कविता : सङ्घ बिनाको सङ्घीयता

~निर्मल निसार~

सङ्घ बिनाको देशमा हेर सङ्घीयता भन्छन्
सङ्घीयता गल्पासो भो थाती राखौ“ भन्छन्
सङ्घीयताकै बलमा हेर मधेश प्रदेश भन्छन्
अखण्ड यो मातृभूमि टुक्रा पारौ“ भन्छन् ।

गोर्खालीको गौरवगाथा थाहा नहुनेले
नाकाबन्दी गुहार मागे छिमेक रिझाउनेले
रोटीबेटी सम्बन्धको स्वर घन्काउनेले
देश लिलाम गर्न सक्छन् मधेश छुट्टाउनेले ।

अङ्गीकृत नागरिकले मुख्य पद ताक्ने ?
देशको प्रमुख भएपछि लेण्डुप दोर्जे बन्ने ?
छिमेकीको भक्त बनी सधै“ पदमा बस्ने ?
किन रहोस् नेपाल भनी विलय नै गर्ने ?

शूरवीर पुर्खाको यो नासो नेपाललाई
छिन्नभिन्न हुन नदिउ“ जुटौ“ दाजुभाइ
हक–अधिकार समान गरौ“ सबै नेपालीलाई
एउटै राज्य कायम राखौ“ सङ्घीयता हटाई ।

विकास प्रदेश निर्माण गरौ“ सात क्षेत्र बनाई
घरदैलोमा सेवा पु¥याउ“ सेवाकेन्द्र बढाई
पहाडी र मधेसीबीच फाटो हाल्नेलाई
कुतत्वको संज्ञा दिई गरौ“ कारवाई ।

(स्रोत : हाँक विक्ली – वर्ष ३३, अंक ७ – Thursday, January 7, 2016 – २०७२ पौष २३ गते )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.