बहरबद्ध गजल : कस्तो जमाना हरे

~जीवराज बुढाथोकी~

सुन्दैन भन्दा कुनै, कस्तो जमाना हरे ।
गर्दैन धन्दा कुनै, कस्तो जमाना हरे ।

कंगाल बन्दै गए, जन्ता सबै हेर त्यो,
छोड्दैन चन्दा कुनै, कस्तो जमाना हरे ।

बाँच्नै न मर्नै सके, भन्दा कतै मर्छु क्वै,
खै काँ छ फन्दा कुनै, कस्तो जमाना हरे ।

गाह्रो छ संसारको, गन्ती बुझी सक्छ को,
उल्टो नगन्दा कुनै, कस्तो जमाना हरे ।

होसै कहाँ खुल्छ त्यो, मूर्खै छ जो आफनै,
खाल्डो नखन्दा कुनै, कस्तो जमाना हरे ।

बहरे बसीत
सुत्रः २२१२ २१२ २२१२ २१२

जीवराज बुढाथोकी
खलंगा ९, सल्यान
हालः घट्टेकुलो, काठमाडौं
२०७२।०३।२४

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.