~सदानन्द अभागी~
निसाना गलत भयो
निसाना गलत भयो भागी ऊ त गयो
खोज्दाखोज्दै समयको बर्वादी नै भयो
लेखाजोखा नगर्दा त यस्तै हुन जान्छ
भोग गर्ने तीब्र इच्छा त्यो त वाँकी रह्यो
भन्थे सुन्दर प्याला
भन्थे सुन्दर प्याला नशा पो रहेछ
देख्थे सुन्दर गाला नशा पो रहेछ
लाली पूर्ण ओठ शशीकला बदन
चच्छु वाँण निराला नशा पो रहेछ
प्रकृति छटामा
प्रकृति छटामा अति प्यास लाग्यो
सुन्दर त्यो वगैँचा हेर्न मन जाग्यो
भाग्यमा छ भन्ने सुनेको त थिएँ
त्यसैले शशीको सारा तन दाग्यो
ईष्र्या मोह लोभ
ईष्र्या मोह लोभ हेर मानिसका साथी
यिनै साथी मात्तिएर हान्छन् टाउको माथी
यिनै चिज त्याग्यो भने मानिस बन्छ उच्च
यिनै चिज समाएमा मानिस बन्छ काती
क्या सपना देखें
क्या सपना देखे मेरो निद्रा हराम भयो
उनले सर्बस्व दिइन्, मेरो चक्का जाम भयो
त्यसैले होला आजकल हामी दुबै टाढा बस्छौं
दुबै पवित्र छौं तर आवरणमा बदनाम भयो
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )