कमसेकम हजूर राजा भएको दिनमा हामीले दाजु सिद्धार्थका तालमा नाच्न पाऔँ ।ू

त्यसै बेला ढोकामा पौष्करसाति टुप्लुक्कै देखिए । उनी चिच्याउँदै पसे- ूबधाई गणराजन् भद्दीय ! बधाई !ू

पौष्करसातिलाई देखेर सबै दङ्ग परे । उनलाई शुद्धोदन र भद्दीय दुबैको निम्तो थियो । उनी भद्दीए भएठाउँ पुगे र अङ्कमाल गर्दै बोले- ूबुझ्नुभो मित्र ! मलाई श्रावस्तिबाट यो ४५ कोसको बाटो एकदिनमै पार गर्न कत्ति साह्रो पर् यो । बिहान कुखुरा बासेदेखि एकनासले घोडाको घोडामै बड्किएर आको छु । यो कुप्रो शरीरमा कत्ति दखल परेको होला । घोडा त मर्छ नै होला । छन्दकले बाहिरै हेरविचार गर्दैछन् । यत्तिखेरै केही खानपिउँन पाइँन भनेँ मेरो पनि हालत त्यही हुनेछ । खाको केही होइन । बाहुनीले तीनमुठी सातु हालिदिएकी थिई त्यही घोडाको घोडामै खाको हुँ बस् ।ू

भद्दीय खुशी हुँदै बोले- ूहे मित्र ! तपाईंबेगर त म यो उत्सव मनाउनै सक्दिनथेँ । आइपुग्नुभयो म साह्रै खुशी छु । आउनुहोस् यतै । सिद्धार्थ ढोल बजाउँदैछन् नाचौँ ।ू

पौष्करसातिले झर्किएको स्वरमा भने- ूमार्ने विचार छ कि के हो यो शाक्यको । झन् भन्यो झन् । खानुपर्छ भनेको क्या म भोकै छु ।ू

सबै हाँसे । त्यसपछि उनले सबै उपस्थितजनलाई त्यहाँबाटै सामूहिक अभिवादन गरे- ूसबैलाई मेरो नमस्कार ।ू

शुद्धोदन उनीसामू आए अनि अङ्कमाल गर्दै भने- ूआउनुहोस् पहिले केही खाइहालौँ ।ू

त्यसपछि शुद्धोदनले उनलाई खुवाउनको लागि एकातिर लगे ।

भद्दीय सिद्धार्थतिर फर्किएर बोले- ूहे सिद्धार्थ ! कृपया बजाउनुहोस् ढोल । हामीले तपाईंलाई हाम्रा तालमा वादन गर्न जोर गर् यौँ अनि तपाईंमा भने आफ्नै तालको सुर थियो जसलाई हामीले जान्नै सकेनौँ । त्यसैले यहाँ अन्यौल सिर्जना भएको हो । म बुझ्दैछु तपाईंका तालमा नयाँ थरकन छ । त्यसमा नयाँ सुर छ र नयाँ जीवन्तता छ । हे सिद्धार्थ ! सिर्फ एकैपल्ट कसैको पुरातन ताललाई ध्यान नदिई आफ्नै तालमा बजाउनुहोस् । हामी त्यसमा रम्न चाहन्छौँ । हामीलाई कृतकृतार्थ बनाउनुहोस् ।ू

सिद्धार्थ- ूतर मेरा यी तालले अझै पूर्णता पाएको छैन ।ू

भद्दीय- ूसामान्य छनक मात्रले पनि त्यो स्वाभाविक रसास्वाद दिइरहेछ । हे सिद्धार्थ ! नाच्न मिले नाचौँला नमिले सुनेरै रसास्वादन गरौँला । कृपया बजाउनुहोस् ।ू

आनन्द देवदत्त कूटओष्ठ अनुरुद्ध नन्द र भद्दीयसमेत नाच्न तयार भए । सिद्धार्थलाई ढोल बजाउन करै लाग्यो । उनले ढोल बजाउँदै गए । आफ्ना ढोल अनुसारका साथीसंगीहरुका नाचलाई पनि उनले हेर्दै गए । कोही के पारामा नाचे कोही के पारामा । नयाँ हिसाबमा रमाइलै भइरहेथ्यो ।

केही बेरमै पौष्करसाति पनि आइपुगे । खाना खाएर चुठेको चिसै हातमा उनी पनि मज्जाले नाच्न लागे । कुप्रो ढाड र एउटा खुट्टा छोटो भएको पौष्करसातिको नाँच अनौठै देखिन्थ्यो । सकिनसकी ऊ ताललाई पछयउँथे र लड्दैपड्दै पनि नाचेरै छाड्थे । थाकेको सुरमा त्यस्तो शरीरले कसरी सिद्धार्थको नवतालमा समायोजित नाच पौष्करसाति नाच्दै थियो सिद्धार्थ दंग परे । सिद्धार्थको ध्यान त्यता पूरै आकृष्ट भयो र त्यही सुरमा भुलेर उनले ताल र सुर नै एकाधपल्ट खुस्काए ।

के हो यो व्यवधान कसरी ताल खुस्कियो के पौष्करसातिको समायोजित नृत्य एउटा व्यवधान हो के उनको सङ्घर्षमा यो बाङखुरे नाच एउटा ‘मार’अर्थात् मनको क्लेश नै हो सिद्धार्थले आफूलाई पूर्ण एकाग्र गर्न आँखै चिम्लिदिए । को कसरी नाच्दैछन् उनले कुनै आग्रह राखेनन् । आफ्नै सुरमा उनी एकछत्त बजाउन लागे । अब कुनै ‘मार’ बाट उनलाई व्यवधान भएन । उनका वादनले एउटा सुर पक्रियो । ननाच्नेहरुलाई समेत सबैलाई नाँचुनाँचु बनायो । यसमा साँच्चै एउटा अनुपम ताल थियो सुर थियो र मोहकता थियो ।

यशोधरा यसै रहन सकिनन् । उनका औँला एकाएक वीणामा थर्कन लागे । वीणाको मधुर रङ्गले वातावरणलाई झनै अर्को बनायो । ननाचिरहेका मान्छेका शरीरमा पनि थर्कन शुरु भयो । रङ्गकर्मीहरुले ताली दिन लागे । केही क्षणमै समस्त उपस्थित जन जानीनजानी सकीनसकी नाच्न लागे । बूढो शुद्धोदन उदायी र दण्डपाणी पनि नाचे । बूढी प्रजापति पनि नाचे । अरुहरुको त झन् कुरै भएन । सबै निकैबेर नाचे । कसैमा थकानको होसै भएन । विशेष पौष्करसातिलाई त्यो परिस्थिति कसोकसो असहज जस्तो हुन लाग्यो । पौष्करसाति चिच्याए- ूअब त भयो सिद्धार्थ हामी सबैलाई थकायौ ।ू

सिद्धार्थ एकाग्रताबाट बिउँझिए । उनका हात ढोलमा यसै रोकिए । आँखा खोले । यशोधराका औँलाहरु वीणामा लीन थिए । सबैसबै उपस्थित शाक्यहरु आँगनमा आफ्ना नाच रोकेर उभिएका थिए ।

पसिनाले तरतर पौष्करसाति बोले- ूनाच शाक्यगण नाच ! खुब नाच सिद्धार्थका तालमा ! आफू त यस तालमा नाच्न पनि नसक्ने रहेछु यी लङ्गडिएको खुट्टा र कुप्रिएका ढाडसाथ । यहाँभन्दा मलाई उतै ठीक छ । यहाँ म आफू नाच्नुपर्छ उता श्रावस्तिमा म नचाउँछु ।ू

सबै पौष्करसातिका अभिव्यक्तिमा गलल हाँसे ।

रात निक्कै छिप्पिएको थियो । त्यो रङ्ग त्यहाँ नै बिसर्जित भयो । सबै आआफ्ना घरतिर लागे । सिद्धार्थ र यशोधरा पनि चूपचाप आफ्ना खोपीतिर लागे । बाटैमा यशोधराले भनिन्- ूहे कुमार ! म पनि हजूरको ढोलमा मस्त भएँ । मैले पनि आफूलाई त्यसमा पूरै हराएँ ।ू

– ूधन्यवाद यशोधरा !
– ूहे कुमार ! अज्ञानताबश मैले हजूरको आलोचना गरेँ । आखिर हजूरकै ताल सही रहेछ । सबै मुग्ध भएर नाचे नि । म लज्जित छु मैले हजूरको वाद्यविधिमा अड्चन दिएँ थेँ ।ू
– ूतपाईं लज्जित हुनुपर्ने कुनै कारण छैन । तपाईंले त्यही ताल खोज्नुभयो जसमा तपाईं आदि हुनुहुन्थ्यो । तर जब मेरो ताल तपाईंलाई सुझ्यो त्यसमा पनि झुम्नुभयो नि होइन ?ू
– ूहो झुमेँ ।ू
– ूत्यसोभा कुरा सक्किहाल्यो । किन पश्चाताप ?ू
– ूहे कुमार ! म कसम खान्छु । म हजूरका कुनै पनि ताल र सुरमा वाधा दिने छैन । मेरा वीणाले सदा हजूरकै ताल र सुर पछुउने छ ।ू
– ूधन्यवाद यशोधरा ।ू

सिद्धार्थ र यशोधरा दुबैजना खोपीमा पसे ।

६०. तृष्णा र दुःखबारे सम्बाद

हे पाठकगण ! रात निक्कै गइसकेको थियो । तरपनि निन्द्रा भने दुबैलाई कत्ति थिएन । यत्तिकै खुला हावा खान सिद्धार्थ झ्यालमा गए । बाहिर शुक्लपक्षको जुनले वातावरणलाई पूरै झलमल्ल बनाएको थियो । शीतल हावाले त्यो मनोरम जुनेली रातलाई अर्कै उन्माद दिइरहेथ्यो ।

त्यहीँ केही पर शमीको रुख थियो जसमा ढुङ्गाको चौतारी बनाइएको थियो । देखिन्थ्यो भद्दीय पौष्करसाति र देवदत्त त्यहाँ बसेर गफसफ गर्दै थिए । उनीहरुका अनुचरहरु केही पर चौरमा युवायुवतीहरुको नाच र रमझम हेर्न मस्त थिए ।

सिद्धार्थ बोले- ूउनीहरु अझै घर गएका रहेनछन् । क्या रमाइरहेछन् यो जुनेली रातमा ।ू

यशोधराले आँकिन् सिद्धार्थ त्यता आकर्षित छन् । तिनको मन सदा सिद्धार्थलाई जसरी हुन्छ खुशी पार्नमा केन्द्रित हुन्थ्यो । तिनी बोलिहालिन्- ूहे कुमार ! हजूरका मित्रहरु यो जुनेली रात्रिमा साँच्चै मस्त छन् । के हजूरलाई पनि उनीहरुसँग जान इच्छा जागेको हो ?ू

सिद्धार्थको आँखामा चमक अयो र बोले- ूहे यशोधरा ! तपाईंलाई थाहै भएको कुरा हो मलाई दरबारको त्यो औपचारिक भीडभाड र थरीथरीका सामाजिक जाजालभन्दा यस्तै सुनसान र आफूलाई बुझ्ने कम्तिमात्र साथीसंगी वा अनुचर वा जनावरहरुको साथ मन पर्छ । यी सबै मेरा बालसखा हुन् । धेरै कुरा हामीले साथसाथ बु् यौं भोग्यौँ र पढयौं। संसारभरमै उनीहरु मेरा अभिन्न मित्रहरु हुन् । आफ्ना कामधन्दाले गर्दा हामीहरु धेरै छारष्ट भएका छौँ । भेटघाट हुनै पाइन्न । जब भेटिन्छ त्यहाँ निश्चितरुपमा भीडभाड नै हुने गर्दछ र साथीसाथी बीच मन खोलेर बोल्नसम्म पाउँदैनौँ । त्यसैले हे प्री प्रिय यशोधरा ! यो एकान्तमा उनीहरुलाई यसरी मन खेलेर बसेका देख्दा मलाई पनि त्यस्तै गर्ने लोभ जागेको छ । यदि मान्नुहुन्छ भने तपाईं पनि हिँड्नुहोस् न । साथीहरुसँग मन खोलेर गफसफ गरौँ ।ू

यशोधराले तत्काल सिद्धार्थलाई हात समात्दै त्यतै लागिन् । भनिन्- ूम त हजूरकै अर्धांगिनी हुँ । हजूरलाई जेमा खुशी हुन्छ मलाई त्यसैमा खुशी हुन्छ । मलाई सोधिराख्न जरुरी नै छैन ।ू

सिद्धार्थ मुस्काउँदै बोले- ूकिन सोधिराख्न जरुरी छैन मेरो आधा अङ्ग नै तपाईं भएपछि म बाँकी आधा अङ्गले जथाभवी मनोमानी गर्न मिल्छ र ?ू

धेरैपछिको यो सिद्धार्थको रमाइलो वार्ता हो । धेरैपछि उनले दिल खोलेर बोलिरहेको क्षण हो । धेरैपछि सिद्धार्थले मुस्कान छोडेको समय हो यो । यशोधरा दङ्ग परिन् र सोचिन्- सिद्धार्थको यो क्षण आफू एक्लैले भोग्न पाए कस्तो हुन्थ्यो तिनीसँग वैरागी भएर बस्ने सिद्धार्थ यतिखेर साथीसँगी भनेपछि फुरुङ्ग थिए । तिनलाई एक किसिमले सिद्धार्थका साथीहरुप्रति आरिश नै उत्पन्न भयो ।

पर थिए आनन्द देवदत्त कूटओष्ठ पौष्करसाति कालुदायी अनुरुद्ध नन्द र भद्दीय । सिद्धार्थ र यशोधरा त्यतै आएको देख्नासाथ आनन्द र नन्द उनीहरुलाई लिन केही वरसम्म आए ।

राजा भद्दीय बोले- ूस्वागत छ सिद्धार्थ ! तपाईंहरु आउनुभयो यो जमघटको रङ्ग नै अर्को हुनेछ ।ू
देवदत्तले कुरा काटे- ूहुन त हो तर कहिलेकाहीँ सिद्धार्थ आफ्ना सुरका रङ्गले अरुका रङ्गलाई भङ्ग पनि गर्नुहुन्छ र पो मार् यो ।ू

कूटओष्ठ केही प्रतिवादको स्वरमा- ूनयाँ आयाम नयाँ विचारको रङ्ग त्यस्तै हुन्छ । पुरानो रंङ्गलाई त्यो मिल्दैन र भङ्गको स्थिति हुने गर्छन् ।ू

पौष्करसाति तात्तातै हाँस्दै बोले- ूठीक भने कूटओष्ठले । मान्छेमामा उदारता हुनुपर्छ कुनै नयाँ रङ्गले पुराना रङ्गलाई भङ्ग गर्दैन । परिवर्तनको सम्मोहनमा लंगडो खुट्टालेसमेत साथ दिन्छ…।ू

कूटओष्ठले तत्काल थपे- ू…। ठीक मैले त्यही भनेको । नयाँ विचारको रङ्गमा निश्चय नै हुन्छ सतसङ्ग ।ू

देवदत्तले तत्काल कुरा काटे- ूहो त्यस्तो सतसङ्गको लागि हुनुपर् यो नि त ढङ्ग ।ू

भद्दीयले पनि थपे- ूढङ्ग छन् र त हामी सबै छौँ सिद्धार्थको उपस्थितिमा दङ्ग ।ू

यशेाधराले बीचैमा बोलिन्- ूतपाईंहरुका यस्ता कुरा सुन्दा मेरो मन हुन्छ झसङ्ग ।ू

आनन्द किन पछि पर्थे- ूकिन हुनुपर् यो भाउज्यू झसङ्ग म छँदैछु नि हजूरहरुको अन्तरङ्ग ।ू

कालुदायी- ूतपाईंहरु जे भन्नुहोस् आफूलाई त पूरै छ रङ्गको तरङ्ग ।ू

नन्द- ूतर भाउजुचाहिँ हुने झसङ्ग आफ्नो त मनै हुन्छ खङ्गरङ्ग ।ू

सबै हाँस्न लागे । अनुरुद्ध आफ्नो पालो किन छाडथे । सिद्धार्थलाई चूपचाप देखेर कोटुउँदै बोले- ूअनि हजूरचाहिँ किन नि भरङ्ग ू

सबैले आफ्नो पालो सिध्याए अब सिद्धार्थको पालो हुन गयो । सबैले उनको मुख हाँस्दै हेर्न लागे । सिद्धार्थ बोले- ूकहाँ छु म भरङ्ग साथीहरुको यो सतसङ्ग । अलङ्कारको रमाइलॊ यो जङ्ग । आफूमा त थपिरहेछ नयाँ नौलो उमङ्ग ।ू

सबै गलल हाँसे । हाँस्दा हाँस्दै भद्दीय एकै छिन रोकिए । कूटओष्ठ बोले- ूके भो राजन् ! किन एकाएक गम्भीर ?ू

भद्दीय- ूमित्र ! म त हाम्रो बाल्यकाल सम्´ेर रोकिएको हुँ । कति रमाइला थिए ती दिन । केही जिम्मेवारी थिएनन् । आज कत्ति फरक छन् दिनहरु । तपाईंहरुलाई थाहा छैन अहिले म यहाँ यसरी हाँसिरहेछु । तर मेरो मन त कताकता छ छ । धेरै जिम्मेवारीहरु छन् । भोलि अनेकै गर्नुपर्ने छ । ती सब सम्झेर  यो रमझममा पनि रमाउन सकिरहेकॊ छैन ।ू

पौष्करसाति- ूहो मित्र ! म पनि त श्रावस्तिमा गधासरह थिएँ । दुई दिन भए पनि यहाँ साथीसँगी र बाआमासँग बिताएर त्यो थकाइ मेटाउँछु भनेको मनले त मानेकै छैन । उताकै ध्यान छ ममा । प्रसेनजीत खाँदा बस्दा जे गर्दा पनि मलाई खोज्दछन् । दरबारमा धेरै थरी मन्त्री र ब्राह्मणहरु छन् जो म हिजोको चल्ला आजको बच्चाको बढ्दो फूर्ति देखेर खोइरो खन्न पछि लागिपरेका छन् । एकएक पाइला होश गरीगरी चाल्नुपरिरहेछ । तपाईंहरुले देख्नुभएको छ म प्रसेनजीतको दरबारमा नवरत्नमा एक रत्न छु । तर म त प्रसेनजीतको यज्ञको बलि दिइने पशु हुं । कुनबेला तपाईंहरुले सुन्नुहुनेछ मेरो बलि चढयो  भनेर । म त यहाँ नाचेँ रमाएँ र यत्तिका हाँसेँ । तर मेरो मन हर्दम डरले थर्कि नै रहेको छ ।ू

देवदत्त- ूकसैलाई केको धन्दा कसैलाई केको । मलाईचाहिँ अर्कै धन्दाले पिरोलिरहेछ । मलाई केले नपुग्दो छ खेती ठूलै छ । आम्दानी मनग्गे छ । काम आफूले गर्नुपर्दैन । रमाईरमाई शिकार खेल्दै म दिन बिताउँछु । तथापि म किंचित सुखी छैन । हेर्दा हेर्दैका सँगी साथीहरु कोही कता कोही कता उँभोउँभो सिँढी उक्लिरहेछन् । भद्दीय राजा बने पौष्करसाति ठूलै साम्राज्यको रत्न बने । कालुदायी गणराज्यकै अमात्य बने । सिद्धार्थ सर्वमान्य ज्ञानी बने । अनि देख्छु कूटओष्ठ सर्वतोमुखी सुखी । यी सबैको उन्नति र चयन देख्दा मलाई अति जलन हुन्छ । उनीहरुका मलाई इष्र्या होइन । तर आफ्नै उन्नति त्यसरी नै नभएकोमा म सँधै दुःखी हुन्छु दुःखी छु ।ू

यशोधरा- ूहे विद्वत्जन ! मलाई सँधै लाग्थ्यो ठूलाठूला पदमा बस्नेहरुलाई के छ र अह्राए पुगिहाल्छ । गर्नेहरु भइहाल्छन् । तर त्यो दायित्वबोध कतिसम्म बोझिलो हुन्छ भन्ने कुरा अहिले तपाईंहरुका कुरा सुनेर मैले बुझेँ । हे मान्यजन ! मलाई पनि एउटा दुःखले हर्दम खाइरहेछ । त्यो हो मेरो गर्भको बच्चा । पहिले गर्भ नहोन्जेल गर्भ नभएको दुःख थियो । अब गर्भ रहेपछि यो छोरा हुन्छ कि छोरी हुन्छ भन्ने चिन्ता छ । समाज र वंशलाई छोरा चाहिएको छ । त्यसैले मैले मेरो हातमा नभएको कुरो छोरा नै दिन परिरहेछ । चिन्ता यही छ कि छोरी भयो भने के हुने हो ?ू

कूटओष्ठ- ूसुन्नुहोस् साथीहरु म जान्ने बनेर बोलिरहेको छैन । मान्छेको अर्को नाम नै दुःख हो । तपाईं मान्छे नभइदिएको भए दुःख हुने नै थिएन । पशु भएको भए तपाईं कत्ति सुखी हुनुहुन्थ्यो । त्यो किनभने मान्छे भन्ने जन्तु सोच्न जान्दछ । अनि दुःख सोचमा चिन्तनमा हुन्छ । तपाईंहरु सोच्नुहुन्छ । त्यसकारण तपाईंहरुमा दुःख छ । यदि तपाईंहरुमा त्यो सोच थिएन भने दुःखको अनुभव अवश्यै हुने थिएन । के कुकुरहरु हामी भन्दा सुखी छैनन् तिनलाई सुख यसकारणले छ कि ती दुःखलाई जान्दै जान्दैन । किन जान्दैनभने त्यसले त्यो सोच्नै जान्दैन । त्यसैले साथी हो । मान्छेमात्र दुःखी छ । मान्छे भन्नु नै दुःखको घर हो । म भन्छु एकदिन त मर्नै पर्छ । त्यसैले बाँचुन्जेल त्यही दुःख अनुभूत गराउने सोचको बलमा प्रयत्न गर्नुहोस् किन दुःखी भएर बाँच्ने अबः समस्त दुःखलाई सही मानेमा दुःखै नमान्नुहोस् । जसरी शरीरलाई सुख र मनलाई शान्ति हुन्छ त्यो मात्र गर्नुहोस् । घुर् यानमै परुन् सबैसबै मान्छे जातिलाई कज्याउने वा दवाउने वा नियन्त्रण गर्ने सामाजिक धर्म मूल्य अनि मान्यताहरु । मरेर लाने केही छैन त्यसैले बाँचुन्जेल घीउ नै खानुहोस् । बचतको सोचसम्म पनि राख्नु मूर्खता हो । मरेपछि त के भो र डुमै राजा होइन र?ू

आनन्द- ूआफू त नामैले आनन्द । आनन्दकै कुरामा व्यस्त हुने इच्छा रहन्छ । दुःखकै कुरा गर्ने हो भने कोसँग छैन दुःख तर दुःखलाई मिचेर हामीले बाँच्न जान्नुपर्छ । यस्तै निराश हुने हो भने संसार कसरी चल्छ ?ू

नन्द- ूक्या रमाइलो कुरा गर्दै थियौँ । हेर्दाहेर्दै पत्तै नपाई यो त दुःख सम्बन्धी विचारगोष्ठी हुन गयो । म स्पष्ट भन्छु अघिसम्म हसिँलो भएको यो जमघट अब नर्कमै डुबेसरी भयो । बिगार्नुभयो तपाईंहरुले यो यत्ति हँसिलो जमघट ।ू

सिद्धार्थ निक्कै गम्भीर थिए । बोल्न उनलाई पनि थियो । तर बोल्ने जाँगर गरेनन् । यशोधराले उनको मुखमा पुलुक्क हेरिन् । जूनको प्रकाशमा सिद्धार्थको त्यो अनुहार केही त बोल्लान् जस्तो टलक दिँदै थियो । यशोधराले प्रश्न गरिन्- ूहे कुमार ! कसरी सबै दुःखी भएका सोच मात्र राख्छन् मान्छेहरु ?ू

सिद्धार्थले दृढ तर मधुर स्वरमा भने- ूदुःखी भएका सोच मात्र राखेका होइनन् । वास्तवमा मान्छे भएर जन्मनु नै दुःखमा डुब्न आउनु हो ।ू

यशोधरा- ूउसो भए के मान्छेको जन्म नै दुःखको कारण हो ?ू

सिद्धार्थ- ूकम्तिमा म त्यसरी नै सोच्दछु ।ू

यशोधरा- ूउसोभए के दुःखबाट मुक्ति पाउने बाटो भनेको आत्महत्या हो ?ू

कुटओष्ठ- ूत्यो त नकारात्मक सोच भयो भाउजु । कायरता भयो । जन्मिहालियो सही ढंगमा यसलाई उपयोग गर्न पर् यो । भनिहालेँ – खाने रमाउने मोजमस्ति गर्ने ।ू

यशोधरा- ूत्यसो गर्दा पनि एउटा पशुजुनि व्यतित गरिएन र खाने रमाउने बच्चा काड्ने अनि मर्ने … ू

आनन्द- ूत्यसैले जन्मेपछि मान्छे भएको नातामा पशुजुनीसरह व्यतित नगरी सदाचारी ढंगमा जीवन यापन गर्ने ।ू

कालुदायी- ूअनि दुःखलाई आत्मसात गर्दै- सोचनशक्तिलाई उपयोग गर्दै – त्यसलाई त्यसरी नै जित्ने ।ू

यशोधरा- ूयी सबैको मजबुन हुन्छ- मान्छेको जुनी नै दुःखको घर हो । मान्छे भएर जन्मनु नै दुःख झेल्न आउनु हो । अर्थात् जन्म नै मान्छेको दुःखको कारण हो । उसोभए के मान्छे भएर जन्मन नआउनु नै यसको समाधान हो त्यही समाधान हो भने यसको उपाय के छ ?ू

देवदत्त- ूजन्म त भइहाल्छ । आफ्नो खुशीले हुने कुरै होइन । अरु मान्छे नजन्माउनलाई व्रह्मचर्य धारण गर्दा हुने कुरा हो । तर आफ्नै जन्मको निरोधको लागि कसैले केही गर्न सक्ने कुरै होइन । मान्छे यस हिसावमा नीरिह छ । असहाय छ ।ू

पौष्करसाति- ूअरुलाई जन्मन नदिन पनि एउटा सत्कार्यको उपाय हो । कमसेकम हामी अरुलाई यो दुःखसागरमा फस्नबाट रोक्न सक्छौँ ।ू

कुटओष्ठ- ूए मूर्ख नजानिएको िपंढीको लागि किन यो गंभीरता पहिले आफूलाई त सोच अफू यस भवसागरबाट निस्क मनुवा । जन्म त भइहाल्यो । अब आमाको गर्भमा फर्कन सकिन्न । अब आफ्नो लागि के गर्न सक्छौ आफैँ भुँवरीमा फसेका छौँ । यस्ता निसहाय व्यक्तिले नजानिएको भोलीका िपंढीको उद्धारको लागि सोच्नु मूर्खता होइन हास्यास्पद होइन गजब छ बा ।ू

यशोधरा- ूम रणभूल्लमा छु । बाटो के हुनसक्छ ?ू

कुटओष्ठ- ूत्यसैले त भन्दै छु । बाटो केही छैन । भइराख्न पनि परेन । मरेपछि डुमै राजा । आफ्नालागि प्राप्त यस अभूतपूर्व जुनीलाई सकारात्मक ढंगमा लिनुहोस् । निराश हुनुपर्ने कुरै छैन । नहुनुको जिन्दगी काकतालीले पाइएको छ । यसलाई सदुपयोग गर्नोस् । जीन्दगी भनेको बाँच्नु हो । सोचनशक्तिसम्पन्न सामाजिक प्राणी भएको नातामा अरुलाई पनि बाँच्न दिने सतधर्ममा अनुरक्त हुन सकिन्छ । त्यसरी समुदायमा सहभोगको धारणसाथ जीन्दगीलाई मस्तिसाथ भोग गर्नोस् । आफ्नो त कुरै त्यही हो – खाउ मोज गर र बिर्स सबैसबै दायित्वहरु-दुःखका घर भएका कारणहरु । स्वाभाविक नियमले देखाएको बाटो नै त्यही हो ।ू

सिद्धार्थले यसमा कुनै भाग लिएनन् । अवाक रहे । सबैका कुरा सुनिरहे अनि आफैँमा हराईरहे । भद्दीय भने यस विवादलाई छिट्टै सल्टाउन खोजिरहेका थिए । बोले- ूहे मित्रगण ! के गर्ने तपाईंहरुसँग यसरी रातभर बसेर कुरा गर्नु पाए कस्तो हुन्थ्यो जस्तो लाग्छ । तर भोलि धेरै काम छ । त्यसैले म त आज यसरी धेरैबेर बस्नै सक्दिन्न । आजलाई छुटौँ ।ू

भद्दीय नै उपस्थित नरहने हो भनॆ उनैको लागि भएको यो जमघटको रौनक नै के हुन्थ्यो त्यसपछि छुटे सबैजना र गए आआफ्ना घर ।

६१. संन्यासको सौम्यताप्रति आकर्षण 

हे पाठकगण ! रातमा सिद्धार्थ थरीथरीका सोँचहरुले सुत्नै सकेनन् । अनेक तर्कनाहरु मनमा आइ नै रहे- ुसबै भन्छन् सबै दुःखी छन् तर कूटओष्ठ झैँ निश्चिन्त पनि छैनन् । समाजमा सबै भूमिकाहरु निर्वाह गर्नु पनि पर्छ अनि दुःख भएको गुनासो पनि पोख्छन् । भद्दीय खप्परमा काँडेतारको श्रीपेच लगाएर राजा हुनुको सुख भोग्न चाहन्छन् । पौष्करसाति आगोको भुङ्ग्रोमा बसेर प्रतिद्वन्द्वीहरुको सेखी झार्न चाहन्छन् । देवदत्त आफ्नै इष्र्याको दावानलमा जलेर शीतलताको अनुभूति खोज्दछन् । यशोधरा आफ्नो बशमा नभएको कुरामा सुखद परिणामको आशामा सन्तप्त भएर बाँचिरहेकी छिन् । कूटओष्ठ दुःखलाई नकार्ने हिसाबमा जीवनलाई पूर्णतः भोगको लिप्सामा राख्न चाहन्छन् । कस्तो विसंगति ?ु

सिद्धार्थले सोचिरहेथॆ- ुसबैमा छ आआफ्ना पागलपन दुःखबाट मुक्ति पाउनुको । तर छन् सबै भूलभूलैयामा । जीवनलाई सबै घिसार्दैछन् सुखको लालसामा । तथापि छन् सदाको दुःखी । कोही मान्न तयार छैनन् कि उनका दुःखका कारण उनैभित्रका तृष्णा हुन् । कसैलाई प्रतिष्ठित राजा हुनु छ कसैलाई मान्य पुरोहित । कसैलाई कोहीभन्दा किन कम हुने राग र द्वेष छ अनि कसैलाई कुनै पनि हालतमा छोराकै आमा हुनु छ । कसैलाई भने सुख चयन गरी बाँच्नको लागि रिणै गरेर भए पनि घीउ खानु छ । सबै भुल्दछन्- उनीहरु अवस्यम्भावी उमेर रोग र मृत्युका ग्रासमा छन् । मृत्युपर्यन्त त्यो राग त्यो द्वेष र त्यो तृष्णालाई त्यागेका हुन्नन् । मान्छेहरु कसरी ती भ्यागुताहरुसरी बन्दछन् जो आफू कालको ग्रासमा भएर पनि अगाडिका खान्कीको रागमा रम्न तत्पर हुन्छन् ?ु

मान्छे जातिको त्यो निरीहपना अनि त्यो अज्ञानतादेखि सिद्धार्थको मनको वैराग्य झन् झन् बढ्दै गयो । घरमा बस्न उनलाई कदाचित मन परेन । कहिले बिहान होला र छन्दकको साथमा बाहिर जाउँ  भइरह्यो ।

बिहान सबेरै छन्दक आए । साथमा थियो छाँदिएको घोडा कन्थक । कता जाने केही टुङ्गो थिएन । सिद्धार्थ आफ्नै सुरमा उद्यानमा डुलिरहेथे । त्यतै भएर कतै जाने एउटा भिक्षुलाई उनले देखे । शान्त क्लान्त र सौम्य उनको अनुहार थियो । गेरुवा बस्त्रमा उनी थिए हातमा एउटा भिक्षापात्र । भिक्षु तथा संन्यासीहरु उनले पहिले धेरै देखेका थिए । उनका गुरुहरु पनि संन्यासी नै त थिए । तर उनले यस्तो सौम्यता कुनै पनि संन्यासीमा कहिल्यै अनुभूत गरेनन् । सायद रागमा निर्लिप्त उनका आँखाले ती सबैसबै संन्यासीहरुका सौम्यतालाई ऊ बेला उसले आँक्न सकेनन्- उनले यसरी सोचे ।

– ूमित्र छन्दक ! म के देख्दैछु ।ू
– ूएउटा प्रब्राजक देख्दै हुनुहुन्छ ।ू
– ूतपाईंको विचारमा यो प्रब्राजक भनेको के हो ?
– ूलोक कल्याणको लागि सबै घरगृहस्थ त्यागेर सत्यको खोजीमा लागिपरेका महामानव हुन् प्रब्राजक ।ू
– ूकसरी यी यत्ति शान्त र सुखी देखिन्छन् छन्दक ?ू
– ूहे कुमार ! यी सबै सांसारिक प्रपाच त्यागेर संन्यासी भएका हुन् । केही उनीसँग नभएपछि उनीसँग कुनै आशक्तिहरु छैनन् । आशक्तिहरुबाट हुने दुःखबाट पार पाएकाले उनी त्यति सुखी देखिन्छन् ।ू
– ूहे छन्दक ! म विलासिताको जिन्दगीबाट वाक्क छु । तपाईंकै दृष्टिबाट मैले वृद्धत्व रोग र मृत्युको दिव्यदर्शन पाएको छु । ती दर्शनबाट मलाई सांसारिक शुष्कताको अनुभव भएको छ । तपाईंकै दृष्टिबाट म संन्यासमार्गको पनि दिव्यदर्शन पाइरहेछु । यस्तो लागिरहेछ म वासनारहित संन्यासी जीवनका परम शान्तितिर आकृष्ट हुँदैछु । हे मित्र ! भन्नुहोस् के मेरो यो आशक्ति युक्तिसङ्गत छ मृगमरिचिकामात्र ता प्रमाणित हुन्न ?ू
– ूत्यो त म के भन्न सक्छु र कुमार ?ू

त्यसपछि सिद्धार्थ ज्यादै विक्षिप्त हुन लागे । हर्दम ती संन्यासीको व्यक्तित्वले उनलाई झक झकाइरह्यो । कहाँ कोसँग गएर के सल्लाह वा परामर्श लिने भइरह्यो । यशोधरा यो कुरा सुन्न चाहन्नन् । माता र पिताको त झनै कुरै भएन । भद्दीयलाई सोचे उनी आफैँ सांसारिक प्रपाचका नाइके छन् । ऊबाट केही सल्लाह पक्कै हुन्नथ्यो । कूट ओष्ठ उनी धेरै नजिक भएर सोच्न सक्ने व्यक्ति हुन् । तर उनी पूर्णतः जडवादी भएर भोगबादी सिद्धान्तका पक्षधर छन् । उनको सिद्धान्त पूरा उल्टा छन् । देवदत्तसँग यस्ता कुनै सम्वादै हुन सक्तैन । उनी त अरुका कुरालाई कहिल्यै गहिर् याइमा नसोच्ने व्यक्ति हुन् । अनुरुद्ध आनन्द अनि नन्द त सिद्धार्थका कुरा काट्ने मान्छे नै परेनन् । उनीहरु केही परामर्श दिने स्थितिमै थिएनन् । कालुदायीलाई सम्झे उनी उनैका बुबा उदायीका पक्षधर हुनेछन् जो राजा शुद्धोदनको सोचमा चल्दछन् । अन्ततः उनलाई एउटा यस्तो व्यक्तित्वको सम्झना भयो जो वास्तवमा उनका बाल्यकालदेखिका आदर्श थिए । ती थिए उनैका कान्छाबुबा अमितोदन ।

६२. युग नै परिवर्तनको प्रसव वेदनामा 

हे पाठकगण !भोलिपल्ट बिहानै सिद्धार्थ काका अमितोदनको घरमा गए । त्यसबखत अमितोदन बिहानको योगाभ्यासमा ध्यानस्थ थिए । ७० वर्षीय अमितोदन सेतै फुलेका दाह्री र लामा छोडेका कपालसाथ देखिँदा कुनै सौम्य ऋषिभन्दा कमका देखिन्नथे । नगीचै आनन्द अर्थात् अमितोदनकै पुत्र थिए उस्तै ध्यानस्थ । अमितोदन त आफैँमा पूर्ण एउटा योगी थिए । उनको अनुहारमा सदा एउटा योगीमा हुने सौम्य व्यक्तित्व तथा विद्वता झल्कथ्यो । तर आज सिद्धार्थले आनन्दमा पनि त्यो सौम्य व्यक्तित्व देखे । यत्रो सङ्गत थियो उनीसँग । तर कहिल्यै उनले उनमा यो गुण देखेका थिएनन् । उनी छक्क परे ।

केही क्षणमा अमितोदन र आनन्द दुबैको ध्यान टंुगियो । सिद्धार्थले अब अमितोदनलाई पाऊ परी अभिवादन गरे ।
– ूकति कामले पुत्र ?ू
– ूकाकाहजूर ! जताततै म त अन्यौल देख्छु । बाटो पाइँन । चित्त शान्त भएन । व्याकुल छ । आत्तिएको छु । बाटो खोज्दै यहाँ आएको छु ।ू
– ूकिन के भो ?ू
– ूहे काकाहजूर ! मान्छे उमेर रोग र मृत्युको मारमा छन्् । सबै यो जान्दछन् र पनि अज्ञानी भएर तृष्णाको मारमा पर्छन् । जातजाति धर्म आस्था अनि सम्पतिको लागि प्रतिश्पर्धा गर्दै सबै द्वेष  इर्ष्या आदिको मारमा पर्दछन् । मान्छे किन यत्तिसारो काम क्रोध लोभ मोह द्वेष र इर्ष्याको शिकार बन्दछन् यस्तै प्रश्नहरुका ठुंगाइबाट म व्यथित छु । के उपाय होला भनी हजूरसामू आएको छु ।ू
– ूबाबु ! यो जीवनसम्बद्ध ठूलो प्रश्न हो । यस्तो प्रश्न कसैमा आउनलाई म अन्यौल उत्पन्न भएको भन्दिन । म त साह्रै खुशी छु बाबु कि तिमीमा त्यो जागरण भयो । तिम्रो चिन्ता चिन्तन र खोज निरन्तर रहोस् । मेरो शुभकामना छ ।ू
– ूके यो खोज सफलीभूत हुन्छ सफलताको त्यस्तो इतिहास किन बनेन ? ू
– ूइतिहास छ । यस्तै सफलताकै परिणामले हाम्रा समाजले यत्तिसम्मको सभ्यता निर्माण गरेको छ । उनै उपलव्धीमाथि उभिएर नै तिमी यो प्रश्न गर्न सक्षम भएका छौ ।ू
– ूतर काकाहजुर, यो सभ्यताको उपादेयता नै के भयो जसले मान्छेजातिको दुःख मोचनको लागि कहिल्यै बाटो सुझाएन । प्रश्नैप्रश्नहरुमात्र उब्जाएका छन् ।ू
– ूहे बाबु प्रश्नहरुका उव्जनीबाटै बाटोहरुको खोजी हुने हो । युगयुगमा अनेकन युगान्तकारी बाटाहरु सुझाइएकै कारणबाट आजका मूल्य र मान्यताहरुसाथ हाम्रा समाज यो स्थितिमा पुगेको छ । तर सत्य यही हो कि कुनैपनि युगको मान्यता सदा अन्तिम सत्य भएर रहन सत्तैुन । भएको त्यति मात्र हो ।ू
– ूमेरा छटपटी …॥ू
– ूतिम्रा यी छटपटी पनि त्यसै मूलप्रवृतिको चालक हो । मान्छे जातिमा सोचन शक्ति छ त्यसैले ऊ निरन्तर रुपमा अग्रगामी छ । एउटा प्राप्तिमा मात्र ऊ सन्तुष्ट रहन सक्दैन र उ त्यस हदको प्राप्तिलाई अस्वीकार गर्दै थप प्राप्ति वा पूर्वप्राप्तिहरुको परिष्कारमा जुट्दछ ।ू
– ूसँधै परिष्कारकै खोजी मात्र हुने हो यसको अन्त्य कहिले हुन्छ अन्तिम सत्य कहिले कसरी हासिल हुन्छ ?ू
– ूहेर बाबु वास्तविकता के भने सामाजिक मूल्य र मान्यता सामाजिक मनोगत निर्मित हुन्छन् र यो त्यसैले अन्तिम सत्यको रुपमा कहिल्यै स्थापित हुन सक्तैन । त्यो फेरि परिवर्तनको भागी हुन्छ नै । एउटा प्राप्तिलाई नै अन्तिम सत्य भनियो भने त्यो अन्ध आस्थामात्र हुनेछ । एक सङ्क्रमणमा एउटा बाटो हासिल हुन्छ । तर त्यो बाटो सदाको लागि उपयुक्त रहन्न । त्यसैको आधारमा त्यसमाथि अर्को सङ्क्रमणसाथ थप परिष्कृत बाटोका स्थापनाहरु हुन्छन् । हरेक युगको प्राप्ति अर्को युगको लागि सिँढीमात्र बनेर रहन्छ ।
जस्तै एउटा सिँढी यज्ञसंस्कृति थियो । त्यसबाट माथि उक्लेर उपनिषद्ले अर्को सिँढी खडा गर् यो । यसमाथि पनि नवयुगले उपनिषदका अन्धआस्थाहरुलाई चिर्दै अर्को सिँढीको निर्माण गर्दैछ ।
हो ज्ञानको बत्ती बालेर । त्यो बत्ति भनेको युगको चेतना हो जो जनताको मा´बाट जनताकै उर्जाहरु लिएर विद्रोहमा सल्कन्छ । यतिखेर आयावर्तभरि १०८ वटा यस्ता श्रमणहरुका संस्था स्थापित छन् उनैले वत्ती हुनुको काम गर्दैछन् ।ू
– ूतर हे काकाहजुर यसरी छरिएका शक्तिहरुबाट जनतामा ´नै अन्यौल सिर्जना भइरहेको छैन र ?ू
– ूछ । त्यही अन्यौल तिम्रो पनि हो । तिम्रो छटपटी नै त्यही हो । तिमी के युग नै छटपटीमा छ । नवनिर्माणको लागि यो प्रसवव्यथा हो । प्रसवव्यथामा छ युग अनि युगचेतना । तिमी अनि तिम्रा चेतना । यीनै छटपटी अनि चेतनाकै कारणबाट यी विभाजित सामाजिक मनस्थितिमा युगले निकास खोतल्दैछ वैचारिक केन्द्रीकरणको तीब्र प्रकि्रयाबाट । देख्नमा ती श्रमणहरुका संस्थाहरु १०८ छन् तर जनचासो भने बढीमा बढी मात्र ६ वटामा केन्द्रीकृत छन् ।* जब बाँडिएका यी शक्तिहरु एकीकृत हुनेछन् तब एउटा विस्फोट हुनेछ । त्यसले नयाँ युगको सूत्रपात गर्ने छ ।ू

*  येमे भो गौतम समण ब्राह्मणा संघिनो गणियो गणाचरिया त्राता यसस्सिनो तित्थकरा साधुसम्मता बहुजनस्स सेय्ँथीदं पूरणो कस्सपो मस्खली गोसालो अजितोकेसकम्बलो पकुधो कच्चायनो सन्जयो बेलट्ठीपुत्तो निगण्ठो नाथपुत्तो । … हे गौतम ! यी जो संघि गणी गणाचार्य प्रसिद्ध यशस्वी तीर्थङ्कर र वहुजनबाट मान्य छन् ती पूरण कस्यप मस्खली गोसाल अजित केस कम्बल पकुधो कच्चायन सन्जय बेलट्ठीपुत्त र निगण्ठो नाथपुत्त हुन् ।ू -भगवान् बुद्ध, पृ. ११३ ।

– ूके हजुर विश्वस्त हुनुहुन्छ कि त्यसैले हामी सबै दुःखीजनलाई मुक्ति दिन्छ ?ू
– ूएक हदमा हुन्छ । अनि दोहोर् याएर अघि भनेकै कुरा यस सन्दर्भमा भन्छु- एकैचोटी कतैबाट पनि पूर्ण सन्तुष्टि हात पर्छ भन्ने छैन । त्यो मात्रामात्रामै प्राप्त हुनसक्छ ।
तर कुरोको चुरो यो हो कि सङ्घर्षहरु अनवरत रहिरहनुपर्छ ।
-“ठीक भन्यौ प्राप्तिहरु त्यही मात्रामा हात पर्दै जानेछन् । कुनै पनि परिवर्तन वा प्राप्तिले सदासर्वदा सबैलाई उत्तिकै सन्तुष्टि दिइरहन्छ भन्ने छैन । कहीँ न कहीँ केही न केही परिष्कारका लागि ठाउँहरु रहन्छन् नै तिनमा । अनि थप सङ्घर्षहरु हुन्छन् ।”
-“अर्थात् मान्छे भन्ने जातको बौद्धिक भोक सदा बढ्दो हुन्छ । ”
-“ठीक भन्यौ त्यसैले बौद्धिक सङ्घर्ष पनि अनवरत रहिरहन्छ ।ू
– ूहे काकाहजूर ! मैले बुझेँ । अहिलेसम्मको विद्रोहको स्थापित कोसेढुङ्गा भनेका ती ६ वटा श्रमणहरुका संस्था बनेकाछन् । के ती ६ वटाका संस्थाहरु र तिनका संस्थापक आचार्यहरुका बारेमा हजुरको विचार छोटकरीमा मलाई भन्न मिल्ला ?ू
– ूहे सिद्धार्थ म कसको के सिद्धान्त छ छोटकरीमा सामान्य ढङ्गमा मेरो विचार बताउँछु सुन । एउटा सङ्घका आचार्य पूरण कश्यप छन् जो भन्दछन् कि मनुष्य बाँचुन्जेल सबै तत्व उनमा समाहित भएका हुन्छन् मरेपछि न आत्मा न शरीर केही बाँकी हुन्न । त्यसैले संसारभरकै चराचरलाई एकसाथ हत्या गरेपनि वा जस्तै ठूलो दान वा सत्कर्म गरेपनि ती कर्मको फल कसैले भोग्न पर्दैन । यो भनाइलाई उनले ‘अक्रियवाद’ भनेका छन् । दोस्रो सङ्घका आचार्य मक्खली गोसाल छन् । उनका अनुसार कुनै पनि प्रघटनामा मनुष्यको केही लाग्दैन । न परिवर्तन गर्न सक्छ न रोक्न नै । सबै नियति सङ्गति र स्वभावबाट चल्दछ । यस मतलाई उनी ‘निश्चिततावाद’ वा ‘नियतिवाद’ भन्दछन् । तेस्रो सङ्घका आचार्य अजित केस कम्बल छन् । उनी भन्दछन् कर्मको फल आत्माले भोग्न पाउँछ भन्ने सोच मूर्खता हो । न कतै स्वर्ग छ न नर्क नै । मान्छेको निर्माण दुःखको तत्वबाट बनेको छ । मान्छेले चौरासीलाख योनीमा ती दुःख भोग्नै पर्छ । तबमात्र मनुष्यले ती दुःखबाट मुक्ति पाउँदछ । यस मतलाई उनले ‘उच्छेदवाद’ भनेका छन् । चौथो सङ्घका आचार्य पकुध कात्यायन छन् उनी भन्दछन् कि प्राणीहरुको निर्माण कदाचित नष्ट नहुने सात तत्वहरु पृथ्वी जल तेज वायु सुख दुःख र आत्माबाट बनेको छ । मान्छे मरेपछि तिनै सात तत्वमा पुनः फर्कन्छ । कुनै शस्त्रले तिनको नास हुन्न । कसैले कसैको टाउको चट्ट काट्छ भने त्यसलाई ज्यान मारेको नभनी शस्त्र नै ती सात तत्वमा प्रवेश गरेको भन्नुपर्छ । आफ्नो मतलाई उनले ‘अन्यान्यवाद’ भनेका छन् । पाँचौँ सङ्घका आचार्य संजय बेलठ्ठिपुत्र छन् । उनी भन्छन् परलोक छ कि छैन मलाई थाहा छैन । म त्यो छ पनि भन्दिँन । छैन पनि भन्दिँन । खराब या राम्रो कामको फल मिल्छ भन्ने कुरा म मान्दिन । साथै मिल्दैन भन्ने कुरा पनि म मान्दिन । कोही मृत्यु पछि रहन्छ भन्ने कुरा म मान्दिन तथा रहन्न भन्ने कुरा पनि म मान्दिन । उनी यस मतलाई ‘विक्षेपवाद’ भन्दछन् । छैठौँ सङ्घका आचार्य जैन साधु निगण्ठनाथपुत्र महाबीर हुन् । उनी भन्दछन् कि आत्मालाई पूर्वजन्मका कर्मको कारणले जन्म लिनुपर्छ । अतः तपश्चर्याको कारणबाट त्यस कर्मको नास गर्नुपर्छ । खराब काम गरिनबाट रोक्नको लागि उनले चार धर्म अर्थात् चतुर्याम धर्म अपनाउन सल्लाह दिन्छन् । जस्तै ः १ िहंसा नगर्नु, २. चोरी नगर्नु, ३. झूठ नबोल्नु र ४ अपरिग्रह राख्नु र ब्रह्मचर्य व्रतको पालना गर्नु । यस मतलाई उनले ‘चातुर्यामसंवरवाद’ भनेका छन् ।ू
– ूहे काकाहजूर ! हिजो म अति विरक्त भएर उद्यानमा घुम्न निस्केको थिएँ । त्यहाँ एउटा अति सौम्य र शान्त अनुहार भएका भिक्षुलाई देखेँ । उनको त्यो शान्त र सन्तुष्ट अनुहार देख्दामात्र पनि मलाई केही पाएजस्तो अनुभूति भयो । मलाई लाग्यो संन्यास नै मेरो अन्यौलको एक मात्र औषधि हो । संन्यासको उपचार मेरो मनमा आउनेबित्तिकै ममा झनै चाचलता बढेको छ । त्यसैले म हजूरको शरणमा आएको छु । हे काकाहजूर ! म के गरुँ ?ू
– ूहे सिद्धार्थ ! जो सांसारिक प्रपाचलाई त्यागेर संन्यास लिन्छन् त्यस्ता व्यक्तिहरुको अनुहारमा त्यो शान्ति र सौम्यता मुखरित भएको हुन्छ किनभने उनमा कुनै राग बाँकी भएको हुन्न । उनको लागि चिन्ता गर्ने विषयनै रहेको हुन्न । जीवनको निस्सारतालाई उनले बुझेका हुन्छन् र त्यसैले जीवनप्रतिको मोहमा उनी दुःखी हुँदैनन् । हे पुत्र ! हिजो तिमीले उद्यानमा देखेका भिक्षु निगण्ठनाथपुत्र महाबीर सम्प्रदायका भिक्षु बप्प शाक्य हुन् । उनी यो चारमहीने वर्षामास सकिएपछि ठाउँठाउँमा घुमीघुमी जनतालाई ज्ञान बाँडने क्रममा आफ्नै जन्मभूमि आइपुगेका छन् । तिमी उनी कहाँ गएर पनि धेरै कुरा जान्न र सिक्न सक्छौ ।ू
– ूहे काकाहजूर ! हामी शाक्यहरु र महाबीरको ज्ञात्रिकगणबीच धेरै सामाजिक सांस्कृतिक वा साम्प्रदायिक समानताहरु छन् । यसै कारणले हुन सक्छ भिक्षु बप्प शाक्य** निर्गन्थी बने । यिनै कारणले हुन सक्छ म पनि उनीप्रति धेरै आकर्षित छु । साथै महामुनि महाबीरका ‘चातुर्यामसंवर’ धर्म सामान्यजनको लागि अति सरल र बोधगम्य वा व्यहारसम्मत छ । हे काकाहजूर ! मैले मेरो नवयुवाकालमै महाबीरको बारेमा केही ज्ञान पाएको थिएँ । त्यसपछि उनको धर्मको बारेमा मैले उत्ति ध्यान दिइँन । आफ्नै चिन्तनहरुमा हराइ रहेँ । तर अहिले म उनका धर्मबारेमा बढी जान्न चाहन्छु । के गरौँ ?ू

** ू बप्प शाक्य नाम का एक वयोवृद्ध शाक्य जैन था । अर्थात् बोधिसत्व के जन्म से पहले ही शाक्य देश मे जैन धर्म का प्रसार हो चुका था ।ू -भगवान् बुद्ध, पृ. ८३ ।

– ूहे सिद्धार्थ ! भिक्षु बप्प शाक्य उपल्लै कोटीका साधु मानिन्छन् उनैबाट तिमीले धेरै कुरा सिक्न र जान्न पाउने छौ । उनी केही दिन कपिलवस्तुमै बस्दैछन् । तिमी उनैकहाँ जानु ।ू

६३. सिद्धार्थलाई पुत्रप्राप्ति र अनाशक्तिको ज्वर

हे पाठकगण ! काका अमितोदनसँगको संबादबाट सिद्धार्थले मनको बोझ केही हल्का भएको महसुस गरिरहेथे । त्यसै बेला छन्दकको प्रवेश भयो । उनी खुशी देखिन्थे । उनले आफ्नो मनको कुरा हतारहतार बिसाए- ूहे सिद्धार्थ ! म हजूरको लागि अति खुशीको खबर भन्न आएको छु । केही घडीअघि यशोधरामाइबाट हजूरलाई एउटा सुन्दर छोरा प्राप्त भएको छ । पूरै दरबार यतिखेर हर्षबढाइमा मस्त छन् । हजूरका पिता माता र पुरोहित उदायीले हजूरलाई सम्´नुभएको छ । नवजात शिशुको नाल काट्ने विधिको लागि हजूर यथाशक्य छिटो पुग्नुपर्ने भएको छ ।ू

सिद्धार्थको मनको हलुङ्गोपना एकाएक गायब भयो । बादलको चपेटाबाट निस्कँदै गरेको जुनले उनीभित्रका अँधेरोपनमा केही प्रकाश दिँदै थियो । त्यसलाई पनि कालो राहुले निलि नै दिएको अनुभुति भयो । उनी मर्माहत भए । सिद्धार्थलाई पुत्रलाभले हर्ष नभएको कुरो काका अमितोदनलाई ज्ञात भयो । स्थितिलाई सम्हाल्न उनले हर्षित उल्लास पोखॆ- ूबधाई पुत्र ! अब त पिता भयौ । गृहस्थ जीवनको एउटा खुड्किलो पूरा गर् यौ । तिमी धन्य भयौ ।ू

ूके यो प्राप्तिले मेरो गृहस्थ पूरा हुन्छ ू
ूएक पद पूरा भयो । अब अरु पदको शुरुवात हुन्छ । यिनका पालन पोषण शिक्षा तथा संस्कार प्रदान आदि इत्यादि ।ू
ूहे काकाहजूर ! त्यस हिसाबले म ता ´नै भास्सिइँन र ू
ूकुन आधारमा कुरा गर्दैछौ त्यसमा फरक पर्छ । वैराग्यताको लागि मात्र यी अड्चन हुन् ।ू

सिद्धार्थ बिस्तारै उठे । आकाशतिर एकक्षण घोरिएर हेरे अनि अमितोदनसँग बिदा हुने हिसाबमा अभिवादन गर्दै बोले- ूकाका मलाई लाग्छ मेरो जुनलाई राहुले ग्रास नै गर् यो ।ू

काका उठ्दै बोले- ूपुत्र छाड यी वैरागी कुरा । हिँड म पनि दरबार जान्छु यो रमाइलो मनाउन ।ू

त्यसपछि दुबै हिँडे दरबारतिर । छन्दक र आनन्द पनि लागे पछिपछि ।

दरबारमा धूमधामको रमाइला कार्यक्रमहरु भइरहेका थिए । बाहिर आँगनमा पाचैबाजा घन्किरहेका थिए । यो खुशीको खबरले नगरबासीहरु दरबारतिर ग्वारग्वारति आउँदै थिए । आफ्ना नातागोता र गणका राजाहरु भित्र बैठकमा अघि नै आइवरी स्थान ग्रहण गरिसकका रहेछन् । महानाम र नन्द पाहुनाहरुलाई खातिर गर्दै थिए । सिद्धार्थलाई देख्नेबित्तिकै गणराजा भद्दीय उठेर अङ्कमाल गर्दै बोले- ूबधाई मित्र ! अब त पिता हुनुभयो । अब अर्को दायित्वको लागि उन्मुख हुनुभयो ।ू

अन्य गणराजाहरुले त्यसरी नै बधाई दिँदै अङ्कमाल गरे । यो क्रमले रीत पुर् याउने काममा ढिला हुनेदेखि अमात्य कालुदायीले सिद्धार्थका हात समातेर डोर् याए मण्डपको भित्रीभागतिर । अमितोदन पनि सरासर मण्डपतिरै गए । त्यहाँ नै थिए यशोधरा र नवजात शिशु ।

सिद्धार्थको अनुहार पूर्णरुपले कतै हराएको देखिन्थ्यो । उनले शिशुको अनुहार हेरे । यस्तो पनि कुनै दिन हुनसक्छ भनेर सिद्धार्थलाई विश्वास भइरहेको थिएन । निक्कै बेर टोलाए नवजात पुत्रलाई हेर्दै । थरीथरीका विचारहरु आइरहे उनका मनमा । पुत्रप्राप्तिको आशक्तिभन्दा पनि बढी एउटा व्यवधानको रुपमा आए उनका मानसपटलमा यी निर्बोध पुत्र । गल्ती त्यो शिशुको थिएन । तथापि सिद्धार्थको बाटोमा ऊ व्यवधान भयो नै । अरुका विचार र उनको विचारमा कत्रो अन्तर जुन कुरो उनको लागि व्यवधान थियो समस्त परिवार नाता कुटुम्ब अनि नागरिकहरु त्यसैमा हर्षित थिए ।

उदायीले नाल काट्ने व्यवस्था गरे । पिता शुद्धोदन तथा माता प्रजापति दुबै सिद्धार्थकै छेउमा अति हर्षित भएर बसेका थिए । नाल काटिसकेपछि उदायीले उद्घोष गरे- ूअब सूतक प्रारम्भ हुन्छ । न्वारन नभएसम्म कुनै देउकार्य पितृकार्य तथा दानदक्षिणा आदि बर्जित भयो । अनि सिद्धार्थ अब तपाईं हुनुभयो पिता र शुरु भयो तपाईंको गृहस्थी जीवन ।ू

सिद्धार्थले लामो सास फेर्दै उदायीको उद्घोषलाई मसिनो स्वरमा उत्तर दिए- ूहो साँच्चैको गृहस्थी र मेरो अभीष्टमा एउटा राहुको प्रवेश ।ू

सिद्धार्थमा भएको उदासीको कारणले उनका स्वर निक्कै दबिएको थियो । कसैले राम्ररी सुन्न सकेनन् उनले के भने । तर उनका मित्र कालुदायीले भने ती सब सुने । अनि तत्काल कुरा सच्याउन बोले- ूवाहवाह ! कत्ति राम्रो नाम- राहुल ।ू

त्यसपछि न्वारन हुनअगि नै नबजात शिशुका लागि नाम चयन भयो- राहुल ।
——-

६४. वैराग्यको ज्वर र अर्धांगिनीको सहमित

हे पाठकगण ! सिद्धार्थको मन भित्रको वैराग्यलाई पुत्रको जन्मले उजागर गरिदियो । उनलाई भरमार छटपटि हुनलाग्यो । उनी ´नै गम्भीर बने । ´नै एकान्तबासी बने । उनमा रम्यता कदाचित देखिएन । पिताले उनलाई सम्´ाउन खोजे ।

– ूकिन र पुत्र सन्तानले त सुख पो अभिवृद्धि गर्छ । तर तिमीमा किन यस्तो चिन्ता ू
– ूसबैमा एउटै स्वादको रुची हुन्छ भन्ने हुन्न पिताज्यू । कसैलाई के मन पर्छ कसैलाई के ।ू
– ूसमाजको एउटा रीति हुन्छ । स्वाद नमिले पनि रीतिसम्मत हुन सामाजको अभिमतको स्वादलाई अभीष्ट मान्नै पर्छ । संसारको रीति नै यस्तो छ ।ू
– ूत्यो रीति सदा जीवितै रहन्छ भन्ने छैन । रीतिमा व्यक्तिको स्वतन्त्रता सुरक्षित छैन भने त्यो कुरीति बन्न पुग्छ । अन्तत्वोगत्वा परिवर्तनको भागी हुन्छ ।ू

त्यसै साँ´ यशोधरासँग विवाद भयो ।
– ूहजूरले यसरी वैराग्यता देखाएर पनि होला र मातापिताको त सम्मान राख्नै पर्छ नि होइन र ?ू
– ूहो यशोधरा ! म लज्जित छु । ममा सहनशक्ति क्षीण भइरहेको छ । म असहाय छु ।ू
– ूसमस्या के हो कुमार ?ू
– ूसमस्या मेरा आफ्नै पीडा हुन् । निस्सासिँदो छ मेरा हरपल । म स्वतन्त्र हुन चाहन्छु सदा यी प्रपाचबाट । सदा खुल्ला हावामा जान लालायित छ यो मन । जब मलाई केही आशाको लक्षण प्रस्फुरित भइरहेथ्यो त्यसै बेलामा यो पुत्रको जन्म भयो । म अरु जकडिएँ । मेरा पाउमा अरु नेल लाग्यो । म त्यसैले बढी व्यथित भएको छु ।ू
– ूके हामी अर्थात् म र यो नवजात शिशु हजूरको दुःखका कारण हौँ ?ू
– ूहोइन । मेरो दुःखको कारण हो मेरो विवाहबन्धन । तपाईंसँग भेट भयो मायाप्रीति बस्यो । विछोड मलाई असह्ँ छ पीडादायक छ । थपमा पुत्रको जन्म भयो । यसले मलाई मेरा दायित्वमा अरु वृद्धि भएको छ । यसै छाडेर जान म सक्दिनँ । मलाई थाहा छ यसै क्रममा मेरा आशक्तिहरु अरु बढ्नेछन् र उसँगको विछोड् मेरा लागि अरु पीडादायक हुनेछ । तर तपाईंले भन्नुभए झैँ यी सबका कारक तपाईं वा यो बिचरो निर्वोध नवजातशिशु होइन । कारक सामाजिक बन्धन एउटा हो भने बढीमा मेरो आफ्नै तृष्णा ।ू
– ूहे कुमार ! तपाईंको मुख्य छटपटी के हो अर्धाङ्गिनी भएको नाताले के म जान्न सक्छु त्यसको मुक्तिको लागि केही मद्दत गर्न सक्छु कि ?ू
ूमेरो मुख्य छट्पटी हो संसारमा देखिएका दुःख । तर यसबाट मुक्ति पाउने तरीका के हो मलाई थाहा छैन । त्यसैले मलाई थप छटपटी दिइरहेको छ । हे यशोधरा ! म यसबारेमा धेरै चिन्तन गर्न चाहन्छु । थाहा पाउन चाहन्छु कि यी दुःख के हुन् यिनका कारक के हुन् र यिनबाट छुटकरा पाउने तरिका के हो ू
– ूके हजूरलाई लाग्छ कि यो परिवारका बन्धनबाट पार पाइएमा ती कुराको ज्ञान प्राप्त हुन्छ ।ू
– ूहो । मलाई लाग्छ ।ू
– ूहजूरलाई लाग्छ कि हजूरको प्राप्तिले संसारका मान्छेहरुलाई त्राण मिल्नेछ ।ू
– ूम पूर्ण विश्वस्त छु ।ू
– ूउसोभए म वचन दिन्छु संसारकै कल्याणलाई सम्´ेर हजूरको यो बाटोमा म कदाचित व्यवधान बन्ने छुइँन ।ू
– ूधन्य हो । तपाईं धन्य हो ।ू

६५. निर्गन्थी चतुर्यामसम्बरप्रति चाख

हे पाठकगण ! भोलिपल्ट बिहान उज्यालो हुन पाएको थिएन कि सिद्धार्थ सोझै निर्गन्थी भिक्षु    बप्प शाक्य भएको ठाउँमा पुगे । बप्प शाक्य त्यस बखत नजिकका घरबाट भिक्षा िलंदै थिए । उनले भिक्षा हातैमा एक गाँस थापे र त्यहाँ नै त्यसलाई मुखमा हालेर अर्को घरमा गए । उनले त्यसो जम्मा तीन घरमा गरे र फर्के उही पहिलेकै उद्यानमा । सिद्धार्थ पछि पछि आए । एउटा रुखमुनि गएर बप्पले चाक्रीमाक्री कसे । उनी समाधिस्थ हुने तरखरमा देखिए । सिद्धार्थले तुरुन्तै उनको सामू परेर साष्टाङ्ग दण्डवत गरे ।

सौम्यभावमा बप्पले बरदमुद्रासाथ उनको दण्डवतलाई स्वीकारे । सिद्धार्थको अनुहार दुःखले निन्याउरो थियो । बप्पले करुण भावमा प्रश्न राखे ।
– ूबालक ! किन तिमी यत्ति दुःखी ?ू
– ूमैले बाटो पाइन । मलाई मार्ग प्रश्स्त होस् ।ू
– ूतिम्रा दुःख के हुन् र कस्तो बाटोको खेजीमा छौ ?ू
– ूसंसार मैले जरा ब्याधी र मृत्युले राज गरेका दुःखै दुःखको सागर देखेँ । दुःखबाट म भाग्न चाहन्न । यसमाथि विजय पाउन चाहन्छु । म यस्तो मार्गको चाहना राख्दछु जसबाट म आफूमात्र होइन समस्त मानवजातिले नै यस भवसागरबाट मुक्ती पाउन् ।ू
– ूहे बालक ! तिमी समस्त चराचरलाई दुःखको भवसागरबाट मुक्त गर्ने महान् यान्को खोजीमा रहेछौ । आऊ भगवान् महाबीरको शरणमा । यसैबाट त्राण र यान् दुबैको प्राप्ति हुने छ ।ू
– ूहे मुनि ! म वेद यज्ञयज्ञादि कर्मकाण्ड सृष्टिकर्ता र ईश्वरको सत्तालाई नमान्ने एउटा सामान्य गृहस्थ साधक हुँ । यी सबै नमान्ने चार्वाकका भोगवादी सिद्धान्तलाई पनि मैले मानेको छैन । यी दुबै चरमपन्थीहरुको बीचबाट प्रेम र त्यागको भावनायुक्त बाटोको खोजमा म छु । त्यसैले म साङ्ख्य योग र महाबीरका चतुर्यामसम्बरप्रति आकृष्ट भएको छु । हे महामुनि म हजूरबाट चतुर्यामसम्बरका दार्शनिक पक्षबारेमा ज्ञान हासिल गर्न चाहन्छु ।ू

– ूहे बालक ! म त्यही बारेमा तिमीलाई भन्दैछु । सुन । जगत् कसैबाट निर्मित भएको होइन । यो पहिले थियो छ र हुनेछ । यसका प्रत्येक तत्व हरक्षण परिवर्तित भइरहन्छ र यी नष्ट कहिल्यै हुँदैनन् । यसका प्रमेय हुन् उत्पाद व्यय र ध्रौव्य । कुनै पनि पदार्थ चेतन होस् वा अचेतन यस नियमभन्दा पर छैन । यो नै निर्गन्थीहरुको मुख्य दर्शन हो । उत्पादनको अभिप्राय सृष्टिमा जो छ त्यो पहिलेदेखिनै भएका कुरा हुन् भन्ने हो । जो छैन तीबाट उत्पादन हुन्न । व्ययको तात्पर्य भनेको प्रत्येक पदार्थ आफ्ना पूर्वरुपबाट हरक्षण नयाँ रुपमा परिवर्तित भइरहेको हुन्छ भन्ने हो । केही नयाँ देखिन्छ भने पूर्व विद्यमान पदार्थकै परिवर्तित रुप हो । ध्रौव्यको अर्थ भनेको पदार्थको निरन्तर रुपान्तरण हो । यस प्रकि्रयाको न अवरोध छ न नास नै ।*

* संस्कृति के चार अध्याय पृ. १३३ ।

– ूसृष्टि अनादि छ जो ६ वटा अनादि तत्वहरुको रुपान्तरण हो । ती तत्वहरु हुन्- १ जीव, २ पुद्गल अर्थात् निर्जीव, ३ धर्म, ४ अधर्म, ५ आकाश, ६ काल । यिनमा पुद्गल अर्थात् निर्जीवमात्र सस्वरुप छन् र इन्द्रियहरुबाट गोचर हुन्छन् । अरु बाँकी अमूर्त वा निराकार छन् । त्यस्तै यिनमा जीवमात्र चेतनशील छन् बाँकी सबै अचेतन । महŒवपूर्ण यो छ कि त्यो जीव पुद्गलबेगर रहनै सक्तैन । पुद्गलबाट छुट्करा जीवलाई तब नै मिल्दछ जब ऊ संसारको सबै बन्धनबाट मुक्त बन्दछ । जीव र पुद्गलकै समायोजनबाट सृष्टिमा जीवन सुचारु छ । आकाश त्यो स्थान हो जहाँ सृष्टि स्थापना हुन्छ । धर्म भनेको जीव तथा पुद्गलको स्वाभाविक गति हो । यसले नै जीव तथा पुद्गललाई गति प्रदान गर्दछ । पदार्थको रुपान्तरण प्रकि्रयामा रोक लाउने गुण अधर्म हो । धर्म र अधर्मको द्वन्द्वात्मक प्रकि्रयाबाट सृष्टि गतिशील हुन्छ तथा अव्यवस्थाबाट सुव्यवस्था सम्भव हुन्छ । संसार गतिशील छ अनि परिवर्तनशील । त्यसै गति र परिवर्तनको लागि आधार हो काल । काल नै चेतनशील वा अचेतन वस्तुको जवानी प्रौढ र मृत्यु आदि दुःखका कारण हुन् । हाम्रो शरीरमा एउटा सूक्ष्म कर्म-शरीर अर्थात् आत्मा छ जो वासना वा तृष्णाबाट सुपुष्ट हुन्छ । जबसम्म वासनाबाट सूक्ष्म शरीर छुट्दैन तबसम्म जीवले मोक्ष प्राप्त गर्दैन ।

– ूत्यस्तै वासनाहरुबाट मुक्त हुने साधन हो तपश्चर्या । तपश्चर्याकै माध्यमबाट साधकहरु इन्द्रियहरुलाई वशीभूत गरी पुद्गलको बन्धनबाट छुटेर बासनाहीन बन्दछन् सुखःदुःखको स्थितिबाट माथि उठ्दछन् तथा आफूलाई समस्त वस्तुहरुबाट अलग केवलरुपको उद्वोध हुने स्थितिमा पुर् याउँदछ । जसलाई केवलिन् भनिन्छ ।

– ूहे बालक ! जीव आत्मा हो र अजीव शरीर हो यसैको मिलनबाटै संसारले स्वरुप पाएको छ । यी दुबैको मिलन अवस्था भनेको व्यक्तिको जरा व्याधि मृत्यु आदि दुःखहरुका शिकार हुने अवस्था हो । मान्छेले यो ज्ञानार्जन गर्नुपर्छ कि आत्मा र शरीर एक होइन अपितु पूर्णरुपले अलग हुन् र यिनलाई छुटाएर मोक्ष प्राप्त गर्न सकिन्छ ।ू

हे पाठकगण ! निर्गन्थी साधु बप्प शाक्यसँग सिद्धार्थले लामै कुरा गरे । भाषा उही सामाजिक तथा सांस्कृतिक परिवेश उही दुबैको सम्वाद अति सरल र सौहार्द्र ढङ्गमा बढयो । जति कुराहरु अगि बढ्दै गए उति सिद्धार्थ संन्यासतिर आकर्षित हुँदै गए । उनी स्पष्ट भए यसै मार्गको कठोर साधनाबाटै समस्त मावजातिका दुःख मोचनको लागि सही मार्ग पाइने छ । उनी यस निष्कर्षमा कठोर नै बने ।

६६. युद्धको लागि फरक मत र शान्ति प्रस्ताव

डङ ् डङ ् डङ् ॥ ! डङ ् डङ ् डङ् … !

हे पाठकगण ! केही दिन पछिको कुरा हो । एक्काशी नगरै थर्कने गरी संस्थागारको ठूलो घण्टाको आवाज घन्कियो । संस्थागार अगाडि एउटा मान्छेभन्दा अल्गो ठूलो घण्टा राखिएको थियो जसको प्रयोग सिर्फ आपत्कालीन स्थितिमा हुन्थ्यो । सम्पूर्ण नगरबासीहरु आपत्कालको संन्त्रासले थरर भए र दौडिए संस्थागारतिर ।

शुद्धोदन र सिद्धार्थ दरबारमै थिए । त्यहाँ नै कालुदायी आए तलैदेखि चिच्याउँदै- ूमहाराज !ू

शुद्धोदन र सिद्धार्थ दुवैले झयालबाट बाहिर हेरे – ूफेरि झगडा भयो रोहिणीको कुलोमा कोलियहरुसँग । झगडाको शुरुवात र ज्यादती हाम्रैतर्फबाट भयो तर प्रतिकारमा कोलियहरुले कृषिजन्य हतियार उठाएछन् । हाम्रा धेरै मान्छेका खप्पर फुटेका छन् । सबै घाइतेहरु संस्थागारमा जम्मा भएर होहल्ला मच्चाइरहेका छन् ।ू

पिता र पुत्र दुबैजना कालुदायीसँग संस्थागार गए ।

हे पाठकगण ! शाक्य गणराज्यको पूर्वपट्टी कोलियहरुको गणराज्य छ । रोहिणी नदीले यी दुई देशको सीमाको काम गर्दछ । यस नदीबाट दुबै गणले आआफ्ना बालीमा पानी पटाउने गर्दथे । वर्षेनी पानीको बाँडफाँड सम्बन्धमा दुई गणका बीचमा झै´गडा भइनै रहन्थे । तर ती सामान्य हुन्थे । यसपल्ट भने सदाको झैँ यो झगडा सामान्य रहेन । ठूलै कुटाकुटमा परिणत हुन गयो । झगडामा ढुङ्गामुढा त भए नै कृषिजन्य हातियारहरु कोदालो फाली हँसियाहरु समेत प्रयोग हुन पुगे । दुबैतर्फ धेरै घाइते भए । तर कोही पनि सामान्य वार्ताबाट झुक्नेवाला थिएनन् । यता झगडिया शाक्यहरु यत्ति क्रुद्ध थिए कि उनीहरु घर नगएर रगतपिच्छे शरीरसाथ सोझै संस्थागारमा आएका थिए । सारा नगरबासी पनि खनिए संस्थागारमै अनि लागे बजाउन आपत्कालीन बडेमानको घण्टा- डङ  डङ  डङ् … ।

शाक्यगणका सबै सभासद राजा र महाराज शुद्धोदन तत्काल संस्थागारमा उपस्थित भए । संस्थागारमा घाइतेहरुले अति उत्तेजक ढङ्गले आफ्ना पीडा र कोलियहरुको ज्यादतीको वर्णन गरे । स्थिति यहाँसम्म पुग्यो कि शाक्यगणमा अब यसरी सँधै खपेर नबसी युद्ध नै गर्नुपर्छ भन्ने मत बढ्न गयो ।

सेनापतिले उग्र भाषण दिए- ूकोलियहरुले हाम्रा मान्छेहरु विरुद्ध हतियारको प्रयोग गरे र हाम्रा मान्छेहरुलाई भाग्न करै लाग्यो । यिनीहरुले सँधै हामीमाथि यसरी नै ज्यादती गर्दै आएका छन् । हामीले सँधै कुटुम्बहरु हुन् भन्दै आँखा चिम्लेका थियौँ । तर हाम्रा यस लचकतालाई उनीहरुले कमजोरी सम्झे । अतः अब बेला आएको छ आफ्नो स्वाभिमान जोगाउने । हामी सँधै काँतर मानिएर बस्न सक्दैनौँ । हामी के हौँ भन्ने कुरा यिनीहरुलाई देखाउनै पर्छ । अब सामान्य वार्ता होइन । हतियारै उठाएर युद्ध गर्नुपर्छ ।ू

सिद्धार्थले तत्काल उत्तर दिए- ूम यस प्रस्तावको विरुद्धमा छु । युद्धले कहिल्यै कुनै पनि समस्या हल हुन्न । अनि पाइन्न हामीले खोजेको न्याय । बरु यसले समस्यालाई अरु बढाउँछ । मार्न गएपछि आफूलाई मार्नेहरु त्यहीँ भेटिन्छन् । त्यसैले मेरो प्रस्ताव छ- यसलाई बुद्धिमतापूर्ण जुक्तिले हल गर्नुपर्छ । सँगै बसेर पत्ता लगाउनुपर्छ कि वास्तविक झगडा कसरी भयो र दोषी को हो । मैले सुनेसम्म त प्रथम ज्यादतीको शुरुवात हाम्रै पक्षबाट भएको थियो । हामीले बलमिचाइ गरेकै कारणले उनीहरुले कृषिजन्य हतियार उठाएर प्रतिकार गरेका हुन् ।ू

सेनापति- ूठीकै हो हामीबाट झगडाको पहल भयो । तर बुझ्नुपर्छ पानी लिने पालो हाम्रो थियो र उनीहरुले यसमा बलमिचाइ गरेका थिए ।ू

सिद्धार्थ- ूम त्यही भन्दैछु । हामी सर्वथा निर्दोष छैनौँ । अतः मेरो सुझाव छ- यताबाट पाँचजनाको प्रतिनिधि र उताबाट पनि पाँचैजनाको प्रतिनिधि बसेर यसलाई समाधान गरौँ ।ू

धेरै सभासदहरुले सिद्धार्थका यस तर्कसङ्गत प्रस्तावलाई स्वीकारे । तर सेनापति कत्ति डगेनन् । भने- ूम विश्वस्त छु यस्तो वार्तालापले कोलियहरुलाई ठेगान लाउन सकिन्न । सँधै यो टण्टा त रहि नै रहन्छ । हाम्रा खेत बढी छन् र हामीलाई पानी बढी चाहिन्छ भन्ने कुरालाई कोलियहरु मान्यता दिन्नन् र भन्छन् नदी साझा हो र पानी आधाआधा हुनुपर्छ । यसरी कसरी हुन्छ हाम्रा खेति चाहिँ बिगि्रयोस् र उनीहरुका चाहिँ सदा हराभरा रहोस् ?ू

सेनापतिका कुरा सुनेपछि सभासदहरुका मत उनीतिरैै खनिए ।

सिद्धार्थ अझै  विरोधमै उत्रिए- ूनदी निश्चय नै साझा हो । खेत कस्को कम वा बढी छ भन्ने कुरामा यसले महŒव राख्दैन । खेत भोली नै कोलियहरुले बढी विराउन लागेमा के भन्ने सीमानास्वरुप रहेको यो प्राकृतिक सम्पदामा दुबै गणराज्यको हक बराबर छ । त्यसैले हामीले हाम्रै हकभरिको मात्र दाबी गर्न मिल्छ । मेरो प्रार्थना छ युद्ध नहवस् । कोलियहरु हाम्रा निकट सम्बन्धी हुन् । यसरी परस्पर एकअर्काको नास गर्न बुद्धिमानी हुन्न ।ू

सेनापति- ूक्षेत्रीहरुको धर्म हो आफ्नो र प्रजाको मानमर्यादाको रक्षा गर्ने । अतः लड्नै पर्छ । युद्धमा आफ्ना र पराया हुन्न ।ू

सिद्धार्थ- ूकसको धर्म के भन्ने कुरा भन्दा पनि यो मान्नुपर्छ कि बैरबाट बैर शान्त हुन्न । अबैरबाट बैरता शान्त हुन्छ ।ू

सेनापति- ूयस्ता दार्शनिक चिन्तनले यहाँ काम गर्दैन । संस्थागार कुनै धार्मिक चिन्तकहरुको सङ्घ होइन । स्पस्ट छ कि सिद्धार्थलाई मेरो प्रस्ताव मान्य छैन । म चाहन्छु सङ्घले मतदानबाटै युद्ध गर्ने नगर्ने कुराको निर्णय देवस् ।ू

हे पाठकगण ! सेनापतिका जोसिला भाषणले क्रुद्ध शाक्यहरु धेरै प्रभावित भए । अनि त ठूलो मतबाट सेनापनिको युद्ध गर्ने प्रस्ताव पारित भयो ।

६७. अन्तरंगीहरुका भावी नीति 

हे पाठकगण ! शिद्धार्थका साथीसंगीहरुमा ठूलै चिन्ता भयो । त्यसै साँझ नन्द अनुरुद्ध देवदत्त भग्ग आनन्द कूटओष्ठ र कालुदायी एकसाथ उद्यानमा जम्मा भए । उनीहरुका बीचमा त्यही कुराबारे चर्चा परिचर्चा भयो ।

आनन्द- ूसेनापति एउटा हुण्डरी सावित हुँदैछ । कोलियसँगको यो एउटा सामान्य  झिल्कोसमानको मनोमालिन्यलाई पूरै हावा दिइरहेकोछ भड्काइरहेको छ दन्काइरहेकोछ शाक्यजनको भावावेशलाई ।ू

कूटओष्ठ- ूछाडिदेऊ उनलाई शाक्यजनको भावावेश दन्काउन । अझ समस्त आर्यावर्तका महाजनपद र गणराज्यहरुलाई भड्काउँछन् भने पनि छाडिदेऊ । लाग्नदेऊ डढेलो यसै झिल्कोबाट । सर्वत्र सल्किउन डढेलो र हुनदेऊ अर्को युद्ध महाभारतको यस अन्यौलको भूमरीमा । जलाउन् सबै अन्धविश्वासका थोत्रा मूल्य ढल्दा निर्माण र विषालु अङ्कूरणहरु । नयाँ पाउला राम्रै उम्रनेछन् त्यही खरानीमाथि यथार्थ र स्वाभाविक मूल्यहरुसाथ ।ू

कालुदायी- ूरामराम सृष्टिको त्यो विनास के भनेको त्यो हे बाहुनको छोरा भएको मोरा ! ए ब्रह्मराक्षस ! अलिकति उत्तरदायी भएर बोल् ।ू

देवदत्त- ूहुन्न अराजक डढेलो लाग्न दिन । म आफू कोलिय भएको कारणले भनिरहेको होइन यो कुरा । कुनै पनि पक्षका जुनसुकै उर्जा किन नहोस् त्यसलाई व्यवस्थित गर्नुपर्छ । व्यवस्थित नियोजित अग्निदाहको व्यवस्था गर्नुपर्छ । युगले परिवर्तन चाहेको छ । त्यो कुरा आफ्नै ठाउँमा छ । आगो आखिर आगो नै हुन्छ । संयोजित गरे यसले प्राणलाई रक्षा गर्ने ताप दिन्छ । अलिकति गल्ती भए प्राणै हर्ने डढेलो हुन सक्छ । सेनापति हुण्डरी सावित हुँदैछ । त्यस शक्तिलाई नियोजनमा ल्याई सदुपयोग गर्नुपर्छ । कोलियहरु साँच्चै मात्तिएका हुन् भने पनि म वचन दिन्छु उनीहरुलाई पनि ठाउँमा ल्याउन भरमग्दुर कोशिस गर्ने छु । सदाको यो रडाकोलाई अन्त्य त गर्नै पर्छ तर सहसम´दारीमा ।ू

कालुदायी- ूहो ठीक ठीक । सर्वत्र विनासको खेल खेलेर होइन ।ू

आनन्द- ूठीकै हो । यो झिल्कोलाई दन्कन दिनहुन्न । गर्नुपर्छ उपयोग यीनैलाई सल्काऊन ज्ञानका बत्ती । होउन् उज्यालो सर्वत्र जस्तो सिद्धार्थ सोच्दछन् ।ू

नन्द- ूहो छेकौँ यो हुण्डरीलाई । बाल्दैछन् सिद्धार्थ ज्ञानका बत्ती शान्ति र सद्भावका प्रकाश छर्दै । आफैँ बलौँ पहिले त्यो बत्ती ज्ञानको । अनि सल्काऔँ हजारौँ लाखौँ बत्ती । ताप उही राप उही प्रकाश उही तर परिणाम शान्त क्लान्त र मनोरम ।ू

देवदत्त- ूतर सेनापति सल्काउँदैछन् डढेलो यो भनेर कि जो कुरा गर्छन् शान्तिको अनि त्यस शक्तिलाई शान्तिको लागि उपयोगको अर्थ लाग्दछ पानी मरुवा हुनुको ।ू

अनुरुद्ध- ूहो सेनापतिले अपगाल दिए कि सिद्धार्थ कायर छन् ।ू

कूटओष्ठ- ूतर विद्वान् हरु सोच्दछन् फरक ढङ्गले । जसरी सिद्धार्थ उभिएका छन् त्यो महाभूमरीसामू यसले जताउँछ उनमा अदम्य साहस छ । सबै संस्थागार उनीमाथि उल्टँदा पनि भएनन् कत्ति विचलित । फरक यत्ति हो कुरा गर्दैछन् उनी पुनरुद्धारको आशातीत सुनौलो भविष्यको जुन म स्पष्ट छु मात्र मृगतृष्णा हो । म सोच्दछु थोत्रा लुगा टाल्दाटाल्दा लुगालाई नै लुगा हुनुकै अर्थबाट टाढा पुर् याउँदछ । तर ऊ सोच्दछ टालटुल त्यो होइन बरु हो सिलाई सदभावको । छैन म उनको यो सिद्धान्तसँग सहमत । तथापि म भन्दिन उनको यो प्रयास कायरताबाट अभिप्रेरित छ । म त देख्छु त्यहाँ अदम्य कदरयोग्य साहस अनि शौर्य सम्मिलित ।ू

देवदत्त- ूउसोभए के त भोलि त समस्त शाक्यगणका युवाहरुलाई सेनामा भर्ती हुनुपर्ने प्रस्ताव आउँदैछ । के त्यसको प्रतिकार गर्नुहुन्छ तपाईंहरु के तपाईंका प्रतिकारलाई कायरता मान्दैनन् प्रतिपक्षीहरुले ?ू

कूटओष्ठ- ूकसरी मानिन्छ आफ्ना भनाइ भन्ने हो । आफ्ना कुरा राख्न सबैलाई अधिकार छ । भनिएन भने त्यो आवाजको हत्या भएको हुने छ । त्यो सोचको मर्दन भएको मानिनेछ । भनिएन भने नै हामी कायर भएका हुनेछौँ । आफ्ना कुरा आफ्नै गणमा भन्न नसक्नेले के युद्धभूमिमा हतियार उठाउला अतः आफ्ना भनाइ भन्नैमा साहस भएको प्रमाणित हुन्छ- म भन्छु । आफ्ना कुरा हामी भन्छौँ नै । यसो हुँदा पनि बहुमत जता छ हामीले त्यसको कदर त गर्नैपर्छ । हामी कायर हौँ वा होइनौँ भन्ने कुरा त युद्धभूमिमै देखिन्छ ।ू

६८. बहुमतको युद्धको निर्णय नमान्दा संन्यासको आवरणमा देशनिष्काशन

हे पाठकगण ! आषाढ पूर्णिमाको दिन थियो । यो दिन त शाक्यगणका राजा महाराजा साना ठूला स्त्री पुरुष सबैजन खेतखेतमा गएर हिलेजात्राको अनेक रमाइला गर्दथे । तर यसपालिको हिलेजात्रा त खत्तमै भयो । राजा महाराजा तथा उच्च वर्गका कुलीनहरु र गणका युवाहरु सबै संस्थागारमा भेला भएका थिए । बाँकीहरुलाई पनि युद्धमा जानुपर्ने मानसिकताले त्यो जात्राको रौस हुँदै भएन । सिर्फ केही ससाना केटाकेटीहरु र वृद्धजनले सामान्यरुपमा रीतिमात्र चलाए ।

यता संस्थागारमा राजा महाराजा र सङ्घका सभासदहरु खचाखच जम्मा थिए । महाराज शुद्धोदनको अनुमोदनमा सेनापतिले सभासाचालन गरे- ूहे शाक्य सभासद ! कोलियसँग हुने युद्धको लागि शाक्य युवाहरुलाई अनिवार्य रुपमा सेनामा भर्ती हुन म प्रस्तावत राख्दछु । आशा छ मेरा प्रस्ताव सर्वसम्मतले पारित हुने छ ।ू

सिद्धार्थ प्रतिकारमा उभिए- ूम यस प्रस्तावसँग पूर्ण असहमत छु ।ू

राजा भद्दीयले पनि आफ्नो मत दिए- ूम पनि असहमत छु ।ू

हे पाठकगण ! उनका अरु साथीहरुले पनि असहमति प्रकट गरे । तर समष्टिमा बहुमत युद्धकै पक्षमा देखिए ।

सेनापतिले अल्पमतकाहरुलाई सोधे- ूबहुमत युद्धको पक्षमा छ । के अल्पमत पक्ष बहुमतको निर्णयलाई मान्दछ ?ू

राजा भद्दीय उठेर बोले- ूयुद्ध गलत हो भन्ने जान्दाजान्दै पनि म बहुमतको निर्णयलाई शिरोधार्य गर्दछु ।ू

त्यसपछि हे पाठकगण ! अन्य अल्पमतका अरुहरुले पनि शिरोधार्यको मत दिए । तर सिद्धार्थ टसमस भएनन् । उनले केही बोलेनन् पनि ।

सेनापति- ूयुद्धको पक्षमा भारी बहुमत भएको छ । युद्धको लागि सबै युवाहरुलाई अब अनिवार्य सैनिकमा भर्ती हुन म आह्वान गर्दछु ।ू

सिद्धार्थ बोले- ूहे सभासदजन ! तपाईंका साथमा स्पष्ट बहुमत छ । अतः तपाईंहरु जे चाहनुहुन्छ गर्नसक्नुहुन्छ । तर म अनिवार्य सैनिक भर्तीको विरोधमा छु । र म यसमा सामेल हुन्न ।ू

सेनापतिसँग सवाल जवाफ शुरु भयो ।

– ूतपाईंले सङ्घको सदस्याता लिँदा के शपथ ग्रहण गर्नुभएथ्यो सम्झना छ ?ू
– ूमैले शाक्यजनको हितमा सदासर्वदा तत्पर रहने र त्यसको लागि ज्यान दिने शपथ लिएको हुँ । म देख्दछु शाक्यको हित युद्ध नगर्नमा छ । अतः ज्यान दिएर भए पनि म यसैमा कटिवद्ध छु ।ू
– ूतपाईं बहुमतको विरुद्ध जानुहुन्छ भने तपाईंलाई के सजाय हुन सक्छ तपाईंलाई थाहा छ होइन ?ू
– ूछ मलाई फाँसी वा देश निकालाको सजाय हुन्छ वा मेरा परिवारलाई सामाजिक बहिष्कार हुन सक्छ । मेरो सम्पूर्ण सभासदमा निवेदन छ कि यो मेरो एक्लैको सङ्घर्ष हो । अतः सजायको भागी म एक्लै हुनेछु । मेरा परिवारलाई बहिष्कार नगरियोस् । बाँकी कुनै पनि सजायलाई म शिरोधार्य गर्दछु ।ू

सेनापति- ूम सभासदमा प्रश्न राख्दछु- सिद्धार्थलाई के सजाय हुन सक्छ ? ू

गणराजा दण्डपाणी- ूशाक्यहरुलाई मृत्युदण्ड दिने अधिकार कोसलदरबारले दिएको छैन । कोसलदरबारको अनुमतिबेगर मृत्युदण्ड दिइएमा उनीहरुको मर्यादालाई हनन गरेको अभियोगमा सम्पूर्ण शाक्यगण नै कोपभाजनमा पर्नसक्ने छ । कोसलदरबारमा स्वीकृतिको लागि प्रस्ताव पठाइयो भने पनि यो पक्कै छ सिद्धार्थ प्रसेनजीतका साथी तथा कुटुम्ब भएका कारणले फाँसी सजायलाई स्वीकृति मिल्ने छैन ।ू

सेनापति- ूके उसोभए देश निकाला नै गर्ने हो । बाँकी विकल्प त त्यही मात्र न छ ?ू

कूटओष्ठ- ूयसमा कुनै शङ्का छैन कि सिद्धार्थ आफ्ना गणकै हितलाई सोचेर युद्ध गर्न चाहँदैनन् । त्यस्तो मत हाम्रो पनि हो । तर यहाँ एउटा अहम प्रश्न खडा भएको छ । सिद्धार्थलाई देशै निकाला गर्दा पनि कोसलसम्राट् प्रसेनजीतलाई थाहा भइहाल्छ । अनि उनी चूप लागेर बस्ने छैनन् त्यसैले गणको हित भनेको सिद्धार्थ सैनिकमा भर्ती हुनुमै छ । त्यसैले आशा छ सिद्धार्थ यो कुराको गहनतालाई बुझेर सेनामा भर्ती हुनेछन् ।ू

सिद्धार्थ- ूम दृढ छु- म कुनै पनि हालतमा सैनिक बनी युद्ध गर्न जान्न । देश निकाला पनि एउटा समस्या हुन सक्छ भने म स्वयं प्रब्राजक बनेर देश छाडेर जान्छु ।ू *

* सामान्यतः सिद्धार्थको प्रब्रज्याको कारण जरा व्याधी र मत्युको प्रथम प्र त्यक्ष्यीकरणलाई मान्ने गरिएको छ । सिद्धार्थजस्तो महान् अध्ययनशील महात्माले त्यो उमेरसम्म जरा व्याधी र मत्यु पहिलोपल्ट देखे भन्ने कुरा युक्तिसंगत देखिन्न । त्यसैले अत्तदण्डसुत्तकै प्रमाण अनुरुप मैले यसमा सिद्धार्थका प्रब्रज्याको कारण देखाएको हुँ । अम्बडेकरले पनि यही कारण देखाएका छन् । – लेखक ‘अत्तदण्डा भयं जातं जनंपस्सथ मेधकं । संवेगं कित्तयिस्सामि यथा संविजितं मया ॥ १ ॥ फन्दामानं पजं दिस्वा मच्छे अपोदके यथा । अाजाेहि व्यारुद्धे दिस्वा मं भयभाविसि ॥ २ ॥ समन्तमसरो लोको दिसा सब्बा समेरिता । इच्छं भवनमत्तनो नाद्दसािसं अनोसितं । ओसाने त्वेव व्यारुद्धे दिस्वा में अरती अह ॥ ३ ॥’
‘१ शस्त्र धारण भयावह लाग्यो । जनताहरु कसरी एकाअर्कामा लड्दछन् हेर त । यसैले मलाई संवेग उत्पन्न भयो म भन्दैछु । २ अपर्याप्त पानीमा जसरी माछाहरु छटपटाउँछन् त्यसरी एकाअर्कामा विरोध गर्दै छटपटाइरहेका छन् । यसले मलाई अन्तस्करणमा डर उत्पन्न भयो । ३ चारैतर्फ संसार असार देखेँ सबै दिशा कम्पयमान देखेँ कहीँ डर नभएको ठाउँ देखिनँ । सबै जनता एकाअर्कामा विरुद्ध देखेपछि मलाई वाक्क लाग्यो ॥३ ॥ ‘ अत्तदण्डसुत्त -भगवान् बुद्ध पृ। ८४ ।
‘संबाधोऽयं घराबासो रजस्सायतनं इति ॥ अब्भोकासो च पबज्जा इति दिस्वान पब्बजि ॥’
‘गृहस्थाश्रम त अडचनहरु र कुडाकरकटकै ठाउँ हो । तथा प्रव्रज्य भनेको खुला हावा हो । यही जानेरै म प्रब्राजक बनेको हुँ ।’ -ऐ. पृ. ८५ ।

कूटओष्ठ- ूहे सभासद ! सिद्धार्थ एउटा सिद्धान्तमा बसेर कुरा गरिरहेछन् र उनी त्यसबाट ढलमल गर्ने व्यक्ति पनि होइनन् । अतः मलाई लाग्छ उनलाई प्रब्राजक बनेर स्वयं देश छाडेर जान दिनु नै उत्तम उपाय हो । यसमा कोसलसम्राट्लाई कुनै आपत्ति हुने छैन किनभने स्वेच्छाको प्रब्रज्या कानुनको घेराभन्दा बाहिरको कुरा हो ।ू

सेनापति- ूसिद्धार्थलाई चेपोमा पारेर देश निकालिएको भन्ने अर्थ त लाग्दैन ?ू

कूटओष्ठ- ूलाग्दैन । किनभने प्रसेनजीत राम्ररी जान्दछन् कि सिद्धार्थ आवरणमा गृहस्थ देखिए पनि मनको वैरागी श्रमण हुन् ।ू

सेनापति- ूअझै मेरो अनुरोध छ सिद्धार्थलाई- आउनुहोस् युद्ध गरौँ । प्रब्रज्या पनि त्यति सजिलो छैन । तपाईंका बाआमाले स्वीकृति दिन्छन् भन्ने छैन र भर्खरै तपाईंलाई पुत्र पाप्त भएको छ । अझै तपाईंका गृहस्थीमा बोझ थपिएको छ ।ू

सिद्धार्थ- ूम दृढ भएर भन्छु । म कुनै पनि हालतमा युद्धमा सामेल हुन्न । रह्यो कुरा मेरा परिवारको स्वीकृतिको । म बचन दिन्छु । सबैबाट स्वीकृति लिन्छु । स्वीकृति पाइन भने पनि मर्यादालाई नै भङ्ग गरेर म स्वयं देश छाडिदिन्छु ।ू

हे पाठकगण ! सङ्घका समस्त सदस्यलाई सिद्धार्थको प्रब्रज्याको निर्णय मन परिरहेको थिएन । सामान्यरुपमा सैनिक बनिदिएको भए कत्ति सजिलो हुने थियॊ यसरी सिद्धार्थलाई माया गर्ने मान्छेहरु समेत उनैसँग असन्तुष्ट भए । अर्को कुनै बाटो नभएको कारणले अमिलो मनसाथ सिद्धार्थलाई प्रब्राजक भई देश छाडेर जानुपर्ने कुरामै सबैले सहमति दिए ।

अन्त्यमा सिद्धार्थ बोले- ूहे सभासद ! म त जाँदै नै छु । म गइसकेपछि केही समयसम्मको लागि युद्ध स्थगित रहोस् । नत्र कोसलसम्राट्ले मेरो प्रब्रज्यालाई एउटा देशनिकाला नै हो भन्ने कुरा बुझ्नेछन् ।ू

सबैलाई यो कुरा ठीक लाग्यो । दुःखी मनले सबैले सम्मति दिए ।

संस्थागारको सभा टुङ्गियो । सबै बाहिर निस्किए तर शुद्धोदन त्यहाँ नै टाउको समातेर रहे । पिता शुद्धोदनलाई त्यहीँ छाडेर सिद्धार्थ बाहिर निस्कन सकेनन् । पिता पुत्र त्यहाँ त्यसरी अडिएका देखी धेरै अरु पनि अडिए । तर अमितोदनले अडिन खोज्ने सबैलाई इशाराद्वारा पितापुत्रलाई एकान्त दिन आग्रह गरे ।

सिद्धार्थ पितातिर गए । पिता पुत्रका आँखा चार भए । वृद्धिपताका आँखा आँशुले पूरै भरिएका थिए । सिद्धार्थका आँखामा भने चहकिलो दृढता थियो । उनले पिताको हात समाते र संस्थागरबाट बाहिर ल्याए । त्यहाँ पिता र पुत्र दुबैका घोडाहरु तयार थिए । उनीहरु सरासर दरबारतिर लागे ।

दरबारको ढोकामै शुद्धोदनको भक्कानो फुटयो । उनले रुँदै भने- ूयुद्धको दुष्परिणामबारे कसलाई चिन्ता थिएन तर पुत्र ! तिमी यत्तिसम्म अगाडि बढ्छौ भन्ने मैले कदाचित आंकलन गरॆको थिइँन ।ू

सिद्धार्थले पितालाई सम्झाउने हिसाबमा भने- ूहे पिताजी ! मैले पनि यत्तिसम्म होला भन्ने कहिल्यै सोचिँन । शाक्यहरु शान्तिपि्रय छन् । उनीहरुले शान्तिकै लागि मत देलान् भनेको त्यो भएन । म अति दुःखी छु । सेनापतिले सभासदहरुलाई यत्ति उत्तेजित बनाए कि मेरो कुराको कुनै असर भएन । तर म सत्य र न्यायको लागि लडेको थिएँ । त्यसैले यसको लागि जे सजाय मेरा गणले मलाई दिन्छ मैले खप्ने निर्णय लिएको हुँ । यसमा पिताजी हजूरको ठूलो सहयोग चाहिन्छ । हजूरको सहयोगबेगर मैले माता तथा यशोधराबाट प्रब्रज्याको स्वीकृति पक्कै पाउने छुइँन ।ू

६९. अर्धांगिनीद्वारा संन्यासको स्वीकृति 

हे पाठकगण ! नन्दले दरबार आएर संस्थागारमा के भयो माता प्रजापति र भाउजु यशोधरालाई सबै कुरा सबिस्तार सुनाए । प्रजापतिलाई खप्नु भएन । बाबु छोरा दरबार आउँदा तिनी ढोकामै पर्खेर रोइरहेकी थिइन् । शुद्धोदनले तिनको अवस्था देखेर भक्कानो फुटाए । मातापिता दुवैको रुवाइ झनै बढ्यो । ढोकामै ढल्लाझैँ भयो । सिद्धार्थ र नन्द दुवैले मातापितालाई दुबैलाई सहारा दिँदै भित्र बैठकमा लगे ।

प्रजापति- ूपुत्र तिमी हामीलाई कसरी छोडेर जान सक्छौ तिमीबेगर हामी कसरी बाँच्ने ?ू

सिद्धार्थ- ूहे माता ! के भन्नुभाको एउट क्षत्राणीले यस्तो भन्न सुहाउला र यदि म युद्धभूमिमा गएर मरेको भएचाहिँ के गर्नुहुन्थ्यो ?ू

प्रजापति- ूयुद्धमा गएर शहादत पाउँदा त म मान्थेँ- त्यो क्षत्रिययोग्य हुन्थ्यो । तर यो त बनबासै भयो । मेरो मनले कसरी मान्छ हामी पनि तिमीसाथै जान्छौँ । चाहिएन हामीलाई यो तिमीबेगरको सुखसयल र राजपाट ।ू

सिद्धार्थ- ूकसरी यो सम्भव हुन्छ । शाक्यहरुले पिताज्यूलाई यत्रो भरोसाका साथ महाराजाको पदमा राखेका छन् । अनि राहुलको त भरखरै जन्म मात्र भएको छ के हजूर उनलाई छोडेर साथमा जान सक्नहुन्छ ?ू

प्रजापति- ूके भो त हामी सबै शाक्यगणको सरहद छोडेर बाहिर बस्न जान्छौँ । कमसेकम सँगै त हुन्छौँ ।ू

सिद्धार्थ- ूतर आमा यो त देशद्रोह नै हुन्न र मैले मेरो प्रब्रज्याको यथार्थ कारण कोसलसम्राट्लाई थाहा दिने छुइँन भनी बचन दिएको छु । यदि प्रब्रज्या नलिई सामान्यजनसरह हजूरहरुसाथ म रहन लागेँ भने यो कुरो खुलिहाल्छ । त्यसैले मैले जतिसक्यो चाँडो प्रब्रज्या लिएर बिदेशिई हाल्नुपर्छ ।ू

शुद्धोदन- ूतिमीलाई प्रब्रज्या लिन किन हतार गर्नुपर् यो त । केही समय त सङ्घले युद्ध रोक्ने नै भएको छ । केही समय पर्खदा यो युद्ध नै सँधैको लागि रोकिने हो कि त्यसो भयो भने प्रब्रज्या लिनै पर्दैन ।ू

सिद्धार्थ- ूयो केही समयको युद्धस्थगन पनि मेरो प्रब्रज्याको पछिको लागि मात्र हो । त्यसकारण मैले आफ्नोतर्फको दायित्व निभाउँनै पर्छ । प्रब्रज्यालाई ढिला गरेँ भने मेरो नियतमा खोट लगाउने ठाउँ रहन्छ । मलाई बेइमान भनेको हजूरहरुलाई राम्रो लाग्ला र ?ू

दुबै मातापिता अवाक भए । उनीहरुका रुवाइ झनै चर्को भयो । सिद्धार्थ सरासर आफ्नो खोपीमा गए । त्यहाँ यशोधरा उनैलाई पर्खेर बसिरहेकी थिइन् । सिद्धार्थको मुखबाट एकै शब्द निस्केन ।

यशोधरा आफैँ बोलिन्- ूहे कुमार ! आज संस्थागारमा जे भयो त्योबारेमा मैले सबै सुनिसकेको छु । अतः हजूरलाई जे भन्न मन लाग्छ सरासर भने हुन्छ ।ू

सिद्धार्थ हतप्रभ भए । उनका प्रब्रज्याको निर्णय सुन्दा तिनी मूर्छा नै पर्छिन् होली भन्ने उनले सोचेका थिए । तर त्यसो भएन । उनी बोल्नै सकेनन् । यशोधरा आफैँ बोल्न लागिन्- ूहजूरको ठाउँमा म भए पनि गर्ने कुरै त्यही थियो । म पनि कोलियविरुद्ध लड्ने थिइन । अतः मान्नुहोस् त्यो प्रब्रज्याको निर्णय हजूरको मात्र थिएन मेरो पनि हो । मान्नुहोस् राहुल थिएन भने म पनि सँगै प्रब्रजित हुन्थेँ । तर उनको पालनपोषण गर्नुपर्ने भएकोले यस्तो गर्न म नसक्ने भएँ । हे कुमार ! मातापिता निश्चयनै ज्यादै शोकसन्तप्त हुनुहुन्छ । तथापि चिन्ता नलिनुहोला म उहाँहरुलाई पनि सक्दो सह्यार सुसार गर्नेछु । हे सिद्धार्थ ! मैले हजूरको प्रब्रज्याको निर्णय पक्का छ भनी यति आफैँ बोलेँ । हजूरले आफ्नो निर्णय त बदल्नुभएको छैन होइन मलाई भन्नुहोस् ।ू

सिद्धार्थ- ूहे यशोधरा ! म कसरी आफ्नो निर्णय बदल्न सक्छु म आफ्ना निर्णय बदलिरहेको छु र त्यसको लागि खुट्टा कमाइरहेको हुन्छु भने मैले त समस्त शाक्यगणको नाम माटोमा मिलाई रहेको हुनेछु । वचनबद्धता शाक्यगणको एउटा क्षत्रिय गर्वको विषय हो । म यसबाट हटेको छैन । हे यशोधरा ! म त तपाईंको यो बहादुरीबाट धेरै प्रभावित भएँ र मेरो मुखबाट शब्दै निस्किएनन् । तपाईंमा सदा म गुरुत्वको आभास पाउँदछु । तपाईंको यो गुणको लागि म प्रणाम गर्दछु । अनि हे यशोधरा ! शाक्यगणका महाराजा शुद्धोदन तथा माता महारानी प्रजापति गौतमीका पुत्र म सिद्धार्थ गौतम आफ्नी अर्धांगिनी पत्नीसँग प्रब्रज्याको लागि सहमति माग्दछु ।ू

यशोधराको मनमा भित्रभित्रै भक्कानो फुटयो । तर सम्हालिएर तिनी बोलिन् – ूहे कुमार ! हजूरले प्रब्रज्या लिएकै क्षणदेखि हजूर कुनै समाज वा परिवारका सदस्य रहनुहुने छैन । त्यसैले हजूर र मेरो पतिपत्नीको नाता टुट्नभन्दा अगाडि पत्नीको हैसियतले म भन्दछु- हे बीर ! हजूरको प्रब्रज्या कुनै सामान्य व्यक्तिको प्रब्रज्यासरह पक्कै हुने छैन । जुन कारणले हजूर प्रब्रज्या लिँदै हुनुहुन्छ त्यो आफैँमा सानो कारण छँदैछैन । त्यसैकारणले पनि हजूरको प्रब्रज्या सामान्य अवश्यै होइन । प्रब्रज्यापछि हजूर सामान्य श्रमणसरह पक्कै भिक्षापात्र हातमा लिएर भिक्षा लिने अनि आश्रममा गएर खाएर सुत्नेमात्र गर्नुहुने छैन । हामीले हजूरबाट ठूलै कुराको आशा राखेका छौँ । अतः यस्तो क्षणमा म हजूरलाई आँशुले बाटो रोक्न चाहन्न । हजूर पनि यता किन्चित दृष्टि नदिई आफ्ना उद्देश्यमा तत्काल लाग्नुहोस् । हामी समस्त शाक्यगणको शुभकामना छ ।ू

हे पाठकगण ! यशोधराको स्वीकृतिबाट सिद्धार्थ अति खुशी भए र तत्काल दरबार छोडेर भारद्वाजको आश्रममा प्रब्रज्या लिने कार्यक्रममा लागे । छन्दकले घोडा पनि छाँदेर ठीक पारे । त्यसै बेलामा शुद्धोदन उदायी र कालुदायीले कोठामा प्रवेश गरे ।

उदायी- ूहे सिद्धार्थ ! अहिले सूतकको जुठो छ । यसलाई नचोख्याई प्रब्रज्या लिन अशुभ हुन्छ । तपाईंले यो विधि नसकिएसम्म पर्खनुपर्ने हुन्छ ।ू

७०. संन्यास रोक्न गणिकाहरुको प्रयोग 

हे पाठकगण ! त्यसै दिन राहुलको न्वारन विधिबाट सूतक चोख्याउने कार्यक्रम बन्यो । वास्तवमा पिता शुद्धोदनले सिद्धार्थलाई संन्यासको घोषणा बदर गराउन भरमग्दुर कोशिस गर्दा पनि केही नलागेकोले राहुलको न्वारनलाई उपयोग गर्दा केही सहयोग मिल्छ कि भनी यस्तो योजना गरेका थिए । त्यसदिन उनले न्वारनकै उपलक्षमा नाचगान तथा खानपीनको व्यवस्था पनि गरे जसमा उदायीको सहयोगबाट टाढाटाढादेखि नामूद गणिकाहरु ि´काइए तथा मद्य मांस र मत्स्यको भरपूर व्यवस्था गरियो । उदायी स्वयंले ती गणिकाहरुलाई धेरै पारितोषिकको लोभ देखाई पाँचैवटा ‘म’कारहरु मद्य, मांस, मत्स्य, मुद्रा र मैथुनको भरमार प्रयोग गरी कुमारलाई सांसारिक लिप्सामा निर्लिप्त गराउन प्रेरित गरे ।

दरबारमा धेरै भीड पनि गरिएन । सूतकको जुठो चोख्याउन दाजुभाइका परिवारका जोजो आएका थिए ती सबै अबेलासम्म बसेनन् । अनि कार्यक्रम नै पनि अन्तपुरमा गरियो जहाँ बाहिरका मान्छेहरु हम्मेसी जाँदैनथे । यशोधरा सुत्केरी भएकीले खोपीमै नवजात शिशुसाथ आराम गरिरहेकी थिइन् । अन्तपुरको होहल्लामा उनलाई मिल्दो वातावरण पनि थिएन । त्यसमाथि पनि शुद्धोदनले जानीजानी यो कार्यक्रम सिर्फ सिद्धार्थकै लागिमात्र आयोजना गरेका थिए । यशोधरालाई यो तरिकाले सिद्धार्थको मन परिवर्तन हुनेछैन भन्ने स्पस्टै थियो । तथापि गरिहालुन् प्रयत्न बूढाले भनी तिनी थाहा नपाएको अभिनय गर्दै रहिन् ।

दशवटी सुन्दर गणिकाहरु थिए त्यहाँ । मै हुँ भन्ने योगीहरुलाई समेत ढाल्ने ती गणिकाहरुमा जवान सिद्धार्थलाई ढाल्न कत्तिबेर पनि लाग्ने छैन भन्ने घमण्ड थियो । अगाडि थरीथरीका मासु माछा र मादक पेयपदार्थ भरमार थिए । सिद्धार्थलाई खुवाउने नखरामा उनीहरु आफैँ पनि खाँदै थिए । धेरैजना थिए त्यहाँ । प्रत्येकको मनमा यही थियो- सिद्धार्थलाई अरुहरुले फसाउने काम गर्दैछन् आफू किन गम्भीर भइराख्न पर् यो यसरी हरेक युवती आआफ्नै सुरमा भए । कसैले गम्भीर दायित्व लिएनन् । सिद्धार्थले खाए वा खाएनन् उनीहरुलाई होसै भएन । पाँचमध्ये तीनवटा ‘म’कार अर्थात माछा मासु र मदिराको भरमार उपयोग भयो । तरुणीहरु आफू मस्त थिए । खाए रमाए हिल्लिए अनि मत्त भए ।

रात गहिरिँदै गयो । सिद्धार्थ एकमात्र पुरुष अनि बाँकी सबका सब स्त्री । जरा व्याधि र मृत्युको शिकार यो जोवन जीवन र शरीरका धनी अज्ञानी गणिकाहरुप्रति उनलाई अति दया लाग्यो – बाँच्नु छ जसरी पनि । मर्न यसै नसकिने । अनि बाँच्नको लागि पेशा केही त अपनाउनै पर् यो । कति विवश छ जिन्दगी व्यहोर्छन् अनेक यातना जीवनयापनको लागि मान्छेहरु ।

सिद्धार्थको लागि यो वतावरण नयाँ थियो । उनलाई भुलाउन रचित यो जाल उल्टै उनैलाई अध्ययनको विषय भयो । मत्त भइसकेका गणिकाहरुमा धेरै पछिमात्र ज्ञात भयो- उनीहरुले सिद्धार्थलाई अझै झुकाउन सकेका छैनन् र उल्टै उनीहरु सिद्धार्थबाट हार्दैछन् । उनीहरुमा एक किसिमको हारेका मनस्थितिले उत्तेजना दियो । जसरी पनि जित्नु भन्ने आदेश त थियो नै पुरोहित उदायीका । त्यसैले झरे उनीहरु निकृष्टतम कृयाकलापहरुमा । त्यसैपनि कलात्मक भावभङ्गीयुक्त मुद्राहरुले काम गरिरहेका थिएनन् अतः उनीहरुले सिद्धार्थलाई मैथुनतर्फ उत्तेजित गर्न जथाभावी जे मन लाग्छ त्यो गर्न लागे ।

रात ढल्दै गयो । गणिकाहरुका चालामाला घीनलाग्दा हिसाबमा अश्लील हुन लागे । उनीहरुलाई कसैको रोकथाम थिएन । उनीहरुले जे मन लाग्यो त्यो गर्नु गरे । तर पनि सिद्धार्थ पग्लेनन् । कुनै पनि मुद्राले काम नगरेको देखेपछि उनीहरुले आफ्ना कपडा नै फाले अनि नाङ्गा अङ्गहरुको वीभत्स प्रस्तुति गरे । त्यसले सिद्धार्थमा झनै विकर्षण पैदा भयो । उनलाई अझै ज्यूकात्यूँ रहेका देखी गणिकाहरुले स्त्रीस्त्रीमा नै रतिकि्रडाका नङ्गा प्रदर्शन गरे । सिद्धार्थ त्यो वीभत्सता ट्वाँ परेर हेर्दै रहे । तरुणीहरुका धैर्यता अब टुटे । उनीहरुले सिद्धार्थका जीउमै हात हाले अनि अङ्गप्रत्येङ्गमा अश्लील औँलाहरुले छेडखानी गरे । सिद्धार्थमा विकर्षण अरु बढे । गणिकाहरुलाई हारेको मनस्थिति र रक्सीको मादकताले अरु उक्सायो । उनीहरुले अब सिद्धार्थको शरीरबाटै लुगाहरु खोलेर त्यो नाङ्गो शरीरमाथि अनेक ज्यादति गर्न लागे । सिद्धार्थले गणिकाहरुको यस ज्यदतिपूर्ण क्रियाकलाप्रति कत्ति प्रतिक्रिया देखाएनन् । बरु असह्य भएपछि पलेँटी कसेर ध्यानस्थ भइदिए । उत्ताउली एउटी नाङ्गी गणिका सिद्धार्थका काखमा घोडा चढेर बसिन् र छातीमा छाति जोडेर अङ्कमाल गर्दै दुबै खुट्टाहरुले उनका कम्मरलाई टम्म बाँधेर निश्चल रहिन् । नाङ्गा जोडिमा पुरुष ध्यानस्थ अनि स्त्री दुबै खुट्टाहरुले कम्मरमा टयाम्म कसेर रहेका यो स्थितिले देखायो मानौँ एउटा योगपुरुष मुद्रालाई काखमा राखी त्यसको रागबाट मुक्त हुँदै योगरत ध्यानस्थ छन् ।

बाँकी गणिकाहरु हतप्रभ भए । उनीहरुको मुखबाट एकै शब्द निस्किएन । सबै यसै पनि थाकिसकेका थिए । एकएक गर्दै छेउ लागे गहकिला अभिवादनसाथ । यो अभिवादन जे होस् गाणिकीय थिएनन् व्यापारिक थिएनन् थियो एक सत्पुरुष माथि पूर्णरुपको भक्तिभावको ।

पिता शुद्धोदनको त्यस व्यवस्थापन सिद्धार्थको लागि एउटा योगसाधनाको साधन सावित भयो । योगीहरुले गर्ने पाच ‘म’ कार अर्थात मद्य मांस मत्स्य मुद्रा र मैथुनको साधनाको उनले पूर्ण रुपले उपयोग गरे । कुनै पनि ‘म’कारबाट उनी हारेनन् । कुनै पनि ‘म’ कारमा उनी चुकेनन् । मद्य, मांस, मत्स्य, मुद्रा र मैथुन कुनै पनि उनको बाटोमा व्यवधान बनेनन् । सबैमा उनले विजय प्राप्त गरे ।

सिद्धार्थ अझै  ध्यानस्थ थिए । काखमा बस्ने नग्न युवती पूरै मातेकी थिइन् । केही छिन्मा त्यस मत्त युवती नै निन्द्राको फेला परिन् । काखैमा तिनी निदाइन् अनि छुटयो तिनको आलिङ्गन् । एउटा झट्का भयो सिद्धार्थलाई जसले उनको ध्यानलाई नै भङ्ग गरिदियो । सिद्धार्थले आँखा खोलेर वरपर हेरे । सबै नाङ्गा तरुनीहरु यत्रतत्र वीभत्सरुपमा जिउ छाडेर पसारिएका थिए । उनले बिस्तारै आफूमाथि चढेर निदाइरहेकी नाङ्गी तरुनीलाई पन्छाए । अनि उठे शान्त र क्लान्त मनसाथ । यस वातावरणलाई राम्ररी अवलोकन गरे अनि यहीँबाट निश्चय गरे कि उनले यत्तिखेरैबाट प्रब्रज्या लिनेछन् । आफूलाई जागरण दिने यस वातावरणलाई उनले सभक्ति नमस्कार गरे । अनि आफ्ना लुगा लगाउँदै लागे खोपीतिर ।

७१. महाभिनष्क्रमणका अस्वीकृत पाइला

हे पाठकगण ! यशोधरा पनि यतिखेरसम्म निदाएकी थिइनन् । पतिको महान् अभिनिष्क्रमण कुनै पनि बेलामा हुन सक्छ भन्ने तिनले लख काटिसकेकी थिइन् । तिनलाई थाहा थियो पिताका कुनै पनि अडचनको व्यवस्थापनले सिद्धार्थलाई विचलित बनाउन सक्ने छैन । बरु भड्काउने छ । तिनको हिसाबमा सिद्धार्थ दृढताका पहाड हुन् र उनी किंचित टसमस हुन्नन् । त्यसैले बरु तिनले सिद्धार्थको लागि सुगम हुने व्यवस्था कसैले थाहै नदिई गरिसकेकी थिइन् । तिनले अघि नै छन्दकलाई बोलाएर ‘आज कुनै पनि बेला सिद्धार्थले तपाईंको सेवा लिन सक्नेछन्’ भनी ढोकै अगाडि सुत्ने व्यवस्था मिलाएकी थिइन् ।* सिद्धार्थको भेट छन्दकसँग ढोकामै भयो ।
* ‘… छन्दकलाई त्यो रात दरवारमै सुत्न लगाइन् ।’ -समय वैशाख ३१, २०६१ ।

छन्दक- ूसेवक सेवा प्रदानार्थ हाजिर छ ।ू

सिद्धार्थ- ूमित्र राम्रो गर्नुभो । कसरी थाहा पाउनुभो कि आज यतिखेर तपाईंको सहयोग मलाई चाहिन्छ । घोडा ठीक पारेर आउनुहोस् म छिट्टै हिँडिहाल्ने तरखरमा छु ।ू

यशोधरा खोपीमा निदाएको अभिनयसाथ पतिको प्रतीक्षामा थिइन् ।** पति आएका आहट सुन्नासाथ तिनले आफू र शिशु समेतको अनुहारलाई पातलो कपडाले ढाकी दिइन् । त्यो यसकारणले कि उनीहरुका अनुहार देखेर सिद्धार्थलाई पीडा अनुभूत नहोस् अपठुरो अनुभूत नहोस् तथा उनमा विचलन नआवस् । तिनले पातलो कपडामुनि परेलाहरुका बीचबाट पतिका गतिविधिलाई हेरिरहिन् ।
** ‘ओशो र थिक्न्यात हन्हको भनाइ छ वास्तवमा यशोधरा जागेकै थिइन् ।* -ऐ. ।

खोपीभित्र आएका सिद्धार्थ अन्यमनस्क उभिए । एकछिन यशोधरालाई ट्वाल्ल परेर हेरे । त्यसपछि दृष्टि सारे नवजात पुत्रतर्फ । सिद्धार्थको अनुहारमा एक किसिमको पीडा थियो ।

सिद्धार्थका मनमा पीडायुक्त द्विविधा भयो । उनले आफैँलाई सोधे- ूके म सही कार्य गरिरहेछु के म विवशतामा मात्र त यसो गरिरहेको छैन यत्तिका सम्पति यस्ती स्वास्नी नवजात शिशु अनि वृद्ध मातापिता के मैले यतिका कुराहरु त्यागेर ठीक गरिरहेको छु के मैले कुनै किसिमको आवेशमा आएर गलत निर्णय त लिइरहेको छैन ?ू

अर्को मनले भन्यो- ूयस्तो सोच्न पनि ढिला भइसक्यो । अब कदाचित पाइला फर्काउन मिल्दैन । मातापिता तथा कुलकै प्रतिष्ठा अब यस निर्णयमा गाँसिइसकेको छ ।ू

यशोधरातर्फ दृष्टी दिँदै मनमनै भने- ूम दुःखी छु यशोधरा । तपाईंलाई एउटा दुःखको भुमरीमा छोडेर जाँदैछु । पुत्र पाल्ने तथा मातापिताको स्याहार गर्ने दायित्वसमेत सुम्पेर जाँदैछु । हे यशोधरा के म स्वार्थी त भएको छैन के मलाई दुनियाले स्वार्थी त भन्ने छैनन् उफ कसरी म तपाईंलाई छाडेर जान सक्छु कसरी यो एकैपल्ट पनि नछोएको नवजात पुत्र छोडेर म जान सक्छु । कसरी वृद्ध भइसकेका मातापितालाई यत्तिकै निःसहाय छाडेर जान सक्छु के म मेरो यो संन्यासको निर्णयलाई बदर गर्न सक्छु के बुबाले भन्नुभए झैँ केही दिन पर्खेर निर्णय बदल्ने उचित अवसरको दाउमा बस्न सक्छु ?ू

