कथा : पश्चाताप

~रुकु कार्की~

म पन्ध्र वर्षी किशोरी थिएँ । भर्खर एस.एल.सी. जाँच सिद्धिएर बसेकी, घरमा केटाको कुरा चलिहाल्यो । मलाई राम्री र पढेकी देखेर पहिलो नजरमै अभय खुसी भएछन् । बिहेपछि मेरा पतिको मधुर बोलीवचन र लचिलो भावनाले भने मलाई आत्मीय बनाएको थियो । दर्ुइ/चार वर्षरमाइलोसँग बित्दै थियो । जुम्ल्याहा छोरीहरू जन्मे-गङ्गा र जमुना । छोरीहरू जन्मिए पनि परिवारका सबै खुसी नै थिए । दुवै छोरी जेहेन्दार थिए । उनीहरू सानैदेखि सँगसँगै विद्यालय पढ्न जान्थे, सँगसँगै घर फर्किन्थे । अभय छोरीहरूलाई अत्यन्तै माया गर्थे । छोरीहरू पढाइमा एकदमै रुचि लिन्थे । अभय बेलाबेलामा मलाई भन्थे पनि- “छोरीहरूलाई सक्षम बनाउनर्ुपर्छ, शिक्षित बनाउनर्ुपर्छ ।”

केही वर्षछि अभय घरनजिकै किराना पसल खोलेर बसे । हाम्रो पसलनजिकै चिया, खाजा खाने होटेल थियो । त्यस होटेलमा एउटी चुलबुले तरुनी बस्थी । उसलाई सबै ‘चनमती’ भन्थे । होटेलमा चिया खान जाँदाजाँदै अभय चनमतीसँग मोहनीमय आँखाले हेरेर मुस्कुराउँदा रहेछन् । कर्ुता(सुरुवाल लगाइकी, अगाडि कपाल काटेकी चनमतीको सौर्न्दर्यले अभय आकषिर्त भएछन् । चनमती पनि पसलको पेटीमा उभिएर सामीप्यबोधको भाव खेलाउँदै टाढाटाढासम्म अभयलाई हेरेर आँखा दौडाइरहेकी हुन्थी ।

चनमती लोग्ने छाडेर बसेकी थिई । आमा बूढी थिइन्, त्यति वास्ता गर्दिनथिन् । अभय र चनमतीको मनमा सुनगाभा फुल्न थाल्यो । अभय चनमतीको हृष्टपुष्ट शरीरप्रति लोभिँदै गएछन् । आखिर उनीहरू दुवै तृष्णाले चुरचुर भएर एकान्तस्थलमा पुगी भावविभोर हुन थाले । एकदिन अभय खाजा खान गए । चनमतीले दर्ुइ प्लेट मम ल्याएर अगाडि राखिदिई । अभयले चनमतीलाई पनि खाऊ भने । चनमती नबोलीकन मम खान थाली । अभय पनि चनमतीतिर आँखा सन्काएर खान थाले ।

अभयले भने- “चनमती, एउटा कुरा सोधौं – तिमीलाई थाहा छ, म विवाहित पुरुष हुँ । तिमीलाई मन पर्छर्ुु -” “हेर अभय, तिमी जेसुकै हौ, मलाई तिमी मन पर्र्छौ । मेरो जिन्दगी एक्लो बितिरहेछ । तिमीसँग भेटुँ र आफ्नो मनको पीर पोखुँ भन्ने लागिरहेको थियो । म आजकाल त्रि्रै सम्झनामा आनन्दित हुने गर्छर्ुु छिमेकीले शङ्का-उपशङ्का गरिसकेका छन् । म त तिमीलाई छाड्दिन ।” अभय छानामाथि घाम तापिरहेका थिए । त्यसैबेला फोनको घण्टी बज्यो । मैले फोन उठाएँ । “हल्लो !” भन्नेबित्तिकै उसले फोन राखिदिई । त्यही छँडुलीले फोन गरेकी रहिछ । सधैँजसो उनीहरूको फोनमा भेटघाट र कुराकानीको सिलसिला चल्न थाल्यो । अभय पसल थुनेर बेलुका घर र्फकने बेलामा उनकै प्रतीक्षामा बाटो ढुकेर बस्दा रै’छन् । एकान्त भेट्नेबित्तिकै दुवै एकअर्काको अँगालोमा कसिन थाल्छन् । मेरो आफ्नै परिवेश थियो । तीस वसन्त पार गरिसकेकी थिएँ । समयले पनि फरक पार्दोरहेछ र एक दिन मैले कुरा खोतलेँ “अभय ! तिमीलाई आजकाल के भइरहेछ – पहिलाको जस्तो कुरा पनि गर्दैनौ । केही कुरा सोद्धा पनि झर्किन्छौ । बेलुका घरमा ढिलो र्फकन्छौ । छोरीहरू के गरिरहेका छन्, कसो गरिरहेका छन्, त्यो पनि सोद्धैनौ । तिमीभित्र नकारात्मक भावनाले ज्वरो गाडिरहेको जस्तो छ ।”

