कविता : शङ्कालु आँखाहरू

~भिम बिराग~Bhim Birag_1

जिन्दगीका घुम्तीहरूमा
समयले साथ दिएन भने दुर्घटना हुन सक्छ
आँखाहरू शङ्कालु हुन सक्छन्
केही सपनाहरू
केही बिपनाहरूबाहेक
मान्छेहरूसँग हुन्छ नै के ?
सपनालाई देख्ने
बिपनालाई भोग्ने
अधिकार सुरक्षित छ सबैमा
ती सपनाहरू बाँडचुँड गर्छ मान्छे
ती बिपनाहरू पनि भागबन्डा गर्छ मान्छे
काँचो सूर्यसँगै उदाएर
पाकेको सूर्यसँगै अस्ताउँछ मान्छे
टुकीजस्तै जलेर
आफू अँध्यारो हुन्छ मान्छे
अरूकै लागि बाँचेका मान्छेहरू
आफ्नै घुम्तीको दुर्घटनाभित्र मर्नुपर्छ
आफ्नै परिवेशले थिचिएर छोपिनुपर्छ
यसरी मान्छे सहाय पनि छ
मान्छेय सरी असहाय पनि छ

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.