यशोधराले सिद्धार्थमा अब विचलन शुरु भयो भन्ने बुझिन् । तथापि अघिदेखि निदाएको अभिनयमा भएकीले अब ब्यूँझेकी नक्कल गर्नु पनि तिनले सकिनन् । अझ अनुहार देख्दामा सिद्धार्थ झनै विचलित हुने हुन् कि भनी डराईन् र मन मिचेर त्यत्तिकै रहिन् । मन तिनको पनि त गाँठो परिरहेथ्यो । सहनै नसक्ने भइरहेथ्यो । तथापि मनमनै सोचिन्- ुसिद्धार्थलाई सहयोग गर्नुपर्ने अवस्था नै यही हो । यो विन्दुबाट सिद्धार्थ विचलित भए भने उनी कहीँका रहने छैनन् । यसको जिम्मेवार अन्तत्वोगत्वा म स्वयं हुनेछु र म आफैँ आफूलाई कदाचित माफ गर्न सक्ने छुइँन ।ु

तिनले आफूलाई दृढ पारिन् ।

सिद्धार्थ भने भावविह्वल थिए । सन्तप्त थिए । कुनै पनि क्षण उनका पाइला उल्टो फर्कने अवस्थामा पुग्यो । त्यसै बेला ढोकामा आहट आयो-टक् टक् टक्…. । बाहिरबाट छन्दकले यो आहट दिएका थिए । सिद्धार्थ ´स्किए । उनलाई ज्ञान भयो- उनी विचलित भइसकेका थिए । दह्रो मन पारेर सोचे- ुमलाई के भइरहेथ्यो कसरी म विचलित भएँ । के मलाई मेरा मनका क्लेशले मार बनेर विचलित बनाउन खोजेको त होइन ?ु

उनैभित्र अर्को मन बोल्यो- ूहो मार हो । ‘मार’ भनेको स्वाभिमान हो । ‘मार’ भनेको स्व-अर्थ हो । ‘मार’ भनेको कण्टकमय जीवनमा जसरी पनि आफूसम्मत बाटो निकाल्ने दम हो । तिमीलाई सुखचैन र रम्यता दिनखोज्ने एउटा आफूसम्मत सोच हो । सदा आफ्नै भलो चिताउने एउटा मन हो । मान्छेलाई आफ्नो हकमा लड्न भिडन उर्जा दिने सोच हो मनोबल हो मानसिक चालक हो । आफ्नो लागि विचार गर सिद्धार्थ ! यत्रो सम्पतिका मालिक छौ । चाहेको खण्डमा राजा हुन सक्ने क्षमता र जनसमर्थन छ तिम्रो लागि । अनि यस्ति सुशील पत्नी छिन् । छोरो भर्खरै जन्मेको छ । छुनसम्म पाएका छैनौ । बाबु आमा वृद्ध छन् । के उनीहरुलाई हेर्नुपर्दैन के भन्लान् लोकले आफ्नै लागिमात्र सोच्यो सिद्धार्थले भनेर थुक्दैनन् ?ू

छन्दकको ढोकामा दस्तक फेरि बढयो । टक् टक् टक् टक् … ।

सिद्धार्थले आफूभित्रको मारलाई सम्बोधन गरे- ूहे मार ! अनेकन प्रपाच सम्झाएर मेरो मनोबललाई मार्न सक्दैनौ । तिमीले मेरो भलो चाहेका हौ भने बुझ्नुपर्छ कि त्यसरी गलेँ भने म आफैँबाट सदाको लागि मरिसकेको हुन्छु । त्यसरी आफैँभित्र मरेर बाँचेको पनि बाँचेको हुन्छ र त्यसकारण हे मार ! तिमीलाई मेरो मनोबलबाट यहाँ नै दमन गर्छु । तिमी फेरि मलाई विचलित गर्न आउनसक्ने छैनौ ।ू

मारले सावधान गर्दै भने- ूठीकै छ । म पूर्णरुपले दमित भएर बस्छु । तर हेर तिम्रो हृदयमा फेरि पनि कामवितर्क वा िहंसावितर्क वा व्यापादिवितर्क आएछन् भने नहुनुको परिणाम तिमीले भोग्नुपर्नेछ । त्यसरी त्यति टाढा गएर विचलित हुनु छ भने अहिले नै तिमीले सोच्नुपर्छ । एकपल्ट सोच । के तिमीले यो अभिनिष्क्रमण लिने नै हो ू***

*** ‘राजकुमार बोधिसत्वबाट यस्तो उत्तर पाएपछि मारदेवले भने-हुन्छ त लौ । तर आजदेखि तिम्रो हृदयमा कामवितर्क िहंसावितर्क व्यापादिवितर्क उत्पन्न भयो भने मैले तिमीलाई गर्न जानेको छु ।’ -संक्षिप्त बुद्ध बुद्धजीवनी पृ. २४ ।

उनले दृढ अठोट लिएर भने- ूहो लिने नै हो । महाभिनिष्क्रमण मैले लिने नै हो । मेरा खुट्टामा नेल लाग्ने सम्पूर्ण आशक्ति र अनासक्तिहरुलाई त्याग्दै अस्वीकार गर्दै यो अस्वीकारजन्य पाइला चाल्ने नै हो । स्थापित तर अनुचित र अनुपयोगी जीर्ण अन्धमान्यताहरुलाई अस्वीकार गर्दै प्रगतिशील स्वाभाविक मानवीय धर्मको खोजी र प्रतिस्थापनाको लागि यो महाभिनिष्क्रमणका अस्वीकृत पाइला चाल्ने नै हो ।ू

त्यसपछि हे पाठकगण ! उनले ढोकातर्फ आँखा लगाए र अघि बढे । फर्केर हेर्दा पनि हेरेनन् । उनी ढोकाबाट सर्लक्कै बाहिरिए । यशोधरालाई खपिसक्नु भएन । मुखमा ढाकेको कपडा स्वात्त फालिन् र आवाजहीन डाको छाडेर झ्यालमा गइन् सिद्धार्थका गमनलाई हेर्न ।

बाहिर आषाढपूर्णिमाको जुन झलमल्ल थियो । सिद्धार्थ र छन्दक भर्खरै मूलढोकाबाट निस्कदै थिए । सिद्धार्थ आँगनमा पुगेर टक्क अडिए र फर्केर हेरे आफ्नो दरबारतिर । यशोधराले मन कत्ति पनि सम्हाल्न सकिनन् । आफ्नो गुन्यूको सप्को कोचिन् मुखमा र डाकोलाई बन्द गरिन् । सिद्धार्थले दरबारलाई एकपल्ट नमस्कार गरे र बढे अघिल्तिर । हेर्दाहेर्दै सिद्धार्थ दरबारको परिसरबाट बाहिरिए । यशोधराले आफैँलाई थाम्न सकिनन् । ढलिन् डङ्ग्रङ्ग भुईंमा र मूर्छा परिन् ।

७२. औपचारिक संन्यास ग्रहणको तयारी

हे पाठकगण ! पर शमीको रुखमुनि सिद्धार्थको प्यारो घोडा कन्थक बाँधिएको थियो । सिद्धार्थलाई देख्नेबित्तिकै त्यसलॆ एकपल्ट हिनहिनायो । सिद्धार्थ र छन्दक दुबै घोडातिर गए ।

छन्दकले प्रश्न राखे- ूहे कुमार ! अब हाम्रो गन्तव्य कता हुने हो ?ू

सिद्धार्थ- ूहामी गुरु भारद्वाजका आश्रममा जाँदैछौँ । त्यहाँ नै उहाँको हातबाट म संन्यास संस्कार ग्रहण गर्दछु ।ू

हे पाठकगण ! केही छिनमै घोडामा सिद्धार्थ अघिअघि र पछिपछि थिए छन्दक । हतार केही थिएन । न यो यात्रा कुनै मनोरानात्मक थियो न कुनै नयाँ उत्साहको । न कुनै कुरा हत्याउनु थियो न कुनै छोप्नु थियो । भारी मन थिए दुबैका । घोडा त्यसैले सामान्य हिसाब हाँकिएका थिए- टुकुटुकु ।

रात निकै बितिसकेको थियो । बिहान हुने बेला आउँदै थियो । कुखुरा नबासी गुरुको आश्रममा पुग्नु पनि सिद्धार्थलाई उचित लागेन । त्यसैले उनले गति  किंचित  बढाएनन् । नानाभाँति कुराहरु मनमा खेलिरहेका थिए । मन त्यसै उराठलाग्दो थियो । सिद्धार्थ स्वयंले शान्तिलाई भङ्ग गरे ।

– ूमित्र छन्दक ! तपाईंलाई मेरो कार्यक्रम के छ भन्ने सोध्ने इच्छा छैन ?ू
– ूथियो तर चिन्ताले मलाई त्यस कुरामा बढै उत्साहित गराइरहेको छैन ।ू
– ूतर मित्र ! मलाईचाहिँ केही भन्न मन लागिरहेको छ । त्यो यसकारणले कि अ´ै मेरो मनमा के गर्ने र हाँ जाने भन्ने सम्बन्धमा द्विविधा छ । मात्र मलाई थाहा छ कि संन्यास लिनासाथ म हाम्रो देशको सरहदबाट बाहिर हुन्छु तर थाहा छैन- कता कुन देशतिर ।ू
– ूत्यसो त पहिले के गर्ने हो त्यसैको आधारमा कता जाने निर्णय लिने होला नि ू
– ूमित्र ! मलाई त्यो पनि केही थाहा छैन । गुरु भारद्वाजबाट धेरै वर्ष पहिले ध्यानरत हुने विद्या सिकेको थिएँ । घरगृहस्थीको अलमल र सङ्घको कामले मैले त्यता बढी अभ्यास गर्नै पाइँन । त्यसैलाई पहिले पूरा गर्ने अभिलाषा थियो । तर अब संन्यास लिनासाथ म यो सरहद छाडिहाल्छु । त्यसले गर्दा गुरुबाट त्यो ज्ञान नपाइने स्थितिमा छु ।ू
– ूत्यो विद्या सिकाउने गुरुहरु अरु पनि त होलान् नि बाहिरतिर ।ू
– ूहाम्रा गुरुका गुरु आलारकलाम हुनुहुन्छ । उहाँ केसपुत्ताका कलामगणका योगी हुनुहुन्छ । तर उहाँ हिजोआज कहाँ हुनुहुन्छ थाहा पाउन धेरै गाह्रो छ । ठाउँठाउँमा शिबिर खडा गर्दै शिक्षा दिँदै हिँडनुहुन्छ । ू
– ूहजूरकै गुरुका गुरु हुन् भने उहाँलाई त पक्कै थाहा होला नि त ू
– ूठीकै भन्नुभो मित्र ! म उहाँलाई नै सोध्छु । पक्कै पत्ता लाग्ने छ ।ू

कुरा गर्दागर्दै सिद्धार्थ र छन्दक भारद्वाजमुनिको आश्रम नजिक आइपुगे । बनकुखुराले पनि पहिलो डाक दियो । अब त गुरु अवश्यै उठेका होलान् भनेर उनीहरु आश्रमको परिसरमा प्रवेश गरे । तर यो के त्यहाँ आश्रमको आगनमा बीसौँ मान्छेहरु पराल ओछुएर सुतिरहेका रहेछन् । बुझिएन यो के भएको हो । दुबै हतप्रभ भए ।

७३. गुरुआश्रममा प्रब्राज्य*

* गौतमले सुटुक्क भागेर गई संन्यास लिएको मान्यतालाई मैले प्रयोग गरेको छुइन । अम्बेडकरले पनि भारद्वाजमुनिको आश्रममा सिद्धार्थले मातापिता सहित धेरै परिवारजनको सामू प्राब्रज्य लिएको देखाउनुभएको छ- लेखक । भगवान् बुद्ध और उनका धर्म पृ. ३१ । साथै कोसम्बी ‘अरियपरिये सनसुत्त’ मा दिइएको बुद्ध स्वयमको उक्ति ‘सो खो अहं भिख्खवे अपरेन समयेन दहरो व …’ का साथै ‘महासच्चकसुत्त’ का स्पष्ट उल्लेखसाथ भन्नुहुन्छ ‘यह कहना बिलकुल गलत दिखाइ देता है कि बोधिसत्व घर के लोगोंको खबर किये बिना छन्नके साथ कंथक पर बैठकर भाग गए ।’ -भगवान् बुद्ध पृ.८३ ।

सिद्धार्थका घोडाले घुरर्र॥ नाक थर्कायो । आश्रमको परिसरमा अरु पनि घोडाहरु रहेछन् । एकदुईवटा घोडा त हिनहिनायो नै । सिद्धार्थ र छन्दक परिस्थितिलाई बुझ्न आँगनभन्दा बाहिर उभिएका थिए । गुरुआमा आश्रमको ढोका खोलेर बाहिर आइन् । तिनले देखिन् जूनको टहकमा सिद्धार्थ र छन्दकलाई अनि नचिनेर सोधिन्- ूको होला यतै आए भयो नि ।ू

सिद्धार्थले केही बोल्नै पाएका थिएनन् कि भित्रबाट गुरु नै बाहिर आए । बूढोले केही टाढा उभिएका सिद्धार्थलाई चिने अनि बोले- ूअहो सिद्धार्थ यत्ति छिट्टै ?ू

गुरु भारद्वाजको आवाजले सुतिरहेका केही व्यक्तिहरुको निन्द्रा भङ्ग भयो र साथीहरुलाई उठाए- ूए उठ हो । सिद्धार्थ आए ।ू

सिद्धार्थले अ´ै केही बुझेनन् । यत्तिका मान्छे त्यस दिन किन उनी गुरुको नजिकै आए अनि अभिवादन गर्दै बोले- ूप्रणाम गुरु ।ू

गुरुले ुआयुष्मान भवु भन्दै पाखुरा समाएर पिँढीको गुन्द्रीमा बस्न ताने । अब त आँगनमा सुत्नेहरु सबैजसो जर् याकजुरुक उठे । सिद्धार्थले देखे ती ता उनकै साथीभाइहरु रहेछन् उनैलाई पर्खेर सुतिरहेका ।

राजा भद्दीय अगाडि आएर बोले- ूमित्र तपाईं यहीँ आएर प्रब्रज्या ग्रहण गर्दै हुनुहुन्छ भनेर हामीलाई थाहा थियो । त्यसैले यहाँ आएर पर्खिरहेका थियौँ ।ू

देवदत्त- ूहिजो साँ´मै तपाईं यता आउनुहुन्छ भन्ने हामीलाई लागेको थियो । त्यसैले हिजैदेखि नै यहाँ छौँ ।ू

आनन्द- ूवास्तवमा त्यहाँ दरबारमा हिजो साँ´ धेरै गणिकाहरु ल्याइएका थिए । त्यसैले हामी त्यता जान सकेनौँ । आखिर हजूर यहाँ नै आउनुहुने त हो नि भनेर यतै आएका हौँ ।ू

कूटओष्ठ- ूजे भए नि हामीलाई थाहा थियो मित्र तपाईंले प्रवज्या लिने ठाउँ यहाँभन्दा अन्यत्र हुनै सक्दैन ।ू

धेरै अरु पनि थिए जो सिद्धार्थलाई भावविह्वल भएर हात जोर्दै श्रद्धापूर्वक उभिइरहेका थिए । उनीहरु सबै संस्थागारको सभामा सिद्धार्थका पक्षधर रहेका युवाहरु थिए । साथमा थिए पैँतालिस पुगेका दाजु महानाम । उनी केही बोलेनन् । भाइ सिद्धार्थलाई आफूतिर ताने र अँगालोमा बाँधे । परिस्थति बढी नै भावविह्वल हुन थाल्यो ।

कूटओष्ठले दुबैलाई एकसाथ तानेर गुरुसामू पारे ।

गुरुले सबैलाई आज्ञा दिए- ूल सबैजना नदीमा गएर चोखो भई आउनू । सिद्धार्थको प्रब्रज्याको संस्कार आजै सूर्य झुल्कने साइतमा गर्नुपर्छ ।ू

अन्दाजी तीसपैँतीस जनाको भीड थियो । कोही कता कोही कता नदी किनारतिर गए । उज्यालो छुङ्ग भइसक्ने बेलासम्ममा सबै आश्रममा फर्किए । गुरुले छूरा हातमा लिएर बोले- ूल कोही आऊ सिद्धार्थका कपाल खौरिदेऊ । कपाल खौरन मामा भए राम्रो । नभए कोही पनि कुटुम्बेली भए राम्रो । ती पनि भएनन् भने कुनै पनि नातेदारबाट गरेपनि हुन्छ ।ू

मान्छे धेरै थिए । त्यसैले कोही निस्किहाल्छ भनी सबैजना पछाडि परिरहे । कुटुम्बेली नाता भनेका त्यहाँ देवदत्त र उनैका भाई तिष्य मात्र थिए । ती दुवै मामा शुद्धोदन र माइज्यू प्रजापतिलाई के जवाफ दिने भनी अगाडि सर्न सकेनन् । दाजुभाइहरुमा महानाम र आनन्द थिए । उनीहरु त ´नै कुटुम्बेली नातेदार हुँदै होइनन् किन अगाडि सर्ने भनी कोही पनि अगाडि सरेनन् ।

विद्वान्् कूटओष्ठ बोले- ूहे गुरु ! यहाँ कोही पनि श्वेच्छाले सिद्धार्थका केश काट्न अगि सरिरहेका छैनन् र कसैलाई दवाद दिएको खण्डमा पनि उनीहरुको मन उद्वेलित भएर यो कार्य गर्न सकिरहेका हुने छैनन् । यदि आज्ञाहुन्छ भने मलाई यो कार्य गर्न आज्ञा होस् । जातले म बाहुन भए पनि यिनको म गुरुभाइ हुँ । के यो नाताले सहयोग पुग्दैन ?ू

सिद्धार्थ अगाडि सरे र बोले- ूहे मेरा भातृगण तथा शुभेच्छुकगण ! मेरो प्रब्रज्या कुनै सजाय होइन । मलाई गर्व छ म यो काम गर्दैछु । अतः कसैले पनि यसमा हात दिँदा तपाईंहरुलाई दोष हुने छैन । तपाईंहरु सद्भावले यहाँसम्म आउनु भएको हो । मलाई लखेट्न होइन । अतः यसमा हिच्किचाउनु पर्दैन । तथापि यो केशमा हात लगाउन तपाईंहरुलाई मानसिक रुपले गाह्रो हुन्छ भने म आफैँ पहिलो बार गर्दछु ।ू

त्यसपछि उनले आफ्नो केशको एक लोला आफ्नै तरवारले काटे । अनि बोले – ूमित्रहरु मैले यो कार्य कुनै आवेश वा नकारात्मक भावबाट गरेको छैन । तपाईंहरु जसले बाँकी केश काट्नुहुन्छ त्यसको दोषबाट मुक्त गर्न यो कार्य गरेको हुँ ।ू

त्यसपछि कूटओष्ठले उनको हातबाट तरबार लिएर छन्दकलाई राख्न दिए । अनि उनलाई एउटा डोकोमाथि बसाएर कपाल भिजाई छुरा लगाउन लागे । हेर्दाहेर्दै सिद्धार्थको लामालामा सुन्दर काला घना कपाल सफाचट भए । महानामको भक्कानो फुटेर आयो । उनलाई सम्हाल्नेहरु कोही पनि डाको नछोडी बस्नै सकेनन् । अनुरुद्ध आनन्द र बाँकी नगरबासीहरु क्वाँक्वाँ रुनै लागे । कडा मन भएका कूटओष्ठसमेतको आँखा पनि रसाउन लागे । भित्रभित्रै भक्कानो फुटेर एकछिन् उनले बिसाउनै पर् यो । दायित्वले पनि कडा मनको हुनुपर्ने राजा भद्दीय आँखाको आँसु छल्न आश्रम पछाडितिर गए । अरुको त कुरै अलग भयो सिद्धार्थकै द्वेष राख्ने देवदत्तलाई समेत यसै रहन मुश्किल भयो र आँखाबाट बलिन्द्र धारा आँशु बगाउन लागे ।

हे पाठकगण ! गुरु भारद्वाजले सिद्धार्थका पोशाक तरवार र घोडा छन्दकलाई जिम्मा लगाए । अनि आफ्ना शिष्यहरुको सहयोगमा भनेकै साइतमा सिद्धार्थलाई प्रब्रज्याको दीक्षा दिए । अब सिद्धार्थको शरीरमा गेरु बस्त्र थियो हातमा भिक्षापात्र ।

गुरुले घोषणा गरे- ूअब सिद्धार्थ प्रब्राजक भए । भिक्ष्ा भए । उनी अब सम्पूर्ण सांसारिक बन्धनबाट मुक्त छन् । उनका अब परिवार छैन नाता कुटुम्ब छैन । सम्पति छैन । देश छैन । राजा छैन । उनका आफ्नो भन्ने अभिलाषा छैन र छैन उनका पूर्ववत् नाम रुप र पैह्रन । अब उपरान्त उनी ‘गौतम’ भनी कहलाइने छन्- ‘भिक्षु गौतम’।ू

यो सुनेर महानामको फेरि पनि भक्कानो फुटयो । संासारिक बन्धनबाट मुक्त भएका सिद्धार्थ अर्थात् अबका गौतमलाई प्रथम परीक्षाको घडी यही थियो । उनलाई अब त्यो माया मोह र सम्पूर्ण तृष्णा उनका खौरिएका कपालसँगै र भरखरै फुकालेर छोडेका परिधानसँगै विसर्जन गर्नु थियो । तृष्णाको क्लेशले दबोच्नु अघि नै उनले यो मोहलाई त्याग गर्नुपर्छ ।

अनि शान्त भिक्ष्ा गौतमले गुरुलाई प्रणाम गर्दै बिदा मागे ।
– ूआज्ञा होस् गुरुवर अब म जान्छु ।ू
– ूकता जाने कार्यक्रम छ ?ू
– ूध्यानयोगको बारेमा अरु धेरै सिक्न चाहन्छु । हजूरका गुरु अलारकलाम यतिखेर जता हुनुहुन्छ म त्यतै जान्छु ।ू
– ूराम्रो । तर मेरा गुरु अलारकलाम यतिखेर कहाँ हुनुहुन्छ भन्ने कुरा अलि स्पष्ट छैन । पोहोरसाल उहाँ यतिखेर बर्षाबासको तयारीमा राजगृहमा हुनुहुन्थ्यो । तर यस वर्ष सुन्दैछु वैशालीमा स्थायी शिविर खोल्ने तयारीमा हुनुहुन्छ रे । जे होस् राजगृहमै नगई उहाँको कार्यक्रमबारे थाहा हुन्न । त्यसैले राजगृह नै जानु ठीक हुन्छ । त्यतै जानु ।ू
– ूधन्यवाद गुरुज्यू । अब आज्ञा होस् ।ू

गुरुले शुभकामना सहित गौतमलाई बिदा गरे । त्यसपछि उनी सरासर मगधको राजधानी राजगृहतिर प्रस्थान गरे ।* गौतमले पछाडि फर्केर पनि हेरेनन् । हे पाठकगण ! गौतमको उमेर यस बखत २९ वर्ष पुगेको थियो ।
**

Leaving Kapilvastu, Siddhartha Gautam thought of going to Rajgraha, the capital of the kingdom of Magadh. -The Buddha and His Dharma, (p. 45).

७४. विछोडको वियोग

हे पाठकगण ! सिद्धार्थ गौतमको प्रब्रज्या निसन्देह असामान्य थियो । जनताले बुझेका थिए- उनले सामान्य कारणबाट प्रब्रज्या लिएका थिएनन् । त्यसैले उनीप्रति स्वाभाविकरुपले सहानुभूति राख्नेहरु धेरै थिए । धेरै चाहन्थे कि उनको प्रब्रज्या हुँदै नहोस् । तर सिद्धार्थ थिए कि अति दृढ स्वभावका । नागरिकहरुका सहानुभूति रुवाई आदि केहीले पनि उनलाई प्रभाव पारिरहेका थिएनन् । गौतमका पछाडि तीसपैँतीसजना भाइबन्धु तथा नगरबासीहरु कोही पैदल त कोही घोडामा ग्वारग्वारति पछुएर आइरहेका थिए । तर गौतम भने पछाडि हेर्दै नहेरी अघाडि बढ्दै गएका थिए । शाक्य गणराज्यको सिमाना अनोमानदी आएपछि मात्र उनलाई थाहा भयो कि त्यतिका मान्छेहरु उनलाई पछयाउँदै आएका थिए ।

अब नदी तर्नुपर्ने बेला आएको थियो । यहाँबाटै उनीहरु सिद्धार्थसँग सँधै वा अन्जान कालको लागि छुट्नु पर्थ्यो। कमलो हृदय भएका सबैजना फेरि रुन लागे । भद्दीय कूटओष्ठ र देवदत्तले सबैलाई सम्हाले ।

गौतम बोले- ूहे स्नेहीगण ! अब त मैले पारि तर्नु छ । तपाईंहरुको यो स्नेह म सदाको लागि भुल्ने छैन । यसरी तपाईंहरु आइराख्नुपर्ने थिएन । तथापि स्नेहले तपाईंहरुलाई डोर् याएको मैले बुझेको छु । अब तपाईंहरु यहाँबाट फर्कनुहोस् । मैले एउटा सही कारणको लागि संस्थागारमा प्रतिवाद गरेको थिएँ । तर तपाईंहरुको सहमति हुँदाहुँदै पनि यो युद्धलाई टार्न सकिएन । अहिले केही समयको लागि यो युद्ध विराम भएको कारणले म बुझ्दछु केही बिगि्रहालेको छैन । समय अझै   बाँकी छ । म चाहन्छु तपाईंहरु शाक्यगण माझ गएर जनतालाई सम्झाउनुहोस् र युद्ध रोक्नुको लागि जनमत तयार गर्नुहोस् । कोलिय र शाक्यहरु एकाअर्काका कुटुम्ब भएका कारणले तपाईंहरुको प्रभाव उता कोलियहरुमा पर्ने पक्कै छ । अतः उता गएर पनि सम्झौताका वातावरण बनाउनुहोस् । विद्वता शौर्य कुल र पदासीनताका कारणले दुबै गणमाझ तपाईंहरु प्रभावशाली हुनुहुन्छ । तपाईंहरुको छवि दुबै गणमा´ अतिनै मान्य छ । मलाई यहाँसम्म साथ दिनुभएकोमा म ठान्दछु त्यो हाम्रो साझा मतको हौसला अझै  मरेको छैन । यो युद्ध रोक्न सक्नुभयो भने म मान्दछु मेरो प्रब्रज्या खेर गएन । मलाई यसरी जुन स्नेह दिनुभएको छ त्यसको सही अर्थ लाग्ने छ ।ू

त्यसपछि गौतमले अनोमानदी तरे । पारी पुगेर पनि उनले यसतर्फ फर्केरै हेरेनन् । शुभचिन्तकहरु भने उनैलाई हेरेका हेर् यै भए । गौतम क्षितिजमा पुगेर बिलाए । अनिमात्र ती दुःखी समुदाय कपिलवस्तुतिर आफ्नै पारामा आफ्नै सुरमा फर्कन लागे । कोही कता लागे कोही कता सबै बेसुरमा ।

छन्दकको वियोग खपिनसक्नु थियो । उनी आफूलाई सिद्धार्थ गौतमका अन्यन्य अङ्ग मान्दथे । यस वियोगमा छन्दक पागलै बने । कसरी कपिलवस्तु पुग्ने अनि कसरी यी हृदयविदारक कुरा शाक्यजनमा बताउने उनलाई गहिरो सन्ताप भयो ।

हे पाठकगण ! अनोमानदीबाट कपिलवस्तु १६ कोस पर थियो । यो दुरी सिद्धार्थको साथ हुँदा उनलाई पत्तै भएन- कसरी नाघियो । अब त उनलाई यो पूरै दुर्लंङ्घ्य हुन गयो । ठाउँठाउँमा बिसाउँदै चिन्ताले लडिबुडी गर्दै रुँदै कराउँदै छाती पिट्दै उनी पागलसरी बनेर कपिलवस्तुतर्फ फर्किरहेथे । उनले झण्डै दुई दिनदेखि केही खाएका थिएनन् । पानीसम्म पनि पिएका थिएनन् र आरामको ता कुरै भएन ।

सिद्धार्थको प्रिय घोडा कन्थकको हालत झनै नाजुक थियो । त्यसले चार दिनदेखि न खाना न आराम केही पाइरहेको थिएन । छन्दक सदा उसलाई दरबारकै नजिक छाँदेर राख्दथे । तबेलामा हुन्थ्यो भने उसले अन्य सइसद्वारा स्याहार पाउँथ्यो । तर आफैँ होस हराएका छन्दकबाट उसमाथि कत्ति ध्यान भएन । अनि यो निर्वोध पशु रातदिन पूरै समय भोको तिर्खाएको र आरामहीन थियो । कन्थकमा हिँडने ताकत सकिइ नै सकेको थियो । पाइला घिसार्दै पागलसरीका छन्दकसाथ उ हिँडिरहेको थियो । एक ठाउँ जहाँ छन्दक टाउको ठोक्दै विलाप गर्न लागे त्यहाँ नै कन्थक ढल्यो र फेरि उठ्नै सकेन । त्यहाँ नै त्यसले त्यत्तिकै प्राण छाडयो  ।

७५. संन्यासपछिको पहिलो बास७६. पाप धुने गङ्गास्तुतिप्रति व्यंग्य 

हे पाठकगण ! गौतम अगाडि बढिरहेथे । तर उनलाई थाहा थिएन कुन बाटो कता पुग्छ । राजगृह जाने त हो तर जताबाट गए पनि उनलाई फरकै पर्ने के थियो र जति दिन लाएर पुगे पनि फरकै के पथ्र्यो र बित्ने कुरो केही थिएन । उनको लागि खोज्ने र रुने कोही थिएनन् । जोगी न हुन् उनी । हिँडे उनी जुन बाटो उनलाई मन लाग्छ त्यसैमा । उनी मुसुक्क मनैमन हाँसे अनि मनमनै भने- ुचलजोगी फट्कार छाला जहाँ जाला त्यहीँ खाला ।ु उनले मनैमन हाँस्दै सच्याए- ुजहाँ पुग्ला त्यहीँ खाला ।ु

हिँडदा हिँड्दै साँ´ ´मक्कै भयो । अघि एउटा गाउँ छोडियो । अब अर्को गाउँ कता हो केही भेउ भएन । पूर्णिमाको भोलिपल्ट भएको हुँदा जुन छिट्टै झुल्कियो । केही समय त उनी हिँडे । तर गाउँको पत्तो अत्तो भएन । एउटा शमीको रुख बाटैमा भेटियो । उनले यहाँ नै रात बिताउने सुर लिए । त्यसमा चौतारी पनि बनाइएको रहेछ । बसे उनी पलेँटी कसेर । हातमा भिक्षापात्र थियो । बिसाए त्यसलाई भुईंमा । एकनासले बोकीराख्न पर्दा उनको हात निक्कै गलेको थियो । नयाँ जोगी न हो कहाँ एकै दिनमा बानी पर्ने बिचरोलाई भोक पनि लाग्यो । उनलाई अघि गाउँमा दिन छँदै भिक्षा लिने सुरै आएन । नयाँ जोगी भएको हुँदा एक त अपठुरो छँदै थियो अर्को होस पनि भएन । पछि अर्को गाउँ भेटिन्छ नै भन्ने पनि थियो उनलाई ।

त्यतैबाट केही गोठालाहरु आउँदै रहेछन् । एउटा भिक्षुलाई गाउँ बाहिर भोकै बास बस्न आँटेका देखी एकजना गोठालो आएर बोले- ूहे स्वामीजी ! किन गाउँबाहिर बास बस्नुभएको तपाईंको लिवासले अघोरी बाबा होइन भन्ने लाग्दछ । किन यो श्मशान नजिक बास बस्नुभएको के तपाईंलाई डर लाग्दैन ?ू

गौतम- ूहे भद्रपुरुष ! म यता नयाँ छु । मलाई बाटो पनि थाहा छैन र गाउँ पनि कता हो थाहा भएन । त्यसैले यहाँ बास बसेको हुँ ।ू

गोठालो- ूहाम्रा गाउँ यहाँबाट धेरै टाढा छैन । हिँड्नुहोस् हामीसँगै ।ू

त्यसपछि गौतम गोठालोहरुसँगै गाउँतिर गए । गोठालोहरु रित्ता थिएनन् । आङमा केही न केही बोकेका थिए । साथमा चौपाया पनि थिए अनि समूह पनि ठूलै । यी सबै कारणहरुले गौतमको यात्रा निक्कै मन्द गतिको थियो । भोक निक्कै बढिरहेको थियो तिर्खा उत्तिकै र आरामको उत्तिकै आवश्यकता थियो । अघिल्लोरातिदेखि नै उनले केही पनि खाएका थिएनन् तथा सुत्न पनि पाएका थिएनन् । छिट्टै गाउँ पुग्ने हतार उनको तीब्र थियो । कतै खान नपाए पनि निन्द्राको लागि ढलिहाल्नुपर्ने उनको आवश्यकता थियो । जे होस् ढिलो चाँडो उनीहरु गोठालोहरु को गाउँमा पुगे । गाउँ आएपछि उनले गाउँको मुखैमा भएको एउटा घरमा उनले बास बास बस्ने नीधो गरे ।

यो घर साकी नाम गरेकी ब्राह्मणीको थियो ।ज्ञ भित्रबाट साकी ब्राह्मणी आइन् र गौतमलाई देखी बोलिन्- ूहे  भिक्षु  ! साँझको पाहुना हुनुहुन्छ हजूरलाई हार्दिक स्वागत छ । यहाँ पिँढीमा बास बस्नुहोला ।ू

त्यसपछि तिनले त्यहीँ छेउको एउटा सुक्कुल बिछयाइ दिइन् र सरक्क भित्र पसिन् । गौतमलाई भिक्षा माग्ने आँट भएन । सोचे कि परिवारले खाना खाइसकेका होलान् । भिक्षा मागेमा परिवारलाई दुःख हुने छ । उनी नखाइकनै सुत्ने तरखरमा गए । गुन्द्रीमा उनी चाक्रीमाक्री कसेर बसे र भिक्षापात्रलाई ठीक अगाडि भुइर्ँमा राखे । दिनभरि यसलाई बोक्दा कम सास्ति पाएका थिएनन् । नयाँ थिए उनी यसरी बोक्नुपर्ने भूमिकामा । सबै अरुले उत्तानो पारेर बोकेका देखेकाले उनले यसमा केही नभए पनि दिनभरि उत्तानै बोके । त्यसरी एकनासले उठाएर हिँड्न परेको हुँदा उनका दुबै हात फत्रक्कै गलेका थिए र अहिले त दुबै हातमा एक किसिमको पीडा पनि भइरहेको थियो ।

पात्रलाई उनले हेरे । टहटह जूनको प्रकाशमा देखियो यो कालो रङ्गको थियो । गुरुबाट प्राप्त भएपछि यसलाई हेरेका पनि थिएनन् । बाटोभरि मनमा अनेक कुरा खेलाउँदैमा उनी मस्त थिए र गौर गरेर हेर्नुपर्ने कुरा पनि त के थियो र यसमा तर अब उनले हेर्न लागे । धातुको यो थिएन । नरिवल वा चिण्डोका खबटा हुनुपथ्र्यो । पहिले कहिले यस्ता कुरामा वास्ता गर्नु परेको थियो र उनलाई यो के हो थाहा हुनु । आजको त स्थिति नै फरक । नचिने पनि उनले यसलाई स्वीकार्नु परिरहेथ्यो । अबलाई यो बाहेक उनको अरु सम्पति नै के थियो र सम्पति यही । जिन्दगीभरको अभिन्न साथी यही । उनी मुसुक्क मनैमन हाँसे अनि मनमनै सम्बोधन गर्न लागे- ूत्वमेव माता च पिता त्वमेव त्वमेव वन्धु च सखा त्वमेव ।ू

यत्ति उनले के सोचेका थिए त्यसमा एकाएक एउटा हत्केलाभरिको गहुँको बाक्लो रोटी टप्लक्क पर्न गयो । गौतम ´स्किए । घरपट्टी ब्राह्मणी साकीले राखिदिएकी रहिछन् । तिनले भनिन्- ूहे योगी महाराज ! मेरोमा जे खाना छ हजूरलाई टक्राएको छु । खानुहोस् ।ू

अगाडि ब्राह्मणी साकी हात जोडेर खडा थिए । सबै कुरा उनलाई नौलो थियो । यो भिक्षापात्र यो भिक्षा यो भिक्षुको लिवास यो भिक्षु  हुनुको आभास । अनि अझ बढीमा यो योगी महाराज भन्ने सम्बोधन ।

कसोकसो अप्ठेरो जसो आभास भइरह्यो । कुमार भनिएको सम्बोधनमा उनको बानी थियो । सिद्धार्थ भनिएकोमा बानी थियो । तर योगी महाराज सबै सबै उनलाई यो नौलोपनको स्वीकृति त थियो अपठुरो महसुस पनि उत्तिकै थियो ।

गौतमले खानामा हात नबढाएको देखेपछि ब्राह्मणी साकी बोलिन्- ूस्वामी महाराज ! हामी जातले ब्राह्मण भए पनि कर्मले किसान हौँ । गरिब किसानहरुका खाना यस्तै छ के गर्ने ?ू

हे पाठकगण ! खानालाई उनले हेरे । उनको लागि खाना खाना नै हुन्थ्यो । खानाको स्वाद वा तिनका गरिष्ठतालाई उनले कहिल्यै महŒव दिएनन् । मिठो नमिठो बासी सासी जे भेटुे त्यो कपाकप खान्थे । तर यो खानाको महŒव अर्कै छ । सदाको हिसाबले यसलाई लिन कदाचित मिल्दैनथ्यो । यो उनको प्रब्रज्या पछिको पहिलो खाना थियो र भिक्षाबाट प्राप्त । खानालाई उनले ट्वाल्ल परेर हेरे ।

ब्राह्मणी साकीले कुरा थपिन्- ूमहाराज ! दिनभरको मेहनत पछि त हामीलाई यो राजामहाराजाको खानाभन्दा कमको लाग्दैन । सुनिन्छ राजामहाराजालाई कस्तै खाना पनि पच्दैन रे । मेहनत छैन बसीबसी जनताको पसिना खान्छन् अनि कसरी पचोस् होइन त ?ू

गौतम अब आए वास्तविक धरातलमा । उनलाई अर्को अप्ठेरो महसुस भयो । उनले झट्टै भिक्षापात्र आफूतर्फ ताने । अनि बोले उत्सुकतासाथ- ूहामी श्रमणहरुले पनि अर्काका पसिना खाइरहेका तपाईंहरुलाई लाग्दैन ू

ब्राह्मणी साकी दुबै हातले कान समात्दै बोलिन्- ूआम्मै कसरी लाग्छ स्वामी महाराज तपाईंहरुले हामी साधारण मान्छेलाई ज्ञान दिनुहुन्छ बुद्धि दिनुहुन्छ त्यसको बदलामा तपाईंहरु केही लिनुहुन्न । जे लिनुहुन्छ त्यही पात्रभरिको एकछाक खाना । त्यो पनि पाइएन भने भोकै सुत्नुहुन्छ ।ू

गौतमले आफ्नो रोटीमा नियाँले । जूनको टहक पात्रभित्र पनि परेको थियो । त्यसलाई राम्रैसँग देख्न सकिन्थ्यो । सोच्न लागे- ूपहिलो यो प्रब्रज्या पछिको गाँस । पहिलो यो भिक्षाबाट प्राप्त गाँस । जनताको पसिनाबाट उत्पादित यो खाना मलाई जनताको यो रिण ।ू

उनले खानालाई नमस्कार गरे । खाना प्रदान गर्ने परिवारलाई नमस्कार गरे । उठाए दुबैहातले त्यो सुख्खा रोटी र हात पसारेर देखाए त्यो जगलाई अनि बोले मनैमन- ूनयाँ जगमा पाइला चाल्दैछु । समस्त बन्धन तोडेर नदी पार भएको छु वाह्ँ परिवर्तन थियो केश काट्नुमा अनि गेरुवा बस्त्र धारणमा । भित्रैबाट अब हुने छ परिवर्तन उर्जा पाएर यो भिक्षाको । धन्य हो यो पहिलो कपास यो पिहलो बास अनि यो पहिलो गाँस । नमस्कार ती पुराना मेरा जगत्लाई जसले यो हुनुसम्मको अवस्थालाई सृजना गर् यो अनि नमस्कार ती आउने जगत्लाई जसले मलाई आत्मसात गर्न गइरहेछ । नस्कार सबैसबै आकस्मिकताहरुलाई जसले म हुनुको परिघटनाहरुलाई सृजना गरिरहेछ ।ू

– ूखान अघि मन्त्र पढ्नु भएको हो गुरु के हुन्छ ती मन्त्रमा ।ू
– ूधन्यवाद दिइन्छ त्यो स्रोतलाई जहाँबाट खाना उपलव्ध हुन्छ ।ू
– ूए त्यसो त हामी पनि गर्छौं । तर हरेक छाकमा खाना पनि केही चढाउँछौँ । अझ पूजा नै गर्छौं बेलाबेलामा हलो कोदालो गोरु र भूमि सबैलाई ।ू

गौतमले गाँसलाई पहिले ढोगे अनि हाले मुखमा । स्वादको कुरा छाडौँ । स्वाद उनको चासोको विषय कहिल्यै थिएन । अनि किन होस् यसको पनि । त्यो खानाको रुप रङ्ग वा स्वादसंग  उनको कुनै मतलब थिएन । यतिखेर खाना होइन कि नयाँ जीवनको नयाँ चरणका नयाँ अनुभूतिहरु खाँदै थिए उनी । रङ्ग रुप वा स्वादसँग उनी थिएनन् । त्यसबाट प्रस्फुटित दिव्यानुभूतिहरु उनी ग्रहण गर्दै थिए । मानौँ खानु एउटा साधन मात्र हो स्वरुपमा । सारमा उनी थिए एउटा अभ्यासमा । शरीरका अङ्गहरुमा गति थियो । काम उनीहरुले बन्द गरेका थिएनन् । कानले सुन्दै थिए । दाँतले चपाउँदै थिए । आँखाले हेर्दै थिए । तरपनि गौतम एउटा अनुभवातितमा थिए- एक हिसाबले ध्यानस्थ । सामान्य भाषामा भन्ने हो भने उनी सोचमै मस्तसँग हराएका थिए ।

ब्राह्मणी साकी आफ्नै सूरमा केही न केही भन्दै नै थिइन् । गौतम आफ्नै सूरमा हराइ नै रहेका थिए । कुनबेला ब्राह्मणी साकी आफ्नै कुराले थाकिन् कुनबेला तिनी घरभित्र गइन् कुनबेला सिद्धार्थको खाना खाने विधान टुटुयो – गौतम आफैँलाई पत्तै भएन । उनी सुतेछन् त्यो पनि पत्तै भएन । बिहान एक्कैचोटि कुखुरा बासेर हल्लीखल्ली भएपछि उनको निन्द्रा टुटयो  । त्यतिबेला उनको चेतना व्यूँझ्यो ।

उनी उठे । आश्रय दिने घरलाई आगनमा उभिएर नमस्कार गरे । अनि लागे राजगृहको दिशातर्फ ।
—–

७६. पाप धुने गङ्गास्तुतिप्रति व्यंग्य 

हे पाठकगण ! गौतमलाई राजगृह जाने बाटो थाहा थिएन । तथापि जोगीलाई के थियो हराउने डर थिएन । बित्ने केही थिएन । हराउने डर त घरबार ठरठेगाना भएकाहरुलाई न हो । न घरबार न दायित्व । मात्र उनलाई राजगृह जानु थियो । त्यो दक्षिणतिर छ भन्ने उनलाई थाहा थियो । उनलाई उतै सिधै लागे भइहाल्यो । जताबाट जुन बाटो गए पनि मतलब के भो र न नरनाता न कोही निम्तो त्यहाँ । जहिले जसरी पुगे पनि हुने भइहाल्यो । अनि त के भो र उनी लगातार दक्षिणतिरै जाँदै थिए । जताबाट गए पनि उनी त्यहाँ पुग्थे नै ढिला होस् वा चाँडो । पीर अन्य थिएन । ‘चल जोगी फट्कार छाला जहाँ पुग्ला त्यहीँ खाला’ छैँदै थियो ।

बाटोमा उनले धेरै बासहरु बसे । दोस्रो बास पद्मा* नामकी ब्राह्मणीकोमा पर् यो । तेस्रो रैवत** नामका ब्राह्मण ऋषिको आश्रममै बस्न पुगे । बाँकी सामान्य जन थिए । सबै ठाउँमा उनले आतिथ्य पाए । ती पनि सामान्य कहिल्यै थिएन । उनको व्यक्तित्व नै यस्तो थियो कि जो कोही प्रभावित नभई रहनै सक्तैनथे ।
* ए.
** ए.

उनले यता र उति गर्दै झण्डै १०० कोस बाटो १० दिन लगाएर हिँडे । थरीथरीका अनुभव भयो नवभिक्षुका हैसियतमा । अन्ततः उनी गङ्गानदी किनार पुगे ।

आर्यवर्तमा प्राण निःसृत गर्ने गङ्गा नदी । कति काचन अनि कत्ति रमणीय यसको आरपार अनि यो कत्ति ठूलो यत्ति ठूलो नदी पनि हुन्छ भने उनलाई कल्पनासम्म थिएन । उनले पहिले यो सम्मानित नदीलाई हृदयैदेखि प्रणाम गरे । अनि खाए पानी उँटले जस्तै- घटघट ।

नजिकै एउटा ब्राह्मण पनि आए र नुहाउन लागे । तीर्थ आएका रहेछन् उनी । नुहाउँदा ‘हरगङ्गे’  भन्दै धेरै मन्त्रहरु उच्चारण गरिरहेका थिए । एउटा प्रब्राजकले गङ्गाको स्तुतिगान नगरी सामान्य ढङ्गमा पानी पिइरहेका देखी उनी वाल्ल परेर हेरिरहे । यसरी हेरिरहँदा गौतमलाई केही अपठुरो अनुभव भयो र सोधे- ूहे ब्राह्मण ! तपाईं मलाई बडो अचम्म मान्दै हेर्दै हुनुहुन्छ ? के त्यस्तो पर् यो ?ू

ब्राह्मण- ूतपाईं संन्यासीको लिबासमा हुनुहुन्छ । तर गङ्गानदीमा आइपुगेर पनि गङ्गास्तुति गर्नुभएन । तपाईं कुन सम्प्रदायको हुनुहुन्छ भनेर सॊँच्दै थिएँ । च्याउ उम्रेसरी अनेक श्रमणसंस्था छन् नि त्यसैले अन्यौल भयो ।ू

गौतम- ूस्तुतिमा के भनिएको हुन्छ ?ू

ब्राह्मण- ूहे गङ्गामैया ! मेरा पापहरु पखालिदेऊ भन्ने स्तुति हुन्छन् ।ू

गौतम- ूपापै नगरे पखालीदेऊ भनीराख्न पर्दैन नि होइन र ?ू

ब्राह्मण- ूहुन त हो तर अनजानमा पनि पाप हुन सक्छ नि त्यही पाप पखाल्ने हो ।ू

गौतम- ूयसरी गङ्गाले पाप पखालिदिने भए त पापीहरुले पाप गरेको गर् यै गर्ने भए नि होइन र यस्तो पवीत्र नदीले पनि पाप गर्न त्यत्ति साह्रो उक्साइ राख्लान् र ?ू

ब्राह्मणले घत मानेर हाँस्दै भने- ूलौ तपाईं भने यो रुढिबाट मुक्त हुनुहुँदो रहेछ । मानेँ बा मैले ।ू

गौतम- ूआफ्नो छातिमा हात राखेर भन्नुहोस् त । के गङ्गाले साँच्चै नै पाप पखालिनै हाल्छन् भन्ने कुरामा तपाईँलाई विश्वास छ ?ू

ब्राह्मण- ूयो सबै बकबास हो नि । तर नुहाउन लाग्दा त्यो भन्ने चलन छ अनि भनेँ । भनिनँ भने मैले तपाईंलाई वाल्ल परेर हेरेजस्तै अरुले मलाई पनि अनौठो पाराले हेर्छन् नि त । अन्धाको देशमा एक आँखा चिम्लनु रे खोरण्डोको देशमा एउटा खुट्टा खोच्याउँदै हिँड्नु रे क्या । त्यो गरेको मैले ।ू

गौतम- ूलौ मचाहिँ त्यो गर्ने पक्षमा भइनँ । छँदाछँदैका आँखा चिम्लेर किन अन्धो बन्नु । अनि खुट्टा हुँदाहुँदै किन लङ्गडो बन्नु । जान्दा जान्दै किन मूर्खता गर्नु ?ू

ब्राह्मण- ूहो भन्या । सोच्न त तपाईंले जस्तै पर्ने हो तर गाह्रो परिरहेछ ।ू

त्यसपछि ब्राह्मण बिदा भए । आषाढको पोल्दो घाम शरीरलाई शीतलता दिन सिद्धार्थलाई पनि नुहाउन मन लाग्यो । मान्छेहरु नभएको ठाउँ छान्दै उनी घाटबाट केही उँधो लागे । केही तल एउटा एकान्तको रम्य ठाउँ फेला पर् यो । उनले त्यहाँ नै जलविहार गर्न लागे । खेदाखेल्दै समय बितेको पत्तै भएन । घाम डुबि नै सकेछ । बास बस्नको लागि यता गाउँ थिएन र त्यसको लागि पारि तर्नै पर्ने थियो । यतै समय बितेछ । तै पनि के भो त आखिर जोगी न हो बितेको केही थिएन । बस्ने हो बास यसै किनारमा । उनी त्यतै बस्ने हिसाबमा माथि घाटतिर आए ।

७७. संसारभरीका गंगाप्रति नयाँ हिसाबको स्तुतिगान  

हे पाठकगण ! माथि घाटमा म झीहरुले डुङ्गा किनारामा बाँधिसेकेका थिए । गौतम चुपचाप त्यही किनारमा रात बिताउने सुरमा ध्यानस्थ भए । आश्रय र खानाको चिन्ता कत्ति गरेनन् । गौतमको यस चालाबाट माझीहरु अति प्रभावित भए । उनीहरुले गौतमलाई डुङ्गामा सवार हुन आग्रह गरे । सौम्य गौतम डुङ्गामा चढे । माझीहरुले डुङ्गा फुकाए र लगे पारितिर ।

जलविहार पछि सिद्धार्थको शरीरमा अर्कै स्फूर्ति थियो । पसीनाले हुप्प परिरहेको शरीरमा शीतल वायुको स्पर्शले हुनसम्मको आनन्द दिइरहेथ्यो । नदी हुनु र नहुनुमा कत्रो अन्तर यो थिएन भने यसको वातावरण के हुन्थ्यो उता नदी नभएको रुखो भूमिमा दिनभर हिँडदा नै थाहा भएको थियो उनलाई ।

भावविभोर भएर उनी मनैमन भन्न लागे- ुगङ्गा ! तिमीले शीतलता मात्र प्रदान गर्दै छैनौ । प्राणीमात्रलाई प्राण नै दिएका छौ । पानी नै नहुने हो भने प्राणीको प्राणनै कहाँ रहन्थ्यो पानी तिमी पिउन दिन्छौ । पानी िसंचनको लागि दिन्छौ । मान्छे तिमीसँग प्रत्यक्ष वा परोक्ष दुबै हिसाबमा कति निर्भर छन् । गङ्गे तिमी यसरी माता मात्र होइनौ साक्षात प्राणदाता नै हौ । म तिमीलाई कोटीकोटी नमस्कार गर्छु ।ु

अनि बोले- ूधन्य हो गङ्गे ! धन्य हो संसारभरिका गङ्गा ।ू

गौतमले बन्द आँखासँगै नमस्कार गरे । एउटा माझीले सम्बोधन गर्दै बोले- ूबडो ढिला गरेर नमस्कार गर्नुभो महाराज । अनि तपाईंका गंगास्तुति फरक छन् ?ू

गौतमले आँखा खोलेर उत्तर दिए- ूमलाई अलि ढिला यसको अन्तरज्ञान भयो । त्यो पनि फरक हिसाबले । त्यसैले स्तुति फरक भयो ।ू

माझी- ूकसरी फरक भयो ?ू

गौतम- ूमैले पाप पखाल्ने गङ्गा भनेर होइन प्राणदाता गङ्गाको स्तुति गरेको हुँ ।ू

माझी- ूहो नि हुनुपर्ने त्यही हो । पापीहरुले गङ्गालाई त्यसरी बिटुलो बनाएका हुन् । हेर्नुहोस् महाराज ! हामी त त्यत्ति जान्ने होइनौँ । तर पापीमान्छे प्रायचिश्तको लागि गङ्गास्नान गर्न आउँछन् । त्यस्ता पापी आएर बोझै भयो नि गङ्गामाइलाई !ू

गङ्गा नदी पार भइएछ । गौतमलाई पत्तै भएन । माझीहरुले गौतमलाई ओराले ।

गौतम बोले- ूम त भिक्षाटनमा आश्रित प्रब्राजक हुँ । मैले दिन सक्ने केही मसँग छैन । अतः यो सेवा पनि मैले भिक्षाकै स्वरुपमा माग्नुपर्ने हुन्छ ।ू

माझीले पनि भने- ूत्यसो कहाँ हो र हजूरहरु लोककल्याणको लागि तपस्या गर्नुहुन्छ । घरबार छोड्नुहुन्छ र अनेक दुःख कष्ट गर्नुहुन्छ । हामी त प्रब्राजकहरुका सदा रिणी छौँ । हामीलाई त यस्तो सेवा गर्ने भाग्य कहाँ सँधै मिल्छ पछि फर्कंदा पनि यो सेवा गर्ने मौका हामीलाई मिलोस् । भगवान्सँग यही प्रार्थना छ ।ू

– ूतपाईंलाई यो हाम्रो भेट भाग्यले नियत गरेको भन्ने लाग्छ त ू
– ूहो भाग्यमा नभई यो हुने कुरै थिएन ।ू
– ूउसोभए फेरि भेटको लागि तपाईंले किन भाग्यकै भरोसामा छोड्नुभएन । किन भगवान् संग प्रर्थना गर्नुभयो ू
– ूभगवान्ले त्यस्तो भाग्यको बरदान दिऊन् भनेर ।ू

गौतम चूप भए अनि आफ्नो बाटो लाग्न बिदा मागे । मा´ीको मनमा एउटा प्रश्न उब्जियो । नसोधी रहनै सकेनन् । हात जोर्दै बोले- ूहे श्रमण ! तपाईं जडवादी हुनुहुन्छ वा उच्छेदवादी वा नियतिवादी वा अन्य के हुनुहुन्छ ?ू

गौतम- ूतपाईंलाई त धेरै वादको बारेमा थाहा छजस्तो लाग्यो ।ू

माझी- ूनदी हो र सबैलाई यो तर्नै पर्छ । नास्तिक वा आस्तिक यो यथार्थ कसैले मेटाउन सक्दैन । हे श्रमण ! हामी हरदिन नयाँनयाँ अनुहारहरु भेट्छौँ । उनीहरुबाट धेरै कुरा सुन्छौँ । बुझेपनि नबुझेपनि सुन्ने बानी छ । सुन्छौँ । धेरै कुरा बुझेका पनि छैनौँ । तपाईंका कुरा सुन्दा झट्ट लाग्यो तपाईं भाग्य वा भगवान्मा शङ्काको दृष्टि राख्नुहुन्छ । त्यसैले सामान्य कौतूहलताबस् सोधेको हुँ ।ू

गौतम- ूहे माझीदाइ ! मलाई आजसम्म थाहा छैन म के हुँ । त्यही सत्यको खोजीमा म छु । अहिलेसम्म भाग्य र भगवानसंग  मेरो प्रत्यक्षीकरण भइसकेको छैन । अतः मैले मेरो खोजकै प्रक्रियामा तपाईंलाई सोधेको हुँ । म कुन वादको हुँ वा मेरो कुन वाद हो म आफैँ स्पष्ट छुइँन । अतः मसँग तपाईंको लागि स्पष्ट जवाफ छैन ।ू

माझी- ूहे महापुरुष ! अहिलेसम्म मैले जो भेटेँ ती सब सिकारु नै किन नहोउन् हामीजस्ता अज्ञानी भेटेपछि आफूलाई सर्वज्ञाताकै रुपमा प्रस्तुत गरेर अनेक दर्शनहरुका बारेमा मनलागी बक्ने भेटेँ । तपाईंमात्र यस्तो व्यक्ति भेटियो जो इमानसाथ आफ्ना अज्ञानतालाई लुकाउन चाहनुहुन्न । हे श्रमण ! तपाईंमा अहम छैन झूठ छैन िहंसा छैन । तपाईंको मुहारमा शान्ति छ । मनमा इमान छ । तपाईं महान् हुनुहुन्छ । तपाईंलाई तपाईंको खोजको ज्ञान अवश्यै प्राप्त हुनेछ । हामी आशा राख्छौँ तपाईले प्राप्त गर्नुभएको ज्ञानामृत पिउने अवसर हामीलाई पनि मिल्ने छ । हे महापुरुष ! नदी तर्ने घाटहरु धेरै छन् । तथापि हामी आशा राख्दछौँ त्यो अवसर दिन यतैबाट आउनुहुनेछ । हाम्रो यही विनम्र प्रर्थना छ ।ू

गौतमलाई यी माझीसँगको सान्निध्यता कम उत्साहप्रद लागेन । उनले ज्ञान पाए पनि नपाए पनि नदी तर्नुपरेमा यही घाटमा आउने वचन पोखे र लागे त्यसपछि बाटो सोध्दै राजगृहतिर ।

७८. राजगगृह नगरमा प्रवेश 

हे पाठकगण ! सिद्धार्थ गङ्गानदी पार गरेपछि अन्दाजी ३५ कोस हिडेर चार दिनमा सुन्दर पहाडहरुले घेरिएका राजगृहमा पुगे । गौतमलाई थाहा थिएन यहाँ आइपुगेर पहिले के गर्ने केही समय प्रब्रज्याको अनुभव यसै स्वतन्त्ररुपमा गर्ने कि सोझै आलारकालाम काहाँ गएर शिष्यत्व ग्रहण गरिहाल्ने उनी द्वीविधामा थिए ।

उनी सोझै नगरको अगिल्लो हिस्सामा पुगेर रोकिए । यस्तो घना बस्तीमा कुनै ऋषिमुनि हुने कुरै थिएन । अतः उनले त्यस्तै कुनै भिक्षु देखिएमा आफू अनुकूलका प्रश्न राख्ने विचार रोखे । त्यहाँ उनी एकक्षण अल्मलिए । भिक्षाको लागि भिक्षु हरु बिहान वा साँझ मात्र आउने हुनाले त्यँहा कुनै भिक्षु देखिएनन् । बरु यो कुबेलाका भिक्षु देखिँदा गृहस्थहरुका ध्यानाकर्षणचाहिँ भयो नै ।

एउटा नयाँ भिक्षु देखिँदा सबैले बुझे उनी नवागन्तुक हुन् । उनको आगमन शान्त तलाउमा कुनै एक जीवको प्रवेश सरह हुन गयो । एक पछि अर्को गर्दै धेरै नगरबासीहरुको ध्यान त्यता आकर्षिंत हुन गयो । लगत्तै गृहिणीहरु उनको लागि भिक्षा दिन ढोका ढोकामा देखिए । दिनमा भिक्षा थाप्न उनी स्वयंको नियमविरुद्ध कार्य थियो । तथापि त्यो नस्वीकार्नु पनि गृहिणीहरुको सदाशयताको कदर नहुने उनले सोचे । अतः सबभन्दा नजिकको एक घरबाट उनले भिक्षा ग्रहण गरे र बाँकी सबैलाई प्रणाम गरी उनी नगरबाट बाहिर निस्किए ।

नगर बाहिर कुनै पनि दिशामा प्रब्राजकहरु भेटिने उनलाई विश्वास थियो । उनी एक दिशामा हिँडे र पाण्डव पर्वत पुगे । यो रम्य र शान्त थियो । उनले त्यहाँ रहेर आगामी कार्यक्रमको तर्जुमा गर्ने निधो गरे । र एउटा घना रुखमुनि उनले बास राखे ।

हे पाठकगण ! उता राजगृह नगरमा शान्त प्रकृतिका गौतमको प्रवेशले अनौठै कस्तो हलचल मच्चिन गयो । उनी त्यहाँबाट हिँडिसकेपछि उनको आकर्षक व्यक्तित्वका कारणले त्यताका धर्मभीरु जनसमुदायमा अनेक तर्कवितर्कहरु पैदा भयो । कसैले उनलाई पृथ्वीकै लौकिक महापुरुष माने भने कसैले अलौकिक शक्ति भएका देवपुरुष माने । टाढाटाढासम्म पुग्दा ती भनाइले अनेक रुप लिन पुगे । केही क्षणमा उनलाई हेर्न आउनेहरुको धुइरो नै भयो । तर गौतमलाई नेदेखेपछि भनाईहरुले भनै अनेक रुप लिन लागे । जसले आफ्नै आँखाले देखे उनीहरुका लागि गौतम सिर्फ आकर्षक व्यक्तित्वका धनी थिए । तर जो अनेक हल्ला सुनेर आएका थिए उनीहरुका लागि भने उनी एउटा आलैकिक पुरुषकैरुपमा मानिन पुगे । अन्ततः भनियो- ूएउटा अलौकिक पुरुष पृथ्वीको माझ निमेषभरको लागि अवतरित भएका थिए र एक सतगृहबाट भिक्षा लिएर त्यहाँ नै अन्तरध्यान भए ।ू