अभयले ममाथि रिस पोख्दै भने- “मलाई शङ्का नगर है ! मलाई बित्थामा किचकिच गरेको मन पर्दैन । हाम्रो विवाह भएको दस वर्षभइसक्यो । मेरो नराम्रो क्रियाकलाप कसैको मुखबाट सुनेकी छेस् – यदि सुनेकी भए कुरा बतर्ुर्ने मानिस मेरो अगाडि लेरा ।”

मैले पनि भनेँ- “त्यस्तो नहोस्, तैपनि लोग्नेमान्छेहरूको के विश्वास -” समय रातको बाह्र बज्दै थियो । म रातभर निदाउन सकिनँ । अभयले आफ्नो गल्ती महसुस गर्छन् कि गर्दैनन्, मलाई फकाउँछन् कि फकाउँदैनन् भनेर म चुप लागि गुन्द्री ओछ्याएर सुतेँ तर उनको कस्तो पाषाण हृदय रहेछ । आफ्नी अर्धाङ्गनिी चिसो भुइँमा लडिरहेकी देख्दा पनि नदेखेझैं गरे । अझ कोल्टे पर्दै अर्कै बेस्सेको सम्झनामा छट्पटिरहेको भान हुन्थ्यो । चनमतीको सम्झनाले अभय आफैँमा नियन्त्रित थिएनन् । जब रातको सन्नाटा हुन्थ्यो, उनको भावभङ्गीबाट चनमतीको स्मरणमा कर्म-कर्ुकर्मको सोचमा डुब्दै गएको बोध हुन्थ्यो । उनलाई मप्रति बास्ना भएन, मलाई पनि वितृष्णा पैदा भयो, प्रतिशोधको भावना उठ्यो ।

मैले सोचिरहेँ- त्यो आइमाई को होली – कुन जातिकी होली – कन्याकेटी हो कि कसैकी स्वास्नी -” मैले एक दिन भनेँ- “तिमी कुन केटीसँग मस्ती गरेर हिँडिरहेका छौ हँ – के जोरीपारी हँसाएको – लाजसरम छैन तिमीलाई – घरको आर्थिक अवस्था नाजुक बनायौ, श्रीसम्पत्ति त्यही आइमाईलाई पोसेर सिध्याउन खोज्दैछौ, हैन – घरमा स्वास्नी-छोराछोरीहरूलाई पाल्न सक्ने क्षमता नहुनेले अर्की स्वास्नीसँग कसरी खेलबाड गर्न सकेको होला !” अर्को दिन बिहान म खाना बनाउँदै थिएँ ।

अभयले झर्किएको स्वरमा भने- “ए, अझै खाना तयार भा’छैन – दस बजिसक्यो ।”

मैले भनेँ- “बषर्ात्को बेला, पानी पर्‍यापर्‍यै छ । यहाँ दाउरा नबलेर धुवाँ मात्र आइरहेछ । कति कचकच गर्न सक्या होला – पसल अलि ढिला खोले पनि त हुन्छ नि ।”

अभय क्रोधपर्ूण्ा स्वरमा कराए- “तँलाई के थाहा – पसल खोल्न कति बेला जानर्ुपर्छ, कति बेला बन्द गरेर र्फकनर्ुपर्छ – तेरा बाबुबाजेले पसल थापेर खाएको भए पो थाहा हुन्थ्यो !”

मैले भनेँ- “तिमी किन मेरा बाबुआमालाई घोचपेच नगरी बोल्न जान्दैनौ – मैले भन्द्या छ है, अबदेखि उहाँहरूको नाम पनि नलेऊ ।” उनले अझ आफ्नो रिस पोख्तै भने- “धेरै रिस नउठा है गधैनी ! म तेरो मेख मार्न छोरा पाउने स्वास्नी ल्याउँदैछु, तँ पनि सक्छेस् भने आफ्नो सुर गर ।” उनमा स्वार्थको ठूलो खाडल रहेछ । मलाई के थाहा, हाम्रो बिहे भएको दस वर्षो अन्तरालमा यहाँ के के भइसक्यो भनेर ! रण्डो भइसकेका अभय मलाई र ‘लालाबालाहरूलाई छाडेर त्यही नखरमाउली लिएर घरभित्र पसे । पारिवारिक संरचना एकाएक भङ्ग भयो । वर्षौंदेखिको आस्थाको चुली भत्कँदै गयो । बाबु र छोरीहरूबीच अथाहा माया थियो । मप्रतिको प्रेम, छोरीहरूसँगको असङ्ख्य प्यार सबै बेपत्ता भइसकेको रहेछ । एकदिन छोरी गङ्गाले भनी- “बाबा, आजकाल किन तपाईं ममीलाई धेरै गाली गर्नुहुन्छ – चनु अन्टीलाई चाहिँ माया गर्नुहुन्छ । जमुनाले पनि हो मा हो थपी ।

अभयले भने- “किन बकबक गर्र्छौ हँ – चुप लागेर बस ।” बालसुलभ मनै त हो, बाबुको रोषले गङ्गा-जमुना बोल्न सकेनन् ।

“यो के भएको ममी -” जमुनाले आमासँग सोधिन् ।

“पतनको खाडलमा जानु भनेको यही हो छोरी ! हर्ेर्दै जाऊ ।” अभय जेठीलाई हेप्थे । कान्छी स्वास्नीदेखि भने थर्कमान हुन थाले । कान्छीले जे बोले पनि कहाँ जवाफ फर्काउन सक्थे र – त्यसैले गर्दा अभय र मेरोबीचमा मनमुटाव, तनाव, झैंझगडा, अशान्ति हुन थाल्यो । सौता र मेरो पनि चड्काचड्की पर्‍यो । ऊ कम मुखाले थिइन । भए-नभएका कुरा बनाएर लगाउँथी । सौताको कुरा सुनेर अभयले मलाई गाली गर्ने, कुट्ने, यस्ताकी छोरी, उस्ताकी छोरी भनेर माइतीलाई समेत दुत्कार्ने गर्न थाले । घरभित्र जुन शान्ति थियो त्यो कुरुक्षेत्रमा परिणत भयो । हामी तीन जनाबीचमा सधैँ झगडा र कचिङ्गल बढ्दै गयो ।

एकदिन काममा जाँदा सौताले भए-नभएको कुरा बनाएर लगाइछ । म कामबाट घर फर्किएपछि अभयले आवेशमा आई मलाई नीलडाम हुने गरी पिटे । तेरा बाबुआमाले दाइजो दिएका थाल-कचौरा लिएर निस्किजा भन्दै कपाल लुछ्दै, घिसार्दै बरण्डाको भर्‍याङबाट तल खसाले । समय बेलुका आठ बजेको थियो । पल्लाघरे जेठाजु र जेठानी मेरो रोदन-क्रन्दन थाहा पाएर खैलाबैला गर्दै बाहिर निस्किए । छरछिमेकीहरू पनि आएर तमासा हेरिरहेका थिए । उनको कुटाइले म मुच्छिर्तजस्तै भइसकेकी थिएँ । जेठाजुले औँला ठड्याउँदै अभयलाई भने- “ए, निर्दयी पशु, त्यो बिचरी सौतापीडित निर्धी आइमाईलाई हराम न बिराम किन पिटेको – यस्ती सहनशील स्वभाव भएकी बुहारीमाथि किन दर्ुर्व्यवहार गरिस् – तैँले एउटी इज्जत नभएकी आइमाई ल्याएर यो घर बिगारिस् । अक्षम्य गल्ती गरिस् !” दाजुभाइमा ठूलो रडाको पर्‍यो । जेठाजु र जेठानीले उनीहरूकै घरमा लगेर मेरो ज्यान जोगाइदिए । म डरले काम्दै थिएँ । मेरो हालत देख्दा छोरीहरू पनि रोइरहेका थिए । मैले केही सोच्न सकिनँ, केही भन्न सकिनँ । मनमा कम्पन सुरु भयो । बल्लतल्ल आँखा उघारी गङ्गा-जमुनालाई लिएर आफ्नो सुरक्षित स्थानको खोजीमा मैले घर छाड्ने अठोट गरेँ । भोलिपल्ट कुखुराको पहिलो डाँकमा नानीहरूलाई लिएर बाहिर निस्केँ । केहीबेर बाहिर त्यसै बसेर मिर्मिरे हुँदाहुँदै माइत जान भनी मोटरगाडी चढेँ ।

मनमा अनेक तानाबाना खेल्न थाले- एकाबिहानैदेखि घर संसारको गोठधन्दामा लाग्नुपथ्र्यो । सासू स्वर्गे हुनेबित्तिकै आमाको भूमिका, पत्नीको भूमिका, गृहिणीको उत्तरदायित्व, खेतीपाती, भैँसी, बाख्रापाठा, चुलोचौको सबैतिर आफैंले ध्यान पुर्‍याएँ । एकहाते बानी परेको हतुवा भैँसी मैले नै दुहुनुपथ्र्यो । दूध पर्घार्न नसकेर हैरान हुन्थे । चनमती आएपछि ऊ दूध दुहुन गई भने भैँसीले लात्ती उचालेर नजिक पर्न दिँदैनथ्यो । अब खाऊन् न त्यसका लोग्नेस्वास्नीले सेतो झोल ! मैले मनमनै इख लिइरहेँ- खुब कान्छी स्वास्नीलाई कोठामा राखेर आफू होटेलमा राजनीतिक गफ छाँट्न जान्थे, अबदेखि गर्लान् गफ ! म मन नपरेर कान्छी ल्याएका हुन् । अब उसैले स्याहार्ली नि घर । अभयलाई पनि यतिखेर दिव्यरत्न भेट्टाएको अनुभूति भएको होला । के गर्नु – म कर्मखोटीलाई आफ्नो मन परेको केटासँग विवाह गर्ने सौभाग्य भएन । बल्लतल्ल चार घण्टामा माइतीको आँगन टेक्न पुगेँ । आमाबुबाले बाहिर निस्किएर मलाई अँगालो मार्नुभो, आमाको काखमा घोप्टो परेर निकैबेर रोएँ । शारीरिक यातना पाएको वेदना पोखेँ । आमाले सोध्नुभयो- “किन यस्तो व्यवहार गरे नानी -” म रोएँ मात्र । के मात्रै जवाफ दिऊँ ! बुबा र भाइबहिनीहरू मेरा नजिक आई बसे । छट्पटीले घाइते मेरो अवस्था देखेर बाबुआमाका आँखा रसाए । बाबुले मेरो शिरमा हात राखेर कपाल मुसारिरहनुभयो ।

एकछिनको मौनतापछि उहाँले भन्नुभयो- छोरी, मैले तिमीलाई अभयसँग बिहे गरिदिएर अहिले प्रायश्चित गरिरहेछु । दर्ुभाग्य मेरै हुनर्ुपर्छ । घरमा चरित्रवान् पत्नी र छोरीहरू हुँदाहुँदै कसरी अर्की आइमाई ल्याउन सकेका होलान् – तामाको मुनाजस्ता छोरीहरू छन्, उनको बुद्धि किन भ्रष्ट भएछ ! भइगयो सानी, अबदेखि त्यो घरलाई बिर्सिदेऊ । मेरा दुइटी नातिनी र तिमीलाई म दुःख गरेर भए पनि पाल्छु । अब तिमीले केही चिन्ता लिनुपर्दैन ।” म माइत बसेको झण्डै एक वर्षभएछ । विदेशमा पढ्न गएको जेठाजुको छोरा प्रभात आएछन् । उनले थाहा पाई एक दिन अभयकहाँ गएर भनेछन्- “काका, सानी काकी माइत गएको यतिका महिना भइसकेछ । अहिलेसम्म खोजखबर छैन । काकी र बहिनीहरूलाई लिन जानु पर्दैन – हुन त काकालाई अर्की काकी छँदै छिन् क्यारे !”

अभयले आँखाभरि आँसु पार्दै भनेछन्- “त्यसो नभन प्रभात । मेरो घर आफैँले गर्दा लथालिङ्ग भइहाल्यो नि । जेठीजस्ती कान्छी कहाँ रहिछ र – गर्नु चैन गरुँला भनेर आएकी रहिछ । सास्ती पर्‍यो । अर्कै केटो टिपेर पो हिँडिहालिछ नि- आज तीन दिन भयो ।”

“हो र -“

“हो नि, पाँच महिनाको मेरो गर्भसमेत लिएर गई । जेठी त लक्ष्मी थिई । लिन जानुपर्ने हो । सासूससुराले मलाई के भन्नुहोला – सङ्कोच लागिरहेछ, त्यहाँ गएर कसरी मुख देखाऊँ ।”

