~यकिना अगाध~
आइमाईको
चीरहरण गरेर
तिम्रो राष्ट्रिय झण्डा
उच्चो भएर फरफराउछ भने
हे मन्त्री !
हे पुलिस–प्रशासन महोदय !
आइमाईको
सबै गुप्ताङगहरु लैजाऔ
र
तिम्रो शासनकालको
स्वागत गेट बनाऔ ।
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )