~रुपक प्रनिल~
स्वर्गको एक टुक्रा
हिम शृड़्खलाभन्दा अली तल्तिर बसी
सिंहदरबारको उत्सव हेर्दै
जुर्मुरिँदैछन् काला पहाडहरु ।।
आमाको फरिया खोलेर
छिमेकी दाईलाई सुम्पने
सढ्यन्त्र रच्दैछन्
गीद्दको नजरमा नपरेका सिनोहरु ।।
रामे दाई त्यो निर्जीब शालिकबाट
बाहिर आउ बिद्रोहको राँको बोकेर
कवि ज्यू तपाँई कविताहरूको परमाणु
झोलाभरी बोकेर हिँड्नुहोस्
उनी अक्षरहरुको आवाजलाई
चट्याड़ बनाउँछिन्
र
म बिद्रोहको ज्वारभाटा
फाल्नेछु
द्वन्दकालमा नजोतिएका
राँटाहरुको जमात भित्र l
जिन्दावाद र मुर्दावादको
टिला छर्दै बिरामी सडकको छातिमा
लस्करै हिँडिरहेका छन्
झण्डाको मलामीहरु ।
ए, घुम्ने मेचमा फूलेका काँडाहरु हो
जब भुँईमा टाटा बसेका रगतहरु सुक्नेछन्
त्यसैबाट
एउटा रातो कर्णाली जन्मनेछ
र बगाउँदै लानेछ
रवि छर्नै नजानेका नक्षत्रहरुलाई ।
जबसम्म चोली र फरिया एक हुन सक्दैनन्
जबसम्म अपाड़्ग हिटलरहरु चिहान हुँदैनन्
जबसम्म आँखाभरी फूलेका
लालीगुँरासहरु निला हुँदैनन्
जबसम्म गरिबहरुको भोकले
क्षितिजको ढोका तोड्न सक्दैन
जबसम्म मुर्ख रैतिहरु पथलाई चिता भन्न छाड्दैनन्
तबसम्म मुलुकले मुहार फेर्न सक्दैन ।।
बाहुण्डाँगी ५ झापा, हाल: मलेशिया