~श्रेयज सुबेदी~
२०८५ को जाडो सुरूवाती अवस्थामा छ । माघे संग्रान्तीका तिलौरे लड्डु टेबल माथी सीसी भित्र कैद छन् । बिर्को खोलेर छोरीले एउटा क्वाप्प मुखमा हाल्छे । ३५ बर्षे मेरो तालु मुसार्दै खुसुक्क काखमा आएर बस्छो । ल्यापटपका कि हरू अन्नधुन्न थिच्दै सोध्छे “के गल्सेको बाबाले ?” । माउसमा जथाभावी हात लाग्छ । मिनीमाइज गरेर राखेको एउटा तस्बिर खुले पछि…छोरीको अर्को प्रश्न “को हो बाबा यो आन्ती ?” । हत्तपत्त बन्द गरि छोरी बोकेर कुर्सीबाट उठ्छुा । उस्लाइ बोकेर नाच्छुा….गाना गाउछुा…..मुख बङ्ग्याउछुा नाक खुम्च्याउछुा….गालामा दारी दल्दिन्छुा…हसाउछुा हास्छुा…..उस्को प्रश्नलाइ भुलाउछुा । आाखा रसाउछ,चिम्म गर्छु…खोल्दै खोल्दिन । छोरीलाइ ओछ्यानमा राख्छु…बाथरूम गएर मुख धोएर आउछुा । “बाबा टाउको चिलाइ दिन्छुा…छोरू अब सुत हस् ?” । मेरो अनुरोध मान्दै निदाउछे छोरी । बिस्तारै ल्यापटप खोल्छुा । स्र्कीनमा उ अघि जस्तै हाासि रहेकी हुन्छे…उस्को सेतो दाातले फ्ल्यास हान्छ र म फ्ल्यास ब्याकमा पुग्छुा ।
“ओइ डम्ना..कति लेट गरेको । आधा घण्टा भो कुरेको ।” स्कुटीको हेलमेटले मेरो कुममा हान्दै थर्काइ । “तिम्रो हिरो ट्यालेन्ट छ । पूरा ३ घण्टा पेपर थपी थपी लेखेर आको ।”
“इस् ट्यालेन्ट । सेकेन्ड इयरमा ५ वटा आलु खाने नि ट्यालेन्टमा गनिन थाल्यो अब ।” एग्जामको अन्तिम दिन थियो । आजकै दिन उस्ले मलाइ प्रपोज गरेकी..हाम्रो वन मन्थ लव एनिभर्सरी । घर जाने सबालै भएन । हामी लाग्यौ सुन्दरी जल । जब्बर हाक्थी स्कुटी….गुडाउनु पर्ने कुरा हो तर उडाउनै खोज्थी । उस्को कपाल आएर मेरो ओठमा टासिन्थ्यो । त्यो कपालको मिठो बास्ना गुलाबी अत्तर भन्दा कम लाग्दैनथ्यो । उ घरी घरी ब्रेक हान्थी…म उस्को ढााडमा गएर टासिन्थो । उ खित्का छोडेर हास्थी । म पर सर्थे । उ मेरो हात च्याप्प समातेर आफ्नो पेटमा राख्थी । म कालो मान्छे निलो हुन्थे…तर उ काली मान्छे, झन् हिस्सि पर्दैै जान्थी । त्यस दिन रूखको फेद मुनी हामी सााझ सम्म बसेम् । हातमा हात कसेर उस्ले मलाइ ओठ उपहार दिइ । मैले पनि ओठसंग ओठ साटो । आाखा चिम्म थियो,सास कामेको थियो । छातीमा हात राख्दै पर सार्दै भनि “कस्तो भोन्दु संग लभ गरिएछ । किस खान नि आउदैन ।” म लाजले भुतुक्कै भए । उ खुलेर हाासी… “पागल” भन्दै हाासी…..“लजैटे” भन्दै हाासी । अनि कानमा खुसुक्क आएर भनि “आइ लभ यु डाम्ना ।”
उस्लाइ मैले फेसबुकबाट भेटेको । प्रोफाइल पिक्चर राम्रो लागि पठाएको रिक्वेस्ट,केही दिन पछि पाएको स्वीकृती अनि आधा रातसम्मका च्याटहरू मार्फत कहिले हामी नजिक भयौा,समयको हेक्का नै भएन । म उस्को दोस्रो प्रेम थिए । पहिलो प्रेमबाट पाएको धोका अनि व्यबहारले प्रेमबाट विश्वास उठेकीलाइ मैले फेरी कसरी प्रेम गराउन सको,आफैलाइ अचम्म लाग्थ्यो । सधै गाला चिमोट्दै भन्ने गर्थी “तिमी मेरो कालो हिरा हो…मेरो सम्पत्ती ।” उस्को हरएक शब्द हरएक बोली मलाइ खास लाग्थ्यो । उस्ले गरेको गाली पनि मिठो लाग्थ्यो…तेसैले त बारबार म गल्ती गर्थे । फोनमा गरेका ती लामा लामा गफहरू,वर्तमानको चासो अनि भविष्यका कुराहरू, उस्ले बोलेको हरएक कुरा सत्य लाग्थ्यो । उ संग कुरा नगरि निद्रा नलाग्ने, बिहान उस्कै फोनको घण्टी मेरो अर्लाम बन्नु पर्ने । तातो चिया उस्को मिठो गफसंग सुरूप्प पार्नु पर्ने । दिनमा एकपल्ट भेट्नै पर्ने । कुनै दिन भेटिएन भने वरपर अक्सिजन कम भएको महसुस हुन्थ्यो….छटपटी हुने,सास फेर्नै गाह्रो हुन्थ्यो । उ बिना रात नकटोस् उस्कै काखमा बिहानी होस् जस्तो लाग्थ्यो । म बेहोस थो उस्को प्रेममा । सायद जीवनको पहिलो टु साइडेड लभ भएर होला, उ मेरो लागी ज्यादै महत्वपूर्ण थि । म आफु भन्दा अगाडी उस्लाइ राख्थो । उ मेरो पहिलो प्राथमिकता थि ।
त्यो हाम्रो अन्तिम भेट थियो । पछाडीबाट अंगालोमा बाधेर ज्याकेटकको खल्तीमा हात हाल्दै भनि “बाबा म तिमीसंग बिहे गर्ने । अनि सुन…नौ महिना भित्र मलाइ आज्ञा मेरो काखमा चाहिन्छ ।” मैले सोधो “को आज्ञा ?” खल्तीबाटै पेटमा चिमोटेर भनि “हाम्रो छोरी….पागल” । यस्तो लाग्दैथ्यो त्यो साझ कहिल्यै रात नहोस् । डुब्न लागेको त्यो घाम पहाडको कन्दरा तिर कतै अड्कियोस् । घर फर्कन लागेका कागहरू यतै कतै हराउन् । यो समय यही अडियोस् । उस्को यो साथ सदाको लागी रहोस् । यो बोली निरन्तर अविरल बगिरहोस् । उ निधाइ मेरो कााधमा । गालाबाट कपाल हटाएर नियाले उस्लाइ । घडी हेरो..ढिलो भैसकेकोथ्यो । उस्लाइ उठाए । आफु तिर तानेर निधारमा चुमे अनि मुसुक्क हास्दै हात हल्लाएर बाइ गरो । आाखाले भ्याउन्जेल सम्म हेरो । ओझेल भइ..अगाडी बढो फेरी फर्केर हेरो । मैले कल्पना पनि गरेको थिइन..त्यो हाम्रो अन्तिम भेट हुनेछ भनि । त्यही साझ साथीले मलाइ उस्को अर्को अफेरको बारेमा सुनायो । आफ्नै आाखाले देखेको भन्यो…अनि कानले सुनेको पनि । घर गएर उस्लाइ फोन लगाए । उस्ले स्वीकारी अनि मसंग माफ मागी । म खसो झरो फुटो । फोन काटो । मेरो १ बर्षको चोखो माया बिटुलो परेछ । मैले राजधानी छोडो । बीरगंज आए ।
जम्मा ३६५ दिनमा जिवनभरको माया गरिएछ । तेस पछिका मायाहरू माया भएन । हरएकमा मैले उस्लाइ खोजो तर कसैमा भेटिन । बिस्तारै कोही प्रति आकर्षित पनि हुन सकिन । लाग्थ्यो मेरो पुरूषत्व लिएर गइ मलाइ बिचको मान्छे बनाएर । एकदिन अफिसमा हल्ला सुनियो..नारायणी उपक्षेत्रिय अस्पतालमा एक बच्ची बेबारिसे फेला परि । प्रहरी र अस्पताल कर्मचारी रोहबरमा मैले त्यो बच्चीलाइ कोठामा ल्याए । पाले,पोसे….माया गरो अनि उस्लाइ तिम्रो नाम दिए “आज्ञा” ।
तिमी अझै पनि ल्यापटपको स्र्कीनमा तेसैगरि हासिराछौ । तिम्ले दिएको धोका प्रति केही शब्दका गुनासा पनि छैनन् मसंग । जति माया त्यो बेला थ्यो आज त्यो भन्दा कैयौ गुना गर्छु । तिम्रो एयरिङ्स लड्डुको डब्बा,तिम्रो स्कार्फ,तिम्रो माला…सब सुरक्षित छ मसंग । तिम्रो दाइजो छ मसंग…तिम्रो छोरी छ मसंग..तिम्रो यादको कहिल्यै दि एन्ड नहुने सिरिज छ मसंग । छैनौा त मात्र तिमी अनि तिम्रो स्पर्श । जीवन यतिकै बित्छ….बिताइदिन्छुा । कोही संग केही अपेक्षा छैन । तर हरएक दिन भगवानसंग एउटा प्राथना गर्छु….बाचुन्जेल तिम्लाइ कहिल्यै पनि देख्न नपरोस् । गाह्रो हुन्छ धेरै गाह्रो ।
टाउको फनक्क घुमाएर छोरीलाइ हेर्छु । निदाएकी उस्लाइ ल्यापटपको फोटो देखाउदै उस्को प्रश्नको जवाफ दिन्छुा “छोरू…यो तिम्रो मामु हो….हुन नसकेको मामु ।”
(स्रोत : प्रतीक दैनिक पत्रिका)