कविता : खवरदार नेताहरू

~देवेन्द्र कुँवर ~

खवरदार नेताहरू संविधान लेख
जनता भर्‍याङ बनाउने सपना नदेख ।

जनतालाई झुक्याउन अब पाउने छैनौँ
संविधान नलेखे भोट माग्न आउने छैनौँ ।
आजसम्म ढाट्नु ढाट्यौँ अब कति ढाट्छौँ
जनताको मत किन्न कहिलेसम्म आँट्छौँ ।।

खबरदार नेताहरू संविधान लेख
जनता भर्‍याङ बनाउने सपना नदेख ।

वीरहरूका सन्तान हामी अब अन्याय सहन्नौँ
शोषण, दमन गर्ने यहाँ कोही पनि रहन्नौँ ।
तिम्लाई मालिक बनाउन हामी मर्नु पर्ने
हाम्रो रगत पसिनामा तिमी मोज गर्ने ।।

खवरदार नेताहरू संविधान लेख
जनता भर्‍याङ बनाउने सपना नदेख ।

बगैचाका फूल हामी तिमी हौ माली
सुगन्ध यहाँ सबको छ, राख्नु सम्हाली ।
साम्राज्य र विस्तारवादको नसुन्नु है कुरा
बगैचालाई टुक्राउन चलाउदै छन् छुरा ।।

खवरदार नेताहरू संविधान लेख
जनता भर्‍याङ बनाउने सपना नदेख ।

– अर्घाखाँची

(स्रोत : हाँक विक्ली – वर्ष ३२, अङ्क १४ – Feb. 25, 2015 – २०७१ फागुन १३ गते, बुधबार )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.