कविता : लेखाइ र समर्पण

~भक्तराज न्यौपाने~

भावका नङ्ग्राहरूले चिथोरेर
रगतपिच्छे हुन्छन् अन्तरहरू
अनुभूतिका सुइराहरूले
भावुकता खोप्छन्
कम्पायमान हुँदै अवचेतना
चट्टान फोडेर
निस्किन्छन् विचारका लार्भाहरू ।
अन्तरहरू बनाउँछन् र विगार्छन्
कति मनको हक हुन्छ अन्तरको घर
भावहरू खिपेर
विचारका पालीहरू
स्वतन्त्रताका गीत गाउँदै
अनुभूतिको चाल्नुमा चालिएर
उब्जन्छन् अन्तरहरू ।
अन्तर समर्पण हुन्
अन्तर परिवर्तन हुन्
अन्तरले कुँद्छन् विचारको मूर्ति
अन्तरले बनाउँछन् विश्वासको पुल
त्यसैले त म भन्छु
अन्तरहरू विश्वास हुन्
अन्तरहरू समय बिम्ब हुन् ।

– बेखसिम्ले–९, काभे
हाल :रातोपुल

(स्रोत : मधुपर्क २०६५ चैत)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.