“छोरीहरूको पनि त माया लाग्नुपर्ने हो ।” प्रभातले भने । “त्यतिखेर शुद्धी बिग्रियो । आँखा खुलेपछि अहिले माया लाग्यो नि । उनीहरू मलाई सम्झदै बिलौना गर्दै होलान् । पटकपटक कोठाको भित्तामा झुन्ड्याइएको उनीहरूको तस्बिरमा हर्ेदा आँखा दुख्ने गर्छन् । उनीहरूको अभावले मेरो मन तड्पिरहेको छ । उनीहरू नभएको घर के घर – यो जीवन के जीवन – सन्तानबिनाको घर भूतबङ्गला रहेछ । प्रभात, मैले यस्तो घरलाई भताभुङ्ग पारेँ । नातागोता, इष्टमित्र, दाजुभाइ, सबथोक गुमाएँ ।

“किन यस्तो भयो त -” “आफ्नै कर्तुतले भयो । जे होस् हुनु भइगयो । एकपल्ट तिमी सानी काकी लिन गइदेऊ न प्रभात । तिमीले सम्झाएपछि आउँछे कि !”

“काका, त्यसो भए म काकीलाई लिन भोलि बिहानै जान्छु ।”

“लाऊ, यो चिठी पनि लगेर देऊ ।” अभयले हिँड्ने बेला प्रभातको हातमा चिठीसमेत दिएछन् । प्रभातको स्वर सुनेर म तल झरेँ । लिन आएको कुरा गर्दै प्रभातले भने- “लिनोस् काकी, तपाईंको चिठी पनि ल्याएको छु ।” मैले हतारिएर चिठी समातेँ ।

सन्चो-बिसन्चो सोधँे- “अँ, मेरो घरतिर, त्रि्रा बुबाआमालाई सन्चो-बिसन्चो कस्तो छ -“

“ठीक छ, घरको सारा काम काकाले नै गरिरहनुभएको छ । तपाईंले छाडेदेखि घरको हालत खराब भयो । काकाको मनस्थिति बिग्रिरहेछ । सधैँ तपाईंको, गङ्गा-जमुनाको सम्झना गरिरहनुहुन्छ । चनुकाकी पनि स-साना कुरामा समेत काकासँग रडाको मच्चाउँथिन् अरे ! पछि त छाडेरै गइछन् । अस्ति म गएको थिएँ, अभय काका केही नबोली पर्ुर्पुरोमा हात लगाएर घोत्लिइरहनुभएको थियो । अशान्त वातावरणमा दिन बितिरहेछ ।” प्रभातले सुनाए । मैले चिठी खोलेर पढेँ- सानी, तिमी यहाँ तुरुन्त आऊ । मलाई तिम्रो माया चाहिएको छ । तिम्रोजति गहिरो माया अरू कसैको भएन । तिमीले सोचिरहेकी हौली- हामीले सुखसन्तोष र वैभवशाली जीवन बितायौं तर हैन मेरी प्यारी जीवनसँगिनी ! म बेहाल छु । तिमी र छोरीहरूलाई आँखाको नानीमा राख्न चाहन्छु । तिमीलाई पवित्र ठानेर आत्मीयता र्समर्पण गर्न चाहन्छु । सानी, मैले त्यो आइमाईलाई घरमा ल्याएर ठूलो भूल गरेँ । गल्ती मेरै भो, विराम मैले गरे । मैले यस्तो गर्न नहुने थियो । तिमीलाई मैले आगोले जलाएँ । अहिले मलाई सगरले थिचिरहेझैं भइरहेछ । एउटा सिङ्गो जिन्दगी दुखिरहेछ । मलाई बचाऊ । तिम्रो उही- अभय अभयको चिठीले मेरो मन पग्लियो । प्रभातसँग बोल्दाबोल्दै बोली पनि रोकिएझैं भयो । एकछिनपछि प्रभातसँग मैले भनेँ- “प्रभात, तीन-चारदिन अगाडि मात्रै यिनीहरू ‘घर जाऊँ मामु, बुबाको न्यास्रो लाग्यो’ भन्दै थिए । यस्तो सुन्नु रहेछ र पो सम्झना आएको रहेछ । मैले आमाबाबुलाई घर जान भनी बिन्ती गरेँ- “आमा, छोरीहरूले पनि बाबाको न्यास्रो मान्छन् । घर भन्या घर हो, मिलन र बिछोडको सङ्गमस्थल हो । जीवन त हाँसो, खुसी र आँसुको त्रिवेणी रहेछ । म जान्छु ।”

“लौ त छोरी, तिमी नै त्यो भन्छ्यौ भने हामी के भनौँ त -” आमाले अश्रुपूरित भएर भन्नुभयो । बाबाले पनि हर्षवहृवल हुँदै र्समर्थन जनाउनुभयो ।

(स्रोत : मधुपर्क, चैत्र २०६३)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.