~अम्बिका कडरिया~
मुटुभित्र तीर हान्छ्यौ अनि सोध्छ्यौ कहाँ दुख्यो?
काँडै काँडा बीच लान्छ्यौ अनि सोध्छ्यौ कहाँ दुख्यो?
सुन्दैखेरि मुर्छा पर्ने शब्द छुरा बर्साएर
मुटुलाई ढुङ्गै ठान्छ्यौ अनि सोध्छ्यौ कहाँ दुख्यो?
पंक्षी बनी उडुँ लाग्छ उन्मुक्त भई आकाशमा
हात पाऊ सबै बान्छ्यौ अनि सोध्छ्यौ कहाँ दुख्यो?
शब्द: अम्बिका कडरिया
सङ्गीत: शिव परियार
स्वर: शिव परियार
सङ्गीत संयोजन: साहस शाक्य
एल्बम: पागल