कविता : गिरफ्तार गणतन्त्र

~हेमन्त ऋतु~

म भ्रमिक भएछु
दिवास्वप्नका तलाउहरूमा डुबेछु
मेरो लोकतन्त्र
मसँगै
पाइला पाइलामा डुलेको छ भनेर
मेरो गणतन्त्र
गुराँस र गुलाब जस्तै
मेची–महाकालीसम्म फुलेको छ ठानेर
पूर्व क्षितिजका बस्तीहरु तिर
जुलुस उठाउँदै हिंडे
पश्चिम क्षितिजका गाउँहरुतिर
नाराहरु उराल्दै हिंडे
हिंड्दा हिंड्दै
राष्ट्र पीडाले छाती मेरो
पोलिरहेको बेला
धर्ती टुक्राउन पाइँदैन भन्दै हिंडे म
जाति राज्य चाहिंदैन भन्दै हिंडे म

म भ्रमिक भएछु
दिवास्वप्नका तलाउहरुमा डुबेछु
मेरो लोकतन्त्र
मसँगै
पाइला–पाइलामा डुलेको छ भनेर
मेरो गणतन्त्र
गुराँस र गुलाब जस्तै
मेची–महाकालीसम्म फुलेको छ ठानेर
जुलुस उठाउँदै हिंडे
नाराहरु उराल्दै हिंडे

अफसोस !
मेरो जुलुस विरुद्ध जुलुस आयो
मेरा नाराहरु विरुद्ध नाराहरु आयो
र मेरा निर्दोष ति व्यानारहरु लुटिए
निर्दोष ती पर्चाहरु च्यातिए
अनगिन्ती च्यातिए
अनगिन्ती लुटिए ।

म भ्रमिक भएछु
दिवास्वप्नका तलाउहरुमा डुबेछु
मेरा लोकतन्त्र
मसँगै
पाइला–पाइलामा डुलेको छ भनेर
मेरो गणतन्त्र
गुराँस र गुलाब जस्तै
मेची–महाकालीसम्म फुलेको छ ठानेर
जुलुस उठाउँदै हिंडे
नाराहरु उराल्दै हिंडे
असफसोस ¤
मेरो लोकतन्त्र
अपहरण गरेको रहेछ पृथकतावादले
मेरो गणतन्त्र
गिरफ्तार गरेको रहेछ जातिवादले
त्यसैले त
देश बचाउने जुलुस उठाउन पाइन मैले
राष्ट्र जोगाउने नाराहरु उराल्न पाइन मैले

(स्रोत : हाँक विक्ली – वर्ष ३०, अंक ४४ – Sep. 25, 2013 – २०७० असोज ९ गते, बुधबार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.