बहरद्ध गजल : यो जवानी ढल्कियो

~जीवराज बुढाथोकी~

सुन्दरीको बातमा, यो जवानी ढल्कियो ।
छैन केही हातमा, यो जवानी ढल्कियो ।

सोचियो यस्तै त हो, जिन्दगानी आखिर,
भो नि मस्ती मातमा, यो जवानी ढल्कियो ।

आज आयो होस त्यो, गर्नु के खै बिग्रदा,
सम्झनाको खातमा, यो जवानी ढल्कियो ।

झर्छ पानी टल्कदै, कर्कलोमा जस्तरी,
आँसु झारी रातमा, यो जवानी ढल्कियो ।

जानुपर्ने जाँ थियो, बन्द बाटो भैदिदा,
आज आफ्नै घातमा, यो जवानी ढल्कियो ।

बहरः मदिद
सुत्रः २१२२, २१२, २१२२, २१२

जीवराज बुढाथोकी
खलंगा ९, सल्यान
हालः घट्टेकुलो, काठमाडौं
२०७२।०३।२४

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.