~मनु वि.क.~
हिमाल पहाड तराईमा
बराबरी घाम
मुटुभित्र नेपाल आमा
यही हो पहिचान
शिरमा हिउँको पूmल बोकी
उभिएको हिमाल
सबै जात÷जाति मिली
बाँचेको यो नेपाल
हिउँ पग्लिई सलल
तराईतिर झर्छ
हिमाली माया छरी
हराभरा पार्छ
तराईको छातीभरि
हिमाल पहाडको माया
मुटुभित्र बसिरहन्छ
नेपालको छायाँ
हिमालमा चिसो बढ्दा
कोइली तराई झर्छ
तराई र हिमालको
माया प्रीती जोड्छ
डाँफे, मुनाल ढुकुरहरू
नाँचेको यो देश
लाली गुराँस, गुलाफले
हाँसेको यो देश
तराईको साथमा यहाँ
हिमाल छुट्नु हुन्न
पहाड हिमाल तराई तिमी
कहिल्यै फुट्नु हुन्न
हिमाल पहाड तराईको
पाइलासँगै चलोस्
थरिथरि कण्ठहरू
एउटै स्वर बोलोस्
भावना र भाकाहरूले
गाउनु नेपाल नाम
नेपाल अनि नेपाली
साझा पहिचान
(स्रोत : हाँक विक्ली – वर्ष ३१, अङ्क ८ – Jan. 15, 2014 – २०७० माघ १ गते, बुधबार )