गजल : उडान भेटिन्छ

~हीराछवि श्रीशा~

पहाड तराई नेताको नै उडान भेटिन्छ
चारैतिर त्यहि नेताको सम्मान भेटिन्छ

नेपाली जनता औशीरातमा खुम्चेर बस्दछन
हिम्मत राखि लडेपछि पो बिहान भेटिन्छ

जनजाति,दलित,मधेसी भनि छुट्याउँदै आफैले
राजनीति गर्छन अनि कहा पहिचान भेटिन्छ

सत्ताको पछि, देशलाई कंगाल बनाए नेताले
जता हेरयो गरिब जन्ताको संसान भेटिन्छ

को आयो र, देश बनाउने संकल्प राखेर
सिद्धान्त हे¥यो आफैले खाने बिधान भेटिन्छ

मिल्दछन नेता मार्दछन जनता षडयन्त्र गरेर
हत्यारा खोज्दा,आफन्त नै अन्जान भेटिन्छ

–वाङला, अर्घाखाँची (हाल कुवेत)

(स्रोत : हाँक विक्ली – वर्ष ३१, अंक ६ – Jan. 1, 2014 – २०७० पौष १७ गते, बुधबार )

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.