दरबारको पटाङ्गिनिबाट सम्राट् बिम्बिसारले नगरको माझ मान्छेहरुको यो चहलपहल देखे र अफ्ना अनुचरहरुलाई के भएको हो भनी बुझ्न पठाए । अनुचरहरु थरीथरीका हल्लाहरु बटुलेर फर्के । ती कुराहरु सुनेर सम्राट् बिम्बिसारले यी व्यक्तित्वको बारेमा बुझ्न थप अनुचरहरुलाई तैनाथ गरिपठाए ।

गौतम अति अल्पहारी व्यक्ति थिए । अघिल्लो दिन जुन भिक्षा उनको पात्रमा परेको थियो त्यो दुईदिनको लागि पर्याप्त थियो । दोस्रो दिन उनी भिक्षाको लागि निस्किएनन् । बिहानको सूचीकार्यबाट निवृत्त भएपछि एउटा वृक्षमुनि ध्यानस्थ रही भिक्षार्थीहरु फर्कने प्रतीक्षामा रहे ताकि आफूले चाहेका आचार्यको बारेमा जान्न पाइयोस् वा के गर्न सकिन्छ सही निर्णय लिन सकियोस् ।

उता नगरमाचाहिँ उनै गौतमको खोजी भइरहेको थियो । त्यहाँ जाने केही भिक्षु हरुले बताइदिए कि एउटा त्यस्तै आकर्षक व्यक्तित्व भएका भिक्षु पाण्डवपर्वतमा ध्यानस्थ बसिरहेका छन् ।

७९. मगधसम्राटसँग संवाद

हे पाठकगण ! बिम्बिसार आफ्ना केही अनुचरहरुसाथ पाण्डवपर्वतमा आए । गौतम ध्यानमै हराएका थिए । बिम्बिसार घोडाबाट ओर्लिए । बिम्बिसार र अनुचरहरुका आगमनले त्यहाँ केही हल्लीखल्ली भयो । गौतमको ध्यान भंग भयो । उनले आँखा खोले । बिम्बिसारले तुरुन्तै अभिवादन गर्दै सम्बोधन गरे ।

– ूहे श्रमण ! म मगधसम्राट् बिम्बिसार तपाईंलाई प्रणाम गर्दछु । ध्यान भङ्ग भएकोमा क्षमाप्रार्थी छु । तपाईंको उपस्थितिले मगध साम्राज्य अहोधन्य भएको छ । मगधको यो राजधानी तपाईंको पाइला पर्नासाथ कौतूहलताले व्याकुल छ तपाईंको परिचय पाउन लालायित छ । म समस्त मगधको जनता र मेरो तर्फबाट तपाईंलाई प्रश्न राख्दैछु । तपाईंको परिचय के हो र कसरी यो साम्राज्यले तपाईंको सेवा गर्न सक्तछ ?ू

– ूहे सम्राट् ! हिमालयको काखमा अवस्थित कोसल महाजनपद अन्तर्गत शाक्य जनपद रहेको छ म त्यसैगणबाट प्रब्रजित भई ज्ञानको खोजीमा तपास्यार्थ हिँडिरहेको एउटा ज्ञानार्थी हुँ । मेरो नाम हो गौतम । म आलारकालामका शिष्य मेरा पूज्य गुरु भारद्वाजबाट प्रब्रजित भएको हुँ र म उनै महान् आचार्य आलारकालामको खोजीमा यहाँ आइपुगेको हुँ ।ू

– ूहे श्रमण गौतम ! मुनिहरुमा श्रेष्ठ ऋषि आलारकालामको यश र कीर्ति सम्पूर्ण आर्यावर्तमा अरुको भन्दा धेरै उच्च छ । तर उहाँ यस बखत मगधमा हुनुहुन्न । यसै वर्षदेखि उहाँ वैशालीमा नै आफ्नै आश्रममा योगप्रशिक्षणका स्थायी शिबिर खडा गर्न लाग्नुभएको छ । एकै हप्ताअघि मात्र उहाँ त्यता जानुभयो । तथापि तपाईं यतै अन्य गुरुहरुबाट शिक्षा लिन चाहनुहुन्छ भने धेरै अरु ठूलाठूला आचार्यहरु पनि यता हुनुहुन्छ । कुनै एक आचार्यकोमा रही कमसेकम यो वर्षाबास यता कायम गर्नको लागि म तपाईंलाई हार्दिक आग्रह गर्दछु ।ू

– ूहे सम्राट् ! मलाई महान् गुरु आलारकालामसँगै सिक्ने उत्कट इच्छा छ । अतः म यथाशक्य छिट्टै वैशाली जान्छु । तपाईंहरुको आतिथ्य पाएर म अति हर्षित छु । प्रब्र्राजकको एक ठेगाना त हुन्न नै । त्यसकारण तपाईंलाई विश्वास दिलाउँछु म अवश्यै यस साम्राज्यमा फेरि पनि आउँछु नै ।ू

– ूहे श्रमण महाराज ! तपाईंको जो इच्छा । तपाईंको बाटो हामी सदा हेरिरहेकै हुनेछौँ । एउटा प्रश्न मनमा उठिरहेछ । तपाईंको जीउडालको बनौट शरीरका रङ्गरुपका साथै आचरण र बोलीवचनलाई समेत ध्यानमा राख्दा तपाईं सामान्य कुलका प्रब्रजित हुनुहुन्न । त्यसैले तपाईंको कुलको बारेमा जान्न हामी अति उत्सुक छौँ । हे श्रमण ! शाक्य गणराज्यका शाक्यहरु हाम्रा सबन्धी कोसलसम्राट्का सम्बन्धी भएका कारणले हाम्रा पनि सम्बन्धी हुन् । तपाईंको जन्म कुन कुलमा भयो बताइदिनुहुन्छ कि ?ू

– ूहे सम्राट् ! म कपिलवस्तुका शाक्यगणका महाराज शुद्धोदनको ज्येष्ठ पुत्र हुँ ।ू

– ूए हे ! तपाईं ता राजकुलकै हुनुहुँदोरहेछ । तपाईंकै परिवारसँग कोसलसम्राट्ले वैवाहिक सम्बन्ध गाँसेका र मेरो पनि कोसलसम्राट्सँग वैवाहिक सम्बन्ध रहेको हुँदा तपाईं मेरा पूरै सम्बन्धी हुनुहुन्छ । हे श्रमण ! तपाईंलाई हामी अतिथिगृहमा राखेर सत्कार गर्न चाहन्छोँ । कृपया हिँड्नुहोस् ।ू

– ूहे सम्राट् ! तपाईंको सदाशयताको लागि म धन्य छु । धन्यवाद । तर म त अब एउटा संन्यासी भइसकेको व्यक्ति हुँ । त्यो हिसाबले मेरो न कुनै नाता छ न कुनै कुटुम्ब नै । आफ्नै परिवारसमेत मेरालागि असम्बद्ध छन् । त्यसकारण म तपाईंको राजकीय वा व्यक्तिगत सत्कार पारिवारिक नाताको हैसियतमा लिन सक्तिन । रह्यो कुरा नाताहीन असम्बद्ध सत्कारको त्यो तपाईंले अहिले गरि नै रहनुभएको छ । म त्यसैबाट कृतज्ञ छु । म यसको लागि हार्दिक धन्यवाद दिन चाहन्छु ।ू

– ूहे श्रमण ! एउटा राजकुलका होनहार युवाले संन्यास लिनु भनेको अति असामान्य कुरा हो । त्यस्तो के पर्न गयो र यो उमेरमा संन्यास लिनुभयो ?ू

– ूहे सम्राट् ! प्राणीमात्र जरा व्याधि र मृत्युका शिकार छन् तथापि मान्छे भन्ने जाति यी भ्रमजालमा परी आफूआफूमा मारकाट लडाइ र     झगडामा जीवन बिताइरहेछन् । समाजका सदस्यको हैसियतमा मलाईसमेत शस्त्रधारण गर्नुपर्ने विवशताहरु आइपरे । यिनै कारणहरुले ममा वैराग उत्पन्न भयो* र त्यही दुःखको निवारण र शान्तिको उपायहरुको खोजीमा सांसारिक प्रपाच त्यागेर ज्ञानको खोजीमा भौँतारिरहेको छु ।ू

* ‘अत्तदण्डा भयं जातं जनंपस्सथ मेधकं । संवेगं कित्तयिस्सामि यथा संविजितं मया ॥ १ ॥ फन्दामानं पजं दिस्वा मच्छे अपोदके यथा । आजोहि व्यारुद्धे दिस्वा मं भयभाविसि ॥ २ ॥ समन्तमसरो लोको दिसा सब्बा समेरिता । इच्छं भवनमत्तनो नाद्दसािसं अनोसितं । ओसाने त्वेव व्यारुद्धे दिस्वा में अरती अह ॥ ३ ॥’
‘(१) शस्त्र धारण भयावह लाग्यो । जनताहरु कसरी एकाअर्कामा लड्दछन् हेर त । यसैले मलाई संवेग उत्पन्न भयो म भन्दैछु । (२) अपर्याप्त पानीमा जसरी माछाहरु छटपटाउँछन् त्यसरी एकाअर्कामा विरोध गर्दै छटपटाइरहेका छन् । यसले मलाई अन्तस्करणमा डर उत्पन्न भयो । (३) चारैतर्फ संसार असार देखेँ सबै दिशा कम्पयमान देखेँ कहीँ डर नभएको ठाउँ देखिनँ । सबै जनता एकाअर्कामा विरुद्ध देखेपछि मलाई वाक्क लाग्यो ॥३ ॥ ‘ अत्तदण्डसुत्त -भगवान् बुद्ध पृ. ८४ ।

– ूत्यो त के भो र कोसलसम्राट् र हामी सँगै बसेर पनि सहयोग पुर् याउन सक्थ्यौँ । त्यत्ति कुराको लागि गृहस्थ जीवन त्याग्न किन पर्थ्यो ? ू

– ूगृहस्थ जीवनमा धेरै जाजालहरु आइपर्छन् । त्यस जाजालमा बसेर मेरा अभीष्टहरु पूरा गर्न कदाचित सम्भव हुन्न ।ू **

**’संबाधोऽयं घराबासो रजस्सायतनं इति ॥ अब्भोकासो च पबज्जा इति दिस्वान पब्बजि ॥’
‘गृहस्थाश्रम त अडचनहरु र कुडाकरकटकै ठाउँ हो । तथा प्रवज्य भनेको खुला हावा हो । यही जानेरै म प्रब्राजक बनेको हुँ ।’  -ऐ. पृ. ८५ ।

ूहे श्रमण ! शासक कुलमा उत्पन्न भएर यसरी सोच्न म युक्तिसङ्गत देख्दिन । यदि तपाईं यो प्रब्रज्या छोड्न चाहनुहुन्छ भने र त्यता आफ्ना विरोधीहरुलाई दमन गर्न चाहनुहुन्छ भने म तपाईंलाई पुग्दो सैन्य दिन सक्छु । होइन त्यो पनि चाहनुहुन्न र अरु कुनै विवशता छ भने यतै राम्रो बन्दोबस्त गरिदिन्छु । स्वर्गसुखको लागि ठूलाठूला यज्ञ गर्न चाहनुहुन्छ भने पनि म व्यवस्था गरिदिन्छु । अरु त अरु राज्यकै हिस्सासम्म पनि दिन सक्छु । हे श्रमण ! यो मैले यसै कुनै अभिमानले भनिरहेको छैन । तपाईंको अवस्थाप्रति म अति संवेदनशील भएँ । तपाईंको यो उमेर कुनै प्रब्राजक हुनुपर्ने छैन ।ू

ूहे सम्राट् ! जसरी आगोमा इन्धन थप्दा प्रज्ज्वलन बढ्दछ तथा इन्धन थप्दा निभ्नुको सट्टा आगो ´नै बढ्द छ । त्यसरी विषयको कामनाबाट तृष्णा घट्दैन तर ´नै बढ्दछ । राजा होस् वा सामान्यजन कसैलाई पनि पेटभरिको खाना र आङ ढाक्ने सानो कपडामात्रको आवश्यकता हुन्छ । अरु सबै कुरा मदको लागि मात्र हुन् । तपाईंले देखाउनुभएको संवेदनशीलता र सहानुभूतिबाट म अति हर्षित छु । तर हे सम्राट् ! तपाईंले भिक्षाजीवीहरुलाई दया देखाई राख्नैपर्दैन किनभने उ सुखको लागि लागिपरेकै हुन्न । दया त ती व्यक्तिहरुलाई आवश्यक छ जो धनमा पूर्ण गाडिएर पनि न उनलाई सुख छ न शान्ति नै । तपाईंले जो मेरोलागि पि्रय वचन पोख्नुभयो ती सब तपाईंका शील कुल र जीवनचर्याको अनुरुप छन् । हे राजन् ! म संसारको झैझगडाबाट आहत छु । म शान्तिको खोजीमा छु । यो दुःखलाई अन्त्य गर्न सक्छु भने म संसारको कुनै पनि निधि त्याग्न तत्पर छु । राज्यको के कुरा हे सम्राट् ! आफ्नॊ सुखको लागि कुनै पनि िहंसा हुने यज्ञ गर्न म सक्तिँन । त्यस्तै यो जन्ममा नमिल्ने तर अर्को जन्ममा पाइन्छ भन्ने आशयसाथ कुनै पनि कार्य व्रत वा पूजापाठ वा िहंस्रक यज्ञ म गर्दिन । हे राजन् ! मेरो चाहना पृथ्वीका समस्त दुःखीहरुका लागि हो । म देख्दछु यसको बाटो पक्कै छ किनभने म मान्दछु हामीले भोग्ने दुःखहरुका कारक हाम्रै तृष्णाहरु हुन् । प्रत्यक्ष वा परोक्षमा हामी मान्छे स्वयं त्यसका कारक छौँ । अतः मेरो बुझाइ छ यसबाट त्राण पाउने उपायहरु पनि हामी मा´ नै छन् र त्यसलाई पत्ता लगाएरै छाड्छु । अतः हे राजन् ! म जुन उद्देश्यसाथ घर छाडेर संन्यासी बनेको छु त्यसै कारणको लागि मलाई बिदा दिनुहोस् ।ू

ूहे गौतम ! मैले बुझेँ तपाईंलेँ महान् कार्यको लागि संन्यास लिनुभएको छ । हामीजस्तो विषयसुखमा लागिपर्नेहरुलाई तपाईंका कुरा बुझझिसक्नु हुन्न नै । अतः मैले तपाईंलाई संन्यासबाट फिर्ता हुन जुन आग्रह गरेँ त्यो मेरो अज्ञानताको कारणले गरेँ । हे महापुरुष ! अब म पूर्ण विश्वस्त छु तपाईं अफ्नो उद्देश्यमा पूर्णरुपले सफल हुनुहुनेछ । कृपया सफलतापछि अवश्यै हामीलाई दर्शन दिन आउनुहोला ?ू

त्यसपछि राजा त्यहाँबाट सभक्ति अभिवादन गर्दै फर्के ।

८०. पाचभद्रीयसँग भेट र संन्यासबाट विचलित गर्न मारको प्रयत्न

हे पाठकगण ! वर्षा शुरु हुन लागॆको र राजगृहबाट वैशाली पुग्न कम्तिमा पनि ४ दिनको बाटो भएकाले उनी यथाशीघ्र हिँडिहाल्न चाहन्थॆ । त्यता जाने साथी पनि पाइन्छ कि भनी उनले खोजी गरे । तर अब धेरैको मनस्थिति वर्षाबासतिरै ठेगान लागिसकेका हुनाले उनले कोही साथी पाएनन् । केही दिनमै उनी एक्लै हिँड्न हिँडे ।

वैशाली ज्ञातृकगण र लिच्छविगणका बृज्जीसङ्घको राजधानी नगर हो । जहाँ पहिले गौतमले गङ्गा पार गरेका थिए त्यही ठाउँबाट पूर्वतिर गण्डक नदीपारि वैशाली नगर पर्दछ । राजगृहबाट उत्तरपूर्वतिर छड्कँदै ४ दिनमा वैशालीकै एउटा प्रान्तमा पुगे । यहाँ नै उनले कोसलतिरबाट आइरहेका ५ जना प्रब्राजकहरुलाई भेटे । भलाकुसारी गर्दा थाहा भयो ती ५ जना श्रमणहरु कौण्डन्य अस्सजि बप्प महानाम तथा भद्दीय थिए । अझ ४५ वर्षीय कौण्डन्य त उनकै न्वारनमा सिद्धार्थ भन्ने नाम जुराउने पण्डित थिए । उनीहरु उद्दक रामपुत्तका शिष्यत्व ग्रहण गर्न कोसल महाजनपदबाट आइरहेका रहेछन् ।

उनीहरुबाट थाहा भयो कपिलवस्तुमा अब कोलियबीचको युद्ध नहुने भएछ । देवदत्त तिष्य भद्दीय महानाम अनुरुद्ध छन्दक कालुदायी नन्द आनन्द र यशोधराले आआफ्ना गणमा गएर शान्तिको पक्षमा जोरदार आन्दोलन छेडेछन् । अझ भद्दीयको नेतृत्वले त तहल्कै मचाएछन् । सहस्र सामान्य नागरिकहरुले यसमा साथ दिएछन् । संस्थागारमै पूरै घेराउ गरेर सङ्घका सभासदहरुलाई युद्ध कार्यान्वयनको लागि पुनः सोच्न वाध्य गरिदिएछन् ।

उता कोलियगणमा पनि शाक्यहरुको यो आन्दोलनले ठूलो प्रभाव पारेछ । त्यसमाथि देवदत्त र तिष्यले पनि त्यहाँ गएर यसप्रति निकै ठूलो भूमिका खेलेछन् । त्यहाँ पनि नागरिकहरुले आन्दोलनमा उत्रिएर ‘शाक्य कोलिय सम्बन्धी हुन् वार्ताबाट समस्याको समाधान होस्’ भनेर त्यताकै सङ्घलाई जोरदारको दवाव दिएछन् । यसको सुइँको कोसलसम्राट् प्रसेनजीतसम्म पनि पुगेछ । अन्ततः युद्धको वातावरण त्यत्तिकै खत्तम भएछ । पानी बाँडफाँडको विषयलाई भने उनीहरुले दुबैतर्फबाट पाँचपाँच जना पाचहरुलाई निर्णय गर्न जिम्मा दिएछन् जसको कारण रोहणी नदीको पानीविवाद सदाको लागि अन्त्य भएछ ।

जुन कारणले प्रब्रज्या लिनुपरेको थियो त्यो कारण नै उल्टिसकेको हुँदा प्रब्रज्या फिर्ता लिन सकिने अवस्थाको ज्ञान उनीहरुले गौतमलाई दिए । युद्ध रोकिएकोमा गौतम अति नै खुशी भए । तर उनी यसै निहुँबाट आफ्नो प्रब्रज्यालाई त्याग्न चाहन्नथे । उनले जुन कारणले प्रब्रज्या लिएका थिए त्यो कारण सही मानेमा अझै सबल थियो । कुरा शाक्य र कोलियबीचको झगडामात्र होइन । समस्त मानवसमाज एकाअर्कामा त्यस्तै अक्रामक छन् । अशान्त छन् । त्यसको अन्त्य नभएसम्म र त्यसको निराकरणको लागि उपाय नपाएसम्म उनको प्रब्रज्या सार्थक हुनै सक्दैनथ्यो । उनी ती पाँचैजनालाई सविनय छाडेर आफ्नो बाटो लागे ।

केही टाढा पुगिसकेपछि एकाएक उनीभित्रको मार बोल्न लाग्यो- ूहे गौतम ! तिमी जे कुराको लागि प्रब्राजक भएथ्यौ त्यो कारण अब रहेकै छैन भने किन ढिड बन्दै छौ युद्ध रोक्नको लागि तिमीले विद्रोह गरेका थियौ । त्यो सफल भएको छ । तिम्रो मतको विजय भएको छ । त्यसकारण तिमी छाती फुकाएर गृहस्थीमै फर्क ।ू

हे पाठकगण ! गौतम साँच्चै नै विचलित भए । मनमा अब अनेकन खुल्दुली मच्चिन लाग्यो । तर एकै छिन्मा उनी सम्हालिए र मानसिक स्तरमै मारलाई उत्तर दिए- होइन । युद्ध समस्याको एउटा सानो अङ्ग मात्र थियो । पानीको त्यो निहुँ टरेको छ । तर वृहत्तररुपमा मान्छे मान्छेमा यसको वर्गवर्गमा हुने झगडाको बीउ मासिएको छैन । वर्गवर्ग बीचको त्यो विग्रह त्यो द्वेष जबसम्म सद्भावमा बद्लिन्न तबसम्म सही मानेमा त्यस्ता युद्धका संभावनाहरुले टाउको उठाइरहेकै हुनेछ । हे मार ! जबसम्म त्यो बीज नास हुन्न तबसम्म त्यो युद्ध टरेकै हुन्न । अतः जुन कारणले मैलॆ प्रब्रज्या लिएँ त्यो टरेको छैन । हे मार ! मैले प्रब्रज्या फिर्ता लिनै मिल्दैन । त्यसकारण म प्रब्राजक रहेरै आफ्नो अभीष्टमा सङ्कल्पित हुन्छु ।ू

मारको संवेग दमन भयो । गौतम जुरुक्क उठे र आलारकलामको आश्रमतिर हिँडे ।

८१. कृच्छ तपस्याको अध्ययन

हे पाठकगण ! बाटोमा एउटा घनघोर वन थियो त्यता थरीथरीका ऋषिहरुले थरीथरीका तपश्चर्या गरिरहेका थिए । कोही एक खुट्टामा एकचित्त भई उभिरहेका थिए । कोही उल्टा टाउकोले टेकेर रहने थिए । कोही सधैँ मुठी बाँधेर बस्ने थिए । कोही हात माथितिर उठाएर बस्ने थिए । कोही रुखमा झुण्डिएर बस्ने थिए । कोही पानीमा मात्र बस्ने थिए । कोही जुका र कीराहरुलाई आफ्नो शरीरको मासु र रगत खुवाएर बस्ने थिए । कोही फलामका काँडाहरुमा सुत्ने थिए । सबै नै कठोर विधिका साथ खानापिनासमेत छाडेर हाडछालाका मात्र भएका थिए ।

हे पाठकगण ! यस्तै योगलाई हठयोग भनिन्छ भनेर गौतमले गुरुहरुबाट सुनेका थिए । यस्तै यस्तै कठोर हठयोग भगवान् महाबीरले १३ वर्षसम्म गरेका थिए भन्ने पनि उनले जानेकै थिए । तर देख्न भने पाएका थिएनन् र उनको यो देखाइ पहिलो थियो ।

उनले गुरुहरुबाट सुनेका थिए- ‘योगःश्चित्तवृत्तिनिरोधः’ अर्थात् चित्तवृत्तिको निरोध नै योग हो । योगले शरीरको क्रियाबाट मनलाई नियन्त्रित गर्ने उपदेश दिन्छ । यो आत्माको गहिराइको संधान गर्ने विद्या हो । यो हलचल र प्रलोभनहरुका बीच मनलाई स्थिर राख्ने कला हो । यो अवचेतन मनसम्म पुग्ने मार्गको निर्धारक विज्ञान हो । यसबाट निसर्गोत्तर शक्तिहरु पनि जाग्रत हुन्छ । आदि आदि ।

यो पनि सुनेका थिए- हामी जे गर्छौं वा सोच्दछौँ त्यसको प्रभाव हाम्रा मानसिकतामा पर्दछ । त्यही प्रभाव संस्कार हो । यो संस्कार वैचारिक प्रक्रियाहरु र कर्मका क्षरणबाट बन्दछ । त्यस्तै यो इन्द्रियहरुका आशक्तिहरु र वासनाका तरङ्गहरुबाट उत्पन्न हुन्छ । संस्कारका नगन्य पत्रहरु हाम्रा आत्मामा जमेका हुन्छन् । यिनै पत्रहरुको जमोटको कारणले मान्छे अज्ञानी बन्दछ । योगले यी पत्रहरुलाई तोड्न मद्दत गर्दछ र योगी आफ्ना आत्मरुपको साक्षात्कार गर्दछ ।

यो पनि सुनेका थिए- मान्छे एउटा पशु नै हो । विचारशक्तिको कारणले ऊ अरु पशुभन्दा माथि उठेको हो । तर मान्छेभित्र त्यो पाशविकता सदा संस्कारको रुपमा दबिएर रहेको   हुन्छ । मान्छेहरुका असावधानीमा त्यो अचानक भड्कन्छ र असामाजिक कि्रयाकलापहरुमा त्यो प्रस्तुत हुनपुग्दछ । योगले त्यही असावधानीलाई नियन्त्रित गरी योगीलाई संस्कारबाट मुक्त गराउँदछ ।

हे पाठकगण ! योगाभ्यासको प्रचलन आर्यहरु यता सिन्ध र गंगामैदानी भूमीमा आउनपूर्व नै अनार्यहरुबीच निरन्तरित थियो । यसको दार्शनिक निरुपण मात्र महान् योगी पतंजलीले पछि         गरे ।*  उनको यो दर्शनलाई योगदर्शन भनिन्छ । पतंजलीका अनुसार सांसारिक वासनाहरुमाथि विजय नपाएसम्म चित्तवृत्तिहरुको निरोध हुन्न न त त्यहाँ योगकै स्थिति हुन्छ । अतएव योग वैराग्य साधनाको पन्थ हो र अत्यन्त कृच्छाचारको मार्ग हो ।

* ‘योग की परंपरा प्रागवैदिक है । आर्यों ने इस विद्या का ज्ञान भारत मे आकार प्राप्त किया । पीछे उन्होंने इस विद्या का वर्धन और विकास भी किया । … योगका निरुपण दर्शन के रुपमे पतंजलिने किया । ‘ -संस्कृति के चार अध्याय पृ. २२० ।

पताजलीको योग र कपिलको साङ्ख्य दर्शनका पद्धति एउटै छ । फरक यत्ति हो कि योगदर्शन ईश्वरवादी र साङ्ख्य अनीश्वरवादी छन् । पताजलीको अनुसार ईश्वर सर्वज्ञ गुरु हुन् । उनमा मानवीय आत्माका दोष र अपूर्णता रहेको हुन्न । यो क्लेश कर्मविपाक तथा मलिन संस्कारको स्पर्शबाट सर्वथा मुक्त रहेको हुन्छ । तर अनीश्वरवादी साङ्ख्यका आचार्य कपिलमुनि भन्दछन् ईश्वरको साधनाबेगर पनि योगसाधना गर्न सकिन्छ । पताजलीको योगलाई राजयोग भनिन्छ ।

सिद्धार्थ साङ्ख्यमताम्बलि थिए । त्यसैले पहिले त उनी अनीश्वरवादी योगकै अभ्यास गर्न चाहन्थे । उनमा पनि विश्वास थियो कि ईश्वरको साधनाबेगरै पताजलीले भनेजस्तो योगसाधना गर्न सकिन्छ । उनी त्यसैले राजयोग गर्न चाहन्नथे । यो हठयोगको विषय त ´नै उनको लागि परकै कुरा     भइहाल्यो ।

तथापि यहाँ हठयोगकै तपोभूमिमा आइपुगेपछि यसमा विशेष चाख त बढ्ने भइहाल्यो । उनले एकपछि अर्को गर्दै धेरै तपस्वीहरुका तपश्चर्यालाई हेरे । धेरैसँग उनले चिन्तनपूर्ण वार्ता पनि गरे । तर उनीहरुका चिन्तनशीलता धेरै कमजोर थियो । धेरैजसोले तपश्चर्याको हेतु स्वर्गप्राप्ति हो भन्ने मान्दथे । कोही मुक्तिका कुरा गर्दथे अनि कोही भने मोक्षका । सबैजसो अन्धआस्थामै रुमल्लिएका प्रतीत हुन्थे । कसैले कहिल्यै गौतमलाई बौद्धिक रुपमा सन्तुष्ट गरेनन् । तथापि गौतमले यसरी त्यस वर्षाबासभरी उनीहरुकै आश्रमहरुमा उनीहरुकै अध्ययन गर्दै सदाशयातापूर्ण समय बिताए । यसबीच उनले पचासौँ तपस्वीहरुको सङ्गत गरे तरपनि त्यस तपश्चर्याको सार्थकतालाई उनले स्वीकार्न सकेनन् ।

हे पाठकगण ! वर्षाको अन्त्य भइसकेको थियो । आश्विन शुक्लपक्ष शूरु हुनेसाथ उनले त्यो वर्षाबासलाई छाडे । बाटोमा पर्दथ्यो त्यसै हठयोगका सिद्ध आचार्य भृगुमुनिको आश्रम । साँ´ परिसकेको थियो । यिनै ऋषिको आश्रममा बास बस्ने हेतुसाथ गौतम आँगनमा पुगे ।

भृगुमुनिका कुटी अति सुन्दर ढङ्गमा बनेको थियो । यस्तो वनमा यत्ति सुन्दर कुटी देख्दा गौतम दङ्ग परे । उनी त्यहाँ कौतूहलतासाथ यता र उति अवलोकन गर्दै थिए कि भृगुमुनिले नजिकै आएर सम्बोधन गरे- ूहे भिक्षु ! भन्नुहोस् यो भृगुबूढोले के सेवा गर्नुपर् यो ?ू

गौतमले भृगुऋषिलाई अभिवादन गर्दै सविनय भने- ूहे मुनि ! म साङ्ख्यमताम्बलि आचार्य भारद्वाजबाट प्रब्रजित भिक्ष्ा गौतम हुँ । हे मुनिवर रात पर् यो र बास बस्ने हेतुसाथ म यहाँ पसेको हुँ ।ू

भृगुमुनि- ूहे गौतम ! मेरो आश्रममा तपाईंलाई स्वागत छ । हामी वनवासी तपस्वीहरु यदाकदा नुनको लागिमात्र गाउँमा भिक्षाटन गर्न जाने हुँदा हाम्रा कुटीमा प्रायः अन्न हुन्न । आज म तपाईंलाई वनकै कन्दमूलले मात्र स्वागत गर्नेछु । आउनुहोस् बस्नुहोस् ।ू

गौतम पिँढीतिर जाँदै थिए । भृगुमुनिले सोधे- ूअनि भन्नुहोस् कति कामले यो तपोवनमा आउनुभो ?ू

गौतम- ूहे आचार्य ! मेरो वर्षावास यसै वनमा तपस्वीहरुबीच भयो र अब म आचार्य आलारकालमकहाँ उनैको शिष्यत्व ग्रहण गर्न जानेक्रममा यहाँ आइपुगेको छु ।ू

भृगुमुनिले गौतमको लागि मृगचर्म पिँढीमा बिछाइदिए र अगाडि राखिदिए वनकेराको पातमा वन्य फलहरु ।

भृगु- ूहे गौतम ! तपाईंले त वर्षाबासै यसै तपोवनमा गर्नु भएछ । के तपाईंलाई यतै तपस्या गर्ने विचार आएन ?ू

गौतम- ूहे आचार्य ! हठयोगको बारेमा मैले पहिले सुनेको मात्र थिएँ र यहाँ आएर मात्र पहिलोपल्ट प्रत्यक्षीकरण भयो । त्यसपछि यसबारेमा मलाई केही कौतूहलता जाग्यो । त्यही कौतूहलताबस् केही अध्ययन गर्दागर्दै वर्षामास चर्कियो र मैले यतै वर्षाबास बस्नुपर्ने भयो । मेरो प्रमुख लक्ष भनेको साङ्ख्यका ध्यानविधि सिक्नु थियो । त्यसॊ हुँदा यो हठयोगका अभ्यास गरिहाल्ने विचार आएन । हे आचार्य ! ध्यानयोग तथा राजयोगबाट मानसिक क्रियाहरुलाई नियन्त्रित गरी चित्तवृत्तिको निरोध गर्ने विधिलाई म बुझ्दछु तर देहदण्डनको यो विधिबाट हासिल गर्ने कुरा के हो त्यो मलाई स्पष्ट    छैन ।ू

भृगु- ूहे गौतम ! शरीर भनेको मान्छेका दुःखका कारक तृष्णाको घर हो । जबसम्म शरीरको बोलवाला रहन्छ तबसम्म मान्छे त्यसै तृष्णाको दास भएर रहन्छ । तपाईंले भन्नुभएजस्तो मानसिक कि्रयाहरुलाई नियन्त्रित गर्न शरीरको बासनालण्ठताको कारणले असम्भव हुन जान्छ । त्यसैले दण्डनविधिबाट यसलाई ठेगान लगाइन्छ र त्यो चित्तवृत्तिको निरोध सम्भव हुन जान्छ । चित्तवृत्तिको पूर्णरुपले निरोध भएपछि मान्छे स्वयं मनुष्यताबाट उठेर ईश्वरकोटीमा पुग्दछ । हे गौतम ! साध्य त त्यही हो तर राजयोग वा ध्यान योगजस्ता सरल साधनाबाट शरीर तहलाग्ने वाला छैन तथा सुपुष्ट रहेको शरीर कुनै पनि बेला प्रतिगामी हुन सक्छ र यसलाई सदाकालागि दमन गर्न यो हठको कृच्छ साधना प्रयोग गरिएको हो ।ू

गौतमलाई देहदण्डनको चरमता केही बढी नै हो भन्ने लाग्यो । तथापि आफूले नभोगेको अनुभव नभएको अ´ यसबखत सरोकारै नरहेको विधिउपर केही तर्कवितर्क गर्न उनलाई मन लागेन र नम्रभावमा भने- ूहे परम गुरु हजूरको दयाबाट मैले यस हठयोगको बारेमा पनि सामान्य ज्ञान    पाएँ । म कृतकृतार्थ छु ।ू

राती धेरै अबेरसम्म गौतम र भृगुले सौहादर््रपूर्ण वार्ता गरिरहे र मध्यराततिर सुते । बिहान सबेरै गौतम आफ्नो बाटो लागे ।
—-

८२. आलार कालमकोमा योगसाधना

हे पाठकगण ! भृगुआश्रम छाडेर नौ दिनसम्म हिँडेपछि गौतम आलारकालमको आश्रममा पुगे ।*

* जहँ जहँ चरन परे गौतम के पृ. १०२ । 

आलारकालाम आफ्ना चारसय शिष्यहरुलाई प्रवचन दिँदै थिए । सत्तरी वर्षका आचार्यको शरीर दुब्लो पातलो थियो । तथापि आँखा धपधपाउँदा थिए । उनको गहकिला आवाजले समस्त शिष्यहरुलाई सम्मोहित गरेको लाग्दथ्यो । गौतम स्वयं उनको व्यक्तित्वबाट अति प्रभावित भए ।

आचार्यको प्रवचन सकिएपछि गौतमले अगाडि आएर प्रणाम गर्दै भने- ूहे आचार्य ! म शाक्यगणबाट प्रब्रजित भिक्षु गौतम हुँ । मैले बाल्यकालमै हजूरका परमगुनी शिष्य आचार्य भारद्वाजबाट प्राथमिक स्तरका ज्ञान तथा योगाभ्यास सिकेको छु । अब प्रब्रजित भएर हजूरकै शरणमा पूर्ण ज्ञानको लागि आएको छु ।ू

मौन व्यक्तित्वका गम्भीर आचार्य आलारकालामले गौतमको वाणी सुन्नेबित्तिकै उनलाई गौर गरेर    हेरे । यसरी हेरे मानौँ उनी उनलाई राम्रै जान्दछन् वा यसरी कि उनी उनैको प्रतीक्षामा थिए र बल्ल भेटे ।

आचार्यले छोटोमा बोले- ूहे भिक्षु ! तिमीलाई स्वागत छ । यहाँ रहेर ज्ञान तथा साधना पद्धति तिमी सिक्न सक्छौ । तर याद राख्नु यहाँ कोही राजा वा राजकुमार रहन सक्दैनन् । सबै संन्यासीहरु रहन्छन् ।ू

गौतमलाई लाग्यो आचार्यले सायद उनका बारेमा पहिले नै सुनेका थिए वा उनको प्रब्रज्याको बारेमा पनि थाहा पाएका थिए । यो जानकारीबाट गौतमलाई केही सजिलो अनुभूत     भयो । उनले आचार्यलाई विश्वस्त पार्दै भने- ूहे आचार्य ! हजूरको शरणमा कुनै राजा महाराजा वा राजकुमार आएका छैनन् । सांसारिक प्रपञ्चलाई पूर्णतः त्यागी एउटा संन्यासी आएको छ । मेरा गुरु भारद्वाजबाट प्रब्रजित हुँदा नै एउटा प्रब्रजितको के अनुशासन हुन्छ राम्ररी सिकेको छु । म विश्वास दिलाउन चाहन्छु- म यहाँ कुनै समस्या हुने छुइँन ।ू

आलारकालामले पहिले गौतममा भएको पूर्वज्ञानहरुको परीक्षण गर्न चाहे ।

– हे गौतम ! के तिमीलाई थाहा छ यो आश्रमले कुन सम्प्रदायको आदर्शलाई बोक्दछ ।ू
– हे आचार्य ! कपिलमुनिद्वारा प्रतिपादित साङ्ख्य दर्शनको आदर्शलाई बोक्दछ ।ू
– के तिमीलाई यसका आधारभूत कुराहरु थाहा छ ?ू
– हे आचार्य ! म कपिलमुनिद्वारानै संरक्षित कपिलवस्तुका शाक्यगणमा हुर्कें र बढेँ । मेरा समस्त गण यही मतलाई जानीनजानी अवलम्बन गर्दछन् । अतः मैले पनि मेरा परिवारका गुरुजन तथा पाठशालाका आचार्यहरुद्वारा केही सिक्ने अवसर पाएको छु । हे आचार्य ! साङ्ख्य दर्शनअनुसार कुनै पनि कुरालाई प्रमाणबेगर सत्य मानिन्न । ू
– संसारको वास्तविक रुप के हो ू
– वास्तविक संसारको दुई रुप छन्- ‘व्यक्त’ अर्थात् पूर्ण विकसित र ‘अव्यक्त’ अर्थात् अविकसित । विकसित रुप त हामी अनुभूत गर्न सक्छौँ तर अविकसितलाई सक्दैनौँ ।ू
– किन ?ू
– यसका धेरै कारणहरु हुन सक्छन् । जस्तै ती अति सूक्ष्म हुन सक्छन् । ती दुरीमा रहेका हुन सक्छन् । तिनका बीचमा व्यवधान हुन सक्छन् । त्यसमा मिलावट भई अर्कै स्वरुपमा बसेका हुन सक्छन् । अनि अवलोकनकर्तामा तीव्र वेदना वा इन्द्रियदोष पनि हुन सक्छन् ।ू
– अव्यक्त कसरी व्यक्तमा परिणत हुन्छ ?ू
– अव्यक्त व्यक्तमा ‘सत्व’ ‘रज’ र ‘तम’ तीन गुणका क्रियाशीलताबाट परिणत हुन्छ । ‘सत्व’ भनेको मान्छे जातिलाई सुख दिने गुण हो । ‘रज’ भनेको क्रियाशीलताको प्रेरक गुण हो । र ‘तम’ भनेको भारिपन रोकावट वा निष्किृयताको गुण हो । तीनै गुण एकअर्काप्रति हावी नभएसम्म विकासक्रम रोकिएको हुन्छ र हावी हुन लागेपछि हावी भएका गुणअनुसार विकास निःसृत हुन्छ । हावी भएका गुणहरुको मात्रामा प्रभाव पार्ने मुख्य कारण हो ‘दुःख’ ।ू

गौतमका उत्तरहरुबाट गुरु अति नै प्रभावित भए ।

– गौतम ! तिमीलाई साङ्ख्य दर्शनको राम्रै ज्ञान रहेछ । ज्ञानको पक्षमा तिमी अरु के जान्न चाहन्छौ ?ू
– हे पूज्य आचार्य । समस्त विकासको कारक दुःख हो । मान्छेमा अनेकन आकाङ्क्षा र तृष्णाहरु छन् । म बुझ्दछु जबसम्म यी सबैको दमन हुन्न दुःख नै नासिन्न । यस्तो बाटोको म चाहना राख्दछु जसबाट तीनैवटा मानवीय गुणहरु सन्तुलनमा रहुन् । त्यसको लागि के उपाय गर्नुपर्छ त्यो बाटोको खोजीमा म छु ।ू

– चित्तलाई निरोध गर्ने ध्यानयोग त्यसको सर्वोत्तम उपाय हो । त्यसैको लागि यस विधिको सृजना भएको छ । तिमीले त्यही योगविद्या यहाँ यो आश्रममा सिक्न सक्ने छौ ।ू

हे पाठकगण ! त्यस उपरान्त गौतम आलारकालामकोमै रहेर ज्ञान तथा ध्यानपद्धति सिक्न लागे । आचार्य आलारकालामका शिक्षा सिर्फ सैद्धान्तिक मात्र हुन्न थे । उनका शिक्षा पूर्णतः अभ्यासमुखी हुने गर्दथे । आचार्य स्वयं साथसाथै बसेर अभ्यासहरु गर्थे र शिष्यहरुलाई पनि गराउँथे । मानसिक तर्कवितर्कलाई उनी निरुत्साहित गर्दथे । प्रत्यक्ष अनुभव र उपयुक्त साधनाबाट ज्ञानको मार्ग प्रशस्त गराउँदथे । ज्ञानप्राप्तिको स्तरमा पुग्न ध्यानसाधनाको उच्चस्तरमा पुग्नुपर्ने उनको शिक्षा हुन्थ्यो । हे पाठकगण ! त्यस्तो उच्चस्तरको साधना तबमात्र सम्भव हुन्छ जब व्यक्ति आफ्ना अतीतका राग द्वेष र भविष्यका कामनाहरुबाट मुक्त हुन सक्दछ । त्यो आत्ममुक्तिको लागि नै व्यक्तिले आफ्ना समस्त चेतनालाई केन्द्रीकृत गर्नुपर्दछ । तसर्थ त्यसको लागि प्रथम चरण त चेतनालाई केन्द्रीकृत गर्नु नै थियो ।

यहाँ आएपछि सिद्धार्थले आफ्ना ध्यानसाधनामा केके कमीकमजोरीहरु थिए थहा पाए । राग र द्वेषबाट टाढा हुने उनको उत्कट चाहना नै बढि संवेदनशील भएर रागमा परिणत हुने गरेको रहेछ । गुरुको प्रशिक्षणबाट पहिले त उनले त्यस्ता कमीकमजोरीहरुलाई ध्यानविधिबाटै नियन्त्रण गरे । त्यसपछि आफूलाई त्यस्ता रागहरुबाट कंचन बनाएर अरु उच्च साधनाहरु सिक्न लागे । उनी आफ्ना साधनामा यत्ति निर्लिप्त हुन्थे कि कतैबाट व्यवधान नआवस् भन्ने हेतुसाथ बारबार वनको अरु भित्रीभागमा जान्थे र उतै दुईचार दिन      हराउँथे ।

त्यसपछि एक समय आयो जब उनले आफ्ना ध्यानमा पुराना राग र द्वेष अनि भविष्यका अभिलाषाहरुलाई पूर्णरुपले दमन गरे । उनका चित्त निर्बिचार तथा वीतराग बने । उनीभित्रका रागद्वेषको समूल नष्ट भयो । यसपछि त आनन्द र पीडाको अवस्था नै समाप्त भयो । उनलाई लाग्यो कि उनका समस्त इन्द्रियहरुको कार्यव्यापार समाप्त भइसकेको छ र उनको चित्त वायुहीन सरोवरको पानी समान शान्त र स्थिर बनेको छ ।

आचार्यले गौतमलाई अब अर्को चरण सिकाए जसबाट चित्तलाई असीम आकाशमा एकाकार गर्न सकियोस् । यस चरणमा मन अनन्तताको साथमा तदाकार भएको हुन्छ र सबै भौतिक पदार्थ र दृश्यजगत्को अस्तित्वको भान हुन्न । आकाशै सबै पदार्थका स्रोत भएको देखिन्छ । गौतमले यो विधि पनि सिके तथा यसमा पनि उनले छिट्टै सफलता हासिल    गरे । तर यो अनन्त आकाशको अनुभूतिमा पुगे पनि आफ्ना प्रगाढ चिन्ता र पीडाबाटचाहिँ उनी टाढा भएनन् । त्यसबाट उनी मुक्त हुन सकेनन् । ती सब स्वान्त सुख अनि ती       पनि क्षणिक मात्र प्रतीत भए । गौतमले अझै अनन्त आकाशको क्षेत्रमाथि विजय प्राप्त गर्न बाँकी देखे । त्यो बाँकी कुराको चाह नै फेरि उनका लागि क्लेश बने । उनी निरन्तर अभ्यासमा लागे ।

हे पाठकगण ! सारभूतरुपमा यो आकाशको क्षेत्र भनेको चित्तको विचरण गर्ने क्षेत्र मानिन्छ र यसमा विजय पाएर असीम आत्मजागृतिको अनुभूति प्राप्त गर्नु नै साधकको एकमात्र अभीष्ट हुने गर्छ । यसबाट सृष्टिको समस्त कार्यहरुमा दृष्टिभाव विद्यमान हुन जान्छ । अन्ततः गौतमले यो स्तरको सफलता पनि हासिल गरे । तर अझै उनी आफ्ना गहन पीडा र चिन्ताको भावबाट भने टाढा हुन सकेनन् ।

उनी अन्तिम लक्षमा भने पुगेका थिए । गुरुले ढाडस दिँदै भने- ूहे गौतम ! अब समस्त जगत्को मायारुपलाई बुझेर साधना गरेमा ‘अपदार्थता’को अवस्थामा पुगिन्छ जहाँ चित्तले दृश्य जगत्लाई आकार, प्रकार, रुप, गन्ध, स्वाद, गरम, ठण्डा, कठोर, कोमल, राम्रो, नराम्रो, घृण्य, अघृण्य बनाउन     छाड्दछ । त्यसको लागि तिमीले अझै दुष्कर साधना गर्नुपर्छ ।ू

गौतम अझै उत्साहित थिए । उनले फेरि पनि वनको भित्रीभागमा गएर घोर साधना गरे र अन्ततः त्यो ‘अपदार्थता’ को स्थिति पनि हासिल गरे । तथापि उनले अझै  आफूभित्रको त्यो पीडाको संवेगलाई मुक्त गर्न सकेनन् । समाधिबाट उठनेवित्तिकै ती संवेग जस्ताको तस्तै फेरि पनि मानसपटलमा आउँदथे । उनले त्यहाँ चार ध्यान र उनमा तीन सिँढी गरी जम्मा सात तह सिके । तथापि त्यो उनको लागि अपूर्ण नै रह्यो ।

उनले एकदिन आचार्यलाई प्रार्थना गरे- ूहे आचार्य ! मेरो खोज ‘अपदार्थता’ को स्थिति प्राप्ति पछि पनि अझै आफ्ना संवेगको जालमा छटपटाइरहेको छ । मैले अरु के सिक्न बाँकी छ ?ू

आचार्य बोले – ूहे गौतम ! मेरा समस्त जीवनकालमा न मैले तिमीसमान शिष्य पाएँ न मेरा गुरु त्यत्तिका मेधावी थिए । तिम्रो अध्ययनको यात्राले आजसम्मको योगविद्याको चरम सीमा नाघिसकेको छ । मैले जति जाने त्यो तिमीलाई सिकाइसकेँ । सम्पूर्ण आर्यावर्तमा मैले जानेका सातौँ चरणबाट माथि एक चरणको विकास गर्ने एकैजना मात्र आचार्य छन् । उहाँ हुनुहुन्छ आचार्य उद्दक रामपुत्र । तिमी उहाँकोमै गएर त्यो माथिल्लो चरणको सिद्धि प्राप्त गर्न सक्नेछौ ।ू

गौतम बोले- ूहे आचार्य ! मेरो खोज सिर्फ आफ्नो मुक्तिको लागि मात्र सीमित नभई समस्त मानवजातिको दुःख मोचनको लागि छ । अतः मलाई लाग्छ हजूरले सुझाएको बाटैमा मैले लाग्नुपर्छ । हे परम गुरु ! मैले हजूरको कृपाबाट कहिल्यै प्राप्त नगरेका सिद्धि प्राप्त गरेकोछु । त्यस प्राप्तिको सार्थकता त्यति बेला हुन्छ जब यसले आफ्नो पराकाष्ठा छुनेछ । हे गुरु ! म अब प्रस्थान गर्छु । आज्ञा होस् ।ू

त्यसपछि गुरुको आज्ञासाथ उनी त्यहाँबाट हिँडे ।
——

८३. रामपुत्रकोमा योगाभ्यास

हे पाठकगण ! गौतम सरासर आचार्य उद्दक रामपुत्रका आश्रममा पुगे । आचार्य उद्दक रामपुत्र त्यस बखत ७५ वर्षको उमेरमा थिए । हेर्दामा उनी त्यो उमेरका कत्ति पनि लाग्दैन थे । आलारकालाम जत्तिको शारीरिक गठन नभए पनि उनमा स्फूर्ति ५० वर्षे प्रौढ समानको थियो । त्यहाँ नै उनले पहिले भेटेका पाँचजना प्रब्राजकहरु कौण्डन्य अस्सजि बप्प महानाम तथा भद्दीय पनि ध्यानविधि सिक्दै गरेका भेटे । कौण्डन्यले उनलाई सरासर गुरुसामू पुर् याइ दिए ।

गौतमले गुरुलाई प्रणाम गर्दै भने- ूहे आचार्य ! म शाक्यकुलबाट प्रब्रजित भिक्षु गौतम हुँ । म हजूरको शरणमा विद्यार्थ आएको छु ।ू

गौतमको मेधावी यशको ख्याति पहिलेदेखि नै यस आश्रममा पनि आइसकेथ्यो । अचार्य रामपुत्र उनको परिचय पाउनासाथ एकछिन् अवाक रहे । उनका ख्यातिको कुरा आफ्नै ठाउँमा थियो । गौतमको व्यक्तित्वसमेत सामान्य साधकको जस्तो थिएन । एकछिन आचार्य उनैमा हराए ।

कौण्डन्य यसै मौकामा बोले- ूहे परमगुरु ! यी कपिलवस्तुका महाराजा शुद्धोदनका पुत्र सिद्धार्थ गौतम हुन् । जातीय सङ्घर्षलाई रोक्नको लागि उनले ३ वर्षअघि* प्रब्रज्या लिएका थिए र यत्रतत्र अनेकन विद्याहरु सिक्दै अहिले हजूरसामू आइपुगेका छन् ।ू

* ऐ. पृ. १०९ ।

आचार्यले वास्तवमा गौतमको मेधावी कि्रयाकलापहरुको चर्चा धेरै सुन्दै आएका थिए । जस्तो उनीबारे सुनेका थिए त्यसबाट उनलाई पहिले लागिसकेको थियो कि कुनै न कुनै हिसाबमा कुनै न कुनै समय कहीँ न कहीँ उनीसँग साक्षात्कार अवश्य हुनेछ । प्राणी को एकाकार अन्ततः समुन्द्रमा हुन्छ नै । तर उनले योचाहिँ सोचेका थिएनन् कि यसरी उनी यत्ति छिट्टै उनैका शिष्यत्व ग्रहण गर्न आइपुग्नेछन् ।

आचार्यले गौतमको आगमनलाई अति इज्जत दिए । उनका पूर्वज्ञानहरुबारे जिज्ञासा राखे- ूहे गौतम ! तिमीले समस्त वेद ब्राह्मण उपनिषद् वेदाङ्ग र छवटै दर्शनका अध्ययन गरेका छौ भन्ने कुरा मैले विभिन्न स्रोतहरुबाट थाहा पाएको छु । प्रब्रजित भएपछि तिमीले हालका विभिन्न मतमतान्तहरुको अध्ययन र ध्यानसाधना गर्दै हिँड्दैछौ भन्ने पनि सुनेको छु । आज मकहाँ विद्या अध्ययनार्थ आएको परिप्रेक्षमा म तिमीलाई यो सोध्दछु कि तिमी मबाट के सिक्न चाहन्छौ ?ू

सिद्धार्थ- ूहे आचार्य ! प्रब्रजित भएपछि मैले विभिन्न सम्प्रदायका मतमतान्तरको अध्ययन गरेँ । मैले कहीँ कतै मानवजातिलाई दुःखको भवसागरबाट उतार्ने सटिक र सरल बाटो सुझाएको पाइन । म असन्तुष्ट रहेँ र योगसाधनातर्फ आकर्षित भएँ । त्यसपछि मैले आचार्य आलारकालामकहाँ गएर उहाँले सिकाउने सात चरणको समाधिविधि सिकेँ । त्यस उपरान्त आचार्य स्वयंले हजूरकोमा बाँकी चरणको समाधि विधि सिक्न पठाउनु भएकोले म यहाँ आएको छु । हे आचार्य ! अब म हजूरकै शरणमा छु ।ू

आचार्य उद्दक रामपुत्रले अब गौतमलाई आफ्नै अगाडि ध्यानका सबै चरणहरुका साधना गर्न लगाए । गौतमले ‘अपदार्थता’का चरणहरु एकपछि अर्को गर्दै सबैलाई सफलतापूर्वक गरेर देखाए । गौतमका सिद्धिलाई देखेर आचार्यलाई हर्षको सीमा नै रहेन ।

हे पाठकगण ! आचार्यले त्यसै दिनदेखि गौतमलाई नयाँ चरण ुअकिाचन पायतनु नामको ‘अरुप समाधि’को अवस्था अर्थात् विचारबाट अविचारको अवस्था प्राप्त कसरी गर्ने भन्नेबारेमा सिकाउन    लागे । विशेष आलारकालाम र उद्दकका ध्यानपद्धति उस्तै भएको हुँदा गौतमलाई यो चरण सिक्न निक्कै सजिलो भइरहेथ्यो । उनले छोटो समयमै यो अवस्थाको सिद्धि पनि प्राप्त गरे । तर समस्या यहाँ पनि उही रह्यो । यस असाधारण समाधिको अवस्थाबाट जब गौतम बाहिर आउँथे उनका जन्म र मृत्युसम्बन्धी प्रश्न अझै ज्यूँका त्यूँ बाँकी रहेको हुन्थ्यो । यसबाट परम आनन्द त उनले पाए तर जगत्को चरम वास्तविकताको साँचो भने यो पनि होइन भन्ने उनलाई लाग्यो । केही दिनपछि उनले निर्णय गरे- समाधिको विधिले जन्म र मरणको वन्धनबाट मुक्ति कदाचित दिँदैन अतः उनले अरु अगाडि बढ्नुपर्छ ।

हे पाठकगण ! भोलीपल्ट बिहानै भिक्षाटन गरेर फर्केपछि पाँचैजना साथीहरुसाथ उनी खान बसे । गौतमको अनुहारको रङ्ग आज फरक थियो । पाँचै जनाले उनलाई सोधे- ूहे गौतम ! के कारण हो कि तपाईंका मुहारमा आज खिन्नता छ ?ू

गौतमले त्यही भावमा भने- ूहे मित्रगण ! व्यक्तिलाई भवपीडाबाट मुक्त गर्ने मेरो मूलभूत प्रश्न यहाँ पनि अनुत्तरित रह्यो । त्यसैले मेरो खोजको निरन्तरताको लागि यो स्थान छोडेर जानुपर्ने भएको      छ । हे मित्रगण ! तपाईंहरुको माया र गुरुको सदासयता हँदाहुँदै पनि म भोलि नै गरुको आज्ञा लिएर यो ठाउँ छाडेर जाँदैछु । तपाईहरुसँग पनि छुट्ने बेला आएको छ ।ू

पाँचैजना साथीहरु हतप्रभ भए ।
——

८४. समस्त वैदिक वाङ्मयप्रति अस्वीकृित

हे पाठकगण ! साथसाथ साधना गर्ने साथसाथ भिक्षाटन गर्ने साथसाथ रहने अनि ज्ञानविज्ञानका अनेकन चर्चापरिचर्चा गर्ने गर्दा गौतम र पाँच मित्रहरुबीच प्रगाढ सम्बन्ध विकसित भएको थियो । साथ छुट्नु पर्दा सबै अति खिन्न थिए । दिनभरको उनीहरुको अध्ययन र अभ्यासनै यस खिन्नताबाट प्रभावित भएको थियो । त्यही साँझ एउटा वृक्षमुनि सबै मित्रहरु भेला भए ।

कौण्डन्यले दुःखी हुँदै भनॆ- ूहे मित्र ! तपाईं जाने कुरामा हामीलाई अति दुःख लाग्छ । तथापि तपाईंलाई रोक्नु हाम्रो स्वार्थी प्रयास मात्र हुनेछ । तपाईं जानुहोस् मानवकल्याणको लागि तपाईंको यो यात्रा अति महŒवपूर्ण छ । जानुहोस् मित्र र पत्ता लगाउनुहोस् तपाईंले चाहेको सत्य के हो र कृपया त्यो कुरा प्राप्त भएपछि हामीलाई पनि त्यस ज्ञानले कृतकृतार्थ गराउनुहोस् । हे मित्र ! तपाईंको ध्यानयोगको साधना जुनस्तरमा छन् बाहिरी वाङ्मयको अध्ययन पनि उत्तिकै उच्चस्तरमा छन् । तपाईं र हामीमा यो फरक छ कि हामी जे सुन्छौँ वा सिक्छौँ त्यही अन्तिम सत्य हो भनी तिनलाई जस्ताको तस्तै स्वीकार्छौ । तर तपाईं त्यसलाई बौद्धिक चिन्तनले मथेर के सही के वेसही भनी आफ्ना बौद्धिक मत बनाउदै अग्रगतिको लागि बाटो खोज्नुहुन्छ । हे गौतम ! यो बताउनुहोस् कि तपाईंले समस्त धर्मशास्त्र र दर्शनहरुको मन्थनबाट के धारणा बनाउनुभएको छ अनि तपाईंको खोज के हो मित्र ! तपाईं जान अघि हामीलाई त्यस ज्ञानामृत पान गराउनुहोस् ।ू

गौतम- ूहे मित्रगण ! हाम्रासामू हजारौँ वर्षदेखिका सङ्कलित अनेकन रचनाहरु छन् जसले सिर्जना गरेका मूल्य र मान्यताहरु तत्कालीन अविकसित सामाजिक अवस्थाका थिए । आज उनका स्थानमा नयाँ मान्यताहरु स्थापित भइसकेका छन् । तथापि ती पुरातन मूल्यहरुबाट फाइदा उठाइरहने वर्गले अनेकन धर्मवाक्य र पापका डरहरु सिर्जना गरेर पुराना मूल्यहरुलाई मासिन दिएका छैनन् । यस हिसाबले नवीन मूल्य र खिया परिसकेका पुरातन मूल्यहरु एकै स्थानमा सालगोल भएर अत्यधिक अन्यौल सिर्जना भएको छ । वास्तवमा मूल्य र मान्यताहरुको निर्माण मान्छेजातिका दुःख नासको लागि हुनुपर्ने हो तर उल्टै ती थप दुःखका कारण बन्दैछन् । हे मित्र ! तपाईंले मेरा शास्त्रहरुको अध्ययन र तिनका मन्थनबाट मैले के बुझें र म केको खोजीमा छु त्योबारे जान्न चाहनु भएको छ । अतः म त्यसबारेमा तिनकै विकासक्रम अनुरुप आफ्ना धारणाहरु छोटकरीमा भन्दछु । सुन्नुहोस् ।

ूयस आर्यावर्तका आर्यसांस्कृतिक मूल्यका सबभन्दा पुराना स्रोत हुन् ‘वेद’ । वेदहरु चारवटा छन् ऋगवेद, अथर्ववेद, यजुर्वेद र सामवेद । वेद भनेको स्तुतिहरुको सङ्कलन हो । यिनमा इन्द्र, बरुण, अग्नि, सोम, इशान, प्रजापति, ब्रह्म, महद्धी, यम, आदि देवतालाई शत्रुबाट रक्षा गर युद्धमा सहायता देऊ धन देऊ तथा हामीले चढाएका भोजन मासु र मद्य आदि स्वीकार गर भन्ने मन्त्रहरु समाहित      छन् । यिनलाई अघमर्षण, प्रजापति, परमेष्ठी, ब्राह्मणस्पति वा वृहस्पति, अनिल, दीर्घतमा, नारायण, हीरण्यगर्भ, तथा विश्वकर्मा नामका ऋषिले रचना गरेका हुन् ।

ूऋषि अघमर्षणको अनुसार संसारको उत्पत्ति ‘तपस’ ताप बाट भयो । तपसबाटै नित्य धर्म वा सत्यको उत्पत्ति भयो । यसैबाट तम अर्थात् रात्रिको उत्पत्ति भयो । तमबाट जल, जलबाट काल, कालबाट सूर्य, चन्द्र, पृथ्वी, अन्तरिक्ष र प्रकाशको उत्पत्ति भयो र दिन र रातको व्यवस्था भयो ।

ूऋषि ब्राह्मणस्पति वा वृहस्पतिको अनुसार सृष्टि ‘असत्’ अर्थात् अनन्तताबाट ‘सत्’ मा आयो । सत् मूलरुपमा असत्बाटै उत्पन्न भयो । समस्त सत््का मूल आधार असत् थियो । भावी सत् यसबखत असत्को रुपमा छ ।

ूऋषि प्रजापति परमेष्ठीको अनुसार सबै जगत्को मूल आधार ‘जल’ हो । निहित तत्वका कारण जलले विभिन्न वस्तुको आकार ग्रहण गर्दछ । त्यस निहित तत्वलाई उनले कामशक्ति अर्थात् विश्वव्यापी इच्छाशक्ति भनेका छन् ।

ूऋषि अनिलको अनुसार ‘वायु’ मुख्य तत्व हो । यसमा चलन अन्तर्निहत थियो । त्यसैमा कुनै पनि कुरा उत्पन्न गर्ने शक्ति समावेश छ ।

