कविता : गाउँघरको अँध्यारो

~मञ्जुल~manjul

मानिसहरूभन्दा
पचास खण्ड कहालिएर रुन्छ
घरको अँध्यारो
घरको सुनसान
घरको चकमन्नता

यस्तो एउटा गाउँ
जहाँ बूढी आमा त हुनुहुन्छ
तर छैनन् उहाँका युवा सन्तानहरू

जहाँ युवाका पत्नीहरू त छन्
तर छैनन् खुदै युवाहरू

घरको चकमन्नता मात्र होइन
चैतारीको चकमन्नता पनि रुन्छ
व्नपाखाको चकमन्नता पनि रुन्छ

कसका लागि ल्याएको
तिम्रो प्रजातन्त्र ?
मात्र तिम्रा क्षुद्र स्वार्थहरूका लागि !

गाउँका सिलसिला मानिसहरूभन्दा
पचास खण्ड कहालिएर रुन्छ
उनीहरूको घरघरको अँध्यारो !

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.