गीत : बात मारुँ के गरी

~कृष्ण वस्ती~Krishna Wasti_1

बात मारुँ के गरी म,बोली लर्बराउँछ ।
पात टाँसें तैपनि यो आँखा फर्फराउँछ ।।

घुम्दा-घुम्दै पुगें म त कोशी किनारैमा ।
पानीसँग चल्दा-चल्दै डुबें विचारैमा ।।
न्यानो-न्यानो घाम दियो नीलो आकाशैले ।
पापी मन छोइदियो चिसो बतासैले ।।
बात मारुँ ……

आँखा बगे लहरमा पुगे टाढा-टाढा ।
देखें पर हाँसिरा’को कोही उताबाट ।।
ओठ चिप्ल्यो खुट्टो ठिकै ठाम्-मा टेके पनि ।
पापी मन बगिहाल्यो जति छेके पनि ।।
बात मारुँ…..

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.