ूऋषि दीर्घतमाको अनुसार सबै चीजको मूलआधार ‘सूर्य’ हो । यसैमा भएको अन्तरनिहित शक्तिबाटै यो चलायमान छ । यो विद्युत् वा अग्निजस्ता पदार्थबाट बनेको छ ।

ूऋषि नारायणको अनुसार ‘पुरुष’ जगत्को आदि कारण हुन् । ‘पुरुष’बाटै सूर्य चन्द्र पृथ्वी जल अग्नि वायु अन्तरिक्ष आकाश क्षेत्र रितु सबै प्राणी सबै वर्गमा मनुष्य र सबै मानवीय संस्थान उत्पन्न   भयो ।

ूऋषि हिरण्यगर्भको अनुसार ‘अग्नि’ विश्वको एउटा महान् शक्ति हो जो तमाम पार्थिवशक्ति दिव्यशक्ति तथा अस्तित्वको मूल स्रोत हो । यो नै सौरमण्डलको कारण हो तथा विश्वको उत्पादक शक्ति ।

ूऋषि विश्वकर्माको अनुसार ‘पुरुष’ सबै कुराको मूल आधार हो । पुरुष आदिमा छ र अन्तमा पनि । पुरुष सिर्फ एक छ । उनैले विश्व साचालन गर्दछ । उनका चेतना तथा सामथ्र्य महान् छन् । उनै सृष्टि गर्दछन् उनै संहार गर्दछन् अन्त्यमा । सबै उनैमा समाहित हुन्छन् ।

ूहे मित्रगण ! वेदको अध्ययनबाट बुझिन्छ कि यी मानवरचित निधि हुन् । पुरातन कालमा यसको महत्ता थियो । तर आज विकसित समाजको लागि यो अनुपयोगी भइसकेको छ । यसको रटानले यस युगको नैतिक उत्थानमा सघाउ पुग्दैन । यिनबाट सिक्न वा ग्रहण गर्न योग्य कुरा किंचित    छैन । अतः यसलाई मैले पूर्णरुपले अस्वीकार गरेको छु ।

ूवैदिक साहित्यमा चारवेदको अतिरिक्त प्रत्येक वेदका आफ्नाआफ्नै ‘ब्राह्मणग्रन्थ’हरु विकसित भए जसमा यज्ञ अनुष्ठानका विस्तृत वर्णन समावेश छन् । ऋगवेदको प्रमुख ब्राह्मण हो ऐतरीय जसमा चालीस अध्याय छन् र यिनलाई महीदासले सङ्कलन गरेका थिए । यसैको दोस्रो ब्राह्मण हो कौशितकी या सङ्ख्यायन । यसको सङ्कलक को हुन् भन्ने कुरा स्पष्ट छैन । यजुर्वेद दुईभागमा विभक्त छन् कृष्ण यजुर्वेद र शुक्लयजुर्वेद । कृष्णयजुर्वेदको ब्राह्मण हो तैत्तिरीय र शुक्लयजुर्वेदको शतपथ । शतपथ अति विशाल ग्रन्थ हो जसमा चौध काण्ड अन्तर्गत एकसय अध्याय समावेश     छन् । यसमा प्रत्येक अनुष्ठानको प्रयोजनसमेत समावेश गरिएको छ । यसलाई याज्ञवल्क्य ऋषिले रचना गरेका मानिन्छ । सामवेदको ब्राह्मण तीनवटा छन् । ती हुन् ताण्डँ षड्िवंष र जैमिनीय । यी तिनै ब्राह्मणहरु सबैभन्दा प्राचीन मानिन्छन् । अन्त्यमा अथर्ववेदको ब्राह्मण गोपथ हो जसमा याज्ञिक अनुष्ठानको वर्णन छैन । र यसलाई सबैभन्दा पछिल्लो ब्राह्मणको रुपमा लिइन्छ ।@साहित्य सङ्ग्रहालय डट कम

ूयिनै ब्राह्मणहरुमध्ये शतपथ ऐतरीय र तैत्तरीयमा मत्स्यावतार कूर्मअवतार वाराहअवतार वामनावतार र रामभार्गवातारका कथासाथ अवतारवाद स्थापित गरिएका छन् । पछि यी अवतार कथाहरु* पुराणहरुमा परिणत भए जसको विषय जगत्को प्रथमावस्थादेखि सृष्टि विकासम्मका वर्णन गर्नु रहेको छ । सँगै प्रचलनमा थिए इतिहास । वेदमा बर्णित जुन देवासुर स्रग्रामहरु छन् ती सब इतिहासका विषय बने ।

* ‘वैदिक साहित्यमें पुराणोंके इस उल्लेखसे इस भ्रममे न पडना चाहिए कि इनका अभिप्रायः आजकलके १८ हों पुराणसे है । जिन पुराणका उल्लेख वैदिक पुराणोंमे है वह पुराण आजकल उपलव्ध नहीं है ।’ -हिन्दूत्व पृ.१६१ ।

ूवास्तवमा ब्राह्मणग्रन्थ तथा इतिहास र पुराणहरुलाई पनि वेदकै भाग मानिन्छ । अझ पुराणलाई त पाँचौँ वेद भनिन्छ । तथापि यी सबै ब्राह्मणदर्शनका अभिव्यक्तिहरु हुन् जसमा चार अपरिवर्तनीय मान्यताहरु स्थापित गरिएका छन् । जस्तै पहिलो हो वेदलाई पवित्र र अपौरुषेय मान्नैपर्ने कट्टरता । दोस्रो हो आत्माको मुक्तिको लागि यज्ञ धार्मिक पूजाआजा तथा ब्राह्मणको लागि अकाटँ दानव्यवस्था । तेस्रो हो रक्तशुद्धि र उचनीचताको आधारमा तह र भेदगत चातुर्वर्णीय सामाजिक व्यवस्था र चौथो हो कर्म र भाग्यमा विश्वास गर्ने मान्यता । यिनै ग्रन्थहरुले वेदलाई अपौरुषेय प्रश्नको दायराभन्दा माथि र सर्वप्रमाणको स्रोत बनाए । यीनैले यान्त्रिक खर्चिलो कर्मकाण्ड िहंसापूर्ण यज्ञ र ब्राह्मणहरुको शोषणपूर्ण एकाधिकारबादी पुरोहित्याइँ र वर्गीय भेदभावको आरोपण र त्यसको लागि संरक्षण दियो । हे मित्रगण ! ब्राह्मणग्रन्थले सिर्जना गरेका ब्राह्मणवाद युगको लागि एउटा कलुष नै सिद्ध भयो । मानव जीवनको सच्चा धर्मकै विरोधी यसलाई मैले मानेँ र यसलाई पूर्णतः अस्वीकार गरेको छु ।

ूहे मित्रगण ! त्यो ब्राह्मणयुग जुनबेला याज्ञिक अनुष्ठानमा पूर्णतः मत्त थियो त्यसै युगमा अनेकन वनबासी वैदिक ऋषिहरुले पारलौकिक विषयमा पनि चिन्तन गर्नलागेका थिए । आत्मा के हो सृष्टिको उत्पत्ति कसरी भयो केबाट सृष्टिका तत्वहरु बनेका छन् सृष्टिको कर्ता नियामक को हुन् जडप्रकृतिबाट भिन्न जो चेतनसत्ता छ त्यसको स्वरुप के हो आदि प्रश्नहरुमा उनीहरु चिन्तनशील थिए । यी आन्दोलनमा यज्ञ संचालक ब्राह्मणको दाँजोमा सत्तासीन क्षत्रियहरुको बढी प्रधानता थियो । अरण्य अर्थात् वनमै रचिएकाले तिनलाई ‘आरण्यक’ वा ‘उपनिषद्’ भनियो । वास्तवमा उपनिषद् पनि वेद र ब्राह्णग्रन्थकै अंशको रुपमा पुरोहितवादको विरोधीहरुले रचेका थिए । ऋगवेदको ब्राह्मणसँग कौशितकी उपनिषद् बने भने शुक्लयजुर्वेदका शतपथ ब्राह्मणसँग वृहदारण्यकोपनिषद् बने । त्यस्तै कृष्णयजुर्वेदको तैत्तिरीय ब्राह्मणसँग कठउपनिषद्, श्वेताश्वर उपनिषद्, तैत्तिरीय उपनिषद् र मैत्रायणीय उपनिषद् बने । त्यस्तै सामवेदको ब्राह्मणग्रन्थसँग सम्बन्ध राख्ने उपनिषद्हरु हुन् केन र छान्दोग्य अनि अथर्ववेदका मण्डूक उपनिषद्, प्रश्नउपनिषद् र माण्डूक्य उपनिषद् ।* यी बाहेक अनेक उपनिषद्हरुका रचना भए र यिनका सङ्ख्या दुईसय भन्दा माथि गनिएको छ । यी उपनिषद्को विशेषता यो रहेको छ कि वेदकै अंशको रुपमा विकसित भएको भए पनि यिनले वेदको प्रामाणिकता र अपौरुषेयताको खण्डन गर्दछन् । यी सबले ‘ब्रह्म’लाई स्थापना गर्दै ‘आत्मा’सँग तादात्म्य गर्दछ । हे मित्रगण ! उपनिषद् निश्चितरुपमा कलूषित युगविरुद्ध एउटा प्रगतिशील विद्रोह थियो । तथापि त्यसले वकालत गरेका ब्रह्मको प्रामाणिकता नभएको हुँदा मैले उनका सम्पूर्ण स्थापनालाई पनि अस्वीकार गरेको छु ।

* भारतीय संस्कृति और उसका इतिहास पृ. ९८ ।

ूउपनिषद् पछिका साहित्य हुन् वेदका अङ्ग ‘वेदाङ्ग’ । यी अङ्गहरु हुन् शिक्षा छन्द व्याकरण निरुक्त ज्योतिषी र कल्प । ज्योतिषीलाई आँखा निरुक्तलाई कान शिक्षालाई नाक व्याकरणलाई मुख छन्दलाई खुट्टा र कल्पलाई हात मानिएको छ ।

ूशिक्षामा वर्ण, स्वर, मात्रा, आदि उच्चारणको विषय समावेश गरिएको छ । हरेक वेदको    लागि छुट्टाछुट्टै शाखा छन् जसलाई प्रतिशाख्य भनिन्छ । यसबारेमा चारवटा ग्रन्थ हाल बढी प्रचलित      छन् । ती हुन् २५००० हजार सूत्रसमेतको याज्ञवल्क्य शिक्षा, १२५००० सूत्र समेतको गणेशशिक्षा, ३६००० सूत्रसमेतको भारद्वाजशिक्षा र ५६००० सूत्रसमेतको काश्यपशिक्षा । छन्दमा वैदिक छन्दको निरुपण गरिएको छ, जसमा आचार्य पिङ्गलकले बनाएका सूत्रहरु समावेश छन् । व्याकरण वेदका शब्दलाई राम्ररी बुझ्न एउटा शास्त्रको रुपमा आचार्य शाकपूनीले रचना गरेका थिए । निरुक्त शास्त्रमा शब्दहरुका व्युत्पत्ति या निरुक्तिलाई प्रतिपादन गरिएको छ. जसलाई धेरै आचार्यले काम गरेका थिए र अन्तिम परिमार्जन आचार्य यास्कले गरेका थिए । ज्योतिषीशास्त्र ब्राह्मणकालदेखि नै रचना हुँदै आएको प्राचीन शास्त्र हो । यसको प्राचीनतम ग्रन्थको नाम ज्योतिषीवेदाङ्ग हो र यसमा सूर्य, चन्द्र, नक्षत्र, आदिका वर्णनका ४० श्लोक विद्यमान छन् । ज्योतिषीशास्त्र यज्ञयज्ञादि कर्मको लागि उचित समयको पहिचान र ज्ञानसँग सम्बन्धित छ । कल्प आर्यजातिका वैयक्तिक पारिवारिक एवं सामाजिक जीवनको नियम सङ्ग्रह हो । कल्प तीन भागमा विभाजित छन्- श्रौत, गृह्य र धर्म । श्रौत सूत्र ब्राह्मणग्रन्थको सारको रुपमा छ तथा गृह्यसूत्र एक व्यक्तिको जन्मदेखि मृत्युपर्यन्तका सबै धर्म संस्कार र अनुष्ठानहरुका विधिविधान सङ्ग्रह हो । धर्मशूत्रचाहिँ व्यक्तिको समाजप्रतिका कर्तव्य र तिनका विवरण सङ्ग्रह हो ।*   वेदाङ्गहरु वेदको सर्वसत्तालाई नै बल पुर् याउने शास्त्रको रुपमा रचिएको हुँदा यिनमा धेरै विशिष्टता हुँदाहुँदै पनि यिनको प्रयोजन नै गलत विषयका अध्ययनका लागि भएकाले यिनलाई पनि मैले अस्वीकार गरेँ ।

* ऐ. पृ १०९ ।

ूयी ६ वटा वेदाङ्गको अतिरिक्त चारैवटा वेदका एकएकवटा ‘उपवेद’हरुको पनि रचना भएका थिए । ती हुन्- ऋगवेदका आयुर्वेद यजुर्वेदका धनुर्वेद सामवेदका गान्धर्ववेद र अथर्ववेदका अर्थशास्त्र । यी चारै उपवेद त्यसबेलाका व्यवहारसम्मत विज्ञान थिए । आयुर्वेद चिकित्सा सम्बन्धी विज्ञानको रुपमा आचार्य चरक सुश्रुत श्वेतकेतु आदिले तयार गरेका थिए । धनुर्वेद अस्त्र युद्ध साचालन र रक्षासम्बन्धी विज्ञानको रुपमा आचार्य परशुराम विश्वामित्र द्रोणाचार्य आदिले विकास गरेका थिए । त्यस्तै गान्धर्ववेद सोमेश्वर, भरत, हनूमत र कल्लिनाथले सङ्गीत विद्याका विज्ञानको रुपमा र अर्थशास्त्रचाहिँ समाजशास्त्र दण्डनीति र सम्पति सम्बन्धी विज्ञानको रुपमा भारद्वाज, विशालाक्ष, पराशर, पिशुन, कौणदन्त, वातव्याधि, वाहुदन्तिपुत्र, आदि आचार्यले विकास गरेका थिए ।* यिनमा धेरै कुराहरु उपयोगी छन् । तर वेदसँग तादात्म्य गर्दै रचना गरिएको हुँदा यसको रचनामा वैज्ञानिकता र यसमा सम्बद्ध कला कौशल र सीपका खुराकहरु विशिष्ट हुँदाहुँदै पनि यसको समायोजन नै गलत छुवाछुतसाथ भएकोले मैले यी सबै शङ्काको घेरामा राख्दै अस्वीकार गरेँ ।

* हिन्दूत्व पृ. ८२-१०१ ।

ूहे मित्रगण ! आत्मचिन्तनकै बाटोबाट क्रमिकरुपमा त्यसबेलाका ऋषिहरुले धेरैथरी दर्शनहरुको विकास गरे जसमा साङ्ख्य न्याय वैशेषिक योग मीमांसा र वेदान्त गरी ६ वटा आस्तिक दर्शन भए र चार्वाक या लोकायत नामका एक नास्तिक दर्शन पनि भए ।

ूयिनमा ‘साङ्ख्य दर्शन’ कपिलमुनिले प्रतिपादित गरेका थिए जसमा उनले जड र चेतना दुई प्रकारको सत्ताहरुलाई निश्चित सङ्ख्यामा विभक्त गरी प्रकृतिसम्बन्धी विवेचनाको लागि कार्य र कारणको नियमसम्मत एक वैज्ञानिक पद्धतिको अनुसरण गरेका छन् । सो अनुसार कुनै पनि कुरालाई प्रमाणबेगर सत्य मानिन्न । प्रमाण ‘प्रत्यक्ष’ र ‘अनुमान’ दुई किसिमका हुन्छन् भनिएको     छ । प्रत्यक्ष भन्नाले इन्द्रियद्वारा अनुभूत गरिने र अनुमान भन्नाले कार्य र कारणको सिद्धान्तले निर्देशित वा अन्य सामान्य वस्तुको नियमको अवलोकनबाट अनुभूत गरिने प्रकृया भन्ने बुझिन्छ । यसै सिद्धान्तको आधारमा सृष्टि कुनै एक सृष्टिकर्ताबाट भएको होइन अपितु ती कुनै विद्यमान वस्तुको अर्को परिवर्तित रुपमात्र हो भन्ने हुन्छ । यस हिसाबले आज देखिने विश्वसमेत अर्को परिवर्तनको लागि प्रतीक्षारत छ । वास्तविक संसारको दुई रुप मानिएको छ- व्यक्त र अव्यक्त । व्यक्त एउटा अविकसित रुप हो जसलाई हामी अनुभूत गर्न सक्छौँ र अव्यक्तचाहिँ अविकसित हो जसलाई हामी अनुभव गर्न सक्दैनौँ । सत्व तम र रज यी तीन गुणका कि्रयाशीलताबाट अव्यक्त कुरा व्यक्तमा परिणत हुन्छन् । सत्व भनेको मान्छे जातिलाई सुख दिने गुण हो । रज भनेको कि्रयाशीलताका प्रेरक गुण हो । र तम भनेको भारिपन रुकावट वा निष्क्रियताको गुण हो । तीनै गुण एकअर्काप्रति हावी नभएसम्म विकासक्रम रोकिएको हुन्छ र हावी हुन लागेपछि हावी भएका गुणअनुसार विकास निःसृत हुन्छ । ती गुणहरुको मात्रामा कमीवेसी हुनुको मुख्य कारण हो दुःख ।

ूयिनमा ‘वैशेषिक दर्शन’ कणादमुनिले प्रतिपादित गरेका थिए जसमा सृष्टिको उत्पत्ति परमाणुद्वारा भएको भन्ने दर्शनलाई प्रतिपादन गरिएको छ । ‘न्यायदर्शन’का प्रवर्तक थिए गौतममुनि जसले पाचभूतको सिद्धान्त प्रतिपादन गरे । त्यस्तै ‘वेदान्त’ मतको प्रवर्तक थिए वेदव्यासमुनि । यस अनुसार सृष्टिको उत्पत्ति चेतन सत्ता ब्रह्मबाट भयो जो सृष्टिकै रुपमा आफूलाई अभिव्यक्त गर्दछ भन्ने छ । ‘योगदर्शन’का प्रवर्तक थिए महर्षि पताजली । योगदर्शन साङ्ख्य दर्शनसँग धेरै सादृश्य राख्द    छ । एकमात्र विभेद यो हो कि योगदर्शनले प्रकृति र पुरुषको साथसाथै ईश्वरको सत्तालाई पनि मान्दछ । ‘मीमांसा’को प्रवर्तक आचार्य जैमिनी थिए । मीमांसा दर्शनको मुख्य प्रयोजन हो वैदिक कर्मकाण्डलाई शास्त्रीय रुपमा प्रतिपादन गर्ने । यसले विरोध वा असङ्गतिहरु देखिएका बुँदाहलाई निराकरण गर्ने र धर्मको नियमलाई ठीकसँग मीमांसा गर्ने बाटाहरु दिन्छ । यी भए छ आस्तिक दर्शनहरु ।

ूअर्का भए नास्तिक दर्शन ‘लोकायत’ तथा ‘चार्वाक दर्शन’ जसको प्रवर्तन कुनै एक दार्शनिकबाट    भएन । यिनमा प्रमुख थिए वृहस्पति ऋषि । यस दर्शनले ईश्वरको सत्ता र वेदको प्रामाणिकतालाई मान्दैन । यो पूर्णतः भौतिकवादी दर्शन हो जसले इन्द्रियद्वारा अनुभूत नहुने कुनै पनि सत्तालाई मान्दैन । यसले शरीर र आत्मामा कुनै विभेद देख्दैन तथा मृत्युपछि प्राणको पनि त्यहाँ नै समाप्ति हुन्छ भन्ने मत राख्दछ ।

ूहे मित्रगण ! मेरो चेत दर्शनशास्त्रको अध्ययनबाट धेरै सन्तुष्ट थियो । त्यसमा मलाई मन परे पनि नपरे पनि मेरा लागि अग्रचिन्तनको लागि प्रशस्त खुराक पाएँ । सबैभन्दा मैले मनपराएको दर्शन हो ुसाङ्ख्यु । त्यसमा धेरै कुराहरु छन् तर मैले यसबाट सिर्फ तीन कुरामात्र उपयोगी मानेर लिएको छु । ती हुन्-

१. सत्य तब सत्य मान्नुपर्छ जब त्यो प्रमाणसम्मत छ ।
२. ईश्वर तथा सृष्टिकर्ताको अस्तित्व प्रमाणसम्मत छैन त्यसकारण ईश्वरको अस्तित्व असत्य हो ।
३. संसारमा सिर्फ दुःख मात्र छ ।

ूहे मित्रगण ! यिनै तीन कुरालाई मैले मेरो मार्गदर्शक बनाएको छु । यिनै तीन दार्शनिक आधारहरुमा मैले आफ्ना खोजहरुलाई संयोजित गर्दैछु ।

ूहे मित्रगण ! हाल यतिखेर सम्पूर्ण आर्यावर्तमा झण्डै १०८ वटा ब्राह्मणविरोधी उपनिषदिक मतहरु छन् । जसमा ६३ वटाचाहिँ गन्नलायक मानिन्छन् । यिनमध्ये ६ वटाचाहिँ निक्कै प्रख्यात छन् । धेरै समकालीन ज्ञानपिपासुहरु उनीहरुका दार्शनिक कुराहरुमा आकर्षित छन् ।

ूतीमध्ये एउटा दर्शन पूर्ण कश्यपको ‘अकृयवाद’ छ । सो अनुसार मनुष्य बाँचुनजेल सबै तत्व उनैमा समाहित भएका हुन्छन् मरेपछि न आत्मा न शरीर केही बाँकी हुन्न र त्यसैले संसारभरकै चराचरलाई एकसाथ जघन्य हत्या गरे पनि वा जस्तै ठूलो दान वा सत्कर्म गरेपनि ती कर्मको फल कसैले भोग्न पर्दैन भन्ने छ । यसको बारेमा मेरो भन्नु छ यस्तै हो भने मान्छे आफ्नो स्वार्थको लागि जे पनि गर्न सक्दछ । यसरी समाज चल्न सक्दैन ।

ूदोस्रो मक्खलीगोसालको ‘नियतिवाद’ छ । उनका अनुसार कुनै पनि प्रघटनामा मनुष्यको केही लाग्दैन । न परिवर्तन गर्न सक्छ न रोक्न नै । सबै नै नियति सङ्गति र स्वभावबाट चल्दछ । यसको बारेमा मेरो भन्नु छ यस्तै हो भने मान्छे भाग्यको हातमा खेलाउनामात्र बन्दछ । परिश्रममा कसैले विश्वास राख्ने छैन ।

ूतेस्रो अजित केसम्बलको ‘उच्छेदवाद’ छ । सो अनुसार कर्मको फल आत्माले भोग्न पाउँछ भन्ने सोच मूर्खता हो । न कतै स्वर्ग छ न नर्क नै । मान्छेको निर्माण दुःखको तत्वबाट बनेको छ । मान्छेले चौरासीलाख योनीमा ती दुःख भोग्नै पर्छ । तबमात्र दुःखबाट त्राण पाउँदछ । यसको बारेमा मेरो भन्नु छ यस्तै हो भने मान्छे सिर्फ खाने पिउने मस्तीमात्र गर्ने पशुसमान बन्ने छ ।

ूचौथो पकुध कच्चायनको ‘अन्योन्यवाद’ छ । सो अनुसार प्राणीहरुको निर्माण कदाचित नष्ट नहुने सात तत्वहरु पृथ्वी, जल, तेज, वायु, सुख, दुःख र आत्माबाट बनेको छ । मान्छे मरेपछि तिनै सात तत्वमा पुनः फर्कन्छ । कुनै शस्त्रले तिनको नास हुन्न । कसैले कसैको टाउको चट्ट काट्छ भने त्यसलाई ज्यान मारेको नभनी शस्त्र नै ती सात तत्वमा प्रवेश गरेको भन्नुपर्छ भन्ने भनाइ यसको छ । यसमा मेरो भन्नु छ यस्तै हो भने मान्छे कुनै पनि राम्रो वा नराम्रो परिणामको लागि तयार हुन्न । अनियन्त्रित ऊसलाई जे गर्नु पनि छुट हुन्छ ।

ूपाँचौँ साजय बेलठ्ठीपुत्रको ‘विक्षेपवाद’ छ । त्यसमा उनी भन्दछन् परलोक छ कि छैन मलाई थाहा छैन । म त्यो छ पनि भन्दिँन छैन पनि भन्दिँन । खराब या राम्रो कामको फल मिल्छ भन्ने कुरा म मान्दिँन साथै मिल्दैन भन्ने कुरा पनि म मान्दिँन । मृत्यु पछि जीव रहन्छ भन्ने कुरा म मान्दिँन तथा रहन्न भन्ने कुरा पनि म मान्दिँन । यसको बारेमा मेरो भन्नु छ यस्तै हो भने मान्छेको जीवन दिशाहीन निरुद्देश्य हुने छ ।

ूछैठौँ निगण्ठनाथपुत्र महाबीर जीनको ‘चातुर्यामसंवरवाद’छ । सो अनुसार आत्मालाई पूर्वजन्मका कर्मको कारणले नै जन्म लिनुपर्छ । अतः तपश्चर्याको कारणबाट पाप कर्मको नास गर्नुपर्छ भन्ने      छ । खराब काम गरिनबाट रोक्नको लागि उनले चार धर्म अर्थात् चतुर्याम धर्म अपनाउन सल्लाह दिन्छन् । जस्तै ः १ िहंसा नगर्नु २ चोरी नगर्नु ३ झुठ नबोल्नु र ४ अपरिग्रह राख्नु र ब्रह्मचर्य व्रतको पालना गर्नु । यसको बारेमा मेरो भन्नु छ चतुर्यामसंमवरवाद कैवल्यप्राप्तिका लागि यान्त्रिक मार्ग हो । यस्तै हो भने मान्छेका इच्छाहरु र स्वाभाविक प्रवृत्तिको सर्वथा मूलोच्छद हुन जान्छ ।

ूयी सब शास्त्र र दर्शनहरुको अध्ययन मैले आफ्ना नवयुवाकालदेखि हालसम्म विभिन्न पाठशाला गुरु आश्रम तथा मेरा आफ्ना पारिवारिक गुरुजनहरुको अध्यापनबाट गरेँ । ती ज्ञानहरुलाई मैले परिवार, समाज, गाउँ, नगर वा गणको सदस्यको हैसियतमा विभिन्न मौकाहरुमा परीक्षण गरेँ । हालसम्म प्रचलनमा आएका कुनै पनि स्थापित मान्यता र मूल्यहरुले दुःख नासको लागि मार्ग प्रशस्त गरेको पाइँन । उल्टै व्यक्तिहरुको बाँच्न पाउने अधिकारहरुका व्यवधानरुपी दुःखका कारक भएको देखेँ । हे मित्रगण ! त्यही दुःख नास्ने उपायको खोजीमा म संन्यासी भएर अगाडि बढेको हुँ । संन्यास लिएपछि मैले आचार्य आलारकालामबाट अपदार्थताको अवस्थासम्म प्राप्त गर्ने सिद्धी प्राप्त   गरेँ । तर मलाई त्यसबाट समाधिगत केही फाइदा भए पनि मेरो खोजको लागि मार्ग प्रशस्त भएन र अग्रचरण सिक्न म यहाँ आचार्य उद्दक रामपुत्रकोमा आएँ । यहाँबाट पनि मैले अकिंचन  पायतनको अवस्था अर्थात् विचारबाट अविचारको अवस्था प्राप्त गर्नेसम्मको सिद्धि प्राप्त गरेँ । तर मात्र त्यही अवस्थामा समाधिस्थ होइनजेल मलाई सुख प्राप्त भयो । समाधिबाट बाहिर आउनासाथ म यही दुःखको भवसागरमा अझै कैद थिएँ । समस्त जगको लागि दुःखबाट मुक्त गर्ने मार्ग यो कदाचित मलाई लागेन । यो निश्चित रुपमा स्वान्त सुखको बाटो त हो । तर म त्यत्ति प्राप्तिको स्वार्थमा आफूलाई हराउन चाहन्न । अतः जगको दुःखका कारकतत्वलाई हनन गर्ने मेरो बाटोको खोजी यथावत रहेको छ ।

ूहे मित्रगण ! म अति व्याकुल छु । यत्तिका खोजपछि पनि मलाई त्यो सफलता हासिल भएन । मैले थाहा पाएसम्म कुनै दर्शन वा समाधि विधिहरुको अध्ययन र अभ्यास गर्न बाँकी राखेको छैन । बाँकी छ भने सिर्फ तपश्चर्याको बाटो एउटा रहेको छ । हे मित्रगण ! मैले केही समयअघि भृगुआश्रममा पसेर तपश्चर्याको स्वरुपहरुलाई हेर्ने अवसर पाएको थिएँ । भृगुमुनिले त्यससम्बन्धी विद्या लिन मलाई मौका पनि दिनुभएको थियो । तर मैले मानसिक शान्तिको खोजमा शारीरिक उत्पीडक तपश्चर्या कत्ति मात्र उपयोगी होला र भन्ने धारणासाथ यसलाई कुनै परीक्षण नगरिकनै अवज्ञा गरेर हिँडेको थिए । दुःखी जीवनमा शरीरलाई थप पीडा दिनमा पक्कै मोक्ष छैन भन्ने मलाई लागेको थियो । अब गर्न बाँकी त्योमात्र रहेको स्थितिमा मेरो मन परिवर्तित भएको छ । अहिले मलाई लागेको छ मनलाईचाहिँ भोगविलासबाट टाढा राख्ने अनि शरीरलाईचाहिँ त्यसै लिप्सामा छाड्ने यो सोचाइ गलत थियो । भिजेको ठाउँमा बसेर आगो सल्काउने व्यर्थको प्रयास आफूले गरिरहेको मलाई भान भएको छ । त्यत्तिका साधकहरुले कष्टप्रद तप गरिरहेका पक्कै छैनन् भन्ने मलाई लागेको छ । निगण्ठनाथपुत्र महाबीरले त १३ वर्षसम्म यस्तै कठिन तपश्चर्या विधिबाट कैवल्य प्राप्त गरेका हुन् । त्यस दृष्टान्तले पनि मलाई तपश्चर्यातर्फ आकृष्ट गरेको छ ।*

* ‘वैराग्य और तपश्चर्या के जिस मार्ग पर उपनिषद् जोर देते थे वह जैनों का भि मार्ग था । … बुद्ध ने घर छोड्ने के बाद जो कठीन तपस्याएं कि थी और जो शरीर सुखाने लिए उन्होने जिस कृच्छ मार्गका अवलम्बन लिया था अजब नहीं कि वह जैन मार्ग रहा हो ।’ -संस्कृति के चार अध्याय, पृ. १३० ।

ूहे मित्रगण ! व्यक्तिलाई भवपीडाबाट मुक्त गर्ने मेरो मूलभूत प्रश्न यहाँ पनि अनुत्तरित रहेको हुँदा मेरो खोजलाई निरन्तरता दिन मैले यो स्थान छोडेर जान परिरहेछ । तपाईंहरुको माया र गुरुको सदासयता हँदाहुँदै पनि म भोलि गुरुको आज्ञा लिएर यो ठाउँ छाडेर तपस्यार्थीहरुको लागि अति अनुकूल मानिने उरुबेलतिर जाने निधो गरेको छु । मलाई तपाईंहरुले माफ गर्नुपर्ने छ ।ू

गौतमका लामा सम्भाषण सुनेर पाँचैजना मित्रहरु पहिले त विषयज्ञानको अमृतपानमा अति हर्षित र उत्साहित थिए । तर अन्त्यमा गौतमसँगको विछोड हुने विरहले उनीहरु सबैलाई अति दुःखी      बनाए । कोही केही बोल्न सकेनन् । उनीहरुलाई थाहा थियो गौतमको निर्णय चट्टान समान कठोर हुने गर्छ र त्यसलाई बदल्न सकिन्न ।

 हे पाठकगण ! दोस्रो दिन नै गौतमले गुरुलाई सनम्र सुनाए कि ऊनी थप साधनाहरुको लागि अगाडि बढ्न चाहन्छन् । गुरु उद्दकलाई यो सुनेर अघात नै भयो । उनी गौतमबाट अति खुशी थिए । गौतमलाई आफ्ना उत्तराधिकारी बनाउनेसम्मको विचार उनले राखेका थिए । तर उनले गौतमलाई रोक्न सकेनन् ।

—-

८५. उरुबेलमा कठोर तपश्चर्या

हे पाठकगण ! राजगृहको वरिपरि अति रम्य पहाडहरु थिए । यसो हेर्दा नगर तथा बस्तीहरु नजिक भई भिक्षाटनको लागि अति सुगम्य ठाउँ थियो । तर यो स्थान निर्गन्थी तपस्वीहरुले भरिभराउ थियो ।* यस्तो भीडमा तपस्या गर्न सुगम नहुने मानी उनी अरु अगाडि गए । साँच्चै उरुबेल पुगेपछि भने जस्तो उनले सुनेका थिए यो स्थान त्यस्तै अनुकूल पाए । भिक्षाटनको लागि गाउँहरु नजदिक थिए तथा वन शान्त र घना थिए । त्यहाँ नेराजना नदीको किनारमा उनले एउटा एकान्त ठाउँ छाने र लागे तपश्चर्या गर्न ।

*  राजगृह के चारों ओर जो पहाडियां है उन पर निर्गन्थ आदि श्रमण तपश्चर्या करते थे ऐसा उल्लेख अनेक स्थानों पर मिलता है । – भगवान् बुद्ध पृ. ९२ ।

प्रारम्भमा उनले आफ्नो चित्तलाई दमन गर्ने हठयोगमा जोड दिए । उनले सुनेका थिए कि मगधमै यस्ता धेरै योगीहरु छन् जो फरक किसिमले ध्यान मार्गको अवलम्बन गर्दछन् जसमा प्राणायाम विधि सांख्य वा राजयोगको भन्दा धेरै फरक र अति हठी प्रकारका हुने गर्दछन् । पहिले उनले यस्तै प्राणायाम गर्न चाहे र हठयोगीहरु मा´ गएर पहिले यो विधिको अभ्यास गरे । यस विधिमा श्वासको तहगत नियन्त्रण होइन कि पूर्णतः बन्द नै गर्ने हठ समावेश थियो । उनले आफ्नो चित्तलाई बेस्सरी दबाएर यो हठी अभ्यास शुरु गरे ।

धेरै दिनको हठबाट उनलाई अनुभूति हुन लाग्यो उनको सास कानबाट फुस्किरहेछ । उनले कानकॊ द्वार पनि बन्द गर्ने हठ गरे । त्यसरी उनका कान र मस्तिष्क यत्ति दुख्न लाग्यो कि उनलाई गिदीमै तीखा सुइराहरुले घोँचेको अनुभव हुन्थ्यो । तथापि उनले त्यस हठलाई कायमै राखे । उनको त्यो पीडा अब छाती र पेटमा हुन लाग्यो । मानौँ पेटमा तीखो हतियारले घोँचिरहेको छ । तथापि उनको उत्साह घटेन । त्यसबेला स्मृति स्थिर थियो । शरीरमा शक्ति धेरै कम थियो तापनि ती कष्टप्रद वेदनाहरु चित्तको लागि वाधा बनेनन् । बिस्तारै त्यस पीडाहरुमाथि पनि उनले विजय प्राप्त गरे । उनमा अब त्यसैमा सरलता अनुभूत हुन लाग्यो ।* तर त्यसपछि के उनलाई केही सुझेन ।

* “The technique was not to breathe but to reach concentration by stopping breathing. Gautama learned this technique. When he tried concentration by stopping breathing he found that piercing sounds used to come out of his ears, and his head appeared to him to be pierced as though by a sharp pointed knife. It was a painful process. But Guatama did not fail to master it.” – The Buddha and His Dharma (p. 65).

हे पाठकगण ! उनले अब उपोषण गर्न लागे । अन्न तथा जललाई उनले एकैचोटि पूरा त्याग त गरेनन् तर अत्यन्त अल्पाहार गर्न लागे । पहिले त दिनमा एकपल्ट खाना खान्थे । पछि भिक्षा माग्न जाने नै सुर नहुँदा दुई वा तीन दिनमा धेरै भोकले सताएपछि मात्र भिक्षा लिई बल्ल खान्थे । भिक्षा लिँदा पनि उनले अति कडा व्यवहार अपनाए । भिक्षा लिन बोलाएमा वा थाप्न सम्बोधन गरेमा त्यो भिक्षा उनी ग्रहण गर्दैनथे । खाँदाखाँदै वा काम गर्दागर्दै वा मनोराजन गर्दागर्दै वा शिशुस्याहार गर्दागर्दै वा स्तनपान गर्दागर्दै उठेर दिएको वा ओखलबाटै वा पकाएको भाँडाबाटै झिकेर दिएको भिक्षा पनि उनी ग्रहण गर्दैन थे । उनी भिक्षा अजुलीमै गाँसभर थाप्दथे र एक घरबाट एक गाँसभन्दा बढी लिन्नथे । उनको यो हठ यहाँसम्म भयो कि उनी अब सकेसम्म भिक्षा लिनै जाँदैन थे । जाडो याममा उनी राती नाङ्गै बस्दथे भने गर्मी महिनामा घाममा सेकिएर बस्दथे । सुत्ने काम पनि काँढा वा िब´ाउने गेगरमा गर्दथे । दाढी र कपाल उनी प्वाक्प्वाक्ति उखेलेर फाल्दथे । यसरी उनका ‘तपस्विता’ अतिनै भयङ्कर रह्यो ।

उनका शारीरिक उपेक्षाको भाव यत्तिसम्म भयो कि उनले शरीरमा कहिल्यै पानी हालेनन् । उनको छाला मयल परेर गोहोरोको जस्तो दर्खर्रिएका थिए । मैलकै कारणले छाला फुटेर पटपट रगत निस्किरहेका हुन्थे । ती घाउहरु पाकेर औँसा समेत स्याउँस्याउँती परिरहेका हुन्थे । तथापि उनको संवेदनशीलता यत्ति बढेको थियो कि उनी पूर्णतः करुणामय बनेका थिए । आफ्नै शरीरलाई खाइरहने औँसासमेत मर्छ कि भनी डराउँथे । हिँडदासमेत कीरा कुल्चिइन्छ कि भनी पाइलापाइला हेरेर चाल्दथे । पानी पिउँदासमेत त्यसमा भएका जीवको िहंसा हुन्छ कि भनी उनी डराउँथे । यसरी उनका तपस्यामा ‘रुक्षता’को सीमा नै रहेन ।

आफ्ना कङ्काल स्वरुप देखेर मान्छेहरु डराउँलान् भनी उनीहरुबाट नदेखिनको लागि उनी पागलसरी वेपत्ता भाग्दथे वा लुक्दथे । आफ्ना पाँच मित्रहरुसमेतबाट उनी भाग्दथे ताकि उनका दयनीय हालत देखेर उनीहरुमा करुणागत दुःख जाग्रत नहोउन् । उनी या त रातमै विचरण गर्थे या वनको भित्री भागमै ध्यानस्थ रहन्थे । यसरी उनका तपस्याको ‘प्रविविक्तता’ अर्थात् अरुबाट लुकीलुकी एक्लै तपश्चर्या गर्ने तालतरिका पूरै अनौठो थियो ।*

* ‘तपस्वियोँ मे मै परम तपस्वी होता था । रुक्षाचारियों मे मै परम रुक्षाचारी लखु होता था । जुगुप्सुओं मे मै परम जुगुप्सु अनुकम्पा करने वाला होता था । प्रविविकों एकान्तसेवियोँ विवेककर्ता मे परम विविक्त ।’ मिजझम निकाय प. ५० ।

घनघोर वनमा पसेर ध्यानस्थ हुने उनको सदाको प्रमुख चर्या थियो । ध्यानस्थ भएपछि जीउमा कमिला दौडून वा छेपारा दौडून् वा सर्प नै घस्रीरउन् उनलाई मतलब हुन्नथ्यो । कहिले बाग भालु चितुवा ब्वाँसा हुँडारजस्ता िहंस्रक भयङ्कर व्याधिकीय जनावरहरु तातो रगतको गंधले उनी नजिकै आउँथे र सुँघ्थे अनि उनलाई प्रायः हलनचल पाएपछि छाडेर जान्थे भने कहिले मृग खरायोजस्ता अिहंस्रक जानवरहरु उनका उपस्थितिमा सशंकित हुन्थे र परपरै भाग्दथे । तर प्रायः निश्चल देखिने र कदाचित चलायमान देखिए पनि गतिमा सुस्तता र आँखामा सौम्यता देखेपछि उनीहरुमा निर्भयता छाउँथ्यो । कालान्तरमा बनभरिका सबैखाले जानवरहरु निर्भयतापूर्वक उनका सामू आउने बस्ने खेल्ने चर्ने गर्थे तथा त्यतै बच्चाहरुसमेत छोडेर अन्यत्र चर्न जान्थे ।

हे पाठकगण ! एकान्तकै खोजीमा उनी जहाँ पनि निर्भयतापूर्वक रातरातभर विचरण गर्थे । एकपल्ट उनी मध्यरातमा श्मसानमा पुगेर ध्यानस्थ भए । बिहान हुने वेलातिर उनले केही मानव हड्डीहरु जम्मा गरेर त्यसैलाई सिरानी लगाएर भुइँमा पल्टिए । त्यतै आउने मान्छेहरुलाई गौतमको त्यो कृशकाय स्वरुप र मानव हड्डी सिरानी लाउने तालामाला देख्दा बौलाहा हो भन्ने लाग्यो र एकजना उत्ताउलो ठिटाले ता चुपचाप गौतमको मुखैमा पिशाब गरिदियो । गौतम ´स्किए । त्यत्तिका मान्छे त्यहाँ देख्दा उनी आत्तिए । मानिसहरु छेउ नपर्ने उनको प्रविविक्ततामा व्यवधान भएथ्यो उनी त्यहाँबाट भागे ।

केही टाढा रहेका गोठालाहरुको ध्यान यता आकर्षित भयो । उनीहरुले चिच्याउँदै तपस्वीमाथि जोरजुलुम नगर्न अनुरोध गरे । उत्ताउला ठिटाहरुले आआफ्नो बाटो समाते । गौतमलाई भने भागदौडको कारणले धेरै थकान र कष्ट भइरहेथ्यो । तथापि उनमा ती उत्ताउला ठिटाहरुप्रति किंचित  दुरभाव थिएन । उनी तत्काल वनभित्र पसे ।

केही श्रमणहरु त्यतै भएर कतै जाँदै थिए । उनीहरुले ती गोठाला बालबालिका तथा नवयुवाहरुका करुण हृदय देखेर धेरै प्रशंसा गरे । यसरी नै ती महान् ‘बोधिसत्व’लाई सहयोग पुर् याउन प्रोत्साहित गरे । ‘बोधि’ अर्थात् ज्ञान र ‘सत्व’ अर्थात् खोजीकर्ता समग्रमा उनीहरुले बुझे यी ज्ञानका खोजीमा लागेका महान् व्यक्तित्व ‘बोधिसत्व’ थिए । यसअगि उनीहरु उनलाई सिर्फ ‘एक्ले जोगी’ मात्र भन्ने गर्थे ।

हे पाठकगण ! गौतम तपस्या गर्ने वनमा गौतमको लागि वास्तवमा मैत्रीपूर्ण वातावरण थियो । गाउँका बला बलगुप्ता सुपि्रया विजयसेना अतिमुक्तकमला सुन्दरी कुम्भकारी उलुविल्लका जटिलिका आदि *  गोठाला घाँसी र दाउरेहरुले उनलाई लामो समयदेखि तपश्चर्यामा मग्न देखेका हुनाले धेरै माया तथा सम्मान दिने गर्दथे । उनलाई धेरै दिनदेखिका भोका देख्दा बेलाबेलामा वनका फल वा घरबाटै ल्याइएका खाजाहरु पनि दिने गर्दथे । तर उनका हेर्दैमा डरलाग्दो वीभत्स कृश कालो शरीर तथा एक्लाएक्लै विचरण गरिहिँडने प्रविविक्तताका कारण उनीहरु छेऊ पर्न डराउँथे तथा उनीबाट सक्दो तर्कन्थे । कोहीपनि एक्लाएक्लै सामू पर्न हिम्मत गर्दैनथे । खानेकुराको कोसेली पुर् याउनुपर्दा समेत उनीहरु समूहमा मात्र जान्थे र ती पनि अति छोटो समयको लागि । कैयूँ अवस्थामा गौतम देखेर गोठालाहरु भाग्ने गर्थे भने धेरैजसो गौतम नै गोठालाहरु डराउलान् भनी भाग्ने गर्दथे । यस्तो हुँदा त्यो शान्त वन कुनै अवस्थामा त्यत्तिकै अशान्त हुने गर्दथ्यो ।

* नवसूत्र सङ्ग्रह ललितविस्तरः पृ. ४५५ । 

हे पाठकगण ! गौतम आत्मपीडनको तपश्चर्यामा एकनासले लागिनै रहेका थिए । उनलाई पछि गएर देहदण्डनको भूत यत्ति सवार भयो कि मनमा आएसम्मको पराकाष्ठामै उनी शरीरलाई पेल्दथे । त्यो ढीडपना अनि त्यसैको परिणामस्वरुप देखिएका शक्तिहीनतालाई हेर्दा कसैलाई पनि लाग्दथ्यो- उनको प्राण यसै हठयोगबाटै खुस्कनेछ । तथापि उनी त्यसलाई कमी गर्ने वा छोड्ने भन्ने नामै लिन्न थे ।

पछिपछि यस्तो समय पनि आयो कि उनलाई थाहै हुन छाडयो उनी के किन गर्दैछन् । धेरै समयसम्म त्यो के र किनको चेतबेगरै उनले शरीरलाई पेलिरहे । धेरै पछि एकदिन उनको चेत खुल्यो । त्यसबेला उनी शारीरिक र मानसिक दुबै हिसाबमा साह्रै थकित थिए । उनको मनमा वितर्क आए- ुम के गर्दैछु र किन ? यो कतिसम्म र अन्त के ? यत्रो सकसको सार्थकता के हो ? दरबारको त्यत्रो सुखसयल खुट्टामै भएको मान्छेले यो गरिरहन के जरुरी छ ?ु

केही क्षण उनको मानसिकता त्यसै वितर्कमा नतमस्तक रह्यो । ऊनी वाक्क नै भए । त्यसैमा फेरि वितर्कले अरु मौका पार् यो र त्यसैको प्रभावमा उनले सोच्न लागे- ुदरबार परिवार त्यो सुखसयल अनि ती सामाजिक कार्य कति सहज सरल र सुखकर थिए । दुःखमोचनको लागि यो कस्तो दुःख बेसाइ हो ?ु

उनी निक्कै हतोत्साही भए र तपश्चर्यालाई त्याग्ने हिसाबमै जुरुक्क उठ्न खोजे । तर दुर्वल शरीरले साथ दिएन । उनी लरखराएर भुइमा ढले । ढल्दाढल्दै उनी झस्किए- ुयो के हुँदैछ । मलाई भएको कॆ हो ?ु

एकैछिनमा उनलाई थाहा भो उनको मनोबल गिर्दो थियो । संन्यासको निर्णय लिने बेलामा उनको मनभित्र क्लेशले यस्तै वितर्कहरु उब्जाएका थिए । त्यसलाई बलात दमन गर्न खोज्दा उल्टै त्यसले चेतावनी दिएको थियो- ुखबरदार म हेरुँला तिमीमा काम अर्थात् विषय वितर्क व्यापाद अर्थात् द्वेष वितर्क र वििहंसा अर्थात् प्राणीमात्रलाई कष्ट दिने वितर्क भएछ भने मैले जानेको छु ।ु नभन्दै त्यसले आज मौका पारि नै सकेको थियो । सामान्य मनोबल गिर्नु के थियो त्यसले त्यो दमित वितर्कलाई उठाइहाल्यो ।

गौतम मानसिकरुपमा सम्हालिए । तृष्णाको शिकार यस शरीरप्रति उनी अरु सजग भए र यसलाई जसरी हुन्छ सिर्फ जीवित मरेसरह पारेर तपनमा एकनासले लाने उनको अग्र रणनीति बन्यो । अनि त दिनहुँ सिर्फ एकटुक्रा पात खाने थोरै पानी पिउँने अनि जानेसम्मको दण्डनले शरीरलाई पेलान दिन लागे ।

एवंरीतले दिनहरु बित्दै गए । गौतम अति कमजोर भए । हलचल गर्नु पनि मुश्किल थियो उनलाई । एक दिन उनी यत्ति कमजोर थिए कि दिशा पिशाब गर्न जानको लागि पनि उठ्न सकेनन् । बसेकै ठाउँमा फोहोर गर्न मिलेन नै । उनी घस्रँदै गएर केही टाढा निवृत्त भए । तर त्यहाँबाट उनी घिस्रन पनि नसक्ने भए । उनमा अर्धचेत त थियो नै । छेउकै झारबाट केही पात चुँडेर मुखमा हाले र सकी नसकी घिस्रदै गएर पानीको मुहानमा मुख गाडे । केही क्षण उनी त्यहाँ अचेत अवस्थामा लडिरहे । सायद ती पात र पानीको पोष उनलाई लाग्यो उनी केही क्षणमा बिउँझिए ।

अब भने उनलाई केही अन्न ग्रहण गर्नैपर्ने विचार आयो । उनी घस्रँदै गाउँमा भिक्षाटन गर्न गए ।

८६. पाचभद्रीयसँग पुनः भेट र संयुक्त तपश्चर्या 

हे पाठकगण ! त्यही दिन एउटा संयोग पर्न गयो । गौतमका पाँच प्रब्राजक मित्रहरु कौण्डन्य अस्सजि बप्प महानाम तथा भद्दीयहरु पनि तपस्यार्थ उरुबेलमै आएका रहेछन् र भिक्षाटन गर्न त्यही गाउँ पस्दै गरेको बेला पर्न गएछ । गौतम र उनीहरुको जम्का भेट भयो । तर ती पाँच मित्रहरुले पूर्वरुप नभएका गौतमलाई चिन्न सकेनन् ।

चिनोस् पनि कसरी उनी यत्ति दुब्ला थिए कि उनको शरीरमा सिर्फ हाड र छालामात्र थियो । हाडका जोर्नीजोर्नी बाहिरै देखिन्थे । समस्त शरीरका छाला चाउरिएर रङ्ग कालो देखिन्थ्यो । गाला र आँखा भासिएर उनका अनुहार खप्पर जस्तो मात्र देखिन्थ्यो । कुपोषणले केश ´रेर खप्पर पूरै चिण्डे थियो । पेट पनि आन्द्राभुँडीसमेत छैन कि अझै गरी पछाडि ढाडैमा टाँस्सिएको देखिन्थ्यो । मांसपेसीहीन त्यो शरीरको छाला सुकेको फसर्ी जस्तै चाउरिएको थियो । मात्र उनी कङ्काल थिए । उनको स्वरुप हेर्दैमा अति भयङ्कर देखिन्थ्यो ।

कहिल्यै नदेखिएको यस्तो जीवित कङ्काल देख्दा पाँचै प्रब्रजकहरु निकैबेर हतप्रभ रहे र उनैलाई हेर्दै छेउ लागे । गौतमको त झन् कुरै अर्को थियो । कमजोरीका कारणले उनी राम्ररी हिँडन सकिरहेका थिएनन् । उनको धुन पूरै हराएको देखिन्थ्यो । अन्तहीन गहिराइमा हराएका आँखा देखिन्थे । उनी यत्ति एकोहोरो थिए कि उनको व्यवहार जङ्गलमा हो कि बस्तीमा फरक थिएन । को छेउमा छन् वा कसको छेउमा उनी पुगे उनलाई कहीे मतलब हुन्नथ्यो ।

त्यस कङ्काल जीवको गाउँमा आगमन हुनासाथ घरघरबाट गृहणीहरु गरिष्ठगरिष्ठ खानाहरु हातमा लिएर आँगनमा उत्रिए । उनीसम्म आएका भिक्षा उनले ग्रहण गर्दैनन् भन्ने ती गृहिणीहरुलाई थाहा थियो । अतः सबै गृहिणीहरु बोल्दै नबोली आफ्नै ठाउँमा उभिएर रहेका थिए । गौतम बिस्तारै अघि बढ्दै थिए । त्यसै बखतमा एउटा गाईको बाछोले उनकै अगाडि गोब्र् याए । उनले त्यस गोबरलाई भिक्षाको रुपमा ग्रहण गरेर एकगाँस मुखमा हाले ।* त्यसपछि उनी बिस्तारै अघि बढे । मुखको गोबर निलिसकेपछि उनले एक गृहिणीबाट एकगाँस भिक्षा हातमा थापे र मुखमा हालेर उनी फेरि अगि बढे । उनले यसरी जम्मा तीन घरबाट तीन गाँस अन्न खाए । त्यसपछि बनतिर फर्किए ।

* ‘मै सारिपुत्र ! … दूध पीनेवाले बछडे के गोबर होते उन्हे खाता । … यह मेरा विकट भोजन था ।’ -मिज्झम निकाय पृ. ५१ ।

ती पाँच मित्रहरुमा कौण्डन्यलाई उनी गौतम हुनुको शङ्का भयो र बोलाए- ूहे मान्य श्रवण ! तपाईं गौतम हुनुहुन्छ होइन त ?ू

गौतमले सामान्य नजर उनीमा दिए । तर त्यो नजरमा कुनै अभिव्यक्ति थिएन । कतै कुनै गहिर् याइमा ती निर्लिप्त थिए । भावहीन त्यस आँखाले आफ्ना जन भेटेको हो वा पराई अjh मान्छे भेटेको हो वा जानवर कुनै फरक देखाएन । सबैले बुझे गौतम अब त्यही व्यक्ति कदाचित थिएनन् ।

असज्जी बोले- ूभो श्रमण ! चिन्नभएन हामी तपाईंका उही पुराना पाँच मित्र हौँ ।ू

गौतमले सबैमा सरसरति दृष्टि छरे । तर अझै ती आँखा उस्तै कतै निर्लिप्त थिए अनि शान्त र निर्मल । पाँच मित्रलाई बढी बोल्ने आँटै भएन । यन्त्रवत उनीहरुले गौतमको लागि बाटो छाडिदिए । अब गौतम शान्त भावमा वनतिर लागे । पाँचैजना साथीहरु यन्त्रवत उनकै पछिपछि भए । कसैलाई थाहा भएन यो पछि लाग्ने सम्मोहन कसरी भयो ।

सबैजना घोर जङ्गलको बीचमा पुगे । गौतमको बसाई कुनै एक ठाउँमा थिएन । जतिबेर जहाँ मन लाग्यो त्यहीँ उनको बासस्थान हुन्थ्यो र त्यहाँ नै उनको तपन शुरु हुन्थ्यो । अब ती पाँचै भद्र साथीहरुले पनि त्यही रुपमा तपस्या गर्ने निधो लिए ।

हे पाठकगण ! बिस्तारै उनीहरुका तपस्या पनि त्यही स्वरुपको दुस्कर हुन लागे । ती पाँचजनामा एकजना मात्र पालैपालो गरेर भिक्षाटनमा जान्थे र त्यो ल्याएको खाना पनि छजनामा भाग      लगाउँथे । गौतममा भने खाने सुर हुन्नथ्यो । उनको भाग त्यत्तिकै उनकै अगाडि सुकेर जान्थ्यो वा कमिला वा झिंगा बसेर खानै नहुने हुन्थे वा अरु पाछी वा जन्तुले अघि टप्काइसकेका हुन्थे । जब उनलाई अति भोक लागेको महसुस हुन्थ्यो तब छेउछाउमा कतै अन्नका दाना खसेका छन् कि भनी हेर्थे र नपाए रुखका जरा वा बोक्रा वा पातका टुक्रा वा कहिले माटोको टुक्रा खाएर फेरि तपश्चर्यामै मग्न हुन्थे ।

निकै समय बितेपछि गौतमले फेरि विचेत हिसाबमा व्यवहार गर्न लागे । लोकाचारको मतलवै नराखी उनी नाङ्गै रहन लागे । कहिल्यै ननुहाएका शरीर मैल परेर पटपट फुटेका थिए । ती घाउमा रगत पीप र औँसा पहिलेभन्दा बढी परिरहेका थिए । ती त्यत्तिकै पनि घाउहरुबाट बरबर झरिरहेका हुन्थे ।

उनले धेरै दिनदेखि खाना खाने होसै राखेका थिएनन् । पानी र खानाप्रति उनको उपेक्षा कहाँसम्म हुने गर्थ्यो भने खाना ल्याइदिने ती पाँच साथीहरुबाटै उनी भाग्दथे । शरीरलाई उत्पीडन त उनले एकनासले आफ्ना कर्मकाण्डीय दैनिकी सरह बिनासोच बिनाचेत बिनाविचार गरिरहेकै थिए । उनको हालत दिनप्रतिदिन बिग्रँदै गइरहेको थियो ।

८७. दुश्कर तपश्चर्याकॊ त्याग

हे पाठकगण ! एक समयमा उनले खानाको नाममा माटो वा सुकेका पातसमेत पन्ध्रौँ दिनदेखि मुखमा हालेका थिएनन् । वर्षौंको दुष्कर तपस्याबाट क्षीण भएको शरीरले अब धान्न नसक्ने भइसकेथ्यो । उनी कमजोरीले वेहोस् भए । केही क्षणमा होस् आयो- केही खाइएन भने यो शरीर अब रहने छैन । भिक्षाको लागि जाने त उनमा तागत छँदै थिएन । पाँच मित्रहरुले खानाको केही अंश राखिदिएका हुनसक्थे । तर उनी जङ्गलका धेरै भित्री भागमा थिए र आफू कहाँ छु भन्ने उनलाई होसै थिएन । केही पर बुटुनमा लहलहाउँदा पात भएको झार थियो । त्यही खाने विचारमा उनी त्यता घस्रे । तर उनको शरीरमा चलमलाउने तागतै थिएन । एकै अङ्गुल पनि उनी घस्रन सकेनन् । फेरि उनको आँखामा अँधेरो छाउन लाग्यो । त्यो लहलहाउँदो पात अब हल्लिएको जस्तो भानभानमै बिलाउन लाग्यो । आँखामा पूरै अँधेरो छायो ।

टाढा कतै गोठाला केटाकेटीहरु नेपथ्यमा गीत गाइरहेथे । गौतमको कानमा मसिनो आवाज पुगिरहेथ्यो ।

कस कस कस तार ठीक्कसँग कस
बढी कस्दा तार बाबै कहाँ होला रस
तार पछि हौकि तिमी धुन पछि हौ
तारै छैन भने बाबै धुन शून्य हौ

तारै कस्ने आफ्नो हठी पागलपनको उनलाई भूलबोध भयो । उनको ज्ञानलाई उनको चिन्तनलाई त्यो बोधिसत्वलाई पाल्ने त्यो शरीर अब क्षीण मात्र होइन अवसानको स्थितिमा पुगिसकेको थियो । थाहा भो सम्पूर्ण उनका चिन्तन र ज्ञान उनैका शरीरसँगै निभ्दै छ । कत्रो नोक्सान शरीरबाट अलग उनका भरपूर ती ज्ञानलाई झिकेर भावी पुस्ताको लागि छाड्न सम्भव अवश्यै थिएन । पश्चाताप भयो । तर ढिला पनि भयो । ढिला भयो त्यसैले बढी नै पश्चाताप भयो । तर यस पश्चातापले कुनै चमत्कार हुनेवाला थिएन । सोचे- ूराम्रो यही हुन्छ आफ्नो निर्वाणप्राप्तिको यो अवसरलाई बुद्धिमतापूर्ण ढङ्गमा हासिल गर्ने । जे सम्भव छ त्यही गर्ने ।ू

अर्थात् संसारलाई दुःखबाट तार्ने उनको सपना अब त्यत्तिकै रहने भयो । आफ्नो लागि त उनले कदाचित सोचेकै थिएनन् । तर यस स्थितिमा अब के गर्ने त आफू सजिलै तर्ने भड्काउ उनमा जाग्यो ।

गौतमले तत्काल आफ्ना सम्पूर्ण आशक्तिहरुलाई त्यहाँ त्यागे । यसले उनलाई धेरै हलुका भएको आभास भयो । मधुरो आँखामा पर त्यो पात लहलहाइरहेको थियो । ती मारको रुपमा उनीसामू   थिए । उनले तत्काल त्यसलाई अवज्ञा गरे । त्यस मारलाई दमन गर्नु के थियो उनको मन निर्मल भएर आयो । उनी शान्त थिए निर्मल थिए । सम्पूर्ण आस्था र अनास्थाहरुबाट मुक्त थिए । मनैमन उनले नमस्कार गरे समस्त उनका ज्ञानलाई ज्ञान दिने परिस्थितिहरुलाई । उनले कृतज्ञता अर्पण गरे ती सबैसबै आकस्मिकताहरुलाई जसले उनलाई जीवन दिए ।

मृत्यु त्यो निर्वाणको स्थितिलाई अँगाल्न उनले निचेष्ट आँखा चिम्लिए ।

केही परबाट सदा झैँ बला बलगुप्ता, सुप्रिया , विजयसेना, अतिमुक्तकमला, सुन्दरी, कुम्भकारी, उलुविल्लका, आदि गाउँका घाँस, दाउरा र गोठाला गर्ने केटाकेटीहरुले गौतमका गतिविधिलाई चिहाइरहेका थिए । गौतमलाई निचेष्ट ढलिरहेका देखेर उनीहरुले खासखुस गरे । केटाकेटीहरुका त्यो समान्य खलबल गौतमलाई सुन्नमा आइरहेथ्यो । तर त्यो पनि बिस्तारै बिलाउँदै गए । उनी चीर शान्तितर्फ अग्रसर थिए । त्यसपछि के भयो गौतमलाई केही थाहा भएन । उनी निचेष्ट भए ।

