गजल : हावादारी कसम भेटिन्छन्

~गोविन्ददेव आचार्य~Jaydev Gobinda Acharya

यहाँ आकाशमै फुल पार्ने हावादारी कसम भेटिन्छन्
फलस्वरूप हिटलर बढी तर मण्डेला कम भेटिन्छन् ।।

निर्धक्कसित बाँच्नुपर्ने चिन्ता नपाल हे मूर्खहरू हो
किनकि मन्दिर र विद्यालयमा अझै बम भेटिन्छन् ।।

घाउ आखिर घाउ नै हो देशमा लागोस् या मान्छेमा
तर यी मनहरू जोड्ने के उपचार, के मलम भेटिन्छन् ?

नदीको लेनदेनमा बेचिने त आखिर पानी मात्र न हो !
र त यहाँ सुक्खा डोब र बगरका सङ्गम भेटिन्छन् !!

बारुदसित कलमले हार्छ “गोविन्द” ले नै मानिसके
तर असफल प्रयासहरू किन यति अधम भेटिन्छन् ?

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.