~शशीकला थापा सुब्बा~
सपना ठुलो पाइ-पाइ जोडी
किन्नुछ आना सुन
टायेर् को चप्पल टालेको दौरा
ढाकरमा ढिक्के नून
शिरैमा नाम्लो काधैमा खकन तक्माछ हातैमा
बिसाउदा भारी मनैको पिर बजाउछ पातैमा
सिर्सिरे हावा गड्तिरको बाटो
कोशीको कल् कल धून
टायेरको चप्पल टालेको दौरा
ढाकरमा ढिक्के नून
निधारैभरी पसिना धारा मन तर चुल्बुले
लाग्दैन बेर ढिदो र गुन्द्रुक बाटै मा तिनचुले
चौतारी ओछ्यान ढुङ्गाको सिरान
ओड्नु छ तारा जून
टायेरको चप्पल टालेको दौरा
ढाकरमा ढिक्के नून
हाल : लण्डन
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)