~रामप्रसाद गैरे~
साँचो कुरा बोल्छु यो मेरो गाउँ खाली भयो
आफ्नो देशको हो सुन अर्कैको थाली भयो
पापी पेटको छ सवाल छैन रोजगार
राष्ट्रको बाग छोडी बिरानोको माली भयो
मलाई मन पर्दैन रतिभर किन हो
उही गाउँको मानिस नि आज जाली भयो
सफा बोल्ने मानिस को कदर हुँदैन
मुलुक नै हेर उपाहासको ताली भयो
छिन छिनमा बोली फेर्दा खेरी नेताले
युवा जिन्दगी विदेशीको गन्दा नाली भयो
–पाल्पा, रामपुर (हाल हरियाणा, भारत)
(स्रोत : हाँक विक्ली – वर्ष ३१, अङ्क १५ – Feb. 26, 2014 – २०७० फागुन १४ गते, बुधबार )