छाउराहरु भुक्दैमा हात्तिले हिड़ाई रोक्दैन
कुकुरले टोक्यो भन्दैमा मान्छेले कुकुर टोक्दैन
विद्द्वान हुन्छ तव त्यो अरुको गुण चिन्दछ
आफैले ठूलो भनेर टाउको कहिल्यै ठोक्दैन
भोगेर काटनु पर्दछ आआफ़्नै दुख सबैले
गरुंगो भयो भनेर अरुले जीवन बोक्दैन
जिन्दगी सधै स्कूल हो जहिले पनि सिकिन्छ
त्यो कहिल्यै सफल हुदैन जसले पाठ घोक्दैन
छाउराहरु भुक्दैमा हात्तिले हिड़ाई रोक्दैन
कुकुरले टोक्यो भन्दैमा मान्छेले कुकुर टोक्दैन
हाल:- बोस्टन, अमेरिका