– के बोधिसत्व सुतेका हुन् ?ू
– बेहोस् जस्ता देखिन्छन् ।ू
– हो उनी बारम्बार बेहोस् हुँदै विउँझदै तपस्या गर्छन् ।ू
– उनका तपस्यामा खलबल नमच्चाउष ।ू

केटाकेटीहरु त्यहाँबाट फर्किए । गौतम पूर्ण मूच्र्छित अवस्थामा निचेष्ट लडिरहे । भोलिपल्ट केटाकेटीहरु त्यहाँ नै आए बोधिसत्वको हाल बुझ्न । अचम्म भयो बोधिसत्व हिजो जुन ठाउँमा जुन रुपमा ढलेर रहेका थिए आज त्यही रुपमा लडिरहेका थिए । केटाकेटीहरुमा खैलाबैला मच्चियो ।

– बितेका ता होइनन् ू
– कहाँ यसरी बित्छन् सत्पुरुषहरु ू
– मूच्र्छित भएका हुनुपर्छ ।ू

सामान्य परिस्थितिमा गौतमका अघि पर्न डराउने केटाकेटीहरु यस आपदको स्थितिमा डराउनै बिर्सिए । एकजना उनलाई उठाउन गए । बोधिसत्वको मुटुमा ढुकढुकी अझै थियो ।

– हो बोधिसत्व मुच्र्छित रहेछन् । मद्दत गर्न आऊ ।ू
– बाख्रा ल्याऊ बोधिसत्व भोक र तिर्खाले मुर्छित  भएका हुन् ।ू

सबै हस्याङ फस्याङ गर्दै कसैले लैनो बाख्रा ल्याए । कसैले पातका दुहुना बनाए । कसैले दुहुनामा पानी ल्याए । कोही भने दुहुनामा बाख्राको दूध दुहुन लागे । कोही उनको अनुहारमा पानी छम्कन लागे । कोही उनलाई उठाएर रुखको आडमा राख्न लागे । एउटी फुच्चिलेचाहिँ आफ्नो पछ्यौरी गौतमको नाङ्गो कट्टीमा बेरिदिइन् । अर्कीले मुखमा पानी हालिदिइन् ।

केही क्षणको सह्यारमै गौतममा केही चेतना फिुर् यो । केटाकेटीहरुले उनका मुखमा दूध हाली दिए ।* दूध मुखमा पर्ने बित्तिकै त्यो रसाएर जिब्रो अनि घाँटीमा पुगे । सुख्खा घाँटीमा दूध परेपछि मूलप्रवृत्तिबस घाँटीसम्म पुगेको दूधलाई जीब्रो र घाँटीले निलेर बिस्तारै पेटमा पुर् याइदियो । अब पेट अनि आन्द्राले सकि्रयता देखायो । दूधको पौष्टिक तत्व शरीरमा भिज्नासाथ गौतममा बिस्तारै शक्ति साचार भयो । उनी विस्तारै मूच्र्छाबाट बिउँझिए । केही होश आयो । उनको अन्तस्करणमा त्यही गीत प्रतिध्वनित थियो-

* ‘…। दूध दुहेर बोधिसत्व सिद्धार्थलाई खुवायो ।’ -बालपयोगी सचित्र बुद्धजीवनी पृ. २० ।

कसकस कस तार ठीक्कसँग कस
बढी कस्दा तार बाबै कहाँ होला रस
तार पछि हौकि तिमी धुन पछि हौ
तारै छैन भने बाबै धुन शून्य हौ

गीतको मर्म उनको अन्तस्करणमा तरंगित हुन लाग्यो । उनले सोचे- ुगृहस्थको कचिङ्गलमा अल्मलिएर मेरो साधनाका तार कदाचित कसिएन । त्यहाँ धुन छँदै थिएन । अनि यो कठोर तपस्वितामा पागल भएर साधनाका तार बढी कसिएछ । धुन त कता हो कता तारै टुट्ने अवस्थामा पुगिसकेछ ।ु

गौतमले चारैतिर हेरे । यो दृश्य फरक थियो । उनलाई लाग्यो उनी युगौँदेखिको निन्द्राबाट बल्ल ब्यूझेका हुन् । होसमा आउन अघिका धेरै दिनहरु कसरी उनले बिताए उनलाई कत्ति पनि सम्झना भएन ।

 सोच्न लागे- ूमैले आफूलाई पूर्णतः बिर्सने गरी यत्ति दुष्कर तपस्चर्या गर्दा पनि कुनै प्रकाश मिलेन भने यो तपस्याको उपादेयता के भयो शरीरपीडन न आत्मविजयको मार्ग रहेछ न पूर्ण      बोधिप्राप्तिको । कोही संसारमा सुखभोगको लागि कष्ट उठाउँछन् कोही स्वर्गप्राप्तिको लागि । कोही मुक्तिको लागि मरिमेट्दैछन् कोही मोक्षको लागि । अब बुझ्दैछु आशैआशका चक्करमा छन्   मान्छेहरु । सुख खोज्दै दुःखमा भासिइरहेका छन् समस्त संसार एउटा भ्रममा । यो मलाई पहिल्यै भएको आभास हो । तर अहिलेको त्यही आभास फरक रुपमा प्रष्ट भइरहेछ । पहिले सोच्दथेँ अरु भ्रममा छन् र मचाहिँ यस्ता भ्रमबाट मुक्त छु । तर अब लाग्दै छ म ती भ्रममा परेका निरीह जनताभन्दा आफ्नै अभिमानको चपेटामा बढी मूर्खता र निरीहपूर्ण भ्रममा रहेछु । अब मेरो आफैँसित प्रश्न छ के शरीरको अधिकतम उत्तापम नै धर्म हो शरीरलाई बढी महŒव दिएर मनको साधनालाई बिर्सनु मूर्खता होइन र बिना मन अर्थात् बिना विचारको शरीर पशुकै मात्र हुन्छ होइन र त्यसो भएमा पशुसमान बाँचियो होइन र

ूशरीरमा बल छैन अनि भोक प्यासबाट ग्रस्त छ र शारीरिक थकावटको कारणले मन नै एकाग्र हुन सक्तैन र शान्त छैन भने त्यो मनले शान्तिको लागि के बाटो पाउन सक्छ त्यो खोज त मानसिक थियो । शारीरिक हो र अनि शरीरलाई दण्ड किन मैले कसरी बुझिन कि शरीर र मनलाई अलग गरेर हेर्न र बुझ्न मिल्दैन । यसरी शरीरलाई उत्पीडन गर्दागर्दै मेरो मृत्यु भएको भए मेरो प्रयास अनि खोजको के अर्थ हुन्थ्यो ?ू

गौतमको अन्तस्करणमा त्यही गीतको आवाज आइरहेथ्यो-

कसकस कस तार ठीक्कसँग कस
बढी कस्छौ तार बाबै कहाँ होला रस
तार पछि हौकि तिमी धुन पछि हौ
तारै छैन भने बाबै धुन शून्य हौ

कसैले आफ्ना लागि खाजा भनेर ल्याएका बाक्लो गहुँको रोटी उनको हातमा थमाइदिए । रोटीसँग अनौठो आस्था जागेर आयो । इच्छाशक्ति सहितको दह्रो मनसाथ गौतमले त्यो रोटी हावामा केही माथि उठाएर समस्त चराचरलाई प्रदर्शन गरे कि अब उनले यो दुर्दान्त भोकहड्ताल तोड्दै छन् । मनैमन उनले भने- ुज्ञान प्राप्त गर्ने निहुँमा आजउपरान्त शरीरलाई पीडा दिने छैन ।ु

धेरै समयदेखिको कार्यरत नभएको उनको जीव्रो अनि घाँटीमा त्यो सुख्खारोटी जान अपठुरो थियो । गाह्रो गरी उनले त्यो रोटी चपाए । तर निल्न सकेनन् । गोठालाहरुले फेरि बाख्राको दूध अगाडि   सारे । त्यस दूधसाथ उनले त्यो गाँस निले । दुई गाँस निलेपछि गौतम आफैँले त्यस दिनलाई पुगेको इशारा गरे । दूध भने उनले झण्डै आधामाना पिए ।

एकै छिनमा उनको शरीरमा लुगा बेरिएको ज्ञान भयो । लोकाचारको लागि उनले त्यस लुगालाई स्वीकारे । पुनर्जन्म पाएको यस स्थितिमा ऊ अर्धचेतमै थिए र पनि उनले धेरै कुराहरुमा सम्´ाैता गर्दै गए । मान्छेहरुका सौहाद्रता स्वीकारे अन्न स्वीकारे बस्त्र स्वीकारे अनि स्वीकारे आश्रय ।

दूध र अन्नको कारणले गौतमलाई शरीरमा स्फूर्ति अर्कै थियो । साथै धेरै दिनपछि खाना पेटमा परेको हुँदा उनलाई मात लागेसरह भयो । उनका आँखा लोलाउन लागे । गोठाला केटाकेटीहरुले बुझे अब बोधिसत्वलाई आरामको जरुरी भयो । अनि त सबै एकएक गरी आआफ्ना कामतिर लागे ।

रोटीका बाँकी अंश केटकेटीहरुले उनैको लागि भनी त्यत्तिकै छेउमै छोडेका थिए । गौतमलाई फेरि त्यो रोटी खाउँखाउँ भयो । उनले रोटी टोके । तर त्यसलाई निल्न गाह्रो पर् यो । नजिकै खोल्सामा गई पानीले त्यसलाई निले । केही छिनपछि पेटमा भएको खानाले उनलाई सकस नै दिन थाल्यो । धेरैपछि खाना पेटमा पर्दा त्यो हुने नै भयो । अझ उनलाई खानाको मात खपिसक्नु थिएन । उनलाई निन्द्राले घ्याप्पै छोप्यो । अनि वर्षोंसम्म अवज्ञा गरेको निन्द्रालाई उनी आफैँले स्वागत गरे र केही क्षणमै मस्तसँग निदाए ।

—-

८८. पतित भएको आशंकामा पाचभद्रयद्वारा त्याग

हे पाठकगण ! गौतम त्यस पूरै दिन र रातभर राम्रोसँग निदाए । भोलिपल्ट बिहान जब बिउँझिए उनलाई लाग्यो उनी अब नयाँ संसारमा छन् । खाना र पुग्दो आराम तथा सुताइको कारण उनको शरीर र मानसिकताको स्फूर्ति पहिलेको भन्दा अर्कै थियो । अब उनले सोचे आफ्नो स्वास्थ्यको सुधार गर्नुपर्छ र त्यही स्वस्थ शरीरले पालेको स्वस्थ मनबाट आफ्नो खोज जारी राख्नुपर्छ । उनी दङ्ग थिए मानौँ उनले अब वर्षौंदेखि हराएको बाटो पाएका छन् र हतार छ त्यसमा अगाडि बढ्न ।सानो पछयौरीको कछाड बाहेक उनी नाङ्गै थिए । अनि शरीरभरि थिए स्याउँस्याउँती औँसाका बिगिबिगी भएका घाउँहरु । वर्षौंसम्म ननुहाएको शरीरलाई उनले पानीमा चोपले । तर शरीरका कुनै अङ्ग पनि घाउरहति नभएकाले मैल माड्न सम्भवै थिएन । वास्तवमा गौतम मैल फाल्नको लागि पनि पानीमा पसेका थिएनन् । एउटा उन्मत्त भावावेशमा उनले त्यो वर्षौंदेखिको पानीको अवज्ञालाई तोड्ने प्रथम औपचारिकता मात्र निर्वाह गर्दै थिए । तर पानीमा पसेपछि घाउमा भएका औँसाहरु चल्मलाउन लागे । शरीरभरि उनलाई सगबग भयो । उनी यस्ता सगबग त के विच्छु र सर्प नै शरीरमा घस्रँदा पनि वास्ता गर्दैनथे । तर अब उनलाई ती असह्य थिए । अब उनका तन मन सबैसबै अर्कै थियो । उनी पानीबाट तत्काल बाहिर आए ।

कठोर यातनाको भागी त्यस शारीरमा त्यस सामान्य सम्झाऊतापूर्ण व्यवहारले कुनै सजिलोपनाको आभास त भएन तर मानसिक स्नीग्धता तथा सन्तुष्टिको आभास भने धेरै हुनगयो । अब उनको मन फुरुक्क थियो । सो अनुरुप उनको नङ्गा शरीर कताकता मेल नखाने उनलाई लाग्यो । उनले सोचे यो नाङ्गो शरीरलाई ढाक्नुपर्छ । सम्झे नजिकै श्मसानमा धेरै कात्रोहरु फालिएका हुन्छन् त्यसैले काम चलाउन सकिन्छ । अनि गए उतै र त्यसको पनि बन्दोबस्त गरे ।

हे पाठकगण ! अब गौतम नियमित रुपमा भिक्षाटन गर्नलागे र स्वास्थ्यलाई राम्ररी ध्यान दिन   लागे । कपडाबाट ढाकिएका घाउहरुमा अब िझंगा नबस्नाले औँसा पर्न छाडिसकेका थिए । क्रमिक रुपमा घाउहरु पनि निको हुन लाग्यो । पर्याप्त खाना प्रचुर निन्द्रा अनि पुग्दो आरामका कारणले गौतमको स्वास्थ्यको सुधार हुन लाग्यो ।

गौतम अब त्यो गौतम थिएनन् । पुष्ट शरीरका स्वस्थ गौतम थिए । उनमा भएको यो परिवर्तनबाट उनका पाँच दुष्कर तपश्चर्या गर्ने साथीहरु आश्चर्यचकित भए । गौतम तपश्चर्याबाट पथभ्रष्ट भएकै उनीहरुले माने । उनीप्रतिको आस्था नै मरेर गयो र विक्षिप्त भएर उनलाई मात्र होइन कि उनी रहँदै आएको उरुबेललाई नै त्यागेर उनीहरु अन्यत्र गए ।

 ८९. पूर्णिमाको उन्मादमा खीरग्रहणको थप प्रभाव 

हे पाठकगण ! गौतम प्रतिदिन नुहाईधुवाई गरेर ध्यानमा बस्ने गर्थे । मनमस्तिष्कबाट उनले सबै आग्रहहरुलाई खन्याए र त्यो चङ्गा मानसपटलमा हरेक विचारलाई स्वभावको नियममा बौद्धिक मन्थन गर्थे । उनी अब आफैँ आफ्ना गुरु थिए । सफलता र असफलताकै कडीहरुबाट नित्य नयाँनयाँ कुराहरु सिक्दै नयाँ प्राप्तिहरुसाथ उनी अगाडि बढ्न लागे । उनी स्वयं आफूबाट भागेनन् तथा सङ्कल्प र विकल्पहरुको निहुँमा पलायन भएनन् । आत्मबोधको भाव तथा सांसारिक प्रपाचबाट भाग्ने इच्छा उनले त्यागिसकेका थिए । उनी यस बौद्धिक सङ्घर्षमा पूर्णतः प्रस्तुत थिए ।

वैशाख पूर्णिमाको दिन । गौतमको स्वास्थ्यमा धेरै सुधार आइसकेको थियो । जसरी शरीर पुष्ट भएको थियो उनको मनमस्तिष्क पनि धेरै तीक्ष्ण भएर आएको थियो । शारीरिक स्वस्थताको कारणले उनमा धेरै जाँगर र उत्साह बढेको थियो । यो पूर्णिमाको दिनमा त उनमा झन् कहिल्यै नभएको जाँगर र उत्साह थियो ।

हे पाठकगण ! गौतम सामान्यतः पूर्णिमाको दिनमा बढी नै सक्रिय र जोसिलो बन्दथे । पूर्णिमाको दिनमा उनको मानसमा उत्तेजनाको उच्च ज्वार उठ्दथ्यो । मानौँ उनलाई मात नै लाग्दथ्यो अथवा भनौँ शरीरमा अर्कै थप शक्तिको प्रवेश हुन्थ्यो । परिणामतः उनको मानसमै तनाउ उत्पन्न हुन जान्थ्यो र सोच्ने मन्थन गर्ने मनन गर्ने निक्र्यौल गर्ने आदि हरेक क्रियाकलापमा तीव्रता स्थापित हुन्थ्यो । अनि त अनेकन नयाँनयाँ उनी पूर्णिमाकै दिन गर्दथे ।* जस्तै ः जुन दिन उनले सात वर्ष पूरा गरी आठौँ वर्ष लागेको थियो र प्रथमपटक ध्यानस्थ भएर समस्त गणलाई चकित पारेका थिए त्यो दिन आषाढ पूर्णिमाको दिन थियो । जुन दिन उनले प्रब्रजित हुने महान् अभिनिष्क्रमण गरेका थिए त्यो दिन बैसाख पूर्णिमाकै दिन थियो । उनलाई सायद यो विरासत पनि माताबाटै प्राप्त थियो जसले उनलाई गर्भधारण गर्दासमेत आषाढ पूर्णिमाको दिन पर्न गएको थियो र जन्म दिँदा पनि बैसाख पूर्णिमाको दिन परेको थियो ।

* आषाढ पूर्णिमा ः

१ गौतमको गर्भाधारण भएको दिन ।
२ आठौँ वर्ष लागेकै दिन पहिलोपल्ट ध्यानस्थ भएको दिन ।
३ गौतमको महाभिनिष्क्रमण भएको दिन ।
४ बुद्धत्व प्राप्त भएपछि बुद्धले सर्वप्रथम सारनाथमा धर्मचक्र प्रवर्तन गरेको दिन ।
५ बुद्धले भिक्षुहरुलाई वर्षावासको अधिष्ठान गर्ने नियम बसाएको दिन ।आश्विन पूर्णिमा ः
६ बुद्धले वर्षाबास समाप्तिको घोषणा गरेको दिन ।
७ बुद्धले कठिन चीवरदानको नियम बसाएको दिन ।कार्तिक पूर्णिमा ः
८ बुद्धले कठिन चीवर दानको अन्तिम दिन बनाएर घोषणा गरेको दिन ।
९ सक्रिय धर्मोपदेशमा लाग्नुपर्ने नियम राखेको दिन ।माघ पूर्णिमा ः

१० वैशालीमा आयुसंस्कारलाई त्यागी तीन महिनापछि आफ्नो परिनिर्वाण हुने घोषणा गरेको दिन ।

बैशाख पूर्णिमा ः

११ गौतमको जन्म भएको दिन ।
१२ गौतमले बुद्धत्व प्राप्त गरेको दिन ।
१३ बुद्धको माहापरिनिर्वाण भएको दिन ।

हे पाठकगण ! पूर्नेको दिन चन्द्र पृथ्वी र सूर्य एकै रेखामा आइपुगेका हुँदा यो दिन ती तीनै ग्रहको गुरुत्वाकर्षणका तानातानको कारणले जसरी समुन्द्रमा बढी ज्वार उत्पन्न हुन्छ त्यसरी नै प्राणीमात्रका शरीरका द्रवहरुमा पनि बढी उछाल उत्पन्न भई व्यक्तिको मनमस्तिष्कमा उत्तेजना बढन जान्छ र व्यक्तिको उत्तेजित व्यवहारमा त्यो अभिव्यक्त हुन पुग्दछ ।* यस्तो लगान हरप्राणीलाई    हुन्छ । तपाई हामीमा पनि हुन्छ । सहनशीलताका कारणले अनुभूति नभएको मात्र हो । गौतम बढीनै सम्वेदनशील व्यक्ति भएको हुँदा उनमा वढी नै यसको ज्वर थियो । त्यसलाई समायोजन गर्नसक्ने उनका असीम क्षमताको कारणले गौतममा यो आफै थप उर्जामा परिणत हुन्थ्यो । नत्र तथ्य यो पनि हो कि त्यसलाई झेल्न नसक्नेहरु कोही मूर्छई पर्छन् वा पागलै बन्छन् वा कोही ता प्राण नै गुमाउने पनि हुन्छन् ।

“During the full moon, the moon has a higher gravitational pull, creating a higher tide. The Miami Beach psychiatrist Arnold Lieber says that pull affects oceans and people in a similar way, since the human body is mostly water.” The Miami Herald on tides in a human body; The Miami Herald, July 2, 1996.

“One should realize that the tidal effect is caused not only by the Moon, but also by the Sun. If the Moon had not existed, there still would have been ocean tides, but not as high, since the Sun contributes only about 30% of the tidal effect.” Myths about Gravity and Tides; “The Physics Teacher” pp. 438 – 441. December 31, 2005.

“When the Moon’s gravitational pull upsets our fluid balance, the result makes us tense and liable to emotional outbursts.” The Lunar Effect. Biological Tides and Human Emotions.

प्राणीहरुको शरीरमा दुइतिहाई तौल रक्त प्लाज्मा ग्रन्थीय रस आदि द्रबहरुकै हुन्छ– लेखक 

यस वैशाख पूर्णिमाको दिन उनलाई यही असर भइरहेथ्यो । बिहानदेखि नै उनमा स्वभावतः त्यसैत्यसै के के गरुँ भन्ने भइरहेको थियो । मन चङ्गा मुटु चङ्गा दिमागै चङ्गा उनको मानसिक संवेदनशीलता यस हदमा उर्लिरहेथ्यो मानौँ उनी आकाशै छुन लागिरहेछन् । एक हदमा उनको व्यवहार पागलसरी हुँदै थियो ।

आवेगै आवेगमा उनी भिक्षाटनको लागि गाउँतिर हिँडे । तर यत्ति चाचल भएर उनले गाउँ जान ठीक मानेनन् । त्यतै कतै बसेर आफूलाई संयममा ल्याउन ध्यान बस्न चाहे । नजिकै एउटा बडेमानको पिपलको रुख थियो । त्यसैमुनि गाउँलेहरुले चौतारी पनि चिनेका थिए । उनी त्यहाँ नै ध्यानस्थ   भए । उनी ध्यानस्थ भएको केही क्षणमा त्यो चौतारीमा सरसफाइ र लिपपोत गर्न एउटी नवयुवती आइन् । हेर्दैमा आकर्षक व्यक्तित्वका पुाज एकचित्तमा ध्यानस्थ गौतमलाई देखेर ती नवयुवती चकित भइन् । यस्तो व्यक्तित्व तिनले कहिल्यै देखेकी थिइनन् । गौतमका मुहारबाट एक किसिमको छटा प्रस्फुटित भइरहेको तिनले देखिन् र यी त सामान्य पुरुष होइनन् कुनै सिद्धपुरुषै हुन् भनेर तिनी छिटोछिटो त्यस चौतारी सफा गरेर घरतिर दौडिन् ।

हे पाठकगण ! ती कन्या त्यही गाउँका सेनानीकी छोरी सुजाताकी दासी पुण्या थिइन् । मालिक्नी सुजाताले त्यसै पिपलको रुखसँग छोरा पाएछु भने पूर्नेको दिन नैवेद्यहरु चढाउनेछु भनेर भाकल गरेकी थिइन् । तिनको मनोकामना पूरा भएथ्यो र त्यहाँ पूजा गर्नको लागि सरसफाई गर्न पुण्यालाई पठाएकी थिइन् ।

पुण्याले हस्याङ्ग फस्याङ्ग गर्दै सुजाताालाई भनिन्- ूहे मालिक्नी ! आज त त्यो चौतारीमा कहिल्यै नदेखिएका एउटा महान् पुरुष एकचित्तले ध्यानस्थ छ । आज हजूरको पूजाको लागि अनौठै संयोग परेको छ । अतः हिँड्नुहोस् छिट्टै जाऊँ ।ू

सुजातालाई पुण्याको कुराले निक्कै प्रभाव पार् यो र तिनी पनि तुरुन्तै सबै पूजाको सर्दाम र त्यस दिनको लागि विशेष प्रकारले बनाएको खीर लिएर त्यहाँ आइन् । गौतम अझ उही रुपमा ध्यानस्थ थिए । उनलाई देख्दा सुजातालाई लागिहाल्यो होन हो यी त साक्षात पिपलवृक्षनै मानवरुपमा प्रकट भएका छन् । सुजाताले पिपलको रुखलाई पूजा गरिन् अनि ध्यानस्थ गौतमलाई सम्बोधन गर्दै बोलिन्- ूहे महात्मन् ! आज पूर्नेको दिन मैले यसै पिपलको रुखलाई भाकल गरेर व्रत राखेकी      थिएँ । सदा पूर्नेको दिन मेरो यही चर्या हुने गरेको छ । आज संयोगवश तपाईं यसै रुखमा ध्यानस्थ हुनुहुन्छ । मेरॊ व्रतको प्रसाद यो खीर सदा पिपलवृक्षको नाममा चराचुरुङ्गी र कीटपतङ्गमा अर्पण हुने गर्थ्यो । आज हजूरलाई प्रदान गर्ने सुअवसर पाएकी छु । कृपया यसलाई ग्रहण गरेर कृतकृतार्थ गराउनुहोस् ।ू

ध्यानस्थ गौतमको ध्यान खुल्यो । आँखा खुल्दा उनले अगाडि सुजातालाई खीरको बटुको अर्पण गरिरहेकी देखे । कुनै पनि मान्छेको उपस्थितिको चाहना उनले त्यहाँ गरेका थिएनन् । तर कसैको सदाशयतालाई यसै लत्याउन सक्ने मानिस पनि उनी थिएनन् । यता उनको मानसिक उद्वेग शान्त भएकै थिएन । सक्दो छिटो एकान्तबास उनी चाहन्थे । अतः उनले त्यो खीरको कचौरालाई चूपचाप ग्रहण गरे र अफू लागे नजिकैको नेराजन नदीको सुपतिट्ठ घाटतिर ।

त्यहाँ एकान्त स्थानमा पुगेर उनले त्यो खीर खाए । खीरको गरिष्टताले उनको उद्वेगलाई अरु      बढायो । उनी अरु चाचल भए । एकसाथ कसरी मीठा अनुभूतिहरु प्राप्त भइरहेछन् उनी आफू आफैमा मख्ख परे । उनले आफैँमा प्रश्न राखे- ूकिन यस्तो मलाई आभास भइरहेछ कि आज मेरो खोजी प्राप्तिको विन्दु नजिक छ ?ू

उनलाई लाग्दै थियो उनको प्राप्ति त्यहीँ नजिकै हातैले भेट्ने ठाउँमा छ । बेलाबेलामा उनले अन्धाधुन्दमा अनायास हात पसारेर छुन पनि खोजे । नभेटिएको आभासमा सर्केर अगाडिअगाडि पनि उनी सर्किए । अनि कुनै बेला लाग्यो त्यो दुरीको हेक्का नभएर उनलाई गाह्रो परिरहेथ्यो । उनको हातै छोटो भएको अनुभूति पनि भयो । तर सँगै उनको हातै त्यस प्राप्तितिर आआफैँ तन्केर जाँदै गरेको अनुभूति पनि भयो । कस्तो स्वप्नसरीको स्थितिमा उनी पुगे । कतै पागलै त भइएन कतै अरुले उनका कृयाकलापलाई हेरेर पागल त भन्दै छैनन् उनले वरपर हेरे पनि । कोही त्यता थिएनन् र उनी ढुक्क पनि भए ।

चाचलता बढ्दो थियो । पानीमा उनलाई त्यत्तिकै उत्ताउलो पारामा झ्वाम्म हामफाल्ने उत्साह बढेर आयो । त्यस्तो उत्ताउलोपन उनमा कहिल्यै आएको थिएन । उनलाई यस्तो नयाँपनको सूत्रपात गर्न मनलाग्यो । उनी चिच्याए- ूआज नयाँ गर्ने नै हो ।ू

अनि फाल हाले पानीमा झ्वाम्म… । केहीबेर ओल्टोपल्टो गरे पानीमा । चाचलता अझै उस्तै थियो । शरीरको मयल माडिराख्न उनलाई धैर्यता भएन । उनी पानीबाट बाहिरिए ।

उनी प्राप्ति नजिकको अवस्थाबोधबाट पागलै बने । वषौँदेखि जुन कुराको खोजी थियो त्यो कुराको प्राप्तिबोध ध्यानावस्थामा नभएर कसरी यो सामान्य अवस्थामा भइरहेछ प्राप्तिको झझल्को र चाचलता एकसाथ कसरी हुन सक्छ कस्तो उल्टो खोला बगेको स्थिति हो यो सपनामा भएसरी उनले त्यस्तै पागलपन गरेर हातमा भएको खीरको पात्र नेराजना नदीको धारमा फाल्दै उद्घोष गरे- ूयदि मलाई बोधि प्राप्त हुनलाई यस्तो उन्माद भइरहेको हो भने यो कचौरा नदीमा उँधो बग्नको सट्टा उँभोतिरै बगोस् ।ू

तर हे पाठकगण ! हेर्नुहोस् काकताली ! त्यो कचौरा नदीको भूमरीमा खस्यो र नभन्दै भुमरीको कारणले माथितिर बग्न लाग्यो । *  गौतम दङ्गदास भए यो संयोगबाट । उनले उन्मादमै आफैँप्रति व्यङ्ग गर्दै नदीमा हुन नसक्ने सर्तसाथ कचौरा फालेका थिए । तर त्यो कचौरा स्वाभाविक ढङ्गमै भुमरीको कारण माथितिर बग्यो । ऊनी झट्टै पानीमा हामफालेर भूमरीले घुमाउँदै गरेको कचौरालाई उँधो बगाउन अगि नै च्याप्प समाते ।

* त्यो पात्र त्यस नदीमा उल्टो दिशातिर बगेर गई भुमरीमा परी पहिलेका तीनजना बुद्धहरुका पात्र भएका ठाउँ नागभवनमा खस्न पुग्यो ।’ संक्षिप्त बुद्ध बुद्धजीवनी पृ. ३७ ।

उनको हर्षको सीमै भएन । मानौँ उनले कचौरा होइन जिन्दगीभर खोजेको कुरा नै हात पारे । त्यहीँबाट उनले आकाशतिर फर्केर हातहरु उठाउँदै विजयोल्लाससाथ उद्घोष गरे- ूहुन्छ यस्तो हुन्छ । कारणहरुले कार्यलाई वशिभूत गर्छन् । भुमरी परेको ठाउँमा नदीहरु उल्टो बगेको पनि हुन्छ । हेर्दै मात्र रहू आज नै यो भूमरीले मेरो खोजलाई कृतकृतार्थ गर्ने छ । सुन पाछी सुन हावा सुन वृक्ष सुन समस्त जगत् । म पागल भइरहेको छैन । मेरो उन्माद कुनै पागलपन होइन । यो भुमरी र यो उल्टो गङ्गा उन्माद होइन एउटा कार्य र कारणको यथार्थ पर्याय हो ।ू

उनको उन्मादको सीमा थिएन । ज्ञानरश्मि उनका वरिपरि रमरमति नाच्दै थिए । कहीँ कतै बसेर समेट्न पाए हुन्थ्यो भन्ने उनलाई हतार लाग्यो । उनलाई यस्तो ठाउँको चाह भयो जहाँ आफूभित्रका सम्पूर्ण उद्वेगहरु संयोजन गर्न सकियोस् । त्यो शान्त हुनुपर् यो । शीतल हुनुपर् यो । र छिट्टै प्राप्य हुनुपर् यो ।

९०. मार दमन

हे पाठकगण ! स्थानको खोजीमा उनले तत्काल त्यो स्थान छाडे र साँ´तिर पुगे गया । गयामा एउटा बडेमानको पीपलको रुख रहेछ । शीतल थियो । शान्त थियो । र सामुन्ने   थियो । उनी त्यहाँ नै भुईंमा बसे । नजिकै सोत्थिय भन्ने एउटा ब्राह्मण घाँसको भारी बोकेर आउँदै थिए । उनले एक सौम्य श्रमणलाई रुखो भूइमा बसेका देखी तत्काल केही मूठा घाँस विछुउँदै यसमा बसौँन भनी निवेदन गरे । गौतममा तत्काल ध्यानस्थ हुने उताउलोपन थियो । उनी त्यसैमाथि तत्काल पद्मासनमा बसे र मनैमन प्रण गरे- ुचाहे मेरो हाडछाला नै बाँकी किन नरहोस् चाहे शरीरबाट सम्पूर्ण रगत र मासु नै गलेर किन नजावस् म यहाँबाट बोधि प्राप्त नगरेसम्म उठ्ने छ्रैन ।ु

तर हेर्नुहोस् यसै बखत त्यही उन्माद र उत्ताउलोपनामा गौतमभित्रका मनका क्लेशहरु जाग्न लागे । ध्यान एकचित्त गर्न लागेको बेलामा छोरा राहुलको याद आयो । सोच्नलागे- ुअब त ऊ नौवर्षको भइसक्यो । उनलाई हिँडने बेलामा छुनसम्म पनि पाइँन । कत्ति निष्ठुरी भएर म हिँडेको थिएँ । बाल्यकालमा बाबुको कत्रो सहारा चाहिन्छ छोराछोरीलाई । मैले त्यो दायित्व त्यागेर रातमा खुसुक्क हिँडेँ । यशोधराले कत्ति दुःख भोगिन् होली । यौवनावस्थाकी खाउँखाउँ लाउँलाउँ अनि बूढोसँग रमाइलो गरुँ भन्ने उमेरकी थिइन् । त्यत्तिकै थाहै नदिई निद्रामै छोडेर आएँ । म कत्ति निष्ठुरी बृद्ध बाआमालाई त्यत्तिकै सुतेकै अवस्थामा असहाय छाडेर हिँडेँ । त्यसरी मैले छाडेर हिँडनु के बुद्धिमानी थियो के मैले सङ्घमा भएका विग्रहको कारणले आफ्नो स्वाभिमान राख्न मात्र मैले यत्रो संसार त्यागको नाटक गरेको त होइन जुन कारणबाट मलाई गृहत्याग गर्नु विवशता थियो आखिर त्यो कारण त सकिइनै सकेको थियो । मैले घर नफर्केर सङ्घका मित्रहरुलाई सदा पश्चातापमा धकेल्ने बिरामी सोच पालेको त थिइन के पाएँ मैले- त्यो प्रतिशोध बाहेक गुमाउनु त मैले धेरै गुमाएँ नि । परिवार गुमाएँ साथीसँगी र समाजै गुमाएँ । के मैले ठीकै गरेको हो त के अझै समय छैन के म अझै  फर्कन सक्तिनँ ?ु

उनलाई घर फर्कने उत्कट इच्छाले जुरुक्क उचाल्यो र आँखा खोले । आँखा खुल्नु के थियो उनी झसङ्ग भए । आफ्नो स्थितिको तत्काल ज्ञान भयो । उनलाई थाहा भयो उनी आफ्नै मानसिक क्लेशका शिकार भएका थिए । उनी एकपल्ट डराए नै- ुके म पतित त भइसकिनँ ? के यी क्लेशहरुले मेरा अहिलेसम्मका प्राप्तिहरुलाई बिटुल्याइ त सकेनन् ? के मेरा प्रयत्नहरु मृगतृष्णामात्र रहने त होइनन् ? किन यस्ता क्लेशहरुले लक्षको यत्ति नगिच आइपुगेको बेला धावा बोले ?ु

गौतमले मनलाई आफूभित्र जबर्जस्ती काबूमा राखे । अनि उद्घोष गरे- ूहे मेरा मनका क्लेश ! हे मभित्रका पापी मार ! मभित्रै श्रद्धा छ, मभित्रै वीर्य छ, मभित्रै प्रज्ञा छ । यतिका गुणहरु मभित्र सबल हुँदाहुँदै तँबाट मैले हार्नु छैन । तँ स्वयं म भित्रै पराजित हुनेछस् । जतिजति तँ ममाथि डङ्का मार्छस् उतिउति तेरो सामथ्र्यमा घटाउ आउने छ । तँतिर त्यो सामर्थ्य  घट्नेछ र त्यही मतिर उर्जामा रुपान्तरित भएर प्रवेश गर्ने छ । बुझ  परिणामतः तँ आफ्नै मारका कारणले मर्माहत हुनेछस् । अन्ततः मभित्र तँ नामेट हुनेछस् । हे पापी मार ! मेरो अभीष्टप्रति मेरो अपार श्रद्धा छ । तँलाई दमन गर्ने मभित्र अथाह बलवीर्य छ । तँलाई मन्थन गर्ने मभित्र यथेष्ट पुष्ट प्रज्ञा छ । तैँले मेरो केही बिगार्न सक्नेछैनस् ।ू

मारले गौतमलाई थरीथरीका मानसिक बाणहरुले विँध्न लागे । मारका बाणहरु लाग्नु के थियो गौतमका मानसपटलमा अनेक पूर्वपरिचित अनुहार घटना र अनेक प्रपञ्चहरु आउन लागे । जोजो उनको मानसपटलमा आए ती सबलाई उनले आफूबाट असम्बद्ध परिभाषित गर्दै नयाँ स्वरुपमा सदाको लागि पंजीकृत गर्न लागे । आए शुद्धोदन, प्रजापति, यशोधरा, राहुल, शाक्यगण, राजमुकुट, महाजनपद, गणराज्य, वर्ण, आश्रम, गुरु, धर्मग्रन्थ, सँस्थागत प्रणाली, आस्था, रुढ, सङ्घ, संस्था, देवीदेवता, ऐस आराम, भोग विलास, आमोदप्रमोद, आदि, इत्यादि ।

जो आए ती सब उनका ज्ञानरश्मिबाट धोइए । ती जे थिए अब त्यही थिएनन् । क्लेशहीन मूल्यका रुपमा परिणत थिए । सही मानेमा गौतमको मनमस्तिष्क समस्त सांसारिक प्रपञ्चको भ्रमबाट अलग्ग हुन पुगे । कंचन भए । पवित्र भए । अब उनका लागि कुनै व्यक्ति र व्यक्त वा अव्यक्त वस्तु आफ्ना वा पराया थिएनन् । कुनै प्रिय वा अप्रिय थिएनन्, कुनै मिठो वा नमिठो थिएनन्, कुनै रुच्य वा अरुच्य थिएनन् । सबैमा समभाव थियो । करुणा थियो । प्रेम थियो ।

मारका पहिलो सेना कामोपभोग, दोस्रो अरति, तेस्रो भोक र प्यास, चौथो तृष्णा, पाँचौँ आलस्य, छैटौँ भिति, सातौँ कुशङ्का, आठौँ अहम्, नर्वौं लाभको लोभ, दसौँ यशको अहङ्कार- यी सबैले गौतमलाई एकसाथ चारैतिरबाट अक्रमण गर्न लागे ।*  उनीहरुले लोभ दिए, लालच देखाए, धम्काए, मायाजाल फैलाए, मोहमा पार्न खोजे । उनैका कमजोरीहरु काम, क्रोध, लोभ, माया, राग, द्वेष, मद, आदि, इत्यादि छिद्रहरु खोजेर उनलाई बशिभूत गर्न खोजे । तर ती सेनाका सबैसबै प्रयासहरु खालि गए । उल्टै ती गौतमको लागि पुष्पवृष्टिमा परिणत भए ।

* ‘भगवान् बुद्ध’ पृ. ९७ ।

मारले आफैँ हार खाए । अन्ततः गौतमकै मानसपटलमा ऊ दुबै कर जोडी उपस्थित भए र वन्दना गरे- ूहे गौतम ! मैले गत सात वर्षसम्म तपाईंका छिद्रहरु खोजेँ । तर मेरा सबै प्रयत्नहरु कागले बेल फोरेर गुदी निकाल्न खोजेसमान निरर्थक रह्यो । म हारेँ । तपाईं अब आत्मक्लेशका मारबाट मुक्त हुनुहुन्छ । तपाईं अब सम्बुद्ध हुनको लागि योग्य हुनुहुन्छ । म तपाईंको मनमष्तिष्कबाट जाँदैछु । बोधी प्राप्तिको लागि शुभकामना ।ू

मारको अवरोध अब खत्तम भयो ।

९१. बोधि प्राप्ति

हे पाठकगण ! मारले छोड्नु के थियो, सौम्य गौतम ध्यानका सिँढीहरु अरु चढ्न लागे । पहिलो सिँढी थियो ‘वितर्क’ र ‘विचार प्रधानता’को । * मारले पूर्णतः खालि गरेको गौतमको मानसपटल अब पूर्वाग्रहहीन कंचन र पवित्र थियो । कार्य र कारणको नियममा उनले बौद्धिक मन्थन शुरु गरे । जाग्रत चेतनाका कारणबाट गौतमका चित्त शरीर र श्वासप्रक्रिया पूर्ण एकाकार हुनपुग्यो । उनी गहन समाधिको अवस्थामा पुगे । यस अवस्थामा उनले समस्त चराचर ब्राह्माण्ड अनि तीनै काल आफूभित्रै समाहित भएको अनुभूत गरे । जन्म, मृत्यु, हर्ष, विस्माद, सबैसबै सृष्टिलाई स्पष्ट बुझे । यसो भने हुन्छ उनले सबैको स्पष्ट दर्शन पाए ।

* “In the first stage he called forth reason an investigation.” – The Buddha and His Dharma, (p.75).

दोस्रो सिँढी थियो ‘एकाग्रता’को ।* यसमा उनले समस्त ‘सृष्टिको उत्थान र पतन’को प्रकृयालाई बुझे । यसो भने हुन्छ उनले त्यसलाई देखे नै । उत्थान र पतन अर्थात् जन्मदेखि मृत्युसम्मको मोहलाई उनले देखे । जन्म र मृत्यु त हेर्दाका भ्रममात्र थिए । समुन्द्रका लहरसमान समस्त चराचरको न जन्म थियो न मृत्यु । गौतमले आफूलाई अथाह समुन्द्रमा सिर्फ पानीको थोपाको रुपमा बोध गरे । अथाह समुन्द्रभित्र पानी हुनुको अर्थबोधमा न उनको जन्म थियो न मृत्यु । उनका सबै उठान र पतन जन्म र मृत्यु हुनुको भ्रम मात्र थिए । उनी ती भ्रमबाट मुक्त भए । यसको बोधबाट गौतमलाई असीम शान्तिको अनुभूति भयो । उनको ओँठमा अभूतपूर्व मुस्कान छायो ।

* In the second stage he added concentration” –abid, (p.75).

तेस्रो थियो ‘समचित्तता’ र ‘जागरुकता’को ।* गौतम गहिरो समाधिको अवस्थामा पुग्दा उनले समस्त प्राणीहरुको हृदयलाई बुझे  । अझ यसो भने हुन्छ उनले देखे नै । प्रत्येकको मानसिक अवस्थालाई बुझे अनि देखे । यस चरणमा प्रत्येकका हर्ष वा विस्माद वा चित्कार वा उल्लासलाई अनुभूत गर्ने सामथ्र्य उनमा विकास भयो । यसबाट उनलाई दिव्य ज्ञान भयॊ- ुजीवित प्राणी यसकारणले दुःख पाउँदछन् कि सबैको बाँच्ने आधारभूमि एउटै हुन्छ । त्यहाँ बाँच्ने प्रवृत्तिको लागि प्रतिश्पर्धा हुन्छ र त्यसैबाट उत्पन्न हुन्छ लोभ, क्रोध, अहङ्कार, भ्रम, डर, द्वेष र विग्रह । सबैको मूल कारण हो अज्ञान जो शान्त चित्तबाट गरिएको अध्ययनबाट प्राप्त हुने सत्यको बोधबाट निमिटयान्न हुनसक्छ । अज्ञानको ठाउँका ज्ञानको राज हुने वित्तिकै त्यहाँ प्रेमको उदय हुन्छ । प्रेमको स्रोत हो सहृदयता । ‘प्रत्येक प्राणीको स्वभाव उनकै पर्यावरण अनुकूल हुन्छ ।

बाँच्न सबैलाई पर्छ र बाँच्नको लागि ऊ शाकाहारी हुन सक्छ वा जीवाहारी पनि ।’ यो थाहा पाइएमा जस्तै निर्दयतापूर्ण व्यवहार गर्ने मान्छे वा जीवप्रति पनि घृणा हुन्न । सहृदयताले करुणा र प्रेम जगाउँछ । प्रेमले व्यक्तिलाई सत्कर्मतिर डोर् याउँछ । शक्तिको स्रोत भनेकै सहृदयपूर्ण ज्ञान वा बुद्धि हो जसको प्राप्ति जागरुकतापूर्ण अभ्यासबाट हुन्छ । त्यो अभ्यासबाटै व्यक्तिलाई गहिर् याइसम्म सोच्ने क्षमता वा बुद्धिमा वृद्धि हुन्छ जसको फलस्वरुप व्यक्ति हरेक रहस्यलाई अनावृत गर्न सक्षम बन्दछ । जागरुकताले व्यक्तिलाई मुक्ति र चेतनशील अर्थात् बौद्धिक जागृतिको दिशामा प्रवृत गर्दछ । जीवन शुद्धज्ञान, शुद्धिवचार, शुद्धवाणी, शुद्धकर्म, शुद्धआचरण, शुद्धप्रयास, सच्चा जागरुकता, र सच्चा चित्त केन्द्रीकरणको आर्यमार्गबाट प्रस्फुरित हुन्छ ।ु

* “In the third stage he brought to his aid equanimity and mindfulness” – abid, (p.75).

चौथो तथा अन्तिम थियो ‘समचित्तता’ एवं ‘पवित्रताको संयोग’ । * गौतमलाई यस्तो अनुभूति भयो मानौँ उनलाई हजारौँ जन्मका योनीहरुबाट मुक्ति मिल्यो । अज्ञानताका कारण उनका चित्ताकाश डम्मै ढाकिएको थियो । त्यसै कारणले उनका सोच थरीथरीका मूल्य र मान्यताहरुका रुढी र पूर्वाग्रहहरुमा भ्रान्त भई विभिन्न विभेदमा विभक्त थिए । ती सबै सोचहरु वस्तुतः अनेकानेक महŒवाकाङ्क्षा, स्वार्थसाधना र अहमको कैदमा थिए । त्यो कैदको पर्खाल थियो ‘अज्ञानता’ । जन्म, जरा, रोग र मृत्युले त त्यस पर्खाललाई झनै बाक्लो र दुरुह बनाइ दिएको थियो । यस अज्ञानताको पर्खाललाई तोड्ने मुख्य उपाय हो ‘पवित्र मार्ग’ ।

* “In the fourth and final stage he added purity to equanimity and equanimity to mindfulness.” abid, (p.75).

उनले एकएक औँला भाँच्दै बोले- ूसम्यक् दृष्टि, सम्यक् सङ्कल्प, सम्यक् वचन, सम्यक् कर्म, सम्यक् जीविका, सम्यक् व्यायाम, सम्यक् स्मृति, सम्यक् समाधि । आठ… । अर्थात् अष्टांगिक मार्ग । ‘अष्टांगिक मार्ग’ ।ू

अब उनलाई अनुभूत भयो उनी अँध्यारोबाट उज्यालोमा पदार्पण गर्दैछन् । यस्तो आभास हुनु के थियो त्यो अज्ञानताको पर्खाल आगोको रापमा हिउँ पग्लेसरी सररर पग्लेर गए । त्यहाँ बाँकी रह्यो ‘कंचन सोच’ । अर्थात् ‘सम्यक् ज्ञान’ । अर्थात् ‘सम्यक् बोधि’ ।

गौतम अब मुस्कुराए । अनि विजयोल्लास गरे- ूपाएँ ! अन्ततः पाएँ ! सम्बोधि पाएँ । सद्धर्मको मार्ग पाएँ । समस्त मानवजातिका लागि मुक्तिको बाटो पाएँ । पर्ख, समस्त चराचर पर्ख, तिमीसम्म आउँदै छ सत्धर्म । जान्नेछौ सत्य के हो र मार्ग के हो अब आत्तिनु छैन ।ू

उनले आँखा चिम्लेर उनका प्राप्तिहरुको पुनरावलोकन गर्दै रहे । समस्त पूर्वज्ञानहरु- वेद, आत्मा, मोक्ष, धार्मिक संस्कार, ईश्वर, ब्रह्म, यज्ञ, पूजा, व्रत, तीर्थ, मन्दिर, चतुवर्ण, आश्रम, उच्छेदवाद, निराशावाद, भोगवाद, सबैसबै एकातिर घुर् यानमा परिणत थिए । मात्र साथमा थियो जाज्वल्यमान चार सत्य । चार आर्य सत्य । अर्थात् चार श्रेष्ठ सत्य ।

दुःख
दुःखको कारण
दुःख निरोध
दुःख निरोधको मार्ग

उनले उद्घोष गरे- ूमात्र चार सत्य मात्र ‘चार आर्य सत्य’ ।ू

दुःख छ । त्यो सत्य हो । जन्म जरा व्याधि मृत्यु सबै दुःख हो । प्रियजनसँग वियोग अप्रियजनसँग संयोग चाहेको नपाउनु चाहेको गुमाउनु सबै दुःख हो । रुप अर्थात् पृथ्वी जल अग्नि वायु चारै महाभूत दुःख हो । वेदना अर्थात् रुप एवं वस्तुको सम्पर्कबाट हुने सुखदुःखका अनुभव दुःख हो । संज्ञा अर्थात् वेदनाको पहिचान दुःख हो । संस्कार अर्थात् वेदनाको ऐँजेरु दुःख हो । विज्ञान संस्कारका चेत तथा मन दुःख हो । रुप वेदना संज्ञा संस्कार र विज्ञान यी पाँचै उपादान*  दुःखका पुंज हुन् ।

* रुप = भौतिक पदार्थ वेदना = सुख दुखको अनुभव संज्ञा = होस वा अभिज्ञान संस्कार = मानसमा परेको छाप या वासना र विज्ञान = चेतना

दुःखका कारणहरु हुन्छन् । त्यो अर्का सत्य हो । त्यो कारण हो तृष्णा । भोगको तृष्णा भवको तृष्णा वैभवको तृष्णा यिनै तष्णाले निःसृत गर्छ काम क्रोध लोभ माया मोह द्वेष इष्र्या व्यभिचार दुराचार अत्याचार युद्ध विग्रह अशान्ति आदि दुःख ।

दुःख निरोध गर्न सकिन्छ । त्यो अर्को सत्य हो । तृष्णाको त्यागबाट दुःख निरोध हुन्छ । तृष्णाको त्यागले उपादान अर्थात् भोग्य विषयहरुका सङ्ग्रहमा निरोध हुन्छ । उपादानको निरोधले भव अर्थात् लोकको निरोध हुन्छ र भवको निरोधले जन्मको निरोध हुन्छ । जन्मै नभएपछि मान्छेले जरा, व्याधि र मृत्यु केही भोग्न पर्दैन । ऊ भवबाट निवृत्त हुन्छ । उनले निर्वाण प्राप्त गर्दछ ।

दुःख निरोधका उपायहरु छन् । यो अर्को सत्य हो । ज्ञान शील र समाधिको उपयोगले दिन्छ दुःख निरोधका उपायहरु । ज्ञान अर्थात् बुद्धिको उपयोग प्रथम उपाय हो । ज्ञानकै अन्तर्गत हुन्छ सम्यक् दृष्टि र सम्यक् सङ्कल्प । दोस्रो उपयोग हो शीलको । ज्ञान र बुद्धिबाट सम्पुष्ट शील अन्तर्गत हुन्छ सम्यक् वचन सम्यक् कर्म र सम्यक् जीविका । तेस्रो उपयोग हो समाधिको । ज्ञान र शीलले सम्पुष्ट समाधि अन्तर्गत हुन्छ सम्यक् व्यायाम सम्यक् स्मृति सम्यक् समाधि । अर्थात् जम्माजम्मी अष्टागिङ्क मार्ग ।*

* सम्यक् दृष्टि = दुःखका ज्ञान दुःखोदयका ज्ञान दुःखनिरोधका ज्ञान र दुःखनिरोधका उपायहरुका ज्ञान । २। सम्यक् सङ्कल्प = निष्कर्मता अद्रोह र अनासक्तिपूर्ण सङ्कल्प ३। सम्यक् वचन = झुठ कटु भाषणहीन बचन ४। सम्यक् कर्म = िहंसा चोरी व्यभिचारहीन कर्म ५। सम्यक् जीविका = िहंसा र शोषणहीन जिविका ६। सम्यक् व्यायाम = इन्द्रियमाथि संयम खराब भावनामा नियन्त्रण पाप कर्ममा नियन्त्रण उद्योग र परिश्रममा जोर राम्रो भावनामा जोर आदिको व्यायाम ७। सम्यक् स्मृति = जरा मृत्यु आदि दैशिक धर्मको अनुभव लोभ र मानसिक सन्तापको त्याग आदिको स्मृति ८। सम्यक् समाधि = कुशल धर्म अर्थात् सत् मनोवृत्तिहरुमा समाधि । यस समाधिका चार ध्यानरुपी सींढी छन् जस्तै पहिलोमा वितर्क विचार प्रीति सुख र एकाग्रता हुन्छ । दोस्रोमा वितर्क र विचारको लोप भई प्रीति सुख र एकाग्रता मात्र बाँकी हुन्छ । तेस्रोमा प्रीतिको लोप भई सुख र एकाग्रतामात्र बाँकी हुन्छ । चाथोमा सुख लोप भई एकाग्रतामात्र बाँकी हुन्छ । 

यी नै सत्य यी नै ज्ञान यी नै सम्बोधि र यी नै ‘धर्म’ ।


९२. बोधिसत्वबाट बुद्धत्व प्राप्तिको स्वीकारोक्ति 

हे पाठकगण ! रातको तेस्रो प्रहरको अन्त्यसम्ममा गौतमले आफ्ना सम्बोधि पूर्णतः सम्हालिसकेका थिए । उनी पूर्णतः बुद्ध भइसकेका थिए । उनी दुःखको यो भवसागरमा सास्ता भइसकेका थिए । अनि उनी अझै त्यस प्राप्तिको आनन्दमा रमरमाइरहेथे बन्द आँखासाथ ।

पूर्वतिर रातो आभा बोकेर बिहानीको प्रकाश पृथ्वीमा छाउन लाग्यो । उज्यालो बढ्दै थियो । गौतमको आँखा अझै  बन्द थिए । उनीभित्रका समस्त दुःख अन्तरध्यान भइसकेथे । वर्षौंदेखिका उद्विग्न मनमा आज शान्ति छाएको थियो । पूर्णतः सहजता व्याप्त थियो । अपार सन्तुष्टि थियो । समस्त प्राणीको लागि आफूभरि पे्रम जाग्रत थियो ।

घाँस दाउरा गर्ने बालबालिका र युवाहरु वन पस्दै थिए । उनीहरुले देखे बोधिसत्वमा आज परिवर्तन छ । दाहिने हात बरदमुद्रामा उठेको छ । अनि बसाई फरक । यो अनुहार हिजोको थिएन । प्रकृति नै पूर्णतः फरक थियो । खुम्चिएका आँखीभौँ आज सपाट थिए । सदाको असन्तुष्ट ओँठहरुले भर्खरै फुलेको कमल झैंसौम्य मुस्कानका सहज आभा छरिरहेथे । अनुहार नै यसैयसै भित्री आभाले धपधपाइरहेथ्यो । उनीहरु चकित भए ।

उनीहरु सबै गौतमको छेउ आए र अभिवादन गर्दै बसे अवलोकनार्थ । गौतमले पर्लक्क सौम्य आँखा खोले । आँखाले पनि मुस्कान छरिरहेको भान भयो । आज कति सरसता थिए ती आँखामा । गोठाला घाँसी र दाउरेहरु जुन आँखाबाट सदा भाग्दथे आज त्यही आँखामा प्रेमामृत पान गर्न लागे । सबैका दुबै कर सश्रद्धा नमस्कार मुद्रामा जोडिए ।

गौतमको लागि पनि यो संसार सदाको थिएन । प्रभातको रश्मि फिँजिनभन्दा पहिले अँधेरोमै आँखा चिम्लेर ध्यानमुद्रामा बसेका गौतमलाई आँखा खोल्नासाथ अकस्मात नयाँ संसार र नयाँ क्षितिजको दिव्यदृष्टि भयो ।

पूर्ण संसारै हिजोको उनलाई लागेन । सबै कुरा नयाँनयाँ थिए । त्यो आकाश, त्यो बादल, त्यो उदाउँदो सूर्य, अनि यो वातावरण, सबैसबैले नयाँ र अद्भूत दृश्य पस्किरहेथे । मानौँ समस्त पृथ्वी नयाँ ढङ्गबाट सृजित थियो । दृश्य समस्त उही तर उनी नयाँ अर्थमा अर्कै परिदृश्यहरु देखिरहेथे । उनले यी श्रद्धालुहरुमा दृष्टि पुर् याए । उनीहरु पनि आज अलग देखिए । उनीहरुका प्रस्तुतीकरण त यसैपनि अलग थिए नै । उनीहरुको कंचनतासमेतको दिव्यदर्शन उनलाई आज भइरहेथ्यो । मान्छे हुन् कि ज्योतिपुंज उनलाई सपना सरी भयो ।

उनलाई स्पष्ट भयो उनमा थप क्षमता जाग्रत भएको छ । आफू भित्रका त्यस क्षमता र दृष्टिकोणलाई उनले दुबै हात जोडी नमस्कार गरे । त्यसपछि यो देखिएका नयाँ परिदृश्यसमेतका प्रकृति वातावरण अनि चराचरलाई एकसाथ सप्रेम नमस्कार गरे ।

गोठाला वालवालिका तथा युवाहरुको लागि यी सबै नयाँ व्यवहार थिए ती तपस्वीका । एकजनाले सम्बोधन गरिहाले ।

– हे तपस्वी महाराज ! आज हामी किन हजूरमा परिवर्तन देखिरहेछौँ । तपाईंका अनुहारमा अपार सन्तुष्टि छाइरहेको देखिन्छ तथा अनुहारमा पनि सौम्य आभा ´ल्किरहेछ । के तपाईंलाई बोधि प्राप्त भएको हो ?ू
– तपाईंहरुले ठीक भन्नुभयो । हे श्रद्धालुगण ! गत रात मैले सम्बोधि प्राप्त गरेँ । मेरा खोजहरुको अब अन्त्य भएको छ । त्यसैले त्यो प्राप्तिको सुख ममा छचल्किरहेका देख्दै   हुनुहुन्छ ।ू
– हिजोसम्म हामी तपाईंलाई ‘बोधिसत्व’ भन्दै थियौँ । के तपाईं अब सम्बुद्ध हुनुभयो अथवा तपाईंको यो अवस्थालाई तपाईं के भन्नुहुन्छ ?ू
– मेरो यो अवस्था नितान्त नयाँ हो । यसको कुनै नाम थिएन यस अघि । अतः मलाई तपाईंहरुले दिएको नाम स्वीकार्य छ । मलाई ‘बुद्ध’ भने हुन्छ ।ू
– त्यस्तै हुनेछ । हे बुद्ध ! तपाईं जगमा ‘बुद्ध’ भनेर चिनिनु हुनेछ ।ू

त्यसपछि गौतम बुद्ध आफ्नो आसनबाट उठे । सर्वप्रथम उनले आफ्नो त्यो सम्बोधिप्राप्त अवस्थालाई नमस्कार गरे । अनि भने- ूमलाई स्वीकार्य छ । मेरो यो अवस्थालाई जगत्ले ‘बुद्धत्व’ भनी जानून् र मलाई ‘बुद्ध’ ।

त्यसपछि त्यस वृक्षलाई नमस्कार गरे जहाँ बसेर उनले सम्बोधि प्राप्त गरेका थिए र बोले- ूयस वृक्षलाई जगत्ले ‘बोधिवृक्ष’ भनेर जानून् ।ू

त्यसपछि त्यस भूमिलाई उनले निधार टेकाएर ढोगे अनि भने- ूयस भूमिलाई जगत्ले ‘बोधगया’ भनेर जानून् ।ू

गोठालाहरु सबैले एक स्वरले बोले- ूतथास्तु !ू

हे पाठकगण ! सिद्धार्थ गौतमको उमेर यतिखेर पैँतीस पुगी छत्तीस* लागेको थियो ।

संक्षिप्त बुद्ध बुद्धजीवनी पृ. ४० ।

सबै उपस्थित युवा तथा वालवालिकाहरु आआफ्नो बाटो लागे ।

९३. वमुत्ति सुख र प्रतीत्य समुत्पादको स्थापना

हे पाठकगण ! बुद्ध थिए अति सन्तुष्ट । त्यो अटुट् संघर्षको थकान । ती सबको फलित सुखमय अन्त्य । उनी अति हर्षित थिए । युगको त्यो दायित्वबोध त्यो बोझ  थाप्लोबाट हटेको त्यो सुख अनि संघर्षको त्यो अनमोल फल अपार सुखको अनुभूति उनलाई भइरहेथ्यो । उनी लट्ठ थिए । पलेटीको पलेटीमै उनले समापनको आङ ताने अनि आफ्नो जीउलाई पछाडिपट्टि सलक्क ढाले । ढालेकै अवस्थामा लामो निश्वाससाथ उनले दुबै हात लमतन्न पसारे दुबै खुट्टा पलेटीबाट फुकाए अनि तन्काए सम्पूर्ण शरीर हरेक आयाममा तनक्क तनक्क लमतन्न । शरीरभरिका जोर्नीजोर्नी र तन्तुहरुले आवाज दिए पटाक र पुटुक । मानौँ शरीरका अङ्गअङ्गले युगौँयुगको कुजनबाट मुक्तिको सुखमा हर्षबडाईं गरे ।

गौतम बुद्ध मुस्काए एउटा सुखको मुस्कान । दुबै आँखा चिम्म गरे अनि लडिरहे तेर्सिएको तेरसियै चारचीत्त निश्चल एकै स्थलमा । एउटा ‘विमुत्ति सुख’ । युगयुगको थकानको अन्त्य त्यो विमुत्ति सुख । अब सोच्नु केही थिएन । सीर्फ आराम र त्यही विमुत्ति सुखको आस्वादन मात्र उनको धुन रह्यो । उनी एकाएक पर्लक्क दाहिने कोल्टे पल्टे । दुबै हत्केला जोडेर एकठाउँमा खप्टाए अनि त्यसैलाई सिरानी लाएर घोप्टो तेर्सिए । कहिले उत्तानो कहिले घोप्टो कहिले कोल्टो चिम्म आँखासाथ उनी यस विमुत्ति सुखको रसास्वादमा लट्ठिएर रहे । हप्ता दिनसम्म उनको त्यही चाल रह्यो । अन्ततः सातौँ दिनको तेस्रो प्रहरमा उनलाई एकाएक आफ्ना प्राप्तिलाई कार्य र कारणको नियमबाट उल्टाई पल्टाई संयोजन गर्न मन    लाग्यो ।*

