~हिरारत्न श्रीशा~
श्रीमती, दिदीबहिनी आमा पनि चाहिने यहाँ
छोरी जन्माउँदा किन तिरस्कार पाइने यहाँ
एक्काइसौं शताब्दीमा छोरी हेर्ने नजर उस्तै
छोराको आशा राख्दै मन्दिरहरु धाइने यहाँ
छोरा भए स्वर्गको द्वार खुल्छ भन्ने कुरा
रुढीवादी रितीरिवाज बचाएर छाइने यहाँ
सुन्ने बेला कोही सुन्दैनन् महिलाका बेदनालाई
महिलाका अधिकारका गीत सधै गाइने यहाँ
आफैले हिंसा गर्छन् नारी हितमा बोल्नेहरु
लालचमा झुटामुटा सपथ पनि खाइने यहाँ (हाल कुवेत)
(स्रोत : हाँक विक्ली – वर्ष ३०, अंक १९ – March 27, 2013 – २०६९ चैत्र १४ गते, बुधबार)