गजल : नकाब भैदियो भने

~मौसमजी भण्डारी~

न्दर लाग्ने आकृतीमा नकाब भैदियो भने,
के लाग्छ र मानवताको अभाब भैदियो भने ।।

स्खलित हुँदै जान्छन पक्का लाग्ने बिचारहरु,
आस्थाहरुमा लालचाको प्रभाब भैदियो भने ।।

छोडिदिने छ एकदिन सिपाहीले सिमा पनी,
सरकारको यस्तै यस्तै रवाफ भैदियो भने ।।

कोपिला फक्रियर जहर फल्छन् बदलामा ,
फूलहरुलाई पत्थरको जवाफ भैदियो भने ।।

कि, यसरि पोखिनेछ तिम्रो कर्तुत सतहमा
तिमीबाट नैतिकता नै सखाप भैदियो भने

बोत्तलमा मदनहरु पदोन्नती हुनेछन,
संका तोड्न मुनाहरुको दवाब भैदियो भने ।।

मौसमजी भण्डारी
बिरेन्द्रनगर-१० सुर्खेत

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.