‘सातदिन बैठकर विमुत्ति सुखका आस्वाद लेता रहा और उस समय रात के तीन यामों प्रहर मे प्रतीत्यसमुत्पादका वे उल्टे सिधे मन मे लाए ऐसा ुमहावग्गु मे कहा है ।’ -भगवान बुद्ध पृ. १०० ।

– ‘सबै दुःखका कारण तृष्णा हो । तृष्णाको त्यागबाट दुःख निरोध हुन्छ ।’

– ‘अर्थात् तृष्णाको त्यागले उपादान अर्थात् भोग्य विषयहरुका सङ्ग्रहमा निरोध हुन्छ । उपादानको निरोधले भव अर्थात् लोकमा आवागमनको निरोध हुन्छ र भवको निरोधले जन्मको निरोध हुन्छ । जन्मै नभएपछि मान्छेले जरा, व्याधि र मृत्यु केही भोग्न पर्दैन । ऊ भवबाट निवृत्त हुन्छ । उनले निर्वाण प्राप्त   गर्दछ ।’

– ‘अर्थात् जरा, व्याधि र मृत्यु आदिका दुःख कसरी हुन्छ ? जन्मको कारण । जन्म कसरी हुन्छ ? भवको कारण । भव कसरी हुन्छ ? उपादानको कारण । उपादान कसरी हुन्छ ? तृष्णाको कारण । तृष्णा कसरी हुन्छ ? वेदनाको कारण । वेदना कसरी हुन्छ ? स्पर्शको कारण । स्पर्श कसरी हुन्छ?  षडायतन अर्थात् ६ इन्द्रियहरुको कारण । षडायतन कसरी हुन्छ ? नामरुपको कारण । नामरुप कसरी हुन्छ ? विज्ञानको कारण । विज्ञान कसरी हुन्छ ? संस्कारको कारण । संस्कार कसरी हुन्छ ? आत्मालाई नित्य मान्ने अविद्याको कारण ।ु

– ‘रुप, वेदना, संज्ञा, संस्कार तथा विज्ञानसमेत पाँच स्कन्धको समग्रता हो आत्मा* । आत्मवादी अविद्या** सबै दुःखको जड हो । अतः यस जडलाई उखेल्नेवित्तिकै त्यस अस्वीकृतिमा सम्पूर्ण दुःखको निरोध हुन जान्छ ।’

* बौद्धदर्शन मीमांसा, पृ. ८१ ।

** ‘बुद्ध के प्रतीत्यसमुत्पाद मे आत्मा के लिए कोही गुंजाइश नही थी इसीलिए आत्मावाद को वह महाअविद्या कहते थे ।’-बौद्ध दर्शन पृ’ ३१ ।

– ‘अर्थात् अविद्याको निरोधबाट संस्कार, संस्कारबाट विज्ञान, विज्ञानबाट नामरुप, नामरुपबाट षडायतन, षडायतनबाट स्पर्श, स्पर्शबाट वेदना, वेदनाबाट तृष्णा, तृष्णाबाट उपादान, उपादानबाट भव, भवबाट जन्म, अनि जन्मबाट जरा मरण व्यधी आदि दुःखको निरोध हुन्छ ।’

– ‘हर उत्पाद अर्थात् कार्यका कुनै न कुनै प्रत्यय अर्थात् कारण हुन्छ । पाँच स्कंध अर्थात् रुप, वेदना, संज्ञा, संस्कार, विज्ञान, प्रतीत्य, समुत्पन्न हुन्, जो अविच्छिन्न होइन कि विच्छिन्नरुपमा उत्पन्न हुन्छन् । यस नियमलाई ‘प्रतीत्य समुत्पाद’ भनिने छ ।*  धर्मको यो चुरो अर्थात् प्रतीत्य समुत्पादलाई जसले बुझ्दछ उसले धर्मलाई बुझ्दछ । जसले धर्मलाई बुझ्दछ उसले प्रतीत्य समुत्पादलाई बझ्दछ ।’

* ‘जो प्रतीत्यसमुत्पादको देखता है वह धर्मको देखता है । जो धर्मको देखता है वह प्रतीत्यसमुत्पादको देखता है ।’ म_िज्झम निकाय, पृ. १२१ ।

– ‘यो धर्म सीर्फ ज्ञानार्जनको लागि होइन । यस ज्ञानलाई व्यवहारमा परिणत गराउनु छ । व्यवहारसम्मत भएन भने समान्यजनको लागि यो बोध्य हुने    छैन । अन्ततः यही क्लेशका नयाँ कारण बन्न पुग्नेछ । यसलाई त्यसैले व्यवहारसम्मत ढङ्गमा अगाडि सार्नुपर्छ ।’

९४. ज्ञान संयोजन तथा उद्घोष

हे पाठकगण ! प्रतीत्य समुत्पादको आत्मचिन्तन गर्दागर्दा एकहप्ता होइन दुइ हप्ता होइन सातहप्ता बितेको उनलाई पत्तै भएन । आठौँ हप्तामा आइपुग्दा उनका मनमा अथाह प्रश्नहरु आए । नयाँ सोच नयाँ मूल्य नयाँ बाटो नयाँ पटाक्षेप नयाँ परिवेश र नयाँ अवधारणा यसमा पुराना कुराहरु कुनै हालतमा समायोजित हुन सक्दैन भन्ने उनलाई लाग्यो । गौतमलाई ठूलै हाँक थियो यो आफ्नै दर्शन र मार्गदर्शनको । पूर्णतः नयाँ संसारको निर्माण गर्नु थियो आफ्ना नवीनतम मूल्यहरुका जगमा । अब के किन कसरी कहाँ कोसँग इत्यादि प्रश्नहरु उनका अगाडि हाँक भएर उभिएका थिए ।

उनले सोचे- ुअति कष्ट सहेर मैले यो धर्मको ज्ञानार्जन गरेँ । राग द्वेष र मोहमा फसिरहेका मान्छेहरुका लागि यो धर्म बोध्य हुने छैन ।* समाजलाई पूर्णतः नयाँ जगबाट संयोजित गर्नुपर्ने यस धर्म वास्तवमा सामान्य कुरा छैन । निस्प्राण वस्तुलाई त ठेगान लगाउन सीप श्रम जागरुकता र समय चाहिन्छ भने प्राण भएका र त्यसमाथि चेत भएका मान्छेहरुमा उनीहरुका र्पूववत मूल्य मान्यता र संस्कारलाई अस्वीकार गर्दै नयाँ मान्यताको स्थापना कम गाह्रो अवश्यै छैन । एक व्यक्तिमा मात्र त्यो स्थापित गर्नुपर्ने होइन । एक समुदायमा मात्र त्यो गर्नुपर्ने होइन । सम्पूर्ण विश्वमा आवद्ध समुदायमा त्यो गर्नुपर्ने छ । कसरी सम्भव होला ती पूर्ववत स्थापित मूल्यहरुबाट फाइदा उठाइरहने वर्ग वा संस्था वा व्यक्ति त्यत्तिकै चूप लागेर बस्ने छैनन् । उनीहरुबाट प्रतिकार र व्यवधानहरु प्रशस्त हुनेछन् । मूल्यका यस दोहोरा भिडन्तमा प्रशस्त उथलपुथलहरु हुनेछन् । के यसले यस विश्वमा व्यर्थको अशान्ति मात्र थोपर्ने त होइन दुःखनासका धर्म प्रतिपादन गर्न खोज्दा थप दुःख बेसाएकोजस्तो नहोला बरु केही नगर्नमै वेश त होइन कमसेकम नयाँ परिस्थितिको अनजान दुःखको रजाईं त हुन्न !ु

* ‘किच्छेन मे अधिकतं हलं दानि पकासितुं । रागदोष परेतेहि नायं धम्मो सुसम्बुधी ॥ पटिसोतगािमं निपुणै गम्भीरं दुद्दसं अणु । रागारत्ता न दक्खन्ति तमोक्खन्धेन आवटा ॥’ -संक्षिप्त बुद्ध जीवनी पृ. ४८

गौतम एकछिन् गम्भीर भए र एकाएक बोले- ूहोस् जे छ त्यो भइरहोस् । नयाँ आन्दोलनको ´न्´ट गर्दिंन । मेरा सम्बोधी मभित्रै सीमित राख्छु र एक्लो उपभोग गर्छु यसको उपादेयताको । संन्यासै लिन्छु त्यो आन्दोलनको दायित्वबाट र जान्छु कतै टाढा एकान्त र शान्त दुःखहीन सुखमय जीवनको पथमा ।ू

गौतमको मानसिक पाइला निष्कृयतातिर बढyo  ।

– ूखबरदार ! तिमले यसरी सोचेर हुन्न । तिमी त्यत्ति व्यक्तिबादी हुन सक्दैनौ । त्यस्तो भगुवा हुन पाउँदैनौ । त्यत्ति कायर तिमी हुन सक्दैनौ ।ू

गौतम ´स्के । यो खबरदारी गर्ने उनको आफ्नै मन थियो । उनले आफ्नै त्यस मनलाई प्रश्न राखॆ- ूतिमी किन बारम्बार रंग फेर्दछौ । कहिले मार भएर मलाई पथभ्रष्ट गर्न आउँछौ कहिले सद्विचार भएर बाटो देखाउन आउँछौ । तिमी किन सदा मबाट उल्टो प्रस्तुत हुन्छौ ?ू

– ूम तिम्रो ‘विवेक’ हुँ । ‘चेतना’ हुँ । ‘बुद्धत्व’ हुँ । तिम्रा यथार्थबादी वैचारिक द्वन्द्वमा म कहिले ‘तर्क’ हुँ कहिले विश्वसनीयताको परीक्षणको लागि ‘वितर्क’ । पक्षको लागि ‘तर्क र विपक्षको लागि ‘वितर्क’ । तर्क र वितर्कबीचको यथार्थवादी मन्थन अर्थात यथार्थवादी द्वन्द्वको परिणति ‘बुद्धत्व’ हुँ । तिम्रा सहीमार्गको पक्षमा म तिम्रो ‘ब्रह्म’ हुँ । अनि बेसहीको पक्षमा ‘मार’ । तिमी यतिखेर उल्टो मार्गमा प्रवृत्त हुन खोज्दैछौ । त्यसैले म ‘ब्रह्म’ भएर आएको छु । आफ्नो ब्रम्हको उपयोग गर तिमीले यसरी उल्टो मार्गको सोच राख्न हुन्न त्यसमा तिमीले विजय प्राप्त गरिसकेका छौ । अब त तिमीमा सम्बोधी प्राप्त छ । तिमी ‘बुद्ध’ बनिसकेका छौ । तिमीसँग मानवजातिलाई दुःखबाट तार्ने अचूक मार्ग छ धर्म छ । यस धर्मले सम्पूर्ण मानवजातिको कल्याण हुन्छ भने तिमी त्यसरी व्यक्तिवादी बनेर पलायन हुन सक्दैनौ । सम्पूर्ण चराचर आहत छन् । त्यो धर्म त्यो दुःखको औषधि तिमी एक्लैले कतै पोको पारेर यो विजोक हेर्दै एकान्तमा बस्न पाउँदैनौ । एक्लै रमाउने पशुवत व्यवहार तिमी गर्न सक्दैनौ । हे बुद्ध ! दायित्वबाट भाग्ने अर्को संन्यास तिमी लिन सक्दैनौ । संन्यासमाथि संन्यास एउटा क्लेश हो । प्रेम र सद्भावमाथिकै संन्यास हो । तिमी यत्ति हदमा गिर्न सक्दैनौ । तिमी त प्रेमका प्रतीक हौ । तिमी पलायनका प्रतीक बन्न सक्दैनौ पुराना जीर्ण मान्यताहरुलाई खण्डित गर्दै नयाँ सकारात्मक मान्यताको लागि पूर्ण जिन्दगीलाई आहुति दिने तपस्वी हौ तिमी । तिम्रो त्यो त्याग त्यो प्रयत्न निरर्थक नबनोस् । तेत्रो मन्थनबाट निस्किएको यो अमृत यसै घुर् यानमा फालेसरह नहोस् । हे बुद्ध ! उठ र तयार होऊ यो सद्धर्मको लागि । जसरी सम्पूर्ण मारहरुमाथि तिमीले विजय प्राप्त गर् यौ त्यसरी तिमीले तिम्रा बाटोमा आउने समस्त व्यवधानलाई फाँडेर अगाडि बढ्नुपर्छ । तिमीसँग सद्भावको अमृत छ । सहृयताको अमृत छ । प्रेमको अमृत छ । तिमीसँग श्रद्धा छ । तिमीसँग वीर्य छ । तिमीसँग ज्ञान छ । जोजो तिमीसँग भिड्न आउनेछन् तिम्रा अमृतमय श्पस्रमात्रले क्लेशरहित हुनेछन् । तिमीसँगै एकाकार हुनेछन् । सम्पूर्ण समाज सम्पूर्ण संसार प्रेममय बन्नेछ । तिमी को ऊ को विभेद हुने छैन । कसैले हार्ने छैन । कसैले जित्ने छैन । त्यहाँ हार र जीतको अवधारणाकै अवसान हुनेछ । मात्र रहने छ साम्यता । समभाव । प्रेम । उठ युगपुरुष उठ । उठ । सम्पूर्ण पृथ्वी तिम्रो प्रतीक्षामा छ ।ू

गौतम बुद्ध अब उत्साहित भए । आफ्नै निराशाबाट उनी एकपल्ट लज्जित भए । फेरि यस्तो कायरता आफूभित्र नउब्जियोस् । उनी तत्काल अबको कार्यक्रम कसरी संयोजन गर्ने तर्फ केन्द्रित   भए । पहिलो त धर्मको यो कोरा रुपलाई कसरी सामान्यकृत गर्ने अनि कसरी अगि जाने उनमा चासो भयो । उनी त्यहाँ नै ध्यानमग्न भए । एकहप्तासम्म त्यसै बोधिवृक्षमुनि ध्यानस्थ भए । अन्त्यमा आषाढ पूर्णिमाको दिन उनले आफ्नो धर्मलाई अन्तिम रुप दिए ।

उनमा अब हर्षको सीमा रहेन । पूर्णिमाको दिनले दिने उच्छ्वास उनको मानसिक उद्वेगमा छँदै   थियो । आफ्ना आसनबाट उनी जुरुक्क उठे । पूर्वतिर सूर्य उदाउँदै थियो । सूर्यको उदाउँदो त्यस रातो आकृतिभित्रै दुइ मान्छेका काला स्वरुपहरु चल्मलाएका देखिए । मानौँ सूर्यबाटै उनीहरुबाहिर पदार्पण गर्दै छन् । पृष्ठभूमिमा भएको सूर्यको उज्जवल प्रकाशको कारणले उनीहरुका आकृति प्रष्ट देखिन्नथ्यो ।

बुद्धको अन्तस्करणमा यी दुइ व्यक्ति उनले सम्बोधन गर्नुपर्ने जगका प्रतीक बने । भावोन्मादमा उनैलाई इंगित गर्दै बुद्ध बोलॆ- ूहे जग ! तिम्रो लागि एउटै मात्र सत्य छ । त्यो हो दुःख । दुःखबाहेक संसारमा अरु केही सत्य छैन । वेदलगायत सम्पूर्ण पुरातन धर्मग्रन्थ वर्णाश्रम जातभातगत श्रेणी भाग्य कर्म पूजापाठ ब्रत धर्म यज्ञ संस्कार मन्दिर देउता स्वर्ग नर्क सबैसबै अन्धआस्थाहरु मान्छेका दुःख हटाउन नाकाम छन् । त्यसैले यी सब पूर्ण अस्वीकृतिका भागी छन् । सृष्टि के हो कसले गर्छ मान्छे कहाँबाट आयो मरेपछि उसको स्थिति के हुन्छ ईश्वर छ वा छैन जगत् नित्य छ कि अनित्य जीव र शरीर एक हो कि अलग यी सबका उत्तर सकारात्मक भए पनि नकारामक भए पनि दुःख मोचन गर्ने विषयमा त्यसै पराकाष्ठामा नाकाम छन् । ज्ञान र धर्मसम्मत नभएका यी प्रश्नहरु पनि अस्वीकृतिका भागी छन् तथा माथापच्चिसीको लागि अव्याकृत छन् ।ू

ती दुई व्यक्तिहरु तपुस्स र भल्लुक थिए जो बुद्धकै लागि सत्तु र मह दान गर्न आउँदै थिए । दुबैजना तत्काल हात जोड्दै घुँडा टेकी ज्ञानामृत पान गर्न लागे ।

– ूहे जग ! तिम्रो जीवनको एकमात्र उद्देश्य छ दुःखबाट मुक्ति । त्यो मुक्तिको बाटो मैले कार्य र कारणको स्वाभाविक नियमबाट मन्थन गरेर पत्ता लगाएको छु । कसैले वा कुनै शास्त्रले भनेको आधारमा अन्धआस्थासाथ होइन कि आफ्नै बुद्धिको उपयोग गरेर पत्ता लागेको यो धर्म हरेक व्यक्तिको सम्यक् ज्ञान, सम्यक् शील र सम्यक् समाधिसम्मत छन् । यो बुद्धिको धर्म अर्थात् बुद्धधर्म कुनै कर्मकाण्डीय छैन । न भोगविलाससम्मत छ न देहदण्डनसम्मत नै ।ू

तपुस्स र भल्लुक दुवैले नजिककै ढुंगामाथि आफूले ल्याएका सत्तु र महको डल्लो बुद्धको लागि राखिदिए ।

– ूबुझ, जग ! दुःख तिमी आफैँले बेसाएका हौ । त्यसैले त्यसबाट मुक्त हुने प्रयत्न तिमी स्वयमले गर्नुपर्छ । कुनै सास्ताले त्यो गरिदिने छैन । यो धर्म तिम्रै चेतनामा केन्द्रित छ । यो धर्म तिम्रै आचरणमा केन्द्रित छ । तिम्रा दुःख मोचन तिम्रै ज्ञान, तिम्रै सङ्कल्प र तिम्रै  यत्नहरुमा भर      पर्दछ । अप्पदिपो भव ! ू

एउटै शब्द गुाजयमान भइरह्यो- अप्पदिपो भव !
एउटै शब्द प्रतिध्वनित भइरह्यो- अप्पदिपो भव !

तपुस्स र भल्लुक दुबै हात जोडेर भुईंमै नतमस्त भएर रहे ।*

* ज्ञानप्राप्ति पछि आठौँ हप्ताको अन्त्यमा तपस्सु र भल्लुकले सत्तु र महदान गरी पहिलो उपासक भएको प्रसंग ललितविस्तरमा दिइएको छ । …। ।ूसबभन्दा पहिले बुद्ध र धर्मको शरणमा गएका यी दुइ व्यापारीहरु द्वैवाचिक उपासक भए ।ू -संक्षिप्त बुद्ध जीवनी पृ. ४६

– ूहे जग ! आऊ पहिले आफू मुक्त होऊ । बुद्धिको वीर्यबाट बन ‘बुद्ध’ र देखाऊ बाटो अरु मुक्तिकामीहरुलाई । बुझ बुद्ध कुनै एक व्यक्तिको पद होइन । तिमी त्यो चेत हासिल गर र बन       बुद्ध । युगौँ युगसम्म हजारौँ हजार बुद्ध बनून् र जगको दुःख नास्ने मार्ग युगौँयुगसम्म प्रशस्त भई रहून् ।

– ूउठ ! अज्ञानको निन्द्राबाट उठ ! हे चेतयुक्त प्राणी आफ्नो चेतको उपयोग गर र आफूलाई प्रस्तुत गर जगकल्याणको लागि । आऊ आफू र अरुलाई पनि ल्याऊ । सांसारिक प्रपाचहरुका मारलाई दमन गर्न ‘वैरागत्व’ धारण गर र सम्मिलित होऊ यस महान् आन्दोलनमा । एउटा ‘सङ्घ’ नै बनून् बुद्धिको खेती गर्ने जनकल्याणकारी संन्यासीहरुको ।ू

– ूमलाई थाहा छ, युगौँदेखिको भ्रमपूर्ण आस्थाहरुमा रुमल्लिएका तिमीलाई यो सत्य सहज लाग्ने छैन । तथापि सम्पूर्ण संस्कार फुकालेर पूर्ण नग्न चेतसाथ एकैपल्ट मात्र तिमीले सोच्यौ भने थाहा हुनेछ बुद्धको धर्म अति सहज छ । तिमी आऊ बुद्धले तिमीलाई साथ दिनेछ । सङ्घले तिमीलाई साथ दिनेछ । धर्मले तिमीलाई साथ दिनेछ । ू

तपुस्स र भल्लुक अझै भुईमै नतमस्त थिए । दुवैले सभक्ति उच्चारण गरे ः

ूबुद्धम् शरणम् गच्छामि !
सङ्घम् शरणम् गच्छामि !
धम्मम् शरणम् गच्छामि !ू

गौतम बुद्ध एकछिन नतमस्तक उभिए । अनि चारै दिशालाई नमन गर्दै नम्रभावमा बोलॆ- ूम जे छु र जहाँ अहिले छु, मैले जे पाएँ र अब जे गर्न गइरहेको छु, म जान्दछु- ती सबै म एक्लैको पुरुषार्थले होइनन् । मेरा परिवार, मेरा गण मेरा गुरुजन, अनि सबैसबै ती संयोगहरुले मलाई हुर्काए, बढाए, पढाए, नयाँ खोजमा उत्साहित गराए र यस सत्धर्मको प्राप्तिमा सहयोग पुर् याए । म आभारी छु, अनि अनुगृहीत छु- ती सबैसबै व्यक्ति, संस्था र सहयोगी संयोगहरुप्रति । ती सबैमा मेरो हार्दिक हार्दिक प्रणाम ।ू

अनि उनले केही उच्च स्वरमा उद्घोष गरॆ- ूअब म प्रस्तुत छु, आफ्ना स्वाभाविक मूल्यहरुका     जगमा । सम्पूर्ण आशक्ति र अनासक्तिहरुबाट म मुक्त छु । मृत्यु त्यो सम्मानित मुक्तिको स्थितिबाट मैले तर्सनु छैन । संस्कार त्यो पीडाबाट कुजिइन्न । स्वीकृति त्यो छेपारे मरण मर्दिंन । पलायन त्यो क्लेशयुक्त कुण्ठा बाँच्दिन । समस्त पीडाहरु विरुद्ध म सुसङ्गठित धावा बोल्ने छु । आहत जगमा करुणा र प्रेममय म शीतल वर्षा वर्षनेछु । अब म प्रस्तुत छु । आफ्ना स्वाभाविक मूल्यहरुका जगमा निरङ्कुश त्यो मूल्य त्यो पीडा विरुद्ध । जगले बुझुन् मैले आफ्नो अभियान शुरु गरिसकेँ । मेरो कथा अब शुरु हुन्छ ।ू

— समाप्त —

भूमिका १ : अस्वीकृत विचार सिद्धार्थ गौतम र प्रस्तुत उपन्यास

– कृष्णचन्द्रिसंह प्रधान

धार्मिक तथा दार्शनिक चिन्तनका दृष्टिले बौद्धिक जगत्मा आमूल परिवर्तनकारी सिद्धान्तका प्रतिपादक गौतम बुद्ध अहिले पनि आधुनिक लाग्ने शान्ति मानवताका अग्रदूत हुन् र विश्वकै सर्वमान्य महामानव । उच्चातिउच्च शिखरीय पुरुष कोही छन् भने मेरो स्मृतिमा गौतम बुद्धकै महामना रुप अवतरित हुन्छ । उनको दिव्य विराट व्यक्तित्वसामु श्रद्धाविनत हुन्छु । अनुयायी नहुँदा नहुँदै पनि अनाकर्षित हुँदैनौँ आस्थाले शिर नुहिन्छ ।

व्यक्ति भएर समष्टिमा उद्बोधित गौतम मनुष्य भएर महान् हुन् । एउटा जाति एउटा भूखण्ड एउटा आस्थाका विखण्डित आँखाभित्र उनी देखिँदैनन् जानिँदैनन् ।

जसलाई परब्रह्म भन्छौँ नि त्यो ईश्वर पनि परधर्मीका आफ्ना भएर सबैका भइदिँदैनन् । धर्म जातिहरुमा विभाजित भएर एक अर्काका निम्ति अस्पृश्य हुन्छ । जातिहरु आफैँभित्र विभेदका पर्खाल उभ्याउँछन् र छुट्टिन्छन् । मानिस भने बन्दूकले कोरेको सिमान्तता बोकेर देश भई अलगिदिन्छन्- मानिस भएर होइन अनि बेग्लै हुनाको आ-आफ्नो अस्तित्व र राष्ट्रियताको नाममा स्थापित हुन्छौँ र जुध्छौँ । यही देशका हामी मानिसहरुमा पनि समानता छैन । उनीहरुका अधिकारप्रति कहिल्यै उदार भएनौँ । विविधतामा ग्रहण गरी समावेशी बाटोमा पनि लागेनौँ । अनि यस्तै असमानता निरंकुशताका विरोधमा आ-आफ्ना अधिकार स्थापित गर्न शोषितजन आन्दोलन गर्ने जोखिम  उठाउँछन् । केही नलाग्दा विध्वंसको भाषा बोल्न थाल्छन् र िहंसामा ओर्लन्छन् ।

यो गैर मानवीय त हुँदै होइन तर विचलन विभाजन विस्थापन विमान्नाले अपहृत हुँदै गरेको मानवता सँधै संकटग्रस्त छ र पराजित । कहिल्यै खतरा मुक्त भएनौँ ।यसवेला म गौतम बुद्धलाई सम्´न थाल्छु ।

युद्धको बाटो परित्याग गरी आपसी सम्बन्ध सद्भावना बिथोलिन नदिने राजकुमार सिद्धार्थ दण्डित हुन्छन् शाक्यसंघबाट र म उनको स्वनिर्वासन सम्झीरहेछु ।

गौतम  बुद्ध हाम्रो भएर पनि हामी उनका भएनौँ । उनलाई पाएर धन्यधन्य छौँ हामी तर आफूभित्र उनलाई अनुशीलन गर्दैनौँ । मात्रै पछि लाग्यौँ शरण पर्छौं । विचारले संस्कारित भएर भन्दा अनुयायी भएर अर्चना गर्छौं ।

भक्तिभावले ह्रास हुँदै गइरहेको मेरो वर्चस्विता स्तुतिले रितिँदै गरेको हाम्रो सिर्जनात्मकता समर्पणले तेजोवध विचार र अहम्का हामी नेपालीहरु केवल शरणार्थी भएका छौँ । रक्तरंजित छ बुद्धभूमि ।

यति बेला पनि गौतम बुद्धलाई नै सम्झीरहेको हुन्छु । उनको पीडा मुक्तिका प्रसङ्गहरु असन्तुष्टिभित्रका प्रश्न आहत् मन शान्तिको खोज- यी सबैलाई शब्द दिन चाहेका छन् डा। कवितारामले महाभिनिष्क्रमणका अस्वीकृत पाइला मा । उनले यसलाई उपन्यास भने ।

धेरैले सोध्न सक्छन् उपन्यासका लागि गौतम बुद्धलाई किन रोज्नुपर् यो चित्त नबुझेकाहरु भन्लान्- उपन्यासको पात्र बनाएर बुद्धको महान्तामाथि किन औँला उठाउनु परेको होला लाग्छ यसको उत्तर माथि नै दिइसकेको छु । उपन्यासको त्यो आधारभूत तथ्यलाई नबिर्सौं ।

यसपछि पनि कति निरुत्तर प्रश्नहरु छन् । किनभने कविताराम उपन्यास लेख्दै छन् त्यस महामानवको जसको विराट व्यक्तित्वलाई आत्मसात गर्न अनेकौँ विधिको अनुसरण गर्ने गर्छन् । उनको पछाडि कति िकंवदन्ती आख्यान-उपाख्यानहरु जोडिएका छन् । कति कथा-उपकथा अनुश्रुतिहरु प्रचलित छन् । दर्शन विचार साधनाहरुको अभूतपूर्व विलक्षणता; विशद् विपुल गहन चिन्तन खोजी कार्यहरु दुर्जेय प्रतीत हुन्छ र परिग्रहण गर्न कठिन ।

लाग्छ उपन्यासको विषय यो होइन । यसैका निम्ति उपन्यास लेखिँदैन । उपन्यास त व्यक्तिको रागात्मक तथा सामाजिक जीवनको संघर्षमय वृतान्त हो । निजी तथा वृहत्तर जीवन र त्यसैमा आधारित सापेक्षित समाज विचलनहरु सम्पूर्ण परिवेश सामाजिक यथार्थता र प्रवृतिगत चारित्रिक अध्ययन-अनुशीलन गर्ने कथात्मक संरचनालाई उपन्यास भन्छौँ । तथापि औपन्यासिकताभित्र समाहित हुन नसक्ने क्यै छ जस्तो लाग्दैन । गौतम बुद्ध पनि यसको अपवाद होइन । तर यसले दर्शनशास्त्रको काम गर्दैन । यसकारण बुद्ध भन्ने वित्तिकै सम्प्रेषित हुने उनको बुद्धत्व वा बौद्ध दर्शनसम्बन्धी अध्ययन लाग्न सक्छ । यसबाट सर्वथा विमुक्त नै पनि त हुँदैन । दृष्टान्तका लागि हर्मन हेस्सेको उपन्यास सिद्धाथुलाई अघि सार्छु । यो पनि बुद्धकै जीवन-दर्शनसित सम्बन्धित उपन्यास हो । यसमा सिद्धार्थले प्राप्त गरेको बुद्धत्व अथवा दर्शन अभिधर्मलाई हर्मनले बुद्धकै निरपेक्षतामा विमुक्त भई भोगेको व्यावहारिक जीवनलाई कथात्मक श्रृंखलामा आवद्ध गरी निर्लिप्ततामा गरेका अनुभवको रुपमा प्रतिष्ठापित गरेका छन् ।

गौतम बुद्ध एउटै हुन् तर उनलाई हेर्ने आँखाहरु धेरै छन् थरी-थरीका छन् । दार्शनिक दृष्टिले धार्मिक आस्था राखेर वैज्ञानिक र समाजशास्त्रीय आधारमा अलौकिक सम्´ेर वा मानवतावादी शान्तिदूत एवं महान् त्यागी मानेर हेर्नेहरु छन् । यसमा एउटा भिन्नै आँखा अर्को थपिन्छ- अस्वीकृतिको । यसलाई सैद्धान्तिक ओत दिएर हेर्छन् कविताराम । यसैलाई आधार मानेर ठम्याउने दृष्टिकोण राखेका छन् उनले । यस पूर्वका दार्शनिक चिन्तन र प्राप्त ज्ञानलाई अस्वीकारेर खोजीपरेकाले यस प्रकृयालाई उनी निरन्तरता दिइरहन्छन् । अन्ततः हासिल गरेको बुद्धत्व नै गौतम बुद्ध हुन् । यसकारण सिद्धार्थ याज्ञिक कर्म मानेर वेदको पछि लागेनन् । ब्रह्म सत्य हो अरु मिथ्या भन्ने उपनिषद्लाई पनि उनले स्वीकारेनन् । यी सबै अपौरुषेय हुन् र प्रश्नातीत भनेर प्रमाणित गर्न खोज्ने पुराणलाई पनि अँगालेनन् । अस्वीकृतिको यस भूमिमा सिर्जित दर्शन हो गौतम बुद्ध र उनले प्रतिष्ठापित गरेका ज्ञान अर्थात् बौद्ध दर्शन ।

यसलाई प्रेरित गर्ने प्रथम उद्बोधन हो पीडामय संसारबाट मुक्त हुने उपाय के हो – यसको खोजी । यसका निम्ति अध्ययन गरिएका शास्त्रहरु गुरुवर ऋषिहरुबाट ग्रहण गरेका शिक्षा उनीहरुको निर्देशनमा गरेको योग तपश्चर्या ध्यान जस्ता कष्टकर साधना कुनैबाट समुचित उत्तर पाउँदैनन् । यो भनेको तिनीहरुलाई अस्वीकार्नु हो । यही अस्वीकृतिले आविस्कार गरेका गौतम बुद्ध उनको बुद्धत्व र बौद्ध दर्शन भएकोले यसलाई आधारविहिन भनेर ठाडै नकार्न मिल्दैन । स्वीकारेका भए बुद्धत्व वा उनले प्रतिष्ठापन गरेका दर्शनको संभावना नै रहने थिएन । उनको सम्बोधिमा अन्तरनिहित अस्वीकृति नै उनलाई खोजकार्यमा प्रवृत्त गर्ने संचेतना हो । उपन्यासमा उल्लिखित अध्यात्मिकता सूचीकृत दार्शनिक परिचर्चा साधनाविधिहरुको अऔपन्यासिक लाग्ने सन्दर्भ अर्को विकल्पको लागि प्रेरित गर्ने कारक तत्वको रुपमा जोडिन आएका प्रसङ्ग हुन् ।

बौद्धिक उपन्यास लाग्ने महाभिनिष्क्रमणका अस्वीकृत पाइलालाई सम्बोधन गर्ने भिन्नै आधारहरु छन् । यसमा कतिपय प्रचलित धारणाहरु खण्डित भएको अनुभव गर्नेछौँ । सबैभन्दा प्रमुख बुँदा लाग्यो सिद्धार्थको गृहत्यागको कारण । सहर अवलोकनमा जाँदा देखेका रोग ब्याधी मृत्यु आदिबाट विरक्तिएर सिद्धार्थले गृहत्याग गरेका थिए भन्ने कुरा नै बहुप्रचलित छ । तर हैन रहेछ । पानीको निम्ति छिमेकी राज्य कोलियहरुसँग परिरहने ´गडा सँधैका लागि समाधान गर्ने उपाय एक मात्र युद्ध हो भनी सेनापतिले राखेको प्रस्ताव वहुमतले पारित गरे पनि सिद्धार्थले त्यसको विरोध गरेछन् । शाक्यसंघको नियमअनुसार विरोध गर्नेलाई कि मृत्युदण्ड दिइन्थ्यो कि देशनिकाला । उनी राजकुमार पनि हुन् । अनावश्यक खिचलो नआवस् भन्ने हेतुले सिद्धार्थले राखेको सुझावअनुसार नै स्वनिर्वासन रोजेर गृहत्याग गरेका थिए । उनको उद्देश्य थियो संभावित युद्धको जोखिम रोक्नु । यस्तै कसरी जन्मे जन्मने वित्तिकै सात् पाइला हिँडेको िकंवदन्ती कसैलाई थाहा नदिएर गृहत्याग गरेको आदि सम्बन्धमा पनि यसले भिन्नै यथार्थता बोध गराउने छ ।

यस्ता वृतान्त घटनाहरुको उल्लेख अश्वघोषले आफ्नो महाकाव्य बुद्धचरितमा गरेका छन् र डा। भीमराव रामजी अम्बेडकरले भगवान बुद्ध और उनका धर्म मा पनि । डा. कवितारामले बुद्ध र उनको बौद्ध दर्शनसित सम्बन्धित अनेकौँ ग्रन्थहरुको अध्ययन वर्षौंको साधना परिश्रमपछि तयार गरेको उपन्यासबाट सिद्धार्थको जीवनको रोमााचक अनुभूति गर्ने छौँ ।

डा. कवितारामले गौतम बुद्धलाई भगवान मानेर होइन हामीजस्तै मनुष्य सम्झेर उनको अध्ययन र अन्वेषण गरेका हुन् । यसकारण अलौकिक अपौरुषेय सिद्ध गर्ने प्रयास उनको छैन । असाधरण व्यक्तित्वका एक दुर्लभ र अतिअपवाद पुरुषको रुपमा उनी चित्रित छन् । यही असाधारणता उनका अनुयायी र श्रद्धालु भक्तजनका निम्ति भगवान   भइदिन्छ ।

गौतम बुद्ध यसरी विभिन्न कोणले हेरिन्छन् खोजिन्छन् प्रतिपादित हुन्छन् । अध्ययन गर्नेहरु यही जिज्ञासाले उनलाई कथा नाटक उपन्यासमा समेत खोज्ने गर्दछन् ।

यस्तै सिर्जनात्मक प्रयास डा. कवितारामले पनि गरे उपन्यास लेखेर । हेर्ने आँखा भने वेग्लै छ । वैचारिक भिन्नताले प्रस्तुत गर्ने व्यक्ति त्यस्तै र तुलनीय हुँदैनन् । यस उपन्यासको बुद्ध पनि यसकारण फरक देखिनु स्वाभाविक छ । पाठकहरु भन्न सक्छन् यिनै बुद्ध वास्तविक बुद्ध हुन् त यसको उत्तर भने त्यति सजिलैसित दिन सक्तैनौँ ।

इतिहासपुरुषहरु बारे जब केही बोल्छौँ त्यो बोल्नेले बुझेजस्तो ठम्याएजस्तो भन्दा फरक हुँदैन । यसका पनि आधार हुन्छन् । उनले गरेको काम उनका कृतिरचनाहरु विचार दर्शन उनका सम्बन्धमा कसले के भने के लेखे त्यस वेलाको समाज परिस्थिति परिवेश शोधखोज र तिनले सिद्ध गर्ने प्रमाणहरु इत्यादि । यसमा कति निरपेक्ष हुन सक्छौँ महत्वपूर्ण सायद यो हो । तर पनि जीवनमा घटेका ऐतिहासिकता यथार्थहरु योगदान र सबैको अध्ययन- अनुशीलनमा निर्भर रहेरै निष्कर्षित हुन्छौँ । सिद्धार्थको वैचारिक अस्वीकृति यस्तै एउटा सत्य हो । जसले पूर्व स्थापित मान्यता विचार धर्म ज्ञानहरुको अनुयायी हुन दिँदैन । ज्ञानको खोजीमा ध्यानस्थ हुन वा बुद्धत्व प्राप्त गर्न सघाउने यो आधार हो भन्ने निष्कर्षमा धेरै सत्यता छ । सत्य के पनि हो भने संयोग एउटै कारणबाट घटित परिणाम नभई धेरैको योगले फलिभूत हुने सम्भावना पनि हो ।

महाभिनिष्क्रमणका अस्वीकृत पाइला गौतम बुद्धको जीवनीमा आधारित उपन्यास हो उनको जीवनी नै होइन । जस्तो सिद्धार्थ कसरी बुद्ध भए यो जान्ने जिज्ञासाले कविताराम शोधखोजमा प्रवृत्त भएका देखिन्छन् । बुद्धधर्म बुद्धदर्शन अथवा बुद्धविचार अनुसरण गर्ने हेतुले नै अध्ययन-अनुशीलनमा लागेका होइनन् । एक त वाल्यावस्थादेखिकै शान्त ध्यानी अनाशक्त सिद्धार्थ सांसारिक व्यामोहबाट विमुक्त हुने इच्छाका पनि थिए । उसमाथि शाक्यसंघले बहुमतले गरेको युद्धको निर्णयको विरोध गरेकाले नियमानुसार दण्डित भई राज्यबाटै स्वनिर्वासित हुनु परेको थियो उनलाई । न्यायका लागि जोखिम उठाउने निर्भीक साहसिकताविना कसैले पनि अनुचित अमानवीय अमान्य कामकुराको विरोध गर्न सक्तैन । तर उनले विकल्पको सन्धानमा साधनारत रहेर आफ्ना अस्वीकृति जनाउने गरे । यहाँ उनको चरित्रबाट उद्बोधित हुने सौम्य विद्रोह र शालीन अस्वीकृति देख्छु । यी दुबै एक अर्काको पूरकको रुपमा विद्यमान नभई क्रान्तिकारी चेत र विद्रोही भावना प्रस्फुरित हुँदो रहेनछ । अस्वीकारेर प्रस्फूरित हुने विद्रोहको मौन भाषा बोलेर सिद्धार्थले गरेका संकल्प नै लाग्छ उनले हासिल गरेको बुद्धत्व हो । यसकारण जो कोही बुद्ध हुन सक्तैनन् ।

निचोड हो अस्वीकृतिले सिद्धार्थलाई बुद्ध बनायो । अस्वीकृतिको यो दर्शन या भनूँ विचार आजको होइन – २६ सय वर्ष अघि नै प्रतिपादित भइसकेकॊ थियो । उपन्यासले यसैको निदर्शनलाई सम्प्रेषित गर्दछ । अनि यसका प्रति आस्थावान कवितारामले यसलाई शाश्वत सत्यको रुपमा वरण गरेका छन् ।

भूमिका २ . प्रस्तुत उपन्यासको विवेचना
– केदार शाक्य

साहित्यकार डा. कविताराम श्रेष्ठद्वारा लिखित बुद्धको जीवनीमा आधारित ऐतिहासिक उपन्यास महाभिनिष्क्रमणका अस्वीकृत पाइलाको प्रकाशनअघि पाण्डुलिपि नै सुम्पेपछि आद्योपान्त पढ्ने अवसर मिल्यो । उपन्यास पढिसकेपछि कस्तो लाग्यो लेख्नु भन्ने आग्रह पनि थपिएकोले २०२२ सालदेखि महेन्द्र कलेज धरानमा सहपाठी र साहित्यिक सहयात्री मित्रको हैसियतले त्रिपिटक थेरवादी बुद्धदर्शनमा आधारित रहेर सिद्धार्थ जीवनीको समीक्षा गर्ने प्रयास गरेको छु ।

उपन्यासको भाषा शैली प्रस्तुति विषयवस्तुको चयन राम्रो छ । कथोपकथन तर्कपूण र चित्तबुझ्दो छ । पात्रहरु ऐतिहासिक छन् । उनिहरुद्वारा दिइएका अभिव्यक्ति यद्यपि लेखकका आफ्नै कल्पनाको उपज भए पनि पात्रहरु सजीव लाग्दछन् । समग्रमा उपन्यास सफलताको िसंढी चढ्न सफल छ । तथापि उपन्यासमा उल्लेखित केही घटनाप्रसङ्ग यस्ता छन् जसलाई त्रिपिटकमा किहं कतै पाउन सिकंदैन । त्यसैले यो उपन्यासको जादूले पाठकलाई महामानव गौतम बुद्धका महानतालाई बुझ्न र अध्ययनको दायरा फराकिलो पार्न अवश्य पनि उत्सुकता जगाउँछ । यसबाट पाठकले गौतम बुद्धको जीवनीको यथार्थता र त्यसमा आधारित औपन्यासिकताबाट मनोराजन र सन्तुष्ठी लिनसक्नेछन् । यसमा सिद्धार्थ गौतमलाई महामानव र उनको धर्मदर्शनलाई जीवनोपयोगी युगपरिवर्तनकारी विज्ञानसम्मत भएको पुष्ठी गर्ने प्रसस्त आधारहरुलाई एकत्रित गरिएको छ । अन्ततः यस कृतिबारे केही टिप्पणीहरु निम्न छन् ।

· सिद्धार्थलाई लुम्बिनीमा जन्म दिने मायादेवी दिदी र पालनपोषण गर्ने प्रजापति गौतमी बहिनी हुन् । उपन्यासमा उल्टोपाल्टो भएको छ ।

· राजा शुद्धोदनकी अर्की महारानी प्रजापति गौतमीको पहिलो सन्तान छोरी नन्दा र दोस्रो सन्तान छोरा नन्द भए पनि उपन्यासमा नन्दाको कतै उल्लेख छैन ।

· देवदत्त सिद्धार्थ पत्नी यशोधरादेवीका दाजु भन्ने थेरवादी वर्णन छ । तर उपन्यासमा उनलाई राजा शुद्धोदनकी बहिनीको छोरा कोलिय शाक्य भनी उल्लेख गरिएको छ । यथार्थमा देवदत्तको चरित्र नकारात्मक भए पनि उपन्यासमा सकारात्मक देखाइएको छ ।

· सिद्धार्थ जन्मको समयमा लुम्बिनी उपवनमा हल्का भुकम्प र आकाशबाट पुष्प वृष्ठी भइरहेको थियो । पश्चिमी वायुको प्रभावले आकाशबाट सिमसिम पानी परिरहेको थियो । जमिनमा घुँडाघुडासम्म सेतोमन्दार फूल फूलिरहेको थियो । प्राकृतिक वातावरण अति नै मनमोहक थियो । सिद्धार्थ जन्मने बित्तिकै दाहिने हातको माइली औँला उठाएर सात पाइला हिँडेको भुइँमा कमल फूल उत्पन्न भएको वर्णन त्रिपिटकमा छ । ती कुरा यस उपन्यासमा समाविष्ठ छैनन् । यसमा केही कुरा भने प्रतिकात्मक रुपमा प्रस्तुत छन् । उपन्यासमा सिद्धार्थ जन्मने बित्तिकै सात बल्डुङ खाएको उल्लेख छ । यसरी ललित विस्तरमा वर्णन गरिएअनुसार सात पाइला िहंडेको प्रशंगलाई लेखकले पुष्ठी गर्न चाहेका हुन् । त्यस्तै जन्मनासाथ खुट्टा पहिले भुईंमा परेको देखाइनुले सात पाइला िहंडेकोलाई लेखकले वैज्ञानिक ढङ्गले पुष्ठी गर्न चाहेका छन् । बत्तीस लक्षणयुक्त महापुरुषहरुको जन्मको समय यस किसिमको अद्भुत घटना हुने वर्णन त्रिपिटकमा पाइन्छ । तेस्रो शताब्दीतिर बनेको नेटिभिटी स्कप्चर सिद्धार्थ जन्म सहितको लुम्बिनी अबस्थित मायादेवी प्रस्तरमूर्तीमा सिद्धार्थ जन्मको समयमा ब्रह्माजीले हात थापेर लिएको इन्द्रले जल बर्षा गरेको देवताहरुले पुष्प बृष्टी गरेको स्पष्ट देखिन्छ । यसलाई प्रतिकात्मकस्वरुप मानेर महायान बज्रयान र थेरवाद तीनै निकायले विश्वास गर्दछन् । लुलितविस्तरमा यस्ता कुराहरु उल्लेख छन् । अन्य थुप्रै बौद्ध ग्रन्थहरुमा यसको विवेचना छन् । यसमा ती परेका छैनन् ।

· मायादेवीले सिद्धार्थलाई जन्मदिएपछि पुष्करिणीमा नुहाएको वर्णन चौथो शताब्दीका विश्वप्रसिद्ध चिनिया तीर्थयात्री फाहियान र सातौँ शताब्दीका ह्वेनसाङले उल्लेख गरेका छन् । लुम्बिनीमा सिद्धार्थ पुष्करिणी नामको जीर्णोद्धार भएको पोखरी अद्यापि छ । त्यही पोखरी र जन्मस्थानको नाप ५२ लि अर्थात् कदम भएको विश्वासमा सम्राट अशोकले अशोकस्तम्भ खडा गर्ने आधार लिएका थिए । जहाँ अहिले मार्कर स्टोन पनि पाइएको छ । उपन्यासमा वर्णन भएअनुसार जन्मस्थान भिरालो ठाउँमा थिएन ।

· सिद्धार्थलाई आशिरवाद दिन असित ऋषि हिमालय पर्बतबाट कपिलवस्तु आएका बेला शुद्धोदनले सिद्धार्थ निदाइरहेको बताए पनि ऋषिले भनेका थिए महापुरुषको लक्षण भएका बालक धेरैबेर निदाउँदैनन् । सिद्धार्थ विउँि´एको संकेत पाए पछि ऋषिले अनायास सिद्धार्थको पाउमा ढोगेका थिए भन्ने वर्णन छ । लेखकले उपन्यासमा यो प्रसङ्गलाई सिद्धार्थको कोमल गोडा ऋषिको जटामा अ_िल्´एको भनी उल्लेख गरेका छन् । जो स्वाभाविक लाग्दछ ।

· लेखकले साहित्यिक ढङ्गले घटना प्रसङ्गहरुलाई निकै रोचक पाराले उपन्यासलाई पठनीय बनाएका छन् । यसमा लेखकको सावधानी र चलाखीपूर्ण अभिव्यक्तिको प्रशंसा गर्नुपर्दछ । बुद्धधर्मदर्शनका कुनै पनि मूल्य मान्यतालाई उपन्यासले बिथोलेको छैन । डा। भीमराव अम्बेडकरको कृतिलाई्र लेखकले आफ्नो अध्ययनको मूल विषय बनाएका छन् । तार्किक ढङ्गले घटना प्रसङ्गहरुलाई प्रस्तुत गरेर अन्ततोगत्वा बौद्ध विश्वासलाई नै बल पुग्ने गरी उपन्यास अग्रसर छ ।

· बगैंचामा कोशल राजकुमार प्रसेनजीत र महानामकी दासीपुत्री वासभखत्तियाको प्रणयमिलन लेखकको कल्पनामा आधारित छ । उपन्यासमा भनिएजस्तो प्रसेनजीतले उनलाई बिहे प्रस्ताब गर्दा उनी दासीपुत्री भए पनि आफूलाई स्वीकार्य भएको कुरा संस्थागारमा सबैका सामू भनिएको थिएन । वासभखत्तिया दासीपुत्री हुन् भन्ने कुरा शाक्यगणकै सहमतिमा गोप्य राखिएको थियो । यही भेद उनका बालक पुत्र विड्डुब मामा घर आउँदा खुलेपछि कपिलवस्तुका शाक्यहरुले बेजाति दासीका सन्तान भनी हेला गरी आफू बसेको पिरुकालाई दुधले धोएसरी उनिहरुको रगतले धुने प्रण गरेका थिए । राजा भएपछि बिड्डुबले कपिलवस्तुमा चौथो पटक आक्रमणगरी सगरहवामा शाक्यहरुको सामुहिक बध गरेको इतिहास छ । यो कुरा पं. जवाहरलाल नेहरुले डिष्कभरी अफ इण्डिया पुस्तकमा उल्लेख गरेका छन् ।

· कोलीय र कपिलवस्तु गणराज्यबीच रोहिणीनदीको पानीको विवादपछि युद्धको स्थिति आउँदा सिद्धार्थले प्रकृतिको वरदान सबैका लागि हुन्छ । दुबै राज्यले पानी आधा आधा बाँडेर खेती गर्नुपर्छ र युद्धगर्नु उचित छैन भनी सिद्धार्थले दिएको मत जनमतमा हारेपछि युद्ध निश्चित भएको थियो । पछि सिद्धार्थले शर्तअनुसार गृहत्यागलाई रोजेको प्रसङ्ग उपन्यासमा रोचक ढङ्गले प्रस्तुत गरिएको छ । यसले गर्दा सिद्धार्थको ज्ञानको खोजीमा गृह त्याग गर्ने प्रब्रजित हुने वैराग उत्पन्न स्थितिलाई सहज रुपमा बल पुगेको छ ।

· गयाको उरुवेल वनमा वैशाखपूर्णिमाका दिन पीपलको रुखमुनि सिद्धार्थलाई बुद्धत्व लाभ भएपछि कथाको समाप्ति भएको छ ।

· अन्त्यमा तर्कपूर्ण खोजपूर्ण र मेहनतसाथ अनुसन्धान गरी सिद्धार्थ जीवनीमा आधारित यो उपन्यासलाई ऐतिहासिक भन्न सकिन्छ । यसमा उल्लेख भएका विचारहरु निरपेक्ष भावनाले ओतप्रोत छन् । कसैलाई आक्षेप गरिएको छैन । त्यसैमा उपन्यासको सफलता निहित छ । कतैकतै पाद टिप्पणी नै विवादास्पद देखिए पनि लेखकले आफू अनावश्यक विवादबाट बच्न निकै सावधानी अपनाएको देखिन्छ ।

भूमिका  : हार्दिक बधाई
– राधेश्याम भट्टराई

– साहित्यकार डा. कविताराम श्रेष्ठको नवीनतम उपन्यास ‘महाभिनिष्क्रमणका अस्वीकृत पाइला’ को पाण्डुलिपि हेर्ने मौका पाएँ । यो उपन्यास नेपालको पवित्र भूमि लुम्बिनीमा जन्मेका क्रोधमाथि दयाको विजय चाहने शान्तिका अग्रदूत गौतम बुद्ध ई.पू. ६२३-५४३ को जीवनीपरक प्रकल्पना हो । बुद्धको जीवनीमा आधारित कथानक प्राचीन भएपनि विषयवस्तुको गहन प्रस्तुति वैचारिक तरङ्ग र भाषाशैलीका दृष्टिले यसलाई पुरानो भन्न मिल्दैन । शाक्यवंश र कोलियगणको उत्पत्तिदेखि बुद्धत्व प्राप्तिसम्म फैलिएको अ´ भनौँ ‘शुद्धदोदन र मायादेवीको भेट’ बाट थालनी भएको उपन्यासको कथावस्तु लहरिँदलै झाङ्गिदै ‘ज्ञानसंयोजन तथा उद्घोष’ सम्म पुगेर टुंगिएको छ । सांख्यदर्शनको दुःखत्रय आध्यात्मिक आधिदैविक आधिभौतिक बाट प्रभावित बुद्धले बुद्धत्व प्राप्तिपश्चात् संसारमा दुःख छ, दुःखको कारण छ, दुःखको नाश हुन्छ र दुःखनाश गर्ने उपाय पनि छ भन्ने चार आर्यसत्यको प्रतिपादन गरे । बुद्धद्वारा प्रतिपादित यस सिद्धान्त अनुसार सम्यक् ज्ञानादि अष्टाङ्गमार्गको अवलम्बनबाट रागादि दुःखको नाश हुन्छ दुःख नाश भएपछि निर्वाणपद प्राप्त हुन्छ ।

– बुद्धसँग सम्बन्धित महत्वपूर्ण स्रोत र प्रचलित मूल्य-मान्यता विपरीत कुरा पनि यहाँ पाइन्छ । बुद्धकी आमा मायादेवी दिदी र सौतेनी आमा/सानी आमा प्रजापति बहिनी भएको तथ्य बौद्धजगत्को सर्वमान्य स्थापित मान्यता हो । तर उपन्यासकारले ई। १९५६ मा बुद्धधर्म ग्रहण गरेका भारतीय संविधानका निर्माता डा। भीमराव अम्बेडकरको हवाला दिँदै मायादेवीलाई बहिनी र प्रजापतिलाई दिदी बनाएका छन् । यहाँनेर एउटा गम्भीर प्रश्न तेसर्िन्छ- मायादेवीलाई बहिनी बनाउने डा। अम्बेडकरको स्रोत र आधार के हो के छ त्यसको प्रामाणिकता यसको खोजी हुनु नितान्त जरुरी छ । छब्बीस सयवर्ष अघिदेखि अङ्गीकार गरिँदै आएको विश्वबौद्ध परंपराको स्थापित मूल्य-मान्यतालाई भत्काउन सितिमिति सकिँदैन त्यति नै जबर्जस्त र पर्याप्त प्रमाण चाहिन्छ । बौद्धधर्म- दर्शनका विशिष्ट अध्येता तथा विद्वान् अनुसन्धाताहरुबाट यसको सत्यतथ्य निक्र्यौल हुने अपेक्षा गर्नु अर्घेल्याइँ ठहरिने छैन ।

– ईसाको प्रथम शताब्दीका महाकवि अश्वघोषद्वारा रचित ‘बुद्धचरित’ हाकाव्य बुद्धसम्बन्धी प्रामाणिक ग्रन्थ मानिन्छ । लोकको हितका लागि पाश्र्वभागबाट छोराको जन्म भयो पाश्र्वात् सुतो लोकहिताय जज्ञे बुद्धचरित-१/९ भन्ने पद्यांशमा उपन्यासकारले मायादेवीको मृत्युको कारण खोजेका छन् । उनी लेख्छन्- ‘… पाश्र्वभागबाट राजकुमारको जन्म भएको हुँदा महारानीको गाथमा निक्कै असर पर्न गएको छ ।’… ‘अत्यधिक रक्तस्राव र पाठेघर फाडेर योनि मुत्रद्वार र गुदद्वार एकाकार हुन पुगेकोमा अति सकसको कारण तिनलाई मूच्र्छा हुन लाग्यो … ।’  … ‘सातौँ दिनमा तिनको देहावसान लुम्बिनी वनमै भयो ।’

– उपन्यासकारले बुद्धको जन्म मायादेवीको पाश्र्वभागबाट भएको भन्ने अश्वघोषको भनाइ यथारुपमा ग्रहण गरेपनि बुद्ध जन्मनासाथ सात पाइला हिँडेको तथैव धीराणि पदानि सप्त बुद्धचरित- १/१४ र िसंहको जस्तो गति भएका ती बालकले चारैतिर हेरेर मैले विश्वकल्याणको लागि र ज्ञानप्राप्तिका लागि जन्म लिएको हुँ संसारमा मेरो यो अतिन्म जन्म हो भन्ने भव्य तथा सार्थक वाणी बोलेको बोधाय जातोऽस्मि जगद्धितार्थमन्त्या भवोत्पत्तिरियं ममेति । चतुर्दिशं िसंहगतिर्विलोक्यवाणीं च भव्यार्थकरीमुवाच बुद्धचरित -१/१५ कुरालाई भने स्वीकारेका छैनन् । सात पाइला हिँडेको प्रसङ्गलाई चाहिँ यसरी समेटेका छन् – … ‘भेलले काटेको त्यो पुष्करिणीको भिरालो खोल्सामा बच्चा र सालनाल सात बल्डयाङ खाँदै तल पानीको कुण्डनजिक पुगे ।’ … ‘ … बच्चा खुट्टापट्टिबाट जन्मिए र खसेर सात बल्डुङ खाए ।’

– उपन्यासकारको यस्तो प्रस्तुतिले त्यो घटनालाई मानवशास्त्रीय यथार्थतातर्फ डोर् याएको र औपन्यासिक कथावस्तुको गतिशीलतालाई स्वाभाविक रुपमा अघि बढाउन हैँसे गरेको प्रतीत हुन्छ ।

– आख्यानमा नयाँ शैली नयाँ प्रयोग र नयाँ पन छ । ‘हे पाठकगण ‘ , ‘हे मित्रगण’ जस्ता सम्बोधनबाट कथावस्तु अगाडि बढेको छ । योगविद्याले प्राथमितका मात्र पाएको छैन यहाँ अनुलोम/विलोम र कपालभातिले पलेटी नै कसेका छन् । अग्रगामीजस्ता शब्दको प्रयोग र शिलाजितसँगै यार्चागुम्बाले पनि प्रवेश पाएको छ ।

– अस्वीकृत विचार साहित्य आन्दोलनका अथक योद्धा उपन्यारकार डा। कविताराम श्रेष्ठको निजी मौलिकता-अस्वीकृतवादिताले यहाँ पनि जरो गाडेको छ । तत्कालीन ब्राह्मणवाद-पुरोहितवाद यज्ञसंस्कृति र धार्मिक विधिविधानको विरोध गर्दागर्दै पनि राजा शुद्धोदन सन्तानोत्पत्तिका लागि वैद्यहरुको ओखतीका अतिरिक्त ब्राह्मण-पुरोहितले सुझाएका व्रत र पाठपूजा गर्न पनि पछि पर्दैनन् । यस्तै छिद्रको सहारा लिएर विरोधाभासले खुट्टो हाल्न सक्छ । यज्ञलाई मागीखाने भाँडोमात्र बनाउने बाहुनहरुको उछित्तो खन्नु नाजायज नभएपनि वैज्ञानिक कृषिक्रान्तिका अगुवा भगवान् श्रीकृष्णको उद्घोष ‘यज्ञाद् भवति पर्जन्यः’ श्रीमद्भगवद्गीता- ३/१४ ‘यज्ञको धुँवाबाट उत्पन्न भई पानीको वर्षा  हुन्छ’ भन्ने जस्ता पौरस्त्य धर्म-दर्शन र संस्कृतिभित्र अनुस्यूत यज्ञसंस्कृतिको वैज्ञानिकतालाई नकार्ने आशय पक्कै पनि होइन ।

–यो उपन्यास जीवनीपरक दार्शनिक अख्यानजस्तो प्रतीत हुन्छ । संसारको दुःखमयता असत्यता शून्यको अनिर्वचनीयता पदार्थको स्वलक्षणता र क्षणभङ्गुरता बौद्धदर्शनका सर्वमान्य सिद्धान्त हुन् । ती सबै यहाँ समाविष्ट छैनन् र हुनु आवश्यक पनि छैन । यहाँ छ वटा आस्तिकदर्शन चार्वाकदर्शन जैनदर्शन र बौद्धदर्शनको रमरम पाइन्छ । प्रसङ्गवश आध्यामिक तत्वज्ञान वेद-उपनिषद ब्राह्मणग्रन्थलगायत ज्ञानविज्ञानको चर्चा-परिचर्चा पनि गरिएको छ । कुनैपनि तत्वको ऊहापोह गर्नु दर्शनशास्त्रको अभीष्ट हुँदा स्वभावतः यस्तो विषय जटिल र दुरुह हुने गर्दछ । तथापि दर्शनको यत्किन्चित  ज्ञान भएका जागरुक पाठकका लागि यो उपन्यास त्यति दुर्बोध्य हुने छैन ।

– अन्त्यमा नयाँ विचार नयाँ चिन्तन नयाँ शैली र नयाँ शिल्पले सिङ्गारिएको उपन्यास पस्कने उपन्यासकार डा। कविताराम श्रेष्ठको प्रशंसा गर्दै सििहत्यिक उत्कर्षका लागि हार्दिक वधाई ज्ञापन गर्दछु ।

