गजल : के हाल छ ?

~गोविन्ददेव आचार्य~Jaydev Gobinda Acharya

जिन्दगी नसोध् मलाई सधैँ-तेरो के हाल छ ?
घाटामा खरायो, नाफामा कछुवाको चाल छ ।।

हो; फेरियो ! मेरो समय र देश अवश्य फेरियो
हिजो जस्ता थियो, छानामा आज चुहिने पाल छ ।।

हे दसैँ ! तेरा दरबारका दुर्गाहरूलाई सम्झाइदे
गरिबका टाउकामा दशा र आँगनमा काल छ ।।

युगले अनौठोसित गरेछ सायद लोकतन्त्रे खेती !
न त आलीमा बुद्ध न भकारीमा पूर्ण नेपाल छ ।

गोविन्दे ! तँ गोविन्द भेट्दैनस् कहिल्यै भेट्दैनस्
किनकि तेरो मन लोभी र आँखाको दृष्टि दलाल छ ।।

– विदुर न•पा• 3 शेरा, नुवाकोट ।

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.