कल्पनाकुञ्ज, अनामनगर
९ असोज २००६४, भाद्रशुक्ल पूर्णिमा ।

भूमिका ४ :  दुई शब्द
– घनश्याम राजकर्णिकार

मनुष्य जातिको इतिहासमा तथागत बुद्धको जस्तो महिमामय नाम अरु कसैको छैन । संसारमा अनेक प्रज्ञा पुरुष भए तर तिनमा बुद्ध अतुलनीय हुनुहुन्छ । उहाँले मानिसमा जे हुने कुरो हो त्यसबारे बोल्नु भएको छ । उहाँले भन्नुभएका कुराहरु केवल कोरा सिद्धान्त होइन । उहाँका कुराहरु विश्लेषण युक्त हुन्छन् । जुनसुकै कुरालाई सोच-विचार र मनन गरेर बुझ्ने कुरो हो भन्ने उहाँको धारणा हो । वस्तुतः उहाँको प्रादुर्भंव पछि यस धरतीमा एउटा नयाँ अध्याय शुरु भएको छ ।

यस्ता महामना बुद्धलाई हामी नेपालीले पाउनु हाम्रो अहोभाग्य हो । आज विश्वमा हाम्रो पहिचान गराउनु छ भने त्यो केवल बुद्धको जन्मस्थल नेपाल भनेर गराउन सकिन्छ । तर यतिकैमा हामी चुप लागेर बस्ने अवस्था छैन । किनभने वेलावखत भारतका पुरातत्वविद्हरु बुद्धको जन्म भारतमा भएको हो भनी विभिन्न प्रमाणहरु अघिसारी प्रचार प्रसार गर्नमा तल्लीन देखिएका छन् । यतिमात्र होइन भारतका स्वनामधन्य आदरणीय विद्वान विदुषी तथा श्रद्धेय धर्मगुरुहरुले पनि बुद्धलाई आफ्नै देशका विभूति मान्ने गरेका देखिन्छन् । उहाँहरुबाट वेलामौकामा बुद्धलाई ‘हमारा देशका महापुरुष हमारा देशमे जन्मा हुआ महान् बैज्ञानिक भारतमे जन्मा हुआ बुद्ध’ भन्ने गरेको सुन्दा मेरो मनमा छटपटी लाग्नु स्वाभाविकै हो । यस्तो स्थितिमा हामी नेपालीमात्रले आफ्नो हकको हिफाजत गर्नु आज नितान्त आवश्यक भएको छ । यसको लागि हामीले बुद्धसम्बन्धी सोध-खोज तथा अध्ययन-अनुसन्धान गर्नु अपरिहार्य भएको छ । अनि हाम्रो शिरको शोभा बुद्धजस्ता हीरालाई कीरा सम्´ने हाम्रो छुद्र मानसिकतालाई झटारो हानी निर्मूल पार्नु परेको छ ।

यही परिप्रेक्ष्यमा बुद्धप्रेमी डा. कविताराम श्रेष्ठको महाभिनिष्क्रमणका अस्वीकृत पाइलाको आगमन हुनु ज्यादै सर् हाहनीय हुन आएको छ । यस पुस्तकको पाण्डुलिपी मलाई दिनुहुँदै मित्रवर डा। कविताराम श्रेष्ठले यस पुस्तकबारे दुई शब्द लेख्न आग्रह गर्नुभयो । हुन त बुद्धजस्ता महामनाबारे म सार् है अल्पज्ञ छु । तर उहाँ बारेको मेरो सद्भावनालाई भने लेखेर लेख्न सकिने कुरा होइन । त्यसैले स्नेह मित्रको आग्रहलाई शिरोपर गर्दै यस पुस्तकबारे दुई चार शब्द लेख्ने घृष्टता गर्दैछु ।

हाम्रो शिरको शोभा शान्तिनायक विश्वप्रसिद्ध तथागत बुद्धको प्रारम्भिक जीवन अर्थात् उहाँ बुद्ध हुनुभन्दा अगाडिको जीवनचर्चा हाम्रै देश नेपालको भू-भागमा कसरी कुन रुपले वितेको थियो भन्ने कुरा बडो सजीब ढङ्गले अन्वेषणात्मक तरिकाले तथा साहित्यिक पाराले प्रस्तुत गरिएको यो पुस्तक मैले बडो दिलचस्पी लिएर पढेँ । साँच्चै भन्ने हो भने यस किसिमको पुस्तक मैले अहिलेसम्म पढेको छैन र यो पढेर बुद्धको प्रारम्भिक जीवनघटनाबारे मैले धेरै कुरा थाहा पाएँ । मित्र कवितारामले नेपाली साहित्यमा यस्तो अतुलनीय पुस्तक लेखेर हामीलाई ठूलो गुन लगाउनुभएको छ र यसको लागि म उहाँलाई हार्दिक साधुवाद टक्र्याउँछु ।

पुस्तक पढ्दै जाँदा नेपालमा जन्मेर नेपालमै हुर्किएका बुद्धका प्रारम्भिक जीवनका दिनचर्चा घटनाक्रम विवरण औपन्यासिक ढङ्गले बडो मिहिनेतसाथ सुन्दर तरिकाले प्रस्तुत गरिएका छन् । यसमा भएका विवरणहरु सबै कविताराम श्रेष्ठका निजी अध्ययन अनुभूति र कल्पनाका राम्रो संयोजन हुन् जान अत्यन्तै रोचक जीवनोपयोगी सूचनाप्रद मनोराजनपूर्ण तथा कौतुहलपूर्ण छन् । यसका अतिरिक्त यसमा ठाउँठाउँमा भएका आलोचनात्मक प्रतिकि्रयाले पाठकलाई सचेत तथा सजग तुल्याउने गरेको छ भने पुरातनपन्थीहरुलाई परिवर्तन तथा प्रगतिशील हुन प्रेरित गरेको छ ।

विद्वान मित्र कविताराम श्रेष्ठले धेरै मिहिनेत गरेर सोधखोज गरेर उपन्यासको रुपमा लेख्नुभएको यो पुस्तकलाई म अनुसन्धानात्मक उपन्यास भन्न रुचाउँछु । तथागत बुद्धले बुद्धत्व प्राप्त गरेसम्मका छटनाक्रमलाई खोजखाज सोधपुछ अध्ययन मनन गरी ठाउँठाउँमा कल्पनाको जलप लगाई रिठ्ठो नविराई सविस्तार सुसूचित गर्न लेखक चुक्नु भएको छैन । अर्थात् सिद्धार्थ गौतमका प्रत्येक पाइलाहरु सुगन्धयुक्त फूलका कोपिलाहरु झैं    भविष्यमा बुद्ध हुने लक्षण हुन् भन्ने कुरा यत्रतत्र छर्लङ्ग पारिएका छन् यस पुस्तकमा । लेखक कविताराम श्रेष्ठको यस्तो सत्प्रयास मलाई सार् है राम्रो लाग्यो ।

यस पुस्तकमा समाहित बस्तुगत विवरणहरु र भावगत तरङ्गहरु बडो रमाइलो एवं कलात्मक छन् । त्यसैले यसमा बर्णित कुराहरु सबै प्रिय छन् पठनीय छन् रोचक एवं ज्ञानवर्धक छन् । यसो हुनाले नै यो पुस्तक एक पटक पढ्न थालेपछि नसिध्याई छोड्न मन लाग्दैन । यस अर्थमा लेखकलाई जति साधुवाद दिए पनि कमै हुनेछ । साथै लेखकको गहिरो अध्ययन अनुसन्धान तथा निश्छल कल्पना आफैमा स्वनामधन्य हुनेछ भन्ने कुरामा म विश्वस्त  छु ।

“बुद्धलाई पृथ्वीमा ओरालेर यहाँकै हावा माटो पानी र तापका नश्वर शरीरका भुक्तभोगी व्यक्तित्वसाथ यहाँका अनेकन इतिहाससम्मत प्रतिकूल परिस्थितिमा भएको उनका मानवताबादी बौद्धिक संघर्षको कथा यसमा प्रस्तुत गरेको छु ।” – डा. कविताराम श्रेष्ठको लेखाइ स्पष्ट छ, शैली रोचक छ, वाक्य सरल छ र वर्णन निश्छल छ । उहाँको अभिव्यक्तिमा कुनै घुमाउरोपन छैन कुनै अस्पष्टता छैन । ठाउँठाउँमा भएका आलोचनात्मक टिप्पणीले हामीलाई सजग र सचेत हुन यथेष्ट सघाउँछ भन्नुमा अत्युक्ति नहोला ।

अन्त्यमा यस कृतिको प्रादुर्भावले नेपाली साहित्यको उपन्यास विधामा एउटा नौलो उल्लेखनीय थालनी भएको विश्वास िलंदै यस्तो महत्वपूर्ण पुस्तकमा दुई शब्द लेख्ने मौका दिनुभएकोमा मित्रवर डा. कविताराम श्रेष्ठमा सस्नेह धन्यवाद दिँदै यो पुस्तकले नेपाली जनमानसमा सुवास फैलाउन यथेष्ट सघाओस् भन्ने शुभकामना गर्दछु ।

२०६४ साल असोज ९ गते कमलपोखरी काठमाडौँ

भूमिका  : भन्दा भन्नुपर्ने कुरा
– डा. कविताराम श्रेष्ठ

हे पाठकगण ! धर्मको नाम लिनासाथ त्यहाँ कुनै अलौकिक देउता छन् र उनैको नाममा प्रश्न राख्नै नसकिने अकाटँ मान्यताहरु त्यसमा सुझा इएका हुन्छन् भन्ने सोच तत्काल आउने गर्छ हाम्रा मनमा । तर बुद्धधर्म त्यस्तो धर्म पटक्कै होइन । धर्म वा धर्मगुरु वा धर्मग्रन्थले भन्यो भन्दैमा आँखा चिम्लेर त्यसलाई नमान्नु भन्ने यस धर्मको धर्मवाक्य छ । आफ्नो ब्रम्हले हरकुरालाई कार्य र कारणको कसीमा जाँच्ने र सही लागेको कुरामा मात्र विश्वस्त हुने बुद्धिसम्मत यसको शिक्षा छ । संसारका प्रमुख धर्महरुमध्ये प्राचीनतम धर्म यो हुँदाहुँदै पनि सर्वाधिक आधुनिक छ लौकिक छ विज्ञानसम्मत छ र प्रगतिशील छ जसमा कुनै अलौकिकताको पूजा हुन्न जो मान्छेकै सम्यक् व्यवहारमा केन्द्रित छ ।

ईश्वर मरिसकेको छ भनेर घोषणा गर्ने जर्मन दार्शनिक नित्सेले भनेका छन्- बुद्धधर्म ईसाइधर्मभन्दा सयौँ गुणा यथार्थवादी छ । त्यस्तै वैज्ञानिक अल्वर्ट आइन्सटाइनले भविष्यको लागि एउटा यस्तो विज्ञानसम्मत मानवतावादी विश्वधर्मको परिकल्पना गरेका थिए जसको लागि उनले भनेका थिए- सही मानेमा त्यो धर्म बुद्धधर्ममात्र हुनसक्छ । अनि यथार्थवादी दार्शनिक बर्टेण्ड रसेलले स्पष्टै भनेका थिए- विद्यमान धर्महरुमध्ये म एउटै बुद्धधर्मलाई मनपराउँछु ।

हे पाठकगण ! झण्डै २५ वर्षअघि डा. भीमरावजी अम्बेडकरद्वारा लिखित The Buddha and His Dharma भन्ने पुस्तकको हिन्दीमा अनूदित संस्करण मेरो हातमा पर् यो । यो एउटा पूर्णतः धार्मिक ग्रन्थ थियो । आफ्नो शोधलेखको लागि सान्दर्भिक नभएसम्म कुनैपनि शुद्ध धार्मिकग्रन्थलाई सितिमिति समय नदिने मेरेा स्वभाव यहाँ आएर विचलित भयो । डा. भीमरावजी अम्बेडकर ती व्यक्ति थिए जसले संसार विजय गर्ने बुद्धधर्म भारतबाट झण्डै नामेटै भएको स्थितिमा कि्रश्चियन मिशनका शिकार भइरहेका भारतीय दलितवर्गलाई उनैको माटोमा उब्जिएका संसारका कुनैपनि धर्मभन्दा बढी वैज्ञानिक र समावेशी धर्म बुद्धधर्ममा एकसाथ लाखौँको सङ्ख्यामा दीक्षित गराएका थिए । आज उनलाई भारतीय बौद्ध समुदायले यस युगको ‘बोधिसत्व’  नै मान्दछन् र सुन्दछु दक्षिण भारततिर ‘बुद्धम् शरणम् गच्छामी’ का साथ ‘अम्बेडकरं शरणम् गच्छामी’  पनि भनिन्छ रे । त्यो नाम यसै बिर्सिइने नाम थिएन । यस पुस्तकमा यीनले के लेखे होलान् कौतुहलता जाग्यो नै ।

यसमा उनले बुद्धको महाअभिनिष्क्रमणको कारणमा जरा व्याधि र मृत्युको प्रत्यक्षीकरणलाई उपयोग गरेका रहेनछन् । बुझिन्थ्यो छिमेकी कोलियगणसँगको पानीको बाँडफाँटको विवादले युद्धको रुप लिन खोज्दा युद्धविपरीत दृढ मत जाहेर गरेका कारणबाट बुद्ध देश निकाला भएका थिए । आमजनतामा िहंसा नभड्कियोस् भनी अन्ततः बुद्ध आफैले संन्यासको आवरणमा देश छोडेर गएका थिए । डा. अम्बेडकरका कथन पूर्ण स्वाभाविक र इतिहाससम्मत प्रमाणिक थिए । मलाई पहिलोपल्ट लाग्यो भ्रमपूर्ण मान्यताहरुका जकडमा परेका बुद्धको शाहसिक बौद्धिक धीर सत्यकामी विद्रोही महान् व्यक्तित्वलाई यसरी नै स्वर्गबाट तल मान्छेकै घरआँगनमा झारेमा मुक्तिकामी मान्छेले मान्छेजातिका मानवतावादी सत्यप्रतिको निष्ठा र त्यसप्रतिको लौकिक प्रयत्नहरुको महत्तालाई बुझ्नेछ । अनि जसरी मैले विगतमा पुराणपुरुषहरु महादेव, रावण, कर्ण, शुकदेव र अश्वत्थामाको बारेमा प्रतिपक्षीय कथाहरु लेखेँ त्यसरी नै एउटा िसंगो उपन्यास बुद्धकै बारेमा लेख्न प्रस्तुत भएँ ।

हे पाठकगण ! पुरातन मान्यताहरुलाई भजाउँदै अशक्त निुमुखा जनतामाथि शोषण गर्ने परिपाटीविरुद्ध होस खुलेकै उमेरदेखि म आन्दोलित भएँ कतै साहित्यिक आन्दोलनमार्फत् त कतै सामाजिक त कतै राजनीतिक कार्यक्रमहरुमार्फत् । ठिटौले जोशमै ०२६ सालमा ‘अस्वीकृत जमात’ भन्ने साहित्यकारहरुको जमात खडा गरी ‘अस्वीकृत साहित्यिक आन्दोलन’ मा होमिएँ । यसैबाट आन्दोलित भएर आजसम्म शोषक निरंकुश सत्तासीन मूल्यहरुविरुद्ध प्रतिकार गर्दै त्यही सत्ताबाट अस्वीकृत भएका विद्रोही, पीडित, शोषित, शाशित, दलित, अवहेलित, बिर्सिएका, नामेट भएका, ओझेल परेका पात्रहरुका पक्षमा प्रतिपक्षीय वकालत-साहित्य रचना गर्दै आइरहेछु । मेरो त्यही अभीष्टलाई बुद्धको यो दृढ क्रान्तिकारी तर शान्तिपृय व्यक्तित्वले  झकझकायो र त्यसैको परिणामस्वरुप तपाईंको सामू छ यो कोसेली बुद्धको विद्रोही व्यक्तित्वमाथि जीवनपरक अनुसन्धानात्मक साहित्यिक उपन्यास महाभिनिष्क्रमणका अस्वीकृत पाइला । एउटा भ्रमचाहिँ नपरोस् यो कुनै धार्मिक ग्रन्थ होइन ।

बुद्ध सामान्य व्यक्ति होइनन् युगौँयुगको असमानतावादी अमानवीय अलौकिक मान्यताहरुलाई लौकिक आँखाले विश्लेषण गरेर नयाँ लौकिक धर्मको स्थापना गरी एउटा अन्धयुगलाई नयाँ बाटो प्रदान गर्ने महान् शास्ता थिए । उनले बलको प्रयोग गरेर होइन ज्ञान र प्रेमको शान्तिप्रिय  माध्यमबाट युगौँदेखिको िहंसावादी अन्धसंस्कृतिलाई जनमानसबाट धोएर फाली त्यसै ठाउँमा नयाँ लौकिक दृष्टिकोण स्थापना गरेका थिए । मलाई लेख्ने धुन त सवार भयो तर यस्तो व्यक्तित्वको बारेमा लेख्नु भनेको निश्चय नै सामान्य कुरा थिएन । उनका अध्ययन मानसिक तथा बौद्धिक संघर्ष र साधना उनका प्राप्ति अनि उनीद्वारा प्रतिपादित मार्गलाई नबुझी जिम्मेवारीपूर्ण कलम यसै चलाउन सकिन्नथ्यो । उनले अध्ययन गरेर लौकिक ढंगमा बौद्धिक विश्लेषण गरी अन्ततः ‘अविद्या’को रुपमा अस्वीकृत गरिएका वेद ब्राह्मणग्रन्थ, वेदांग, उपवेद, उपनिषद्, इतिहास-पुराण, आस्तिक र नास्तिक सबै दर्शनहरुका साथै त्यसकालमा आन्दोलित अनेक किसिमका धार्मिक साम्प्रदायिक मतलाई सामान्य रुपमै किन नहोस् नबुझी उनको बारेमा लेख्न असम्भव थियो । यता अध्ययन गर्नै पर् यो । जति अध्ययन गर्दै गयो उति अपार लाग्ने यस व्यक्तित्वको बारेमा मैले वर्षौंसम्म वेलावेलामा मौका पार्दै अध्ययन गरेँ । उनको ध्यानयोग के थियो भन्ने अनुभूत गर्न मैले ध्यानकै साधना समेत गरेँ । मेरा पढाई जागिर राजनीति साहित्यलेखन साँस्कृतिक शोध सामाजिक जीवनयापन गृहस्थी संचालन आदि सबैसबै यसै समयमा भएकाले यो अध्ययनमा ढीलासुस्ती र अवरोधहरु  प्रशस्त आए र यतिका वर्ष यसै बितेछ ।

यस प्रस्तुतिमा बुद्धलाई बुद्ध बनाउने तत्कालीन परिस्थितिको प्रस्तुतिदेखि बुद्धको ज्ञानप्राप्तिसम्मका जीवनीसम्मत सक्दो स्रोतहरुमा आधारित यथार्थपरक प्राक्कल्पित कथाहरु उनिएका छन् । बुद्धका बारेमा उनका जीवनीका बारेमा जति पनि पुस्तकहरु देखेँ ती सब बुद्धलाई बुद्ध बनाउने परिस्थितिप्रति पूर्ण उदासिन मौन अनुत्तरदायी छन् र ती बुझ्दछु अज्ञानका कारणले हुन् र ती सबलाई मथ्न सजिलो काम नभएर पनि हो ।

हे पाठकगण ! इतिहासले प्रमाणित गरेको छ बुद्धका बौद्धिक संघर्ष र ज्ञानप्राप्ति मानवजातिको इतिहासमा प्रथम महानतम परिघटना थिए । तर विडम्बना यही छ उनैका अनुयायीहरुले लौकिक धर्मका यी शास्तालाई अलौकिक देवतामात्र बनाएका होइनन् सँगै उनका लौकिक संघर्षकथालाई समेत महत्ता दिन अलौकिक प्रकरणहरु जोडेर देवत्व प्रदान गरे जसको कारण उनका संघर्षकथा दैवी पुरुषार्थ बनेर मान्छेको लागि अनुकरणका विषयभन्दा पनि पूजाको विषय बन्न पुग्यो । आज यो विज्ञान र प्रविधिको युगमा २६०० वर्षअघि वैज्ञानिक प्रकाश छर्ने उनै शास्ता अन्ध अवैज्ञानिकताको कोठरीमा स्थापित छन् र उनका बिचारसम्मत यस युगको लागि उनको त्यो महान् आदिस्वरुपको दर्शन धुमिल हुन पुगेको छ । भने हुन्छ- सही बुद्ध बिर्सिएका छन् अस्वीकृत छन् । त्यसैले मेरो यो प्रयाश बुद्धको त्यो धुमिल व्यक्तित्वलाई त्यस अन्धकारबाट प्रकाशमा ल्याउनु रहेको छ । बुद्धको त्यो महान् व्यक्तित्वप्रति यसलाई पूजाकै स्वरुपमा स्वीकार गर्नुहोला । यस जगतमा बुद्धप्रतिको यस्तो पूजा यो प्रथम नहुन सक्छ ।

आज बुद्धसम्बन्धी सामग्री जे पाइन्छन् ती सबै अन्धमान्यताहरुमा जेलिएर के सही र के बेसही छुटुउन असम्भव नै छ । त्यसैले बुद्धको बारेमा यथार्थपरक कृतिहरुको रचना गर्नु समान्य कुरा अवश्यै रहेको छैन । यसको लागि उनै जेलिएका अलौकिक संकेतहरुहरुकै सहारा लिन पर्ने हुन्छ । मैले पनि त्यसैको आधारमा बुद्धलाई पृथ्वीमा ओरालेर यहाँकै हावा माटो पानी र तापका नश्वर शरीरका भुक्तभोगी व्यक्तित्वसाथ यहाँका अनेकन इतिहाससम्मत प्रतिकूल परिस्थितिमा भएको उनका मानवताबादी बौद्धिक संघर्षको कथा यसमा प्रस्तुत गरेको छु ।

हे पाठकगण ! बुद्धको व्यक्तित्वको बारेमा लौकिक कथा पर्गेल्न जति गाह्रो छ त्योभन्दा बुद्धलाई बुद्ध बनाउने परिस्थितिको कथा पर्गेल्न हदै गाह्रो मलाई भयो । मलाई चाहिएको थियो कुन परिस्थितिले बुद्धलाई त्यहाँसम्मका विद्रोही बनायो बौद्ध ग्रन्थहरु त्यसप्रति निक्कै मौन छन् । ती ग्रन्थहरु बढीमा बुद्धका ज्ञान प्राप्ति र उनका शिक्षामा केन्द्रित छन् । यसैले मैले वैदिकग्रन्थहरुमा खोतलखातल गरेँ । बुद्धको परिवेश नै त्यही वैदिक संस्कृति भएको हुँदा यो उचित स्रोत त थियो । तर त्यस अथाह सागरबाट आफूलाई चाहिँदो र यथार्थ परिवेशको रेखाचित्र कोर्न मलाई कम गाह्रो परेन । जे होस् मलाई देश विदेशका धेरै विद्वान्हरुका शोधलेख र रचनाहरुबाट ठूलो सहयोग भयो जसको विवरण मैले यथा प्रत्येकका पादटिप्पणीमा दिएको छु । यी सबका अध्ययनबाट पाइएका छिटपुट संकेतहरुलाई मथ्दै कल्पनामा आधारित कथा लेखेको छु यस उपन्यासमा । केही विद्वान साथीहरुले मलाई ढाडस दिँदै भनेका छन्- कमसेकम उपन्यासहरुमा त्यस्तो कल्पना गर्न पाइन्छ । अहिले बुद्धसम्बन्धि प्रमुख स्रोत रहेको बुद्धचरित महाकाव्य पनि त अश्वघोषले बुद्धको परिनिर्वाणबाट पाँचसातसय वर्षपछि लेख्दा कल्पना नगरी लेखे हेलान् त उनले आफ्नै आँखाले देखेर लेखेका होइनन् नै । त्यसैले भन्छु प्राप्त संकेतहरुलाई मैले सक्दो यथार्थपरक बनाएर घटनाहरु कल्पेको छु । मानौँ ती मेरै आँखा अघि घटेका हुन् । यिनलाई त्यसरी नै स्वीकार्नु हुन हार्दिक आग्रह गर्दछु ।

हे पाठकगण ! बुद्धलाई मानवीकरण गरी यथार्थ भूमिमा उतार्ने क्रममा मैले बुद्धकै अभीष्ट बमोजिम युगौँदेखिका स्थापित अलौकिक मान्यतालाई अस्वीकार गरेको छु । यसक्रममा बुद्ध सम्बन्धी धेरै अलौकिक मान्यताहरुलाई या त मैले छोएकै छैन या तिनलाई याथार्थीकरण गरी पुनः प्रस्तुत गरेको छु । ती कसरी लेखिए भन्ने कुरा त उपन्यास नपढिकन थाहा हुन्न नै । तर पनि केही बुँदाहरु उदाहरण स्वरुप यहाँ पेश गर्न चाहन्छु । जस्तै ः

– अलौकिक मान्यता अनुसार बुद्ध जन्मनेसाथ ७ पाइला हिँड्छन् र माता मायादेवीको मृत्यु ७ दिनमै हुन्छ । यसमा यथार्थीकरण गर्दा ७ पाइला हिँड्नुको अर्थ उल्टो अवतरण Breach Presentation अर्थात् खुट्टा पट्टिबाट जन्मेको भन्ने लाइएको छ । साथै उल्टो जन्मेकै कारणले कोख फाटी माताको ७ दिनमै मृत्यु भएको देखाइएको छ । प्रमाणस्वरुप अश्वघोषका ‘बुद्ध पाश्र्वभागबाट जन्मिए’ भन्ने उक्तिलाई प्रयोग गरिएको छ । अश्वघोषको पाश्व’ को अर्थ ‘बगल’ भन्ने हुन्छ तापनि बगलबाट बच्चा जन्मने कुरा यथार्थमा मान्न नसकिने हुँदा यसलाई ‘पछाड़ी’ भन्ने अर्थ लगाइएको छ । त्यो पछाडि भनेको योनीद्वार मुत्रद्वार र गुदद्वार फाटेर एकाकार भएको स्थिति हो भनेर त्यसै अनुसारको दुर्घटनालाई चित्रण गरिएको छ । यसमा स्त्रीरोग तथा गर्भशास्त्र -gynaecology_ मा उपलव्ध जीवशास्त्रीय प्रमाणहरुसमेतलाई उपयोग गरिएको छ ।

– बुद्धका हरेक नयाँ कार्यको शुरुवात जस्तै ध्यानसमाधि महाभिनिष्क्रमण ज्ञानप्राप्ति धर्मोपदेश आदि पूर्णिमाको दिन हुने गरेका देखिन्छन् । त्यसको यथार्थ कारण बुद्धलाई पुर्ने लाग्नु हो भनी अथ्र्याइएको छ । यसको लागि वैज्ञानिक स्थापित मान्यताहरुलाई अघि सारिएको छ । अर्थात् पूर्णिमाका दिन चन्द्र सूर्य र पृथ्वी एकै सरलरेखामा आएर एकत्रित गुरुत्वाकर्षणले जसरी समुद्रमा उच्च ज्वार उठ्दछ त्यसरी त्यस दिन दुईतिहाई तरलपदार्थ भएका प्राणीहरुका शरीरभित्रका द्रवमा पनि उछाल हुन्छ । यसले गर्दा विशेष बढी समवेदनशील व्यक्ति अरु समयभन्दा बढी शिथिल वा सकि्रय हुन पुग्छ भनिएको छ ।

– बुद्धका अभिनिष्क्रमणका कारण स्थापित मान्यता अनुसार जरा व्याधी र मृत्युलाई मानिदै आएको छ र बुद्ध राजप्रसादभित्रै अति सुखसयलमा हुर्केका कारणबाट यस्ता मानवीय दुरावस्थाहरु २९ वर्षको उमेरमा पुगेपछि मात्र पहिलोपल्ट देख्न पुगी विरक्तिएर उनको महाभिनिष्क्रमण भएको भन्ने छ । बुद्धजस्तो बौद्धिक चेतना भएका व्यक्तिले त्यो उमेरसम्म मान्छेका त्यो दुरावस्था देखेका थिएनन् भन्न नमिल्ने अवश्यै सबैलाई लाग्ला । उनका पिता नै ८० नाघेका वृद्ध थिए र राजप्रसादभित्रै पनि कोही विरामी भएनन् वा मरेनन् भनी भन्न पनि नमिल्ने नै कुरा हुन् । तर शास्त्रमा त्यस्तै भनिएको छ । त्यसैले विनाप्रश्न मानिइदै आएको छ यो मान्यता । बुद्ध आफैले सिकाएका छन् ‘शास्त्रले भन्यो भन्दैमा त्यसलाई विश्वास नगर्नु । आफूले सोच्नु ।’ – ‘अप्प दिपो भव ।’ मैले पनि सोचेँ- बुद्धजस्तो व्यक्तिको लागि अभिनिष्क्रमणको कारण यत्ति सामान्य हुनै सक्दैन । विशेष डा. अम्बेडकरको मान्यताले यसप्रति निकै नै सजग बनायो । त्यसैले त्यसमा खोज गरी यस उपन्यासमा त्यो महान अभिनिष्क्रमणको कारण उनका युद्धप्रतिको अनिष्ठा र अस्वीकृति थियो भनेर देखाएको छु । तथापि जरा, व्याधी र मृत्युलाई मैले नकारेको छैन । अभिनिष्क्रमणको मुल कारणलाई तेजिलो बनाउन जरा, व्याधी र मृत्युको सम्वेदनशील प्रत्यक्षीकरणले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको कुरा यसमा देखाइएको छ ।

हे पाठकगण ! बुद्धलाई बुद्ध बनाउने परिस्थितिको स्वरुप आजको मान्यताको दृष्टिकोणमा बुझ्न अति नै गाह्रो छ । आज हिन्दूत्वको अवस्था जे छ बुद्धको समयमा त्यस्तै थिएन । आजको हिन्दूत्वको स्परुप बुद्धभन्दा ९०० वर्षपछिका समाजले निमार्ण गरेको हो जसमा बौद्धदर्शनकै अनेकन महत्वपूर्ण मान्यताहरु समाविष्ठ छन् । यसो भन्दा अत्युक्ति हुन्न आजको हिन्दूत्वको स्वरुप नै बुद्धधर्मको आन्दोलनको परिणति हो । यो मेरो मात्र मान्यता अवश्यै होइन हिन्दुआस्थाले नै मान्दछ । त्यसैले त बुद्ध धर्मरक्षक मानिएका विष्णुकै अन्तिम अवतार मानिएका छन् ।

भनाई हो आज देखिने मान्यताहरु दशावतार, त्रिमूर्ति, तेत्तीसकोटी देवता, गाईपूजन, ब्राह्मणको उच्चस्थिति ,वेदको प्रामाणिकता, अठार पुराण, गीतासहितको लाख श्लोकहरुको महाभारत, त्यही आकारको रामायण, शैवमत, वैष्णवमत, शाक्तमत, मठमन्दिर, तीर्थ, व्रत, पूजापाठ, अिहंसाप्रतिको निष्ठा ,आदि बुद्धको समय वा त्यसभन्दा अघि आजको स्वरुपमा विकसित भइसकेका थिएनन् । आर्यावर्तभरि ती कतै छँदै थिएनन् र कतैकतै थिए भने पनि तिनका अविकसित बीजमात्र थिए र ती पनि सबै समाजमा एकछत्त स्वीकार्य थिएनन् । यसलाई पढ्दा आज देखिने धेरै मान्यताहरु त्यसबेला उल्टापाल्टा स्थितिमा भएको प्रतित हुनेछ । जस्तैः

– त्यसवेलाको आर्यावर्तको ठूलै भूभागमा क्षत्रीहरु उपल्लो जातका मानिन्थे र ब्राह्मणहरु दोस्रो तहका ।

– त्यसवेला यज्ञमा गाई मान्छे, घोडा, सर्प, आदि सबैको बली दिइन्थ्यो र तिनलाई प्रसादस्वरुप ग्रहण गरिन्थ्यो ।

– ब्राह्मणहरु यज्ञका प्रवर्तक तथा प्रवद्र्धक थिए तर क्षत्रीयहरु विरोधी । त्यसैले ब्राह्मणहरु त्यसवेला िहंसावादी थिए तर क्षत्रीहरु अिहंसावादी ।

– सीन्धूप्रान्ततिरका केही राज्यहरुमा मात्र पुरोहितबादि ब्राह्मणधर्म जीवित थियो अन्यभागमा विरोधी उपनिषद्सम्मत धर्म स्थापित थियो ।

– ब्राह्मणधर्मालम्बीहरुका धार्मिक ग्रन्थ वेद र ब्राह्मणग्रन्थ हुन्थे भने गणतन्त्री आर्यहरुको उपनिषद् ।

-त्यसबेला आआफ्ना प्रतिष्ठाको लागि ब्राह्मण र क्षत्रियबीच घमासानको युद्ध हुने गर्दथ्यो । ब्राह्मणहरुले ब्राह्मणधर्म नमान्ने जनजाति र क्षत्रीयहरुलाई असुर वा राक्षस मान्दथे । सिन्धूप्रान्ततिर जनजातिय तथा क्षत्रीय सँस्कृतिका हननकर्ता वामन र परशुराम नामका ब्राह्मणहरु अवतारपुरुष मानिन्थे भने त्यसभन्दा पूर्वमा समावेसी श्रीराम र िहंस्रक यज्ञविरोधी अिहंसावादी श्रीकृष्ण नामका क्षत्रियहरुलाई अवतारपुरुषको रुपमा प्रतिष्ठा गरिँदै थियो ।

-अवतारको अवधारणा ब्राह्मणग्रन्थअनुरुप प्रजापतिसम्मत थियो भने पूर्वीय गणराज्यहरुमा इतिहासपुराणअनुरुप विष्णुसम्मत गराइंदै थियो ।

-पूर्वीय राज्यहरुमा वेदको अपौरुषेयता र प्रामाणिकताको अवधारणा पूर्णतः क्षीण थिए तथा ईश्वर र सृष्ठिकर्ता सम्बन्धी अवधारणा पूर्णतः ह्रासोन्मुखी थियो ।

-ब्राह्मणधर्मालम्बीहरु यज्ञवेदीको बलिसमेतको पूजा गर्दथे भने गणतन्त्री आर्यहरु अनार्य जनजातिको सहबासबाट मन्दिर पूजन िहंसाहीन यज्ञ, पूजा, पाठ, ब्रत, तप, आदि गर्दथे ।

हे पाठकगण ! बुद्धकालिन् परिस्थितिलाई समेटेर लेखिएको यस उपन्यास पढ्दा आजको हिन्दूत्वको अवधारणा पाठकहरुको मानसमा आएर ठाउँठाउँमा नमिल्दो वा अप्ठारो अनुभूत हुनसक्ने मैले बुझेको छु । यसबारेमा म यो भन्न चाहन्छु कि ती सब बुद्धभन्दा धेरै पछि विकसित भएका समावेशीकरणको कारणबाट भएका हिन्दूत्वका प्रकरणहरु हुन् । पाठकहरुमा हुनसक्ने किलकिलोलाई समाधान गर्न बुद्ध पछिका ती हिन्दूत्व कसरी विकसित भए भन्ने कुरा यहाँ छोटकरीमा विवेचना गर्न चाहन्छु ।

हे पाठकगण ! बुद्धको समयमा ब्राह्मण/पुरोहितबादि वैदिकधर्म आफ्नै अनुदार अचाक्लीहरुका कारणले ह्रासोन्मुखी थियो । यो धर्म झण्डै ५०० वर्षसम्म बौद्धधर्म र जैनधर्मको ओझे लमा परिरह्यो । यसकालमा यस धर्मले यत्ति हण्डर खायो कि आफूभित्र जैन तथा बौद्धमतका शिक्षाहरुलाई समावेश नगरी यो बाँच्नै नसक्ने भयो र यसमा धेरै सुधारहरु आए । पहिले त यसमा अिहंसाले नै ठाउँ लियो र त्यसैको कारणबाट यसभित्र अिहंसावादी शैव तथा वैष्णव मतको उठान शुरु भयो । इ.पू. १८० तिर बौद्धधर्मलाई संरक्षण दिने मौर्यवंशको पतनका साथै वैदिकधर्मका पृष्ठपोषक गुप्तवंशी राजाहरुको राज्यकाल शुरु भएपछि वैदिक धर्मको पुनर्जागरण शुरु भयो । तर अब पुरोहितवादी याज्ञिक ब्राह्मणधर्म पूर्णतः नामेट भएको स्थिति थियो । यसभित्र पहिलेदेखि विकसित हुँदै गरेको कृष्णको वैष्णवमत र अनार्यसम्मिश्रित शैवमतले ठूलै प्रश्रय पाए र आजको स्थितिको हिन्दूत्वको स्वरुप खडा भयो । अब आर्य र अनार्यजस्ता जातजातीय सम्प्रदाय र शैव वैष्णव र बौद्धहरुबीचका धार्मिक सहिष्णुतालाई प्रोत्साहन गर्दै शाक्त गाणपत्य, सौर्य, आदि अनेकन मत समावेश भई हिन्दूसँस्कृतिको विकास भयो । समावेशी ढंगमा अब ब्राह्मणबादका ब्रह्मा, जनजातीय क्षत्रीहरुका विष्णु र अनार्यहरुका शिवलाई त्रिमूर्तिको रुपमा स्थापना गरियो । त्यसपछि सबै आर्य अनार्य देवदेवीहरुलाई समावेश गरी तेत्तिसकोटी देवताको परिकल्पना भयो जसमा बुद्धसमेतको दशावतारदेखि लिएर त्रीमूर्तिका परिवार, उनका पशुबाहन, हात हतियार, अनि रुख, घाँसपात, ढुंगा, नदी, पहाडसमेत समाविष्ट हुन पुगे । यसरी सबै धर्मावलम्बीहरुको धर्मिक स्थल सबैको लागि समावेशी ढंगमा तीर्थस्थल बने । अिहंसा, शंखघण्टा, पूजापाठ, तप, यज्ञवेदी, मन्दिर, मूर्तिपूजन, सबैको धार्मिक अनुष्ठानका विधि बने । सबैजात एकै समाजको अंग बने । अब हिन्दू समाज गाईपूजक भयो । बढीमा अिहंसक भयो । वेदको प्रामाणिकता पुनरुत्थित भयो । निष्काम कर्मको महत्ता, जन्मजन्मान्तरवाद, कर्मफलवाद, वर्णाश्रम, मन्दिर, मूर्ति, तीर्थ, त्रिमार्ग, ज्ञान भक्ति र कर्म आदिको अवधारणा विकसित भयो । जसले जे शुरु गरेका भए पनि ती सब समावेशी ढंगमा साझा भए । ती सब मान्यताहरु, रामायण ,महाभारत र अठार पुराणहरुका अन्तिम संस्करणमा समाविष्ट हुन पुगे ।@साहित्य सङ्ग्रहालय डट कम

अर्थात् आज देखिने हिन्दूत्वको अन्तिमस्वरुप आजभन्दा १७०० वर्षअघि बौद्ध र जैनधर्मका मूल्यहरुका सम्मिश्रणबाट प्राप्त भएको हो । २६०० वर्षअघि बुद्धको समयमा यी आजका साँस्कृतिक तत्वहरु या त छँदै थिएनन् या त्यत्ति विकसित रुपमा थिएनन् र साझा वा समावेशी त छँदै थिएनन् । त्यसैले यस उपन्यासभित्र आजको दृष्टिकोणले हेर्दा प्रस्तुत धर्मका स्वरुप र त्यसभित्रका मान्यताहरुमा कतै कमी वा कतै उल्टो वा कतै अप्राशंगिक देखिन सक्छ । तर प्रमाणहरुले देखाएसम्म त्यसबेलाको सही चित्रण त्यही नै हो ।

म विश्वस्त छु यस प्रस्तुतिले कुनै पनि धर्मिक आस्थालाई चोट पुर् याउने छैन । इतिहासको वर्णन मात्र गरेको हुँ । हामी कुनै वेला बाँदर थियौँ र त्यसैबाट आजको मानव स्वरुपमा विकसित भएका हौँ भन्दा हामीमा अवश्यै हीनताबोध हुन्न नै । विकासको फड्कोलाई हेरेर हामी बरु अरु बढी गर्वान्वित हुन पुग्छौँ । यसमा पनि यही सोचाइ होला भन्ने मेरो आशा छ । यो लेखाजोखा यो खोतलखातल विशेष बुद्धलाई बुद्ध बनाउने परिस्थितिहरुको प्रस्तुति हो । ती यस्तै थिए र नै बुद्ध त्यस्ता भए । कार्य र कारणको यो लेखाजोखा अवश्यै सबैलाई मान्य हुने छ । कमी कमजोरी छन् भने त त्यसमा सम्बाद हुन सक्छ नै । सुधारहरु यस्तै सम्बादबाट हुने हुन् । सम्बादको शुरुवात भएमा ती महामानवको विज्ञानसम्मत अध्ययनको दायरा अरु फराकिलो हुनेछ- त्योभन्दा बढी खुशी मलाई अरु हुने छैन । त्यसैको लागि त म यो अनुष्ठानमा प्रस्तुत छु ।

हे पाठकगण ! बौद्धधर्मको समान्य इतिहास खोतल्दा पहिले अिहंसाको इतिहास खोज्न पर्ने हुन्छ । अिहंसाका प्रणेता देखिन्छन् ऋषभदेव- जसको उल्लेख ऋगवेदबाटै शुरु भएको देखिन्छ । उनी जैनहरुका प्रथम तीर्थंकरका स्वरुपमा पनि देखिन्छन् । ब्राह्मण/पुरोहितबादि वैदिकधर्ममा पहिलो मार घोरअंगीरशका शिष्य क्षत्रिय श्रीकृष्णले ‘पुरुषयजन’  नामको परोपकारी धर्मको स्थापनाबाट भएको देखिन्छ । कृष्ण वेदलाई त मान्दथॆ तर यज्ञमा िहंसाको विरोध गर्दथे । यसपछि पाश्र्वनाथले ‘चतुर्यामसंबरसम्वाद’ अर्थात िहंसाको त्याग, असत्यको त्याग, स्तेय/चोरीको त्याग, परिग्रहणको त्यागका सरल अनीश्वरवादी धर्म जनतासामु ल्याए । उनैका मतलाई महावीर जैनले ब्रह्मचर्यसमेत अनुब्रतको रुपमा जोडी अिहंसावादी धर्मलाई अरु घनीभूत गरे र त्यसैमा बुद्धले थप बौद्धिक संघर्ष गरी अष्टांगिक मार्गको बुद्धधर्म स्थापना गरे जसमा चार मार्ग उनै पाश्र्वनाथ र महाबीरका ब्रह्मचर्य समेत समावेश छन् ।

बढीमा यिनै परिस्थिति यस उपन्यासको विषयवस्तुभित्र पर्दछ ।

सबै कुरालाई सकेसम्म यथार्थपरक ढंगले लामै शोध गरी मैले यस उपन्यसमा प्रस्तुत गरेको छु । उनका विश्वसनीयताको आधारप्रति विद्वान् पाठकवर्गलाई अवश्यै चाख हुने छ । त्यसैले त्यस्ता सबैजसो प्रश्न उठ्नसक्ने बुँदाहरुका लागि पादटिप्पणीमा प्रमाण र स्रोतहरु उल्लेख गरेको छु । ती पादटिप्पणीहरुमा ग्रन्थहरुका नाममात्र प्रस्तुत छन् । तिनका पूर्ण विवरण उपन्यासको अन्त्यमा सन्दर्भ सामग्री सूची शीर्षकमा प्रस्तुत गरेको छु ।

हे पाठकगण ! बुद्ध लौकिक इतिहास पुरुष थिए । त्यसैले मैले उनको प्रचलित अलौकिक व्यक्तित्वलाई पन्छाएर उनलाई लौकिक महापुरुषको रुपमा यथार्थ प्रस्तुत गर्ने प्रयत्न गरेको छु । बुद्धको उपलब्धि देउताको होइन मान्छेजातिकै महान् उपलब्धिको रुपमा पाजीकृत हुनुपर्छ भन्ने मेरो धारणा हो । यस यथार्थीकरणले धार्मिक आस्थामा आघात नपुगोस् भनी म पूर्ण संवेदनशील थिएँ र छु । अझै केही कसर रहन गयो कि भनी बौद्धसाहित्यका विद्वान् मित्रद्वय केदार शाक्य तथा घनश्याम राजकर्णिकार र सनातन धार्मिक वाङ्मयका विद्वान् मित्र राधेश्याम भट्टराईलाई हेर्न र सुझावसमेत दिन आग्रह गरको थिएँ । उहाँहरु तीनैजनाबाट मलाई मौखिक र लिखित सुझावहरु प्राप्त भयो । मौखिक सुझावलाई ग्रहण गरी मैले यसमा आवश्यक परिमार्जन पनि गरेँ भने लिखितलाई उहाँहरुका मन्तव्यको रुपमा यसैमा प्रस्तुत गरेको छु । उहाँहरु तीनै जनाको महत्वपूर्ण देनको लागि म सदा आभारी रहनेछु ।

भूमिका लेखनको लागि मैले वरिष्ठ समालोचक श्री कृष्णचन्द्रसिँह प्रधानज्यूलाई अनुरोध गरेँ । उहाँले यस विषयसँग सम्बद्ध अरु स्रोतहरु समेतको अध्ययन गरी एउटा बौद्धिक भूमिका लेखिदिनुभएको छ । एउटा मूर्द्धन्य विद्वानका आँखामा यो कृति कस्तो रहेको छ भन्ने कुरा यसरी प्रस्तुत गर्न पाउँदा म कृतकृतार्थ छु । म मान्य कृष्णचन्द्रसिँह प्रधानज्यूको सदा आभारी रहने छु ।

मलाई लाग्छ यो एउटा पूर्णतः साहित्यिक कृति बनेको छ । अनुसन्धानका बुँदाहरुले यसका शैलीहरुमा ठाउँठाउँमा निरसता दिएका पनि हुन सक्छन् । तर मेरो प्रयत्न भने सरस उपन्यास लेख्ने थियो । सामान्य जीवनी होइन । यो लेखनकार्य मैले कापीमा नगरी सोjhai कम्प्यूटरमै गरेँ । धेरै बुँदाहरुमा समय समयमा हेरफेर गरिरहनुपर्ने वा थपघट गर्नुपर्ने हुँदा यस प्रविधिले धेरै सहयोग पुग्यो । तथापि कापीकलमको प्रयोगबाट हुने प्रवाह र सरसताचाहिँ ठाउँठाउँमा विभिन्न तथ्यहरुका बीसौँचोटीको हेरफेरले हुन पाएन कि मलाई अलि डर छ । धन्यवाद ।@साहित्य सङ्ग्रहालय डट कम

चैत्र ३१ ०६३ अनामनगर काठमाडौँ

हे पाठकगण ! यस कृतिसम्बद्ध अस्वीकृतिका एउटा अपच कुरा पनि भन्दा भन्नै पर्ने छ ।

धेरैवर्षको मेहनतको यस प्रतिफललाई यस अघि मैले पाठकसमक्ष राख्न कुनै एक स्वनामधन्य प्रकाशनगृहमा  पठाएथेँ । त्यसले मलाई दुइवर्षसम्म झुलायो र अन्ततः जसको भण्डाफोर यस कृतिले गर्दछ उनै हज्जारौँ वर्ष पुराना अन्धमान्यताका धार्मिक पण्डितहरुलाई प्रयोग गरेर यसलाई अस्वीकृत गर् यो । उसको अधिकारभित्रको कुरा थियो अस्वीकार गर्नु त्यो गर् यो । यसमा मलाई भन्नु केही छैन । अस्वीकृतीहरुबाट म विचलित हुने व्यक्ति पनि परिँन । अस्वकिृत विषयकै स्रष्टा भइखाएको र मूल सत्तासीन धारमा बाँकटे हान्ने मेरो प्रयत्नको यो अर्को प्रमाण जीवन्त भएको सन्तुष्टी मैले लिएँ । तर कुरा पर् यो खराब नियतको । परम्परागत धर्मशास्त्रबाट सम्मोहित वा प्रशिक्षित आँखालाई धर्मशास्त्रकै विरुद्धको एउटा सास्ताको यो यथार्थबादी जीवनी प्रकरण अवश्यै स्वीकार्य हुने थिएन नै तर यस साहित्यिक कृतीलाई विधाकै सीमाभन्दा परका धर्मशास्त्रीलाई पारिश्रमिक दिइदिई धार्मिक विधाका कसीमा मूल्यांकन गर्न पठाउनु मलाई नियतमै गडबडी भएको शंका भयो । यसैमा मेरो असन्तुष्टी छ । आफै अन्धमान्यताका पक्षधर यी मठाधीशहरुले यस कृतिमा प्रस्तुत नयाँ विषय र पुरानै कुराहरुलाई नयाँ अर्थमा भएको प्रस्तुति पचाउन सकेनन् तथा यसले ओगटेको स्थूल सामाजिक तथा साँस्कृतिक परिवेश, यसले खोतलेका ऐतिहासिक तथ्य, यसले केलाएका दार्शनिक सुक्ष्मता, यसले अथ्र्याएको अन्ध आस्थाहरुको यथार्थपरक नवीन अर्थवोध र यसले प्रक्षेप गरेको आँटी प्रस्तुतिबाट उनीहरु हतप्रभ भए । नियत यही भयो यसलाई अस्वीकृत गर्नै पर्छ । आफैले गर्न पर्दा विज्ञानसम्मत ढंगमा जवाफदेहिता निभाउनु पनि कुनै सामान्य कुरा थिएन । सरल थियो विज्ञानविरोधी ढीड सँस्थाकै प्रयोग । गरे त्यही तर विधाकै सीमा नाघेर । स्वीकार गर्नु नगर्नु अधिकारीहरुकै अधिकारको कुरा हो । तर एउटा विधालाई अर्को विधाको कसीले नपना गरेर त्यस विधाकै मर्मको अपजानजनक हत्या भएको कसैलाई पच्ला भन्ने मलाई लाग्दैन । साथै पराकाष्ठैमा पुगेर नीहु पारीपारी नियतवश् गरिएको यो धृष्टता कुर्सीकै भ्रष्टाचारयुक्त दुरुपयोग भएको भन्न नमिल्ला भन्ने पनि मलाई लाग्दैन । अब त अर्कै परिवर्तनकामी प्रकाशनगृहबाट निकास पाई तपाईँसामू यो आइपुगेको छ । यस कृतिको बारेमा त म यसै पनि सुन्न चाहन्छु । थपमा अझ जोडमा परिवर्तनका त्यस्ता छद्मभेषी शत्रुहरुको समेत भण्डाफोर गर्न चाहन्छु । साथ पाउँ ।

धन्यवाद ।

बैशाख १ ०६६ एबर्डिन स्कटल्याण्ड युके ।

सन्दर्भ सामग्री 
नेपाली पुस्तकहरु

  1. अभिधम्म स्मारिका; अभिधम्म अध्ययन समाज नेपाल; २००३ ।
  2. काश्यप, आचार्य भिक्षु कुमार; अनु. सं. भिक्षु सम्यक् सम्बोधि प्राणपुत्र; दश पारमिता; सुखी होतु नेपाल, काठमाडौँ २००४।
  3. खत्री, प्रेम; नेपाली संस्कृति र सभ्यता; श्रीमति कमला दाहाल; बिराटनगर, नेपाल; २०४८ ।
  4. गोकम, एन.भी.; अनु.आर. वि. बन्द्य; जीवनको प्रत्येक घडीमा अभिधर्मको उपयोग एक प्रारम्भिक विवेचना; द कर्पोरेट बडी अफ द बुद्ध एजुकेशन फाउण्डेशन, ताइपेइ, ताइवान; २००२ ।
  5. जोशी, हरिराम; हाम्रो संस्कृति; श्री ५ को सरकार साचार मन्त्रालय, सूचना विभाग; काठमाडौँ, नेपाल; २०३७ ।
  6. दीर्घनिकाय; अनु. सं. दण्डबहादुर वज्राचार्य; वीरपूर्ण पुस्तक संग्रहालय, ललितपुर, नेपाल २००० ।
  7. धम्माराम भिक्खु विपस्सी; भगवान् शरण; नगर मण्डप श्री कीर्तिबिहार, काठमाडौँ, १९९९ ।
  8. नवसूत्र संग्रह ललितविस्तरः अनु. पण्डित दिव्य वज्रवज्राचार्य, लोटस रिसर्च सेन्टर, ललतिपुर ।
  9. पण्डित, डा. विष्णुप्रसाद; तुरुन्त डाक्टरमा नभएमा; श्रीमति सावित्री पण्डित; काठमाण्डौँ; २००२ ।
  10. बैद्य, आर. बि.; आधुनिक विज्ञानको दृष्टिमा बुद्ध धर्म; ज्ञानज्योति कंसाकार लक्ष्मीप्रभा कंसाकार; काठमाडौँ; २००२ ।
  11. बुद्धको सम्ना कल्याणको कामना; सं. राजकर्णिकार घनश्याम; श्रीमति दीपा ताम्राकार, काठमाडौँ; २०५४ ।
  12. भिक्षु अमृतानन्द अनु. केशवलाल कर्माचार्य; संक्षिप्त बुद्ध बुद्धजीवनी; अन्तरर्राष्ट्रीय बौद्ध समाज, लुम्बिनी; १९९९ ।
  13. भिक्खु बुद्धदास; बालोपयोगी सचित्र बुद्धजीवनी; द कर्पोरेट बडी अफ द बुद्ध एजुकेशन फाउण्डेशन ताइपेइ, ताइवान; १९९९ ।
  14. मिमिन्द-प्रश्न भिक्षु सोभान; अनु. भिक्षु सोभन बुद्धजीवनी; दि कर्पोरेट बडी अफ द बुद्ध एजुकेशन फाउण्डेशन, ताइपेइ ,ताइवान; २००४ ।
  15. राजकर्णिकार, घनश्याम; बौद्ध तीर्थ यात्रा नालन्दादेखि लुम्बिनीसम्म; जनमत प्रकाशन; काठमाडौँ; २०६० ।
  16. विशुद्धिमार्ग अनु: भिक्षु सम्यक् सम्बोधी पौणपुत्र; द कर्पोरेट बडी अफ द बुद्ध एजुकेशन फाउण्डेशन ताइपेइ, ताइवान; २००१ ।
  17. सम्यक् संस्कार; अनु. सं भिक्षु सम्यक् सम्बोधि प्राणपुत्र; सुखी होतु नेपाल, काठमाडौँ २००४ ।
  18. सम्यक् सम्बुद्ध ऐतिहासिक अद्वितीय व्यक्तिको जीवन दर्शन; अनु. सं. भिक्षु सम्यक् सम्बोधि प्राणपुत्र; सुखी होतु, नेपाल ,काठमाडौँ , २००४ ।
  19. हेस्से, हर्मन; अनु. रमेश अधिकारी; सिद्धार्थ; हर्मन हेस्से सोसाइटी; काठमाण्डौँ ।
  20. पत्रपत्रिकामा प्रकाशित लेखहरु
  21. आचार्य, चेतोनाथ शर्मा; बुद्धको जीवनी र कार्यक्षेत्र; बुद्धको सम्´ना कल्याणको कामना; सं। राजकर्णिकार घनश्याम; श्रीमति दीपा ताम्राकार काठमाडौँ; २०५४ ।
  22. धामी, रवि; बदलिँदै छ जीवन शैली अर्थ रिपोट हिमाल; वर्ष १७ ; अंक ०८ पूर्णांक; साउन, ०६४ ।
  23. शाक्य, केदार; लुम्बिनीदेखी लुम्बिनीसम्म खोप्रीङ अंक १४ वर्ष १८; भक्तपुर विकास सहयोग संघ; भक्तपुर, ००७ ।
  24. अरुण स्वामी आनन्द यशोधराको यशस्वी व्यक्तित्व समय; वैशाख ३१, २०६१ं ।
  25. हिन्दी पुस्तकहरु
  26. अम्बेडकर, डा. भिमरावजी, भगवान् वुद्ध और उनका धर्म; भारतीय बौद्ध शिक्षा परिषद; श्रावस्ति; १९७० ।
  27. उपाध्याय, बलदेव बौद्धदर्शन मीमांसा चौखम्बा विद्याभवन, वाराणसी, १९७१ ।
  28. कोसम्बी, धर्मानन्द; भगवान् बुद्ध; लोकभारति प्रकाशन इलाहाबाद, भारत ।
  29. गोयन्का, सत्यनारायण; तिपिटक मे सम्यक् संबुद्ध भाग १; विपश्यना विशोधन विन्यास; इगतपुरी भारत; २००२ ।
  30. गोयन्का, सत्यनारायण; तिपिटक मे सम्यक् संबुद्ध भाग २; विपश्यना विशोधन विन्यास; इगतपुरी भारत; २००२ ।
  31. दत्त, नलिनाक्ष; उत्तरप्रदेशमे बौद्धधर्म के विकास; प्रकाश व्यूरो उत्तरप्रदेश सरकार लखनऊ; १९५६ ।
  32. दिनकर, रामधारी िसंह; संस्कृति के चार अध्याय; उदयाचल पटना भारत १९६२ ।
  33. धम्मपद; अनु. सं. डा. त्रिपिटकाचार्य भिक्षु धर्मरक्षित; मास्टर खेलाडिलाल संकटा प्रसाद बाराणसी भारत ।
  34. धमला, चेतनाथ सं. कवितारामका अस्वीकृत मान्यताहरु अन्तर्वार्ता संग्रह; कौशिकी साहित्य प्रतिष्ठान; काठमाडौँ २०६० ।
  35. बहुभुखी प्रतिभा ः डा. कविताराम विद्वानहरुका समालोचनात्मक बिचारहरु; दोभान प्रकाशन; काठमाडौँ ०६१
  36. रायचौधुरी, मजुमदार; प्राचीन भारत भारतका वृहत् इतिहास प्रथम भाग; मैकमिलन एण्ड कम्पनी लि; कलकत्ता १९७० ।
  37. विद्यालंकार, सत्यकेतु; भारतीय संस्कृति और उनका इतिहास; सरस्वति सदन दिल्ली, भारत, १९७४ ।
  38. सांकृत्यायन, राहुल; बौद्ध दर्शन; किताब महल; इलाहाबाद, २००२ ।
  39. श्रेष्ठ, कविताराम; मुक्ति संघर्षका अस्वीकृत कथाहरु; सारसंग्रह प्रकाशन; काठमाडौँ २०४७ ।
  40. श्रेष्ठ, कविताराम; कालो कथा कथा संग्रह; सारसंग्रह प्रकाशन; २०३६ काठमाडौँ ।
  41. श्रेष्ठ, कविताराम; प्रलाप कथासंग्रह; साझा प्रकाशन; ०३३ काठमाडौँ ।
  42. श्रेष्ठ, कविताराम; मेरा अस्वीकृत मान्यताहरु; अभिव्यक्ति प्रकाशन; काठमाडौँ, ०३६ ।
  43. हन्ह, तिक न्यात; जहँ जहँ चरन परे गौतम के; हिन्द पाकेट बुक्स; दिल्ली; २००१ ।
  44. हरी वियोगी; बुद्धवाणी; सास्ता साहित्य मंडल; नई दिल्ली; १९९३ ।
  45. ओशो वल्र्ड Vol. No. 11, मार्च, २००६

English Publications:

  1. Ambedkar, B.R. DR; The Buddha and His Dharma, Buddha Bhoomi Publication, Nagpur, India, 1997.
  2. Barua, Dipak K; Buddha Gaya Temple Its History; Buddha Gaya Temple Management Committee, Buddha Gaya, 1981.
  3. Bezruchka, Stephen; Trekking in Nepal, 7th Edition; The Mountaineers; Seattle, USA, 1997.
  4. Buddhist Shrines in India; The Publications Division, Ministry of Information of Broadcasting Government of India; 1956
  5. Greenwald, Jeff; Shopping for Buddhas; Happer & Row Publishes San Francisco; USA; 1990.
  6. Johnston, E.H.; Asvoghosa’s Buddhacharit (or Acts of Buddha); Motilal Banarasidas, Delhi; 1978
  7. Kung, Master Chin; Buddhism : The Wisdom of Compassion and Awakening; The Corporate Body of the Buddha Educational Foundation; Taipei, Taiwan; 2002
  8. Kung, Master Chin; Buddhism : To Understand Buddhism; The Corporate Body of the Buddha Educational Foundation; Taipei, Taiwan; 2002
  9. Mahathera, H. Gunaratna; Mindfulness in Plain English; The Corporate Body of the Buddha Educational Foundation; Taipei, Taiwan; 2002
  10. Singh, Harischandra Lal; Modern Interpretation of Buddhism; Shirish Singh, Lalitpur; 1994.
  11. Santina, Peter Dellam; The Tree of Enlightenment; The Corporate Body of the Buddha Educational Foundation; Taipei, Taiwan; 1997
  12. Tam, Dharma Master Thich Thien; Buddhism of Wisdom & Faith; The Corporate Body of the Buddha Educational Foundation; Taipei, Taiwan; 1991
  13. Thera, Narada; The Dhammapada, Pali text and translation with stories in brief and notes; The Corporate Body of the Buddha Educational Foundation; Taipei, Taiwan; 2001.
  14. The Miami Herald on tides in a human body; The Miami Herald, July 2, 1996.
  15. Lieber, Dr. Arnold L. Lieber, M.D.; The Lunar Effect. Biological Tides and Human Emotions;
    Anchor Press/Doubleday, Garden City, New York, 1978 ISBN: 0-385-12897-5)
  16. Sawicki, Mikolaj; Myths about Gravity and Tides; “The Physics Teacher” 37, October, 1999, pp. 438 – 441. Last revision: December 31, 2005, http://www.jal.cc.il.us/~mikolajsawicki/
  17. Websites
  18. Louise Bialik, http://hergart.tripod.com/matty/food/dharma.html,
  19. Knapp, Stephen; Vegetarianism: Recommended in Vedic Scripture; www.stephen-knapp.com/vegetarianism_recommended in Vedic scripture.htm,
  20. Isaq Naser, Early Signs Of Conception ; Hormone Physiology is Very influential; May 21st, 2009;http://www.thesignsofpregnancy.com/tag/early-signs-of-conception/
  21. American Pregnancy Association; http://www.americanpregnancy.org/gettingpregnant/earlypregnancysymptoms.html
This entry was posted in नेपाली उपन्यास and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.